बाह्रौं समुल्लास




नास्तिकमत अन्तर्गत चारवाक, बौद्ध र जैनमतको खण्डन-मण्डन
विषयको बारेमा व्याख्या
नास्तिकमतको समीक्षा (१२.१)
कुनै एक ‘बृहस्पति’ नामा पुरुष भएको थियो जसले वेद, ईश्वर र यज्ञादि उत्तम कर्महरूलाई पनि मान्दैनथ्यो । हेर्नुहोस् ! उसको मत—
यावज्जीवं सुखं जीवेन्नास्ति मृत्योरगोचरः । भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः ॥
 —सर्वदर्शनसंग्रह चारवाकदर्शन ॥
    कोई मनुष्यादि प्राणी मृत्युको अगोचर छैन अर्थात् सबैले मर्नुपर्दछ, त्यसैले जबसम्म शरीरमा जीव रहन्छ, तबसम्म सुखसित रहोस् । जो कसैले भन्दछ कि “धर्माचरणबाट कष्ट हुन्छ, यदि धर्म छोड्यो भने त पुनर्जन्ममा बडो दुःख पाउनेछ ।” त्यसलाई ‘चारवाक’ ले उत्तर दिन्छ कि— “हे भोले भाइ ! जब मरेपश्चात् शरीर भस्म हुन जान्छ भने जसले खाए-पिएको छ, त्यो पुनः संसारमा आउनेछैन, त्यसैले जसरी हुन सक्दछ त्यसरी नै आनन्दमा बस, लोकमा नीतिबाट चल, ऐश्वर्यलाई बढाऊ र त्यसबाट इच्छित भोग गर । यसैलाई लोक सम्झ परलोक केही पनि छैन ।”
    हेर ! पृथ्वी, जल, अग्नि, वायु यी चार भूतहरूको परिणामबाट यो शरीर बनेको छ, यसमा यिनीहरूको योगले चैतन्य उत्पन्न हुने गर्दछ । जसरी मादक द्रव्य खाने-पिउने गर्नाले नशा (मद) उत्पन्न हुन्छ, यसै प्रकार जीव शरीरको साथ उत्पन्न भएर शरीरको नाशको साथै आफू पनि नष्ट भएर जान्छ, फेरि कसलाई पाप-पुण्यको फल हुने ?
    तच्चैतन्यविशिष्टदेह एव आत्मा देहातिरिक्त आत्मनि प्रमाणाभावात् ॥    —चारवाकदर्शन ॥
    यस शरीरमा चारै भूतहरूको संयोगले जीवात्मा उत्पन्न भएर उनैको वियोगको साथमा नै नष्ट हुन जान्छ, किनभने मरेपछाडि कुनै पनि जीव प्रत्यक्ष हुँदैन । हामी एक प्रत्यक्षलाई मात्रै मान्दछौ, किनभने प्रत्यक्षको बिना अनुमानादि हुँदै हुँदैनन् । त्यसलै मुख्य प्रत्यक्षको सामुन्ने अनुमानादि गौण हुनाले त्यसको ग्रहण गरिंदैन । सुन्दर स्त्रीको आलिङ्गनबाट आनन्द गर्नु पुरुषार्थको फल हो ।
    उत्तर— यी पृथिव्यादि भूत जड हुन्, यिनबाट चेतनको उत्पत्ति कहिल्यै हुन सक्दैन । जसरी अहिले माता-पिताको संयोगबाट देहको उत्पत्ति हुन्छ, त्यसरी नै आदि सृष्टिमा मनुष्यादि शरीरहरूको आकृति परमेश्वर कर्ताको बिना कहिल्यै पनि हुन सकदैन । मदको समान चेतनको उत्पत्ति र विनाश हुँदैन, किनभने मद चेतनलाई हुने गर्दछ, जडलाई होइन । पदार्थ ‘नष्ट’ अर्थात् अदृष्ट हुन्छन् परन्तु अभाव कसैको हुँदैन । यसै प्रकार अदृश्य हुनाले जीवको पनि अभाव मान्नु हुँदैन । जब जीवात्मा सदेह हुन्छ तब उसको प्रकटता हुने गर्दछ । जब शरीरलाई छोडिदिन्छ तब यो शरीर जुन मृत्युलाई प्राप्त भएको छ, त्यो जस्तो चेतनयुक्त पूर्व थियो, त्यस्तो हुन सक्दैन । यही कुरो बृहदारण्यकमा भनिएको छ—  
नाहं मोहं ब्रवीमि अनुच्छित्तिधर्मायमात्मेति ॥  
—तुलना [बृहदारण्यक उपनिषद् (अ.४/ब्रा.५/कं.१४)] ॥
याज्ञवल्क्य भन्नुहुन्छ कि— “हे मैत्रेयी ! मैले मोहबाट कुरा गर्दिन किन्तु आत्मा अविनाशी हो, जसको योगबाट शरीरले चेष्टा गर्दछ ।” जब जीव शरीरदेखि पृथक् हुन जान्छ तब शरीरमा ज्ञान केही पनि रहँदैन । यदि देहदेखि आत्मा पृथक् हुन्थेन भने त जसको संयोगबाट चेतनता र वियोगबाट जडता हुन्छ त्यो देहदेखि पृथक् हो । जसरी आँखाले सबैलाई हेर्दछ तर आफूलाई होइन, यसै प्रकार प्रत्यक्षलाई गर्नेवाला आफ्नो ऐन्द्रिय प्रत्यक्ष गर्न सक्दैन । जसरी आफ्नो आँखाबाट सबै घट-पटादि पदार्थ देख्दछ, त्यसै गरी आँखालाई आफ्नो ज्ञानबाट देख्दछ । जो द्रष्टा हो त्यो द्रष्टा नै रहन्छ, दृश्य कहिल्यै हुँदैन । जसरी बिना आधार आधेय, कारणको बिना कार्य, अवयवीको बिना अवयव र कर्ताको बिना कर्म रहन सक्दैनन्, त्यस्तै कर्ताको बिना प्रत्यक्ष कसरी हुन सक्दछ ?
    जुन सुन्दर स्त्रीसँग समागम गर्नलाई नै पुरुषार्थको फल मान्यौ भने त क्षणिक सुख र त्यसदेखि दुःख पनि हुन्छ, त्यो पनि पुरुषार्थको नै फल हुनेछ । जब यस्तो हो भने त स्वर्गको हानि हुनाले दुःख भोग्न पर्नेछ । यदि भन्दछौ कि दुःखलाई छुटाउन र सुखलाई बढाउनमा यत्न गर्नुपर्दछ त मुक्ति-सुखको हानि हुन जान्छ, यसैले त्यो पुरुषार्थको फल होइन ।
चारवाक— जसले दुःख-संयुक्त सुखको त्याग गर्दछन्, ती मूर्ख हुन् । जसरी धान्यार्थी धानको ग्रहण र भुसको त्याग गर्दछ, त्यसरी नै यस संसारमा बुद्धिमान् सुखको ग्रहण र दुःखको त्याग गरोस्, किनभने यस लोकमा उपस्थित सुखलाई छोडेर अनुपस्थित स्वर्गको सुखको इच्छा गरेर धूर्तकथित वेदोक्त अग्निहोत्रादि कर्म, उपासना र ज्ञानकाण्डको अनुष्ठान परलोकको लागि गर्दछन्, ती अज्ञानी हुन् । जुन परलोक छँदैछैन त त्यसको आशा गर्नु मूर्खताको काम हो । किनभने—
अग्निहोत्रं त्रयो वेदास्त्रिदण्डं भस्मगुण्ठनम् । बुद्धिपौरुषहीनानां जीविकेति बृहस्पतिः ॥    
                             —चारवाकदर्शन ॥
चरवाक मत प्रचारक ‘बृहस्पति’ भन्दछ कि— “अग्निहोत्र, तीन वेद, तीन दण्ड र भस्मलाई लगाउनु बुद्धि र पुरुषार्थरहित पुरुषहरूले जीविका बनाएका छन् ।” किन्तु काँडा बिझ्नु आदिबाट उत्पन्न भएका दुःखको नाम ‘नरक’, लोकसिद्ध राजा ‘परमेश्वर’ र देहको नाश हुनु ‘मोक्ष’, अरू केही पनि छैन ।
उत्तर— विषयरूपी सुखमात्रलाई पुरुषार्थको फल मानेर विषयदुःख-निवारणमात्रमा कृतकृत्यता र स्वर्ग मान्नु मूर्खता हो । अग्निहोत्रादि यज्ञहरूबाट वायु, वृष्टि, जलको शुद्धिद्वारा आरोग्यता हुनु, त्यसबाट धर्म, अर्थ, काम र मोक्षको सिद्धि हुन्छ, त्यसलाई नजानेर वेद, ईश्वर र वेदोक्त धर्मको निन्दा गर्नु धूर्तहरूको काम हो । जुन त्रिदण्ड र भस्मधारणको खण्डन हो, त्यो चाहिं ठीक हो ।
    यदि कण्टकादिबाट उत्पन्न नै दुःखको नाम नरक हो भने त त्यस भन्दा अधिक महारोगादि नरक किन भएन ? यद्यपि राजालाई ऐश्वर्यवान् र प्रजापालनमा समर्थ हुनाले श्रेष्ठ मानेमा त ठीक हो परन्तु जुन अन्यायकारी पापी राजा हुन्छ, त्यसलाई पनि परमेश्वरवत् मान्दछौ भने त तिमीहरू जस्तो कोही पनि मूर्ख छैन । शरीरको विच्छेद हुनुमात्र मोक्ष हो भने त गधा, कुकुर आदि र तिमीमा के भेद रह्यो ? किन्तु आकृतिमात्रै भिन्न रह्यो ।
चारवाकमतको समीक्षा (१२.२)
चारवाक—
अग्निरुष्णो जलं शीतं समस्पर्शस्तथाऽनिलः । केनेदं चित्रितं तस्मात् स्वभावात्तद्व्यवस्थितिः ॥१॥
न स्वर्गो नाऽपवर्गो वा नैवात्मा पारलौकिकः । नैव वर्णाश्रमादीनां क्रियाश्च फलदायिकाः ॥२॥
पशुश्चेन्निहतः स्वर्गं ज्योतिष्टोमे गमिष्यति । स्वपिता यजमानेन तत्र कस्मानन्न हिंस्यते ॥३॥
मृतानामपि जन्तूनां श्राद्धं चेत्तृप्तिकारणम् । गच्छतामिह जन्तूनां व्यर्थं पाथेयकल्पनम् ॥४॥  
स्वर्गस्थिता यदा तृप्तिं गच्छेयुस्तत्र दानतः । प्रासादस्योपरिस्थानामत्र कस्मान्न दीयते ॥५॥
यावज्जीवेत्सुखं जीवेदृणं कृत्वा घृतं पिबेत् । भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः ॥६॥
यदि गच्छेत्परं लोकं देहादेष विनिर्गतः । कस्माद् भूयो न चायाति बन्धुस्नेहसमाकुलः ॥७॥
ततश्च जीवनोपायो ब्राह्मणैर्विहितस्त्विह । मृतानां प्रेतकार्याणि न त्वन्यद्विद्यते क्वचित् ॥८॥
त्रयो वेदस्य कर्त्तारो भण्डधूर्तनिशाचराः । जर्फरीतुर्फरीत्यादि पण्डितानां वचः स्मृतम् ॥९॥
अश्वस्यात्र हि शिश्नन्तु पत्नीग्राह्यं प्रकीर्त्तितम् । भण्डैस्तद्वत्परं चैव ग्राह्यजातं प्रकीर्त्तितम् ॥१०॥
मांसानां खादनं तद्वन्निशाचरसमीरितम् ॥११॥
    —सर्वदर्शनसंग्रहे, चारवाकदर्शने (श्लोक १-२/श्लोक २-१०) ॥
‘चारवाक’, ‘आभाणक’, ‘बौद्ध’‘जैन’ पनि जगत्‌को उत्पत्ति स्वभावबाटै मान्दछन् ।
जुन-जुन स्वाभाविक गुण छन्, त्यस-त्यसबाट द्रव्यसंयुक्त भएर सबै पदार्थ बन्दछन्, जगत्‌को कर्ता कोही छैन ॥१॥
परन्तु यी मध्येमा चारवाकले यस्तो मान्दछ । किन्तु परलोक र जीवात्मा बौद्ध-जैनले मान्दछन्, चारवाकले मान्दैन । शेष यी तीनैको मत कुनै-कुनै कुरालाई छोडेर एकैखाले जस्तो छ ।
