चौधौं समुल्लास






यवनमतको विषयमा व्याख्या
यवनमतको समीक्षा (१४.१)
यसको अगाडि मुसलमानहरूको मत-विषयमा लेख्नेछु—
मूल-१— आरम्भ साथ नाम अल्लाहको । क्षमा गर्नेवाला र दयालु ॥
                                —मंजिल १/सिपारा १/सूरत १ ॥
समीक्षक— मुसलमानहरूले यस्तो भन्दछन् कि ‘यो कुरान खुदाले भनेको हो’, परन्तु यस वचनबाट विदित हुन्छ कि यसलाई बनाउनेवाला कोही दोस्रो छ, किनभने यदि परमेश्वरले बनाएको हुन्थ्यो भने त “आरम्भ साथ नाम अल्लाहको” यस्तो भन्नेथिएन किन्तु “आरम्भ उपदेश मनुष्यको लागि” यस्तो भन्नेथियो । यदि मनुष्यहरूलाई शिक्षा गर्दछ कि तिमी यस्तो भन तब पनि ठीक हुँदैन, किनभने यसबाट पापको आरम्भ पनि खुदाको नामबाट भएर उसको नाम पनि दूषित हुन जानेछ ।
यदि त्यो क्षमा र दया गर्नेवाला हो भने त आफ्नो सृष्टिमा मनुष्यको सुखार्थ अन्य प्राणीहरूलाई मारेर, दारुण पीडा दिएर मार्दै मासु खानको लागि आज्ञा किन दियो ? के ती प्राणी निरपराधी र परमेश्वरले बनाएका होइनन् ?
र यो पनि भन्नु थियो कि “म परमेश्वरको नाममा राम्रा कुराहरूको आरम्भ गर्दछु, नराम्रा कुराको होइन ।” यस कथनमा गोलमाल छ । के चोरी, जारी, मिथ्याभाषणादि अधर्मको पनि आरम्भ परमेश्वरको नामबाटै गर्ने ? त्यसैले हेर्नुहोस्, कसाई आदि मुसलमान, गाई आदिका घाँटी रेट्नमा पनि ‘बिस्मिल्लाह’ यस वचनलाई पढ्दछन्; जुन यही यसको पूर्वोक्त अर्थ हो भने त दुष्कर्मको आरम्भ पनि परमेश्वरको नामबाट मुसलमानले गर्दछन् र मुसलमानहरूको ‘खुदा’ दयालु पनि छैन होला, किनभने उसको दया ती पशुहरूमाथि रहेन र यदि मुसलमानहरू यसको अर्थ जान्दैनन् भने त यस वचनको प्रकट हुनु व्यर्थ छ । यदि मुसलमानहरू यसको उल्टो अर्थ गर्दछन् भने त सीधा अर्थ चाहिं के हो ? इत्यादि ॥१॥
मूल-२— सबै स्तुतिहरू परमेश्वरकै लागि हुन् जो परवरदिगार अर्थात् पालनहार हो सारा संसारको ॥ क्षमा गर्नेवाला दयालु छ ॥           
—मंजिल १/सिपारा १/१ सूरः अल-फातिहा/आयत १, २ ॥
समीक्षक— यदि कुरानको खुदा संसारभरीको पालनहार हुन्थ्यो र सबैमाथि क्षमा र दया गर्थ्यो भने त, अन्य मतवाला र पशु आदिको पनि मुसलमानहरूको हातबाट मराउनको लागि हुकुम दिने थिएन ।
यदि क्षमा गर्नेवाला हो भने त के पापीहरूमाथि पनि क्षमा गर्नेछ ? र यदि यस्तो हो भने त अगाडि लेखिनेछ कि “काफिरहरूलाई कत्ल गर” अर्थात् जसले कुरान र पैगम्बरलाई मान्दैन त्यो काफिर हो, यस्तो किन भन्थ्यो ? यसैले कुरान ईश्वरकृत देखिंदैन ॥२॥
मूल-३— न्यायको दिनको मालिक होस् ॥ हामीले तेरै नै भक्ति गर्दछौं र तँबाटै सहायता चाहन्छौं ॥ हामीलाई सीधा बाटो देखाइदे ॥       
—मंजिल १/सिपारा १/१ सूरः अल-फातिहा/आयत ३, ४, ५ ॥
समीक्षक— के खुदाले नित्य न्याय गर्दैन ? कुनै एक दिन न्याय गर्दछ ? यसबाट त अन्धेर विदित हुन्छ ! उसैको भक्ति गर्नु र उसैको सहायता चाहनु त ठीक हो परन्तु के नराम्रो कुराको पनि सहायता चाहनु ? र सीधा मार्ग एक मुसलमानहरूको मात्रै हो कि अरूको पनि ? सीधामार्गलाई मुसलमानहरूले किन ग्रहण गर्दैनन् ? के सीधा मार्ग कुभलोतिरको त चाहँदैनन् ? यदि भलाइ सबैको एउटै हो भने त फेरि मुसलमानहरूमा नै विशेष केही पनि रहेन र यदि अर्काको भलाइ चाहँदैनन् भने त पक्षपाती हुन् ॥३॥
मूल-४— देखा ती मान्छेहरूको मार्ग जसमाथि तैंले कृपा गरिस् ॥ तिनीहरूको मार्ग होइन जसमाथि तेरो क्रोध भयो, न त ती मान्छेहरूको मार्ग जुन मार्गबाट भट्किए ॥
                —मंजिल १/सिपारा १/१ सूरः अल-फातिहा/आयत ६, ७ ॥
समीक्षक— जब मुसलमानहरू पूर्वजन्म र पूर्वकृत पाप-पुण्य मान्दैनन् भने त कसैलाई दुवै लोकहरूको ऐश्वर्य दिने र कसैलाई नदिनाले खुदा पक्षपाती हुनेछ, किनभने बिना पाप-पुण्यको सुख-दुख दिनु केवल अन्यायको कुरा हो । र बिना कारण कसैमाथि दया र कसैमाथि क्रोध दृष्टि गर्नु पनि खुदाको स्वभावदेखि बहिः हो । किनभने बिना सुकर्म-दुष्कर्मको उसले दया अथवा क्रोध गर्न सक्दैन, फेरि उनीहरूका पूर्वसञ्चित पुण्य-पाप नै छैन भने त कसैमाथि दया र कसैमाथि क्रोध गर्न पनि हुनसक्दैन ॥
र जुन ‘भट्किए’ शब्दको अर्थ टिप्पणीमा काफिर, बेदीन (जो मुसलमान होइन) यस्तो लेखिएको छ भने त त्यो खुदा केवल मुसलमानहरूको नै पक्षपाती हुनेछ, अन्यको होइन । किनभने यदि सबै मत-मतान्तरहरूमा धर्मात्मा र पापात्मा हुन्छन् भने त, धर्मात्मा पनि यस लेखबाट काफिर हुन सक्दछन् र जुन मुसलमानहरूमा नराम्रो काम गर्दछन, के तिनीहरू काफिर होइनन् ? र जो काफिर छन, ती सबै मतहरूमा नराम्रा छन् र जो धर्मात्मा छन्, ती सबैका मतहरूमा उत्तम छन् भने मुसलमानहरूदेखि भिन्न मनुष्यहरूलाई यसरी काफिर भन्नु अविद्याको कुरा हो ।
फेरि यस सिपारा र सूरको टिप्पणीमा— “यो सूरः अल्लाह साहबले मनुष्यको मुखबाट बोलायो कि सदा यस प्रकारबाट भन्ने गरोस्”, यदि यस्तो कुरा हो भने त ‘अलिफ्, बे’ आदि अक्षर पनि खुदाले नै पढाए होलान् । यदि होइन भन्दछौ भने त बिना अक्षरज्ञानको यस सूरः लाई कसरी पढ्न सक्ने ? के कण्ठबाटै बोलाए र बोल्दै गए ? यदि यस्तै हो भने त सबै कुरान नै कण्ठबाटै पढायो होला ।
यसबाट यस्तो सम्झनु पर्दछ कि जुन पुस्तकमा पक्षपातको कुराहरू पाइन्छ, त्यो पुस्तक ईश्वरकृत हुन सक्दैन, जस्तै कि अरबी भाषामा उतार्नाले अरबवालाहरूलाई त यसलाई पढ्न सुगम, अन्य भाषाहरू बोल्नेवालाको लागि कठिन हुन्छ, यसैबाट खुदा पक्षपात देखिन्छ र जसरी सृष्टिस्थ सबै देशस्थ मनुष्यहरूमाथि न्याय दृष्टिले सबै देशभाषाहरूदेखि विलक्षण संस्कृत भाषाको जुन सबै देशवालाहरूको लागि एकैखालको परिश्रमबाट विदित हुन्छ उसैमा वेदहरूको प्रकाश गरेको छ, कुरानलाई पनि गर्थ्यो भने त केही दोष हुने थिएन ॥४॥
मूल-५— यो अल्लाहको किताब हो, यसमा कुनै सन्देह छैन, मार्गदर्शन हो डराउनेहरूका लागि ॥ जसले बिना देखे विश्वास गर्दछन् र नमाज स्थापित गर्दछन्, र जे-जति मैले उनीहरूलाई दिएको छु, त्यसबाट नै उनीहरूले खर्च गर्दछन् ॥ र जुन ईमान ल्याउँछन् त्यसमा जुन तिमीमाथि अवतरित भएको छ (कुरान) र जुन तिमीदेखि पूर्व अवतरित गरिएको छ, र त्यो आखिरत (परलोक) मा विश्वास गर्दछन् ॥ उनै मान्छेहरूले आफ्नो पालनहारको मार्ग (शिक्षा) पाएका छन् र उनैले सफलता पाउनेवाला छन् ॥ जुन मान्छेहरूले (यस कुरानको) अवज्ञा गरे, उनीहरूको लागि समान छ तिमीले उनीहरूलाई डराऊ वा नडराऊ, उनीहरू मान्नेवाला छैनन् ॥ अल्लाहले उनीहरूको हृदयमा र उनीहरूको कानमा मोहर (छाप) लगाइदिएको छ, र उनीहरूको आँखामा पर्दा छ, र उनीहरूको लागि कठोर यातना छ ॥
              —मंजिल १/सिपारा १/२ सूरः अल-बकर/आयत २, ३, ४, ५, ६, ७ ॥
समीक्षक— के आफ्नै मुखले आफ्नै किताबको प्रशंसा गर्नु खुदाको नै दम्भको कुरो होइन ? जब परहेजगार अर्थात् धार्मिक मान्छेहरू छन् भने त उनीहरू स्वतः सच्चा मार्गमा हुन्छन् र जो झुटो मार्गमा छन्, उनीहरूलाई यस कुरानले मार्ग देखाउन सक्दैन भने फेरि के कामको रह्यो ?
के पाप-पुण्य र पुरुषार्थको बिना खुदा आफ्नै खजानाबाट नै खर्च गर्नको लागि दिन्छ ? यदि दिन्छ भने त सबैलाई किन दिंदैन ? र मुसलमानहरूले किन परिश्रम गर्दछन् ?
र यदि बाइबल इञ्जील आदिमा विश्वास गर्न योग्य छ भने त मुसलमान इञ्जील आदिमा ईमान जस्तो कुरानमा छ, त्यस्तै किन गर्दैनन् ? यदि गर्दछन् भने त कुरान हुनु केको लागि ? यदि भन्दछौ कि कुरानमा अधिक कुराहरू छन् तब त पहिलो किताबमा लेख्न खुदाले भुल्यो होला ! यदि भुलेको छैन भने त कुरानलाई बनाउनु निष्प्रयोजन छ र हामीले देखेका छौं कि बाइबल र कुरानका कुराहरू कुनै-कुनै मिल्दैन नत्र त सबै मिल्दछ । एउटा नै पुस्तक जस्तै वेद छ किन बनाएन ? के कयामतमा मात्रै विश्वास राख्नुपर्ने अन्यमा होइन ?
के ईसाई र मुसलमान मात्रै खुदाको शिक्षामा छन् उनीहरूमा कोही पनि पापी छैनन् ? के जो ईसाई र मुसलमान अधर्मी छन्, उनीहरूले छुट्कारा पाउने र दोस्रा मतका धर्मात्माहरूले पनि नपाउने हो भने त बडो अन्याय, अन्धेरको कुरो हो ॥ फेरि जसले मुसलमान मतलाई मान्दैनन्, उनीहरूलाई काफिर भन्नु एकतर्फी रूपमा डङ्का बजाउनु होइन ? ॥
यदि परमेश्वरले नै उनको अन्तःकरण र कानमा मोहर लगाइदियो र त्यसैले उनीहरू पाप गर्दछन् भने त उनीहरूको केही पनि दोष छैन, यो दोष खुदाको नै हो फेरि उनीहरूमाथि सुख-दुःख वा पाप-पुण्य हुन सक्दैन, पुनः उनीहरूलाई सजाय किन गर्दछ ? किनभने उनीहरूले पाप वा पुण्य स्वतन्त्रताले गरेनन् ॥५॥
मूल-६— तिनीहरू अल्लाह र ईमान्दारहरूलाई धोका दिन चाहन्छन्, परन्तु केवल तिनीहरूले आफूलाई धोका दिइरहेका छन् र उनीहरूलाई यसको बोध छैन ॥ उनीहरूको अन्तःकरणमा रोग छ भने त अल्लाहले उनीहरूको रोगलाई बढाइदियो ॥   
—मंजिल १/सिपारा १/२ सूरः अल-बकर/आयत ९, १० ॥
समीक्षक— के ईश्वरदेखि कसैको छल, कपट अज्ञात रहन सक्दछ ? यदि रहन्छ भने त त्यो खुदा नै होइन । त्यसैले यस्तो लेख्न व्यर्थ छ । कहीं परमेश्वरलाई कसैले भ्रमाउन सक्दछ ? यदि भ्रमाउनाले बहकिन जान्छ भने त, त्यो ईश्वर नै हुन सक्दैन । बिना अपराध खुदाले उनीहरूको रोग बढाइदियो, दया आएन; ती बिचराहरूलाई बडो दुःख भयो होला ! के यो शैतानको भन्दा पनि बढी शैतानीपनको काम होइन ? कसैको मनमा ताला (मोहर) लगाउनु, कसैको रोग बढाउनु, खुदाको काम हुन सक्दैन, किनभने रोगहरू बढ्नु आफ्नो पापबाट हुन्छ ॥६॥
मूल-७— उनीहरूसँग अल्लाहले ठट्ठा गर्दछ छ ॥ वही हस्ती हो जसले तिम्रा लागि जमिनलाई बिछौना बनायो र आकाशलाई छत बनायो ॥
    —मंजिल १/सिपारा १/२ सूरः अल-बकर/आयत १५, २२ ॥
समीक्षक— जब कसैको ठट्टा गर्नु उत्तम पुरुषको काम होइन, त खुदाले ठट्टा गर्नयोग्य कहिल्यै हुँदैन, र जो ठट्टेबाज हुन्छ त्यो खुदा नै होइन । भला आकाश छत कसैको हुन सक्दछ ? यो अविद्याको कुरा हो । आकाशलाई छतको समान मान्नु हाँसोको कुरा हो । यदि कुनै प्रकारले पृथ्वीलाई आकाश मान्दछन् भने त उनैका घरको कुरा हो ॥७॥
मूल-८— यदि त्यसको विषयमा जुन हामीले आफ्ना पैगम्बरमाथि उतारेका छौं, तिमी कुनै सन्देहमा छैनौ भने त्यस्तै कुनै अर्को सूरः लिएर आओ, अल्लाहको सिवा यदि तिमी साँचा हौ भने ॥ तिम्रालाई बोलाएर देखाऊ । यदि तिमीले यस्तो गर्न सक्दैनौ भने त डराउनु त्यस आगोसँग जसको इन्धन बन्नेछन् मनुष्य र ढुङ्गा, त्यो तयार गरिएको छ काफिरहरूको लागि ॥
     —मंजिल १/सिपारा १/२ सूरः अल-बकर/आयत २३, २४ ॥
समीक्षक— भला, कुनै यस्तो कुरो पनि हुन्छ त्यसको सदृश कुनै सूरत नबनोस् ? के अकबर बादशाहको समयमा मौलवी फैजीले बिना नुकताको कुरान बनाएको थिएन ?
त्यो कुनचाहिं आगो जुन दोजख (नरक) को हो ? के यहाँको आगोसँग डराउनु हुँदैन ? यसको पनि इन्धन यहाँ जे-जति छ त्यो सबै हो ? जस्तो कुरानमा लेखिएको छ कि काफिरहरू (मत नमान्नेहरू) का लागि ढुङ्गा बनाइएको हो भने, त्यस्तै पुराणहरूमा पनि लेखिएको छ कि म्लेच्छहरूका लागि घोर नरक बनेको छ ! अब भन्नुहोस् कसको कुरो साँचो मान्ने ?
आफ्ना-आफ्ना वचनले दुइटै स्वर्गगामी र दोस्राको मतले दुइटै नरकगामी हुन्छन्, त्यसैले यी सबै झगडा झुटो हो, किन्तु जति धार्मिक छन् उनीहरूले सुख र जति पापी छन् सबै मतमा उनीहरूले दुःख पाउँछन् ॥८॥
मूल-९— र शुभ सन्देश देओ तिनीहरूलाई जसले ईमानदारी गरेर राम्रो काम गरे । उनीहरूको लागि यस्तो बगैंचा हुनेछ कि जसमा तल नहर बगेको हुनेछ, जति वेला पनि उनीहरूलाई बगैंचाबाट फल खान मिल्नेछ, तब भन्नेछन् कि यो त्यही हो जुन हामीलाई पहिला दिइएको थियो, उनीहरूका लागि वहाँ पवित्र जोडी हुनेछन्, स्त्रीहरू त्यहाँ सदैव रहनेछन् ॥
   —मंजिल १/सिपारा १/२ सूरः अल-बकर/आयत २५ ॥
समीक्षक— भला ! यो कुरानको बहिश्त (जन्नत-स्वर्ग) मा संसारदेखि कुनचाहिं उत्तम कुरो छ ? किनभने जो पदार्थ संसारमा छन्, त्यही नै मुसलमानहरूको स्वर्गमा छन् । मात्र यति विशेष छ कि यहाँ जसरी पुरुष जन्मन्छन्-मर्दछन् र आउँछन्-जान्छन्, उसै प्रकारले स्वर्गमा छैन । किन्तु यहाँकी स्त्रीहरू सदा रहँदैनन् र वहाँ पत्नीहरू अर्थात् उत्तम स्त्रीहरू सदाकाल रहन्छन् भने त जबसम्म कयामत (प्रलय) को रात आउनेछैन तबसम्म ती विचारीहरूको दिन कसरी काटिन्छ होला ?
हुनसक्दछ खुदाको उनीहरूमाथि कृपा हुन्छ होला ! यदि खुदाकै आश्रयमा दिन काट्दछन् भने त ठीकै हो ! किनभने यो मुसलमानहरूको स्वर्ग त गोकुलिये गुसांईहरूको गोलोक र मन्दिरकै सदृश देखिन्छ । किनभने त्यहाँ स्त्रीहरूको मान्यता धेरै छ, पुरुषहरूको छैन, र जति उनीहरूमाथि खुदाको प्रेम धेरै छ, त्यति पुरुषहरूमाथि छैन, किनभने स्त्रीहरूलाई खुदाले सदाको लागि बहिश्त (बगैंचा) मा राख्यो तर पुरुषहरूलाई राखेन, ती श्रीमतीहरू बिना खुदाको मर्जीले स्वर्गमा कसरी रहन सक्ने ? यदि यो कुरो यस्तै हो भने त खुदा स्त्रीहरूसँग फस्नेछ ॥९॥
मूल-१०— आदमलाई सारा नाम सिकाए, फेरि फरिश्ताहरूको सामुन्ने पारेर भन्यो कि— यदि तिमी साँचो हौ भने मलाई यिनीहरूका नाम भन ॥ फेरि भन्यो कि हे आदम ! त्यसलाई उनीहरूका नाम बताइदे, तब उसले बताइदियो, फेरि खुदाले फरिश्ताहरूसँग भन्यो कि— के मैले तिमीसित भनेको थिइन कि निश्चय म पृथ्वी र आकाशमा लुकेका वस्तुहरूको र प्रकट-अप्रकट कर्महरूलाई जान्दछु ॥          —मंजिल १/सिपारा १/२ सूरः अल-बकर/आयत ३१, ३३ ॥
समीक्षक— भला, यस्ता फरिश्ताहरूलाई धोका दिएर आफ्नो बडाइ गर्नु खुदाको काम हुन सक्दछ ? यो त एउटा दम्भको कुरो भयो, यसलाई कुनै विद्वान्‌ले मान्न सक्दैन र न यस्तो अभिमान गर्दछ । के यस्तो कुराहरूले नै खुदा आफ्नो सिद्धाइ जमाउन चाहन्छ ? हो जङ्गलीहरूमा कुनैले यस्तो पाखण्ड चलाउन चाहेमा चलाउन सक्दछ, सभ्यजनहरूमा होइन ॥१०॥
मूल-११— जब मैले फरिश्ताहरूलाई भने कि बाबा आदमलाई सज्दा (नमस्कार) गर, तब उनीहरूले नमस्कार गरे तर इबलीस (शैतान) ले नमस्कार गरेन । उसले अवज्ञा गर्‍यो र घमण्ड गर्‍यो किनभने त्यो पनि काफिर थियो ।
          —मंजिल १/सिपारा १/२ सूरः अल-बकर/आयत ३४ ॥
समीक्षक— त्यसैले खुदा सर्वज्ञ हुँदै होइन । अर्थात् भूत, भविष्यत् र वर्तमानको पूरा कुरा जान्दैन । यदि जान्दथ्यो भने त शैतानलाई पैदा नै किन गर्‍यो ? र खुदामा केही तेज पनि छैन, किनभने शैतानले खुदाको हुकुमलाई नै मानेन र खुदाले त्यसलाई केही पनि गर्न सकेन ।
अरू हेर्नुहोस् ! जाबो एक शैतान काफिरले खुदाको पनि छक्का छुटाइदियो भने त, मुसलमानहरूको कथनानुसार भिन्न जहाँ करोडौं काफिरहरू छन् । वहाँ मुसलमानहरूको खुदा र मुसलमानीहरूको केही चल्न सक्दछ ?
कहिलेकाहिं खुदाले पनि कसैको रोग बढाइदिने गर्दछ, कसैलाई भ्रममा पारिदिन्छ, खुदाले यी कुराहरू शैतानबाट सिकेको होला र शैतानले खुदाबाट; किनभने बिना खुदाको शैतानहरूको वस्ताद अरू कोही हुन सक्दैन ॥११॥
मूल-१२—मैले भने ओ आदम ! तँ र तेरी जोरू बगैंचामा रहेर आनन्दमा जहाँ चाहन्छौ खाओ परन्तु समीपमा नजानु त्यस वृक्षको कि पापी हुनेछौ । शैतानले भ्रममा पार्‍यो र उनीहरूलाई बगैंचाको आनन्ददेखि छुटाइदियो तब मैले भने कि तल झर तिम्रो कुनै शत्रु छ, तिम्रो ठेगाना पृथ्वी हो र एक समयसम्म लाभ हुनेछ ॥ आदमले आफ्नो मालिकको केही कुरा सिकेर पृथ्वीमा आयो ॥
        —मंजिल १/सिपारा १/२ सूरः अल-बकर/आयत ३५, ३६, ३७ ॥
समीक्षक— अब हेर्नुहोस् खुदाको अल्पज्ञता ! भर्खरै स्वर्गमा रहनको लागि आशीर्वाद दियो र पुनः केहीबेर पछि भन्यो निस्क । यदि भविष्यत्को कुरा जान्थ्यो भने त वर नै किन दिन्थ्यो ? र बहकाउनेवाला शैतानलाई दण्ड दिनमा पनि असमर्थ देखिन्छ । फेरि त्यो वृक्ष कसको लागि उत्पन्न गरेको थियो ? के आफ्नो लागि हो कि अर्काको लागि ? यदि आफ्नो लागि हो भने त त्यसको के जरुरत थियो ? यदि अर्काको लागि हो भने त किन रोक्यो ? त्यसैले यस्ता कुरा न खुदाको, न त उसले बनाएको पुस्तकमा हुन सक्दछ । आदम साहेबले खुदासँग कति कुरा सिकेर आए ? र जब पृथ्वीमा आदम साहेब आए तब कुन प्रकारले आए ? के तो बगैंचा पहाडमा छ कि आकाशमा ? त्यसबाट कसरी उत्रिएर आए ? अथवा पक्षीको तुल्य आए अथवा जसरी माथिबाट ढुङ्गा लडेझैं खसे ? यसमा यो विदित हुन्छ कि आदम साहेब माटोबाट बनेका भए त यिनको स्वर्गमा पनि माटो होला । फेरि जति वहाँ छन् ती सबै पनि त्यस्तै फरिश्ता आदि होलान्, किनभने माटाको शरीर बिना इन्द्रियभोग हुन सक्दैन । जब पार्थिव शरीर छ भने त मृत्यु पनि अवश्य हुनुपर्दछ ॥ यदि मृत्यु हुन्छ भने त तिनीहरू त्यहाँबाट कहाँ जान्छन् होला ? र मृत्यु हुँदैन भने त उनको जन्म पनि भएन । जब जन्म छ त मृत्यु अवश्य नै हुन्छ । यदि यस्तै हो भने त कुरानमा लेखिएको छ कि पत्नीहरू सदैव बगैंचामा रहन्छन्, सो झुटो हुन जानेछ किनभने उनको पनि मृत्यु अवश्य होला, जब यस्तो छ भने त बगैंचामा जानेवालाको पनि मृत्यु अवश्य होला ॥१२॥
मूल-१३— त्यस दिनसँग डर कि जब कुनै जीवले कुनै जीवसँग भरोसा गर्नेछैन, न त त्यसको सिफारिश नै स्वीकार गरिनेछ, न त्यसको बदलामा केही लिइनेछ र न सहायता पाउनेछ ॥                           —मंजिल १/सिपारा १/२ सूरः अल-बकर/आयत ४८ ॥
समीक्षक— के वर्तमान दिनहरूमा नडराउने ? दुष्कर्म गर्नमा सबै दिन डराउनुपर्दछ । जब सिफारिश सुनिनेछैन भने त फेरि पैगम्बरको साक्षी वा सिफारिशबाट खुदाले स्वर्ग दिनेछ यो कुरा कुन तरिकाले साँचो हुन सक्ला ? के खुदा स्वर्गवाला मात्रैको सहायक हो, नरकवालाको होइन ? यदि यस्तै हो भने त खुदा पक्षपाती हो ॥१३॥
मूल-१४— र जब मैले मूसालाई किताब र कसौटी दिएँ ताकि तिमीले मार्ग पाउन सक ॥ मैले तिनीहरूलाई भनें कि तिमीहरू निन्दित बाँदर बन्नेछौ ॥ यो एक चेतावनी दिएँ जुन तिनीहरूका लागि जो अगाडि थिए र आउने पिंढीको लागि, अनि शिक्षा इमान्दारहरूका लागि ॥
—मंजिल १/सिपारा १/२ सूरः अल-बकर/आयत ५३, ६५, ६६ ॥
समीक्षक— जब मूसालाई किताब दियौ भने त कुरानको हुनु निरर्थक छ । र उसलाई आश्चर्य शक्ति दिइयो यो बाइबल र कुरान दुइटैमा लेखिएको छ परन्तु यो कुरा मान्नयोग्य छैन, किनभने यदि यस्तो हुन्थ्यो भने त अहिले पनि हुन्थ्यो, जो अहिले छैन त सो पहिले पनि थिएन । जसरी स्वार्थीहरू आजभोलि पनि अविद्वान्‌हरूको सामुन्ने सिद्ध बन्दछन् त्यस्तै त्यो समयमा पनि कपट गरे होलान्, किनभने खुदा र उसका सेवक अहिले पनि विद्यमान छन् पुनः यति वेला खुदाले आश्चर्य कर्म किन दिंदैन र गर्न सक्दैनन् ? यदि मूसालाई किताब दिएको थियो भने त पुनः कुरानलाई दिनु के आवश्यक थियो ? किनभने जुन हित-अहित गर्ने नगर्नेको उपदेश सर्वत्र एकैखालको हुन्छ । पुनः भिन्न-भिन्न पुस्तक गर्नाले पुनरुक्त दोष हुन्छ । के मूसाजीलाई दिएको पुस्तकमा खुदाले भुलेको थियो ? यदि निन्दित बाँदर बन्न केवल चेतावनी दिनको लागि भनेको थियो भने त, त्यसले भन्नु व्यर्थ भयो अथवा छल गर्‍यो । जसले यस्तो कुरा गर्दछ र जसमा यस प्रकारका कुराहरू छन्, त्यो न खुदा न त यो पुस्तक खुदाले बनाएको हुन सक्दछ ॥१४॥
मूल-१५— यस प्रकार अल्लाहले मुर्दाहरू ब्युँताउँछ, तिमीलाई आफ्नो निशानीहरू देखाउँछ, ताकि तिमीहरूले बुझ्न सक ॥       —मंजिल १/सिपारा १/२ सूरः अल-बकर/आयत ७३ ॥
समीक्षक— के मुर्दाहरूलाई आफैले ब्युँताउँथ्यो भने त अहिले किन ब्युँताउँदैन ? के कयामतको रातसम्म चिहानमा रहिरहने छन् ? के आजभोलि दौरासुपुर्द (चिहानको भ्रमणमा) हो ? के यतिमात्रै ईश्वरका निशानीहरू हुन् ? पृथ्वी, सूर्य, चन्द्रादि निशानीहरू होइनन् ? के जगत्‌मा विविध रचना विशेष प्रत्यक्ष देखिन्छन् यी निशानीहरू थोरै हुन् ? ॥१५॥
मूल-१६— जसले ईमानदारी गरे तिनीहरू सदैव जन्नत (वैकुण्ठ) मा वास गर्नेछन् किन्तु बुराइ कमाउनेहरू लागि तिनको अपराधले घेर्नेछ र सदैव आगो (नरक) मा वास गर्नेछन् ॥
                —मंजिल १/सिपारा १/२ सूरः अल-बकर/आयत ८२ ॥
समीक्षक— कुनै पनि जीव अत्यन्त पाप पुण्य गर्ने सामर्थ्य राख्दैन यसैले सदैव स्वर्ग नरकमा रहन सक्दैनन् । र यदि खुदाले यस्तो गर्दछ भने त ऊ अन्यायकारी र अविद्वान् हुन जान्छ । कयामतको रातमा न्याय हुनेछ भने त मनुष्यका पाप पुण्य बराबर हुनु उचित हुन्छ, जो अनन्त छैन त्यसको अनन्त फल कसरी हुन सक्दछ ? र सृष्टि भएको सात आठ हजार वर्ष यतामात्रै बताउँछन्, के यसको पूर्व खुदा निकम्मा बसेको थियो ? र कयामतको पछाडि पनि निकम्मा हुनेछ ? यी कुराहरू सबै बच्चाका जस्ता छन्, किनभने परमेश्वरको काम सदैव वर्तमान रहन्छन् र जति जसको पाप पुण्य हुन्छ त्यति नै त्यसलाई फल दिन्छ, यसैले कुरानको यो कुरो साँचो होइन ॥१६॥
मूल-१७— जब मैले तिमीलाई प्रतिज्ञा गराएँ कि तिमीले आफ्नाको रगत बगाउने छैनौ र आफ्ना मान्छेहरूलाई आफ्ना बस्तीबाट निकाल्ने छैनौ, फेरि तिमीले मलाई वचन दियौ र त्यसको तिमी साक्षी छौ ॥ फेरि तिमीहरू त्यही मान्छे हौ जसले कि आफ्नाको हत्या गर्दछौ र आफ्ना नै एक समूहलाई उनीहरूको बस्तीबाट बाहिर निकाल्दछौ, उनीहरूका विरुद्ध उनका शत्रुहरूलाई सहायता गर्दछौ ॥            —मंजिल १/सिपारा १/२ सूरः अल-बकर/आयत ८४, ८५ ॥
समीक्षक— भला प्रतिज्ञा गर्नु र गराउनु अल्पज्ञहरूको कुरा हो कि परमात्माको ? जब परमेश्वर सर्वज्ञ छ भने त यस्तो कडाकूट संसारी मनुष्यको समान किन गर्नेछ ? भला यो कुनचाहिं राम्रो कुरो भयो कि आपसमा रगत नबगाउनु, आफ्ना मतवालालाई घरबाट ननिकाल्नु, अर्थात् दोस्रो मतवालाहरूको रगत बगाउनु र घरबाट बाहिर निकालिदिनु ? मिथ्या, मूर्खता र पक्षपातको कुरा नभए के हो ? के परमेश्वर प्रथमबाटै जान्दैनथ्यो कि यिनीहरूले प्रतिज्ञादेखि विरुद्ध गर्नेछन् ? यसैबाट विदित हुन्छ कि मुसलमानहरूको खुदाले पनि ईसाईहरूका धेरैजसो उपमा राख्दछ र यो कुरान स्वतन्त्र पुस्तक बन्न सक्दैन किनभने यसमा थोरै मात्र कुराहरूलाई छोडेर बाँकी सबै कुरा बाइबलका छन् ॥१७॥
मूल-१८— यिनीहरू नै हुन् ती मान्छेहरू जसले आखरत (परलोक) को बदलामा सांसारिक जीवन किने, अतः यिनीहरूको यातनामा कटौति गरिनेछ र उनीहरूलाई सहायता पुग्नेछ ॥   
                —मंजिल १/सिपारा १/२ सूरः अल-बकर/आयत ८६ ॥
समीक्षक— भला ! यस्तो ईर्ष्या-द्वेषको कुरो कतै ईश्वरको हुन सक्दछ ? अर्काको कथा अर्कैलाई भन्ने, कसैको पक्ष लिने खुदाको कुरा हुन सक्दछ ? किन्तु कुनै मतावलम्बी मनुष्यकोतिरबाट हो । जसका पापहरूको कटौति गरिने र जसलाई सहायता गरिने ती मान्छेहरू को हुन् ? यदि तिनीहरू पापी हुन् र पापहरूको दण्ड दिए बिना नै छुट्कारा दिने हो भने त अन्याय हुनेछ । जसलाई सजाय दिएर हल्का गर्ने हो भने त जसको बयान यस आयतमा गरिएको छ, ती सबैले सजाय पाएर हल्का हुन सक्दछन् । फेरि दण्ड दिएर पनि हल्का गरिएन भने पनि अन्याय हुनेछ । जहाँ पापहरूबाट हल्का गराउने कुराको प्रयोजन धर्मात्माहरूको हो भने त, उनीहरूका पाप त आफै हल्का हुन्छ; खुदाले के नै गर्छ ? त्यसैले यो लेख विद्वान्‌को होइन । साथै धर्मात्माहरूलाई सुख र अधर्मीहरूलाई दुःख, तिनका कर्मानुसार सदैव दिनु पर्दछ ॥१८॥
मूल-१९— फेरि मैले मूसालाई किताब दिएँ र त्यस पछाडि एक रसूल (पैगम्बर-सन्देशवाहक) पठाएँ । र मरियमको पुत्र ईसालाई खुल्ला निशानीहरू प्रदान गरें कि पवित्र आत्मा (रूहल-कुद्स) बाट उसलाई सहायता गरियो । जब कुनै पनि पैगम्बरले तिमीकहाँ त्यो कुरा लिएर आयो जुन तिम्रो मनलाई राम्रो लागेन तब तिमीले घमण्ड गर्‍यौ । फेरि तिमीले एक समूहलाई झुटो बनायौ र एक समूहको हत्या गरिदियौ ॥          —मंजिल १/सिपारा १/२ सूरः अल-बकर/आयत ८७ ॥
समीक्षक— जब कुरानमा साक्षी छ कि मूसालाई किताब दिइयो भने त त्यसलाई मान्नु मुसलमानहरूलाई आवश्यक हुन्छ, र जुन-जुन त्यस पुस्तकमा दोष छ त्यो पनि मुसलमानको मतमा आएर खस्यो र ‘मौजिजे’ अर्थात् दैवीशक्तिको कुरा सबै अन्यथा हो, भोला-भाला मनुष्यलाई बहकाउनको लागि मान्छेहरूले झुट-मुट चलाएका हुन्, किनभने सृष्टिक्रम र विद्यादेखि विरुद्ध सबै कुराहरू झुटा नै हुन्छन् । यदि त्यो समयमा ‘मौजिजे’ थिए भने त यति वेला किन छैनन् ? जब यति वेला छैनन् भने त उति वेला पनि थिएनन्, यसमा केही पनि सन्देह छैन ॥१९॥
मूल-२०—यस भन्दा अगाडि त्यसलाई जसले मान्दैनथे, उनैमाथि विजय गर्न थाले, फेरि त्यो किताब उनीहरूकहाँ आयो, त्यसलाई उनीहरूले चिने पनि, जस (काफिर) ले स्वीकार्न चाहेन अल्लाहको फट्कार (लानत) छ ॥      —मंजिल १/सिपारा १/२ सूरः अल-बकर/आयत ८९ ॥
समीक्षक— के जसरी तिमीले अन्य मतवालाई काफिर भन्दछौ त्यसरी नै उनीहरूले तिमीलाई काफिर भन्दछन् ? र उनका मतकाले पनि तिमीलाई उनका ईश्वरतिरबाट धिक्कार्दछन्, फेरि भन को साँचो को झुटो ? यदि विचार गरेर हेर्ने हो भने त सबै मतवालाहरूमा झुट पाइन्छ र जुन साँचो हो त्यो सबैमा एकसमान छ, यो सबै लडाईं मूर्खताको हो ॥२०॥
मूल-२१— आनन्दको सन्देश ईमान्दारहरूलाई ॥ जो अल्लाह फरिश्ताहरू, पैगम्बरहरू, जिबरईल र मीकाईलको शत्रु छ अल्लाह पनि त्यस्ता काफिरहरूको शत्रु हो ? ॥
                —मंजिल १/सिपारा १/२ सूरः अल-बकर/आयत ९७, ९८ ॥
समीक्षक— जब मुसलमान भन्दछन् कि ‘खुदा लाशरीक’ हो, फेरि यी फौजका फौज ‘शरीक’ कहाँबाट गर्‍यो ? जो शैतानको शत्रु हुन्छ, त्यो के परमेश्वरको पनि शत्रु हो ? के त्यो खुदाको आज्ञादेखि विरुद्ध चल्दैन ? यसैबाट खुदा पक्षपाती हुन जान्छ ॥२१॥
मूल-२२— र भन कि ए पालनहार ! हाम्रो पापहरूलाई क्षमा गरिदे, हामीले तिम्रा पापहरूलाई क्षमा गरिदिनेछौं र भलाइ गर्नेवालालाई अधिक पनि दिनेछौं ॥          
  —मंजिल १/सिपारा १/२ सूरः अल-बकर/आयत ५८ ॥
समीक्षक— भला यो खुदाको उपदेश सबैलाई पापी बनाउनेवाला छ कि छैन ? किनभने जब पाप क्षमा हुने आश्रय मनुष्यलाई मिल्दछ भने तब नै पापदेखि कोही पनि डराउँदैन, त्यसैले यस्तो भन्नेवाला खुदा र यो खुदाले बनाएको पुस्तक हुन सक्दैन । किनभने त्यो न्यायकारी छ, अन्याय कहिल्यै गर्दैन र पाप क्षमा गर्दामा अन्यायकारी भैहाल्दछ; किन्तु यथापराध दण्ड नै दिनाले न्यायकारी हुन सक्दछ ॥२२॥
मूल-२३— जब मूसाले आफ्नो कौम (कुल) को लागि पानी माग्यो, तब मैले भने आफ्नो लाठी ढुङ्गामा बजार्दे, तब त्यसबाट बाह्र ओटा पानीका मूल फुटे ॥   
                —मंजिल १/सिपारा १/२ सूरः अल-बकर/आयत ६० ॥
समीक्षक— अब हेर्नुहोस् ! यी गफौडाको तुल्य दोस्रो कुनै छ होला ? एउटा ढुङ्गाको शिलामा लट्ठी मार्नाले बाह्र ओटा पानीका मूल निस्कनु सर्वथा असम्भव छ । यदि त्यस ढुङ्गालाई भित्रबाट खाली गरेर, त्यसमा पानी भरेर बाह्र प्वाल गरे मात्रै सम्भव छ, अन्यथा हुँदैन ॥२३॥
मूल-२४— अल्लाहले जसलाई चाहन्छ आफ्नो दयाको लागि चुन्दछ, अल्लाह अत्यन्त दयावान् छ ॥                 —मंजिल १/सिपारा १/२ सूरः अल-बकर/आयत १०५ ॥
समीक्षक— जसलाई मुख्य बनाउन योग्य छैन, न त दया गर्न योग्य छ, के त्यस्तालाई पनि प्रधान बनाएर त्यसमाथि दया गर्दछ ? यदि यस्तै हो भने त खुदा बडो गडबडियावाला हो, किनभने फेरि राम्रो काम कसले गर्ने ? नराम्रो काम कसले छोड्ने ? किनभने खुदाको प्रसन्नतामा नै सबै कुरा निर्भर गर्दछ, कर्मफलमाथि होइन । यसैबाट सबैमा अनास्था जागेर धर्मोच्छेदप्रसङ्ग हुनेछ ॥२४॥
मूल-२५— यस्तो नहोस् कि काफिरहरूले ईर्ष्या गरेर तिमीलाई ईमानबाट फेराइदिऊन्, किनभने उनीहरूमा ईमानवालाहरूका थुप्रै मित्र छन् ॥     
—मंजिल १/सिपारा १/२ सूरः अल-बकर/आयत १०९ ॥
समीक्षक— अब हेर्नुहोस् ! खुदाले नै उनीहरूलाई चेताउँछ कि तिम्रो ईमानलाई काफिरहरूले नडगमगाइदिऊन् । के त्यो सर्वज्ञ छैन ? यस्तो कुरा खुदाको हुन सक्दैन ॥२५॥
मूल-२६—तिमीले जतातिर मुख गर्दछौ त्यतैतिर अल्लाहको मुख पर्दछ ॥                                —मंजिल १/सिपारा १/२ सूरः अल-बकर/आयत ११५ ॥
समीक्षक— यदि यो कुरा साँचो हो भने त मुसलमान ‘काबातिर’ किन मुख पर्काउँछन् ? यदि भन्लान् कि हामीलाई काबातिर नै मुख फर्काउनको लागि हुकुम छ, तब यो पनि हुकुम छ कि चाहे जतातिर पनि मुख गर, के एउटा कुरा साँचो र अर्को झुटो हो त ? यदि अल्लाहको मुख छ भने त त्यो सबैतिर हुन नै सक्दैन, किनभने एक मुख एकातिरमात्रै हुन्छ, सबैतिर कसरी हुन सक्दछ ? यसले यो कुरो सङ्गत छैन ॥२६॥
मूल-२७— ऊ आकाश र भूमिलाई उत्पन्न गर्नेवाला हो, जब उसले केही गर्न चाहन्छ, यो होइन कि उसलाई गर्नु पर्दछ किन्तु त्यसलाई भन्दछ कि “भइजा” ! अनि त भैहाल्दछ ॥               
  —मंजिल १/सिपारा १/२ सूरः अल-बकर/आयत ११७ ॥
समीक्षक— भला खुदाले हुकुम दियो कि “भइजा” तब त्यो हुकुम कसले सुन्यो ? र कसलाई सुनायो ? फेरि को बन्यो ? कुन कारणले बनायो ? जब यस्तो लेख्दछन् कि सृष्टिको पूर्व सिवाय खुदाको अरू दोस्रो वस्तु केही पनि थिएन भने त यो संसार कहाँबाट आयो ? बिना कारण कुनै पनि कार्य हुँदैन भने त यति ठूलो जगत् कारणको बिना कहाँबाट भयो ? यो कुरो केवल बच्पनाको हो
पूर्वपक्षी— खुदाको इच्छाबाट ।
उत्तरपक्षी— के तिम्रो इच्छाले एउटा माखाको टाङ्ग पनि बन्न सक्दछ ? जुन भन्दछौ कि खुदाको इच्छाले यो सबै जगत् बन्यो ।
पूर्वपक्षी — खुदा सर्वशक्तिमान् छ त्यसैले जे चाहन्छ त्यो गर्न सक्दछ ।
उत्तरपक्षी— सर्वशक्तिमान् शब्दको के अर्थ हो ?