    न कुनै स्वर्ग, न कुनै नगर र न त कुनै परलोकमा जानेवाला आत्मा छ, न त वर्णाश्रमको क्रिया फलदायक छ ॥२॥ यदि यज्ञमा पशुलाई मारेर होम गर्नाले स्वर्गमा जान्छ भने त, यजमानले आफ्नो पिता आदिलाई मारेर होम गरेर स्वर्गमा किन पठाउँदैन ? ॥३॥ यदि मरेका जीवहरूको लागि श्राद्ध र तर्पण तृप्तिकारक हुन्छ भने त, परदेशमा जानेवाला मार्गमा निर्वाहार्थको लागि अन्न, वस्त्र, धन किन लैजान्छन् ? यसरी लैजान व्यर्थ छ, किनभने जसरी मृतकको नामबाट अर्पण गरिएको पदार्थ स्वर्गमा पुग्दछ भने त परदेशमा जानेहरूका लागि उनका सम्बन्धीले पनि घरमा बसेर उनका नाममा अर्पण गरिदिनाले देशान्तरमा पुर्‍याइदिने छ । अर्पण गरेको पदार्थ यदि यहाँ पुग्दैन भने त स्वर्गमा त्यो कसरी पुग्न सक्दछ ? ॥४॥
    जहाँ मर्त्यलोकमा दान गर्नाले स्वर्गवासी तृप्त हुन्छन् भने त भुइँतलामा बसेर दिनाले घरको माथिल्लो तलामा बसेका पुरुष किन तृप्त हुँदैनन् ? ॥५॥ यसैले जबसम्म बाँचिन्छ, तबसम्म सुखसित बाँचोस् । यदि घरमा पदार्थ छैन भने ऋण गरेर पनि आनन्द गरोस्, ऋण तिर्नुपर्दैन, किनभने जुन शरीरमा जीवले खान्छ-पिउँछ, ती दुइटाको पुनरागमन हुने छैन, फेरि कोसँग कसले माग्ने ? र कसले दिने ? ॥६॥
जुन मान्छेहरूले भन्दछन् कि मृत्युसमयमा जीव शरीरबाट निस्केर परलोकमा जान्छ, यो कुरो मिथ्या हो, किनभने यदि यस्तो हुन्थ्यो भने त कुटुम्बको मोहबाट बद्ध भएर पुनः घरमा किन आउँदैन ? ॥७॥ यसैले यो सबै ब्राह्मणहरूले आफ्नो जीविकाको लागि उपाय गरेका हुन् । जुन दशगात्रादि मृतकक्रिया गर्दछन्, यो सबै उनीहरूका जीविकाको लीला हो ॥८॥
    वेद बनाउनेहरू भाँड, धूर्त र राक्षस, यी तीन हुन् । ‘जर्फरी’ ‘तुर्फरी’ इत्यादि पण्डितहरूका धूर्ततायुक्त वचन हुन् ।॥९॥ हेर्नुहोस् धूर्तहरूको रचना ! “घोडाको लिङ्गलाई स्त्रीले ग्रहण गर्नु ।” त्यसको साथ समागम यजमानकी स्त्रीलाई गराउनु, कन्यासँग ठट्टा आदि लेख्नु, धूर्तहरूको बिना हुन सक्दैन ॥१०॥ र जुन मासु खानुपर्ने लेखिएको छ, त्यो वेदभाग राक्षसले बनाएको हो ॥११॥
    उत्तर— बिना चेतन परमेश्वरले निर्माण गरेको जड पदार्थ आपसमा स्वभावबाट नियमपूर्वक मिलेर उत्पन्न हुन सक्दैन । त्यस कारण सृष्टिको कर्ता अवश्य हुनुपर्दछ । यदि स्वभावबाटै हुन्थे भने त द्वितीय पृथ्वी, सूर्य, चन्द्र आफै किन हुँदैनन् ॥१॥
‘स्वर्ग’ सुख भोग र ‘नरक’ दुःख भोगको नाम हो । यदि जीवात्मा हुन्थेन भने त सुख-दुःखको भोक्ता को हुन सक्दछ ? जसरी यस समयमा सुख-दुःखको भोक्ता जीव छ, त्यसरी नै परजन्ममा पनि हुन्छ । के सत्यभाषणादि दया आदि क्रिया पनि वर्णाश्रमीहरूका निष्फल हुन्छ ? कहिल्यै हुँदैन ॥२॥ पशुलाई मारेर होम गर्न वेदमा कहीं पनि लेखिएको छैन, त्यसैले यो खण्डन अखण्डनीय छ र मृतकहरूको श्राद्ध पनि कपोलकल्पित हुनाले वेदविरुद्ध पुराण मत-वालाहरूको मत हो ॥३, ४, ५॥
    जुन वस्तु हुन्छ, त्यसको अभाव कहिल्यै हुँदैन भने त, विद्यमान जीवको अभाव कहिल्यै हुन सक्दैन । देह भस्म हुन जान्छ, जीव होइन । जीव त दोस्रो शरीरमा जान्छ, यसैले जो कसैले ऋणादिले सुख भोग गर्दछ, त्यसले दोस्रो जन्ममा अवश्य भोग्नेछ ॥६॥ देहबाट निस्केर जीव स्थानान्तर र शरीरान्तरलाई प्राप्त गर्दछ, उसलाई पूर्वजन्मको ज्ञान केही पनि रहँदैन, त्यसैले पुनश्च कुटुम्बमा आउँदैन ॥७॥ हो, ब्राह्मणहरूले प्रेतको कर्म आफ्नो जीविकाको लागि गरेका हुन् वेदोक्त होइन ॥८॥
    यदि चारवाक आदिले असल वेदलाई हेरका हुन्थे भने त वेदको निन्दा कबै गर्ने थिएनन् । भाँड, धूर्त र निशाचरवत् पुरुष टीकाकार भएका छन्, उनैको नै धूर्तता हो, वेदको होइन । परन्तु शोक छ चारवाक, आभाणक, बौद्ध र जैनहरूमाथि कि यिनीहरूले मूल वेदलाई पनि सुनेनन्, हेरेनन् र न कुनै विद्वान्‌सित पढे, यसैले भ्रष्ट टीका र वाममार्गीहरूका लीला देखेर वेदहरूसँग विरोध गरेर नष्ट-भ्रष्ट बुद्धि हुँदै वेदहरूको निन्दा गर्न लागेका छन् । यही वाममार्गीहरूको दुष्ट चेष्टा चारवाक, बौद्ध र जैनहरूको मत उदय हुनाको कारण हो, किनभने चारवाक आदिले पनि वेदहरूका सत्य अर्थ जान्न सकेनन् ॥९॥
    भला ! विचार गर्नुपर्दछ कि स्त्रीसँग अश्वको उपस्थ ग्रहण आदि लीला, फेरि त्यससँग समागम गर्नु र यजमानको कन्यासँग हाँसी-ठट्ठा आदि गर्नु अनि मांस खानु आदि टीकाकारहरूको धूर्तता हो, वेदको होइन । सिवाय वाममार्गी बाहेकले अन्य भ्रष्ट, वेदार्थदेखि विपरीत, अशुद्ध व्याख्यान कसले गर्दछ ? ॥१०-११॥
    यही नै चारवाक-बौद्धहरू बन्नाको मुख्य कारण हो, किनभने बौद्धहरूले चारवाकदेखि धेरैजसो चारवाकहरूका मत र थोरै चाहिं आफ्ना पनि गाँठका लगाएका छन्, यसैबाट बौद्धहरूको शाखा पृथक् चलेको छ ।
अब जुन चारवाकादिहरूमा भेद छ, सो लेख्दछु—
यी चारवाकादि धेरै कुराहरूमा एकै छन् परन्तु चारवाकले देहको उत्पत्तिको साथ जीवोत्पत्ति र त्यसको नाशको साथ नै जीवनको पनि नाश मान्दछ । पुनर्जन्म र परलोकलाई मान्दैन । एक प्रत्यक्ष प्रमाणको बिना अनुमानादि प्रमाणहरूलाई पनि मान्दैन । चारवाकको अर्थ— जो बोल्नमा प्रगल्भ र विशेषार्थ वैतण्डिक हुन्छ । र बौद्ध-जैन प्रत्यक्षादि चारै प्रमाण, अनादि जीव, पुनर्जन्म, परलोक र मुक्तिलाई पनि मान्दछन् । यतिनै चारवाकदेखि बौद्ध र जैनीहरूको भेद हो परन्तु नास्तिकता, वेद ईश्वरको निन्दा, परमतद्वेष, ६ यतना र जगत्‌को कर्ता कोही होइन, इत्यादि कुराहरूमा सबै एकै नै छन् । यो चारवाकको मत संक्षेपमा दर्शाइदिएको छु ।
बौद्धादिका नास्तिक भेदहरू (१२.३)
    अब बौद्धमतको विषयमा संक्षेमा लेखिन्छ—
    कार्य्यकारणभावाद्वा स्वभावाद्वा नियामकात् । अविनाभावनियमो दर्शनान्तरदर्शनात् ॥
                                  —सर्वदर्शनसंग्रह बौद्धदर्शन ॥
    ‘कार्यकारणभाव’ अर्थात् कार्यको दर्शनले कारण र कारणको दर्शनले कार्यादिको साक्षात्कार प्रत्यक्षबाट शेषमा अनुमान हुन्छ, बिना यसको प्राणीहरूको सम्पूर्ण व्यवहार पूर्ण हुन सक्दैन, इत्यादि लक्षणले अनुमानलाई अधिक मानेर चारवाकदेखि भिन्न शाखा बौद्धहरूको बन्यो, अन्य धेरै कुराहरू चारवाकहरूका लिएका छन् । बौद्ध चार प्रकारका हुन्छन्—
    एक ‘माध्यमिक’, दोस्रो ‘योगाचार’ तेस्रो ‘सौत्रान्तिक’ र चौथो ‘वैभाषिक’‘बुद्ध्या निर्वर्त्तते सः बौद्धः’ जुन बुद्धिबाट सिद्ध हुन्छ अर्थात् जुन-जुन कुरा आफ्नो बुद्धिमा आउँछ त्यस-त्यसलाई मान्ने र जुन आउँदैन त्यसलाई नमान्ने ।
यी मध्येमा ‘माध्यमिक’ ले सर्वशून्यतालाई मान्दछ । अर्थात् जति पदार्थ छन्, ती सबै ‘शून्य’ हुन् अर्थात् आदिमा हुँदैनन्, अन्तमा रहँदैनन्, मध्यमा जुन प्रतीत हुन्छ त्यो पनि प्रतीत समयमा हो, पश्चात् शून्य हुन जान्छ । जसरी उत्पत्तिको पूर्व घट थिएन, प्रध्वंसको पश्चात् रहँदैन र घटज्ञान समयमा भास्दछ र पदार्थान्तरमा ज्ञान जानाले घटज्ञान रहँदैन, त्यसैले शून्य नै एक मात्र तत्त्व हो, यस्तो मान्दछ ।
    दोस्रो ‘योगाचार’ जुन बाह्य शून्य मान्दछ । अर्थात् पदार्थ भित्र ज्ञानमा भास्दछ, तर बाहिर होइन । जसरी घटको ज्ञान आत्मामा हुन्छ तब नै मनुष्यले भन्दछ कि “यो घट हो”, यदि भित्र ज्ञान हुन्थेन भने त भन्न सक्थेन, यस्तो मान्दछ ।
तेस्रो ‘सौत्रान्तिक’ जुन बाहिर अर्थको अनुमान मान्दछ, किनभने बाहिर कुनै पदार्थ साङ्गोपाङ्ग प्रत्यक्ष हुँदैन किन्तु एकदेश प्रत्यक्ष हुनाले शेषमा अनुमान गरिन्छ, यसको यस्तो खालको मत छ ।
चौथो ‘वैभाषिक’ हो, यसको मतमा बाहिर पदार्थ प्रत्यक्ष हुन्छ, भित्र हुँदैन, जसरी ‘अयं नीलो घटः’ यस प्रतीतिमा नीलयुक्त घटाकृति बाहिर प्रतीत हुन्छ, यसले यस्तो मान्दछ । यद्यपि यिनका आचार्य बुद्ध उपदेष्टा जनाउनेवाला एक थियो तथापि सुन्नेवाला पुरुषहरू र शिष्यहरूको बुद्धिभेदले गर्दा चार शाखा हुन गएको छ । जसरी सूर्य अस्त भएपछि जारपुरुषले जारकर्म, चोरले चोरीकर्म र पूर्ण विद्वान्ले सत्य आचरण गर्दछन् । समय एक र आफ्नो-आफ्नो बुद्धिको अनुसार भिन्न-भिन्न चेष्टा गर्दछन् ।
अब यी पूर्वोक्त चारैमा ‘माध्यमिक’— सबैलाई क्षणिक मान्दछ । अर्थात् क्षण-क्षणमा बुद्धिको परिणाम हुनाले पूर्व क्षणमा ज्ञात वस्तु थियो, त्यस्तै नै दोस्रो क्षणमा रहँदैन, यस कारण सबैलाई क्षणिक मान्नुपर्दछ, यस्तो मान्दछ ।