पूर्वपक्षी — जे चाहन्छ त्यो गर्नसक्ने ।
उत्तरपक्षी— के खुदा अर्को खुदा पनि बन्न सक्दछ, आफै मर्न सक्दछ, मूर्ख, रोगी र अज्ञानी पनि बन्न सक्दछ ?
पूर्वपक्षी — यस्तो कहिल्यै बन्न सक्दैन ।
उत्तरपक्षी— यसैले परमेश्वर आफ्नो र अरूको गुण, कर्म, स्वभावको विरुद्ध केही पनि गर्न सक्दैन । जसरी संसारमा कुनै वस्तु बनाउनको लागि तीन पदार्थ आवश्यक हुन्छन्— एक बनाउनेवाला जस्तै कुमाले, दोस्रो घैंटो बन्ने माटो र तेस्रो त्यसका साधन जसबाट घैंटो तयार पारिन्छ, जस्तै कुमाले, माटो र साधनले घैंटो बन्दछ र घैंटो बन्न भन्दा पूर्व कुमाले, माटो र साधन उपस्थित रहेका हुन्छन्, त्यसरी नै जगत्‌को बन्न भन्दा पूर्व परमेश्वर, जगत्‌को कारण प्रकृति र उनका गुण, कर्म, स्वभाव अनादि रहेका हुन्छन्, त्यसैले यो कुरानको कुरा सर्वथा मिथ्या हो ॥२७॥
मूल-२८— जब मैले काबालाई मान्छेहरू एकत्र हुनको लागि पवित्र स्थान र शान्तिको स्थान घोषित गरें । अनि आदेश दिएँ कि मकाम इब्राहीमको उभिने स्थानलाई नमाज पढ्नको लागि स्थान बनाओ, फेरि मैले इब्राहीम र स्माईललाई हुकुम दिएँ कि मेरो घरको परिक्रमा गर्नेवालाहरू, एतेकाफ (बसेर स्तुति) गर्नेवालाहरू, रुकू (झुकेर) र सजदा (नमन) गर्नेवालाहरूको लागि पवित्र राख ॥           
 —मंजिल १/सिपारा १/२ सूरः अल-बकर/आयत १२५ ॥
समीक्षक— के काबा भन्दा पहिला पवित्र स्थान खुदाले कुनै पनि बनाएको थियो कि थिएन ? यदि बनाएको थियो भने त काबालाई बनाउनु कुनै आवश्यकता रहेन, यदि बनाएको थिएन भने त बिचरा पूर्वोत्पन्नहरूलाई पवित्र स्थानको बिना नै राख्दथ्यो ? जब कुरान बनाएको थियो, तब ईश्वरलाई पवित्र स्थान बनाउनको लागि स्मरण भएन होला ॥२८॥
मूल-२९— ती कुन मनुष्य हुन जसले इब्राहीमको दीनलाई मन पराउँदैनन्, परन्तु त्यो जसले आफूले आफैलाई मूर्ख बनाएको होला । जब कि मैले इब्राहीमलाई संसारको लागि चुनेको थिएँ र परलोकमा त्यो धार्मिक मान्छेहरूमा हुनेछ ॥             
—मंजिल १/सिपारा १/२ सूरः अल-बकर/आयत १३० ॥
समीक्षक— के मुसलमानहरू इब्राहीमको मजहबदेखि धेरै फेरिएका छैनन् ? के यो खुदाको कुरो हो कि उसलाई मूर्ख प्रसन्न हुन्छन्, विद्वान् होइनन् ? यो कुरो अविद्वत्ताको हो अर्थात् जब यस पुस्तकलाई बनाउनेवालाले सम्झियो कि म अविद्वान् छु र विद्वान्‌हरूले मेरो कुरो काट्नेछन्, मैले उत्तर दिन सक्ने छैन, यसैले धर्म-विषयमा मूर्खको समान भएर जेसुकै अण्ड-बण्ड भनिदिए पनि सबै कुरा मान्नुपर्दछ । यदि यस्तो गर्दैनथ्यो भने त मान्छेहरू उसका मजहबमा आउने थिएनन्, आएर पनि स्थिर रहने थिएनन्, न त उसको प्रयोजन नै सिद्ध हुने थियो । हो, यो त ठीक हो कि जो धर्मात्मा हुन्छ वही ईश्वरको प्रिय हुन्छ, अधर्मी होइन ॥२९॥
मूल-३०— मैले तिम्रो मुख पटक-पटक आकाशतिर उठेको देख्नेछु, अतः मैले तिमीलाई उसै काबातिर फेराइदिनेछु जसलाई तिमीले मन पराउँछौ र तिमी जहाँबाट पनि निस्क, आफ्नो मुख मस्जिद-ए हराम (काबा) तिर पार्नू ॥          
—मंजिल १/सिपारा १/२ सूरः अल-बकर/आयत १४४, १४९ ॥
समीक्षक— के यो सानो बुत्परस्ती हो ? होइन, किन्तु ठूलो ।
प्रश्न— हामी मुसलमानहरू बुत्परस्ती (मूर्तिपूजक) होइनौं किन्तु बुत्शिकन (मूर्तिनाशक) अर्थात् बुत्हरूलाई फुटाल्नेवाला हौं, किनभने हामीले काबालाई खुदा मान्दैनौं ।
उत्तर— त के भयो जसलाई तिमीले बुत्परस्त सम्झन्छौ उनीहरू पनि त्यस-त्यस मूर्तिलाई ईश्वर मान्दैनन् किन्तु त्यसको सामुन्ने परमेश्वरको भक्ति गर्दछन् । यदि बुत्हरूलाई फुटाउनेवाला हौ भने त त्यस मस्जिद काबा ठूलो बुत्लाई किन फुटालेनौ ?
प्रश्न— वाह जी ! हामीलाई त काबातिर मुख फर्काउनको लागि कुरानमा हुकुम छ र यसलाई वेदमा हुकुम छैन फेरि ती बुत्परस्त किन होइनन् ? र हामी किन ? किनभने हामीलाई खुदाको हुकुम बजाउनु अवश्य छ ।
उत्तर— जसरी तिम्रो लागि कुरानमा हुकुम छ त्यसरी नै यिनीहरूको लागि पुराणमा आज्ञा छ । जसरी तिमीले कुरानलाई खुदाको कलाम सम्झन्छौं त्यसरी नै पुराणीले पनि पुराणहरूलाई खुदाको अवतार व्यासजीको वचन सम्झन्छन् । तिमीमा र यिनीहरूमा बुत्परस्तीको केही पनि भिन्नभाव छैन प्रत्युत तिमी ठूला बुत्परस्त र यी साना बुत्परस्त हुन् । किनभने जबसम्म कोई मनुष्य आफ्नो घरमा प्रवेश गरेको बिरालोलाई धपाउन लाग्दछ तबसम्ममा उसको घरमा ऊँट प्रविष्ट हुनजान्छ, त्यसै गरी नै मुहम्मद साहबले साना बुत्लाई मुसलमानको मनबाट त निकाले परन्तु ठूलो बुत् जुन कि पहाडको सदृश मक्काको मस्जिद हो त्यो सबै मुसलमानहरूको मनमा प्रविष्ट गराइदिए, के यो सानो बुत्परस्ती हो ? हो, जुन हामीहरू वैदिक छौं त्यस्तै तिमीहरू पनि वैदिक भयौ भने त बुत्परस्ती आदि नराम्रा कामबाट बँच्न सक्दछौ, अन्यथा सक्दैनौ । तिमीले ‘जबसम्म आफ्नो ठूलो बुत्परस्तीलाई निकाल्दैनौ तबसम्म’ दोस्रा साना बुत्परस्तहरूको खण्डनबाट लज्जित भएर निवृत्त रहनुपर्दछ र आफूलाई बुत्परस्तीदेखि पृथक् गरेर पवित्र गर्नु पर्दछ ॥३०॥
मूल-३१— जति मान्छेहरू अल्लाहको मार्गमा मारिन्छन्, उनीहरूलाई मृतक नभन्नू, उनीहरू जीवित छन्, परन्तु तिमीलाई ज्ञात छैन ॥
—मंजिल १/सिपारा २/२ सूरः अल-बकर/आयत १५४ ॥
समीक्षक— भला ईश्वरको मार्गमा मर्न मार्नको के आवश्यकता छ ? यो किन भन्दैनौ कि यो कुरो आफ्नो मतलब सिद्ध गर्नको लागि हो कि यो लोभ दियौं भने खुब लड्नेछन्, आफ्नो विजय हुनेछ, मर्नदेखि डराउने छैनन्, लुटमार गर्नाले ऐश्वर्य प्राप्त हुनेछ, पश्चात् विषयानन्द गर्नेछौं इत्यादि स्वप्रयोजनको लागि यो विपरीत व्यवहार गरेको हो ॥३१॥
मूल-३२— यिनै मान्छेहरूमाथि मालिक (रब) तिरबाट दया र दरुद छ र यिनैले मार्ग पाउनेछन् ॥                        —मंजिल १/सिपारा २/२ सूरः अल-बकर/आयत १५७ ॥
समीक्षक— अब हेर्नुहोस् ! यो काम पनि एक प्रकारबाट बुत्परस्ती नै हो । भला ! मुर्दाहरूमाथि आयतहरू पढ्नाले के हुन्छ ? किनभने त्यसको जीवात्मा त पहिल्यै निस्केर गैसक्यो, पुनः पाठ कसले सुन्दछ ? यसैले यो सबै व्यर्थ कर्म हो । इत्यादिबाट यो ईश्वरकृत वा विद्वत्कृत पनि होइन ॥३२॥
मूल-३३— जसले लुकाउँछन् त्यसलाई जुन कि मैले प्रमाण र शिक्षाबाट उतारेको छु । त्यसको बीचमा जे छ त्यो सबै अल्लाहको लागि धिक् दिनेहरूका लागि धिक्कार छ ॥ परन्तु जसले तौबा (क्षमायाचना) र भलाइ गर्‍यो, तिनीहरूमाथि फेरि दया गर्दछु र गर्नेछु । जो मान्छेहरू काफिर भए र मरे, र काफिर नै रहे, ती माथि खुदा र फरिश्ताहरू र सबै मान्छेहरूमाथि धिक्कार छ । सदैव त्यसैमा रहनेछन् । तिनीहरूको पाप घटाइँने छैन, न त क्षमा नै गरिनेछ । तिम्रो एउटै मालिक छ अरू कोई छैन । त्यो क्षमा गर्नेवाला र दयालु छ ॥               
—मंजिल १/सिपारा २/२ सूरः अल-बकर/आयत १५९, १६० ॥
समीक्षक— यो कुरो जुन कि पहिला पैगम्बरहरूको सामुन्ने जस्तो कि इब्राहीम साहेबको सामुन्ने खतना आदिको नियम बाँधेका थिए, त्यसलाई जसले गर्दैनथे र मक्का शहरमा सफा र मुरब्बा दुई पहाड छन्, अरबका मान्छेहरू इब्राहीमको समयदेखि नै सदैव हज गर्दथे, परन्तु मुसलमानहरूले कुनै कारणले छोडिदिएका थिए, तिनीहरूमाथि यो आयत उतारे, उनैलाई धिक्कार दिइन्छ र जो मुसलमान तौबा गर्दछ तब माफ हुन्छ, परन्तु जो काफिर अर्थात् गैर मुस्लिम छन्, तिनीहरूमाथि खुदा बडो तिक्तता गर्दछ । भला ! यस्तो कुरा खुदाको हुन सक्दछ ? र जो पक्षपाती छ त्यो कहिल्यै ईश्वर हुन सक्दैन । के मुसलमानमाथि क्षमा गर्नेवाला दयालु हो, अन्यमाथि दयाकर्तालाई दयाहीन भन्ने ? यसैले न यो ईश्वरकृत पुस्तक र न यसमा भनिएको ईश्वर हुन सक्दछ ॥३३॥
मूल-३४— र यो हो कि अल्लाह कठोर दण्ड दिनेवाला हो ॥ शैतानको पक्ष नलेल निश्चय त्यो तिम्रो शत्रु हो ॥ त्यसको बिना अरू कोही हुँदैन जसले दुष्कर्म र निर्लज्जताको आदेश दिन्छ, तिमीले भन अल्लाहको बारेमा त्यस्तो कुरा गर ॥  
—मंजिल १/सिपारा २/२ सूरः अल-बकर/आयत १६५, १६८, १६९ ॥
समीक्षक— के कठोर दुःख दिनेवाला दयालु खुदा सबै पापीहरू र पुण्यात्माहरूको माथि छ अथवा मुसलमानहरूमाथि दयालु र अन्यमाथि दयाहीन हो ? यदि यस्तै हो भने त त्यो ईश्वर हुन सक्दैन । र पक्षपाती छैन भने त जो मनुष्य जहाँ कहीं धर्म गर्नेछ त्यसमाथि ईश्वर दयालु र जसले अधर्म गर्दछ त्यसमाथि दण्डदाता हुन्छ भने त फेरि बीचमा मुहम्मद साहेब र कुरानलाई मान्न आवश्यक रहेन । र जुन सबैलाई दुष्ट गराउनेवाला मनुष्यमात्रको शत्रु शैतान हो त्यसलाई खुदाले उत्पन्न नै किन गर्‍यो ? के त्यसले भविष्यत्को कुरो जान्दैनथ्यो ? यदि भन्दछौ कि जान्दथ्यो परन्तु परीक्षाको लागि बनायो तर पनि बन्न सक्दैन, किनभने परीक्षा गर्नु अल्पज्ञको काम हो, सर्वज्ञ त सबै जीवहरूको राम्रा नराम्रा कर्महरूलाई सदादेखि ठीक-ठीक जान्दछ । र शैतानले सबैलाई भ्रममा पार्दछ भने त शैतानलाई कसले भ्रममा पार्दछ ? यदि भनौला कि शैतान आफै भ्रममा पर्दछ तब अन्य पनि आफै भ्रममा पर्दछन्, बीचमा शैतानको के काम ? र यदि खुदाले नै शैतानलाई बहकाएको हो भने त खुदा शैतानको पनि शैतान ठहरिनेछ । यस्तो कुरो ईश्वरको हुन सक्दैन । र जो कोही बहकिन्छ त्यो कुसङ्ग तथा अविद्याबाट भ्रमित हुन्छ ॥३४॥
मूल-३५— उसले त तिमीमाथि केवल मुर्दार, रगत, सुँगुरको मासु र जसमाथि अल्लाहको अतिरिक्त कुनै अरूको नाम लिइएको होस्, हराम ठहराएको छ ॥           
  —मंजिल १/सिपारा २/२ सूरः अल-बकर/आयत १७३ ॥
समीक्षक— यहाँ विचार गर्नुपर्दछ कि मुर्दा चाहे आफै मरोस् वा कसैले मार्नबाट, दुइटै बराबर हुन् । हो, यिनमा केही भेद पनि छ तथापि मृतकपनमा केही भेद छैन । जहाँ रगत हराम छ भने त मरेपछाडि शरीरमा नै रगत जमेर मासु बन्दछ, फेरि मासु खानु मुसलमानहरूको लागि सर्वथा हराम भयो र जब एउटा सुँगुरको निषेध गरियो भने त के मनुष्यको मासु खान उचित हुन्छ ? के यो कुरा राम्रो हुन सक्दछ कि परमेश्वरको नाममा पशु आदिलाई अत्यन्त दारुण दुःख दिएर प्राणहत्या गर्नु ? यसबाट ईश्वरको नाम कलङ्कित हुन जान्छ । हो ईश्वरले बिना पूर्वजन्मको अपराधको मुसलमानहरूको हातबाट दारुण दुःख किन गरायो ? के तिनीहरूमाथि दयालु छैन ? उनीहरूलाई पुत्रवत् मान्दैन ? जुन वस्तुबाट अधिक उपकार हुन्छ ती गाई आदिलाई मार्नको निषेध नगर्नु जान कि हत्या गराएर खुदा जगत्‌को हानिकारक, हिंसारूप पापबाट कलङ्कित पनि हुन जान्छ । यस्ता कुराहरू खुदा र खुदाको पुस्तकमा कहिल्यै पनि हुन सक्दैन ॥३५॥
मूल-३६— तिम्रो लागि रोजाको रातमा आफ्ना पत्नीहरूसँग जानको लागि वैध (हलाल) गरिएको छ । ती तिम्रा लागि पर्दा हुन् र तिमी उनका पर्दा हौ । अल्लाहले जान्यो कि तिमी आफैले आफूसँग छल-कपट गरिरहेका थियौ तब उसले तिमीमाथि कृपा गर्‍यो र तिमीलाई क्षमा गरिदियो । अब तिमी उनीहरूसित मिल र मदनोत्सव गर अल्लाहले तिम्रो लागि लेखिदियो । खान-पान गर यहाँसम्म कि बिहानको मिरमिरे उज्यालो स्पष्ट छुट्टियोस्, फेरि पूरा गर्नु रोजा रातसम्म । र जब तिमी मस्जिदमा एतेकाफमा हुन्छौ भने त पत्नीहरूसँग सम्भोग नगर्नू । यो अल्लाहले बनाएको सीमा हो त्यसलाई तिमीले उल्लङ्घन नगर । यसरी अल्लाह आफ्नो निशानीहरू मान्छेहरूका लागि बयान गर्दछ ताकि तिनीहरू बचून् ॥        —मंजिल १/सिपारा २/२ सूरः अल-बकर/आयत १८७ ॥
समीक्षक— यहाँ यो निश्चित हुन्छ कि जब मुसलमानहरूको मत चल्यो वा त्यसको पहिला कसैले पौराणिकसँग सोध्यो होला कि चान्द्रायण व्रत जुन कि एक महिनाभरी हुन्छ त्यसको विधि के हो ? त्यो शास्त्रविधि जुन कि चन्द्रको कला घट्बढको अनुसार ग्रासहरूलाई बढाउने र दिनको मध्याह्नमा खान लेखिएको छ त्यसलाई नजानेर भन्यो होला कि चन्द्रमाको दर्शन गरेर खानु । त्यसैलाई यी मुसलमानहरूले यस प्रकारसँग मान्न थाले । परन्तु व्रतमा स्त्रीसमागमको त्याग छ त्यो एउटा कुरा खुदाले थपिदियो कि तिमी स्त्रीसँग पनि समागम गर र रातमा मज्जासित खानु पनि । भला यो व्रत कता भयो ? दिनमा नखाने रातमा खाँदैराख्ने, यो सृष्टिक्रमदेखि विपरीत छ कि दिनमा नखानें रातमा खानें ॥३६॥
मूल-३७— अल्लाहको मार्गमा ती मान्छेहरूसँग लड जो तिमीसँग लड्दछन् ॥ मारिदेओ तिनीहरूलाई जुन ठाउँमा पाउँछौ र निकालिदिनु त्यहाँबाट जहाँबाट तिमीलाई तिनीहरूले निकाले, कतल भन्दा कुफ्र (उपद्रव) नराम्रो हो ॥ यदि तिनीहरूले युद्ध छेडेमा त तिनीहरूको कतल (वध) गरिदिनु, यही दण्ड हो अवज्ञाकारीहरूको लागि ॥     
—मंजिल १/सिपारा २/२ सूरः अल-बकर/आयत १९०-१९३ ॥
समीक्षक— यदि कुरानमा यस्तो कुरा हुँदैनथ्यो भने त मुसलमानहरू यति ठूलो अपराध जुन कि अन्य मतवालाहरूमाथि गर्ने गर्दछन्, र बिना अपराधीहरूलाई मार्नु ती माथि बडो पाप हुन्छ । जसले मुसलमानको मतलाई ग्रहण गर्दैन, त्यसलाई कुफ्र (उपद्रवी) भन्दछन् अर्थात् कुफ्र भन्दा कतल (हत्या) लाई मुसलमानहरूले राम्रो मान्दछन् अर्थात् जसले हाम्रो दीन (मत) लाई मान्दैन कतल गर्नेछौं सो गर्दै आएका छन् । मजहबको लागि लड्दै-लड्दै आफै नै राज्य आदिबाट नष्ट हुन गए र यिनीहरूको मन अन्य मतवालाहरूमाथि अति कठोर रहन्छ । के चोरीको बदला चोरी हो ? कि जति हाम्रो अपराध चोर आदिले गर्दछन् के हामीले पनि चोरी गर्ने ? यो सर्वथा अन्यायको कुरा हो । के कोई अज्ञानीले हामीलाई गाली दियो भने उसलाई पनि हामीले गाली दिने ? यो कुरा न ईश्वर, न ईश्वरको भक्त विद्वान्‌को न त ईश्वरोक्त पुस्तकको नै हुन सक्दछ । यो त केवल स्वार्थी अज्ञानी मनुष्यको हो ॥३७॥
मूल-३८— अल्लाहले झगडालुलाई मित्र बनाउँदैन ॥ ए मनुष्यहरू हो ! जसले ईमान ल्याएकाछौ, सबै इस्लाममा प्रविष्ट गर, र शैतानको पद-चिह्नमाथि नहिंड्नू, शैतान तिम्रो प्रत्यक्ष शत्रु हो ॥                  —मंजिल १/सिपारा २/२ सूरः अल-बकर/आयत २०४, २०८ ॥
समीक्षक— यदि झगडालुलाई खुदाले मित्र सम्झदैन भने त किन आफै मुसलमानलाई झगडा गर्नको लागि प्रेरणा गर्दछ ? र झगडालु मुसलमानहरूदेखि मित्रता किन गर्दछ ? के मुसलमानको मतमा मिल्न जाँदामै खुदा राजी हुन्छ ? त्यसो भए त मुसलमानहरूको नै पक्षपाती भयो त, सबै संसारको होइन । यसबाट यहाँ विदित हुन्छ कि न कुरान ईश्वरकृत न त यसमा भनिएको ईश्वर पनि हुन सक्दैन ॥३८॥
मूल-३९— खुदा जसलाई चाहन्छ अनन्त आनन्द दिन्छ ॥
                       —मंजिल १/सिपारा २/२ सूरः अल-बकर/आयत २१२ ॥
समीक्षक— के बिना पाप पुण्यको खुदाले यस्तै आनन्द दिन्छ ? फेरि सुकर्म-दुष्कर्म गर्नु एकजस्तै भयो, किनभने सुख-दुःख प्राप्त हुनु उसको इच्छामा भर पर्दछ । त्यसैले धर्मदेखि विमुख भएर मुसलमानहरू यथेष्टाचार गर्दछन् । र कोई-कोई यस कुरानोक्तमाथि विश्वास नगरेर धर्मात्मा पनि हुन्छन् ॥३९॥
मूल-४०— प्रश्न गदर्छु तिमीसँग रजस्वलालाई भन्दिनु त्यो अपवित्र हो, पृथक् रहनु ऋतुसमयमा उनको समीपमा नजानु जबसम्म उनीहरू पवित्र हुँदैनन्, जब नुहाउँछन् तब उनीहरूका समीपमा जानु खुदाले आज्ञा दियो ॥ तिम्रा श्रीमतीहरू तिम्रा लागि खेती हुन्, जसरी चाहन्छौ त्यसरी नै जाऊ तिम्रो खेतमा ॥ यत्तिकैमा मुखबाट निक्लेका बेकारका शपथ तोड्नमा पक्रँदैन तिमीलाई अल्लाहले ॥               —मंजिल १/सिपारा २/२ सूरः अल-बकर/आयत २२२, २२३ ॥
समीक्षक— जुन यो रजस्वलाको सङ्ग नगर्नु लेखिएको छ त्यो राम्रो कुरा हो । परन्तु जुन स्त्रीहरूलाई खेतीको तुल्य लेख्नु र जसरी चाहन्छौ त्यसरी बर्त्तनु, यो विषयी र पुंसि मैथुनको पनि कारण हुन सक्दछ । जब खुदाले बेकारका शपथलाई समाउँदैन भने त सबैले झुटो बोल्नेछन् र शपथ तोड्नेछन् । यसबाट खुदा झुटको प्रवर्तक हुनेछ ॥४०॥
मूल-४१— त्यो कुन मनुष्य हो जसले अल्लाहलाई ऋण देओस् कि अल्लाहले त्यसलाई बढाएर त्यसको कयौं गुणा गरिदिन्छ ॥     —मंजिल १/सिपारा २/२ सूरः अल-बकर/आयत २४५ ॥
समीक्षक— अब हेर्नुहोस् यो कुरान बनाउने वा बनाउन लगाउनेवालाको मतलबसिन्धुको कुरो ! कि ईश्वरको नामबाट मान्छेहरूको धन ठगेर स्वप्रयोजन सिद्ध गर्न चाहन्छ । के ईश्वरले उसलाई धन दिन सक्दैनथ्यो ? के त्यसको खजाना रित्तियो ? तथा के त्यो हुण्डी पर्ची व्यापारादिमा मग्न हुनाले टाट पल्टियो र उधार लिन थाल्यो ? अनि एकको साटोमा कयौं गुणा दिनलाई स्वीकार गर्दछ, के यो साहूकारहरूका काम हो ? किन्तु यस्तो काम त टाट पल्टेका वा जसको खर्च अधिक र आय न्यून हुनेहरूलाई गर्न पर्दछ, ईश्वरलाई होइन ॥४१॥
मूल-४२— ती मध्येमा कसैले त इमान ल्याए र ती मध्येमा कतिले त इन्कार गरे । यदि अल्लाहले चाहन्थ्यो भने त परस्पर लड्ने थिएनन्, परन्तु अल्लाहले जे चाहन्छ त्यही गर्दछ ॥
                       —मंजिल १/सिपारा ३/२ सूरः अल-बकर/आयत २५३ ॥
समीक्षक— जति लडाईं हुन्छ त्यो के सबै ईश्वरको इच्छाबाट हो ? के उसले अधर्म गर्न चाह्यो भने त गर्न सक्दछ ? यदि यस्तै कुरा हो भने त त्यो खुदा नै होइन, किनभने भले मनुष्यको यो कर्म होइन कि शान्तिभङ्ग गरेर लडाईं गराओस् । यसैबाट विदित हुन्छ कि यो कुरान न ईश्वरले बनाएको, न त कुनै धार्मिक विद्वान्‌बाट रचित हो ॥४२॥
मूल-४३— जति पनि आकाश र पृथ्वीमा पदार्थहरू छन् त्यो सबै उसैको लागि हो, चाहे उसको कुर्सीभित्र आकाश र पृथ्वी नै समेटिएको किन नहोस् ॥    
 —मंजिल १/सिपारा ३/२ सूरः अल-बकर/आयत २५५ ॥
समीक्षक— जति पनि आकाश र भूमिमा पदार्थहरू छन्, ती सबै जीवहरूका लागि परमात्माले उत्पन्न गरेको हो, आफ्नो लागि होइन । किनभने ऊ पूर्णकाम छ, उसलाई कुनै पदार्थको अपेक्षा छैन । जब त्यसको कुर्सी छ भने त त्यो एकदेशी हो । जो एकदेशी हुन्छ, त्यो ईश्वर हुँदैन, किनभने ईश्वर त व्यापक हुन्छ ॥४३॥   
मूल-४४— इब्राहीमले भन्यो कि अल्लाहले सूर्यलाई पूर्वबाट निकाल्दछ, तैंले उसलाई पश्चिमबाट निकालिदे । तब त्यो काफिर (अवज्ञाकारी) स्तब्ध रह्यो र अल्लाहले अत्याचारीहरूलाई मार्ग देखाउँदैन ॥             —मंजिल १/सिपारा ३/२ सूरः अल-बकर/आयत २५८ ॥
समीक्षक— हेर्नुहोस् यो अविद्याको कुरा ! भला सूर्य न पूर्वदेखि पश्चिम न त पश्चिमबाट पूर्व नै आउने-जाने गर्दछ, त्यो त आफ्नो परिधिमा नै घुम्दछ । यसबाट निश्चित जान्न सकिन्छ कि कुरानको कर्तालाई खगोल र भूगोल विद्या आउँदैनथ्यो । जब पापीहरूलाई मार्ग बताउँदैन भने त पुण्यात्माहरूको लागि पनि मुसलमाहरूको खुदाको आवश्यकता छैन, किनभने धर्मात्मा त धर्म मार्गमा नै हुन्छन्, मार्ग त धर्मबाट भुलेकाहरूको लागि बताउने हो । सो कर्तव्यलाई नगर्नाले कुरानको कर्ताको बडो भुल छ ॥४५॥
मूल-४५— खुदाले भन्यो चार पक्षी लेल, तिनको चिनारी राख् अनि तिनलाई आफैमा आपसमा मिलाइदे फेरि ती मध्येमा हर एकलाई अलग-अलग पहाडमा राखिदे, फेरि तिनलाई पुकार्नु, ती दौडँदै तेरो नजिक आउनेछन् ॥    —मंजिल १/सिपारा ३/२ सूरः अल-बकर/आयत २६० ॥
समीक्षक— वाह-वाह हेर्नुहोस् जी ! मुसलमानहरूको खुदाले भानमतीको जस्तो खेल गरिरहेको छ ! के यस्तै कुराहरूबाट खुदाको खुदाइ हो ? तब नै बुद्धिमानीहरूले यस्ता खुदालाई तिलाञ्जलि दिएर दूर रहनेछन् र मूर्खहरू फस्नेछन्, त्यसैले खुदाको बडाइको बदलामा बुराइ त्यसको पोल्टामा पर्नेछ ॥४५॥
मूल-४६— जसलाई चाहन्छ नीति दिन्छ ॥                    
 —मंजिल १/सिपारा ३/२ सूरः अल-बकर/आयत २६९ ॥
समीक्षक— जसलाई चाहन्छ उसलाई नीति दिन्छ भने त जसलाई चाहँदैन त्यसलाई अनीति दिन्छ होला ? यो कुरो ईश्वरताको होइन । किन्तु जसले पक्षपातलाई छोडेर सबैलाई नीतिको उपदेश गर्दछ, वही ईश्वर र आप्त हुन सक्दछ, अन्य होइन ॥४६॥
मूल-४७— जसले व्याज खान्छन् ती कयामतको दिन चिहानबाट उठ्ने छैनन् ॥
                —मंजिल १/सिपारा ३/२ सूरः अल-बकर/आयत २७५ ॥
समीक्षक— के यिनीहरू चिहान (कबर) मै रहिरहनेछन् ? यदि रहेमा त कहिलेसम्म रहन्छन् होला ? यस्तो असम्भव कुरो ईश्वरको त हुनै सक्दैन, किन्तु बालबुद्धिहरूको त हुन सक्दछ ॥४७॥
मूल-४८— उसले जसलाई चाहन्छ, क्षमा गर्नेछ, जसलाई चाहन्छ पापी बनाउनेछ, किनभने ऊ सबै वस्तुमाथि बलवान् छ ॥     —मंजिल १/सिपारा ३/२ सूरः अल-बकर/आयत २८४ ॥
समीक्षक— के क्षमाका योग्यलाई क्षमा नगर्ने, अयोग्यमाथि क्षमा गर्ने कुरा गवरगण्ड राजाको तुल्य यो कर्म होइन ? यदि ईश्वरले जसलाई चाहन्छ पापी वा पुण्यात्मा बनाउँथ्यो भने त जीवलाई पाप पुण्य नलाग्नुपर्ने हो, किनभने जब ईश्वरले नै उसलाई यस्तो गर्‍यो भने त जीवलाई सुख-दुःख नहुनुपर्ने हो । जस्तै सेनापतिको आज्ञाले कुनै सेवकले कसैलाई मार्‍यो वा रक्षा गर्‍यो त्यसको फलभागी त्यो हुँदैन किन्तु त्यसको सेनापति हुन्छ, त्यसरी नै उनीहरू पनि हुँदैनन् ॥४८॥
मूल-४९— के तिमीलाई भनूँ यस भन्दा पनि बढिया चीज, ती मान्छेहरूको लागि जो धर्मपरायणता अपनाउँछन्, उनीहरूका लागि खुदासँग स्वर्ग-बगैंचा छ, जसको तल नहर बगिरहेको छ, वहाँ पाक-साफ जोडी अर्थात् शुद्ध गोरी-गोरी पत्नीहरू अल्लाहको प्रसन्नताले प्राप्त हुनेछन्, र अल्लाहको नजरमा सबै जना रहनेछन् ॥
—मंजिल १/सिपारा ३/३ सूरः अल-ए इमरान/आयत १४ ॥
समीक्षक— भला यो स्वर्ग हो कि वेश्यावन ? यसलाई ईश्वर भन्नु वा स्त्रैण अर्थात् स्त्रीहरूमा प्रसक्त ? कुनै पनि बुद्धिमानीले यस्ता कुरा जसमा छन् त्यसलाई परमेश्वरले बनाएको पुस्तक कहिल्यै मान्न सक्दैनन् । यो पक्षपात किन गर्दछ ? जो पत्नीहरू बगैंचामा सदा रहन्छन्, ती यहाँ जन्मिएर पछि वहाँ गएका हुन् कि वहीं उत्पन्न भएका हुन् । यदि यहाँ जन्मिएर पछि वहाँ गएका हुन् भने त कयामतको रातभन्दा पहिला नै वहाँ पत्नीहरू बोलाइयो र उनका चहिताहरूलाई किन बोलाइएन ? र कयामतको रातमा सबैको न्याय हुनेछ यस नियमलाई किन तोडियो ? यदि वहीं जन्मेका हुन् भने कयामतको समयसम्म कसरी निर्वाह गर्दछन् ? यदि परिश्ताहरूसँग निर्वाह गर्दछन् भने त यहाँबाट जन्नतमा जानेवाले मुसलमानहरूका लागि खुदाले पत्नीहरू कहाँबाट दिन्छ ? के क्षतयोनि भएका नै उनैलाई दिन्छ ? र जसरी पत्नीहरू बगैंचामा सदा रहनेवाली बनायो त्यसरी नै पुरुषहरूलाई त्यहाँ सदा रहनेवाला किन बनाएन ? यसैले मुसलमानहरूको खुदा अन्यायकारी, बेसमझ छ ॥४९॥
मूल-५०— निश्चय अल्लाहतिरबाट दीन (धर्म) त इस्लाम नै हो अरू होइन ॥
            —मंजिल १/सिपारा ३/३ सूरः अल-ए इमरान/आयत १९ ॥
समीक्षक— के अल्लाह मुसलमान मात्रैको हो अन्यको होइन ? के तेह्र सय वर्षहरूको पूर्व ईश्वरीय मत थिंदै थिएन ? यसैबाट सिद्ध हुन्छ कि कुरान ईश्वरले बनाएको होइन किन्तु कुनै पक्षपातीले बनाएको हो ॥५०॥
मूल-५१— प्रत्येक जीवलाई पूरा दिइनेछ जे-जति त्यसले कमाएको छ र त्यसलाई अन्याय गरिनेछैन ॥ तैंले भन् कि हे अल्लाह तँ नै साम्राज्यको मालिक होस्, जसलाई चान्हछस् दिन्छस् जसलाई चाहँदैनस् दिंदैनस्, चाहेकोलाई प्रतिष्ठा दिन्छस् नचाहेकोलाई अपमानित गर्दछस्, सबैथोक तेरै हातमा छ, प्रत्येक वस्तुमाथि तँ नै बलवान् छस् ॥ तैंले रातलाई दिनमा प्रवेश गराउँदछस् र दिनलाई रातमा प्रवेश गराउँदछस्, जीवितलाई मृतक र मृतकलाई जीवित पारेर निकाल्दछस् र जसलाई चाहन्छस् अत्यन्त अन्न दिन्छस् ॥ मुसलमानहरूलाई यो उचित छ कि काफिरहरूलाई मित्र नबनाउनू सिवाय मुसलमानहरूको, जुन व्यक्तिले यस्तो गर्दछ भने त अल्लाहको त्यससँग कुनै सम्बन्ध हुनेछैन ॥ यदि जो कसैले यस्तो गर्दछ भने त त्यो अल्लाहतिरबाट होइन ॥ भन कि तिमीले चाहन्छौ अल्लाहलाई, मेरो मतमा लाग, अल्लाहले तिमीलाई चाहनेछ र तिम्रो पापलाई क्षमा गर्नेछ, खुदा निश्चय करुणामय छ ॥
           —मंजिल १/सिपारा ३/३ सूरः अल-ए इमरान/आयत २५-३० ॥
समीक्षक— जब प्रत्येक जीवलाई कर्महरूको पूरा-पूरा फल दिइनेछ भने त क्षमा गरिनेछैन, र यदि क्षमा गरियो भने त पूरा फल दिन मिल्दैन र अन्याय हुनेछ । जब बिना उत्तम कर्मको नै राज्य प्रतिष्ठा दिन्छ भने तापनि ईश्वर अन्यायी हुन जानेछ र बिना पापको राज्य र प्रतिष्ठा छिनेर लिएमा पनि अन्यायकारी हुन जानेछ । भला ! रातमा दिन र दिनमा रात तथा जीवितबाट मृतक र मृतकबाट जीवित कहिल्यै हुन सक्दछ ? किनभने ईश्वरको व्यवस्था अछेद्य अभेद्य छ, कहिल्यै अदल-बदल हुन सक्दैन । अब हेर्नुहोस् ! पक्षपातका कुराहरू ! जो कि मुसलमानको मजहबमा छैन त्यसलाई काफिर ठहर्‍याउनु, अरूका श्रेष्ठहरूसित पनि मित्रता नराख्ने र मुसलमानहरूमा दुष्टहरूसँग पनि मित्रता राख्नको लागि उपदेश गर्नु ईश्वरको ईश्वरतादेखि बहिः गरिदिन्छ । त्यसैले यो कुरान, कुरानको खुदा र मुसलमानहरू केवल पक्षपात अविद्याले भरिएका छन् । त्यसैले मुसलमानहरू अँध्यारोमा छन ! र हेर्नुहोस् मुहम्मद साहेबको लीला ! यदि तिमीले मेरो पक्ष लियौ भने त तिम्रो पक्ष खुदाले लिनेछ । यदि तिमीले पक्षपातरूप पाप गर्‍यौ भने तापनि त्यसको पनि क्षमा गरिदिनेछ । यसबाट सिद्ध हुन्छ कि मुहम्मद साहेबको अन्तःकरण शुद्ध थिएन । यसैले मतलब सिद्ध गर्नको लागि मुहम्मद साहेबले कुरान बनाए वा बनाउन लगाए यस्तो विदित हुन्छ ॥५१॥
मूल-५२— जब फरिश्ताहरूले भने, ऐ मरियम ! अल्लाहले तँलाई रोज्यो र तँलाई पवित्रता प्रदान गर्‍यो, फेरि तँलाई संसारका स्त्रीहरूको तुलनामा चुन्यो ॥
                —मंजिल १/सिपारा ३/३ सूरः अल-ए इमरान/आयत ४२ ॥
समीक्षक— भला ! जब आजभोलि खुदाका फरिश्ता र खुदा कसैसँग कुरा गर्नको लागि आउँदैनन् भने त प्रथममा पनि आएनन् होला । यदि भनौला कि पहिलाका मनुष्यहरू पुण्यात्मा हुन्थे अहिलेका छैनन्, तब यो कुरा मिथ्या हो । किन्तु जुन समयमा ईसाई र मुसलमानहरूको मत चलेको थियो, त्यस समय ती देशहरूमा जङ्गली र विद्याहीन मनुष्य अधिक थिए, त्यसैले यस्ता विद्याविरुद्ध मत चल्नपुग्यो । अहिले विद्वान् अधिक छन् यसैले चल्दैन । किन्तु जुन-जुन यस्ता पोकल मजहब छन्, ती पनि अस्त हुँदै जान्छन्, वृद्धिको कथानै के छ ! ॥५२॥
मूल-५३— जब उसले कुनै कामको निर्णय लिन्छ तब भन्दछ कि “भइजा”, अनि त्यो हुन जान्छ ॥ काफिरहरूले धोका दिए, ईश्वरले धोका दियो, ईश्वर बडो तोड गर्नेवाला छ ॥         
 —मंजिल १/सिपारा ३/३ सूरः अल-ए इमरान/आयत ४७, ५४ ॥
समीक्षक— जब मुसलमानहरू खुदाको सिवाय दोस्रो चीजलाई मान्दैनन् भने त खुदाले कोसँग भन्यो ? र उसले भन्दामा को बन्यो ? यसको उत्तर मुसलमानहरूले सात जन्ममा पनि दिन सक्दैनन्, किनभने बिना उपादान कारणको कार्य कहिल्यै हुन सक्दैन । बिना कारणको कार्य भन्नु जान्नु कि आफ्ना आमा-बाउको बिना मेरो शरीर बन्यो यस्तो कुरा हो । जसले धोका खान्छ अनि छल र दम्भ गर्दछ भने त्यो ईश्वर त कहिल्यै हुन सक्दैन किन्तु उत्तम मनुष्यले पनि यस्तो काम गर्न सक्दैन ॥५३॥
मूल-५४— नमर परन्तु मुसलमान बन ॥ के तिमीलाई यो यथेष्ट हुनेछैन कि अल्लाहले तिमीलाई तीन हजार फरिश्ता उतारेर सहायता गर्नेछ ॥
               —मंजिल १/सिपारा ४/३ सूरः अल-ए इमरान/आयत १०२, १२४ ॥
समीक्षक— यसबाट यो सिद्ध हुन्छ कि मुसलमान बनेनौ भने त, हामीले तिमीलाई मार्नेछौं । यो कथन केवल अधर्मको कुरा हो । यदि मुसलमानहरूलाई तीन हजार फरिश्ताहरूको साथमा सहायता मिल्थ्यो भने त अहिले मुसलमानहरूको बादशाही धेरै नष्ट भएर गयो र हुँदैछन् पनि, किन सहायता गर्दैन ? यसैले यो केवल लोभ दिएर मूर्खहरूलाई फसाउने महा अन्यायको कुरा हो ॥५४॥
मूल-५५— र काफिर हरूमाथि जित्नको लागि हामीलाई सहायता गर ॥ अल्लाह तिम्रो संरक्षक र सबै भन्दा असल सहायक हो ॥ यदि तिमी अल्लाहको मार्गमा मारियौ वा मर्‍यौ भने त, अल्लाहको क्षमादान र उसको दयालुता त त्यस भन्दा उत्तम हुन्छ ॥   
—मंजिल १/सिपारा ४/३ सूरः अल-ए इमरान/आयत १४७, १५०, १५७ ॥
समीक्षक— हेर्नुहोस् मुसलमानहरूको मुर्खता ! कि जो आफ्नो मतदेखि भिन्न छन् उनलाई मार्नको लागि खुदाको प्रार्थना गर्दछन् । के परमेश्वर भोला हो जो यिनका कुरा सुनोस् ? यदि मुसलमानहरूको संरक्षक अल्लाह नै हो भने त फेरि मुसलमानहरूको कार्य नष्ट किन हुन्छन् ? र खुदा पनि मुसलमानहरूको साथ मोहमा फसेको देखिन्छ । यदि यस्तै पक्षपाती खुदा हो भने त धर्मात्मा पुरुषहरूको उपासनीय कहिल्यै हुन सक्दैन ॥५५॥
मूल-५६— यो लडाईं यसको लागि हो कि अल्लाहले तिम्रो परीक्षा लेओस् ॥
           —मंजिल १/सिपारा ४/३ सूरः अल-ए इमरान/आयत १६६ ॥
समीक्षक— यदि लडाईंको बिना परीक्षा गर्न सक्दैन भने त त्यो सर्वज्ञ होइन । यसबाट त्यो ईश्वर कसरी हुन सक्दछ ॥५६॥
मूल-५७— र अल्लाह तिमीलाई सर्वज्ञ गराउँदैन किन्तु आफ्ना पैगम्बरहरूदेखि जसलाई चाहन्छ मन पराउँदछ, अनि त अल्लाह र उसका रसूल (सन्देष्टा) का साथ ईमान ल्याओ ॥   
          —मंजिल १/सिपारा ४/३ सूरः अल-ए इमरान/आयत १७९ ॥
समीक्षक— के कुनै पैगम्बरलाई खुदाले आफू सदृश बनाउँन सक्दछ ? यदि बनाउँन सक्दछ भने त दोस्रो खुदा शरीकखुदा भयो । यदि गर्न सक्दैन भने त यस आयतको झुट हुनाले खुदाले झुट बोल्यो । जसको कुरो झुटो हुन्छ, त्यो स्वयं झुटो भयो । जब मुसलमानहरू सिवाय खुदाको न कसैसँग ईमान ल्याउँछन्, न कसैलाई खुदाको साक्षी मान्दछन् भने त ईमानमा खुदाको साथ पैगम्बर साहेबलाई शरीक किन गर्‍यो ? अल्लाहले पैगम्बरको साथ ईमान ल्याउन लेख्यो, यसबाट पैगम्बर पनि शरीक हुन गयो, पुनः लाशरीक भन्नु झुटो भयो ॥५७॥
मूल-५८— ऐ ईमानवाले ! परस्पर धैर्य राखेर लडाईं गरिराख, अल्लाहसँग डराओ कि तिमीले छुट्कारा (सफलता) पाउनेछौ ॥     —मंजिल १/सिपारा ४/३ सूरः अल-ए इमरान/आयत २०० ॥
समीक्षक— यो कुरानको खुदा र पैगम्बर दुइटै लडाकू थिए । जसले लडाईंको आज्ञा दिन्छ त्यो शान्तिभङ्ग गर्नेवाला हुन्छ । के नाममात्रको खुदासँग डराउनाले छुट्कारा पाइन्छ ? अथवा अधर्मयुक्त लडाईं आदिबाट डराउनाले ? यदि प्रथम पक्ष हो भने त डराउन र नडराउन बराबर, र यदि दोस्रोचाहिं पक्ष हो भने त ठीक छ ॥५८॥
मूल-५९— यो अल्लाहले निश्चित गरेको सीमाहरू हुन्, जो कसैले अल्लाह र उसका रसूलहरूका आदेशहरूको पालन गर्नेछ, त्यसलाई अल्लाहले यस्तो बगैंचामा प्रवेश गराउनेछ कि जसको तल नहर बगिरहेको हुनेछ र यसैमा त्यो सदैव रहनेछ, यही बडो सफलता हो ॥ परन्तु जसले अल्लाह र उसका रसूलको अवज्ञा गर्नेछ र उसको सीमाहरूको उल्लङ्घन गर्नेछ, त्यसलाई अल्लाहले दोजखको आगो (यातना) मा झोंक्नेछ र सदैव त्यसमा जलिरहनेछ ॥   
—मंजिल १/सिपारा ४/४ सूरः अन-निसा/आयत १३, १४ ॥
समीक्षक— जब खुदाले नै मुहम्मद साहेब पैगम्बरलाई आफ्नो शरीक बनाएको छ र स्वयंले कुरानमा लेखेको छ भने त मुसलमानहरूले लाशरीक खुदालाई भन्नु व्यर्थ छ । र हेर्नुहोस् ! खुदा पैगम्बर साहबको साथमा कसरी फसेको छ कि जसले बगैंचामा रसूललाई साझा बनाइदिएको छ । यस कुरामा पनि स्वतन्त्रता रहेन । यस्ता-यस्ता कुराहरू ईश्वरको किताबमा हुन सक्दैन ॥५९॥
मूल-६०— निःसन्देह अल्लाहले कत्ति पनि कसैमाथि अन्याय गर्नेछैन, यदि नेकी (सुकर्मी) छ भने त कयौं गुणा बढी दिनेछ र आफूसँगबाट बडो पुण्य दिनेछ ॥
                    —मंजिल १/सिपारा ५/४ सूरः अन-निसा/आयत ४० ॥
समीक्षक— यदि एक अणुको बराबर पनि अन्याय खुदाले गर्दैन भने त पुण्यलाई कयौं गुणा किन गराइदिन्छ ? र मुसलमानहरूको पक्षपात किन गर्दछ, जीवलाई आफैले किन पापी बनाउँछ, फेरि दुःख किन दिन्छ ? किनभने अधिक-न्यून गर्नाले अधिष्ठातालाई सुकर्म-दुष्कर्मको फल मिल्दछ, आधीनलाई होइन । जसरी सेनाको लडाईंमा राजाको नै जय-पराजयरूप फल हुन्छ, भृत्यहरूको होइन । त्यसरी नै कयौंगुणा वा न्यून फल कर्महरूको दिन्छ भने त खुदा अधर्मी हुन जान्छ ॥६०॥
मूल-६१— जसले ईमान ल्याए र भलो कर्म गरे उनीहरूलाई मैले बगैंचामा प्रवेश दिनेछु जसको तल नहरहरू बगिरहेका हुनेछन्, त्यसमा उनीहरू सदैव रहनेछन्, वहाँ उनीहरूका लागि सुकिला-मुकिला पत्नीहरू हुनेछन् र उनीहरूलाई मैले वृक्षको घना छायाँमा राख्नेछु ॥       
  —मंजिल १/सिपारा ५/४ सूरः अन-निसा/आयत ५७ ॥
समीक्षक— यो केवल अज्ञानीहरूलाई लोभ देखाएर मुहम्मद साहेबले फसाएका हुन् र आफू पनि स्त्रीहरूमा आसक्त होलान्, नत्र भने त यस्तो कुरा किन गर्थे ? ॥६१॥
मूल-६२— जति ईमानवाला छन् तिनीहरू अल्लाहको मार्गमा लड्दछन्, र जति अवज्ञाकारी (काफिर) छन् तिनीहरू बुत् (शैतान) हरूको मार्गमा लड्नेछन्, अतः तिमीहरू शैतानका मित्रहरूसँग लड, निःसन्देह शैतानको चाल एकदम कमजोर छ ॥ तिमीलाई जुन भलाइ पुग्दछ अल्लाहतिरबाट हो र तिमीलाई जुन बुराइ हुन्छ त्यो तिम्रो आफ्नै कारणले हो, र मैले तिमीलाई मनुष्यतिर पैगम्बर बनाएर पठाएको छु र अल्लाहको साक्षी पर्याप्त छ ॥             
—मंजिल १/सिपारा ५/४ सूरः अन-निसा/आयत ७६, ७९ ॥
समीक्षक— भला ! ईश्वरको मार्गमा लडाईंको के काम ? र जो बुत्परस्त काफिर छन् भने त मुसलमान ठूला बुत्परस्त हुनाले महा काफिर हुन्छन् । किनभने यी बुत्परस्तीहरू साना-साना मूर्तिहरूको सन्मुख नमन गर्दछन् र भक्ति गर्दछन् । त्यसरी नै मुसलमानहरू मक्काको एक ठूलो मस्जिद छ, त्यसको सामुन्ने नमन गर्दछन् । यदि भनौला कि हामी मस्जिदलाई खुदा मान्दैनौ र कुरानको आज्ञा हो । यसैले उतातिर मुखमात्रै गरेर खुदाको बन्दगी गर्दछौं, यहाँ पनि यिनीहरूले ढुङ्गालाई ईश्वर मान्दैनन्, किन्तु ढुङ्गामा ईश्वरको भावना गरेर भक्ति गर्दछन् र यिनीहरूको पनि पुराणमा त्यस्तै आज्ञा छ व्यासजीको, जुन कि मान्छेहरूले ईश्वरको अवतार मान्दछन् उनको आज्ञा छ, कि तिमीले मूर्ति पूज ।
त्यसैले ठूलो मस्जिदलाई ईश्वरको भक्तिमा सामुन्ने राख्नेहरू मुसलमान महा बुत्परस्ती र यी मान्छेहरू साना बुत्परस्ती हुन् । जसरी कुनै मनुष्यले आफ्नो घरमा पसेको बिरालोलाई निकाल्न लाग्दा ऊँट प्रविष्ट हुन जान्छ, त्यस्तै दशा मुहम्मद साहेब आदि मुसलमानहरूको छ । किनभने बिरालाको झैं साना-साना पाषाणादिको मूर्तिहरू तोड-फोड गरेर आफ्नो घरबाट त निकाले, परन्तु ऊँटजत्रा मस्जिद यिनका हृदयरूपी घरमा प्रवेश गर्‍यो । यसैबाट मुसलमानहरूले ठूला हानिलाई प्राप्त गरे । जब यी ठूला बुत्परस्ती हुन् भने त कुन मुखले अर्का साना बुत्परस्तीहरूको खण्डन गर्न सक्दछन् । हो ! पहिले आफूले आफ्नो बुत्परस्तलाई छोड्यौ भने मात्र अन्यको खण्डन गर्न सक्दछौ र सुहाउँछ पनि ॥६२॥
मूल-६३— र मान्छेहरूले भन्दछन् कि हामीलाई स्वीकार छ, फेरि जब तेरो नजिकबाट गुज्रन्छन्, तब ती मध्येबाट एक समूह तेरो विरुद्ध परामर्श गर्दछन् जुन त्यसले भनिसकेको थियो, र अल्लाहले तिनीहरूका कानाफूसिहरू (साउती) लाई लेखिरहेको छ, अतः तिमी उनीहरूसँगबाट बच र अल्लाहमाथि भरोसा राख र अल्लाह भरोसाको लागि पर्याप्त छ ॥ फेरि तिमीलाई के भैरहेको छ कि तिमी कपटचारीहरूको मामिलामा दुविधामा परिरहेका छौ, जब कि अल्लाहले उनको कृत्यको कारणले उल्टो पारिदिएको छ, के तिमीले चाहन्छौ कि तिनीहरूलाई मार्गमा ल्याउने जसलाई अल्लाहले भट्काइदियो, र जसलाई अल्लाहले भट्कायो तिमीले कदापि तिनीहरूको कुनै मार्ग पाउन सक्दैनौ ॥                   —मंजिल १/सिपारा ५/४ सूरः अन-निसा/आयत ८१, ८८ ॥
समीक्षक— यदि अल्लाहले कुराहरूलाई लेखेर बहीखाता बनाउँदै जान्छ भने त ऊ सर्वज्ञ होइन ! र यदि सर्वज्ञ हो भने त लेख्नको के काम छ ? र जुन मुसलमानहरूले भन्दछन् कि शैतानले नै सबैलाई भ्रममा पार्नाले दुष्ट भयो भने त जब खुदाले नै जीवहरूलाई गुमराह (भ्रमाउने) गर्दछ भने त खुदा र शैतानमा के भेद रह्यो ? हो, यति भेद छ भन्न सकिन्छ कि खुदा ठूलो शैतान, त्यो फरिश्ता सानो शैतान, किनभने मुसलमानहरूको यही कौल (भनाइ) हो कि जसले बहकाउँछ त्यही नै शैतान हो, तब त यस प्रतिज्ञाले पनि खुदालाई शैतान बनाइदियो ॥६३॥
मूल-६४— यदि उसले यसलाई स्वीकार नगरे त त्यसलाई समात, र जहाँ कही तिनीहरूलाई भेट्टाउँछौ हत्या गर र तिनमा कसैलाई पनि मित्र वा सहायक नबनाउनू ॥ मुसलमानलाई मुसलमानले मार्न योग्य हुँदैन, यदि कसैले अनजानले मार्दछ भने एक गर्दन मुसलमानको छोडिदिनु ॥ अनि रगत बगाउनु ती मान्छेतिर सुम्पिएको जुन कौमसित हुन्छ, तिम्रो लागि दान गरिदिओस्, जुन दुश्मनको कौम छ र जो कोहीले मुसलमानलाई जानेर मार्दछ त्यो सदैव काल दोजख (नरकमा) मा रहनेछ, त्यसमाथि अल्लाहको क्रोध र फट्कार (लानत) हुनेछ ॥   
—मंजिल १/सिपारा ५/४ सूरः अन-निसा/आयत ८९, ९०, ९१, ९२ ॥
समीक्षक— अब हेर्नुहोस् कि महा पक्षपातको कुरा ! जुन कि मुसलमान होइन भने त जहाँ पाउँछौ त्यही हत्या गरिदिनु र मुसलमानलाई नमार्नु । भुलले मुसलमानलाई मार्दा प्रायश्चित्त र अन्यलाई मार्दा स्वर्ग मिल्ने यस्तो उपदेशलाई कुवामा फ्याँकिदिनुपर्दछ । यस्ता-यस्ता पुस्तक, यस्ता पैगम्बर, यस्ता खुदा र यस्तो मतले सिवाय हानि बाहेक लाभ केही पनि हुँदैन । यस्तो नहुनु नै राम्रो र यस्ता प्रामादिक मतबाट बुद्धिमान्हरूले अलग रहेर वेदोक्त सबै कुराहरूलाई मान्नुपर्दछ, किनभने त्यसमा असत्य किञ्चिन्मात्र पनि छैन । र जसले मुसलमानलाई मार्दछ त्यसलाई दोजख (नरक) मिल्ने र दोस्रा मतवालाले भन्दछन् कि मुसलमानहरूलाई मारे त स्वर्ग मिल्दछ भनेर लेखेका छन् । अब भन्नुहोस् दुइटै मतमा कसलाई साँचो मान्ने कसलाई छोड्ने ? किन्तु यस्ता मूढ प्रकल्पित मतहरूलाई छोडेर वेदोक्त मत स्वीकार गर्न योग्य सबै मनुष्यहरूको लागि छ कि जसमा आर्य मार्ग अर्थात् श्रेष्ठ पुरुषहरूको मार्गमा चल्नु र दस्यु अर्थात् दुष्टको मार्गदेखि अलग रहनु लेखिएको छ सर्वोत्तम हो ॥६४॥
मूल-६५— र शिक्षा प्रकट भैसकेपछि पनि जसले रसूलसित विरोध गरे र मुसलमानहरूसित विरुद्ध पक्ष लिए, अवश्य हामीले तिनीहरूलाई दोजख (नरक) मा पठाउनेछौं ॥                
 —मंजिल १/सिपारा ५/४ सूरः अन-निसा/आयत ११५ ॥
समीक्षक— अब हेर्नुहोस् खुदा र रसूलका पक्षपातपूर्ण कुराहरू ! मुहम्मद साहेब आदि सम्झन्थे कि यदि खुदाको नामबाट यसरी हामीले लेखेनौं भने त आफ्नो मजहब बढ्नेछैन र पदार्थ पनि मिल्नेछैन, आनन्दभोग हुनेछैन । यसैबाट विदित हुन्छ कि तिनीहरू आफ्नो मतलब पूरा गर्नमा थिए र अन्यको प्रयोजन बिगार्नमा थिए । यसै कारण यी अनाप्त थिए ! यिनका कुराको प्रमाण आप्त विद्वान्‌हरूको सामुन्ने कहिल्यै पनि हुन सक्दैन ॥६५॥
मूल-६६— जसले अल्लाह, रसूलहरू, फरिश्ताहरू र उसको किताबसँग कुफ्र (उपद्रव) गर्दछ भने निश्चय त्यो गुमराह हो ॥ जो मान्छेहरू काफिर थिए र ईमान ल्याए फेरि काफिर भए फेरि-फेरि पुनः फेरिएर कुफ्रमा अधिक बढे, अल्लाहले तिनीहरूलाई कहिल्यै क्षमा गर्नेछैन र मार्ग पनि देखाउनेछैन ॥              —मंजिल १/सिपारा ५/४ सूरः अन-निसा/आयत १३६, १३७ ॥
समीक्षक— के अहिले पनि खुदा लाशरीक रहन सक्दछ ? के लाशरीक भन्दै जानु र उसको साथमा थुप्रै पनि शरीक मान्दै जानु यो परस्परको विरुद्ध कुरा होइन ? के तीन पटक क्षमाको पश्चात् खुदाले क्षमा गर्दैन ? र तीन पटक कुफ्र गर्दासम्म बाटो देखाउँछ ? वा चौथोपटकदेखि अगाडि देखाउँदैन ? यदि चार-चार पटक पनि कुफ्र सबैले गर्ने हो भने त कुफ्र धेरै नै बढ्नेछन् ॥६६॥
मूल-६७— निश्चय अल्लाहले दृष्टहरू र काफिरहरूलाई दोजख (नरक) मा हाल्नेछ ॥ दुष्टहरूले धोका दिन्छन् अल्लाहलाई र निश्चय उसले तिनीहरूलाई धोका दिन्छ ॥ ऐ ईमानवालाहरू हो ! मुसलमानलाई छोडेर काफिरहरूलाई मित्र नबनाउनू ॥  
            —मंजिल १/सिपारा ५/४ सूरः अन-निसा/आयत १३८, १३९, १४४ ॥
समीक्षक— मुसलमानहरूलाई स्वर्गमा र अन्यहरूलाई नरकमा जानपर्ने के प्रमाण छ ? वाह जी वाह ! जो दुष्टहरूको धोकामा आउँछ र अन्यलाई धोका दिन्छ । यस्तो खुदा हामीबाट अलगै रहेको बेश, किन्तु जो धोकेबाज छ उनैसित गएर मेल गरोस् र उनीहरूले यससित मेल गरून् । किनभने—
“यादृशी शीतला देवी तादृशः खरवाहनः”
जस्तालाई तस्तै मिलेमा नै निर्वाह हुन सक्दछ ।  
जसको खुदा धोकेबाज छ त्यसका उपासक मुसलमानहरू धोकेबाज किन हुँदैनन् ? तब नै मुसलमानहरूले धोका दिनमा तत्पर रहन्छन् होला । के दुष्ट मुसलमान छ भने त्यससँग मित्रता र अन्य श्रेष्ठ, मुसलमान भिन्नसँग शत्रुता गर्नु कसैलाई उचित हुन सक्दछ ? ॥६७॥
मूल-६८— ऐ मनुष्यहरू हो ! निश्चय तिमीकहाँ सत्यको साथ खुदातिरबाट पैगम्बर आएका छन्, मात्र तिमीहरूले उनीहरूमाथि ईमान ल्याओ ॥ अल्लाह त केवल एक्लै पुज्य छ ॥
            —मंजिल १/सिपारा ६/४ सूरः अन-निसा/आयत १७०, १७१ ॥
समीक्षक— के जब पैगम्बरहरूमा ईमान ल्याउन लेखियो भने त पैगम्बर खुदाको शरीक अर्थात् साक्षी भयो कि भएन ? अब अल्लाह एकदेशी हो व्यापक होइन, यसैले उसँग पैगम्बर आउने-जाने गर्दछन् भने त त्यो ईश्वर पनि हुन सक्दैन । कहीं सर्वदेशी लेखिएको छ, कहीं एकदेशी । यसैबाट विदित हुन्छ कि कुरान एउटाले बनाएको होइन, किन्तु धेरै जना मिलेर बनाएका हुन् ॥६८॥
मूल-६९— तिम्रो लागि अवैध (हराम) गरिएको मुर्दार, रगत, सुँगुरको मासु र ती जनावर जो अल्लाहको नामको अतिरिक्त कुनै अर्कैको नाममा जबह (कुर्बान) गरिएको र त्यो जुन मर्‍यो घाँटी अठ्याउनाले, चोट लाग्नाले, भिरबाट खस्नाले, जुधेर सींग मार्नाले र जसलाई शिकारी जन्तुले खाएको   होस् ॥                           —मंजिल २/सिपारा ६/५ सूरः अल-माइदा/आयत ३ ॥
समीक्षक— के यतिमात्रै पदार्थ हराम हो ? अन्य थुप्रै पशु तथा तिर्यक् जीव किरा आदि मुसलमानहरूको लागि हलाल होला ? त्यसैले यो मनुष्यको कल्पना हो, ईश्वरको होइन । त्यसैले यसको प्रमाण पनि मानिंदैन ॥६९॥
मूल-७०— र अल्लाहलाई राम्रो ऋण दियौ भने मैले तिमीबाट तिम्रो पाप अवश्य दूर गरिदिनेछु र तिमीलाई अवश्य स्वर्गको बगैंचामा प्रवेश गराइदिनेछु ॥
                —मंजिल २/सिपारा ६/५ सूरः अल-माइदा/आयत १२ ॥
समीक्षक— वाह जी ! मुसलमानहरूको खुदाको घरमा केही पनि धन विशेष रहेन होला, यदि विशेष हुन्थ्यो भने त उधारो किन माग्दथ्यो ? र उनीहरूलाई किन बहकाउँथ्यो कि तिम्रो पापजति छुटाइदिएर तिमीलाई स्वर्गमा पठाइदिनेछु ? यहाँ यही विदित हुन्छ कि खुदाको नामबाट मुहम्मद साहेबले आफ्नो मतलब साधेका हुन् ॥७०॥
मूल-७१— जसलाई चाहन्छ पुण्यात्मा बनाउँछ, जसलाई चाहन्छ पापात्मा बनाउँछ ॥ जुन संसारमा कसैलाई नदिएको कुरो त्यो तँलाई दिएको छ ॥
              —मंजिल २/सिपारा ६/५ सूरः अल-माइदा/आयत १८, २० ॥
समीक्षक— जसरी शैतानले जसलाई चाहन्छ पापी बनाउँछ त्यसरी नै मुसलमानको खुदाले पनि शैतानको काम गर्दछ ? यदि यस्तै हो भने त फेरि स्वर्ग र नरकमा खुदा नै जाओस् किनभने वही पाप पुण्य गर्नेवाला बन्यो; जीव पराधीन छ । जसरी सेना सेनापतिको आधीन रक्षा गर्दछ र कसैलाई मार्दछ, त्यसको राम्रो नराम्रोको परिणामको हकदार सेनापतिको हुन्छ, सेनाको होइन ॥७१॥
मूल-७२— तँ यी काफिरमाथि दुःखी नभएस्, यिनीहरू पृथ्वीमा भट्किंदै फिर्नेछन् ॥                                 —मंजिल २/सिपारा ६/५ सूरः अल-माइदा/आयत २५ ॥
समीक्षक— कति अधर्म र पक्षपातको कुरा छ कि मुसलमान होइन भने त दुःखी नहुने र मुसलमानमाथि दुःखी हुनु केवल अधर्मको कुरा हो ॥७२॥
मूल-७३— अल्लाहको आज्ञाको पालन गर र रसूलको आज्ञाको पालन गर ॥                                    —मंजिल २/सिपारा ७/५ सूरः अल-माइदा/आयत ९२ ॥
समीक्षक— हेर्नुहोस् ! यो कुरो खुदाको शरीक हुनको लागि छ, फेरि खुदालाई ‘लाशरीक’ मान्नु व्यर्थ हुन्छ ॥७३॥
मूल-७४— जुन पहिला भैसक्यो त्यसलाई अल्लाहले क्षमा गरिदियो, परन्तु जो कसैले फेरि यस्तो गर्‍यो भने त अल्लाहले त्यससँग बदला लिनेछ ॥
               —मंजिल २/सिपारा ७/५ सूरः अल-माइदा/आयत ९५ ॥
समीक्षक— गरिएको पापलाई क्षमा दिनु भनेको जान्नु कि पापहरू गर्नको लागि आज्ञा दिएर बढाउनु हो । पाप क्षमा गर्ने कुरा जुन पुस्तकमा हुन्छ त्यो न ईश्वर, न त कुनै विद्वान्‌ले बनाएको हो, किन्तु पापवर्द्धक हो । हो, आगामी पाप छुटाउनको लागि कसैसँग प्रार्थना र स्वयं छोड्नको लागि पुरुषार्थ, पश्चाताप गर्नु उचित हुन्छ परन्तु केवल पश्चाताप गर्दैरहने, नछोड्ने हो भने त केही पनि हुन सक्दैन ॥७४॥
मूल-७५— र त्यस मनुष्यदेखि अधिक पापी को छ जसले अल्लाहमाथि झुट्टो बनाउँछ र भन्दछ कि मलाई पनि त्यही गरियो र मैले पनि उतार्नेछु ॥
                 —मंजिल २/सिपारा ७/५ सूरः अल-माइदा/आयत १०१ ॥
समीक्षक— यस कुराबाट सिद्ध हुन्छ कि जब मुहम्मद साहेब भन्थे कि मलाई खुदातिरबाट आयतहरू आउँछन् तब कुनै दोस्राले पनि मुहम्मद साहेबको तुल्य लीला रच्यो होला कि मलाई पनि आयत उत्रिन्छन्, मलाई पनि पैगम्बर मान । यसलाई हटाउनको लागि र आफ्नो प्रतिष्ठा बढाउनको लागि मुहम्मद साहेबले यो उपाय गरे होलान् ॥७५॥
मूल-७६— अवश्य मैले तिमीलाई उत्पन्न गरें, फेरि तिम्रो रूप बनाएँ, फेरि फरिश्तालाई भनें कि आदमलाई सजदा गर, अतः उनीहरूले सजदा गरे, परन्तु इबलीस सजदा गर्नेहरूमा सम्मिलित भएन ॥ अल्लाहले सोध्यो कि तँलाई सजदा गर्नमा कुन चीजले रोक्यो, जब कि मैले तँलाई आदेश दिएको थिएँ, इबलीसले भन्यो कि म त्यो भन्दा राम्रो छु, तैंले मलाई आगोबाट बनाएको छस् र आदमलाई माटोबाट ॥ अल्लाहले भन्यो कि तँ यहाँबाट तल झरिहाल, तँलाई यो अधिकार छैन कि तैंले घमण्ड गर्ने, अतः निस्केर जा तँ निश्चित रूपबाट अपमानित छस् ॥ इबलीसले भन्यो कि तैंले मलाई त्यस दिनसम्म समय दे कि जबसम्म सबै मान्छेहरू उठाइँन्छ ॥ अल्लाहले भन्यो कि तँलाई अवसर दिएँ ॥ इबलीसले भन्यो किन कि तैंले मलाई भट्काएको छस्, म पनि मान्छेहरूको लागि तगारो बनेर तेरो सीधामार्गमा बस्नेछु ॥ फेरी प्रायः तँलाई धन्यवाद दिनेवाला तिनीहरूबाट बाट पाउनेछैनस् ॥ भन्यो यहाँबाट निस्केर जा तँ अपमानित र तिरस्कृत, जो कोई यिनीहरू तेरो मार्गबाट चलेमा तिमी सबैलाई दोजख (नरक) मा पार्नेछु ॥
              —मंजिल २/सिपारा ८/७ सूरः अल-आराफ/आयत ११-१८ ॥
समीक्षक— अब ध्यान दिएर सुन्नुहोस् खुदा र शैतानको झगडा ! एक फरिश्ता जस्तो कि पिअन (चपरासी) हो, थियो, त्यो पनि खुदासँग दबिंदैन र खुदाले उसको आत्मालाई पवित्र गर्न पनि सक्दैन, फेरि यस्तो बागी, मान्छेलाई पापी बनाएर आतंक गर्नेवाला थियो त्यसलाई खुदाले त्यत्तिकै छोडिदियो । खुदाको यो ठूलो भुल हो । शैतान त सबैलाई भ्रममा पार्नेवाला र खुदा शैतानलाई बहकाउनेवाला हुनाले यो सिद्ध हुन्छ कि शैतानको पनि शैतान खुदा हो । किनभने शैतानले त प्रत्यक्ष भन्दैछ कि तैंले मलाई गुमराह बनाइस् । यसबाट खुदामा पवित्रता पनि पाइँदैन र सबै दुष्टता चलाउनेवालाको मूल कारण खुदा भयो । यस्तो खुदा मुसलमानहरूको नै खुदा हुन सक्दछ, अन्य श्रेष्ठ विद्वान्‌हरूको होइन । र फरिश्ताहरूसँग मनुष्यवत् वार्तालाप गर्नाले देहधारी, अल्पज्ञ, न्यायरहित मुसलमानहरूको खुदा हो, यसै कारणले गर्दा बुद्धिमानीहरू इस्लामको मजहबलाई मन पराउँदैनन् ॥७६॥
मूल-७७— निश्चय नै तिम्रो मालिक अल्लाह हो जसले आकाश र पृथ्वीलाई ६ दिनमा उत्पन्न गर्‍यो, फेरि राजसिंहासनमा बस्यो ॥ दीनताबाट आफ्नो मालिकलाई पुकार ॥
            —मंजिल २/सिपारा ८/७ सूरः अल-आराफ/आयत ५४, ५५ ॥
समीक्षक— भला ! जसले ६ दिनमा जगत्‌लाई बनाउँछ, अर्श अर्थात् माथिको आकाशमा सिंहासन थापेर आराम गर्ने, त्यो ईश्वर सर्वशक्तिमान् र व्यापक कहिल्यै हुन सक्दैन ? यो नहुनाले त्यो खुदा पनि भन्न सकिंदैन । के तिम्रो खुदा बहिरो छ जो पुकारेमा मात्रै सुन्ने ? यी सबै कुराहरू अनीश्वरकृत हुन्, त्यसैले कुरान ईश्वरकृत हुन सक्दैन । यदि ६ दिनमा जगत् बनायो, सातौं दिनमा सिंहासनमा आराम गर्‍यो भने त थाक्यो पनि होला र अहिलेसम्म सुतिराखेको छ कि जागिराखेको छ ? यदि जागिराखेको छ भने त अहिले केही काम गर्दछ कि निकम्मा सैल सपट्टा गर्दैछ, ऐश गरेर फिर्दैछ ॥७७॥
मूल-७८— पृथ्वीमा झगडा मच्चाउँदै नहिंड ॥   
—मंजिल २/सिपारा ८/७ सूरः अल-आराफ/आयत ७४ ॥
समीक्षक— यो कुरा त राम्रो हो परन्तु यसदेखि विरुद्ध जिहाद गर्न र काफिरहरूलाई मार्न पनि लेखिएको छ, अब भन कि यो पूर्वापर विरुद्ध होकि होइन ? यसबाट यो विदित हुन्छ कि जब मुहम्मद साहेब निर्बल भए होलान् तब यो उपाय रचे होलान् र जब सबल भए होलान्, झगडा मच्चाए होलान् । यसैले यी कुराहरू झुटा हुन् ॥७८॥
मूल-७९— तब मूसाले एक पटक भुइँमा आफ्नो लट्ठी राखिदियो, तब अचानक एक प्रत्यक्ष अजिङ्गर बन्न गयो ॥                    —मंजिल २/सिपारा ९/७ सूरः अल-आराफ/आयत १०७ ॥
समीक्षक— अब यस्तो लेख्नाले विदित हुन्छ कि यस्तो झुट्टो कुरा खुदा र मुहम्मद साहेबले पनि मान्दथे । यदि यस्तै हो भने त यी दुइटै विद्वान् होइनन्, किनभने जस्तो आँखाले देखेको र कानले सुनेकोलाई कसैले अन्यथा गर्न सक्दैन ! त्यसैले यिनका यी इन्द्रजाली कुराहरू हुन् ॥७९॥
मूल-८०— त्यसले भन्यो कि हामीले तिनीहरूका छोराहरूको हत्या गरिदिनेछौं र तिनीहरूका स्त्रीहरूलाई जीवित राख्नेछौं ॥ फेरि हामीले तिनीहरूमाथि तुफान पठायौं, र सलह, जुम्रा, भ्यागुता र रगत, यी सबै निशानीहरू छुट्टाछुट्टै देखायौं, फेरि पनि तिनीहरूले घमण्ड गरे र तिनीहरू अपराधी थिए ॥ बस फिरऔनसित बदला लियौं र तिनीहरूलाई डुबाइदियौं समुद्रमा ॥ र इस्राईलका सन्तानलाई समुद्रपारी उतारिदियौं ॥ निश्चय त्यो दीन (धर्म) झुटो हो कि जसमा तिनीहरू लागेका छन् र तिनीहरूको कार्य पनि झुटो हो ॥       
—मंजिल २/सिपारा ९/७ सूरः अल-आराफ/आयत १२७, १३३, १३६, १३८, १३९ ॥
समीक्षक— जसले छोराहरूको हत्या गरिदिन्छ र स्त्रीहरूलाई जीवित राख्दछ, र त्यसभन्दा निर्दयी, राक्षस स्वभावयुक्त, विषयासक्त मनुष्य र दुष्टमत दोस्रो कुनै पनि छैन होला । अर्को हेर्नुहोस् जस्तै कुनै पाखण्डीले कसैलाई डराउन दिन्छ कि तँलाई टोकाउनको लागि हामीले सर्प पठाइदिनेछौं, यस्तै नै यहाँ कुरा छ । भला ! जो यस्तो पक्षपातीको एक जातिलाई डुबाइदिने र अर्कोलाई पार लगाइदिने, यो पक्षपाती, मतलबीजस्तो खुदा किन होइन ? जसले दोस्रा मतका जसमा हजारौं करोडौं मनुष्य छन्, झुट्टा हुन् भन्ने र आफ्नालाई साँचो बताउने, यसभन्दा पर झुटो दोस्रो मत अर्को कुन हुन सक्दछ ? किनभने कुनै पनि मतमा सबै मनुष्य असल र दुष्ट हुन सक्दैनन् । यो एकतर्फी डङ्का बजाउनु महामूर्खको काम हो । के तौरेत जबूरको दीन (धर्म), जुन कि तिनीहरूको थियो, किन आफूले गरेकोलाई नै खुदाले झुट्टो बनायो ? वा तिनीहरूको अर्को कुनै मजहब थियो कि जसलाई झुटो भन्यो, र यदि त्यो अन्य मजहब थियो भने त कुनचाहिं थियो भन कि जसको नाम कुरानमा छ ॥८०॥
मूल-८१— मूसाले खुदालाई भन्यो कि मलाई तेरो स्वरूप देखाइदे, खुदाले भन्यो कि तैंले मलाई कदापि देख्न सक्दैनस्, हो, पहाडतिर हेर यदि त्यो पहाड आफ्नो स्थानमा स्थिर रह्यो भने त तैंले मलाई देख्न सक्नेछस्, खुदाले पहाडमा आफ्नो प्रकाश हाल्यो त पहाड चकनाचूर हुन पुग्यो र मूसा मूर्छित भएर भूमिमा ढल्यो ॥   —मंजिल २/सिपारा ९/७ सूरः अल-आराफ/आयत १४३ ॥
समीक्षक— जुन देखिनमा आउँछ त्यो व्यापक हुन सक्दैन । फेरि यस्तो चमत्कार गर्दै फिर्ने थियो भने त खुदा अहिले त्यस्तै चमत्कार कसैलाई किन देखाउँदैन ? सर्वथा विद्या विरुद्ध हुनाले यो कुरो साँचो होइन ॥८१॥
मूल-८२— जब मूसाको कौमले पानी माग्यो तब मैले मूसालाई आदेश दिएँ कि अमुक चट्टानमा आफ्नो लट्ठी बजार्नू,तब त्यस चट्टानबाट बाह्रओटा पानीका मूल फुटे ॥
                 —मंजिल २/सिपारा ९/७ सूरः अल-आराफ/आयत १६० ॥
समीक्षक— अब हेर्नुहोस् ! भानुमतीको जस्तो बडाइ-चडाइ खुदाको खुदाइ र पैगम्बरको पैगम्बराइ । यसलाई कुनै पनि बुद्धिमान्ले साँचो मान्न सक्दैन, सिवाय जङ्गली मनुष्यको ॥८२॥
मूल-८३— आफ्नो मालिकलाई आफ्नो हृदयमा प्रातः र संध्याको समयमा विनम्रतापूर्वक, डराउँदै र मसिनो आवाजको साथ सम्झने गर ॥       
—मंजिल २/सिपारा ९/७ सूरः अल-आराफ/आयत २०५ ॥
समीक्षक— कहीं-कहीं कुरानमा लेखिएको छ कि ठूलो डाँकोले आफ्नो मालिकलाई पुकार, कहीं-कहीं सुस्तरी मसिनो स्वरले मनमा खुदाको स्मरण गर । अब भन्नुहोस् ! कुनचाहिं कुरो साँचो र कुनचाहिं कुरो झुटो ? जहाँ एक दोस्रो कुरासँग विरोध गर्दछ भने त्यो कुरो प्रमत्त गीतकै समान हुन्छ । यदि कुनै कुरो भ्रमले विरुद्ध निक्लेमा त त्यसलाई मानेमा तब कुनै चिन्ता छैन ॥८३॥
मूल-८४— तिमीसँग युद्धमा लुटेको मालको सम्बन्धमा प्रश्न गर्दछन्, भन कि अल्लाह र उसका रसूलको हो, अतः तिमीहरू अल्लाहसित डराओ ॥
              —मंजिल २/सिपारा ९/८ सूरः अल-अनफाल/आयत १ ॥
समीक्षक— जसले लुटपाट मचाउने, डाँकूको कर्म गर्ने-गराउने फेरि खुदा तथा पैगम्बर र ईमान्दार पनि बन्ने, बडो आश्चर्यको कुरो छ र अल्लाहको डर देखाउने र डाँकादि दुष्ट काम पनि गर्दै जाने अनि ‘उत्तम मत हाम्रो हो’ भन्नमा लज्जा पनि नमान्ने । हठ छोडेर सत्य वेदमतको ग्रहण नगर्ने यसभन्दा अधिक दुष्टता दोस्रो कुनचाहिं होला ? ॥८४॥
मूल-८५— र जरो काटिदियो काफिरहरूको ॥ मैले तिम्रो सहायताको लागि एक हजार फरिश्ता निरन्तर पठाइरहनेछु ॥ अवश्य मैले काफिरहरूको मनमा भय पैदा गराइदिनेछु, तिमीले मार उनीहरूका गर्दनमा र प्रत्येक जोर्नी-जोर्नीमा ॥   
—मंजिल २/सिपारा ९/८ सूरः अल-अनफाल/आयत ७, ९, १२ ॥
समीक्षक— वाह जी वाह ! कस्तो खुदा र कस्ता दयाहीन पैगम्बर । जो मुसलमानी मतदेखि भिन्न काफिरहरूको जरो कटाउने र खुदाले आज्ञा दिने उनीहरूको गर्दन र खुट्टाको नसा-नसामा हान्नको लागि सहायता र सम्मति दिने । भला ! यस्तो खुदा लङ्केश भन्दा केही कम छ ? यो सबै प्रपञ्च कुरान कर्ताको हो, खुदाको होइन । यदि खुदाको हो भने त यस्तो खुदा हामीबाट टाढै रहोस् र त्यसदेखि हामी टाढा रहौं ॥८५॥
मूल-८६— अल्लाह मुसलमानहरूको साथमा छ ॥ ऐ ईमानवालाहरू हो अल्लाह र रसूलको आज्ञा पालन गर र त्यसदेखि मुख नेफेर्नु जब कि पुकार तिमीले सुनिरहेका छौ ॥ ए ईमानवालाहरू हो चोरी (विश्वासघात) नगर अल्लाह र रसूलको, चोरी नगर आफ्नो धरोहर (अमानत) को ॥ र अल्लाहले आफ्नो चाल लगाउँदैथियो हित गर्नेहरूका लागि ॥