दोस्रो ‘योगाचार’— जुन-जुन प्रवृत्ति छ त्यो-त्यो दुःखस्वरूप हो, किनभने प्राप्तिमा सन्तुष्ट कोही पनि हुँदैनन् । एकको प्राप्तिमा दोस्रा अप्राप्तहरूको इच्छा बनिराख्दछ, यस प्रकार मान्दछ ।
तेस्रो ‘सौत्रान्तिक’— सबै पदार्थ आफ्ना-आफ्ना लक्षणहरूले लक्षित हुन्छन्, जसरी गाईको चिह्नले गाई र घोडाको चिह्नले घोडा ज्ञात हुन्छ, त्यसरी नै लक्षण लक्ष्यमा सदा बनिरहन्छन्, यस्तो भन्दछ ।
चौथो ‘वैभाषिक’— शून्यलाई एक पदार्थ मान्दछ । प्रथम माध्यमिकले सबैलाई शून्य मान्दथ्यो, त्यसैको पक्ष वैभाषिकको पनि छ, इत्यादि बौद्धहरूमा धेरैजसो विवाद पक्ष छन् । यस प्रकार चार प्रकारको भावना मान्दछन् ।
उत्तर— यदि सबै शून्य हुन्छ भने त शून्यलाई जान्नेवाला शून्य हुन सक्दैन र यदि सबै शून्य भए भने त शून्यलाई शून्यले जान्न सक्दैन, यस कारण शून्यको ज्ञाता र ज्ञेय शून्य दुई पदार्थ सिद्ध हुन्छन् । र जहाँ योगाचार बाह्य-शून्यत्व मान्दछ भने त पर्वत यसको भित्र हुनुपर्दछ । यदि भन्दछ कि पर्वत यसको भित्र छ भने त उसको हृदयमा पर्वतको समान अवकाश कहाँ छ ? यसैले बाहिर पर्वत छ र पर्वतज्ञान आत्मामा रहन्छ ।
सौत्रान्तिक कुनै पदार्थलाई प्रत्यक्ष मान्दैन भने त त्यो आफू स्वयं र उसको वचन पनि अनुमेय हुनुपर्दछ, प्रत्यक्ष होइन । यदि प्रत्यक्ष होइन भने त ‘अयं घटः’ यस्तो प्रयोग नहुनु पर्ने हो, किन्तु ‘अयं घटैकदेशः’ यो घडाको एक देश हो र एक देशको नाम घडा होइन, किन्तु समुदायको नाम घट हो । ‘यो घैंटो हो’ यो प्रत्यक्ष हो, अनुमेय होइन, किनभने सबै अवयवहरूमा अवयवी एक हुन्छ, त्यसको प्रत्यक्ष हुनाले सबै घटको अवयव पनि प्रत्यक्ष हुन्छन्, अर्थात् सावयव घट प्रत्यक्ष हुन्छ ।
चौथो वैभाषिक जुन बाह्य पदार्थहरूलाई प्रत्यक्ष मान्दछ, त्यो पनि ठीक होइन । किनभने जहाँ ज्ञाता र ज्ञान हुन्छ, वहीं प्रत्यक्ष हुन्छ । अर्थात् आत्मामा सबैको प्रत्यक्ष हुन्छ । यद्यपि प्रत्यक्षको विषय बाहिर हुन्छ, तदाकार ज्ञान आत्मालाई हुन्छ । त्यसरी नै क्षणिक पदार्थ र त्यसको ज्ञान क्षणिक हो भने त ‘प्रत्यभिज्ञा’ अर्थात् ‘मैले त्यो कुरा गरेको थिएँ’ अथवा ‘त्यो चीज देखेको थिएँ’ स्मरण नहुनुपर्ने हो, परन्तु पूर्व दृष्ट-श्रुतको स्मरण हुने गर्दछ, त्यसैले क्षणिकवाद पनि ठीक होइन । यदि सबै दुःख नै हुने र सुख नहुने हो भने त सुखको अपेक्षाको बिना दुःख सिद्ध हुन सक्दैन । जसरी रात्रिको अपेक्षाबाट दिन र दिनको अपेक्षाबाट रात्रि हुने गर्दछ, यसैले सबै दुःख मान्नु ठीक होइन । यदि स्वलक्षण मात्रै मानेमा त नेत्र रूपको लक्षण हो र रूप लक्ष्य हो जसरी घटको रूप । घटको रूपको लक्षण चक्षु, लक्ष्यदेखि भिन्न हो र गन्ध पृथ्वीदेखि अभिन्न हो, यसै प्रकार भिन्नाऽभिन्न लक्ष्य लक्षण मान्नुपर्दछ । शून्यको उत्तर जुन पूर्व दिइसकिएको छ वही अर्थात् शून्यलाई जान्नेवाला शून्यदेखि भिन्न हुन्छ ।
सर्वस्य संसारस्य दुःखात्मकत्वं सर्वतीर्थङ्करसंम्मतम् ॥                        —बौद्धदर्शन ॥
सबै संसार दुःखमय छ, यो सबै तीर्थङ्करहरूको मत हो । जसलाई बौद्धले तीर्थङ्कर मान्दछन्, उनैलाई जैनहरूले पनि मान्दछन्, त्यसैले यी दुइटै एक हुन् । र पूर्वोक्त ‘भावनाचतुष्ट्य’ अर्थात् चार भावनाहरूबाट सकल वासनाहरूको निवृत्तिदेखि शून्यरूप ‘निर्वाण’ अर्थात् मुक्ति मान्दछन् । आफ्ना शिष्यहरूलाई ‘योग’ र ‘आचार’ को उपदेश गर्दछन्— गुरुको वचनको प्रमाण गर्नु, अनादि बुद्धिमा वासना हुनाले बुद्धि नै अनेकाकार भास्दछ र चित्तचैत्तात्मक स्कन्ध पाँच प्रकारका मान्दछन्—
रूपविज्ञानवेदनासंज्ञासंस्कारसंज्ञकः ॥                         —बौद्धदर्शन ॥
ती मध्येमा प्रथम स्कन्ध— जुन इन्द्रियहरूबाट रूपादि विषयलाई ग्रहण गरिन्छ त्यो ‘रूपस्कन्ध’ । (दोस्रो) आलयविज्ञान, प्रवृत्ति अर्थात् जसमा रूपादि विषय रहन्छन्, त्यसका विज्ञान-प्रवृत्तिलाई जान्नुरूप व्यवहारको ‘विज्ञानस्कन्ध’ । (तेस्रो) रूपस्कन्ध र विज्ञानस्कन्धबाट उत्पन्न भएको सुख-दुःख आदि प्रतीतिरूप व्यवहारलाई ‘वेदनास्कन्ध’ । (चौथो) गौ आदि संज्ञाको सम्बन्ध नामीको साथ मान्ने रूपलाई ‘संज्ञास्कन्ध’ । (पाँचौं) वेदनास्कन्धबाट रागद्वेषादि क्लेश र क्षुधा-तृषादि उपक्लेश, मद, प्रमाद, अभिमान, धर्म र अधर्मरूप व्यवहारलाई ‘संस्कारस्कन्ध’ मान्दछन् । सबै संसारलाई दुःखरूप, दुःखको घर र दुःखको साधनरूप भावना गरेर संसारबाट छुट्नु, चारवाकहरू भन्दा अधिक मुक्ति, अनुमान र जीवलाई मान्नु, बौद्धले मान्दछन् ।
देशना लोकनाथानां सत्त्वाशयवशानुगाः । भिद्यन्ते बहुधा लोके उपायैर्बहुभिः किल ॥१॥
गम्भीरोत्तानभेदेन क्वचिच्चोभयलक्षणा । भिन्ना हि देशनाऽभिन्ना शून्यता द्वयलक्षणा ॥२॥
द्वादशायतनपूजा श्रेयस्करीति बौद्धा मन्यन्ते—
अर्थानुपाद्य बहुशो द्वाद्वशायतनानि वै । परितः पूजनीयानि किमन्यैरिह पूजितैः ॥३॥
ज्ञानेन्द्रियाणि पञ्चैव तथा कर्मेन्द्रियाणि च । मनो बुद्धिरिति प्रोक्तं द्वादशायतनं बुधैः ॥४॥
                               —बौद्धदर्शन ॥
अर्थ— जो ज्ञानी, विरक्त, जीवनमुक्त लोकहरूका नाथ, बुद्ध आदि तीर्थङ्करहरूको पदार्थहरूको स्वरूपलाई जान्नेवाला उपदेशक जुन कि भिन्न-भिन्न पदार्थहरूको हो, जसका धेरैजसो भेद, धेरै उपायहरूबाट बताइएको छ, त्यसलाई मान्नु ॥१॥ बडो गम्भीर र प्रसिद्ध भेदले कहीं-कहीं गुप्त र प्रकटताबाट भिन्न-भिन्न गुरुहरूका उपदेश जुन कि शून्य लक्षणयुक्त पूर्व भनेर आइयो, त्यसलाई मान्नु ॥२॥ जुन द्वादशायतन पूजा हो, त्यही नै मोक्ष गराउनेवाला हो— त्यस पूजाको लागि थुप्रै द्रव्यादि पदार्थहरूलाई प्राप्त गरेर ‘द्वादशायतन’ अर्थात् बाह्र प्रकारको स्थान विशेष बनाएर सबै प्रकारले पूजा गर्नुपर्दछ, अन्यको पूजा गर्नमा के प्रयोजन ? ॥३॥ द्वादशायतन पूजा यो हो— पाँच ‘ज्ञानेन्द्रिय’ अर्थात् श्रोत्र, त्वचा, चक्षु, जिह्वा र नासिका; पाँच ‘कर्मेन्द्रिय’ अर्थात् वाक्, हस्त, पग, उपस्थ र गुह्य, मन र बुद्धि यिनैको ‘सत्कार’ अर्थात् यिनलाई आनन्दमा प्रवृत्त राख्नु बौद्धहरूको मत हो ॥४॥
उत्तर— यदि संसार सबै दुःखरूप हुन्थ्यो भने त कुनै जीवको प्रवृत्ति नहुनुपर्दछ । संसारमा जीवहरूको प्रवृत्ति प्रत्यक्ष देखिन्छ, त्यसैले संसार सबै दुःखरूप हुन सक्दैन किन्तु यसमा सुख-दुःख दुवै छन् । जहाँ बौद्धले यो कुरा गर्दछन् भने त खानपानादि र शरीररक्षण गर्नमा प्रवृत्त भएर सुख किन मान्दछन् ? यदि भन्लान् कि हामी प्रवृत्त त हुन्छौं परन्तु यसलाई दुःख नै मान्दछौं, तब पनि यो कथन सम्भव हुँदैन । किनभने जीवले सुख जानेर प्रवृत्त र दुःख जानेर निवृत्त हुने गर्दछ । संसारमा धर्मक्रिया, विद्या, सत्सङ्गादि सबै श्रेष्ठ व्यवहार सुखकारक छन् ।
जुन पाँच स्कन्ध बताएका छन्, ती पनि अपूर्ण छन् । किनभने यस्ता स्कन्ध विचार गर्न लाग्यौं भने त एक एकको अनेक भेद हुन सक्दछन् । जिन तीर्थङ्करहरूलाई उपदेशक र लोकनाथ मान्दछन्, अनादि ईश्वरलाई मान्दैनन् भने त उनीहरूले उपदेश कहाँबाट पाए ? यदि भनौला कि स्वयं प्राप्त भयो, तब त कारणको बिना कार्य हुन सक्दैन । न त यस समयमा पनि उपदेशको बिना कसैलाई ज्ञान हुन सक्दछ, र यदि हुन्छ भने त तिमी र अन्यलाई पनि हुन जानेछ । उपदेशक बुद्ध आदिको के आवश्यकता छ ॥१॥
यदि शून्यरूप नै अद्वैत उपदेशक बौद्धहरूको हो भने त विद्यमान वस्तु शून्यरूप कहिल्यै हुन सक्दैन; हो, सूक्ष्म कारणरूप त हुन जान्छ । जुन द्रव्यहरूको उपार्जनबाटै पूर्वोक्त द्वादशायतनपूजा मोक्षको साधन भनियो भने त दश प्राण र एघारौं जीवको पूजा किन गर्दैनौ ? र जब इन्द्रिय र अन्तःकरणको पूजा मोक्षप्रद छ भने त विषयीजन र बौद्धहरूमा के भेद रह्यो ? फेरि मुक्ति कहाँ ? पूर्व सबैमा दुःखरूप भावना गरेर फेरि द्वादशायतन पूजा लगाए । त्यसैले यिनको मत सर्वांशमा सत्य होइन ।
बौद्ध र सौगतमतको समीक्षा (१२.४)
‘विवेक विलास’ ग्रन्थमा बौद्धहरूको मत यस प्रकारले बताइएको छ—
बौद्धानां सुगतो देवो विश्वं च क्षणभङ्गुरम् । आर्यसत्त्वाख्यया तत्त्वचतुष्टयमिदं क्रमात् ॥१॥