    —मंजिल २/सिपारा ९/८ सूरः अल-अनफाल/आयत १९, २४, २७, ३० ॥
समीक्षक— के अल्लाह मुसलमानहरूको पक्षपाती हो ? यदि यस्तै हो भने त अधर्म गर्दछ । नत्र भने त ईश्वर सबै सृष्टिभरिको हो । के खुदा बिना पुकारे सुन्दैन ? बहिरो छ ? र उसको साथमा रसूललाई शरीक गर्नु एकदम नराम्रो काम होइन ? के अल्लाहको कुनचाहि खजाना भरिएको छ जो कसैले चोरी गर्दछ ? के रसूल र आफ्नो सम्पत्तिलाई छोडेर अन्य सबैको चोरी गर्ने ? यस्तो उपदेश अविद्वान् र अधर्मीहरूको हुन सक्दछ । भला ! जहाँ चाल चल्दछ र चाल चल्नेहरूको सङ्गी हुन्छ त्यो खुदा कपटी, छली र अधर्मी किन भएन ? त्यसैले यो कुरान खुदाले बनाएको होइन कुनै कपटी छलीले बनाएको होला, नत्र भने त यस्तो अन्यथा कुराहरू लिखित किन हुन्थ्यो ? ॥८६॥
मूल-८७— र उनीहरूसँग यतिसम्म युद्ध गर कि नरहोस् फितना (उपद्रव) अर्थात् काफिरहरूको बल र हुन जाओस् दीन (धर्म) पूराको पूरा अल्लाहको लागि ॥ र जान्नु कि जे-जति माल युद्धमा लुटेर मिलेको छ तिम्रो लागि, त्यसको पाँचौं भाग अल्लाह र उसका रसूलहरूको लागि र सम्बन्धी, अनाथ, निर्धन र यात्रीहरूका लागि हो, निश्चय म तिम्रो पक्षी हूँ ॥           
  —मंजिल २/सिपारा ९/८ सूरः अल-अनफाल/आयत ३९, ४१ ॥
समीक्षक— यस्तो अन्यायबाट लडाका र लड्ने-लडाउने वाला मुसलमानहरूको खुदा भन्दा शान्तिभङ्गकर्ता दोस्रो को होला ? अब हेर्नुहोस् मजहब कि अल्लाह र रसूलको लागि जगत्‌लाई लुट्ने लुटाउने लुटेराहरूको जस्तो काम होइन ? र लुटको मालमा आफू अंशियार बन्नु जान कि डाँकू बन्नु हो र यस्ता लुटेराहरूको पक्षपाती बन्नु खुदाले आफ्नो खुदाईमा कलङ्क लगाउँदछ । बडो आश्चर्यको कुरा छ कि यस्तो पुस्तक, यस्तो खुदा र यस्ता खुदाका पैगम्बर र यस्तो उपाधीखोर मजहब संसारमा महा शान्तिभङ्ग गरेर दुःखदायी कहाँबाट भयो ? यदि यस्ता-यस्ता मत जगत्‌मा प्रचलित हुँदैनथे भने त सबै जगत् आनन्दमा रम्ने थियो ॥८७॥
मूल-८८— यदि तिमीले देख्थ्यौ जब कि फरिश्ता ती काफिरको प्राण निकाल्दछन्, मार्दै उनका मुखमा र पीठमा अनि यो भन्दै कि लौखा अब यातना डड्नको लागि ॥ र हामीले फिरऔनवालालाई डुबाइदियौं, ती सबै अत्याचारी थिए ॥ र तिनीहरूसँग लड्नको लागि तिमीबाट जे-जति हुनसक्दछ तयारी गर बल, सेना र घोडाको ॥      
—मंजिल २/सिपारा १०/८ सूरः अल-अनफाल/आयत ५०, ५४, ५९ ॥
समीक्षक— किनजी ! आजभोलि रूसले रोम आदि र बेलायतले मिश्रको दुर्दशा गरिदियो, फरिश्ताहरू कहाँ सुत्न गए ? र आफ्ना सेवकहरूका शत्रुहरूलाई खुदाले पूर्वमा मारिदिन्थ्यो, डुबाइदिन्थ्यो यो कुरो साँचो भएको भए आजभोलि पनि यस्तै गरेर देखाओस्, जसबाट यो हुन सक्दैन त्यसैले यो कुरा मान्नयोग्य छैन । अब हेर्नुहोस् ! यो कस्तो दुष्ट आज्ञा छ कि जे-जति तिमी गर्न सक्दछौ भिन्न मतवालाहरूको लागि दुःखदायक कर्म गर, यस्तो आज्ञा विद्वान् र धार्मिक दयालुको कदापि हुन सक्दैन । फेरि लेख्दछन् कि खुदा न्यायकारी र दयालु छ । यस्ता कुराहरूले मुसलमानहरूको खुदाबाट न्याय र दयादि सद्गुण दूर बस्दछन् ॥८८॥
मूल-८९— ए नबी तिम्रो लागि अल्लाह पर्याप्त छ र ती मुसलमान जसले तिम्रो साथ दिए ॥ ए नबी मोमिनहरूलाई युद्धको लागि प्रेरित गर, यदि तिमीमा २० व्यक्ति अटल निश्चयवाला भए भने त तिनीहरू २०० माथि भारी पर्नेछन् र यदि तिमीमा १०० भए भने त तिनीहरूले हजार काफिरलाई ढाल्न सक्नेछन् ॥ अतः जो मालमत्ता तिमीले लुटेका छौ त्यसलाई खाओ, तिम्रो लागि वैध र पवित्र छ र अल्लाहसँग डराओ, निस्सन्देह अल्लाह क्षमा गर्नेवाला दयावान् छ ॥
             —मंजिल २/सिपारा १०/८ सूरः अल-अनफाल/आयत ६४, ६५, ६९ ॥
समीक्षक— भला ! यो कुनचाहिं न्याय, विद्वत्ता र धर्मात्मताको कुरा हो कि जुन आफ्नो पक्ष गर्दछ र चाहे अन्याय पनि गर्दछ उसैको पक्ष र लाभ खुदाले पुर्‍याउने ? र जसले प्रजामा शान्तिभङ्ग गरेर लडाई गर्ने-गराउने र लुटमारको पदार्थहरूलाई हलाल बताउने अनि फेरि उसैको नाम क्षमावान् दयालु लेख्ने यो कुरो खुदाको त कहिल्यै हुन सक्दैन । किन्तु कुनै भलो मान्छेको पनि हुन सक्दैन । यस्ता-यस्ता कुराहरूले कुरान ईश्वरवाक्य कहिल्यै हुन सक्दैन ॥८९॥
मूल-९०— त्यसमा यिनीहरू सदैव रहनेछन्, अल्लाहसँग उसको पुण्य ठूलो छ ॥ ए मनुष्यहरू हो ! आफ्ना पिता र भाइहरूलाई मित्र नबनाउनु यदि आस्थाको तुलनामा अवज्ञा (कुफ्र) लाई प्रिय गर्दछन् भने र तिमी मध्येबाट जो कसैले उसलाई मित्र बनाउँछ भने त यिनीहरू नै अत्याचारी हुन् ॥ फेरि उतार्‍यो अल्लाहले आफ्नो स्थिरता आफूमाथि रसूल आफ्ना मुसलमानका र उतार्‍यो लश्कर देखेनौ तिमीले उनलाई र ज्वालामा हालिदियो यही सजा हो काफिरहरूलाई ॥ फेरि-फेरि आउनेछ अल्लाह पछि तिनीहरूमाथि लडाई गर जसले ईमान ल्याउँदैनन् ॥  
     —मंजिल २/सिपारा १०/९ सूरः अत-तौबा/आयत २२, २३, २५, २६, २९ ॥
समीक्षक— भला ! जो स्वर्गवालाको समीपमा अल्लाह रहन्छ भने त त्यो सर्वव्यापक हुन सक्दैन ? जो सर्वव्यापक छैन भने सृष्टिकर्ता र न्यायधीश हुन सक्दैन । र आफ्ना आमा, बाउ, भाइ र मित्रहरूलाई छुटाउनु केवल अन्यायको कुरा हो, हो जब तिनीहरूले नराम्रो उपदेश गरे, नमान्नु, परन्तु उनको सेवा सधैं गर्नुपर्दछ । जुन पहिला खुदा मुसलमानहरूमाथि सन्तुष्ट थियो र उनको सहायताको लागि लश्कर उतार्थ्यो भन्ने कुरा साँचो हो भने त अहिले त्यस्तो किन गर्दैन ? र प्रथम काफिरहरूलाई दण्ड दिन्थ्यो र पुनः-पुनः उनीहरूमाथि आइरहन्थ्यो भने त अहिले कहाँ गयो ? के बिना लडाईंले ईमान खुदाले बनाउन सक्दैन ? यस्ता खुदालाई हाम्रोतिरबाट सदा तिलाञ्जलि छ, खुदा के हो एउटा खेलाडी हो ? ॥९०॥
मूल-९१—शिर्क (मुशरिक) गर्नेवालाहरूसित सबै मिलेर लडाईं गर, जसरी तिनीहरू सबै मिलेर तिमीहरूसँग लड्दछन् ॥ जब कि हामीलाई तिम्रो हकमा यसै कुराको प्रतीक्षा छ कि अल्लाहले आफूतिरबाट तिमीलाई कुनै यातना दिन्छ अथवा हाम्रो हातबाट दिलाउँछ ॥
               —मंजिल २/सिपारा १०/९ सूरः अत-तौबा/आयत ३६, ५२ ॥
समीक्षक— के मुसलमानहरू आपसमा न्याय र दोस्रामा अन्याय गर्नमा धर्म सम्झन्छन् । यदि यस्तै हो भने त मुसलमानहरू अन्यायका मूर्तिहरू हुन् । के मुसलमान मात्रै पुलिस बनेका हुन् कि आफ्नो हात वा मुसलमानहरूको हातबाट अन्य कुनै मतवालालाई दण्ड दिन्छ ? के अरू करोडौं मनुष्य ईश्वरलाई अप्रिय छन् ? मुसलमानहरूमा पापी पनि प्रिय छन् ? यसैले ‘अन्धेर नगरी गवरगण्ड राजा’ को जस्तो व्यवस्था देखिन्छ । आश्चर्य छ कि जो बुद्धिमान् मुसलमान छन् तिनीहरूले पनि यस निर्मूल अयुक्त मतलाई मान्दछन् ॥९१॥
मूल-९२— मोमिन पुरुषहरू र मोमिन स्त्रीहरूसँग अल्लाहको वादा छ स्वर्गको जसको तल नहरहरू बगिरहेका हुनेछन्, त्यसमा उनीहरू सदैव रहनेछन्, र वादा छ सफा घरहरूलाई सदैव रहनेवाला बगैंचामा र अल्लाहको प्रसन्नता सबैभन्दा बढी छ, यही ठूलो सफलता हो ॥ बस उनीहरूले ठट्ठा गर्दछन् अल्लाहसँग, ठट्ठा गरिदियो अल्लाहले उनीहरूसँग ॥         
—मंजिल २/सिपारा १०/९ सूरः अत-तौबा/आयत ७२, ७९ ॥
समीक्षक— यो खुदाको नामबाट स्त्री पुरुषहरूलाई प्रलोभन दिनु हो, आफ्नो मतलब साँध्नको लागि । किनभने यस्तो प्रलोभन दिंदैनथे भने त मुहम्मद साहेबको जालमा फस्ने थिएनन्, यस्तै नै अन्य मतवालाले पनि गर्ने गर्दछन् । भला ! मनुष्यहरूले त आपसमा ठट्ठा गर्ने गर्दछन्, परन्तु खुदाले कसैसँग ठट्ठा गर्नु उचित हुँदैन । यो कुरान ग्रन्थ के हो ठूलो खेल हो ॥९२॥
मूल-९३— परन्तु रसूल र जो मनुष्यहरूले उनको साथ ईमान ल्याए, उनीहरूले आफ्नो जान र प्राणको साथ जेहाद गरे, तिनैलाई भालाइ र सफलता छ ॥ र अल्लाहले उनीहरूका हृदयमा मोहर लगाइदियो, अतः उनीहरूले जान्दैनन् ॥     
—मंजिल २/सिपारा १०/९ सूरः अत-तौबा/आयत ८८, ९३ ॥
समीक्षक— अब हेर्नुहोस् मतलबसिन्धुको कुरा ! कि तिनै भला हुन् जसले मुहम्मद साहेबको साथ ईमान ल्याए र जसले ल्याउँदैनन् ती दुष्ट हुन् ! के यो कुरो पक्षपात र अविद्याले भरिएको छैन ? जब खुदाले नै मोहर लगाइदियो भने त उनका अपराध पाप गर्नमा कोही पनि छैनन् । किन्तु खुदाको नै अपराध हो, किनभने ती बिचराहरूलाई भलाइले हृदयमा मोहर लगाइदिएर रोकिदियो, यो कति ठूलो अन्याय हो ॥९३॥
मूल-९४— तिमीले उनका खैरातको माल दान लिएर भित्र-बाहिरबाट पवित्र गर, र त्यसबाट उनीहरूलाई सुधार गर र उनको दुआ गर । निस्सन्देह तिम्रो दुआ उनीहरूका लागि सर्वथा परितोष हुन्छ ॥ निस्सन्देह अल्लाहले मोमिनहरूसितबाट उनीहरूको प्राण र उनीहरूको माल यसको बदलामा किनेको छ कि उनीहरूका लागि जन्नत छ, उनीहरू अल्लाहको मार्गमा लड्दछन्, फेरि उनीहरूले मार्दछन् पनि मारिंदै जान्छन् पनि ॥                 
—मंजिल २/सिपारा ११/९ सूरः अत-तौबा/आयत १०३, १११ ॥
समीक्षक— वाह जी ! वाह मुहम्मद साहेब ! तिमीले त गोकुलिये र गुसांईको बराबरी कर लियौ किनभने उनीहरूको माल लिनु र उनीहरूलाई गुप्तमा पवित्र गर्नु यही कुरा त गुसांईहरू हो । वाह खुदा जी ! तिमीले अति राम्रो सौदागिरी लगायौ कि मुसलमानहरूको हातबाट अन्य गरीबहरूको प्राण लिनु नै लाभ सम्झियौ र ती अनाथहरूलाई मराएर ती निर्दयी मनुष्यहरूलाई स्वर्ग दिनाले, दया र न्यायदेखि मुसलमानहरूको खुदा हात धोएर बस्यो र आफ्नो खुदाइमा कलङ्क लगाएर बुद्धिमान् धार्मिकहरूमा घृणित हुन गयो ॥९४॥
मूल-९५— ऐ मान्छेहरू हो ! जसले ईमान ल्याएका छौ, यी काफिरसँग युद्ध गर जो तिम्रा आस-पासमा छन्, उनीहरूलाई तिमीहरूले भित्रैबाट कठोरता निकालेर दबाउनू ॥ के यिनीहरूले देखेका छैनन् कि उनीहरूलाई प्रतिवर्ष एक पटक वा दुई पटक जाँचमा हाल्ने गरिन्छ तापनि न त तौबा गर्दछन् न त चेत्दछन् ॥     —मंजिल २/सिपारा ११/९ सूरः अत-तौबा/आयत १२३, १२६ ॥
समीक्षक— हेर्नुहोस् ! यो पनि एउटा विश्वासघातको कुरा खुदाले मुसलमानहरूलाई सिकाउँछ कि चाहे छिमेकी होस् वा कसैको नोकर होस्, जब अवसर पाउँछौं तब नै लडाई वा घात गर्ने । यस्तो कुराहरू मुसलमानबाट धेरै निस्किएको छ, कारण यसै कुरानको लेखले गर्दा हो, अब त यी मुसलमानहरूले बुझेर यस्तो कुरानको दुष्टतालाई छोडिदिएमा त अति राम्रो हुनेछ ॥९५॥
मूल-९६— निश्चय तिम्रो परवरदिगार अल्लाह हो जसले आकाश र धर्तीलाई ६ दिनमा रचना गर्‍यो, फेरि त्यो सिंहासनमा विराजमान भएर व्यवस्था चलाइरहेको छ ॥
                —मंजिल ३/सिपारा ११/१० सूरः यूनस/आयत ३ ॥
समीक्षक— के अल्लाहले तिम्रो नित्य सेवा गर्ने गर्दछ ? आकाश एक र बिना बनाएको अनादि हो । त्यसलाई बनाउनु लेख्नाले यो निश्चय हुन्छ कि त्यो कुरानको कर्ता पदार्थविद्यालाई कत्ति पनि जान्दैनथ्यो ? के परमेश्वरको अगाडि ६ दिनसम्म बनाउनुपर्ने हुन्छ ? जब कि कुरानमा अल्लाहले “यस्तो भइजा” भन्दा तुरुन्तै भैहाल्ने कुरा ठाउँ-ठाउँमा लेखिएको छ । फेरि ६ दिन केको लागि लाग्यो ? यो सबै झुटो हो । यदि त्यो व्यापक हुन्थ्यो भने त सिंहासनमा कसरी विराजमान हुन्थ्यो ? र मामलाहरूको व्यवस्था गर्ने काममा त ठीक तिम्रो खुदा मनुष्यको समान छ, यदि सर्वज्ञ हुन्थ्यो भने त बसि-बसि के रफ्फा-डफ्फा गर्थ्यो ? यसैबाट विदित हुन्छ कि ईश्वरलाई नजान्नेहरूले अर्थात् जङ्गली मनुष्यहरूले यो पुस्तक बनाए होलान् ॥९६॥
मूल-९७— मुसलमानहरूको लागि अल्लाहको तर्फबाट उपदेश, रोग निवारण, मार्गदर्शन र दया आइसकेको छ ॥               —मंजिल ३/सिपारा ११/१० सूरः यूनस/आयत ५७ ॥
समीक्षक— के त्यो खुदा केवल मुसलमानहरू मात्रैको हो ? अरूको होइन ? पक्षपाती हुन्छ यदि मुसलमानहरूलाई मात्रै दया गर्दछ भने, यदि मुसलमान ईमान्दारहरूलाई भन्दछन् भने त उनीहरूको लागि शिक्षाको आवश्यकता नै छैन र मुसलमानहरूदेखि भिन्नलाई उपदेश गर्दैन भने त खुदाको विद्या नै व्यर्थ भयो ॥९७॥
मूल-९८— उसको सिंहासन पानीमा थियो, ताकि तिम्रो परीक्षा लियोस् कि कसले राम्रो काम गर्दछ, र यदि तिमीले भन कि मरेपछि तिमीहरूलाई चिहानबाट उठाइनेछ, तब त झुट्टा बनाउनेवालाहरूले भन्नेछन् कि यो त खुल्लमखुल्ला जादु हो ॥             
—मंजिल ३/सिपारा ११/११ सूरः हूद/आयत ७ ॥
समीक्षक— जब पानीमाथि खुदाको सिंहासन छ भने त त्यो एकदेशी हुनाले खुदा नै बन्न सक्दैन र जब कर्महरूको परीक्षा गर्दछ भने त सर्वज्ञ होइन । र जुन मृत्युपछि उठाउँछ भने त दौडासुपुर्द (चिहानको कुराइमा) राख्दछ र जुन कि ‘मेरका जीवित नहोऊन्’ आफ्नो यस्तो नियमलाई तोड्दछ । यसले खुदालाई कलङ्कित गर्दछ ॥९८॥
मूल-९९— र भनियो कि ऐ पृथ्वी, आफ्नो पानी निलिदे र ऐ आकाश तँ थामिन जा, र पानी सुक्यो अनि मामलाको निर्णय भयो र नौका पहाडमा अडियो र भनियो कि टाढा भएस् अत्याचारीहरूका कौम ॥ र ऐ मेरा कौम, यो अल्लाहकी ऊँटनी तिम्रो लागि एक निशानी हो, अतः यसलाई छोडिदेओ कि यसले अल्लाहको भूमिमा चरोस् र यसलाई कसैले कष्ट नपुर्‍याउनु, अन्यथा अतिशीघ्र तिमीलाई यातनाले पक्रनेछ ॥                      
—मंजिल ३/सिपारा ११/११ सूरः हूद/आयत ४४, ६४ ॥
समीक्षक— कस्तो बच्चाकोजस्तो कुरा छ ! पृथ्वी र आकाशले कहिल्यै कुरा सुन्न सक्दछन् ? वाह जी वाह ! खुदाकी ऊँटनी पनि छ भने त ऊँट पनि होला ? तब हात्ती, घोडा, गधा आदि पनि होलान् ? र खुदाले ऊँटनीलाई खेतमा चराउने कति गजबको कुरा हो ? के ऊँटनीमा सवारी पनि गर्दछ ? यदि यस्तै हो भने त नवाबीको जस्तै घसड-पसड खुदाको घरमा पनि भयो ॥९९॥
मूल-१००— वहाँ तिनीहरू सदैव रहनेछन्, जबसम्म आकाश र धर्ती स्थिर रहन्छन्, कुरो यो हो कि तिम्रो खुदाको नै इच्छा चल्नेछ, तिम्रो अल्लाहले जे चाहन्छ त्यही गर्दछ ॥ रहनेछन् ती जो भाग्यशाली हुनेछन् जन्नतमा हुनेछन्, जहाँ तिनीहरू सदैव रहनेछन् र उपहारको क्रम टुट्नेछैन ॥
                 —मंजिल ३/सिपारा १२/११ सूरः हूद/आयत १०८, १०९ ॥
समीक्षक— जब दोजख (नरक) र बहिश्त (स्वर्ग) मा कयामतको पश्चात् सबै जना जानेछन् फेरि आकाश र पृथ्वी कसको लागि हुनेछ ? जब स्वर्ग र नरक, आकाश र धर्ती रहुन्जेलसम्मको अवधि हो भने त ‘सदा रहनेछन् स्वर्ग वा नरकमा’, यो कुरो झुट्टा भयो । यस्तो कथन अविद्वान्‌हरूको हुन्छ, ईश्वर वा विद्वान्‌हरूको होइन ॥१००॥
मूल-१०१— जब यूसुफले आफ्नो पिता याकूबसित भन्यो कि अब्बाजान, मैले स्वप्नमा एघार तारा, सूर्य र चन्द्रमा देखें । मलाई तिनीहरूले नमन गरिराखेका थिए ॥
                —मंजिल ३/सिपारा १२/१२ सूरः यूसुफ/आयत ४ देखि ५७ सम्म ॥
समीक्षक— यस प्रकरणमा पिता पुत्रको संवादरूप किस्सा-कथा भरिएको छ, यसैले कुरान ईश्वरले बनाएको होइन । कुनै मनुष्यले मनुष्यहरूको इतिहास लेखिदिएको छ ॥१०१॥
मूल-१०२— अल्लाह नै हो जसले आकाशलाई माथि उठायो बिना खाँबोको, जसलाई तिमीले देखिरहेका छौ, फेरि ऊ आफ्नो सिंहासनमा आसीन भयो र उसले सूर्य र चन्द्रमालाई एउटा नियममा बाँधिदियो, प्रत्येक एक नियत समयमा चल्दछन्, अल्लाहले नै प्रत्येक कार्यको व्यवस्था गर्दछ ॥ अल्लाहले आकाशबाट पानी उतार्‍यो, फेरि नाला आ-आफ्नो क्षमताले बग्न थाले ॥ अल्लाहले जसलाई चाहन्छ जीविका अधिक दिन्छ र जसको लागि चाहन्छ संकुचित गरिदिन्छ ॥
          —मंजिल ३/सिपारा १३/१३ सूरः अर-रअद/आयत २, १७, २६ ॥
समीक्षक— मुसलमानहरूको खुदाले पदार्थविद्यालाई कत्ति पनि जान्दैनथ्यो । यदि जान्दथ्यो भने त आकाशलाई खाँबो लगाउने कथा गुरुत्व नहुनाले केही पनि आवश्यकता थिएन । यदि खुदा स्वर्गरूप एक स्थानमा रहन्छ भने त त्यो सर्वशक्तिमान् र सर्वव्यापक हुन सक्दैन । र यदि खुदाले मेघविद्यालाई जान्दथ्यो भने त ‘आकाशबाट पानी उतार्‍यो’ लेखियो, पुनः यो किन लेखिएन कि ‘पृथ्वीबाट पानी माथि चढाइयो ।’ यसबाट निश्चय हुन्छ कि कुरानलाई बनाउनेवाला मेघविद्याको पनि जानकार थिएन । र जसले बिना राम्रा-नराम्रा कामहरूको सुख-दुःख दिन्छ भने त पक्षपाती निरक्षर भट्ट हो ॥१०२॥
मूल-१०३— अल्लाहले जसलाई चाहन्छ पथभ्रष्ट पारिदिन्छ र उसले आफ्नो मार्ग त्यसलाई देखाउँछ, जसले उसतिर ध्यान लगाउँछ ॥             
—मंजिल ३/सिपारा १३/१३ सूरः अर-रअद/आयत २७ ॥
समीक्षक— जब अल्लाहले नै पथभ्रष्ट पार्दछ भने त खुदा र शैतानमा के फरक रह्यो ? जब कि शैतान दोस्रालाई भ्रमित अर्थात् भट्काउनाले दुष्ट भनिन्छ भने त, खुदाले पनि त्यस्तै काम गर्नाले दुष्ट शैतान किन भएन ? र भ्रमित पार्नाको पापले नरकी किन हुनु पर्दैन ? ॥१०३॥
मूल-१०४— यसै प्रकार गरेर मैले यस कुरानलाई एक आदेशको हैसियतले अरबी भाषामा उतारें । अब यदि तिमी त्यस ज्ञानको पश्चात् पनि, जुन तिमीले पाइसकेका छौ, उनीहरूका इच्छाहरूको पछाडि चल्यौ भने त अल्लाहको तुलनामा न त तिम्रो कुनै सहायक मित्र हुनेछ र न कोई बचाउनेवाला ॥ मैले जुन वादा उनीहरूसँग गरेकोछु चाहे त्यसबाट मैले तिमीलाई केही भाग देखाइदिऊँ, या तिमीलाई मृत्यु दिऊँ, तिम्रो दायित्व त केवल सन्देश पुर्‍याउनु हो, हिसाब लिने त मेरो जिम्मा हो ॥            —मंजिल ३/सिपारा १३/१३ सूरः अर-रअद/आयत ३७, ४० ॥
समीक्षक— कुरान कतातिरबाट उतारियो ? के खुदा माथि रहन्छ ? यदि यो कुरो साँचो हो भने त त्यो एकदेशी हुनाले ईश्वर नै हुन सक्दैन, किनभने ईश्वर त सबै ठेगानमा एकरस व्यापक छ । सन्देश पुर्‍याउनु त हुलाकीको काम हो र हल्काराको आवश्यकता उसैलाई हुन्छ जो मनुष्यवत् एकदेशी हो । र हिसाब लिनु-दिनु पनि मनुष्यको काम हो, ईश्वरको होइन, किनभने ऊ सर्वज्ञ छ । यो निश्चय हुन्छ कि कुनै अल्पज्ञ मनुष्यले कुरान बनाएको हो ॥१०४॥
मूल-१०५— सूर्य र चन्द्र तिम्रो लागि कार्यरत गर्‍यो र नियत विधानको अधीन निरन्तर घुमिरहन्छन् ॥ मनुष्य बडो अन्यायी र पापी (कृतघ्न) छ ॥
     —मंजिल ३/सिपारा १३/१४ सूरः इब्राहीम/आयत ३३, ३४ ॥
समीक्षक— के चन्द्र, सूर्य सदा घुम्दछन् र पृथ्वी घुम्दैन ? यदि पृथ्वी नघुम्ने हो भने त कयौं वर्षको दिन र रात हुनेछ । र जो मनुष्य निश्चय अन्याय र पाप गर्नेवाला छ भने त कुरानबाट शिक्षा लिनु व्यर्थ हुन्छ । किनभने जसको स्वभाव पाप नै गर्नमा छ भने त उनीहरूमा पुण्यात्मा कहिल्यै हुँदैन, र संसारमा पुण्यात्मा र पापात्मा सदा देखिन्छन्, यसैले यस्तो कुरा ईश्वरकृत पुस्तकको कबै हुन सक्दैन । यहाँ यी दुइटै शब्द एकार्थ वाचक हुनाले पुनरुक्त हुन गयो, पुनरुक्त भनेको प्रमत्त वाक्य हुन्छ ॥१०५॥
मूल-१०६— जब मैले त्यसलाई पूरा बनाउनेछु र त्यसमा आफ्नो आत्माबाट प्राण फुकिदिनेछु तब तिमीहरूले उसको लागि सजदा (नमन) मा निहुरँदै झुक्नु ॥ तर पनि फरिश्ताले नमन गरे ॥ परन्तु इबलीसले गरेन ॥ इबलीसले भन्यो, ऐ अल्लाह जसरी तैंले मलाई भ्रमित (गुमराह) पारिस्, उसै प्रकार धर्तीमा यिनीहरूको लागि सुसज्जित गरेर सबैलाई पथभ्रष्ट (भ्रमित) पार्नेछु ॥   
—मंजिल ३/सिपारा १४/१५ सूरः अल-हिज्र/आयत २९, ३०, ३१, ३९ देखि ४६ सम्म ॥
समीक्षक— यदि खुदाले आफ्नो रूह (पवित्रात्मा) आदम साहेबमा हालेको थियो भने त, त्यो पनि खुदा भयो र त्यो खुदा थिएन भने त, सजदा अर्थात् नमस्कारादि भक्ति गर्नमा आफ्नो शरीक किन गर्‍यो ? जब शैतानलाई भ्रमित पार्नेवाला खुदा नै हो भने त शैतानको पनि शैतान ठूलो दाजु, गुरु किन भएन ? किनभने तिमीहरूले बहकाउनेवालालाई शैतान मान्दछौ भने त खुदाले पनि शैतानलाई बहकायो र प्रत्यक्ष शैतानले भन्यो कि मैले बहकाउनेछु फेरि पनि, त्यसलाई समातेर दण्ड दिएर किन कैद गरेन ? र किन मारेन ॥१०६॥
मूल-१०७— उसले मान्छेलाई एक पटक थोपा (वीर्य) बाट उत्पन्न गर्‍यो ॥ मैले हर समुदायमा कोई न कोई पैगम्बर पठाएँ ताकि अल्लाहको उपासना गर र शैतानसँगबाट बच ॥ जब मैले कुनै चीजको सङ्कल्प गर्दछु, अनि यो भन्दछु कि “भइजा”, तब त्यो भैहाल्दछ ॥
           —मंजिल ३/सिपारा १४/१६ सूरः अन-नह्ल/आयत ४, ३६, ४० ॥
समीक्षक— यसबाट एक जन्म सिद्ध हुन्छ, परन्तु यसमा बडो भारी भुल छ, किनभने जन्म अनेक हुन्छन् । जब जीव अनादि हो भने त्यसको गुण, कर्म, स्वभाव पनि अनादि हुन्छ, त्यसको फल भोग पनि अनादिदेखि नै चलेर आएको हुन्छ, पश्चात् एक जन्मलाई मान्न व्यर्थ छ । यसको विशेष संवाद नवम समुल्लासमा हेर्नुहोला । यदि सबै कौम (समुदाय) हरूमा पैगम्बर पठाएका हुन् भने त, सबै जना उनै पैगम्बरको रायमा चल्दछन् भने त फेरि ती काफिर किन ? के दोस्रा पैगम्बरको मान्य हुँदैन सिवाय तिम्रा पैगम्बरको ? यो सर्वथा पक्षपातको कुरा हो । यदि सबै देशहरूमा पैगम्बर पठायौ भने त आर्यावर्तमा कुनचाहिं पैगम्बर पठायौ ? त्यसैले यो कुरो मान्न योग्य छैन । जब खुदाले चाहन्छ र भन्दछ कि पृथ्वी “भइजा” । त्यो जडले कहिल्यै पनि सुन्न सक्दैन, खुदाको हुकुम कसरी लागु हुन सक्दछ ? र सिवाय खुदाको दोस्रो चीजलाई मान्दैनौ भने त त्यो कुरालाई सुन्यो कसले ? र त्यहाँ बन्न को गयो ? यो सबै अविद्याका कुरा हुन्, यस्ता कुरालाई मूढहरूले मात्रै मान्दछन् ॥१०७॥
मूल-१०८— र तिनीहरूले अल्लाहको लागि छोरीहरू पक्का गर्दछन्, यसैले महान् र पवित्र छन् तिनीहरू र आफ्नो लागि जो त्यो मनले चाहन्छ ॥ कसम अल्लाहको, मैले तिमी भन्दा पहिला विभिन्न कौम (समुदाय) हरूतिर पैगम्बर पठाएँ ॥         
—मंजिल ३/सिपारा १४/१६ सूरः अन-नह्ल/आयत ५७, ६३ ॥
समीक्षक— अल्लाहले छोरीहरूसित के गर्नेछ ? छोरीहरू त कुनै मनुष्यलाई चाहिन्छ, किन छोराहरू नियत (पक्का) गरिंदैन र छोरीहरूलाई मात्र नियत गरिन्छ ? यसको के कारण हो ? बताउनुहोस् ? कसम खानु झुटाहरूको काम हो, खुदाको होइन । किनभने बहुधा संसारमा देख्नमा यो आउँछ कि जो झुटो हुन्छ उसैले कसम खाने गर्दछ, साँचोले किन शपथ खाने ? ॥१०८॥
मूल-१०९— यी ती मान्छेहरू हुन् कि अल्लाहले यिनको मनमा, कानमा र आँखामा मोहर (छाप) लगाइदिएको छ, र यी मान्छेहरू पूर्णतः निश्चेत छन् ॥ जुन दिन प्रत्येक व्यक्तिले आफ्नै पक्षमा बोल्दै जानेछ र प्रत्येक व्यक्तिलाई उसले गरेको पूरा बदला मिल्नेछ र उनीहरूमाथि अत्याचार अन्याय गरिनेछैन ॥        —मंजिल ३/सिपारा १४/१६ सूरः अन-नह्ल/आयत १०८, १११ ॥
समीक्षक— जब खुदाले नै मोहर लगाइदियो भने त ती बिचरा बिना अपराध मारिए किनभने उनीहरूलाई पराधीन गरियो, यो कति ठूलो अपराध हो ? र फेरि भन्दछन् कि जसले जति गरेको छ त्यति नै उनीहरूलाई दिइनेछ, न्यूनाधिक होइन । भला ! उनीहरूले स्वतन्त्राले पाप गर्दै गरेनन् किन्तु खुदाले गराउनाले गरेका हुन्, पुनः उनीहरूको अपराध नै भएन, उनीहरूलाई फल मिल्नुहुँदैन । यसको फल खुदालाई मिल्न उचित हुन्छ । यदि पूरा दिइन्छ भने त, त्यहाँ क्षमा कुन कुराको लागि गरिन्छ ? यदि क्षमा गरिन्छ भने त न्याय उड्दछ । यस्तो गडबडाध्यायको कुरो ईश्वरको कहिल्यै पनि हुन सक्दैन, किन्तु निर्बुद्धि छोकरहरूको हुन्छ ॥१०९॥
मूल-११०— यदि तिमीहरू उसै पूर्वनीतिमा पल्टिमार्‍यौ भने त हामीले पनि त्यही गर्नेछौं र हामीले नरकलाई काफिरहरूको लागि कारागार बनाइदिएकाछौं ॥ र हामीले प्रत्येक मनुष्यको भाग्य त्यसको घाँटीमा बाँधिदिएका छौं, र हामीले कयामतको दिन त्यसको लागि एउटा किताब निकाल्नेछौं जसलाई त्यसले खोलिएको पाउनेछ ॥ र नूहको पछि हामीले कयौं कौम (नश्ल) हरूलाई नष्ट गरिदियौं र तेरो अल्लाह पर्याप्त छ आफ्ना बन्धुहरूको पापलाई जान्नको लागि र उनीहरूलाई देख्नको लागि ॥
                 —मंजिल ४/सिपारा १५/१७ सूरः अल-इस्र/आयत ८, १३, १७ ॥
समीक्षक— यदि काफिर तिनीहरू नै हुन् कुरान, पैगम्बर र कुरानले बताएको खुदा, सातौं आकाश र नमाज आदिलाई नमान्नेवाला यिनैको लागि कारागार (दोजख) हो भने त, यो कुरा केवल पक्षपातको ठहरिन्छ । के कुरानलाई मान्नेहरू मात्रै सबै ठीक र अन्यलाई मान्नेवालाहरू सबै बेठीक हुन सक्दछन् ? यो बडो लडकपनको कुरा हो कि उसको घाँटीमा कर्मको लेख खुदाले लेखिदियो । यो कुरो सर्वथा विरुद्ध छ, किनभने गर्दनको नसा-नसा र हाड-हाड हेरे पनि केही पनि लेखिएको पाउँदैन, र कयामतको रातमा खुदाले निकाल्ने किताब आजभोलि कहाँ छ ? के साहूले लेन-देनको हिसाब लेखेझैं लेखिराख्दछ ? हो यहाँ यो विचार गर्नुपर्दछ कि यदि पूर्व जन्म छैन भने त, जीवहरूको कर्म नै हुन सक्दैनन् फेरि कर्मको रेखा कताबाट लेखेर घाँटीमा बँधायो ? र यदि बिना कर्मको लेख्यो भने त उनीहरूमाथि अन्याय गर्‍यो, किनभने बिना राम्रा-नराम्रा कर्महरूको उनीहरूलाई दुःख-सुख किन दियो ? यदि भनौला कि खुदाको मर्जी, त्यसो भए तापनि अन्याय गर्‍यो, अन्याय त्यसैलाई भन्दछन् कि बिना राम्रा-नराम्रा कर्म नगरी दुःख-सुखरूप फल न्यूनाधिक दिनु । र त्यस समयमा खुदाले नै किताब वाँच्ने छ कि अरू कोई सछिमेकीले सुनाउनेछ ? यदि खुदाले नै दीर्घकालसम्म सम्बन्धी जीवहरूलाई बिना अपराध मार्‍यो भने त, त्यो अन्यायकारी हुन गयो । जो अन्यायकारी हुन्छ त्यो खुदा हुन सक्दैन ॥११०॥
मूल-१११— र मैले समूदलाई ऊँटनी स्पष्ट प्रमाणको रूपमा प्रदान गरें ॥ र तैंले जति भ्रमित पार्न सक्दछस् पार ॥ त्यस दिनको लागि डराओ जुन दिन मैले प्रत्येक जत्थालाई उसको आफ्नो नायकको साथमा बोलाउनेछु, फेरि त्यसको कर्मपत्र त्यसैको दाहिने हातमा दिइनेछ ॥
        —मंजिल ४/सिपारा १५/१७ सूरः अल-इस्र/आयत ५९, ६४, ७१ ॥
समीक्षक— वाह ! जति खुदाको निशानी आश्चर्य छन्, ती मध्येमा ऊँटनी पनि खुदाको हुनमा प्रमाण अथवा परीक्षामा साधक छ । यदि खुदाले नै शैतानलाई बहकाउनको लागि हुकुम दियो भने त, खुदा नै शैतानको सरदार र सबै पाप गर्नेवाला ठहरियो, यस्तोलाई खुदा भन्नु मात्र नासमझको कुरा हो । जब कयामतमा अर्थात् प्रलयमा नै न्याय गर्न-गराउनको लागि पैगम्बर र उनका उपदेश मान्नेवालाहरूलाई खुदाले बोलाउँछ भने, जबसम्म प्रलय हुनेछैन तबसम्म सबै दौडा सुपुर्द रहने र दौडासुपुर्द (कुराइमा) सबैलाई दुःखदायक हुन्छ, जबसम्म न्याय गरिंदैन । यसैले शीघ्र न्याय गर्नु न्यायधीशको उत्तम काम हो । यो त पोपाँबाईको न्याय ठहरियो । जस्तै कुनै न्यायाधीशले भन्दछ कि जबसम्म पचास वर्षसम्मका चोर र साहूकार जम्मा हुँदैनन्, तबसम्म उनीहरूलाई दण्ड वा प्रतिष्ठा गर्नुहुँदैन, त्यस्तै नै यो भयो कि एक त पचास वर्षसम्म दौडा सुपुर्दमा रह्यो र एउटालाई आजै समातियो, यस्तो न्यायको काम हुन सक्दैन । न्याय त वेद र मनुस्मृतिमा हेर जसमा क्षणमात्र पनि विलम्ब हुँदैन र आफ्नो-आफ्नो कर्मानुसार दण्ड वा प्रतिष्ठा सदा पाइराख्दछन् । दोस्रा पैगम्बरहरूलाई गवाही (साक्षी) को तुल्य राख्नाले ईश्वरको सर्वज्ञताको हानि हुन्छ । यस्तो पुस्तक ईश्वरकृत र यस्ता पुस्तकका उपदेश गर्नेवाला ईश्वर कहिल्यै हुन सक्दछ ? कहिल्यै हुँदैन ॥१११॥
मूल-११२— यस्तै मान्छेहरूका लागि स्वर्गमा सदाबहार बगैंचा छ । उनीहरूका तल नहर बगिरहेका हुनेछन् । वहाँ उनीहरूलाई सुनको गहना पहिराइनेछ अनि पातला र गाढा रेशमी पोशाक लगाउनेछन् र उँचा खाटहरूमा गद्दा र शिरानी राखिएको हुनेछ । कति राम्रो बदला (पुण्य) र कति राम्रो विश्रामस्थल ॥                —मंजिल ४/सिपारा १५/१८ सूरः अल-कहफ/आयत ३१ ॥