दुखमायतनं चैव ततः समुदयो मतः । मार्गश्चेत्यस्य च व्याख्या क्रमेण श्रूयतामतः ॥२॥
दुःखं संसारिणः स्कन्धास्ते च पञ्च प्रकीर्त्तिताः । विज्ञानं वेदना संज्ञा संस्कारो रूपमेव च ॥३॥
पञ्चेन्द्रियाणि शब्दाद्या विषयाः पञ्च मानसम् । धर्मायतनमेतानि द्वादशायतनानि तु ॥४॥
रागादीनां गणो यस्मात् समुदेति नृणां हृदि । आत्मात्मीयस्वभावाख्यः स स्यात्समुदयः पुनः ॥५॥
क्षणिकाः सर्वसंस्कारा इति या वासना स्थिरा । स मार्ग इति विज्ञेयः स च मोक्षोऽभिधीयते ॥६॥
प्रत्यक्षमनुमानं च प्रमाणद्वितयं तथा । चतुःप्रस्थानिका बौद्धाः ख्याता वैभाषिकादयः ॥७॥
अर्थो ज्ञानान्वितो वैभाषिकेण बहु मन्यते । सौत्रान्तिकेन प्रत्यक्षग्राह्योऽर्थो न बहिर्मतः ॥८॥
आकारसहिता बुद्धिर्योगाचारस्य संमता । केवलां संविदं स्वस्थां मन्यन्ते मध्यमाः पुनः ॥९॥
रागादिज्ञानसन्तानवासनाच्छेदसम्भवा । चतुर्णामपि बौद्धानां मुक्तिरेषा प्रकीर्तिता ॥१०॥
कृत्तिः कमण्डलुर्मौण्ड्यं चीरं पूर्वाह्णभोजनम् । संघो रक्ताम्बरत्वं च शिश्रिये बौद्धभिक्षुभिः ॥११॥
         —बौद्धदर्शन (श्लोक ५-१३/श्लोक १-२) ॥
अर्थ— बौद्धहरूका सुगतदेव बुद्ध भगवान् पूजनीय देव र जगत् क्षणभङ्गुर आर्य पुरुष र आर्या स्त्री तथा तत्त्वहरूको ‘आख्या’ संज्ञादि प्रसिद्धि यी चार तत्त्व बौद्धहरूमा मन्तव्य पदार्थ हुन् ॥१॥ यस विश्वलाई ‘दुःख’ को घर जानेमा, तदनन्तर ‘समुदय’ अर्थात् उन्नति हुन्छ । ‘मार्ग’ र यिनको व्याख्या क्रमबाट सुन ॥२॥ संसारमा दुःखमात्रै छ, जुन पञ्चस्कन्ध पूर्वमा भनेर आइयो त्यसलाई जान्नु ॥३॥ पञ्च ज्ञानेन्द्रिय तिनका शब्दादि विषय पाँच र मन-बुद्धि-अन्तःकरण, धर्मका स्थान यी द्वादश हुन् ॥४॥ जुन मनुष्यको हृदयमा रागद्वेषादि समूहको उत्पत्ति हुन्छ त्यो ‘समुदय’ र जुन आत्मा, आत्माको सम्बन्धी र स्वभाव हो त्यो ‘आख्या’, यिनैबाट फेरि ‘समुदय’ हुन जान्छ ॥५॥ सबै संस्कार क्षणिक हो, जुन यो वासना स्थिर हुनु, त्यो बौद्धहरूको ‘मार्ग’ हो र त्यही शून्य तत्त्व शून्यरूप हुन जानु ‘मोक्ष’ हो ॥६॥ बौद्धजनहरू प्रत्यक्ष र अनुमान दुइटैमात्र प्रमाण मान्दछन् । चार प्रकारको यिनका भेद छन्— वैभाषिक, सौत्रान्तिक, योगाचार र माध्यमिक ॥७॥ यी मध्येमा ‘वैभाषिक’ ज्ञानमा जुन अर्थ हुन्छ, त्यसलाई विद्यमान मान्दछन्, किनभने जुन ज्ञानमा छैन, त्यसको हुनु सिद्ध पुरुषले मान्न सक्दैन र ‘सौत्रान्तिक’ भित्रका प्रत्यक्ष पदार्थ मान्दछ, बाहिरको होइन ॥८॥ ‘योगाचार’ आकारसहित विज्ञानयुक्त बुद्धिलाई मान्दछ र ‘माध्यमिक’ केवल आफूमा पदार्थहरूको ज्ञानमात्र मान्दछ, पदार्थलाई मान्दैन ॥९॥ र रागादि ज्ञानको प्रवाहको वासनाको नाशबाट उत्पन्न भएको मुक्ति चारै बौद्धहरूको हो ॥१०॥ मृगादिको छाला, कमण्डलु, टाउको मुडाउनु, वल्कल वस्त्र धारण, पूर्वाह्न अर्थात् नौ बजे भन्दा पूर्व भोजन, एक्लै नबस्नु, रक्त वस्त्रको धारण, यो बौद्धहरूको साधुहरूको वेश हो ॥११॥   
उत्तर— यदि बौद्धहरूका सुगत बुद्ध नै देव हो भने त उसको गुरु को थियो ? र यदि विश्व क्षणभङ्ग हुन्छ भने त, चिरदृष्ट पदार्थको ‘यो त्यही हो’ यस्तो स्मरण नहुनुपर्ने हो । जुन क्षणभङ्ग हुन्छ भने त्यो पदार्थ नै रहँदैन, पुनः स्मरण कसको हुने ? ॥१॥ यदि क्षणिकवाद नै बौद्धहरूको मार्ग हो भने त यिनको मोक्ष पनि क्षणभङ्ग हुनेछ । यदि ज्ञानले युक्त अर्थ द्रव्य हो भने त जड द्रव्यमा पनि ज्ञान हुनुपर्दछ यसैले ज्ञानमा अर्थको प्रतिबिम्बजस्तो रहन्छ । यदि भित्र ज्ञानमा द्रव्य हुन्छ भने त बाहिर नहुनुपर्ने हो र त्यो चलनादि क्रिया कसमाथि गर्दछ ? बाहिर देखिन्छ भने त्यो कसरी मिथ्या हुन सक्दछ ? यदि आकारलेसहित बुद्धि हो भने त दृश्य हुनुपर्दछ । यदि ज्ञान नै हृदयमा आत्मस्थ हुन्छ भने त, बाह्य पदार्थहरूलाई केवल ज्ञानमात्रै मान्ने हो भने त ज्ञेयको बिना ज्ञान नै हुन सक्दैन । यदि वासनाच्छेद नै मुक्ति हो भने त सुषुप्तिमा पनि मुक्ति मान्नुपर्दछ । यो संक्षेपबाट बौद्ध मतको विषय लेखियो । यसको अगाडि जैनमतको विषय लेखिने छ, यसलाई जैनहरूले मान्दछन् ।
जैनमतको समीक्षा (१२.५)
प्रकरण रत्नाकर १ भाग, नयचक्रसारमा निम्नलिखित कुराहरू लेखिएका छन्—
बौद्धहरू समय-समयमा नवीनपनबाट (१) आकाश, (२) काल, (३) जीव, (४) पुद्गल, यी चार द्रव्य मान्दछन् र जैनीहरू धर्मास्तिकाय, अधर्मास्तिकाय, आकाशास्तिकाय, पुद्गलास्तिकाय, जीवास्तिकाय र काल यी ६ द्रव्य मान्दछन् । यसमा कालको आस्तिकायता छैन र यस्तो पनि मान्दछन् कि काल उपचारले द्रव्य हो, वस्तुतः होइन ।
त्यस मध्येमा पहिलो ‘धर्मास्तिकाय’ जुन गतिपरिणामीपनबाट परिणामलाई प्राप्त भएको जीव र पुद्गल, यिनको गतिको समीपले स्तम्भन गर्नको हेतु हो त्यो धर्मास्तिकाय, र त्यो असंख्य प्रदेश परिमाण र लोकमा व्यापक छ ।
र दोस्रो ‘अधर्मास्तिकाय’ यो हो कि जुन स्थिरताबाट परिणामी भएका जीव तथा पुद्गलको स्थितिको आश्रयको हेतु हो ।
तेस्रो ‘आकाशास्तिकाय’ त्यसलाई भन्दछन् कि जुन सबै द्रव्यहरूको आधार जसमा अवगाहन, प्रवेश, निर्गम आदि क्रिया गर्नेवाला जीव तथा पुद्गलहरूलाई अवगाहनको हेतु र सर्वव्यापी हुन्छ ।
चौथो ‘पुद्गलास्तिकाय’ यो हो कि जुन कारणरूप सूक्ष्म, नित्य, एकरस, वर्ण, गन्ध, स्पर्श, कार्यको लिङ्ग, पुरिने र गल्नेको स्वभाववाला हुन्छ ।
पाँचौं ‘जीवास्तिकाय’ यो हो कि जुन चेतना लक्षण ज्ञान-दर्शनमा उपयुक्त, अनन्त पर्यायहरूबाट परिणामी हुनेवाला कर्ता भोक्ता हुन्छ ।
र छैटौं ‘काल’ यो हो कि जुन पूर्वोक्त पञ्चास्तिकायहरूको परत्व-अपरत्व, नवीन-प्राचीनताको चिह्नरूप प्रसिद्धि वर्तमानरूप पर्यायहरूले युक्त हुन्छ, त्यसलाई काल भनिन्छ ।
समीक्षक— जुन बौद्धहरूले चार द्रव्य प्रतिसमयमा नवीन-नवीन मानेका छन्, त्यो झुटो हो, किनभने आकाश, काल, जीव र परमाणु, नयाँ पुरानो कहिल्यै हुन सक्दैनन् । किनभने यी अनादि र कारणरूपबाट अविनाशी हुन्, पुनः नयाँ र पुरानोपन कसरी घट्न सक्दछ ? र जैनीहरूको मान्नु पनि ठीक होइन । किनभने धर्माऽधर्म द्रव्य हुन सक्दैन किन्तु जीवका गुण हुन्, यी दुइटै जीवास्तिकायमा आउँछन्; यसैले आकाश, परमाणु, जीव र काल मानेका भए ठीक थियो । र जुन नव द्रव्य वैशेषिकमा मानेका छन् त्यो नै ठीक हो, किनभने पृथिव्यादि पाँच तत्त्व, काल, दिशा, आत्मा र मन यी नव पृथक्-पृथक् पदार्थ निश्चित हुन् । एक जीवलाई चेतन मानेर ईश्वरलाई नमान्नु, जैन-बौद्धहरूको मिथ्या पक्षपातको कुरा हो ।
सात भङ्गका स्याद्वादहरू (१२.६)
अब जुन बौद्ध र जैनीहरू सप्तभङ्गी न्याय स्याद्वाद मान्दछन्, त्यो यो हो । हेर—
प्रहिलो भङ्ग‘सन् घटः’ यसलाई प्रथम भङ्ग भन्दछन्, किनभने घट आफ्नो वर्तमानतादेखि युक्त घडा हो, यसले अभावको विरोध गरेको छ ।
दोस्रो भङ्ग‘असन् घटः’ घडा छैन, प्रथम घटको भावले, यो घडाको असद्भावदेखि दोस्रो भङ्ग भयो ।
तेस्रो भङ्ग— यो हो कि ‘सन्नसन् घटः’ अर्थात् यो घडा त हो परन्तु यो पट होइन, किनभने ती दुवैदेखि पृथक् हुन गयो ।
चौथो भङ्ग‘घटोऽघटः’ लाई भनिन्छ । जसरी ‘अघटः पटः’ दोस्रो पटको अभावको अपेक्षा आफूमा हुनाले घट अघट भनिन्छ, युगपत् त्यसको दुई संज्ञा अर्थात् घट र अघट पनि हो ।
पाँचौं भङ्ग— यो हो कि घटलाई घट भन्नको योग्य अर्थात् घटलाई पट भन्न अयोग्य । त्यसमा घटपन वक्तव्य छ । र पटपन अवक्तव्य छ ।
छैटौं भङ्ग— यो हो कि जुन कुम्भ छैन घट भन्न योग्य पनि हुँदैन र जुन हुन्छ त्यो भन्न पनि योग्य हो ।
सातौं भङ्ग— यो हो कि जुन भन्नमा त इष्ट हो परन्तु त्यो हुँदैन र भन्न योग्य पनि घट होइन, यसलाई सातौं भङ्ग भनिन्छ । यसै प्रकार—
स्यादस्ति जीवोऽयं प्रथमो भङ्गः ॥१॥ स्यान्नास्ति जीवो द्वितीयो भङ्गः ॥२॥
स्यादवक्तव्यो जीवस्तृतीयो भङ्गः ॥३॥ स्यादस्ति नास्तिरूपो जीवश्चतुर्थो भङ्गः ॥४॥
स्यादस्ति अवक्तव्यो जीवः पञ्चमो भङ्गः ॥५॥ स्यान्नास्ति अवक्तव्यो जीवः षष्ठो भङ्गः ॥६॥
स्यादस्ति नास्ति अवक्तव्यो जीव इति सप्तमो भङ्गः ॥७॥
     —तुलना [(प्रकरण रत्नाकर भाग-१), (सर्वदर्शनसंग्रह आर्हतदर्शन)] ॥