समीक्षक— वाह जी वाह ! कुरानको कस्तो स्वर्ग छ जसमा बगैंचा, गहना, वस्त्र, गद्दी, शिरानी आनन्दको लागि छन् । भला ! कोई बुद्धिमान् यहाँ विचार गरोस् त यहाँ भन्दा वहाँ मुसलमानहरूको बगैंचामा अधिक केही पनि छैन सिवाय अन्यायको । त्यो यो हो कि कर्म उनीहरूका अन्तवाला र फल उनीहरूका अनन्तवाला, फेरि जसले मीठो प्रतिदिन खान्छ भने त केही दिनमा नै त्यसलाई विषजस्तो अवश्य प्रतीत हुन थाल्दछ, यसैगरी जब सदा तिनीहरूले सुख भोग्नेछन् भने त, उनीहरूलाई सुख नै दुःखरूप हुन जानेछ, यसैले महाकल्प पर्यन्त मुक्तिसुख भोगेर पुनर्जन्म पाउनु नै सत्य सिद्धान्त हो ॥११२॥
मूल-११३— र यी नगर (बस्ती) हरू हुन् जसलाई हामीले नष्ट गरिदियौं, जब कि तिनीहरू अत्याचारी हुन गए र मैले उनीहरूको विनाशको लागि एक समय निर्धारित गरेको थिएँ ॥                            —मंजिल ४/सिपारा १५/१८ सूरः अल-कहफ/आयत ५९ ॥
समीक्षक— भला ! बस्तीभरी पूराका पूरा कहिल्यै पापी हुन सक्दछन् ? र पछिबाट प्रतिज्ञा गर्नाले ईश्वर सर्वज्ञ रहेन, किनभने जब उनीहरूको अत्याचार देख्यो तब नै प्रतिज्ञा गर्‍यो, पहिला जान्दैनथ्यो । यसैले दयाहीन पनि ठहरियो ॥११३॥
मूल-११४— र छोराको मामला यो थियो कि उसका माता-पिता ईमानमा थिए, मलाई सन्देह भयो कि त्यो बढेर ठूलो भएपछि आफ्नो विद्रोह र अवज्ञाले उनीहरूलाई कष्ट पुर्‍याउनेछ ॥ यहाँसम्म कि त्यो सूर्यास्त हुने स्थानसम्म पुग्यो, उसले सूर्यलाई देख्यो कि त्यो मैलो कालो पानीमा डुब्दै थियो र त्यसलाई त्यहाँ एउटा जत्था मिल्यो ॥ उनीहरूले भने कि ऐ जुलकरनैन ! निश्चय याजूज र माजूजले पृथ्वीमा उत्पात मच्चाउँछन् ॥                   
—मंजिल ४/सिपारा १६/१८ सूरः अल-कहफ/आयत ८०, ८६, ९४ ॥
समीक्षक— भला ! यो खुदाको कति बेसमझपना हो ! शङ्काले डरायो कि यो केटाले कतै आफ्नो आमा-बुबालाई मेरो मार्गदेखि बहकाएर उल्लङ्घन गरिदिन सक्दछ । यो कुनै हालतले पनि ईश्वरको कुरा हुन सक्दैन । अब अगाडिको अविद्याको कुरा हेर्नुहोस् कि यस किताबलाई बनाउनेवालाले सूर्यलाई एउटा तालमा रात्रिमा डुब्दै गरेको जान्दछ भने, फेरि प्रातःकाल निक्लन्छ । भला ! सूर्य त पृथ्वीदेखि कयौं गुणा ठूलो छ, त्यो नदी वा ताल वा समुद्रमा कसरी डुब्न सक्दछ ? यसबाट यो विदित हुन्छ कि कुरानलाई बनाउनेवालासँग भूगोल र खगोलको विद्या थिएन । यदि हुन्थ्यो भने त यस्तो विद्याविरुद्ध कुरा किन लेख्थ्यो ? र यस पुस्तकलाई मान्नेवालाहरूसँग पनि विद्या छैन । यदि हुन्थ्यो भने त यस्तो मिथ्या कुराहरूले युक्त पुस्तकलाई किन मान्दछन् ? अब फेरि हेर्नुहोस् खुदाको अन्याय ! आफै नै पृथ्वीलाई बनाउनेवाला राजा न्यायाधीश हो र याजूज माजूजलाई पृथ्वीमा दङ्गा-फसाद पनि गर्न दिन्छ । यो ईश्वरको कुरादेखि विरुद्ध छ । यसैले यस पुस्तकलाई जङ्गली मान्छेहरूले मान्ने गर्दछन्, विद्वान्‌ले होइन ११४॥
मूल-११५— र किताबमा मरियमको वर्णन गर, जब कि त्यो आफ्ना मान्छेहरूदेखि अलग भएर पूर्वी स्थानमा जाँदी भई ॥ फेरि उसले आफूलाई पर्दामा राखी र मैले उसलाई एउटा फरिश्ता पठाइदिएँ जुन उसको सामुन्ने पूरा मनुष्य बनेर उभियो ॥ मरियमले भनी, मैले तँबाट बच्नको लागि कृपालु अल्लाहको शरण लिन्छु यदि तँ अल्लाहदेखि डराउँछस् भने ॥ उसले भन्यो, मलाई तिम्रो अल्लाहले पठाएको हो ताकि मैले तिमीलाई एक पवित्र पुत्र दिऊँ ॥ मरियमले भनी कि मबाट कसरी पुत्र हुनेछ जब कि कुनै मनुष्यले मलाई छोएको पनि छैन र न त म वेश्या नै हूँ ॥ अत मरियमले त्यसको गर्भ उठाई र त्यसलाई लिएर एक दूरवर्ती स्थानमा जाँदी भई ॥
  —मंजिल ४/सिपारा १६/१९ सूरः मरियम/आयत १६, १७, १८, १९, २०, २२ ॥
समीक्षक— अब बुद्धिमानीहरूले विचार गर्नुहोस् कि फरिश्ता सबै खुदाका नै आत्मा (रूह) हुन् भने त, खुदादेखि अलग पदार्थ हुन सक्दैनन् । र शैतान पनि नापाक रूह (अपवित्र आत्मा) खुदाको नै हो भने त, खुदा नै नापाक भयो । यदि यस्तै हो भने त यस्ता नापाक खुदाका भक्त पाक (पवित्र) कसरी हुन सक्दछन् ? दोस्रो यो अन्याय कि मरियम कुमारीको पुत्र हुनु, कसैको सङ्ग गर्न चाहँदैनथी परन्तु खुदाको हुकुमबाट फरिश्ताले उसलाई बलात्कार गरेर गर्भवती बनाइदियो, यो न्यायदेखि विरुद्ध कुरा हो । यहाँ अन्य पनि थुप्रै असभ्यताका कुराहरू लेखिएका छन् तिनीहरूलाई लेख्न उचित सम्झिन ॥११५॥
मूल-११६— के तिमीले देखेनौ कि मैले काफिर (अवज्ञाकारी) हरूमाथि शैतानलाई छोडिदिएको छु, त्यसले उनीहरूलाई अत्यधिक बहकाइरहेको छ ॥
—मंजिल ४/सिपारा १६/१९ सूरः मरियम/आयत ८३ ॥
समीक्षक— जब खुदाले नै शैतालाई बहकाउनको लागि पठाउँछ भने त, बहकिनेहरूको केही दोष हुन सक्दैन, न उनीहरूलाई दण्ड नै हुन सक्दछ, न त शैतानलाई, किनभने यो सबै खुदाको हुकुमबाट भएको हुन्छ, यसको फल खुदालाई हुनुपर्दछ । यदि त्यो सच्चा न्यायकारी हो भने त दोजख (नरक) को फल आफैले भोगोस् र यदि न्यायलाई छोडेर अन्याय गर्‍यो भने त अन्यायकारी भयो । अन्यायकारीलाई नै पापी भन्दछन् ॥११६॥
मूल-११७— हो, जसले तौबा गर्दछ, ईमान ल्याउँछ, भलो कर्म गर्दछ र सन्मार्गमा रहन्छ भने त त्यसको लागि म धेरै भन्दा धेरै क्षमा गर्दछु ॥        
—मंजिल ४/सिपारा १६/२० सूरः ताहा/आयत ८२ ॥
समीक्षक— जुन तौबाले पाप क्षमा गर्ने कुरा कुरानमा लेखिएकोछ, त्यो सबैलाई पापी गराउनको लागि मद्दत हो । किनभने पापीहरूलाई पाप गर्नको लागि यसबाट साहस धेरै बढ्नेछ । यसैले यो पुस्तक र यसलाई बनाउनेवाला पापीहरूलाई पाप गराउनमा हौसला बढाउनेवाला हो । यसैले यो पुस्तक परमेश्वरकृत र यसमा भनिएको परमेश्वर पनि हुन सक्दैन ॥११७॥
मूल-११८— जसलाई मैले चाहें बचाएँ, र हद नाघ्नेहरूलाई मैले नष्ट गरिदिएँ ॥ अल्लाह, सिंहासनको स्वामी, ती कुराहरूबाट पवित्र छ जुन यिनीहरूले बयान गर्दछन् ॥ र मैले धर्तीमा पहाड बनाएँ कि यिनीहरूलाई लिएर त्यो नझुकोस् नहल्लियोस् ॥   
               —मंजिल ४/सिपारा १७/२१ सूरः अल-अम्बिया/आयत ९, २२, ३१ ॥
समीक्षक— हेर्नुहोस् दङ्गा-फसाद लुटमार ! कि जसलाई चाह्यो मार्‍यो र जसलाई चाह्यो बचायो । राम्रो-नराम्रो कर्मको अपेक्षा केही पनि गर्दैन । जब सातौं आकाशको गद्दीको निवासी अल्लाह हो भने त, त्यो सबै जगत्‌को स्रष्टा, धर्ता, ज्ञाता कहिल्यै हुन सक्दैन । यदि कुरानलाई बनाउने वालाले पृथ्वीको घुम्ने आदि कुरा जान्दथ्यो भने त्यो कुरो कहिल्यै भन्ने थिएन कि पहाडहरू राखिदिनाले पृथ्वी हल्लिंदैन । शङ्का भयो कि यदि पहाड नराखेको भए त हल्लिने थियो ! यतिभाँति भन्दा पनि भूकम्पमा किन हल्लिन पुग्दछन् ? ॥११८॥
मूल-११९— र त्यो महिला जसले आफ्नो सतीत्वलाई बचाई, तब मैले उसभित्र आफ्नो आत्मा फुकिदिएँ, त्यसलाई र त्यसको छोरालाई सारा संसारको लागि एक निशानी बनाइदिएँ ॥        
    —मंजिल ४/सिपारा १७/२१ सूरः अल-अम्बिया/आयत ९१ ॥
समीक्षक— यस्तो विघ्न अश्लील कुराहरू खुदाको पुस्तक, खुदाको र सभ्य मनुष्यको पनि हुन सक्दैन । जब कि मनुष्यहरूमा यस्ताखाले कुराहरू लेख्न शोभनीय मानिंदैन भने परमेश्वरको सामुन्ने कसरी राम्रो हुन सक्दछ ? यस्ता कुराले कुरान दूषित हुन्छ । यदि राम्रा कुराहरू हुन्थे भने त अति प्रशंसा हुन्थ्यो जस्तो वेदको ॥११९॥
मूल-१२०— के तिमीले देखेनौ अल्लाहलाई नै नमन गर्दछन्, ती सबै जो आकाशमा छन् र धर्तीमा छन्, र सूर्य, चन्द्र, तारा, पहाड, वृक्ष, जनावर र थुप्रै मनुष्य ॥ निस्सन्देह अल्लाह ती मान्छेहरूलाई, जसले ईमान ल्याए र तिनीहरूले राम्रो कर्म गरे, यस्तो बगैंचामा प्रवेश गराउनेछ कि जसको तल नहर बगिरहेको हुनेछ, वहाँ सुनका र मोतीका आभूषणले विभूषित गराइँनेछ र उनीहरूको परिधान (वस्त्र) रेशमी हुनेछ ॥ र मेरो घरलाई परिक्रमा गर्नेवालाहरू, उभिनेहरू र झुक्नेहरू र नमन गर्नेहरूका लागि पवित्र-सफा राख्नू ॥ फेरि उनीहरूले मैलो कुचैलो दूर गरून् र आफ्नो भाकल पूरा गरून् र यस पुरातन (कदीम) घरको परिक्रमा गरून् ॥ र प्रत्येक समुदायको लागि मैले कुरबानीको विधान गरिदिएँ, ताकि उनीहरूले ती चौपायमाथि अल्लाहको नाम लिऊन् ॥  
         —मंजिल ४/सिपारा १७/२२ सूरः अल-हज/आयत १८, २३, २६, ३४ ॥
समीक्षक— भला ! जुन जड वस्तु हुन्, तिनले परमेश्वरलाई जान्न नै सक्दैनन्, फेरि उनीहरूले त्यसको भक्ति कसरी गर्न सक्दछन् ? यसैबाट यो पुस्तक ईश्वरकृत त कहिल्यै हुन सक्दैन, किन्तु कुनै भ्रान्तले बनाएको देखिन्छ । वाह ! बडो असल स्वर्ग छ, जहाँ सुन र मोतीका गहना र रेशमी लुगा लगाउन मिल्ने । यो स्वर्ग यहाँका राजाहरूको महल भन्दा केही विशेष देखिंदैन । र जब परमेश्वरको घर छ भने त, त्यो त्यसै घरमा बस्ने पनि गर्दछ होला । फेरि बुत्परस्ती किन भएन ? र दोस्रा बुत्परस्तहरूको खण्डन किन गर्दछन् ? जब खुदाले भेटी लिन्छ, आफ्नो घरको परिक्रमा गर्नलाई आज्ञा दिन्छ र पशुलाई मारेर ख्वाउँछ भने त, यो खुदा मन्दिरवाला र भैरव, दुर्गाकै सदृश भयो र महाबुत्परस्तीलाई चलाउनेवाला भयो । किनभने मूर्तिहरू भन्दा मस्जिद ठूलो बुत् हो । यसैले खुदा र मुसलमान ठूला बुत्परस्त र पुराणी तथा जैनी साना बुत्परस्त भए ॥१२०॥
मूल-१२१— फेरि कयामतको दिन तिमीलाई निश्चय नै उठाइँनेछ ॥
            —मंजिल ४/सिपारा १८/२३ सूरः अल-मोमिनून/आयत १६ ॥
समीक्षक— कयामतसम्म मुर्दाहरू चिहान (कबर) मै रहँनेछन् कि अन्य ठाउँमा ? यदि वहीं रहन्छन् भने त सडेर दुर्गन्धरूपी शरीरमा रहेर पुण्यात्माले पनि बेसरी दुःख भोग गर्नेछन् ? यो न्याय अन्याय हो । र जगत्‌मा दुर्गन्ध अधिक भएर रोगोत्पत्ति गराउनाले खुदा र मुसलमान पापभागी हुनेछन् ॥१२१॥
मूल-१२२— त्यस दिन जब कि उनीहरूको मुखले उनकै विरुद्ध साक्षी दिनेछ र उनका हात र खुट्टाले पनि ती कर्महरूलाई जुन कि तिनीहरूले गर्दथे ॥ अल्लाह आकाश र पृथ्वीको प्रकाशक हो, उसको प्रकाशको उदाहरण यस्तो छ कि— एक ताक उसमा एक दीपक छ, दीपक एक पानसको भित्र छ । पानस यस्तो छ कि एक चम्किलो तारा, त्यो जैतूनको एक यस्तो विभूतिपूर्ण वृक्षको तेलबाट बालिन्छ, जो न पूर्वी हो न पश्चिमी, त्यसको तेल यस्तो छ कि मानौं बिना आगोले छोए स्वयं बल्दछ, प्रकाशको माथि प्रकाश, अल्लाहले आफ्नो प्रकाशको मार्ग देखाउँछ, जसलाई चाहन्छ र अल्लाह मनुष्यको लागि उदाहरण बयान गर्दछ अनि उसले हर चीजलाई जान्दछ ॥
             —मंजिल ४/सिपारा १८/२४ सूरः अन-नूर/आयत २४, ३५ ॥
समीक्षक— हात खुट्टा आदि जड हुनाले कहिल्यै गवाही (साक्षी) दिन सक्दैनन्, यो कुरो सृष्टिक्रमदेखि विरुद्ध हुनाले मिथ्या हो । के खुदा आगाको बिजुली हो ? जस्तो दृष्टान्त दिइएको छ, त्यस्तो दृष्टान्त ईश्वरमा घट्न सक्दैन । हो, कुनै साकार वस्तुमा घट्न सक्दछ ॥१२२॥
मूल-१२३— र अल्लाहले प्रत्येक जीवधारीलाई पानीबाट उत्पन्न गर्‍यो, फेरि ती मध्येमा कुनै आफ्नो पेटको सहाराले चल्दछन्, कुनै दुई खुट्टाले, कुनै चार खुट्टाले, अल्लाहले पैदा गर्दछ जो उसले चाहन्छ ॥ र जो व्यक्ति अल्लाह र उसका रसूलको आज्ञापालन गर्दछ र त्यो अल्लाहसँग डरोस् र उसको विरोधदेखि बचोस् त सफल हुनेछ ॥ भन्नु कि खुदा र रसूलको आज्ञा पालन गर्‍यौ भने त तिमीमाथि दयाले वास गर्नेछ ॥  
           —मंजिल ४/सिपारा १८/२४ सूरः अन-नूर/आयत ४५, ५२, ५४, ५६ ॥
समीक्षक— यो कुनचाहिं फिलोसफी हो कि जुन जनावरहरूको शरीरमा सबै तत्त्व देखिन्छन् र भन्ने कि केवल पानीबाट उत्पन्न गर्‍यो ? यो केवल अविद्याको कुरा हो । जब अल्लाहको साथ पैगम्बरको सेवा गर्न भनिएको छ भने त खुदाको शरीक भयो कि भएन ? यदि यस्तै हो भने त खुदालाई लाशरीक किन कुरानमा लेखियो र भन्दछौ ? ॥१२३॥
मूल-१२४— जुन दिन आकाश एक बादलको साथमा फाट्नेछ र फरिश्ताहरू लगातार उतारिने छन् ॥ अतः तिमीले काफिरहरूको कुरा नमान र कुरानको माध्यमबाट उनीहरूसँग भयङ्कर जोडको तोडले जिहाद (संघर्ष) गर ॥ सिवाय त्यसको जो फिरेर आयो र ईमान ल्यायो अनि राम्रो कर्म गर्‍यो, यस्ता जनहरूको नराम्रा कामलाई राम्रा काममा बदलिदिनेछ ॥ र जसले तौबा गर्‍यो र राम्रो कर्म गर्‍यो भने त निश्चय नै त्यो व्यक्ति अल्लाहतिर फर्किरहेछ, जस्तो कि फर्कने हक छ ॥
       —मंजिल ४/सिपारा १९/२५ सूरः अल-फुरकान/आयत २५, ५२, ७०, ७१ ॥
समीक्षक— यो कुरो कहिल्यै साँचो हुन सक्दैन कि आकाश बादलको साथमा फाट्नेछ । यदि आकाश कोई मूर्तिमान् पदार्थ हो भने त बल्ल फाट्न सक्दछ । यो मुसलमानहरूको कुरान र खुदा शान्तिभङ्ग गरेर आतङ्कित पार्दै जगत्‌मा झगडा मच्चाउनेवाला हो, त्यसैले धार्मिक विद्वान्‌हरू यसलाई मान्दैनन् । यो पनि बडो राम्रो न्याय भयो कि जो पाप र पुण्यको हेराफेरी गरिदिने ? के यो तिल र मासको जस्तो कुरा हो जुन साटफेर गरिदिने ? यदि तौबा गर्नाले पाप छुट्ने र ईश्वर मिल्ने भए त कसैले पनि पाप गर्नबाट डराउनेछैन, यसैले यी सबै कुराहरू विद्यादेखि विरुद्ध छन् ॥१२४॥
मूल-१२५— र मैले मूसालाई सन्देश पठाएँ कि मेरा मान्छेहरूलाई लिएर रातैमा निस्कनु, निश्चय नै तिम्रो पिछा गरिनेछ ॥ अतः फिरऔनले एकत्र गर्नेवालाहरूलाई दूत बनाएर नगरहरूमा पठायो ॥ जसले मलाई पैदा गर्‍यो, उसैले मेरो मार्गदर्शन गर्दछ ॥ र उसैले मलाई ख्वाउने पियाउने गर्दछ ॥ र त्यही हो जोसँग मैले आशा राख्दछु कि कयामतको दिनमा मेरो गलतीहरूलाई क्षमा गरिदिनेछ ॥       —मंजिल ५/सिपारा १९/२६ सूरः अश-शुआरा/आयत ५२-५४, ७८, ७९ ८२ ॥
समीक्षक— जब खुदाले मूसातिर त्यही पठायो पुनः दाऊद, ईसा र मुहम्मद साहेबतिर किताब किन पठायो ? किनभने परमेश्वरको कुरा सदा एउटै र बिना भुलचुकको हुन्छ । र त्यसको पछाडि कुरानसम्म पुस्तकहरूको रूपमा पठाउनु पहिलो पुस्तकलाई अपूर्ण, भुलयुक्त मानिनेछ । यदि यी तीन पुस्तक साँचा हुन् भने त यो कुरान झुटो होला । चारै जनाको जुन कि परस्पर प्रायः विरोध राख्दछन् उनीहरूको सर्वथा सत्य हुन नै सक्दैन । यदि खुदाले रूह अर्थात् जीव पैदा गरेको हो भने त तिनीहरू मरेर पनि जानेछन् अर्थात् तिनीहरूको कहिले न कहिले अभाव हुन पनि जानेछ । यदि परमेश्वरले नै मनुष्यादि प्राणीहरूलाई ख्वाउने पियाउने गर्दछ भने त कसैलाई रोग नहुनुपर्ने हो र सबैलाई तुल्य भोजन दिनुपर्ने हो । पक्षपातले एकलाई उत्तम र दोस्रोलाई निकृष्ट जस्तो कि राजा र कङ्गाललाई श्रेष्ठ र निकृष्ट भोजन मिल्दछ यस्तो हुनुहुँदैन । जब परमेश्वर नै ख्वाउने पियाउने र पथ्य गराउनेवाला हो भने त रोग नै नहुनुपर्ने हो परन्तु मुसलमान आदिलाई पनि रोग हुन्छन् । यदि खुदाले नै रोगलाई छुटाएर आराम गराउनेवाला हो भने त मुसलमानहरूको शरीरमा रोग नरहनुपर्ने हो । यदि रहन्छ भने त खुदा पूरा वैद्य भएन । यदि पूर्णवैद्य हो भने त मुसलमानहरूको शरीरमा रोग किन रहन्छन् ? यदि उसैले मार्ने र ब्युँताउने गर्दछ भने त उसै खुदालाई पाप पुण्य लाग्दछ होला । यदि जन्म जन्मान्तरको कर्मानुसार व्यवस्था गर्दछ भने त उसको कुनै पनि अपराध छैन । त्यो पापलाई क्षमा र न्याय कयामतको रातमा गर्दछ भने त खुदा पाप बढाउनेवाला भएर पापयुक्त हुनेछ । यदि क्षमा गर्दैन भने त यो कुरानको कुरा झुट्टो ॥१२५॥
मूल-१२६— तिमी मात्र मजस्तै मनुष्य हौ, यदि तिमी सच्चा हौ भने त कुनै निशानी ल्याएर  देखाइदेऊ ॥ सालेहले भन्यो यो एउटा ऊँटनी छ, यसको लागि पानी पिउने एउटा पालो हो, र एउटा निर्धारित दिनको पालो तिम्रो हो ॥    
—मंजिल ५/सिपारा १९/२६ सूरः अश-शुआरा/आयत १५४, १५५ ॥
समीक्षक— यो खुदालाई शङ्का र अभिमान किन भयो कि तँ मजस्तै होइनस्, र ऊँटनीको निशानी दिनु केवल जङ्गली व्यवहार हो, ईश्वरकृत होइन । यदि यो किताब ईश्वरकृत हुन्थ्यो भने त यस्तो व्यर्थ कुराहरू यसमा हुनेथिएन ॥१२६॥
मूल-१२७— ऐ मूसा, यो म हूँ अल्लाह, शक्तिशाली र विवेकशील ॥ र तिमीले आफ्नो लट्ठी राखिदेऊ, फेरि जब उसले त्यसलाई यसरी चलेको देख्यो कि जसरी सर्प हो, ऊ पछाडितिर मोडियो र फर्केर हेरन, ऐ मूसा नडरा, मेरो सामुन्ने पैगम्बर डराउने गर्दैनन् ॥ अल्लाहको सिवा दास्रो कोई उपास्य छैन, स्वामी महान् सिंहासनको ॥ मेरो मुकाबिलामा विद्रोह नगर र मुसलमान बनेर मेरो साथमा आओ ॥        —मंजिल ५/सिपारा १९/२७ सूरः अन-नम्ल/आयत ९, १०, २६, ३१ ॥
समीक्षक— अरू पनि हेर्नुहोस् ! आफ्नो मुखबाट आफै अल्लाह बडो जबरदस्त बन्दछ । आफ्नो मुखबाट आफ्नै प्रशंसा गर्नु श्रेष्ठ पुरुषहरूको पनि काम होइन, खुदाको कसरी हुन सक्दछ ? तब नै इन्द्रजालको खेल देखाएर, जङ्गली मनुष्यहरूलाई वशमा गरेर आफै खुदा बनेर बस्यो । यस्तो कुरो ईश्वरको पुस्तकको कहिल्यै हुन सक्दैन । यदि त्यो महान् सिंहासन अर्थात् सातौं आकाशको मालिक हो भने त, त्यो एकदेशी हुनाले ईश्वर नै हुन सक्दैन । यदि बराबरी गर्न नराम्रो हो भने त खुदाले, मुहम्मद साहेब र फरिश्ताहरूले ईमान ल्याउने, सेवा गर्नमा साथमा किन मिलायो, यसबाट बराबरी भयो कि भएन ? यसैले यो कुरान पुनरुक्त र पूर्वापर विरुद्ध कुराहरूले भरिएको छ ॥१२७॥
मूल-१२८— र तिमीले पहाडहरूलाई देखेर सम्झन्छौ कि ती जमेका छन्, र ती हिंड्दछन् जसरी बादल हिंड्दछन्, यो अल्लाहको कारीगरी हो जसले हर वस्तुलाई सुदृढ गरेको छ, निस्सन्देह उसले खबरदारी राख्दछ जे तिमीले गर्दछौ ॥       
—मंजिल ५/सिपारा २०/२७ सूरः अन-नम्ल/आयत ८८ ॥
समीक्षक— भला ! बादलको जस्तै गरेर पहाड चल्नु कुरान बनाउनेवालाको देशमा हुन्छ होला, अन्यत्र होइन । र खुदाको खबरदारी त शैतान बागीलाई नपक्रने र न दण्ड दिनेबाट नै विदित हुन्छ कि जसले जाबो एउटा बागीलाई पनि जबसम्म पक्राउमा आउँदैन, दण्ड पाउँदैन । यस भन्दा अधिक असावधानीता के होला ? ॥१२८॥
मूल-१२९— तब मूसाले उसलाई मुड्किले हिर्कायो र उसको प्राणपखेरु उडाइदियो ॥ उसले भन्यो ऐ मेरो अल्लाह ! मैले आफूमाथि नै अत्याचार गरेको छु, अतः तैंले मलाई क्षमा प्रदान गरिदे, तब अल्लाहले उसलाई क्षमा गरिदियो, निस्सन्देह ऊ क्षमा गर्नेवाला दयालु छ ॥ र तेरो मालिकले पैदा गर्दछ जो चाहन्छ र उसले मन पराउँछ जसलाई चाहन्छ ॥       
    —मंजिल ५/सिपारा २०/२८ सूरः अल-कसस/आयत १५, १६, ६८ ॥
समीक्षक— अब अन्य पनि हेर्नुहोस् ! मुसलमान र ईसाईहरूको पैगम्बर र खुदाको मूसा पैगम्बरले मनुष्यको हत्या गर्ने र खुदाले क्षमा गर्ने, यी दुवै अन्यायकारी हुन् कि होइनन् ? के आफ्नो इच्छाबाटै जस्तो चाहन्छ त्यस्तै उत्पत्ति गर्दछ ? के उसले आफ्नो इच्छाबाटै एउटालाई राजा, अर्कोलाई कङ्गाल र एउटालाई विद्वान् र अर्कोलाई मूर्खादि बनाएको हो ? यदि यस्तै हो भने त यो अन्यायकारी हुनाले कुरान सत्य र यो खुदा नै हुन सक्दैन ॥१२९॥
मूल-१३०— र मैले मनुष्यलाई सचेत गराएँ कि उसले आफ्ना माता-पिताको साथमा राम्रो व्यवहार गरोस्, यदि उनीहरूले तँमाथि दबाव पारेमा कि तैंले मेरो यस्तो चीजलाई साक्षी बनाउने जसको बारेमा तँलाई ज्ञान छैन, तब उनीहरूले भनेको नमान्नू, तिमीहरू सबै फर्केर मकहाँ नै आउनुछ, त्यतिवेला फेरि बताइदिनेछु कि जे-जे तिमीले गरेका थियौ ॥ र मैले नूहलाई उसको कुलतिर पठाइदिएँ, तब त्यो पचास वर्ष कम एक हजार (९५०) वर्ष उनीहरूसँग रह्यो, फेरि तिनीहरूलाई तुफानले लपेट्यो र तिनीहरू अत्याचारी थिए ॥            
—मंजिल ५/सिपारा २०-२१/२९ सूरः अल-अन्कबूत/आयत ८, १४ ॥
समीक्षक— माता-पिताको सेवा गर्नु त राम्रो नै हो । यदि खुदाको साथ शरीक गर्नको लागि भनेमा त उनीहरूले भनेको नमान्नु यो पनि ठीक हो, परन्तु यदि माता-पिता मिथ्याभाषणादि गर्नको लागि आज्ञा दिन्छन् भने त के मान्नुपर्दछ ? त्यसैले यो कुरा आधा ठीक र आधा बेठीक छ । के नूह आदि पैगम्बरलाई मात्रै खुदाले संसारमा पठाउँछ भने त, अन्य जीवहरूलाई कसले पठाउँछ ? यदि सबैलाई उसैले पठाउँछ भने त सबै पैगम्बर किन भएनन् ? यदि पहिला मनुष्यको आयु हजार वर्षको हुन्थ्यो भने त अहिले किन हुँदैन ? यसैले यो कुरो ठीक होइन । यदि खुदाको न्याय घरमा पनि तल टाउको, माथि खुट्टा बाँधेर दण्ड दिइने गरिन्छ भने त त्यस भन्दा आजभोलिको यहाँको राज नै ठीक छ । आजभोलि दण्ड त दिइन्छ, परन्तु खुट्टा तल टाउको माथि नै राखिन्छ । यदि यस्तै दण्ड भएमा पनि मनुष्यहरूमा संघटित हुन सक्दछ ॥१३०॥
मूल-१३१— अल्लाहले सृष्टिको आरम्भ गर्दछ, फेरि उसैले त्यसको पुनरावृत्ति गर्दछ, फेरि त्यतैतिर तिमीहरू फर्कनेछौ ॥ जुन दिन कयामत हुनेछ, त्यस दिन अपराधीहरू निराश रहनेछन् ॥ अतः जसले ईमान ल्याए र उनीहरूले राम्रा कर्म गरे, तिनीहरू स्वर्गको एक बगैंचामा आभूषण सहित प्रसन्नतापूर्वक रहँनेछन् ॥ यदि मैले अर्कै हावा पठाइदिएँ भने जसको प्रभावले तिनीहरूले खेतीलाई पहेंलो भएको देख्नेछन् ॥ यस प्रकार अल्लाहले ती मान्छेहरूको हृदयमा मोहर लगाइदिन्छ जो अज्ञानी हुन्छन् ॥              
—मंजिल ५/सिपारा २१/३० सूरः अर-रुम/आयत ११, १२, १५, ५१, ५९ ॥
समीक्षक— यदि अल्लाह दुई पटक उत्पत्ति गर्दछ तेस्रो पटक होइन भने त उत्पत्तिको आदि र दोस्रो पटकको अन्तमा निकम्मा बस्दैराख्दछ होला ? र एक तथा दुई पटक उत्पत्तिको पश्चात् उसको सामर्थ्य निकम्मा र व्यर्थ हुन जानेछ । यदि न्याय गर्नको लागि दिन नराखेर, रात राख्ने हो भने त गवर्गण्ड-जस्तो लीला हुन जानेछ । न्याय त दिनमा नै गर्न सर्वत्र प्रसिद्ध छ । यसैले यो मुसलमान र मुसलमानहरूको खुदाको उल्टो कुरा हो । यदि बगैंचामा राख्न र श्रृङ्गार पहिराउन नै मुसलमानहरूको स्वर्ग हो भने त यसै संसारको जस्तै भयो, वहाँ माली र सुनार पनि होलान्, अथवा खुदाले नै माली र सुनार आदिको काम गर्दछ होला । यदि कसैलाई थोरै गहना मिलेमा त चोरी पनि हुन्छ होला र स्वर्गबाट चोरी गर्नेलाई नरकमा पनि हाल्दछ होला । यदि यस्तै हो भने त ‘सदा स्वर्गको बगैंचामा रहने’ कुरा झुटो हुने भयो । जुन किसानहरूको खेतीमा पनि खुदाको दृष्टि छ, यो विद्या खेती गर्ने अनुभवबाट हुन्छ र यदि मानौं कि खुदाले आफ्नो विद्याले सबै कुरा जान्यो भने तापनि यस्तो भय दिनु आफ्नो घमण्ड प्रसिद्ध गर्नु हो । यदि अल्लाहले जीवहरूको हृदयमा मोहर लगाएर पाप गरायो भने त त्यस पापको भागी वही हुनेछ, जीव होइन । जसरी जय-पराजय सेनाधीशको हुन्छ, त्यसरी नै यो सबै पाप खुदालाई नै प्राप्त हुन जान्छ ॥१३१॥
मूल-१३२— यी आयतहरू हुन् किताब हिक्मतवालाको ॥ उसले आकाशलाई पैदा गर्‍यो बिना यस्तो खम्बाको जुन तिमीले देख्दछौ, र उसले धर्तीमा पहाड जमाइदियो ताकि डामाडोल भएर नहल्लियोस् ॥ के तिमीले देखेनौ कि अल्लाहले रातलाई दिनमा प्रविष्ट गर्दछ र दिनलाई रातमा प्रविष्ट गर्दछ ॥ के तिमीले देखेनौ कि किश्तीहरू समुद्रमा अल्लाहको अनुग्रहले चल्दछन्, ताकि तिमीलाई आफ्नो केही निशानी देखाओस् ॥                
—मंजिल ५/सिपारा २१/३१ सूरः लुकमान/आयत २, १०, २९, ३१ ॥
समीक्षक— वाह जी ! हिक्मतवाली किताब ! कि जसमा सर्वथा विद्यादेखि विरुद्ध आकाशको उत्पत्ति, उसमा खाँबो लगाउने शङ्का र पृथ्वीलाई स्थिर राख्नको लागि पहाड राख्ने कुरा ! थोरैमात्र विद्यावालाले पनि यस्तो लेख कहिल्यै लैख्दैन र न मान्दछ । र हिक्मत हेर कि जहाँ दिन छ वहाँ रात छैन र जहाँ रात छ वहाँ दिन छैन, उसलाई एक दोस्रामा प्रवेश गराउने कुरा लेख्दछ, यो बडो अविद्वान्को करा हो, यसैले यो कुरान विद्याको पुस्तक हुन सक्दैन । के यो विद्याविरुद्धको कुरा होइन कि, डुँगा मनुष्य र उसको क्रियाकौशलादिबाट चल्दछ वा खुदाको कृपाबाट ? यदि फलाम र ढुङ्गाको नौका बनाएर समुद्रमा चलाएमा त खुदाको निशानी डुब्नजान्छ कि जाँदैन ? यसैले यो पुस्तक न विद्वान् र न ईश्वरले बनाएको हुन सक्दछ ॥१३२॥
मूल-१३३— उसले कार्यको व्यवस्था गर्दछ आकाशदेखि धर्तीसम्म, फेरि सारा मामला उसैतिर फर्कन्छन् एक दिनमा, जसको अवधि तिम्रो गणना अनुसार एक हजार वर्षको हुन्छ ॥ वही नै हो परोक्ष र प्रत्यक्षलाई जान्नेवाला अत्यन्त प्रभुत्वशाली दयालु छ ॥ फेरि त्यसको अङ्ग ठीक गर्‍यो र त्यसमा आफ्नो रूह (आत्मा) फुक्यो ॥ जुन मृत्युको फरिश्ता तिमीमाथि नियुक्त छ, प्राण निकाल्नको लागि त्यसले तिमीलाई पूर्ण रूपले आफ्नो कब्जामा गर्नेछ ॥ यदि मैले चाहन्थें भने त प्रत्येक व्यक्तिलाई उसको आफ्नो सन्मार्ग देखाउँथे, किन्तु मतिरबाट कुरा सिद्ध भैसकेको छ कि मैले जहन्नम (नरक) मा जिन्नहरू र मनुष्यहरूले भरेर राख्नेछु ॥   
      —मंजिल ५/सिपारा २१/३२ सूरः अस-सज्दा/आयत ५, ६, ९, ११, १३ ॥
समीक्षक— अब ठीक सिद्ध हुन गयो कि मुसलमानहरूको खुदा मनुष्यवत् एकदेशी हो । किनभने यदि व्यापक हुन्थ्यो भने त एकदेशबाट प्रबन्ध गर्ने र चढ्ने उत्रिने कुरा हुन सक्दैनथ्यो । यदि खुदाले फरिश्तालाई फठाउँछ भने पनि आफू एकदेशी हुन गयो । आफू आकाशमा टाँसिएर बसेको छ र फरिश्ताहरूलाई दौडाउँछ । यदि फरिश्ताले घुस लिएर कुनै मामला बिगारिदिएमा वा कुनै मुर्दालाई छोडिदिएमा त खुदालाई के थाहा हुन सक्दछ ? थाहा त उसलाई हुन्छ जो सर्वज्ञ तथा सर्वव्यापक हुन्छ, सो त छँदैछैन; हुन्थ्यो भने त फरिश्ताहरूलाई पठाउने तथा कयौं मान्छेहरूको कयौं प्रकारको परीक्षा लिनको के काम थियो त्यस्तो ? र एक हजार वर्षमा प्रबन्ध गर्नाले सर्वशक्तिमान् पनि भएन । यदि मृत्युको फरिश्ता छ भने त त्यस फरिश्तालाई मार्नेवाला मृत्यु कुनचाहिं हो ? यदि त्यो नित्य हो भने त अमरपनमा खुदाको बराबर शरीक भयो । एक फरिश्ता एक समयमा नरक भर्नको लागि जीवहरूलाई शिक्षा गर्दैन र उनीहरूलाई बिना पापको आफ्नो मर्जीले नरकमा भरेर दुःख दिंदै तमाशा हेर्दछ भने त खुदा पापी, अन्यायकारी र दयाहीन हो । यस्तो कुरा जुन पुस्तकमा हुन्छ, न त्यो विद्वान् र ईश्वरकृत, फेरि दया न्यायहीन ईश्वर पनि कहिल्यै हुन सक्दैन ॥१३३॥  
मूल-१३४— भनिदेऊ यदि तिमी मृत्यु अथवा मारिन जानबाट भागेमा पनि यो भाग्नु तिम्रो लागि कदापि लाभप्रद हुनेछैन ॥ ऐ नबीकी स्त्रीहरू हो ! तिमीमध्येमा जो कसैले खुला अश्लीलताको कर्ममा लिप्त रहेको पाइएमा त, त्यसको लागि दुईगुणा यातना हुनेछ, र यो अल्लाहको लागि एकदमै सरल छ ॥               —मंजिल ५/सिपारा २१/३३ सूरः अल-अहजाब/आयत १६, ३० ॥
समीक्षक— यो मुहम्मद साहेबले यस कारणले लेखे-लेखाए होलान् कि लडाईंमा कोही पनि नभागून्, हाम्रो विजय होस्, मर्नदेखि पनि नडराऊन्, ऐश्वर्य बढ्दै जाओस् र मजहब पनि बढोस् ? र यदि स्त्रीहरू निर्लज्जतासँग पैगम्बरको सामुन्ने नआउने भने त, के पैगम्बर साहेब निर्लज्ज भएर उनीहरूको सामुन्ने जाने ? र पैगम्बर साहेबमाथि दण्ड नहुने, यो कुन घरको न्याय हो ? ॥१३४॥