अर्थ“छ जीव” यस्तो प्रकथन हुन्छ भने त जीवको विरोधी जड पदार्थहरूको जीवमा अभावरूप भङ्ग प्रथम भनिन्छ ।
दोस्रो भङ्ग भनेको यो हो कि “जीव छैन जडमा” यस्तो कथन पनि हुन्छ, यसैलाई दोस्रो भङ्ग भनिन्छ ।
“जीव भन्न योग्य छैन” यो तेस्रो भङ्ग हो ।
“जब जीव शरीर धारण गर्दछ तब प्रसिद्ध र जब शरीरबाट पृथक् हुन्छ तब अप्रसिद्ध रहन्छ” यस्तो कथन हुन्छ भने त यसलाई चतुर्थ भङ्ग भन्दछन् ।
“जीव छ परन्तु भन्न योग्य छैन” जुन यस्तो कथन छ, त्यसलाई पञ्चम भङ्ग भन्दछन् ।
“जीव प्रत्यक्ष प्रमाणबाट भन्नमा आउँदैन, यसैले चाक्षुष प्रत्यक्ष छैन” जुन यस्तो व्यवहार हो, त्यसलाई छैटौं भङ्ग भन्दछन् ।
“एक कालमा जीवको अनुमानबाट हुनु र दृश्यपनमा नहुनु र एकजस्तै नरहनु किन्तु क्षण-क्षणमा परिणामलाई प्राप्त हुनु, अस्ति-नास्ति हुँदैन र नास्ति-अस्ति हुँदैन”, यो सातौं भङ्ग भयो ।
यसै प्रकार नित्यत्व सप्तभङ्गी, अनित्यत्व सप्तभङ्गी तथा सामान्य धर्म, विशेष धर्म, गुण र पर्यायहरूको प्रत्येक वस्तुमा सप्तभङ्गी हुन्छ । त्यस्तै द्रव्य, गुण, स्वभाव र पर्यायहरूको अनन्त हुनाले सप्तभङ्गी पनि अनन्त हुन्छ । यस्तो बौद्ध तथा जैनीहरूको ‘स्याद्वाद’‘सप्तभङ्गी’ न्याय भनिन्छ ।
समीक्षक— यो कथन एक अन्योन्याभावमा साधर्म्य र वैधर्म्यमा चरितार्थ हुन सक्दछ । यस सरल प्रकरणलाई छोडेर कठिन जाल-रचना केवल अज्ञानीहरूलाई फसाउनको लागि हुन्छ । हेर ! जीवको अजीवमा र अजीवको जीवमा अभाव रहन्छ नै । जसरी जीव र जडको वर्तमान हुनाले साधर्म्य र चेतन तथा जड हुनाले वैधर्म्य भनिन्छ अर्थात् जीवमा चेतनत्व (अस्ति) छ र जडत्व (नास्ति) छैन । यसै प्रकार जडमा जडत्व छ र चेतनत्व छैन । यसबाट गुण-कर्म-स्वभावको समानधर्म, र विरुद्ध धर्मको विचारले सबै यिनका सप्तभङ्गी र स्याद्वाद सहजताले बुझ्न सकिन्छ, फेरि यति प्रपञ्च बढाउनु के कामको लागि हो ? यसमा बौद्ध र जैनहरूको एक मत छ । थोरैमात्र पृथक् हुनाले भिन्न-भाव पनि हुन जान्छ ।
जैन र बौद्धको ऐक्यता (१२.७)
अब यस भन्दा अगाडि केवल जैनमतको वर्णन छ
चिदचिद् द्वे परे तत्त्वे विवेकस्तद्विवेचनम् । उपादेयमुपादेयं हेयं हेयं च कुर्वतः ॥१॥
हेयं हि कर्तृरागादि तत्कार्य्यमविवेकिनः । उपादेयं परं ज्योतिरुपयोगैकलक्षणम् ॥२॥   
   —आर्हतदर्शन ॥
जैनीहरू ‘चित्’‘अचित्’ अर्थात् चेतन र जड दुइटामात्रै परतत्त्व मान्दछन् । ती दुइटाको विवेचनको नाम ‘विवेक’ । जुन-जुन ग्रहणको योग्य छ, त्यस-त्यसको ग्रहण र जुन-जुन त्याग गर्न योग्य छ, त्यस-त्यसको त्याग गर्नेवालालाई ‘विवेकी’ भन्दछन् ॥१॥ जगत्‌को कर्ता र रागादि तथा ईश्वरले जगत् गरेको छ, यस अविवेकी मतको त्याग र योगले लक्षित परमज्योतिस्वरूप जुन जीव हो, त्यसको ग्रहण गर्नु उत्तम हो ॥२॥
अर्थात् जीवको बिना दोस्रो चेतनतत्त्व ईश्वरलाई मान्दैनन् । ‘कोही पनि अनादि सिद्ध ईश्वर छैन’, यस्तो बौद्ध-जैनहरू मान्दछन् । यसमा राजा शिवप्रसादजी ‘इतिहासतिमिरनाशक’ ग्रन्थमा लेख्दछन् कि— “यिनका दुई नाम हुन्, एक जैन र दोस्रो बौद्ध यी पर्यायवाची शब्द हुन् परन्तु बौद्धहरूमा वाममार्गी मद्यमांसाहारी बौद्ध छन्, तिनीहरूसँग जैनीहरूको विरोध छ । परन्तु जो महावीर र गौतम गणधर छन्, उनीहरूका नाम बौद्धहरूले बुद्ध राखेका छन्जैनीहरूले गणधर जिनवर” राखेका छन् । यसमा जिनको परम्परा जैनमत हो, ती राजा शिवप्रसादजीले आफ्नो ‘इतिहासतिमिरनाशक’ ग्रन्थको तेस्रो खण्ड (मेडिकलहल, बनारस मुद्रित प्रथम संस्करण विक्रम संवत् १९३०, पृष्ठ १०९) मा लेखेका छन् कि “स्वामी शङ्कराचार्य भन्दा पहिला जिनको कुल चलेको हजार वर्ष लगभग भैसकेको थियो, सारा भारतवर्षमा बौद्ध अथवा जैनधर्म फैलिएको थियो ।” यसमाथि टिप्पणी— “...बौद्ध भन्नाले हाम्रो आशय उस मतसँग छ, जुन महावीरको गणधर गौतम स्वामीको समयदेखि शङ्कर स्वामीको समयसम्म वेदविरुद्ध सारा भारतवर्षमा फैलिराख्यो र जसलाई ‘अशोक’ र ‘सम्प्रति’ महाराजले माने, यसबाट जैन कुनै तरहले पनि बाहिर निस्कन सक्दैनन् ।.... जिन, जसबाट जैन निस्कियो र बुद्ध, जसबाट बौद्ध निस्कियो, दुइटै पर्याय शब्द हुन् । कोशमा दुइटैको अर्थ एउटै लेखिएको छ र गौतमलाई दुवैले मान्दछन् । वरन् दीपवंश इत्यादि पुराना बौद्ध ग्रन्थहरूमा शाक्यमुनि गौतम बुद्धलाई प्रायः महावीरको नामले नै लेखिएको छ । हुनसक्दछ उनको समयमा एउटै मत रह्यो होला ।.... हामीले जुन जैन नलेखेर गौतमका मतवालाहरूलाई बौद्ध लेख्यौं, यसको प्रयोजन केवल यति नै हो कि उनलाई दोस्रा देशवालाहरूले बौद्धकै नामले लेखेका छन्....।” यस्तै नै अमरकोशमा लेखिएको छ—
सर्वज्ञः सुगतो बुद्धो धर्मराजस्तथागतः । समन्तभद्रो भगवान् मारजिल्लोकजिज्जिनः ॥१॥
षडभिज्ञो दशबलोऽद्वयवादी विनायकः । मुनीन्द्रः श्रीधनः शास्ता मुनिः शाक्यमुनिस्तु यः ॥२॥
स शाक्यसिंह सर्वार्थः सिद्धश्शौद्धोदनिश्च सः । गौतमश्चार्कबन्धुश्च मायादेवीसुतश्च सः ॥३॥
                  —अमरकोश (काण्ड १/वर्ग १/श्लोक ८-१०) ॥
अब हेर्नुहोस् ! ‘बुद्ध’, ‘जिन’‘बौद्ध’ तथा ‘जैन’ एउटैको नाम हो कि होइन ? के ‘अमरसिंह’ ले पनि ‘बुद्ध’ ‘जिन’ लाई एक लेख्नमा भुलेको हो ? जति अविद्वानी छन्, तिनले न त आफ्नो जान्दछन् न त अर्काको, केवल हठमात्रले बर्बराउँछन्, परन्तु जो जैनहरूमा विद्वान् छन्, तिनीहरूले सबै जान्दछन् कि ‘बुद्ध’ र ‘जिन’ तथा ‘बौद्ध’ र ‘जैन’ पर्यायवाची हुन् ।
उनै बौद्धहरू र जैनीहरूमा नाममात्रको भेद हो, परन्तु जो मांसाहारी बौद्ध छन्, उनीहरूदेखि जैन भिन्दै हुन् । फेरि चारवाकको मत लिएर जैनमत प्रवृत्त भएको छ । अरू केही भेद पनि छ अर्थात् जसरी चारवाक् र बौद्धले ईश्वरलाई मान्दैनन् र जगत् अनादि कालदेखि स्वभावसिद्ध तथा प्रत्यक्ष र अनुमानलाई मान्दछन् ।
जैनीहरू जीवलाई अनादि र क्षणिकवाददेखि विरुद्ध मान्दछन् । जीव कर्मको कर्ता, स्वयंफल भोक्ता हो । फलप्रदाता र जगत्‌को कर्ता कोही पनि छैन । कर्मक्षयबाट मुक्ति, दया, क्षमालाई धर्म मान्दछन् ।
र आफ्ना तीर्थङ्करहरूलाई नै केवली मुक्तिप्राप्त र परमेश्वर मान्दछन्, अनादि परमेश्वर कोही पनि छैन । सर्वज्ञ, वीतराग, अर्हन्, केवली, तीर्थकृत, जिन यी ६ नास्तिकहरूका देवताहरूका नाम हुन् ।
अनादिदेवको स्वरूप चन्द्रसूरिले ‘आप्तनिश्चयालङ्कार’ ग्रन्थमा लेखेका छन्—
सर्वज्ञो वीतरागादिदोषस्त्रैलोक्यपूजितः । यथास्थितार्थवादी च देवोऽर्हन् परमेश्वरः ॥१॥
                                                        —आर्हतदर्शन ॥
तथा चोक्तं ‘तौतातितौः—
सर्वज्ञो दृश्यते तावन्नेदानीमस्मदादिभिः । दृष्टो न चैकदेशोऽस्ति लिङ्गं वा योऽनुमापयेत् ॥२॥
न चाऽऽगमविधिः कश्चिन्नित्यः सर्वज्ञबोधकः । न च तत्रार्थवादानां तात्पर्यमपि कल्प्यते ॥३॥
न चान्यार्थप्रधानैस्तैस्तदस्तित्वं विधीयते । न चानुवदितुं शक्यः पूर्वमन्यैरबोधितः ॥४॥
अनादेरागमस्यार्थो न च सर्वज्ञ आदिमान् । कृत्रिमेण त्वसत्येन स कथं प्रतिपाद्यते ॥५॥
अथ तद्वचनेनैव सर्वज्ञोऽन्यैः प्रतीयते । प्रकलप्येत कथं सिद्धिरन्योऽन्याश्रययोस्तयोः ॥६॥
सर्वज्ञोक्ततया वाक्यं सत्यं तेन तदस्तिता । कथं तदुभयं सिध्येत् सिद्धमूलान्तरादृते ॥७॥
असर्वज्ञप्रणीतात्तु वचनान्मूलवर्जितात् । सर्वज्ञमवगच्छन्तस्तद्वाक्योक्तं न जानते ॥८॥
सर्वज्ञसदृशं किञ्चिद्यदि पश्येम सम्प्रति । उपमानेन सर्वज्ञं जानीयाम ततो यवम् ॥९॥
उपदेशोऽपि बुद्धस्य धर्माधर्मादिगोचरः । अन्यथा नोपपद्येत सर्वज्ञं यदि नाभवत् ॥१०॥
                                    —आर्हतदर्शन ॥