मूल-१३५— र तिमी आफ्नो घरधन्दामै लागि रहनू,......रसूलहरूको आज्ञा पालन गर, अल्लाहले चाहन्छ कि तिमी रसूलहरूका घरवालाको मैला दूर गरेर पूर्ण पवित्रता आओस् ॥ फेरि जब जैदले उसको आफ्नो इच्छा पूर्ति गरिसक्यो, मैले तिम्रो र उसको विवाह गराइदिएँ ताकि ईमानवालाहरूमाथि आफ्नो जेठोबाठो छोराको पत्नीहरूको लेपालकको बारेमा कुनै संकोच नरहोस्, जब कि उसले उनीहरूसित आफ्नो आवश्यकतापूर्ति गरोस् र अल्लाहको आज्ञा हुनेवाला नै थियो ॥ रसूलका लागि यसमा कुनै हानि छैन जुन अल्लाहले उसका लागि निर्धारित गरिदिएको होस् ॥ मुहम्मद तिम्रा पुरुषहरूमा कसैको पिता होइनन् ॥ रसूल मैले तिम्रो लागि हलाल (वैध) गरिदिएँ तिम्रा ती पत्नीहरू, जसको भारा तिमीले दिइसकेका छौ र ती महिलाहरू पनि जो तिम्रो स्वामित्वमा छन्, जसलाई अल्लाहले गनिमतमा (इच्छामा) तिमीलाई दिएको हो ॥ ती मध्येमा तिमीले जसलाई चाहन्छौ टाढा राख र जसलाई चाहन्छौ नजिक राख, जसलाई तिमीले टाढा गर्‍यौ ती मध्येमा फेरि कसैलाई बोलाएमा त तिमीमाथि कुनै पाप लाग्नेछैन ॥ ऐ ईमानवालाहरू हो, पैगम्बरका घरमा जाने नगर ॥      
—मंजिल ५/सिपारा २२/३३ सूरः अल-अहजाब/आयत ३३, ३६-३८,४०, ५०, ५१, ५३ ॥
समीक्षक— यो बडो अन्यायको कुरा छ कि स्त्री घरमा कैदको समान रहने र पुरुष चाहिं खुला हिंड्ने । के स्त्रीहरूको चित्तले शुद्ध वायु, शुद्ध देशमा भ्रमण गर्न, सृष्टिका अनेक पदार्थहरूलाई हेर्न मन चाहँदैन होला ? यसै अपराधबाट मुसलमानहरूका केटाहरू विशेष गरेर सैलानी (घुम्ने) र विषयी हुन्छन् । अल्लाह र रसूलको एक अविरुद्ध आज्ञा छ वा भिन्न-भिन्न विरुद्ध ? यदि एक हो भने त दुइटैको आज्ञा पालन गर भन्नु व्यर्थ छ र यदि भिन्न-भिन्न विरुद्ध हो भने त एउटा साँचो अर्को झुटो ? एउटा चाहिं खुदा अर्को चाहिं शैतान हुन जानेछ । र शरीक पनि हुनेछ ? वाह कुरानका खुदा र पैगम्बर तथा कुरानलाई ! जसलाई दोस्राको मतलब नष्ट गरेर आफ्नो मतलब सिद्ध गर्न इष्ट हुन्छ यस्तै लीला अवश्य रच्दछ । यसबाट यो पनि सिद्ध हुन्छ कि मुहम्मद साहेब बडो विषयी थिए । यदि हुँदैनथे भने त लेपालककी स्त्री जुन कि पुत्रकी स्त्री थी, आफ्नी स्त्री किन बनाए ? फेरि यस्ता कुरा गर्नेवालाका खुदा पनि पक्षपाती बन्यो र अन्यायलाई न्याय ठहर्‍यायो । भला कोई मनुष्यहरूमा जङ्गली भएमा पनि त्यसले आफ्नी बुहारीलाई छोडिदिन्छ र यो कति ठूलो अन्यायको कुरा हो कि नबीलाई विषयासक्तिको लीला गर्नमा कत्ति पनि रोकावट छैन ! यदि नबी कसैको बाउ थिएन भने त जैदले पाएको लेपालक छोरो कसको थियो ? र किन लेखियो ? यो उसै मतलबको कुरा हो कि जसबाट बुहारीलाई पनि घरमा राख्नाले पैगम्बर साहेब बच्न सकेनन्, अन्यसित त कसरी बचे होलान् र ? यस्तो चतुराईबाट पनि नराम्रो कुरोमा चुकेर निन्दा हुनबाट कहिल्यै पनि छुट्न सक्दैन । के जो पराई स्त्री पनि नबीसँग प्रसन्न भएर विवाह गर्न चाहेमा पनि हलाल हुन्छ ? र यो महा अधर्मको कुरा हो कि नबीले त जुन स्त्रीलाई चाहन्छ छोडिदिने र मुहम्मद साहेबकी स्त्रीहरू यदि पैगम्बर अपराधी भएमा पनि कहिल्यै छोड्न नपाउने ! जसरी पैगम्बरका घरमा अन्य कोई व्यभिचार दृष्टिले प्रवेश नगर्ने हो भने त, त्यसै गरी पैगम्बर साहेब पनि कसैको घरमा प्रवेश गर्नहुँदैन । के नबी जो कसैको घरमा चाहिं निश्शङ्क प्रवेश गर्ने र माननीय पनि हुने ? भला ! कुन त्यस्तो हृदयको अन्धो होला कि जो यस कुरानलाई ईश्वरकृत र मुहम्मद साहेबलाई पैगम्बर र कुरानोक्त ईश्वरलाई परमेश्वर मान्न सक्ने । बडो आश्चर्यको कुरा छ कि यस्तो युक्तिशून्य धर्मविरुद्ध कुराहरूलाई अरबदेश निवासी आदि मनुष्यहरूले यस मतलाई कसरी माने ! ॥१३५॥
मूल-१३६— रसूललाई कष्ट पुर्‍याउनु तिम्रो लागि योग्य हुँदैन, साथै यो पनि कहिल्यै नगर्नू कि उनका पछाडि उनकी श्रीमतीहरूसँग विवाह, निश्चय नै अल्लाहको दृष्टिमा यो महा पाप हुनेछ ॥ जसले अल्लाह र उसका पैगम्बरलाई कष्ट दिन्छन्, अल्लाहले तिमाथि संसार र परलोकको लागि फट्कार गर्दछ, तिनीहरूका लागि अपमानित यातना तयार गरेर राखेको छ ॥ र जसले मुसलमान महिला र पुरुषहरूलाई दुःख दिन्छन् बिना अपराधको, तिनीहरूले आरोप र स्पष्ट पापको बोझ उठाए ॥ फट्कार पाउनेछन्, पक्राउ खानेछन् र नराम्रोसँग मारिनेछन् ॥ ऐ हाम्रो रब, उनीहरूलाई दुई गुणा यातना दे, र तिनीहरूमाथि भारी फट्कार गर ॥      
—मंजिल ५/सिपारा २२/३३ सूरः अल-अहजाब/आयत ५३, ५७, ५८, ६१, ६८ ॥
समीक्षक— वाह ! के खुदाले आफ्नो खुदाईलाई धर्मको साथ देखाइरहेको छ ? जस्तो रसूललाई दुःख दिन निषेध गर्नु त ठीक हो परन्तु दोस्रालाई दुःख दिनमा रसूललाई पनि रोक्नु योग्य थियो, किन रोकेन ? के कसैले दुःख दिनाले अल्लाह पनि दुःखी हुन जान्छ ? यदि यस्तै हो भने त त्यो ईश्वर नै हुन सक्दैन । के अल्लाह र रसूललाई दुःख दिनाको निषेध गर्नाले यो सिद्ध हुँदैन कि अल्लाह र रसूलले जसलाई चाहन्छन् दुःख दिने ? जसरी मुसलमान पुरुष र महिलालाई दुःख दिनु नराम्रो हो भने त यिनीहरूबाट अन्य मनुष्यलाई दुःख दिनु पनि नराम्रो हो । मुसलमानदेखि बाहेक के अन्य सबैलाई दुःख दिनुपर्दछ ? यदि यस्तो मान्ने हो भने त उसको यो कुरो पनि पक्षपातको हुन्छ । वाह दङ्गा मचाउनेवाला खुदा र नबी ! जस्ता यी निर्दयी हुन् त्यस्तै निर्दयी संसारमा एकदमै थोरै मात्र होलान् । जस्तो यहाँ कि ‘अन्य जनहरू जहाँसुकै पाइयून्, मारियून्, पक्राउ खाऊन्’ जस्ता कुराहरू लेखेका छन्, त्यस्तै मुसलमानहरूमाथि कसैले आज्ञा दिएमा त यो कुरो नराम्रो लाग्दछ वा लाग्दैन होला ? वाह कस्ता हिंस्र पैगम्बर आदि छन् कि जो परमेश्वरको प्रार्थना गरेर आफूबाट दोस्रालाई दुईगुणा दुःख दिनको लागि प्रार्थना गर्न लेखिएको छ । यो पनि पक्षपात मतलबसिन्धुपन र महा अधर्मको कुरा हो । यसैले अहिले पनि मुसलमानहरूमा धेरै शठहरू यस्तै कर्म गर्नमा डराउँदैनन् । यो ठीक हो कि सुशिक्षाको बिना मनुष्य पशुको समान रहन्छ ॥१३६॥
मूल-१३७— र अल्लाह नै हो जसले हावालाई पठाउँछ, फेरि त्यसले बादललाई उठाउँछ, फेरि हामीले त्यसलाई कुनै एक शुष्क र मृत देशतिर लग्यौं, फेरि त्यसद्वारा धर्तीलाई उसको मृत हुन जानको पश्चात् फेरि जीवित गराइदियौं, यसै प्रकारबाट हुनेछ दोस्रो पटकको ब्युँतने क्रम पनि ॥ जसले हामीलाई आफ्नो उदार कृपाले वास गर्नको लागि यस्तो घरमा उतारेको छ, जहाँ न हामीलाई कष्ट गर्नपर्दछ, न त थकाइ नै लाग्दछ ॥              
—मंजिल ५/सिपारा २२/३५ सूरः अल-फातिर/आयत ९, ३५ ॥
समीक्षक— वाह कस्तो फिलोसफी खुदाको छ । पठाउँछ वायुलाई, फेरि उठाउँदै फिर्दछ बादललाई ! र खुदा त्यसबाट मुर्दाहरूलाई ब्युँताउँदै फिर्दछ । यो कुरो ईश्वरसम्बन्धी कहिल्यै हुन सक्दैन, किनभने ईश्वरको काम निरन्तर एकखाले भइरहन्छ । जुन घर छन् ती बिना बनावटको हुन सक्दैन र यदि बनावटको हो भने त सदा रहन सक्दैन । जसको शरीर छ त्यो परिश्रमको बिना दुःखी हुन्छ र शरीरवाला रोगी भए बिना कहिल्यै बच्दैन । जो एक स्त्रीसँग समागम गर्दछ, त्यो बिना रोगको बच्न सक्दैन भने त, जसले धेरै स्त्रीहरूको विषयभोग गर्दछ, त्यसको के दशा हुन्छ होला ? त्यसैले मुसलमानहरूको स्वर्ग पनि सुखदायक सदा हुन सक्दैन ॥१३७॥
मूल-१३८— कसम छ कुरान सृदृढको ॥ निश्चय नै तँ रसूलहरू मध्येमा होस् ॥ अत्यन्त सीधा मार्गमा ॥ यो सर्वशक्तिमान् र दयावान् अल्लाहतिरबाट उतारिएको हो ॥           
 —मंजिल ५/सिपारा २३/३६ सूरः या-सीन/आयत २, ३, ४, ५ ॥
समीक्षक— अब हेर्नुहोस् ! यो कुरान खुदाले बनाएको हुन्थ्यो भने त त्यसले यो सौगन्ध किन खान्थ्यो ? यदि नबी खुदाले पठाएको हुन्थ्यो भने त, लेपालक छोराकी स्त्रीमाथि किन मोहित भयो ? यो कथनमात्रै हो कि कुरानलाई मान्नेहरू सीधा मार्गमा छन् । किनभने सीधा मार्ग त्यही हुन्छ जसमा सत्य मानिन्छ, सत्य बोलिन्छ, सत्य गरिन्छ; पक्षपात रहित न्याय धर्मको आचरण गर्नु आदि हो र यसदेखि विपरीतको त्याग गर्नु । सो न कुरानमा, न मुसलमानहरूमा, न त यिनको खुदामा यस्तो स्वभाव छ । यदि सबैमाथि प्रबल पैगम्बर मुहम्मद साहेब हुन्थे भने त, सबै भन्दा अधिक विद्यावान् र शुभगुणयुक्त किन भएनन् ? यसैले जसरी कुञ्जरीले आफ्ना बयँरलाई अमिला भन्दिन, त्यस्तै यो कुरो पनि छ ॥१३८॥
मूल-१३९— र नरसिंघा (महाशङ्ख) फुकेर बजाइनेछ, फेरि के देख्नेछौ कि अचानक उनीहरू चिहान बाट निस्केर आफ्नो मालिकतिर दौडनेछन् ॥ आज मैले उनीहरूको मुखमा मोहर लगाइदिनेछु र उनीहरूका हात मसित बोल्नेछन् जे-जति कमाए र उनीहरूका खुट्टाले साक्षी दिनेछन् जे-जति गरे ॥ उसको मामला त बस यही हो कि जब उसले कुनै चीज पैदा गर्नको लागि सङ्कल्प गर्दछ, तब त्यसलाई भन्दछ कि— “भइजा !” र त्यो भैहाल्दछ ॥      
—मंजिल ५/सिपारा २३/३६ सूरः या-सीन/आयत ५१, ६५, ८२ ॥
समीक्षक— अब सुन्नुहोस् कि ऊटपटाङ्गका कुराहरू ! खुट्टाले कहिल्यै साक्षी दिन सक्दछन् ? खुदाको सिवाय त्यस समयमा को थियो जसलाई उसले आज्ञा दियो ? उसको आज्ञा कसले सुन्यो ? र को बन्न गयो ? यदि थिएन भने त यो कुरो झुटो र यदि थियो भने त त्यो कुरो— “जुन सिवाय खुदाको केही चीज थिएन र खुदाले सबैथोक बनाइदियो”— त्यो झुटो ॥१३९॥
मूल-१४०— उनीहरूलाई यस्तो मदिराको प्याला ल्याएर घुमाइनेछ कि भाँडो भरी हुनेछ ॥ स्वच्छ पारदर्शी पिउनेवालाहरूको लागि सुस्वादु ॥ र उनीहरूसित नजर झुकाएकी ठूला-ठूला आँखा भएकी स्त्रीहरू हुनेछन् ॥ मानौं कि अण्डा हुन् लुकाएर राखिएका ॥ के अब हामीलाई मर्न पर्दैन ॥ र निस्सन्देह लूत पनि पैगम्बरहरू मध्येबाटै थियो ॥ जब कि मैले उसलाई र उसका मान्छेहरूलाई मुक्ति दिएँ, सिवाय एउटी बुढी पछि रहनेहरू वालामा थिई ॥ फेरि मैले अरूलाई मारिदिए ॥
—मंजिल ६/सिपारा २३/३७ सूरः अस-साफ्फात/आयत ४५, ४६, ४८, ४९, ५८, १३३-१३७ ॥
समीक्षक— किनजी यहाँ त मुसलमानहरू रक्सीलाई नराम्रो बताउँछन्, परन्तु यिनको स्वर्गमा त नदीको नदी बगेको छ । यति त राम्रो हो कि यहाँ त कुनै प्रकारले मद्य पिउन छुटाएका छन्, परन्तु यहाँको साटोमा वहाँ उनका स्वर्गमा बडो नराम्रो छ ! बिना स्त्रीहरूको वहाँ कसैको चित्त स्थिर रहँदैन होला ! र भयङ्कर रोग पनि हुन्छन् होला ! यदि शरीरवाला हुन् भने त अवश्य मर्नेछन् र यदि शरीरवाला होइनन् भने त, त्यो विघ्नको भोग विलास नै गर्न सक्ने भएनन् । फेरि उनीहरूको स्वर्गमा जानु व्यर्थ हुनेछ । यदि लूतलाई पैगम्बर मान्दछन् भने त, जुन बाइबलमा लेखिएको छ कि— ‘उसले आफ्नी दुईओटी छोरीहरूसँग सम्भोग गरेर दुईओटा छोरा जन्मायो’ यस कुरालाई पनि मान्दछौ कि मान्दैनौ ? यदि मान्दछौ भने त यस्तोलाई पैगम्बर मान्न व्यर्थ छ । यदि यस्ता र यस्तैका सङ्गीहरूलाई खुदाले मुक्ति दिन्छ भने त, त्यो खुदा पनि त्यस्तै हो । किनभने बुढियाको कथा भन्नेवाला र पक्षपात गरेर अरूलाई मार्नेवाला खुदा कहिल्यै हुन सक्दैन । यस्तो खुदा मुसलमानहरूका घरमा नै रहन सक्दछ, अन्यत्र होइन ॥१४०॥
मूल-१४१— सदाबहार बगैंचा जसको द्वार उनीहरूको लागि खोलिएको हुनेछ ॥ तिनीहरू त्यसमा शिरानी हालेर बसेका हुनेछन्, र अनेक प्रकारको फल पेय पदार्थ मागिराख्नेछन् ॥ र उनीहरूसित नजर झुकाएकी शर्मिली अनि समान आयुवाली पत्नीहरू हुनेछन् ॥ अतः सबै फरिश्ताहरूले नमन गरे ॥ परन्तु इबलीसले घमण्ड गरेर अवज्ञाकारीमा हुन गयो ॥ सोध्यो कि, ऐ इबलीस तँलाई कुन चीजले रोक्यो कि यसलाई सजदा गर्नमा, जसलाई कि मैले मेरो दुइटै हातले बनाएको हुँ, कि तैंले घमण्ड गरेको होस् कि ठूलो हूँ भनेर ॥ उसले भन्यो, म आदम भन्दा श्रेष्ठ छु, तैंले मलाई आगोबाट पैदा गरेको छस् र यसलाई माटोबाट ॥ भन्यो कि तँ यहाँबाट तुरुन्त निस्केर जा, किनभने तँ तिरस्कृत होस् ॥ र तँमाथि मेरो धिक्कार छ बदलाको दिनसम्म ॥ इबलीसले भन्यो कि, ऐ मेरो मालिक, मलाई अवकाश दे त्यस दिनसम्मको लागि जब सबै मुर्दाहरूलाई पुनः चिहानबाट उठाइनेछ ॥ भन्यो कि तँलाई अवकाश दिइएको छ ॥ निर्धारित समयको लागि ॥ उसले भन्यो कि तेरो सम्मानको कसम, मैले ती सबैलाई भ्रमित पारेर राख्नेछु ॥ सिवाय तेरा ती बन्दाहरू जसलाई तैंले पवित्र गरेको छस् ॥        
—मंजिल ६/सिपारा २३/३८ सूरः साद/आयत ५०-५३, ७३-८३ ॥
समीक्षक— यदि वहाँ जस्तो कि कुरानमा बगैंचा, नहर, घर, खानपान, आभूषण, मौजमस्ती लेखिएको छ त्यस्तो छ भने त, ती न सदादेखि थिए न सदा रहन सक्दछन् किनभने जो संयोगबाट पदार्थ बन्दछ त्यो संयोगको पूर्व थिएन, अवश्यभावी वियोगको अन्तमा पनि रहनेछैन । जब त्यो बगैंचा नै रहँदैन भने त त्यसमा रहँनेवालाहरू सदा कसरी रहँन सक्दछन् ? किनभने ‘गद्दी, शिरानी, मेवा-फल र पेय पदार्थ’ वहाँ मिल्नेछ लेखिएको छ । यसबाट यही सिद्ध हुन्छ कि जुन समयमा मुसलमानहरूको मजहब चल्यो, त्यस समयमा अरब देश विशेष धनाढ्य थिएन, यसैले मुहम्मद साहेबले शिरानी आदिको कथा सुनाएर गरीबहरूलाई आफ्नो मतमा फसाए, र जहाँ स्त्रीहरू हुन्छन् त्यहाँ निरन्तर सुख कहाँ ? ती स्त्रीहरू वहाँ कहाँबाट आए ? अथवा स्वर्गका हुन् ? यदि आएका हुन् भने त जानेछन् र त्यहींका नै हुन् भने त कयामतको पूर्व के गर्दथे ? के निकम्मा आफ्नो उमेरलाई बिताइराखेका थिए ? अब हेर्नुहोस् खुदाको तेज ! जसको हुकुम अन्य फरिश्ताहरूले मानेर आदम साहेबलाई नमस्कार गरे र शैतानले गर्न मानेन । खुदाले शैतानलाई सोध्यो कि मैले तँलाई आफ्नो दुइटै हातले बनाएँ, तैंले अभिमान नगर । यसबाट यही सिद्ध हुन्छ कि कुरानको खुदा दुई हातवाला मनुष्य थियो । यसैले त्यो व्यापक वा सर्वशक्तिमान् कहिल्यै हुन सक्दैन । र शैतानले सत्य कुरा भन्यो कि म आदम भन्दा उत्तम छु, यसमाथि खुदाले रिस किन गर्‍यो ? के आकाश मात्रै खुदाको घर हो पृथ्वी होइन ? त्यसो हो भने काबालाई खुदाको पहिलो घर किन लेखियो ? भला परमेश्वर आफूबाट वा सृष्टिबाट अलग कसरी निकाल्न सक्दछ ? र त्यो सृष्टि सबै परमेश्वरको हो यसबाट स्पष्ट विदित हुन्छ कि कुरानको खुदा बगैंचाको जिम्मेदार थियो । खुदाले त्यसलाई धिक्कारेर कैद गर्‍यो शैतानले भन्यो कि हे मालिक ! मलाई कयामतसम्म छोडिदे । खुदाले खुशी हुँदै कयामतको दिनसम्म छोडिदियो । जब शैतान छुट्यो तब खुदासँग भन्दछ कि अब मैले मज्जासित भ्रमित पार्नेछु र आतङ्कित गराउनेछु । तब खुदाले भन्यो कि जतिलाई तैंले भ्रमित पार्नेछस् ती र तँलाई समेत दोजख (नरक) मा हाल्नेछु । अब सज्जनहरूले विचार गर्नुहोस् ! कि शैतानलाई बहकाउनेवाला खुदा हो कि आफै बहकेको हो ? यदि खुदाले भ्रमित पारेको हो भने त खुदा शैतानको पनि शैतान ठहरियो । यदि शैतान स्वयं भ्रमित भयो भने त अन्य जीव पनि स्वयं भ्रमित हुनेछन्, शैतानको आवश्यकता छैन ! र जसबाट यस शैतान बागीलाई खुदाले खुला छोडिदियो यसबाट विदित भयो कि त्यो पनि शैतानको शरीक, अधर्म गराउनेमा भयो । यदि स्वयंले चोरी गराएर दण्ड दिन्छ भने त, त्यसको अन्यायको कुनै पारावार हुँदैन ॥१४१॥
मूल-१४२— निस्सन्देह अल्लाहले समस्त पापहरूलाई क्षमा गरिदिन्छ, ऊ बडो क्षमावान् र कृपालु छ ॥ र धर्ती सम्पूर्ण रूपबाट उसको मुट्ठीमा हुनेछ, कयामतको दिन र समस्त आकाश लपेटिएको हुनेछ उसको दाहिने हातमा ॥ र धर्ती आफ्नो मालिकको प्रकाशबाट चम्कनेछ, र किताब राखिनेछ अनि पैगम्बर र साक्षी उपस्थित गराइँनेछ, र मनुष्यहरूलाई ठीक-ठीक निर्णय गरिनेछ कुनै अत्याचार गरिनेछैन ॥     —मंजिल ६/सिपारा २४/३९ सूरः अज-जुमार/आयत ५३, ६७, ६९ ॥
समीक्षक— यदि समग्र पापलाई खुदाले क्षमा गर्दछ भने त, जान्नु सबै संसारलाई पापी बनाउँछ र दयाहीन हुन्छ, किनभने एक दुष्टमाथि दया र क्षमा गर्नाले त्यसले अधिक दुष्टता गर्नेछ र थुप्रै धर्मात्माहरूलाई दुःख दिनेछ । यदि किञ्चित् पनि अपराध क्षमा गरियो भने त, अपराध नै अपराध जगत्‌मा छाउनेछ । के परमेश्वर अग्निवत् प्रकाशवाला हो ? र कर्मपत्र कहाँ जम्मा रहन्छन् ? र कसले लेख्दछ ? यदि पैगम्बरहरू र साक्षीहरूको भरोसामा खुदाले न्याय गर्दछ भने त, त्यो असर्वज्ञ र असमर्थ हो । यदि उसले अन्याय गर्दैन, न्याय नै गर्दछ भने त कर्महरूको अनुसार गर्दछ होला । ती कर्म पूर्वापर वर्तमान जन्महरूका हुन सक्दछन् तब त पाप क्षमा गर्ने, हृदयमा ताला लगाउने र शिक्षा नगर्ने, शैतानबाट भ्रमित पार्ने, दौरासुपुर्द (कुराइमा) राख्ने जस्ता कुराहरू केवल अन्याय हो ॥१४२॥
मूल-१४३— यस किताबको अवतरण प्रभुत्वशाली, सर्वज्ञ अल्लाहतिरबाट भएको हो ॥ जसले गुनाह क्षमा गर्दछ, तौबा कबूल गर्दछ, कठोर दण्ड दिन्छ, शक्तिमान् छ, उसको अतिरिक्त दोस्रो कोई पूज्य-प्रभु छैन, अन्ततः उसैतिर जानु छ ॥              
—मंजिल ६/सिपारा २४/४० सूरः गाफिर/आयत २, ३ ॥
समीक्षक— यो कुरा यसको लागि हो कि भोले मान्छेहरू अल्लाहको नामबाट यस पुस्तकलाई मान्नेछन् कि जसमा थोरै सत्य राखेर बाँकी सबै असत्य भरिएको छ । साथै त्यो सत्य पनि असत्यसँग मिसिन गएर दूषित भएको छ । यसैले कुरान र कुरानको खुदा र यसलाई मान्नेहरू पाप वर्द्धक र पाप गर्ने-गराउनेवाला हुन्, किनभने ‘पाप क्षमा गर्नु अत्यन्त अधर्म’ हो । किन्तु यसैले गर्दा मुसलमानहरू पाप र उपद्रव गर्नमा डराउँदैनन् ॥१४३॥
मूल-१४४— फेरि उसले दुई दिनमा सात आकाश बनायो र प्रत्येक आकाशमा उसले कामको रफ्फा-डफ्फाको आदेश पठायो ॥ तब उनका कान, आँखा र छालाले उनको विरुद्ध ती कुराहरूको साक्षी दिनेछन्, जो उनीहरूले गरेका थिए ॥ उनीहरूले आफ्नो छालासित भन्नेछन् कि तैंले हाम्रो विरुद्ध किन गवाही दिइस् ? तब तिनीहरूले भन्नेछन्, हामीलाई उसै अल्लाहले वाणी दिएकोछ जसले प्रत्येक चीजलाई वाक्-शक्ति प्रदान गरेको छ ॥ निस्सन्देह वही मुर्दाहरूलाई जीवित गर्नेवाला हो ॥
          —मंजिल ६/सिपारा २४/४१ सूरः फुस्सीलत/आयत १२, २०, २१, ३९ ॥
समीक्षक— वाह जी वाह मुसलमानहरू हो ! तिम्रो खुदा जसलाई तिमीले सर्वशक्तिमान् मान्दछौ भने त, त्यसले सात आकाशलाई दुई दिनमा बनाउन सक्यो ? र जो सर्वशक्तिमान् हुन्छ त्यसले त क्षणभरमा नै सबैलाई बनाउन सक्दछ । भला कान, आँखा र छालालाई ईश्वरले जड बनाएको छ तिनीहरूले साक्षी कसरी दिन सक्दछन् ? यदि साक्षी नै बोलाउने हो भने त, त्यसले प्रथममा किन जड बनायो ? र आफ्नो पूर्वापर नियम विरुद्ध किन गर्‍यो ? यसमा पनि बढी मिथ्या कुरो यो हो कि जब जीवमाथि साक्षी दियो, तब जीवले आफ्नो-आफ्नो छालासित सोध्यो कि तैंले हामीमाथि किन साक्षी दिइस् ? छालाले भन्यो कि खुदाले बोलायो मैले के गरूँ । भला यस्तो कुरा पनि कहिल्यै हुन सक्दछ ? जस्तै कसैले भन्दछ कि बन्ध्याको पुत्रको मुख मैले देखें, यदि पुत्र छ भने त बन्ध्या किन ? यदि बन्ध्या हो भने त पुत्र हुनै असम्भव छ । यसै प्रकारको यो मिथ्या कुरो हो । यदि त्यसले मुर्दाहरूलाई ब्युँताउने काम गर्दछ भने त पहिला मार्दछ किन ? के आफू पनि मुर्दा हुन्छ कि हुँदैन ? यदि हुन सक्दैन भने त मुर्दापनलाई किन नराम्रो मान्दछ ? र कयामतको रातसम्म मृतक जीव कुन मुसलमानको घरमा रहे ? र दौरासुपुर्द (कुराइमा) खुदाले बिना अपराध किन राख्यो ? शीघ्र न्याय किन गरेन ? यस्ता-यस्ता कुराले ईश्वरतामा कलङ्कक लाग्दछ ॥१४४॥
मूल-१४५— उसैको अधिकारमा आकाश र धर्तीका कुञ्जिहरू छन्, उसले जसको लागि चाहन्छ अधिक जीविका दिने गर्दछ र जसलाई चाहन्छ थोरै दिन्छ ॥ उसले जो चाहन्छ पैदा गर्दछ, उसले जसलाई चाहन्छ छोरी प्रदान गर्दछ र जसलाई चाहन्छ छोरा प्रदान गर्दछ ॥ अथवा उनीहरूलाई एकत्र गरिदिन्छ छोरा पनि र छोरी पनि, र जसलाई चाहन्छ निःसन्तान राख्दछ ॥ र कुनै मनुष्यको यो सामर्थ्य छैन कि अल्लाहले उससँग कुरा गरोस्, परन्तु आयतको माध्यमबाट अथवा पर्दाको पछाडिबाट अथवा कुनै फरिश्तालाई पठाएर ॥          
—मंजिल ६/सिपारा २४/४२ सूरः अश-शूरा/आयत १२, ४९, ५०, ५१ ॥
समीक्षक— खुदासँग कुञ्जिहरूको भण्डार भरिएको छ होला । किनभने सबै ठेगानहरूको ताला खोल्नुपर्ने हुन्छहोला ! यो लडकपनको कुरा हो । के जसलाई चाहन्छ त्यसलाई बिना पुण्य कर्मको ऐश्वर्य दिन्छ ? र घट्बढ गर्दछ ? यदि यस्तै हो भने त, त्यो बडो अन्यायकारी हो । अब हेर्नुहोस् कुरान बनाउनेवालाको चतुराई ! कि जसबाट स्त्री पनि मोहित भएर फसून् । यदि जो चाहन्छ उत्पन्न गर्दछ भने त दोस्रो खुदालाई पनि उत्पन्न गर्न सक्दछ कि सक्दैन ? यदि गर्न सक्दैन भने त सर्वशक्तिमत्ता यहाँनेर अड्कियो । भला मनुष्यलाई त खुदाले जसलाई चाहन्छ छोरा-छोरी दिन्छ, परन्तु कुखुरा, माछा, सुँगुर आदि जसको थुप्रै छोरा-छोरी हुन्छन् तिनलाई कसले दिन्छ ? र स्त्री पुरुषको समागम बिना किन दिंदैन ? फेरि कसैलाई आफ्नो इच्छाले बाँझो राखेर दुःख किन दिन्छ ? वाह ! खुदा कति तेजस्वी छ कि उसको सामुन्ने कसैले कुरा गर्न सक्दैन ! परन्तु उसले पहिला भनेको छ कि पर्दा हालेर कुरा गर्न सक्दछ वा फरिश्ताहरूले खुदासँग कुरा गर्न सक्दछन् अथवा पैगम्बरले कुरा गर्न सक्दछन् । यदि यस्तै कुरा हो भने त फरिश्ता र पैगम्बरले खुब आफ्नो मतलब खिच्दछन् होला ! यदि कोई भन्दछ कि खुदा सर्वज्ञ सर्वव्यापक हो, तब त ‘पर्दा राखेर कुरा गर्न र हुलाकीले झैं खबर मगाएर जान्नु-लेख्नु’ व्यर्थ छ । यदि यस्तै हो भने त, त्यो खुदा नै होइन किन्तु चालाक मनुष्य होला । यसैले यो कुरान कहिल्यै ईश्वरकृत हुन सक्दैन ॥१४५॥
मूल-१४६— जब ईसा स्पष्ट प्रमाणहरूको साथमा आयो ॥                    
    —मंजिल ६/सिपारा २५/४३ सूरः अज-जुखरुफ/आयत ६३ ॥
समीक्षक— यदि ईसा पनि खुदाले पठाइएको हो भने त, उसको उपदेशको विरुद्ध कुरान खुदाले किन बनायो ? फेरि कुरानदेखि विरुद्ध इञ्जील किन बनायो ? यसैले यी किताबहरू ईश्वरकृत होइनन् ॥१४६॥
मूल-१४७— यसलाई समात र घिसार्दै नरकको मध्यसम्म लैजाओ ॥ र हामीले उनैसँग विवाह गरिदिनेछौं गोरी ठूला-ठूला आँखा भएकीसँग ॥
              —मंजिल ६/सिपारा २५/४४ सूरः अद-दुखान/आयत ४७, ५४ ॥
समीक्षक— वाह ! कस्तो खुदा न्यायकारी हुँदै पक्राउने र प्राणीहरूलाई घिसार्ने ? जब मुसलमानहरूको खुदा नै यस्तो छ भने त, त्यसका उपासक मुसलमान अनाथ निर्बलहरूलाई समातेर घिसारेमा त यसमा के आश्चर्य हुन्छ ? र उसले संसारी मनुष्यकै समान विवाह पनि गराउँछ, जान्नु कि मुसलमानहरूको पुरोहित नै हो ॥१४७॥
मूल-१४८— यदि काफिरहरूसँग मुठभेड भएमा गर्दनमा मार्नु, यहाँसम्म कि जब मजासँग रक्तपात भएपछि बलियोसँग बाँधिदिनु, त्यसपछि उपकार गर्नु या क्षतिपूर्ति लिनु ॥ र कयौं यस्ता बस्ती जुन शक्तिमा तिम्रो यस बस्तीदेखि अधिक ताकतवर थिए, जसले तिमीलाई निकाले, मैले उनीहरूलाई नष्ट गरिदिएँ, कोई उनीहरूका सहायक भएनन् ॥ जन्नत (स्वर्ग) को उदाहरण, जसको वादा डराउनेवालाहरूसँग गरिएको थियो, जसको विशेषता यो हो कि यसमा नहर बग्दछन्, यस्तो पानी कि जुन परिवर्तन हुँदैन र दूधको नहर हुनेछ, जसको स्वाद बदलिएको हुँदैन, र मदिराको नहर हुनेछ जुन पिउनेवालाहरूको लागि स्वादिष्ट हुनेछ र महको नहर हुनेछ जुन अत्यन्तै स्वच्छ हुनेछ ॥ र उनीहरूका लागि अनेक प्रकारको फल हुनेछ र खुदातिरबाट क्षमा हुनेछ ॥          
—मंजिल ६/सिपारा २६/४७ सूरः मुहम्मद/आयत ४, १३, १५ ॥
समीक्षक— यसैले यो कुरान, खुदा र मुसलमान आतङ्क मच्चाउने, सबैलाई दुःख दिने र आफ्नो मतलब साध्नेवाले दयाहीन हुन् । जस्तो यहाँ लेखिएको छ त्यस्तै दोस्रा, कुनै दोस्रो मतवालाले मुसलमानहरूमाथि गरेमा त मुसलमानहरूलाई त्यस्तै दुःख जस्तो कि अन्यलाई दिन्छन्, हुन्छ कि हुँदैन होला ? र बडो पक्षपाती हुन् कि जसले मुहम्मद साहेबलाई निकालिदिए उनीहरूलाई खुदाले मार्‍यो । भला ! जसमा शुद्ध पानी, दूध, मद्य र महको नहर छन् त्यो संसारदेखि अधिक हुन त कबै सक्दैन ? र दूधको नहर कहिल्यै हुन सक्दैन ? किनभने त्यो थोरै समयमा नै बिग्रन्छ । यसैले गर्दा बुद्धिमान्हरूले कुरानको मतलाई मान्दैनन् ॥१४८॥
मूल-१४९— जब कि धर्ती थरथराएर कांप्नेछ ॥ र पहाड टुटेर चूर्ण-विचूर्ण हुन जानेछ ॥ ती छरिएको धुलो भएर रहनेछन् ॥ दायाँ हातवाला (सौभाग्यशाली), कसरी हुनेछन् दायाँ हातवाला ॥ र बायाँ हातवाला (दुर्भाग्यशाली), कसरी हुनेछन् बायाँ हातवाला ॥ माथि पलङ्ग सुनका तारहरूले बुनेका छन् ॥ आमुन्ने-सामुन्ने शिरानी राखिएको हुनेछ ॥ उनीहरूसँग किशोर हुनेछन् जो सदैव किशोरावस्थामै रहनेछन् ॥ गिलास र जग मदिराले भरिएका घुमिरहँनेछन् ॥ जसलाई पिउनाले न त टाउको दुख्नेछ न त बुद्धिमा विकार आउनेछ ॥ र स्वादिष्ट फल जो मनले चाहन्छ ॥ र पक्षीको मासु जो उनीहरूले चाहन्छन् ॥ ठूला आँखा भएकी स्त्रीहरू ॥ मानौं लुकाइएका मोती हुन् ॥ उच्चकोटिका बिछौना हुनेछन् ॥ मैले ती महिलाहरूलाई विशेष रूपबाट बनाएको छु ॥ फेरि उनीहरूलाई कुमारी राखिएकोछ ॥ मन मोहनीवाली र समान आयुवाली ॥ फेरि जसबाट आफ्नो पेट भर्नेछौ ॥ बस कसम खान्छु ताराहरूको स्थितिहरूको ॥ र यो ठूलो साक्षी हो तिमीले जान ॥
—मंजिल ७/सिपारा २७/५६ सूरः अल-वाकिया/आयत ४-६, ८-९, १५-२३, ३४-३७, ५३, ७५,७६ ॥
समीक्षक— अब हेर्नुहोस् कुरान बनाउनेवालाको लीलालाई ! भला पृथ्वी त कांपिराख्दछ त्यस समयमा पनि कांपिरहनेछ । यसबाट यो सिद्ध हुन्छ कि कुरान बनाउनेवालाले पृथ्वीलाई स्थिर जान्दथ्यो ! भला पहाडहरूलाई कसरी चूर्ण पार्ला ? यदि धुलोमा किरैसरी मिले पनि सूक्ष्म शरीरधारी रहनेछन् भने त उनको दोस्रो जन्म किन हुँदैन ? वाह जी यदि खुदा शरीरधारी हुन्थेन भने त दाहिने र बायाँ अङ्ग कसरी उभ्भिन्थ्यो ? जब वहाँ खाट पनि सुनको तारले बनेका छन् भने त, सिकर्मी र सुनार पनि छन् होला र उडुसले टोक्दछन् होला ? जसले रात्रिमा तिनीहरूलाई सुत्न पनि दिंदैनन् होला । के शिरानी हालेर निकम्मा बगैंचामा बसिराख्दछन् ? या केही काम गर्दछन् ? यदि बसिराख्दछन् भने त खाएको अन्न पनि पाँचन नहुनाले रोगी भएर शीघ्र मर्दछन् पनि होला ? र जसले काम गर्दछन् होला यहाँको जस्तै मेहनत र मजदुरी होला, परिश्रम गरेर निर्वाह गर्दछन् होला, फेरि यहाँ संसारमा र तिम्रो स्वर्गको बगैंचामा खाशै विशेष के रह्यो, केही पनि रहेन । यदि वहाँ केटाहरू सधैं रहन्छन् भने त, उनका आमा-बाउ पनि रहन्छन् होला र सासू श्वसुर पनि रहन्छन् होला, तब त बडो ठूलो शहर बसेको होला । फेरि मलमूत्रादिको बढ्नाले रोग पनि हुन्छ होला । किनभने जब फल खानेछन्, गिलासमा पानी पिउनेछन् र प्यालामा रक्सी पिउनाले तिनीहरूको न टाउको दुख्नेछ, न त कुनैले जँड्याहा तालमा बोल्नेछ, यथेष्ट मेवा खानेछन् र जनावर अनि पक्षीका मासु लुछ्नेछन् । तब त अनेक प्रकारको दुःख, पक्षी र जनावर छन् होला, हत्या हुनेछ र हाड जहाँ तहाँ फ्याँकिएका होलान् र कसाईहरूको दोकान पनि होला । वाह ! के भनौं यिनको बगैंचाको प्रसंशा ! कि त्यो अरब देश भन्दा पनि बढीचढी देखिन्छ !!! र जब मांस मद्य खाएर पिएर उन्मत्त हुन्छन्, यसैले राम्री-राम्री ठिटी र ठिटा पनि वहाँ अवश्य हुनुपर्दछ नत्र भने त यस्ता नशेबाजहरूको टाउकामा गर्मी चढेर प्रमत्त हुन जानेछन् । अवश्य थुप्रै स्त्री-पुरुषहरूलाई बस्नको लागि बडा-बडा बिछौना चाहियो । जब खुदाले कुमारी केटी बगैंचामा उत्पन्न गर्दछ तब कुमार केटा पनि उत्पन्न गर्दछ होला । भला ! कुमारीहरूको त विवाह जो यहाँबाट उम्मेदवार भएर गएका छन्, उनैको साथमा खुदाले गरायो होला, परन्तु ती सदा रहनेवाला केटाहरूलाई कुनै कुमारीको साथमा विवाह लेखेन भने त के ती पनि उनै उम्मेदवारहरूको साथमा कुमारीवत् बनाएर दियो ? यसको व्यवस्था केही पनि लेखिएन । यो खुदामा ठूलो भुल किन हुन गयो ? यदि बराबर अवस्थावाली सुहागिन स्त्रीहरू पतिलाई पाएर बगैंचामा रहन्छन् भने त ठीक भएन, किनभने स्त्रीहरू भन्दा पुरुषको आयु दुई गुणा, साढे दुई गुणा चाहियो, यो त मुसलमानहरूको स्वर्गको बगैंचाको कथा हो । र नरकमा सिंहोड अर्थात् डमरू वृक्षलाई खाएर पेट भर्दछन् भने त, कण्टक (काँडा) वृक्ष पनि नरक (दोजख) मा होलान्, तब त काँडा पनि बिज्दछ होला, उम्लेको पानी पिउनाले नरकमा दुःख पनि हुन्छ होला । कसम खानु प्रायः झुट्टाहरूको काम हो, सच्चाको होइन । यदि खुदाले नै कसम खान्छ भने त झुटदेखि अलग हुन सक्दैन ॥१४९॥
मूल-१५०— वही हो जसले आकाशहरू र धर्तीलाई ६ दिनमा पैदा गर्‍यो, फेरि सिंहासनमा विराजमान भयो ॥ ईमान ल्याओ अल्लाह र उसका रसूलमाथि र त्यसबाट खर्च गर जसको उसले तिमीलाई अधिकारी बनाएको छ ॥ को छ जसले अल्लाहलाई ऋण दिन्छ, असल ऋण कि त्यसलाई उसले कयौं गुणा गरिदिन्छ ॥                
—मंजिल ७/सिपारा २७/५७ सूरः अल-हदीद/आयत ४, ७, ११ ॥
समीक्षक— यदि ६ दिनमा पृथ्वी र आकाशहरूलाई बनाएर आकाशमा आराम गर्‍यो भने त, त्यो शरीरधारी, एकदेशी, असमर्थ र थाक्नेवाला हुनाले ईश्वर हुन सक्दैन । यदि ईमानमा पैगम्बर पनि शरीक हुन्छ भने त खुदाको शरीक भयो कि भएन ? र मुसलमानहरूको मतमा खुदाको सिवाय पनि ईमान राख्नु आवश्यक हुनाले लाशरीक खुदालाई भन्नु व्यर्थ छ । के खुदाको खजाना अथवा भण्डारमा टोटा पर्‍यो वा कसैले लुट्यो अथवा खुदाले फैन फतूरीमा नाश गरिदियो कि जो कसैसँग पनि उधार (ऋण) माग्दछ र बढाएर दिन स्वीकार गर्दछ । भला ! यस्ता-यस्ता कुराहरू ईश्वर र ईश्वरकृत पुस्तकमा कहिल्यै हुन सक्दैन ॥१५०॥
मूल-१५१— अल्लाहले उनीहरूको लागि कठोर यातना तयार गरेर राखेको छ, निश्चय नै नराम्रो काम हो जो तिनीहरूले गरे ॥ उनीहरूमाथि शैतानले पूरा तरहसँग आफ्नो प्रभाव जमायो, अतः उसले अल्लाहको सम्झनालाई उनीहरूमा बिर्साइदियो, ती शैतानका समुदायवाला हुन् ॥
     —मंजिल ७/सिपारा २८/५८ सूरः अल-मुजादिला/आयत १५, १९ ॥
समीक्षक— यदि मुसलमानी मजहबलाई नमान्ने र तिनीहरू असल हुन्, ती माथि खुदाले क्रोध गरेमा त अन्याय हुन्छ कि हुँदैन ? र जो मुसलमानहरूमा दुष्ट हुन्छ त्यससित प्रेम गरेमा पनि पक्षपाती भएर पापी हुनेछ । यदि खुदाको सृष्टिमा शैतान प्रबल हुन्छ र त्यसलाई उसले समात्न सक्दैन, दण्ड दिंदैन, मार्न सक्दैन, यसैले खुदा सर्वशक्तिमान् न्यायकारी पनि होइन ॥१५१॥
मूल-१५२— त्यो भूमि लूटिएको अनुसारले नबाँडिकन अल्लाहले हजरतको आधीनमा राखिदियो ॥ यही भेद राखे कि लुट र सित्तैको मालमा, जुन लडाईंबाट प्राप्त भएको मालमत्तामा हुन्छ त्यसको पाँचौं भाग अल्लाहको लागि भेट र चार भाग सेना को लागि बाँडिदिने ॥     
—मंजिल ७/सिपारा २८/५९ सूरः अल-हश्र/आयत २, ६ ॥
समीक्षक— के भनौं ! तब नै मुसलमानहरू लुट-मार र फसाद गर्नमा डराउँदैनन् कि जसका खुदा र पैगम्बरले लुटको भूमि आदिलाई पनि स्वीकार गरेर लिए । किनभने त्यस लुटको मालमा पाँचौ भाग अल्लाहको पनि छ । के यी खुदा वा पैगम्बर लुट गराउनेवाला भएनन् । यस्ता खुदा र पैगम्बरलाई कुनै बुद्धिमान्ले मान्नसक्दैन । कतै यस्ताका कुराको प्रमाण हुन सक्दछ ? ॥१५२॥
मूल-१५३— अल्लाह त ती मान्छेहरूसँग प्रेम गर्दछ, जो उसका मार्गमा मिलेर पंक्तिबद्ध हुँदै लड्दछन् ॥                 —मंजिल ७/सिपारा २८/६१ सूरः अस-सफ्फ/आयत ४ ॥
समीक्षक— वाह ठीक छ ! यस्ता-यस्ता कुराहरूको उपदेश गरेर बिचरा अरब देश वासीहरूलाई सबैसँग लडाएर शत्रु बनाउँदै दुःख दिए, फेरि मजहबी नामको झण्डा उठाएर लडाईं फैलाए, यस्तालाई ईश्वर बुद्धिमान् कहिल्यै मान्न सकिंदैन । जसले मनुष्य जातिमा विरोध बढाउँछ, त्यही सबैको दुःखदाता हुन्छ ॥१५३॥
मूल-१५४— यदि तिमीले अल्लाहलाई राम्रो ऋण दियौ भने त उसले तिम्रो लागि कयौं गुण बढाइदिनेछ र तिम्रो पाप क्षमा गरिदिनेछ ॥  
—मंजिल ७/सिपारा २८/६४ सूरः अत-तगाबुन/आयत १७ ॥
समीक्षक— यो ऋण लिनु-दिनु सबै मुहम्मद साहेबको मतलबको कुरा हो । जसरी मूर्तिपूजक मूर्तिको नामबाट मान्छेहरूदेखि धन लिएर स्वकार्य सिद्ध गर्दछन्, यस्तै नै मुहम्मद साहेबको लीला हो । किनभने ईश्वरलाई कर्जा लिनको लागि कुनै प्रयोजन छैन ॥१५४॥
द्रष्टव्य— हजरतले एउटी आफ्नी श्रीमतीलाई आफू र आफ्ना बाँकी श्रीमतीहरूदेखि अलग गरिदिए । हजरतलाई एउटी उनकी मर्यम नामकी बादीसँग असाध्यै प्रीति भएको थियो । फेरि यस कुरालाई उनकी एउटी श्रीमतीले थाहा पाएर रोकिदिइन् । हजरतले रिसाएर उनलाई चाहिं छोडपत्र गरिदिए । यो आयत हजरतका उनै श्रीमतीहरूको लागि हो । कुनै दिन कुनै श्रीमती रिसाई होली, त्यसै कुरामाथि यो आयत उतारे कि— “ऐ नबीकी स्त्रीहरू हो ! यो घमण्ड नगर कि पैगम्बरका लागि हामीहरू मात्रै हौं, सिवाय तिमीमात्रै होइन अरू पनि श्रीमतीहरू फेर्न सक्दछौ ।”
मूल-१५५— ऐ नबी ! तिमीले किन त्यस चीजलाई हराम (निषिद्ध) गर्दछौ जुन अल्लाहले तिम्रो लागि हलाल (वैध) गरेकोछ, आफ्ना पत्नीहरूको प्रसन्नता चाहनको लागि, र अल्लाह बडो दयालु र क्षमा गर्नेवाला छ ॥ यदि पैगम्बरले तिमी सबैलाई तलाक (छोडपत्र) दिएमा त उसको मालिक तिम्रो बदलामा तिमीहरू भन्दा राम्रा श्रीमतीहरू उसलाई दिनेछ, आज्ञाकारी, मुसलमानी, कृतज्ञ, तौबा गर्नेवाली, इबादत गर्नेवाली, रोजा राख्नेवाली, विधवा र कुमारी ॥               
   —मंजिल ७/सिपारा २८/६६ सूरः अत-तहरीम/आयत १, ५ ॥
समीक्षक— ध्यान दिएर हेर्नुहोस् त ! के खुदा मुहम्मद साहेबको घरको भित्र र बाहिर प्रबन्ध गर्नेवाला भला सेवक ठहरियो !!  
प्रथम आयतमाथि दुई कथा छन्— एक त यो हो कि मुहम्मद साहेबलाई महको शर्बत अति प्रिय थियो । उनकी अनेकौं श्रीमतीहरू थिए, ती मध्येमा एउटीको घरमा पिउँदै जाँदा अबेर भएकोले अरूलाई असह्य प्रतीत भयो, उनीहरूका शिकायत भन्ने सुन्ने गरेपछि मुहम्मद साहेबले कसम खाए कि मैले पिउने छैन ।
दोस्रो यो हो कि अनेकौं श्रीमतीहरू मध्येमा कुनै एउटीको पालो थियो । त्यसकहाँ रात्रिको जाँदाखेरि त्यो चाहिं ठाउँमा थिइन; आफ्नो पिताकहाँ गएकी थिई । मुहम्मद साहेबले एउटी ठिटी अर्थात् दासीलाई बोलाएर पवित्र गरे । जब श्रीमतीलाई यसको भनक लाग्यो, तब ती अप्रसन्न हुन गइन् । तब मुहम्मद साहेबले कसम खाए कि आइन्दा मैले यस्तो गर्नेछैन । र श्रीमतीलाई पनि भनिदिए कि यो कुरो तिमीले कसैसँग नगर्नू । श्रीमतीले स्वीकार गरिन् कि भन्नेछैन । फेरि उनले अर्की श्रीमतीसँग गएर भने । यसैमाथि यो आयत खुदाले उतार्‍यो “जुन वस्तुलाई मैले तेरो लागि हलाल गरिदिएँ, त्यसलाई तैंले किन हराम गर्दैछस् ?”
बुद्धिमान्‌हरूले विचार गर्नुहोस् कि कहीं खुदा पनि कसैको घरको निग्रानी गर्दै फिर्दछ ? र मुहम्मद साहेबको आचरण त यस कुराबाट प्रकट नै भएको छ, धेरै बताउनुपर्ने कुनै आवश्यकता नै छैन ।
फेरि दोस्रो आयतबाट प्रतीत हुन्छ कि मुहम्मद साहेबसित उनकी कुनै श्रीमती अप्रसन्न भईहोली, त्यसमाथि खुदाले यो आयत उतारेर त्यसलाई धम्कायो होला कि— “यदि तैंले गडबड गरिस् र मुहम्मद साहेबले तँलाई छोडिदए भने त, उनको खुदाले तँ भन्दा पनि राम्रा कुवाँरी श्रीमतीहरू उनलाई दिनेछ ।”
जो मान्छेसँग अलिकता पनि बुद्धि हुन्छ, त्यसले विचार गर्न सक्दछ कि यो खुदा-सुदाको काम हो कि आफ्नो प्रयोजन सिद्धिको लागि ! यस्ता-यस्ता कुराबाट यो सिद्ध हुन्छ कि खुदाले केही पनि भन्दैनथ्यो, केवल देश-काललाई हेरेर आफ्नो प्रयोजनलाई सिद्ध गर्नको लागि खुदाको तर्फबाट मुहम्मद साहेब आफैले भन्दन्थे । जति पनि मान्छेले खुदाको तर्फबाटै हो भनेर ठोकुवा गर्दछन्, तिनीहरूलाई हामीले मात्रै के, सबै बुद्धिमानीहरूले यही भन्नेछन् कि खुदा के ठहरियो मानौं मुहम्मद साहेबको लागि श्रीमती जुटाइदिने लमी ठहरियो !!!   
भला ! जसले अनेक स्त्रीहरूलाई राख्दछ त्यो ईश्वरको भक्त वा पैगम्बर कसरी हुन सक्दछ ? र जसले एक स्त्रीलाई पक्षपात गरेर अर्कीलाई मान्य गर्दछ भने त, त्यो पक्षपाती भएर अधर्मी किन होइन र जो थुप्रै स्त्रीहरूदेखि पनि सन्तुष्ट नभएर बादीको साथमा फस्दछ, त्यसमा लज्जा, भय र धर्म कहाँबाट रहनें ? कसैले भनेका छन् कि—
कामातुराणां न भयं न लज्जा
जो मनुष्य कामी हुन्छन् तिनीहरूलाई अधर्मदेखि भय या लज्जा हुँदैन । र यिनका खुदा पनि मुहम्मद साहेबकी स्त्रीहरू र पैगम्बरका झगडाको फैसला गर्नमा सरपञ्च बनेको छ । अब बुद्धिमान्हरूले विचार गर्नुहोस् कि यो कुरान कुनै विद्वान् वा ईश्वरकृत हो वा कुनै अविद्वान् मतलबसिन्धुले बनायो ? स्पष्ट विदित हुन जानेछ ॥१५५॥
मूल-१५६— ऐ नबी ! झगडा र युद्ध गर काफिरहरूसँग, र कपटचारी शत्रुहरूसँग जिहाद गर अनि उनीहरूमाथि कठोरताले पेशिनु ॥        
—मंजिल ७/सिपारा २८/६६ सूरः अत-तहरीम/आयत ९ ॥
समीक्षक— अरू हेर्नुहोस् मुसलमानहरूका खुदाको लीला ! अन्य मतवालासँग लड्नको लागि पैगम्बर र मुसलमानहरूलाई उक्साउँछ, यसैले आजसम्म मुसलमानहरू उपद्रव गर्नमा प्रवृत्त रहन्छन् । परमात्माले मुसलमानहरूमाथि कृपादृष्टि गरोस् कि जसबाट यिनीहरूले उपद्रव गर्न छोडिदिएर सबैसँग मित्रताले चलून् ॥१५६॥
मूल-१५७— आकाश फाट्नेछ र त्यस दिन बन्धन खुकुलो हुनेछ ॥ र फरिश्ताहरू त्यसको किनारामा हुनेछन्, अनि त्यस दिन तिम्रो मालिकको सिंहासनलाई आठ जनाले उठाएका हुनेछन् ॥ त्यस दिन तिमीहरूलाई पेश गरिनेछ, तिम्रा कुनै पनि गुप्त कुरा लुक्नैछैनन् ॥ फेरि सबैलाई तिनीहरूका कर्म-पत्र उनीहरूका दाहिने हातमा दिइनेछ, तब तिनीहरूले भन्नेछन् कि ल पढ मेरो कर्म-पत्र ॥ अब रहे ती व्यक्ति जसका कर्म-पत्र उनीहरूका बायाँ हातमा दिइएको हुनेछ, उनीहरूले भन्नेछन् कि काश मेरो कर्म-पत्र मलाई नदिएको भए ॥              
—मंजिल ७/सिपारा २९/६९ सूरः अल-हाक्का/आयत १६-१९, २५ ॥
समीक्षक— वाह कस्तो फिलोसफी र न्यायको कुरा छ ! कतै आकाश पनि फाट्न सक्दछ ? के त्यो वस्त्रको समान हो र फाट्ने ? यदि माथिका लोकलाई आकाश भन्दछन् भने त यो कुरो विद्यादेखि विरुद्ध छ । अब कुरानको खुदा शरीरधारी हुनमा कत्ति पनि सन्देह रहेन, किनभने सिंहासनमा बस्नु, आठ डोलेलाई बोकाउनु, बिना त्यो मूर्तिमान्‌को केही पनि हुन सक्दैन ? र अगाडि वा पछाडि आउने-जाने कुरा मूर्तिमान्‌को नै हुन सक्दछ । जब त्यो मूर्तिमान् छ भने त एकदेशी हुनाले सर्वज्ञ, सर्वव्यापक, सर्वशक्तिमान् हुन सक्दैन र सबै जीवहरूका कर्महरूलाई पनि कहिल्यै जान्न सक्दैन । यो बडो आश्चर्यको कुरा छ कि पुण्यात्माहरूको दाहिने हातमा कर्मपत्रलाई दिने, स्वर्गमा पठाउने र पापात्माहरूलाई देब्रे हातमा कर्मपत्र दिएर नरकमा पठाउने, कर्मपत्र वाँचेर न्याय गर्ने ! सर्वज्ञको काम होइन यो सबै लडकपनको कुरा हो ॥१५७॥
मूल-१५८— पढ्दै त्यसतिर फरिश्ता र रूह (जिब्रील) उसमाथि चढेर जान्छन्, एक त्यस्तो दिनमा जसको अवधि पचास हजार वर्षको समान हुन्छ ॥ जुन दिन चिहानबाट तेजीसँग निस्कनेछन् जस्तो कि कुनै लक्ष्य तिर दौडिएर गैराखेका छन् ॥   
—मंजिल ७/सिपारा २९/७० सूरः अल-मआरिज/आयत ४, ४३ ॥
समीक्षक— जब फरिश्ताले पढ्दछन् तब खुदाले के गर्दछ ? सुन्दछ ? के पढ्न सक्दैन ? यदि पचास हजार वर्षको रात्रिको परिणाम हो भने त, पचास हजार वर्षको दिन किन बनाएन ? यदि उति लामो दिन छैन भने त, त्यति लामो रात पनि कहिल्यै हुन सक्दैन । रात्रिमा न्याय गर्नु ठीक होइन किन्तु दिनमा नै न्यायको लागि ठीक हो । के पचास हजार वर्षहरूसम्म खुदा, फरिश्ता र कर्मपत्रवाले ठिङ्गै उभिए कि बसे अथवा जागाराम बसे ? यदि यस्तै हो भने त सबै रोगी भएर पुनः मर्नेछन् । के चिहानबाट निस्केर खुदाको कचहरीतिर दौडन्छन् ? उनीहरूको चिहानसम्म सूचना कसरी पुग्यो ? र ती विचारहरूलाई त जो कि पुण्यात्मा, पापात्मा छन् यति लामो समयसम्म सबैलाई दौरासुपुर्द (कुराइ) मा कैद किन राख्यो ? र आजभोलि खुदाको कचहरी बन्द होला र खुदा तथा फरिश्ता निकम्मा बसेका होलान् ? अथवा के काम गर्दै होलान् ? आफ्नो-आफ्नो स्थानमा बसेर यता-उता घुम्ने, सुत्ने, नाच तमाशा हेर्ने वा ऐश आराम गर्दछन् होला । यस्तो अन्धेर त कसैको राज्यमा पनि छैन होला । यस्ता-यस्ता कुराहरूलाई सिवाय जङ्गलीले बाहेक दोस्रो कसले मान्दछ ? ॥१५८॥
मूल-१५९— यद्यपि तिमीलाई तरह-तरहसँग बनायो ॥ के तिमीले देखेनौ कि अल्लाहले कुन प्रकार सात आकाश एक माथि एक गरेर बनायो ॥ र त्यसमा चन्द्रमालाई प्रकाश र सूर्यलाई दीपक बनायो ॥                    —मंजिल ७/सिपारा २९/७१ सूरः नूह/आयत १४, १५, १६ ॥
समीक्षक— यदि जीवहरूलाई खुदाले उत्पन्न गरेको हो भने त ती नित्य, अमर कहिल्यै रहँन सक्दैनन् ? फेरि स्वर्गमा सदा कसरी रहँन सक्नेछन् ? जुन वस्तु उत्पन्न हुन्छ, त्यो वस्तु अवश्य नष्ट हुन जान्छ । आकाशलाई एकमाथि अर्को तला कसरी बनाउन सक्दछ ? किनभने त्यो निराकार र विभु पदार्थ हो । यदि दोस्रो चीजको नाम आकाश राख्दछन् भने पनि त्यसलाई आकाश नाम राख्नु व्यर्थ छ । यदि तहमाथि तह गर्दै आकाश बनाएको छ भने त, सबैको बीचमा चन्द्रमा र सूर्य कहिल्यै रहँन सक्दैनन् । यदि बीचमा राखे भने त एउटा माथि र एउटा तलको पदार्थ मात्र प्रकाशित हुनेछ, फेरि बाँकीमा अन्धकार रहनुपर्दछ । यस्तो देखिंदैन, यसैले यो कुरा सर्वथा मिथ्या हो ॥१५९॥
मूल-१६०— र यो कि मस्जिद अल्लाहको लागि हो, अतः तिमीले अल्लाहको साथ अरू कसैलाई नपुकार ॥                 —मंजिल ७/सिपारा २९/७२ सूरः अल-जिन्न/आयत १८ ॥
समीक्षक— यदि यही कुरो हो भने त मुसलमानहरू ‘लाइलाह इल्लिलाः मुहम्मदर्रसूलल्लाः’ यस कलमामा खुदाको साथ मुहम्मद साहेबलाई किन पुकार्दछन् ? यो कुरा कुरानदेखि विरुद्ध छ र यदि विरुद्ध मान्दैनन् भने त कुरानको कुरालाई झुटो गर्दछन् । जब मस्जिदहरू खुदाका घर हुन् भने त मुसलमान महाबुत्परस्त भए । किनभने जसरी पुराणी, जैनी सानो मूर्तिलाई ईश्वरको घर मान्नाले बुत्परस्त ठहरिन्छन् भने, यिनीहरू किन होइनन् ? ॥१६०॥
मूल-१६१— अनि सूर्य र चन्द्रमा एकत्र गरिनेछ ॥
                —मंजिल ७/सिपारा २९/७५ सूरः अल-कियामह/आयत ९ ॥
समीक्षक— कतै सूर्य र चन्द्रमा बटुल्न सकिन्छ ? हेर्नुहोस् यो कति बेसमझको कुरा छ । फेरि सूर्य चन्द्र नै बटुल्नमा के प्रयोजन तथा अन्य सबै लोकहरूलाई नबटुल्नमा के युक्ति छ ? यस्ता-यस्ता असम्भव कुराहरू परमेश्वरकृत कहिल्यै हुन सक्दछ ? बिना अविद्वान्‌हरूको अन्य कुनै विद्वान्‌को पनि हुँदैन ॥१६१॥
मूल-१६२— उनको सेवामा यस्ता केटाहरू दौडिराखेका हुनेछन् कि जो सदैव किशोर देखिनेछन्, जब तिमीले तिनीहरूलाई देख्नेछौ, तब तिमीलाई लाग्नेछ कि छरिएका मोती जस्तो ॥ ती माथि मसिनो हरियो रेशमी वस्त्र हुनेछ, र बाक्लो रेशमी लुगा पनि, र उनीहरूलाई चाँदीका बाला लगाइँनेछ र उनको मालिकले मदिरा पियाउनेछ ॥         
—मंजिल ७/सिपारा २९/७६ सूरः अल-इंसान/आयत १९, २१ ॥
समीक्षक— के हो जी, मोतीका वर्ण जस्ता केटाहरू केको लागि वहाँ राखिन्छ ? के जवानहरूले सेवा वा स्त्रीहरूले तृप्त गर्न सकेनन् ? कति आश्चर्य छ कि यो महा दुस्कर्म केटाहरूको साथ दुष्टले गर्दछन् । त्यसको मूल यही कुरानको वचन हो । र बगैंचामा स्वामी सेवकभाव हुनाले स्वामीलाई आनन्द र सेवकलाई परिश्रम हुनाले स्वर्गमा दुःख तथा पक्षपात किन हुन्छ ? र जब खुदाले नै उनीहरूलाई मदिरा पियाउँछ भने त, त्यो पनि उनीहरूको सेवकवत् ठहरियो, फेरि खुदाको बडाइ कसरी रहँन सक्दछ ? र वहाँ बगैंचामा स्त्री पुरुषको समागम र गर्भस्थितिका साथै बच्चा-बच्चीहरू पनि हुन्छन् कि हुँदैनन् ? यदि हुँदैनन् भने त उनीहरूको विषयसेवन गर्ने कुरा व्यर्थ भयो र यदि हुन्छन् भने त जीव कहाँबाट आए ? र बिना खुदाको सेवाको बगैंचामा किन जन्मिए ? यदि जन्मिए भने त बिचराहरूलाई बिना ईमान ल्याउनाले र खुदाको भक्ति गर्नाले सित्तैमा स्वर्ग मिल्यो । कुनैलाई ईमान ल्याउनपर्ने र कुनैलाई सित्तैमा धर्मको सुख मिल्न जानाले यस भन्दा ठूलो घोर अन्याय कुनचाहिं होला ? ॥१६२॥
मूल-१६३— बदला दिइनेछ उनका कर्मानुसार ॥ र टिलपिल भरिएका प्याला ॥ जुन दिन जिब्रील र फरिश्ता पंक्ति बनाएर उभिनेछन्, कसैले बोल्ने छैन परन्तु जसलाई रहमानले अनुमति दिन्छ र त्यसले उचित कुरो भन्नेछ ॥            
—मंजिल ७/सिपारा ३०/७८ सूरः अन-नबा/आयत २६, ३४, ३८ ॥
समीक्षक— यदि कर्मानुसार फल दिने गरिन्छ भने त, सदा बगैंचामा रहँने गोरी, फरिश्ता र मोती जस्ता केटाहरूलाई कुन कर्मको अनुसार सदाको लागि बगैंचा मिल्यो ? जब प्याला भरी-भरी रक्सी पिउँछन् भने त मस्त हुँदै मातेर किन नलड्ने ? र रूह निराकार हुनाले वहाँ कसरी उभिन सक्दछ ? र खुदा त्यो समयमा उभिन्छ कि बस्छ होला ? ॥१६३॥
मूल-१६४— जब सूर्यलाई बेरिनेछ ॥ सबै तारा मैला हुनेछन् ॥ पहाडलाई चलाइँनेछ ॥ र जब आकाशको छाला काढिनेछ ॥        
—मंजिल ७/सिपारा ३०/८१ सूरः अत-तकवीर/आयत १, २, ३, ११ ॥
समीक्षक— यो बडो बेसमझको कुरा हो कि गोलो सूर्यलोक कसरी बेर्ने ? र तारा मैला कसरी हुन सक्नेछन् ? र पहाड जड हुनाले कसरी चल्नेछन् ? र आकाशलाई के पशु सम्झियो कि उसको छाला काढ्ने ? यो बडो मूर्खता र जङ्गलीपनको कुरा हो ॥१६४॥
मूल-१६५— र जब कि आकाश फाट्नेछ ॥ र जब तारा छरिनेछन् ॥ र जब समुद्रलाई चिरिनेछ ॥ र जब चिहान ब्युँताइँनेछ ॥         
—मंजिल ७/सिपारा ३०/८२ सूरः अल-इन्फितार/आयत १, २, ३, ४ ॥
समीक्षक— वाह जी कुरानलाई बनाउनेवाला दार्शनिक ! आकाशलाई कसरी फाट्न सक्दछ होला ? र तारा कसरी छरिन सक्दछ ? र समुद्र के दाउरा हो जो चिर्ने ? र चिहानहरू मुर्दा हुन् जो ब्युँताउने ? यी सबै कुराहरू बच्चाका सदृश छन् ॥१६५॥
मूल-१६६— कसम छ बुर्जावाला आकाशको ॥ किन्तु त्यो गौरवशाली कुरान हो ॥ सुरक्षित पट्टिकामा अंकित ॥            —मंजिल ७/सिपारा ३०/८५ सूरः अल-बुरूज/आयत १, २१,२२ ॥
समीक्षक— यस कुरानलाई बनाउनेवालाले भूगोल खगोल केही पनि पढेको थिएन । नत्र भने त आकाशलाई किल्लाको समान बुर्जावाला किन भन्थ्यो ! यदि मेषादि राशीलाई बुर्ज भन्दछन् भने त अन्यलाई बुर्ज किन भनेन ? त्यसैले यो बुर्ज होइन, सबै तारालोक हुन् । के त्यो कुरान खुदासँग छ ? यदि यो कुरान उसैले गरेको हो भने त, त्यो पनि यस भन्दा अधिक विद्या र युक्तिले विरुद्ध भएर अविद्याले भरेको छ होला ॥१६६॥  
मूल-१६७— उनीहरूले एउटा चाल चलाइरहेका छन् ॥ र मैले पनि अर्को चाल चलाइरहेको छु ॥                   —मंजिल ७/सिपारा ३०/८६ सूरः अत-तारिक/आयत १५, १६ ॥
समीक्षक— चाल भन्दछन् ठगपनलाई, के खुदा पनि ठग हो ? र के चोरीको उत्तर चोरी र झुटको उत्तर झुट हो ? के कुनै चोरले भलाद्मीको घरमा चोरी गरेमा त, त्यो भलाद्मीले पनि के त्यसको घरमा गएर चोरी गर्ने ? ॥१६७॥
मूल-१६८— र तिम्रो मालिक अनि फरिश्ताहरू पंक्तिमा आउनेछन्, बन्दाहरूको एक-एक पंक्तिनेर ॥ र त्यस दिन नरक ल्याइँनेछ ॥              
—मंजिल ७/सिपारा ३०/८९ सूरः अल-फज्र/आयत २२, २३ ॥
समीक्षक— भन जी ! जसरी कोटवाला वा सेनाध्यक्षले आफ्नो सेना लिएर पंक्ति बाँधेर फिर्दछन्, त्यस्तै नै यिनको खुदाको जमात छ ? के नरक घैंटोजस्तो सम्झिएको छ, जसलाई उठाएर जहाँ चाहन्छ त्यहीं लैजाने । यदि यति नै सानो छ भने त असंख्य कैदी त्यसमा कसरी अटाउन सक्नेछन् ? ॥१६८॥
मूल-१६९— तब अल्लाहका पैगम्बरले उनीहरूलाई भने कि अल्लाहकी ऊँटनी र उसले पानी पिउनबाट सचेत बन ॥ तब उनीहरूले त्यसलाई झुटो बनाइदिए, फेरि ऊँटनीका खुट्टा काटिदिए, र उनका पालनहारले उनका पापको कारण उनीहरूमाथि विनाश मच्चायो, अनि सबैलाई माटोमा मिलाइदियो ॥          —मंजिल ७/सिपारा ३०/९१ सूरः अश-शम्स/आयत १३, १४ ॥
समीक्षक— के खुदा पनि ऊँटनीमाथि चढेर सैर गर्ने गर्दछ ? नत्र भने त केको लागि राख्यो र बिना कयामतको आफ्नो नियमलाई तोडेर ती माथि तबाही किन मच्चायो ? यदि मच्चायो भने त दण्ड दियो, फेरि कयामतको रातमा न्याय र त्यस रातको हुनु झुटो सम्झिनेछ ? यस ऊँटनीको लेखबाट यही अनुमान हुन्छ कि अरब देशमा ऊँट, ऊँटनीको सिवाय दोस्रो सवारीको साधन हुने थिएन । यसैले कुनै अरब देशीले कुरान बनाएको हो ॥१६९॥
मूल-१७०— यदि त्यसले मानेन भने त हामीले टाउकामा समातेर घिसार्नेछौं ॥ त्यस टाउकालाई जुन झुटो, पापी हो ॥ हामीले पनि नरकका फरिश्ताहरूलाई बोलाउनेछौं ॥         
     —मंजिल ७/सिपारा ३०/९६ सूरः अल-अलक/आयत १५, १६, १८ ॥
समीक्षक— यस्तो नीच चपरासीहरूको काम घिसार्नबाट पनि खुदा बचेन । भला टाउको पनि कहिल्यै झुटो र अपराधी हुन सक्दछ ? सिवाय जीवको, कहीं यस्तो पनि खुदा हुनसक्दछ कि जसरी कारागार अध्यक्षलाई जिल्लाको हाकिमले बोलाएझैं ॥१७०॥
मूल-१७१— मैले यसलाई उतारेकोछु कदर को रातमा ॥ र तिमीले के जान्दछौ कि कदरको रात के हो ? ॥ फरिश्ताहरू र रूह (जिब्रील-पवित्रात्मा) यसमा आफ्ना पालनहारको अनुमतिले उत्रिन्छन्, प्रत्येक आदेश लिएर ॥
—मंजिल ७/सिपारा ३०/९७ सूरः अल-कद्र/आयत १, २, ४ ॥
समीक्षक— यदि एकै रातमा कुरानलाई उतारे भने त, त्यो आयत अर्थात् त्यस समयमा उत्रियो र विस्तारै-विस्तारै उतारियो यो कुरो सत्य कसरी हुन सक्दछ ? फेरि रात्रि अँधेरो हुन्छ, यसमा के सोध्नु छ ? वहाँ लेखेर आएका छन् तल-माथि केही पनि हुन सक्दैन र यहाँ लेख्दछन् कि फरिश्ताहरू र पवित्रात्मा खुदाको हुकुमबाट संसारको प्रबन्ध गर्नको लागि आउँछन् । यसैले स्पष्ट विदित भयो कि खुदा मनुष्यवत् एकदेशी हो । अहिलेसम्म देखिएको थियो कि खुदा, फरिश्ताहरू र पैगम्बरहरू तीन ओटाका कथा हुन्थ्यो, अब एक पवित्रात्मा चौथो पनि निस्कियो ! अब नजाने यो चौथो पवित्रात्मा के हो ? यो त ईसाईहरूको मत अर्थात् पिता, पुत्र र पवित्रात्मा तीन ओटालाई मान्नाले चौथो पनि बढ्न गयो । यदि भन्लान् कि यी तीनैलाई हामीले खुदा मान्दैनौं, यस्तो पनि हुन सक्दछ, परन्तु जब पवित्रात्मा पृथक् छ भने त खुदा, फरिश्ता र पैगम्बरलाई पवित्रात्मा भन्नुपर्दछ कि पर्दैन ? यदि पवित्रात्मा हुन् भने त एउटाको मात्रै नाम पवित्रात्मा किन ? र ऊँट, घोडा आदि जनावर, रात-दिन र कुरान आदिको खुदाले कसम खाने गर्दछ, कसम खानु असल मान्छेको काम होइन ॥१७१॥
अब यो कुरानको विषयलाई लेखेर बुद्धिमान्हरूको सम्मुख स्थापित गर्दछु कि यो पुस्तक कस्तो छ ? मसित सोध्यौ भने त, यो किताब न ईश्वर, न विद्वान् न त विद्याको नै हुन सक्दछ । यो त थोरैमात्र यसमा दोष प्रकट गरें, यसको लागि कि धोकामा परेर आफ्नो जन्म व्यर्थ नगुमाऊन् । जे-जति थोरै यसमा सत्य छ त्यो वेदादि पुस्तकहरूको अनुकूल हुनाले जसरी मलाई ग्राह्य छ, त्यसरी नै अन्य मजहबका हठ र पक्षपात रहित विद्वान्‌हरूलाई र बुद्धिमान्हरूलाई ग्राह्य छ । यसको बिना जे-जति यसमा छ त्यो सबै अविद्या, भ्रमजाल र मनुष्यको आत्मालाई पशुवत् बनाएर, शान्तिभङ्ग गराउँदै, उपद्रव मच्चाएर, मनुष्यहरूमा विद्रोह फैलाएर, परस्पर दुःखोन्नति गर्नेवाला विषय छ । साथै पुनरुक्त दोषको त कुरान जान्नु कि भण्डार नै हो । परमात्माले सबै मनुष्यमाथि कृपा गरोस् कि सबैको प्रीति, परस्पर मेल र एक दोस्राको सुखको उन्नति गर्नमा प्रवृत्त होस् । जसरी मैले आफ्नो वा दोस्राका मतमतान्तरहरूको दोष पक्षपात रहित भएर प्रकाशित गर्दछु, यसै प्रकारले यदि सबै विद्वान्‌हरूले गरेमा त के कठिनता छ कि परस्परको विरोध छुटेर, मेल भएर आनन्दमा ऐक्यमत हुँदै सत्यको प्राप्ति सिद्ध नहोस् । यो थोरैमात्र कुरानको विषयमा लेखियो, यसलाई बुद्धिमान् धार्मिक जनहरूले ग्रन्थकारको अभिप्रायलाई सम्झेर लाभ उठाऊन् । यदि भ्रमले कहीं अन्यथा लेखिन गएको भएमा त्यसलाई शुद्ध गर्नुहोला ।
अब एउटा कुरो बाँकी छ कि धेरैजसो मुसलमानहरूले यस्तो भन्ने गर्दछन् र लेखाउने वा छपाउने गर्दछन् कि— “हाम्रो मजहबको कुरा अथर्ववेदमा लेखिएको छ ।” यसको उत्तर यो हो कि अथर्ववेदमा यस कुराको नामोनिशान पनि छैन ।
अथाल्लोपनिषदं व्याख्यास्यामः ।
अस्माल्लां इल्ले मित्रावरुणा दिव्यानि धत्ते । इल्लल्ले वरुणो राजा पुनर्द्ददुः ।
हया मित्रो इल्लां इल्लल्ले इल्लां वरुणो मित्रस्तेजस्कामः ॥१॥
होतारमिन्द्रो होतारमिन्द्र महासुरिन्द्राः ।
अल्लो ज्येष्ठं श्रेष्ठं परमं पूर्णं ब्रह्माणं अल्लाम् ॥२॥
अल्लोरसूलमहामदरकबरस्य अल्लो अल्लाम् ॥३॥
आदल्लाबूकमेककम् । अल्लाबूक निखातकम् ॥४॥
अल्लो यज्ञेन हुतहुत्वा । अल्ला सूर्य्यचन्द्रसर्वनक्षत्राः ॥५॥
अल्ला ऋषीणां सर्वदिव्यां इन्द्राय पूर्वं माया परममन्तरिक्षाः ॥६॥
अल्लः पृथिव्या अन्तरिक्षं विश्वरूपम् ॥७॥
इल्लां कबर इल्लां कबर इल्लां इल्लल्लेति इल्लल्लाः ॥८॥
ओम् अल्लाइल्लल्ला अनादिस्वरूपाय अथर्वणाश्यामा हुं ह्रीं
जनानपशूनसिद्धान् जलचरान् अदृष्टं कुरु कुरु फट् ॥९॥
असुरसंहारिणी हुं ह्रीं अल्लोरसूलमहमदरकबरस्य
अल्लो अल्लाम् इल्लल्लेति इल्लल्लाः ॥१०॥
॥ इत्यल्लोपनिषत् समाप्ता ॥
जुन यसमा प्रत्यक्ष मुहम्मद साहेब रसूल लेखिएको छ, यसैबाट सिद्ध हुन्छ कि मुसलमानहरूको मत वेदमूलक हो ।
उत्तर— यदि तिमीले अथर्ववेद हेरेका छैनौ भने त, हामीकहाँ आउनू ! आरम्भदेखि अन्तसम्म हेर । अथवा जो कोही अथर्ववेदीकहाँ गएर बीस काण्डयुक्त मन्त्रसंहिता अथर्ववेदलाई हेर्न सक्दछौ । त्यसमा कहीं पनि तिम्रा पैगम्बर साहेबको नाम वा मतको निशान देख्नेछैनौ ! र जुन यो अल्लोपनिषद् हो त्यो न अथर्ववेदमा, न यसको गोपथ ब्राह्मणमा छ वा न त कुनै शाखामा छ । यो त अकबरशाहको समयमा अनुमान छ कि कसैले बनायो । यसलाई बनाउनेवाला केही अरबी र केही संस्कृत पनि पढेको देखिन्छ, किनभने यसमा अरबी र संस्कृतका पद लेखिएको देखिन्छ । हेर ! अस्मल्लां इल्ले मित्रा वरुणा दिव्यानि धत्ते इत्यादिमा जुन कि दश अङ्कमा लेखिएको छ जस्तै— यसमा अस्माल्लां र इल्ले अरबी र मित्रा वरुणा दिव्यानि धत्ते यो संस्कृत पद लेखिएको छ, त्यसरी नै सर्वत्र देखिनमा आएकोले कुनै संस्कृत र अरबीलाई पढेकाले बनाएको हो । यदि यसको अर्थलाई हेर्ने हो भने त यो एकदमै कृत्रिम, अयुक्त, वेद र व्याकरणको-रीतिदेखि विरुद्ध सिद्ध हुन्छ । जस्तो यो उपनिषद् बनाइएको छ, त्यस्तै थुप्रै उपनिषद्हरू मतमतान्तरवाले पक्षपातीहरूले बनाएका छन् । जस्तै कि स्वरूपोपनिषद्, नृसिंहतापनी, रामतापनी, गोपालतापनी इत्यादि धेरै बनाएका छन् ।
प्रश्न— आजसम्म कसैले यस्तो भनेन अहिले तिमीले भन्दछौ, हामीले तिम्रो कुरालाई साँचो कसरी मान्ने ?