अर्थ— जसले रागादि दोषहरू जित्दछ सर्वज्ञ सबैको ज्ञाता, तीनै लोकमा पूजित, यथार्थवादी अर्हतदेव हुन् उनै परमेश्वर हुन् ॥१॥ यदि सर्वज्ञ अनादि ईश्वर हुन्थ्यो भने त त्यसलाई हामीले देख्दैनौं, यसैले ईश्वर प्रत्यक्ष होइन र उसको एक देश वा चिह्नलाई पनि हामीहरूले देख्दैनौं, जसबाट अनुमान गर्न सकियोस् ॥२॥ र सर्वज्ञको बोध गराउनेवाला कुनै आगम अर्थात् कुनै शास्त्रको विधि पनि छैन, यसैले ईश्वरमा शब्दप्रमाण पनि छैन । र उसमा अर्थवाद पनि घट्दैन, किनभने जुनसुकै वस्तु होस् त्यसको गुण-दोष जानेर स्तुति वा निन्दा हुन्छ भने त, अर्थापत्तिले पनि ईश्वरलाई सिद्ध गरोस् ॥३॥ त्यसैले अर्थापत्तिबाट पनि ईश्वर सिद्ध हुँदैन र न अन्यार्थ प्रधान लिङ्गहरूले ईश्वरको अस्तित्त्व सिद्ध हुन्छ, जसरी रचनालाई देखेर रचनाकारको अनुमान गरिन्छ । ईश्वरको अनुवाद पनि कसैले गर्न सक्दैन, किनभने जुन पूर्व कथित ईश्वर हुन्थ्यो भने त त्यसको अनुवाद हुन सक्दछ ॥४॥ र जो सर्वज्ञ आदिमान् हुन्छ त्यो अनादि शास्त्रको वा जगत्‌को कर्ता हुन सक्दैन, जुन कृत्रिम असत्य जगत् हो, उसमा अकृत्रिम सत्य ईश्वर कसरी हुन सक्दछ ॥५॥ यदि कसैले भन्दछ कि उसैको वचनबाट अन्य जीवहरू ईश्वरलाई जान्दछन् भने त ‘ईश्वरको वचनबाट ईश्वरको सिद्धि र ईश्वरदेखि वचनको’ यो अन्योऽन्याश्रय दोष आउँछ । किनभने सर्वज्ञोक्तवचनबाट वाक्य सत्य र उसदेखि ईश्वर अस्तित्त्व सिद्ध गर्नुछ, यी दुइटै एक-अर्काको सिद्धिमा अपेक्षा राख्दछन्, उसको बिना एक-अर्काको सिद्धि हुन सक्दैन ॥६-७॥ जुन मूलवर्जित असर्वज्ञप्रणीतवचनले सबैलाई जान्दछन्, तिनहरूले उसको वाक्योक्तधर्मलाई जान्दैनन् ॥८॥ यदि हामीले यस समयमा कसैलाई सर्वज्ञको तुल्य देख्यौं भने त उपमानबाट सर्वज्ञलाई मान्न सकिन्छ र उपदेश पनि बुद्ध अर्थात् जानकारको धर्माधर्म लक्षणस्वरूप हुन सक्दछ । अन्यथा अर्थात् बुद्धिको बिना सर्वज्ञ हुन सक्दैन । जुन सर्वज्ञ हामीलाई उपदेष्टा प्रत्यक्ष हुँदैन भने त हामीले धर्माधर्मलाई जान्न सक्दैनौं, यसैले सर्वज्ञ तीर्थङ्करहरूको वचन मान्नुपर्दछ ‘अनादि ईश्वर कोही छैन’ ॥९-१०॥
यसको खण्डन
उत्तर— यो सबै प्रपञ्चको कुरा हो । किनभने जुन प्रथम रागादि दोषयुक्त छ, त्यो सदाको लागि कहिल्यै पनि छुट्न सक्दैन, किनभने जुन नैमित्तिक दोष छन् भने त फेरि पनि निमित्त हुनाले हुन जानेछ र स्वाभाविक हुन् भने त कहिल्यै छुट्नेछैनन् । जुन देशकालदेखि परिच्छिन्न वस्तु हुन्छ, त्यो एकदेशी र जुन एकदेशी हुन्छ, त्यो सर्वज्ञ होइन । किनभने जुन वस्तु अल्प हुन्छ, उसका गुण, कर्म, स्वभाव पनि अल्प हुन्छन्, त्यो सर्वज्ञ हुन सक्दैन । किन्तु जो सर्वव्यापक अनादि परमात्मा हो, वही सनातन ईश्वर हो ॥१॥
के तिमीलाई जुन वस्तु प्रत्यक्ष हुँदैन, त्यो वस्तु हुँदै नहुने र जुन प्रत्यक्ष छ त्यही हुन्छ, यस्तो नियम हुन्छ ? तिमीले प्रत्यक्ष ६ प्रकारको मान्दछौ होला एक श्रावण, दोस्रो त्वाच, तेस्रो चाक्षुष, चौथो रासन, पाँचौं घ्राण र छैटौं मानस । जसरी पृथ्वीको गन्धादि गुण कठिनत्वादि स्वभावलाई देखेर पृथ्वी प्रत्यक्ष हुन्छ, त्यसरी नै परमेश्वरको गुण, कर्म, स्वभाव र नियम सृष्टिमा रचना आदि गुण, कर्म र स्वभाव कार्य नियम देखेर सर्वज्ञ, सर्वव्यापी, अनादि ईश्वरको प्रत्यक्ष गर्नुपर्दछ । र जब जीवात्मा कुनै दुष्ट वा श्रेष्ठ कामको ध्यान गर्दछ, त्यस समय ऊ तदाकार उसको अभिमुख हुन्छ । त्यसै समय उसको भित्रबाट अर्को प्रेरणा अर्थात् पापमा भय, शङ्का, लज्जा र पुण्यमा निर्भय, उत्साह र प्रसन्नता गराउने बुद्धि निस्कन्छ, त्यो ईश्वरको तिरबाट भएको हो । वहाँ गुण-गुणीको तादात्म्य सम्बन्ध हुन्छ, यसैले परमात्मा प्रत्यक्ष छ । जसरी कुनै कृत्रिम पदार्थलाई देखेर, उसमा भएको रचना विशेष लिङ्गलाई देखेर अदृष्ट कर्तालाई निश्चित जान्नपर्ने हुन्छ । के यो ईश्वरमा अनुमानको लिङ्ग होइन ॥२॥
आगम अर्थात् आप्तले भनेका प्रमाणलाई मान्नुपर्दछ । तिम्रो पुस्तकमा अनादि ईश्वरको निरूपण गरिएन, त्यो भुल हो । जो नित्य सर्वज्ञ होइन भने त सादि ज्ञानयुक्त पुरुषको शरीर पालनको लागि पदार्थ कहाँबाट हुन सक्दछ ? किनभने शरीरको आदि र अन्त हुन्छ, यसको कर्ता जीव हुन सक्दैन । यदि शरीरादिको कर्ता हुन्थ्यो भने त शारीरिक क्रिया पनि जान्थ्यो कि यस आँखामा कति नाडी आदि पदार्थहरूको संयोग-वियोग छन्, त्यसलाई जान्दथ्यो । जसरी साँचोमा कुनै धातुलाई पगालेर हाल्दा, तादृशपात्र बन्न जान्छ । अथवा बीजमा जस्तो रचना गर्दछ त्यस्तै अङ्कुर, मूल, शाखा, पत्र, पुष्प, फल उत्पन्न हुन्छ, यो सामर्थ्य जीवको हो जडको होइन किनभने जीवलाई जब शरीर प्राप्त हुन्छ, तब नै केही गर्न सक्दछ र ज्ञानको सामर्थ्य बढाउन सक्दछ अन्यथा सक्दैन । यदि अनादि ईश्वरले जीवको शरीर वा बीज आदिको योग गर्थेन भने त केही पनि हुन सक्ने थिएन । हेर ! कति नै कुनै विद्वान् वा योगी किन नहोस् जब सुषुप्तिलाई प्राप्त हुन्छ, तब केही पनि भान रहँदैन ।
दोस्रो— जब दुःख प्राप्त हुन्छ, तब ज्ञान शून्य हुन जान्छ । जीव वा जड परमाणुहरूबाट स्वतः पनि रचनाविशेष हुन सक्दैन र यथार्थवाद पनि ईश्वरमा यथावत् घट्दछ, किनभने जगत्‌को अनन्त विद्याको यथावत् रचित कार्यहरूलाई देख्नाले ईश्वर प्रशंसनीय हुन्छ । जब अन्तर्यामी ईश्वर आफ्नो गुण, कर्म र स्वभावको प्रकाश जीवात्मामा गर्दछ, पुनः दोस्राको सामुन्ने परमेश्वरको अनुवाद गर्न पनि सहज हुन्छ । अन्योऽन्याश्रय दोष अनित्य पदार्थमा आउँछ नित्यमा होइन । किनभने जुन साधनसाध्य हुन्छ त्यसैमा नै अनवस्था आउने गर्दछ, नित्यमा होइन । जसरी सूर्य र प्रदीपको प्रकाश र प्रकाश्य सूर्य र दीप हुन्छ, दोस्रो होइन, यसै प्रकार परमेश्वरको वचन र परमेश्वर नित्य र स्वयं प्रकाश हुनाले अनवस्था आउन सक्दैन । फेरि उपमानबाट पनि ईश्वर सिद्ध हुन्छ । किनभने परमेश्वरको सदृश परमेश्वर छ वा एकदेश अथवा एक गुण, कर्म, स्वभाव तुल्य दोस्रो आकाश, न्यायाधीश आदि हुन्छन्, त्यसको उपमाबाट पनि ईश्वर सिद्ध हुन्छ । यसैले जहाँ तीर्थङ्करहरूलाई परमेश्वर मान्दछौ भने त तिनीहरूका माता-पितालाई कसले उत्पन्न गरेको थियो ? यदि भन्दछौ कि ती स्वभावले भएका थिए भने त अहिले पनि स्वभावबाट मनुष्य किन हुँदैनन् ॥३-१०॥
तौतातिको मतको उल्लेख (१२.८)
    आस्तिक र नास्तिकको संवाद
    यस भन्दा अगाडि प्रकरणरत्नाकरको दोस्रो भागबाट जसलाई ठूला-ठूला जैनीहरूले आफ्नो सम्मतिको साथ मानेर मुम्बईमा छपाएका हुन् । जैनीहरूको ईश्वरखण्डनमा आस्तिक नास्तिक संवादको प्रश्नोत्तर यहाँ लेख्दछौं ।
    नास्तिक— ईश्वरको इच्छाबाट केही पनि हुँदैन, जे-जति हुन्छ त्यो कर्मबाट हो ।
    आस्तिक— कर्मबाट जुन हुन्छ त्यो कर्म कसबाट हुन्छ ? यदि भन्दछौ कि जीव आदिबाट भने त उनैको फल भोग्नु जीवको इच्छानुकूल हो । परन्तु पापको फल दुःखलाई जीव आफ्नो इच्छाले भोग्दैन, ईश्वरले भोगाइदिंदा भोग्दछ । जसरी चोरले सुख आफ्नो इच्छाले भोग्दछ र दुःख राजाको व्यवस्थाले ।
    नास्तिक— ईश्वर अक्रिय हो, किनभने जो कर्म कर्ता हुन्थ्यो भने त, कर्मको फल पनि भोग्नु पर्थ्यो ।
    आस्तिक— ईश्वर अक्रिय होइन, किनभने चेतन र सृष्टिकर्ता हो । जस्तो तिम्रो कृत्रिम बनावटको ईश्वर जस्तै कि तिमीले तीर्थङ्करहरूलाई जीवबाट ईश्वर बनेका मानेका छौ, त्यस्तो कदाचिद् हुने भएका यस प्रकारको ईश्वरलाई कोही विद्वान्‌ले मान्न सक्दैन । किनभने जुन निमित्तबाट ईश्वर बन्दछ भने त अनित्य हुन जान्छ । किनभने ईश्वर बन्नु भन्दा पहिला जीव थियो, पश्चात् कुनै निमित्तबाट ईश्वर बन्यो होला, त्यो फेरि पनि जीव हुन जानेछ । किनभने यो अनादि कालदेखि जीव थियो, अनन्तकाल रहनेछ । फेरि बीचमा ईश्वर बन्यो, त्यो पनि अन्तमा पुनः जीव हुन जानेछ । त्यसैले यस अनादि ईश्वरलाई मान्न योग्य छ । परमेश्वरले पाप कहिल्यै गर्दैन । जस्तो स्वभाविक चेष्टा हुन्छ, उसै प्रकार जगत्‌को उत्पत्ति, स्थिति, प्रलय गर्दछ । यसैले जगत्‌को कर्ता ईश्वर हो । स्वभावबाट जगत् बन्दछ भने त, जगत्‌को कारणको स्वभाव जडत्व हो, त्यो ज्ञानपूर्वक श्रेष्ठ हुन सक्दैन, किनभने त्यसमा यथायोग्य बन्ने ज्ञान नै हुँदैन । जसरी माटोमा घैंटो कपासमा लुगा बन्ने स्वतः सामर्थ्य हुँदैन । दोस्रो ज्ञानवालाले बनाउनाले मात्र घैंटो र वस्त्र बन्दछ ।
    नास्तिक— ईश्वर व्यापक छैन । यदि व्यापक हुन्थ्यो भने त सबै चेतन हुन्थे र बराबर चेतनता किन छैन ? ब्राह्मणादिमा उत्तम, मध्यम, निकृष्टता किन भयो ? किनभने सबैमा ईश्वर एकैनास व्यापक छ भने त यसरी साना-ठूला किन भए ?
आस्तिक— व्याप्य र व्यापक एक होइन, किन्तु दुई वटा हुन्छन् । जसरी आकाश सबैमा व्यापक छ र सबै आकाशको सदृश हुँदैनन् । त्यसै गरी परमेश्वरको चेतन हुनाले जबै जडवस्तु चेतन हुँदैन । जसरी आकाश सबैमा बराबरी छ, पृथ्वी आदिको अवयव बराबर छैन, त्यसै गरी परमेश्वरको बराबरी कोही छैन । जसरी विद्वान, अविद्वान्, धर्मात्मा अधर्मात्मा बराबर हुँदैनन्, त्यसरी नै विद्यादि सद्गुण र सत्यभाषणादि कर्म तथा सुशीलतादि स्वभावको अधिक न्यून हुनाले ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र र अन्त्यज ठूला-साना मानिन्छन् । वर्णहरूको व्याख्या जस्तो चतुर्थसमुल्लासमा लेखेर आएँ वहाँ हेर्नुहोला ।
    नास्तिक— ईश्वरले जगत्‌को अधिपतित्व र जगत्रूप ऐश्वर्य के कारणले स्वीकार गर्‍यो ?
    आस्तिक— ईश्वरले कहिल्यै अधिपतित्व न छोडेको थियो, न ग्रहण गरेको छ, किन्तु अधिपतित्व र जगत्रूप ऐश्वर्य ईश्वरमा नै छ । न कहिल्यै त्यसबाट अलग हुन सक्दछ भने त, ग्रहण कसरी गर्ने ? किनभने अप्राप्तको ग्रहण हुन्छ । व्याप्यबाट व्यापक र व्यापकबाट व्याप्य पृथक् कहिल्यै हुन सक्दैन । त्यसैले सदैव स्वामित्व र अनन्त ऐश्वर्य अनादि कालदेखि ईश्वरमा छ । यसको ग्रहण र त्याग जीवहरूमा घट्न सक्दछ, ईश्वरमा होइन ।
    नास्तिक— यदि ईश्वरको रचनाबाट सृष्टि हुन्छ भने त, माता-पितादिको के काम भयो ? जब परमात्मा शाश्वत, अनादि, चिदानन्द, ज्ञानस्वरूप छ भने त जगत्‌को प्रपञ्च र दुःखरूपमा किन पर्‍यो गयो ? यस्तो काम कुनै साधारण मनुष्यले पनि आनन्दलाई छोडेर, दुःखलाई ग्रहण गर्दैन । ईश्वरले किन गर्‍यो त ?
    आस्तिक— ईश्वरको सृष्टि भिन्न र मानुषी सृष्टि भिन्न हुन्छ । यसैले माता-पितादिको आवश्यकता हुन्छ । जसरी परमात्माले अनादि प्रकृति परमाणुरूप कारणबाट सृष्टि गर्दछ, त्यसै गरी परमात्माले माता-पितारूप निमित्त कारणदेखि उत्पत्तिको प्रबन्ध गरेको छ । यसमा कुनै दोष छैन ।
    परमात्मा कुनै प्रपञ्च र दुःखमा गिर्दैन, न त आफ्नो आनन्दलाई छोड्दछ, किनभने प्रपञ्च र दुःखमा गिर्नु जुन एकदेशी हो त्यसको हुन सक्दछ; सर्वदेशीको हुँदैन । जो अनादि, चिदानन्द, ज्ञानस्वरूप परमात्माले जगत्‌लाई बनाउँदैन भने त अन्य कसले बनाउन सक्दछ ? जगत् बनाउने जीवमा सामर्थ्य छैन र जडमा स्वयं बन्ने पनि सामर्थ्य छैन । यसबाट यही सिद्ध हुन्छ कि परमात्माले नै जगत्‌लाई बनाउँछ र सदा आनन्दमा रहन्छ । जसरी परमात्माले परमाणुरूप कारणबाट सृष्टि गर्दछ त्यसरी माता पितारूप निमित्तकारणले पनि उत्पत्तिको प्रबन्ध-नियम उसैले गरेको छ ।
    नास्तिक— ईश्वर मुक्तिपदलाई छोडेर जगत्‌मा अनेकरूप पदार्थहरूको सृष्टिधारण र प्रलय गर्ने बखेडामा किन पर्‍यो ?
आस्तिक— ईश्वर सदा मुक्त छ । तिम्रा तीर्थङ्करहरूको सदृश बन्धपूर्वक मुक्तिको हुनु ईश्वरमा हुँदैन । जगत्‌लाई बनाउँछ, धर्ता, पालनकर्ता र प्रलय गरेर पनि बन्धमा पर्दैन, किनभने बन्ध र मुक्ति सापेक्ष हुन् । जहाँ बन्ध छैन त मुक्ति छैन र मुक्ति छ त बन्ध छैन । परमेश्वरमा बन्ध-मोक्ष घट्न सक्दैन, किन्तु सदा मुक्त छ । र जो एकदेशी जीव छन्, उनै नै बद्ध र मुक्त सदा भैराख्दछन् । अनन्त सर्वदेशी, सर्वव्यापक, ईश्वर बन्धन वा नैमित्तिक मुक्तिको चक्रमा, जस्ता कि तिम्रा तीर्थङ्कर छन्, कहिल्यै पर्दैन ।
    नास्तिक— जीव जसरी पिएको भाङ्गको नशाकै समान, आफ्नो-आफ्नो कर्मको फलमा प्राप्त हुन्छ, यसमा ईश्वरको केही काम छैन ।
    आस्तिक— बिना राजाका डाँकू, चोर आदि दुष्ट मनुष्य स्वयं फांसी चढ्दैनन्, न त कारागारमा जान्छन्, किन्तु राजाले उनीहरूको कर्मको फल दिन्छ । त्यसरी नै ईश्वरको न्याय व्यवस्थाको बिना कर्महरूको फल कसैले पनि भोग्न सक्दैन, यसैले ईश्वर न्यायाधीश हुन आवश्यक छ ।
    नास्तिक— जगत्‌मा एक ईश्वर छैन, किन्तु अनेक मुक्त जीव ईश्वररूप छन् ।
    आस्तिक— यो भन्नु व्यर्थ छ । किनभने जो प्रथम बद्ध भएर मुक्त हुन्छ भने त पुनः अवश्य बन्धमा पर्नेछ, जस्तै कि तिम्रा तीर्थङ्कर । र जो सदा मुक्त हुन्छ, त्यो कहिल्यै बन्धमा गिर्दैन । फेरि जब थुप्रै हुन्छन् भने त, जसरी जीव अनेक हुनाले लड्दछन्-भिड्दछन्, त्यसरी नै ईश्वर पनि लड्नेछन्-भिड्नेछन् ।
    नास्तिक— हे मूढ ! जगत्‌को कर्ता कोही छैन, किन्तु जगत् स्वयंसिद्ध हो ।
    आस्तिक— कर्ताको बिना कुनै कर्म र कर्मको बिना कुनै कार्य हुन सक्दैन । यसैले ईश्वर जगत्‌को कर्ता हो । तिमीले भने झैं यदि जगत् स्वयंसिद्ध हुन्थ्यो भने त, तिम्रो खेतको गहुँ स्वयं पिसिएर, रोटी बनेर, तिमी छेउ आएर, मुखमा घुसेर, पेटमा पुग्यो भने मात्र बिना ईश्वरको जगत् पनि स्वयं बन्थ्यो होला ।   
    नास्तिक— ईश्वर विरक्त हो कि मोहित हो ? यदि विरक्त हो भने त जगत्‌को प्रपञ्चमा किन पर्‍यो ? यदि मोहित हो भने त जगत् बनाउने सामर्थ्य नै छैन होला ।
    आस्तिक— परमेश्वरमा वैराग्यको मोह घट्न सक्दैन । किनभने ऊ सर्वव्यापक, सर्वोत्तम हुनाले कसैसँग पृथक् वा कसैसँग राग गर्न सक्दैन । ईश्वर भन्दा उत्तम वा उसलाई अप्राप्त कुनै पदार्थ छैनन् त्यसैले कसैमाथि मोह पनि हुँदैन । वैराग्य र मोहको हुनु जीवमा घट्दछ; ईश्वरमा होइन ।
    नास्तिक— यदि जगत्‌को कर्ता, कर्महरूको फलको दाता ईश्वरलाई मान्यौ भने त ईश्वर प्रपञ्ची भएर दुःखी हुन जानेछ ।
आस्तिक— दुःख अज्ञान र अधर्माचरणबाट हुने गर्दछ । परमेश्वरमा यी दुवै हुँदैन । त्यसैले ईश्वर प्रपञ्ची होइन । प्रपञ्ची-अप्रपञ्ची जीव हुन्छन् इत्यादि विचारबाट ईश्वरको सिद्धि हुन्छ । जो कसैले यसलाई मान्दैन, त्यो मूढमत हो । हो, तिमी आफू र आफ्ना तीर्थङ्करकै समान परमेश्वरलाई पनि आफ्नो अज्ञानले सम्झन्छौ, सो तिम्रो अविद्याको लीला हो । यदि अविद्यादि दोषहरूबाट छुट्न चाहन्छौ भने त वेदादि सत्य शास्त्रहरूको आश्रय लेल । किन भ्रममा परी-परी ठक्कर खान्छौं ?