उत्तर— तिमीले मान्दामा वा नमान्दामा मेरो कुरा झुटो हुन सक्दैन । हो ! जुन प्रकारले यसलाई मैले अयुक्त ठहर्‍याएको छु, त्यसै प्रकारबाट जब तिमीले अथर्ववेद, गोपथ वा यसको शाखाहरूको प्राचीन लिखित पुस्तकहरूमा जस्ताको तस्तै लेख देखाएर अर्थसङ्गतिबाट पनि शुद्ध गरेर देखाऊ, तब त सप्रमाण हुन सक्दछ ।
प्रश्न— हेर ! हाम्रो मत कति असल छ कि जसमा सबै प्रकारको सुख प्राप्ति हुन्छ र अन्तमा मुक्ति पनि मिल्दछ ।
उत्तर— यस्तै नै आफ्ना-आफ्ना मतवाले सबैले भन्दछन् कि हाम्रो मत सबैभन्दा राम्रो छ, बाँकी सबै नराम्रा । बिना हाम्रो मतले दोस्राको मतबाट मुक्ति मिल्न सक्दैन । अब हामीले तिम्रो कुरालाई साँचो मान्ने कि अरूका ? हामीले त यही मान्दछौं कि सत्यभाषण, अहिंसा, दया आदि शुभगुण सबै मतहरूमा राम्रा छन् र बाँकी वाद, विवाद, ईर्ष्या, द्वेष, मिथ्याभाषणादि कर्म सबै मतहरूमा नराम्रा छन् । यदि तिमीलाई सत्य मतको ग्रहणको इच्छा छ भने त, वैदिक मतलाई ग्रहण गर ।
यस भन्दा अगाडि स्वमन्तव्याऽमन्तव्यको प्रकाश संक्षेपले लेखिनेछ ।
   
इति श्रीमद्दयानन्दसरस्वतीस्वामिकृते सत्यार्थप्रकाशे
सुभाषाविभूषिते यवनमतविषये चतुर्दशः
समुल्लासः सम्पूर्णः ॥१४॥

ओ३म्
स्वमन्तव्य-अमन्तव्यको विषयमा प्रकाश
सर्वतन्त्र सिद्धान्त अर्थात् साम्राज्य सार्वजनिक धर्म जसलाई सदादेखि सबैले मान्दै आए, मान्दछन् र मान्नेछन् पनि, त्यसैले यसलाई सनातन नित्यधर्म भन्दछन् कि जसको कोही पनि विरोधी हुन नसकून् । यदि अविद्यायुक्तजन अथवा कुनै मतवालाले भ्रमाएको यसलाई अन्यथा जान्ने वा मान्ने त्यसलाई स्वीकार कुनै पनि बुद्धिमान्ले गर्दैन, किन्तु जसलाई आप्त अर्थात् सत्यमानी, सत्यवादी, सत्यकारी, परोपकारक पक्षपातरहित विद्वान्‌ले मान्दछन् त्यही सबैको मन्तव्य र जसलाई मान्दैनन् त्यो अमन्तव्य हुनाको कारण त्यसको प्रमाण हुँदैन । अब जुन वेदादि सत्यशास्त्र र ब्रह्मादेखि लिएर जैमिनिमुनि पर्यन्तले मानेको ईश्वरादि पदार्थ जसलाई कि मैले पनि मान्दछु सबै सज्जन महाशयहरूको सामुन्ने प्रकाशित गर्दछु ।
म आफ्नो मन्तव्यमा उसैलाई जान्दछु कि जो तीनै कालमा एक समान सबैको सामुन्ने मान्न योग्य छ । मेरो कुनै नवीन कल्पना वा मतमतान्तर चलाउने लेशमात्र पनि अभिप्राय होइन किन्तु जुन सत्य छ, त्यसलाई मान्नु, मनाउनु र जुन असत्य छ, त्यसलाई छोड्नु र छोडाउनु मेरो मूल अभीष्ट हो । यदि मैले पक्षपात गर्दथें भने त आर्यावर्तमा प्रचरित मतहरूमा कुनै एक मतको आग्रही हुन्थें किन्तु जुन-जुन आर्यावर्त वा यी देशहरूमा अधर्मयुक्त चालचलन छन्, त्यसलाई स्वीकार र जुन धर्मयुक्त कुराहरू छन्, तिनलाई त्याग गर्दिनथें, न गर्न नै चाहन्छु किनभने यस्तो गर्नु मनुष्यधर्मदेखि बहिः हो ।
मनुष्य त्यसलाई भन्नुपर्दछ कि जो मननशील भएर स्वात्मवत् अन्यहरूको सुख-दुःख र हानि-लाभलाइ सम्झियोस् । अन्यायकारी बलवान्‌देखि पनि डर्नु हुँदैन र धर्मात्मा निर्बलसित पनि डर्नु पर्दछ । यत्तिमात्रै होइन किन्तु आफ्नो सर्व सामर्थ्यले धर्मात्माहरू— कि चाहे तिनीहरू महा अनाथ, निर्बल र गुणरहित होऊन्— तिनको रक्षा, उन्नति, प्रियाचरण र अधर्मी चाहे चक्रवर्ती, सनाथ, महाबलवान् र गुणवान् पनि होस् तथापि त्यसको नाश, अवनति र अप्रियाचरण सधैं गरोस् । अर्थात् जहाँसम्म हुनसक्दछ त्यहाँसम्म अन्यायकारीहरूको बलको हानि र न्यायकारीहरूको बलको उन्नति सर्वथा गर्ने गरोस् । यस काममा चाहे उसलाई कति नै कठिन एवं दारुण दुःख प्राप्त किन नहोस्, चाहे प्राण नै किन नजाओस् । परन्तु यस मनुष्यपनरूपी धर्मदेखि पृथक् कहिल्यै नहोस् । यसमा श्रीमान् महाराजे भर्तृहरि, व्यासजी र मनुले श्लोक लेखेका छन्, तिनीहरूको लेख्नु उपयुक्त सम्झेर लेख्दैछु—
निन्दन्तु नीतिनिपुणा यदि वा स्तुवन्तु लक्ष्मीः समाविशतु गच्छतु वा यथेष्टम् ।
अद्यैव वा मरणमस्तु युगान्तरे वा न्याय्यत्पथः प्रविचलन्ति पदं न धीराः ॥१॥
            —भर्तृहरिशतक (नीतिशतक श्लोक ८५) ॥
न जातु कामान्न भयान्न लोभाद् धर्मं त्यजेज्जीवितस्यापि हेतोः ।
धर्मो नित्यः सुखदुःखे त्वनित्ये जीवो नित्यो हेतुरस्य त्वनित्यः ॥२॥
             —महाभारत [उद्योगपर्व-प्रजागरपर्व (अध्याय ४०/श्लोक ११-१२)] ॥
एक एव सुहृद्धर्मो निधनेऽप्यनुयाति यः । शरीरेण समं नाशं सर्वमन्यद्धि गच्छति ॥३॥
                    —मनुस्मृति (अध्याय ८/श्लोक १७) ॥
सत्यमेव जयते नानृतं सत्येन पन्था विततो देवयानः ।
येनाऽऽक्रमन्त्यृषयो ह्याप्तकामा यत्र तत्सत्यस्य परं निधानम् ॥४॥
               —मुण्डकोपनिषत् (मु.३/खं.१/मन्त्र ६) ॥
नहि सत्यात्परो धर्मो नानृतात्पातकं परम् ।
नहि सत्यात्परं ज्ञानं तस्मात्सत्यं समाचरेत् ॥५॥  
—उपनिषदि [तुलना-मनुस्मृति (अ.८/श्लो. १२)] ॥
यिनै महाशयहरूको श्लोकका अभिप्रायकै अनुकूल निश्चय राख्नु नै सबैका लागि योग्य छ ।
अब मैले जुन-जुन पदार्थहरूलाई जस्तो-जस्तो मान्दछु, तिन-तिनको वर्णन संक्षेपले यहाँ गर्दछु कि जसको विशेष व्याख्यान समेत यस ग्रन्थमा आफ्नो-आफ्नो प्रकरणमा बुझिने गरी मैले गरिदिएको छु । यसमा प्रथम—
१— ‘ईश्वर’ चाहिं जसलाई ब्रह्म, परमात्मादि नामले पुकारिन्छ, जुन सच्चिदानन्दादि लक्षणयुक्त छ, जसको गुण, कर्म, स्वभाव पवित्र छन्, जुन सर्वज्ञ, निराकार, सर्वव्यापक, अजन्मा, अनन्त, सर्वशक्तिमान्, दयालु, न्यायकारी, सबै सृष्टिका कर्ता, धर्ता, हर्ता सबै जीवहरूको कर्मानुसार सत्य न्यायका फलदाता आदि लक्षणयुक्त परमेश्वर छ, उसैलाई मैले मान्दछु ।
२— चारै ‘वेदहरू’ को विद्या धर्मयुक्त ईश्वरप्रणीत संहिता मन्त्रभागलाई निर्भ्रान्त स्वतःप्रमाण मान्दछु, अर्थात् जुन स्वयं नै प्रमाणरूप हुन्, कि जसको प्रमाण हुनमा कुनै अन्य ग्रन्थको अपेक्षा नहोस् । जस्तै सूर्य वा प्रदीप स्वयं आफ्नो स्वरूपको स्वतःप्रकाशक र पृथिव्यादिका प्रकाशक हुन्छन् यस्तै चारै वेद छन्, र चारै वेदका ब्राह्मण, ६ अङ्ग, ६ उपाङ्ग, चार उपवेद र ११२७ (एघार सय सत्ताईस) वेदहरूका शाखा जुन कि वेदहरूको व्याख्यानरूप ब्रह्मादि महर्षिहरूले बनाएका हुन्, तिनलाई परतःप्रमाण अर्थात् वेदहरूको अनुकूल हुनाले प्रमाण र यिनमा जुन वेदविरुद्ध वचन छन्, तिनलाई अप्रमाण गर्दछु ।
३— जुन पक्षपातरहित, न्यायाचरण सत्यभाषणादियुक्त ईश्वराज्ञा वेददेखि अविरुद्ध छ, त्यसलाई ‘धर्म’ र जुन पक्षपातसहित अन्यायाचरण, मिथ्याभाषणादि ईश्वराज्ञाभङ्ग वेदविरुद्ध छ, त्यसलाई ‘अधर्म’ मान्दछु ।
४— जुन इच्छा, द्वेष, सुख, दुःख र ज्ञानादि गुणयुक्त अल्पज्ञ नित्य छ, त्यसैलाई ‘जीव’ मान्दछु ।
५— जीव र ईश्वर स्वरूप र वैधर्म्यदेखि भिन्न र व्याप्य, व्यापक र साधर्म्यदेखि अभिन्न छ अर्थात् जसरी आकाशदेखि मूर्तिवान् द्रव्य कहिल्यै भिन्न थिएन, न छ, न हुनेछ र न कहिल्यै एक थियो, न छ, न हुनेछ यसै प्रकार परमेश्वर र जीवको व्याप्य-व्यापक, उपास्य-उपासक र पिता-पुत्रवत् आदि सम्बन्धयुक्त मान्दछु ।
६— ‘अनादि पदार्थ’ तीन छन् । एक ईश्वर, द्वितीय जीव, तृतीय प्रकृति अर्थात् जगत्‌को कारण, यिनैलाई नित्य पनि भन्दछन् । जुन नित्य पदार्थ छन्, तिनका गुण, कर्म, स्वभाव पनि नित्य छन् ।
७— ‘प्रवाहदेखि अनादि’ जुन संयोगबाट द्रव्य, गुण, कर्म उत्पन्न हुन्छन्, ती वियोगको पश्चात् रहँदैनन्, परन्तु जसदेखि प्रथम संयोग हुन्छ त्यो सामर्थ्य तिनमा अनादि हुन्छ, र त्यससँग पुनरपि संयोग हुन्छ तथा वियोग पनि, यी तीनैलाई प्रवाहदेखि अनादि मान्दछु ।
८— ‘सृष्टि’ त्यसलाई भन्दछन्, जुन पृथक् द्रव्यहरूको ज्ञान युक्तिपूर्वक मेल भएर नानारूप बन्दछ ।
९— ‘सृष्टिको प्रयोजन’ यही हो कि जसमा ईश्वरको सृष्टिनिमित्त गुण, कर्म, स्वभावको साफल्य हुनु । जस्तै कसैले कसैसँग सोध्यो कि नेत्र केको लागि हो ? उसले भन्यो हेर्नको लागि । त्यसरी नै सृष्टि गर्ने ईश्वरको सामर्थ्यको सफलता सृष्टि गर्नमा नै छ र जीवहरूलाई कर्मको यथावत् भोग गराउनु आदि पनि हो ।
१०— ‘सृष्टि सकर्तृक’ हो । यसको कर्ता पूर्वोक्त ईश्वर हो । किनभने सृष्टिको रचना देख्नाले, जड पदार्थमा आफै यथायोग्य बीजादि स्वरूप बन्ने सामर्थ्य नहुनाले सृष्टिको ‘कर्ता’ अवश्य छ ।
११— ‘बन्ध’ सनिमित्तक अर्थात् अविद्यादि निमित्तसँग छ । जुन-जुन पापकर्म ईश्वरभिन्नोपासना, अज्ञानादि यी सबैले दुःख फल गर्दछन् । त्यसैले यो ‘बन्ध’ हो, कि जसको इच्छा हुँदैन तर भोग्नुपर्दछ ।
१२— ‘मुक्ति’ अर्थात् सबै दुःखबाट छुटेर बन्धरहित, सर्वव्यापक ईश्वर र उसको सृष्टिमा स्वेच्छाले विचरनु, नियत समय पर्यन्त मुक्तिको आनन्दलाई भोगेर पुनः संसारमा आउनु ।
१३— ‘मुक्तिको साधन’ ईश्वरोपासना अर्थात् योगाभ्यास, धर्मानुष्ठान, ब्रह्मचर्यबाट विद्याप्राप्ति, आप्त विद्वान्‌हरूको सङ्ग, सत्यविद्या, सुविचार र पुरुषार्थ आदि हुन् ।
१४— ‘अर्थ’ जुन धर्मबाट नै प्राप्त गरियोस् र जुन अधर्मबाट सिद्ध हुन्छ, त्यसलाई ‘अनर्थ’ भन्दछन् ।
१५— ‘काम’ त्यो हो कि जुन धर्म र अर्थबाट प्राप्त गरियोस् ।
१६— ‘वर्णाश्रम’ गुण कर्महरूको योगले मान्दछु ।
१७— ‘राजा’ त्यसैलाई भन्दछन् जसमा शुभ गुण, कर्म, स्वभावबाट प्रकाशमान, पक्षपातरहित न्यायधर्मको सेवी, प्रजाहरूमा पितृवत् वर्त्तिने र उनीहरूलाई पुत्रवत् मानेर उनीहरूको उन्नति र सुख बढाउनमा सदा यत्न गरिरहोस् ।
१८— ‘प्रजा’ त्यसैलाई भन्दछन् जुन पवित्र गुण, कर्म, स्वभावलाई धारण गरेर पक्षपातरहित न्यायधर्मको सेवनले राजा र प्रजाको उन्नति चाहँदै राजविद्रोहरहित राजाको साथमा पुत्रवत् वर्त्तून् ।
१९— जसले सदा विचार गरेर असत्यलाई छोड्दै सत्यलाई ग्रहण गरोस्, अन्यायकारीहरूलाई हटाओस् र न्यायकारीहरूलाई बढाओस्, आफ्नो आत्माकै समान सबैको सुख चाहोस्, त्यसलाई ‘न्यायकारी’ मान्दछु ।
२०— ‘देव’ विद्वान्‌हरूलाई, र अविद्वान्‌हरूलाई ‘असुर’, पापीहरूलाई ‘राक्षस’, अनाचारीहरूलाई ‘पिशाच’ मान्दछु ।
२१— उनै विद्वान्‌हरू, माता, पिता, आचार्य, अतिथि, न्यायकारी राजा र धर्मात्मा जन, पतिव्रता स्त्री र स्त्रीव्रत पतिको सत्कार गर्नु ‘देवपूजा’ भनिन्छ, यसदेखि विपरीत अदेवपूजा । यी जीउँदा मूर्तिहरूको पूजा कर्तव्य, यी मूर्तिदेखि इतर जड-पाषाणादि मूर्तिहरूलाई सर्वथा अपूज्य सम्झन्छु ।
२२— ‘शिक्षा’ जसबाट विद्या, सभ्यता, धर्मात्मता, जितेन्द्रियतादिको बढोत्तरी होस् र यसैबाट अविद्यादि दोष छुटोस् त्यसलाई शिक्षा भनिन्छ ।
२३— ‘पुराण’ जुन ब्रह्मादिले बनाएका ऐतरेयादि ब्राह्मण पुस्तक हुन्, तिनैलाई पुराण, इतिहास, कल्प, गाथा र नाराशंसी नामले मान्दछु, अन्य भागवतादिलाई होइन ।
२४— ‘तीर्थ’ जसले दुःखसागरबाट पार गराओस् कि जुन सत्यभाषण, विद्या, सत्सङ्ग, यमादि, योगाभ्यास, पुरुषार्थ विद्यादानादि शुभ कर्म छन्, तिनैलाई तीर्थ सम्झन्छु, इतर जलस्थलादिलाई होइन ।
२५— ‘पुरुषार्थ प्रारब्धभन्दा ठूलो’ यस मानेमा छ कि, जसबाट संचित प्रारब्ध बन्दछ जुन सुध्रिंदाखेरि सबै सुध्रिन्छन् र जुन बिग्रंदाखेरि सबै बिग्रन्छन् । त्यसैले प्रारब्धको अपेक्षा पुरुषार्थ ठूलो हो ।
२६— ‘मनुष्य’ ले सबैसँग यथायोग्य स्वात्मवत् सुख, दुःख, हानि, लाभमा वर्त्तिनु श्रेष्ठ, अन्यथा वर्त्तिनु नराम्रो सम्झन्छु ।
२७— ‘संस्कार’ त्यसलाई भन्दछन् कि जसबाट शरीर, मन र आत्मा उत्तम होओस् । त्यो निषेकादि श्मशानान्त सोह्र प्रकारको छ । यसलाई कर्तव्य सम्झन्छु र दाहको पश्चात् मृतकको लागि केही पनि गर्नुहुँदैन ।
२८— ‘यज्ञ’ त्यसलाई भन्दछन् कि जसमा विद्वान्‌हरूको सत्कार, यथायोग्य शिल्प अर्थात् रसायन जुन कि पदार्थविद्या त्यसबाट उपयोग र विद्यादि शुभगुणहरूको दान, अग्निहोत्रादि जसबाट वायु, वृष्टि, जल, औषधिको पवित्रता गरेर सबै जीवहरूलाई सुखी बनाउँदछ, त्यसलाई उत्तम सम्झन्छु ।
२९— जसरी ‘आर्य’ श्रेष्ठ र ‘दस्यु’ दुष्ट मनुष्यलाई भन्दछन्, त्यसलाई मैले पनि मान्दछु ।
३०— ‘आर्यावर्त’ देश यस भूमिको नाम यस कारणले रहेको हो कि जसमा आदि सृष्टिको पश्चात् आर्य जनहरू निवास गर्दछन् परन्तु यसको अवधि उत्तरमा हिमालय, दक्षिणमा विन्ध्याचल, पश्चिममा अटक र पूर्वमा ब्रह्मपुत्र नदी छ । यी चारैको बीचमा जति देश छन्, त्यसैलाई ‘आर्यावर्त’ भन्दछन् र जति यसमा सदा रहन्छन्, तिनीहरूलाई पनि ‘आर्य’ भन्दछन् ।
३१— ‘आचार्य’ त्यसलाई भन्दछन्, जो साङ्गोपाङ्ग वेदविद्याहरूको अध्यापक र सत्याचारलाई ग्रहण र मिथ्याचारलाई त्याग गराउँदछ ।
३२— ‘शिष्य’ त्यसलाई भन्दछन् कि जुन सत्य शिक्षा र विद्यालाई ग्रहण गर्न योग्य धर्मात्मा, विद्याग्रहणको इच्छा र आचार्यलाई प्रिय गराउँदछ ।
३३— ‘गुरु’ त्यो पनि हो, जसले माता, पिता र सत्यलाई ग्रहण गराउँदछ र असत्यलाई छुटाउँदछ ।
३४— ‘पुरोहित’ जो यजमानको हितकारी सत्योपदेष्टा हुन्छ ।
३५— ‘उपाध्याय’ जो वेदहरूको एकदेश वा अङ्गहरूलाई पढाउँदछ ।
३६— ‘शिष्टाचार’ जुन धर्माचरणपूर्वक ब्रह्मचर्यबाट विद्यालाई ग्रहण गरेर प्रत्यक्षादि प्रमाणहरूबाट सत्याऽसत्यको निर्णय गरेर, सत्यको ग्रहण, असत्यलाई परित्याग गर्नुपर्दछ, यही शिष्टाचार हो र जसले यसलाई गर्दछ, त्यो ‘शिष्ट’ भनिन्छ ।
३७— प्रत्यक्षादि आठ ‘प्रमाणहरूलाई’ पनि मान्दछु ।
३८— ‘आप्त‘ त्यो हो जो यथार्थवक्ता, धर्मात्मा, सबैको सुखको लागि प्रयत्न गर्दछ, त्यसैलाई ‘आप्त’ भन्दछु ।
३९— ‘परीक्षा’ पाँच प्रकारका छन् । यसमा प्रथम ईश्वरको गुण, कर्म, स्वभाव र वेदविद्या, दोस्रो आठ प्रत्यक्षादि प्रमाण, तेस्रो सृष्टिक्रम, चौथो आप्तहरूको व्यवहार र पाँचौं आफ्नो आत्माको पवित्रता, विद्या, यी पाँच परीक्षाबाट सत्याऽसत्यको निर्णय गरेर सत्यलाई ग्रहण र असत्यलाई परित्याग गर्नुपर्दछ ।
४०— ‘परोपकार’ जसबाट सबै मनुष्यको दुराचार, दुःख छुटोस्, श्रेष्ठाचार र सुख बढोस्, यस्तो गर्नुलाई परोपकार भन्दछु ।
४१— ‘स्वतन्त्र’ ‘परतन्त्र’- जीव आफ्नो काममा स्वतन्त्र र कर्मफल भोग्नमा ईश्वरको व्यवस्थाबाट परतन्त्र, त्यसरी नै ईश्वर आफ्नो सत्याचार काम गर्नमा स्वतन्त्र छ ।
४२— ‘स्वर्ग’- नाम सुख विशेष भोग र त्यसका सामाग्रीको प्राप्ति हुनु हो ।
४३— ‘नरक’- जुन दुःख विशेष भोग र त्यसका सामाग्रीको प्राप्ति हुनु हो ।
४४— ‘जन्म’- जुन शरीर धारण गरेर प्रकट हुनु सो पूर्व, पर र मध्य भेदले तीन प्रकारको मान्दछु ।
४५— शरीरको संयोगको नाम ‘जन्म’ र वियोग मात्रको नाम ‘मृत्यु’ भन्दछन् ।
४६— ‘विवाह’- जुन नियमपूर्वक प्रसिद्धिबाट आफ्नो इच्छा गरेर पाणि ग्रहण गर्नुलाई विवाह भनिन्छ ।
४७— ‘नियोग’- विवाह पश्चात् पति मर्ने आदि वियोगमा अथवा नपुंसकत्वादि स्थिर रोगहरूमा स्त्री वा पुरुष आपत्कालमा स्ववर्ण वा आफ्नो भन्दा उत्तम वर्णस्थ पुरुष (वा स्त्री)को साथ नियोग गरेर सन्तानोत्पत्ति गरोस् ।
४८— ‘स्तुति’- गुणकीर्त्तन, श्रवण र ज्ञान हुनु, यसको फल प्रीति आदि हुन्छन् ।
४९— ‘प्रार्थना’- आफ्नो सामर्थ्यको उपरान्त ईश्वरको सम्बन्धबाट जुन विज्ञान आदि प्राप्त हुन्छन् तिनको लागि ईश्वरसँग याचना गर्नु यसको फल निरभिमान आदि हुन्छ ।
५०— ‘उपासना’- जस्तो ईश्वरको गुण, कर्म, स्वभाव पवित्र छन्, त्यस्तै आफ्नो गर्नु । ईश्वरलाई सर्वव्यापक, आफूलाई व्याप्य जानेर, ईश्वरको समीप हामी र हाम्रो समीप ईश्वर छ, यस्तो निश्चय योगाभ्यासबाट साक्षात् गर्नुलाई ‘उपासना’ भन्दछन्, यसको फल ज्ञानको उन्नति आदि हो ।
५१— ‘सगुणनिर्गुणस्तुतिप्रार्थनोपासना’— जुन-जुन गुण परमेश्वरमा छन् त्यससँग युक्त र जुन-जुन छैन तिनबाट पृथक् मानेर प्रशंसा गर्नु सगुणनिर्गुण स्तुति भनिन्छ र शुभ गुणहरूको ग्रहणलाई ईश्वरसँग इच्छा र दोष छुटाउनको लागि परमात्माको सहाय चाहनु सगुणनिर्गुणप्रार्थना र सबै दोषहरूदेखि रहित, सबै गुणहरूदेखि सहित परमेश्वरलाई मानेर आफ्नो आत्मालाई उसैतिर र उसैको आज्ञाको अर्पण गर्नु निर्गुणसगुणोपासना भनिन्छ ।
यसरी संक्षेपमा स्वसिद्धान्त देखाइदिएँ । यसको विशेष व्याख्या यसै ‘सत्यार्थप्रकाश’ कै प्रकरण-प्रकरणमा छ, तथा भूमिका आदि ग्रन्थहरूमा पनि लेखेको छु, अर्थात् जुन-जुन कुरो सबैको सामुन्ने माननीय छ, त्यसलाई मान्दै अर्थात् जस्तो कि सत्य बोल्नु सबैको सामुन्ने राम्रो, र मिथ्या बोल्नु नराम्रो हो, यस्तो सिद्धान्तहरूलाई स्वीकार गर्दछु । र जुन मतमतान्तरका परस्परमा विरुद्ध झगडा छन्, त्यसदेखि म प्रसन्न छैन, किनभने यिनै मतवालाहरूले आफ्नो मतको प्रचार गरेर मनुष्यलाई फसाएर परस्पर शत्रु बनाइदिएका छन् । यस कुरालाई काटेर, सर्व सत्यको प्रचार गरेर, सबैलाई ऐक्यमतमा गराउँदै, द्वेष छुटाएर, परस्परमा दृढप्रीतियुक्त गराएर, सबैदेखि सबैलाई सुख लाभ पुर्‍याउनको लागि मेरो प्रयत्न र अभिप्राय हो । सर्वशक्तिमान् परमात्माको कृपा, सहाय र आप्तजनहरूको सहानुभूतिबाट यो सिद्धान्त सर्वत्र भूगोलमा शीघ्र प्रवृत्त भएर जाओस् र जसबाट सबै जना सहजले धर्मार्थ काम मोक्षको सिद्धि गरेर, सदा उन्नत र आनन्दित भैराखून्, यही मेरो मुख्य प्रयोजन हो ।
अलमतिविस्तरेण बुद्धिमद्वर्य्येषु ।
ओ३म् । शन्नो मित्रः शं वरुणः । शन्नो भवत्वर्य्यमा । शन्न इन्द्रो बृहस्पतिः ।
शन्नो विष्णुरुरुक्रमः ॥ नमो ब्रह्मणे । नमस्ते वायो । त्वमेव प्रत्यक्षं ब्रह्मासि ।
त्वामेव प्रत्यक्षं ब्रह्मावादिषम् । ऋतमवादिषम् । सत्यमवादिषम् । तन्मामावीत् ।
तद्वक्तारमावीत् । आवीन्माम् आवीद्वक्तारम् । ओ३म् शान्तिः शान्तिः शान्तिः ॥
                 —तैत्तिरीय आरण्यक (७/१२) ॥
इति श्रीमत्परहंसपरिव्राजकाचार्य्याणां परमविदुषां श्रीविरजानन्दसरस्वती स्वामिनां शिष्येण श्रीमद्दयानन्दसरस्वतीस्वामिना विरचितः
स्वमन्तव्यामन्तव्यसिद्धान्तसमन्वितः सुप्रमाणयुक्तः सुभाषाविभूषितः । सत्यार्थप्रकाशोऽयं ग्रन्थः सम्पूर्तिमगमत् ॥

Comments

Popular posts from this blog

बाह्रौं समुल्लास

सातौं समुल्लास

चौथो समुल्लास