जैनमतको ईश्वरखण्डन विषयमा प्रश्नहरू (१२.९)
    अब जैनीहरू जीवलाई अनादि, अनन्त मान्दछन् सो ठीक हो, परन्तु जुन-जुन विरुद्ध छ, त्यस-त्यसलाई देखाएर खण्डन गरिनेछ । ६ द्रव्यहरूमा एक जीवद्रव्य पनि जैनीहरूले मान्दछन् अर्थात् जगत्‌मा जीव र अजीव दुई वटा नै पदार्थ छन्, तेस्रो छैन । यस्तो उनका केवली आचार्य तीर्थङ्करको वचन छ ।
    मूल— सामि अणाई अणन्ते, चउगई संसारघोरकान्तारे ।
             मोहाइ कम्मगुरुठिइ, विवागवसउ भमइ जीवो ॥
                   —प्रकरणरत्नाकर (भाग दोस्रो (२)/षष्ठीशतक/सूत्र २) ॥
    यो प्रकरणरत्नाकर नामक ग्रन्थको सम्यक्त्वप्रकाश प्रकरणमा गौतम र महावीरको संवाद हो । यसको संक्षेपबाट उपयोगी अर्थ यो हो कि यो संसार अनादि अनन्त छ । न कहिल्यै यसको उत्पत्ति भयो न त कहिले विनाश हुन्छ अर्थात् कसैले बनाएको जगत् होइन । सो नै आस्तिक-नास्तिकको संवादमा— “हे मूढ ! जगत्‌को कर्ता कोही छैन; न कहिले बन्यो, न त कहिल्यै विनाश हुन्छ ।”
    समीक्षक— अब विचार गर्नुपर्दछ कि जीव अल्प र अल्पज्ञ हो । जगत्‌को कार्य र कारण जड हो । यदि तेस्रो अनन्त शक्तियुक्त परमात्मा हुँदैन भने त जगत्‌को उत्पादान, धारण आदि कर्मलाई गर्न सक्दैन । अब पृथिव्यादि भूत र भूगोललाई पनि जैनीहरू जीवको शरीर मान्दछन् । किनभने काँचो माटो सजीव हो, क्षार माटो अजीव हो, त्यसैले उसमा वनस्पति उम्रँदैन । वाह रे जैनीहरू ! र धन्य हुन् तिम्रा केवली तीर्थङ्कर जसलाई पदार्थ विद्यामा एकदमै भ्रम थियो । यदि पृथिव्यादि कुनै एक जीवको शरीर हो भने त जस्तै ठूला-ठूला तिमिङ्गिल माछो जता चाहन्छ, उतै जान्छ-आउँछ, त्यस्तै पृथ्वी आदि किन स्वेच्छित चाल चल्दैन ? के मीठो माटोमा वनस्पति उम्रने र क्षारीय माटोमा नउम्रने हुन्छ ? हो ! यो कुरा त हो कि मीठो माटोको वनस्पति आदि क्षारिय माटोमा, क्षारीय माटोका वृक्ष आदि मीठो माटोमा हुँदैनन् होला ? किन्तु आफ्ना-आफ्ना ठेगानमा सबै हुन्छन् ।
जुन संयोगबाट उत्पन्न हुन्छ त्यो अनादि र अनन्त कहिल्यै हुन सक्दैन । फेरि उत्पत्ति तथा विनाश नभैकन कर्म रहँदैन । जगत्‌मा जति पदार्थ उत्पन्न हुन्छन् ती सबै ‘संयोगज’ उत्पत्ति-विनाशवाला देखिन्छन् । पुनः जगत् उत्पन्न र विनाशवाला किन होइन ? यसैले तिम्रा तीर्थङ्करहरूलाई सम्यग्बोध थिएन । यदि उनलाई सम्यग्ज्ञान हुन्थ्यो भने त यस्तो असम्भव कुरो किन लेख्थे ? जस्ता तिम्रा गुरु छन् त्यस्तै तिमी शिष्य पनि छौ । तिम्रा कुरा सुन्नेहरूलाई पदार्थज्ञान कहिल्यै हुन सक्दैन ।
    जुन प्रत्यक्ष संयुक्त पदार्थ देखिन्छ त्यसको उत्पत्ति र विनाश कसरी मान्दैनौ ? अर्थात् यिनका आचार्य वा जैनीहरूलाई भूगोल खगोल विद्या पनि आउँथेन, न त अहिले यो विद्या यिनमा छ ।
    प्रश्न— जीवको आकार शरीरको सदृश हुन्छ, जसरी घटमा जलको आकार बन्दछ ।
    उत्तर— यदि यो कुरो सत्य हो भने त हात्तीको जीव किरो र किरोको जीव हात्तीमा अटाउन सक्दैन । त्यसैले यो कुरो झुटो हो । यो पनि एउटा मूर्खताको कुरो हो ! किनभने जीव एक सूक्ष्म पदार्थ हो जुन कि एक परमाणुमा पनि रहन सक्दछ परन्तु उसका शक्तिहरू शरीरमा प्राण, बिजुली र नाडी आदिको साथ संयुक्त भएर रहन्छ, त्यसैबाट सबै शरीरको वर्तमान जान्दछ । असल सङ्गले असल र खराब सङ्गले खराब हुन जान्छ ।
जिनदत्त सूरिले यस प्रकार भने—
जिनो देवो गुरुः सम्यक् तत्त्वज्ञानोपदेशकः । ज्ञानदर्शनचारित्र्याण्यपवर्गस्य वर्त्तिनी ॥१॥
स्याद् द्वादश्यप्रमाणे द्वे प्रत्यक्षमनुमापि च । नित्यानित्यात्मकं सर्वं नव तत्त्वानि सप्त वा ॥२॥
जीवाजीवौ पुण्यपापे चास्रवः संवरोऽपि च । बन्धो निर्जरणं मुक्तिरेषां व्याख्याऽधुनोच्यते ॥३॥
चेतनालक्षणो जीवः स्यादजीवस्तदन्यकः । सत्कर्म पुद्गलाः पुण्यं पापं तस्य विपर्ययः ॥४॥
आस्रवः कर्मणां बन्धो निर्जरणं द्वियोजनम् । अष्टकर्मक्षयान् मोक्षाथान्तरभावश्च कश्चन ॥५॥
सरजोहरणा भैक्षभुजो लुञ्चितमूर्द्धजाः । श्वेताम्बराः क्षमाशीला निःसंगा जैनसाधवः ॥६॥
लुञ्चिताः पिच्छिकाहस्ताः पाणिपात्रा दिगम्बराः । ऊर्ध्वाशिनो गृहे दातुर्द्वितीया स्युर्जिनर्षयः ॥७॥
भुङ्क्ते न केवली न स्त्री मोक्षमेति दिगम्बरः । प्राहुरेषामयं भेदो महान् श्वेताम्बरैः सह ॥८॥
    —इति (आर्हतदर्शन) ॥
अर्थ— जिन देव अर्थात् तीर्थङ्कर तत्त्व ज्ञानका उपदेशक, ज्ञान, दर्शन र चरित्र यी तीन रत्न अपवर्ग मोक्षको मार्गको प्राप्तिमा स्याद्वादका प्रत्यक्ष र अनुमान दुई प्रमाण, नित्य र अनित्यस्वरूप सबै जगत् जैनमतमा नव वा सात तत्त्व हुन् ॥१-२॥ एक जीव, दोस्रो अजीव, तेस्रो पुण्य, चौथो पाप, पाँचौं आस्रव, छैटौं संवर, सातौं बन्ध, आठौं निर्जरण र नवौं मुक्तितत्त्व मान्दछन् । यी नव तत्त्वहरूको यो व्याख्या हो ॥३॥ जो चेतन छ त्यो जीव, जो जड छ त्यो अजीव, जुन सत्कर्मको पुद्गल हो त्यो (पुण्य) कर्म र पापको पुद्गल पाप, कर्महरूको योग आस्रव, बन्धलाई छोडाउनु निर्जरज्ञानावर्णी आदि आठ कर्महरूको क्षय हुनुलाई मुक्ति भनिन्छ ॥४-५॥
जगत्‌को अनादित्व सम्बन्धी समीक्षा
एवं जैनका साधुहरूको लक्षण (१२.१०)
अब जैनीहरूका साधुहरूको लक्षण— रङ्गाइएको वस्त्र पहिरिने, भिक्षान्न भोजन गर्ने, शिर आदिको कपाल लुछ्ने, एक श्वेताम्बर शुक्लवस्त्र धारण गर्ने, क्षमायुक्त, सङ्गदोषदेखि रहित, दोस्रो उखेलेको केश, चँवर हातमा राख्ने, तेस्रो दिगम्बरले वस्त्र धारण नगर्ने, पाणिपात्र हात नै पात्र, गृहस्थको घरमा भोजनको पश्चात् भोजन गर्ने र ऋषिसंज्ञक पनि साधु हुन्छन् ॥६-७॥ एकको घरमा भोजन गर्दैनन्, स्त्रीको सङ्ग गदैनन्, ती दिगम्बर मुक्तिलाई प्राप्त हुन्छन् । यही दिगम्बर र श्वेताम्बरहरूमा भेद हो अर्थात् दिगम्बर पहिलाका हुन् र श्वेताम्बर पछिबाट भएका हुन् ॥८॥
    जैनी— हाम्रा धर्म अधर्म पनि द्रव्य हुन् ।
    विवेकी— धर्म, अधर्म गुण हो, द्रव्य कहिल्यै हुन सक्दैन । यदि धर्माधर्मलाई द्रव्य मान्दछौ भने त रूप, स्पर्श आदिलाई पनि द्रव्य मान ।
जैनमतमा रहेका सिद्धान्त-संग्रहहरू (१२.११)
    प्रश्न— जैनीहरू जगत् जीव, जीवको कर्म र बन्ध अनादि मान्दछन् ।
    उत्तर— यहाँ पनि जैनीहरूका तीर्थङ्करले भुलेका छन् किनभने संयुक्त जगत्‌को कार्य कारण अनादिरूप र कार्य प्रवाहरूपबाट अनादि हुन सक्दछ । जसरी तिमी यस स्थूल जगत्‌लाई अनादि मान्दछौ सो बन्न सक्दैन, किनभने संयोगजन्य पदार्थ संयोग भन्दा पूर्व संयुक्तावस्थामा हुँदैन, किन्तु वियोगावस्थामा हुन्छ । जुन जीवलाई अनादिकाल बन्ध छ, त्यो कहिल्यै छुट्नसक्ने छैन र यदि अनादिलाई पनि छुट्न मान्यौ भने त जति अनादि द्रव्य तिम्रा मतमा छन्, ती सबै कुरा अनित्य हुन जानेछन् । र मुक्ति सबै कर्महरूको छुट्नाले तिमी मान्दछौ भने त सबै कर्महरूको छुट्नेरूप निमित्तबाट मुक्ति हुनाले नैमित्तिक भयो, जुन निमित्तबाट हुन्छ त्यो सदा रहँन सक्दैन । र कर्म, कर्ताको नित्य सम्बन्ध हुनाले कर्म कहिल्यै छुट्नेछैन । त्यसैले तिम्रो मतमा जुन-जुन तीर्थङ्कर आदि मुक्तिमा गएका छन् तिनीहरू फेरि फर्केर आउनेछन् । पुनः तिम्रा मतमा मुक्ति अनित्य हुन गयो ।
प्रश्न— जसरी मैलो लाग्नाको कारणले वस्त्रमा मैलो लाग्दछ र धुनाले मैलो छुट्दछ, पुनः मैलो लाग्दछ, त्यसै गरी मिथ्यात्वादि हेतुहरूबाट रागद्वेषादिको आश्रयले जीवलाई कर्मरूप मल लाग्दछ ।
    उत्तर— यदि मिथ्यात्वादि हेतुहरूबाट जीव मलीन हुन्छ भने त, ती निमित्तको पूर्व जीवलाई निर्मल मान्न पर्नेछ र जहाँ निर्मललाई मल लाग्यो भने त अनिर्मोक्षापत्ति तिम्रो मतमा आउनेछ । किनभने मुक्तिमा जीवलाई तिमीले निर्मल मान्दछौ र मल लाग्नाको कारणहरूले मलहरू लाग्नु मान्दछौ भने त मुक्त जीव संसारी र संसारीजीव मुक्त हुन्छ, यस्तो अवश्य नै मान्नुपर्नेछ ।
    प्रश्न— जीव अनादि कालदेखि कर्मसहित छ । कर्म छुटे पछि फेरि लाग्दैनन् ।
    उत्तर— जो अनादिदेखि कर्मसहित हुन्छ, त्यसको छुट्न असम्भव छ र बिना छुटे मुक्ति कहाँ भयो ? यसैले जीवहरूका कर्म र मुक्तिलाई प्रवाहरूपबाट तिमीले अनादि मान । अनादि अनन्ततादेखि होइन ।
    प्रश्न— जीव निर्मल कहिल्यै थिएन ।
    उत्तर— यदि कहिल्यै निर्मल थिएन भने त कहिल्यै पनि निर्मल हुन सक्नैछैन । जसरी वस्त्रमा पछिबाट लागेको मल धुनाले जान्छ, पुनः मैलो लाग्दछ । परन्तु त्यसको श्वेतपन कहिल्यै छुट्न सक्दैन ।
    प्रश्न— जीव पूर्वोपार्जित कर्महरूबाटै स्वयं शरीर धारण गर्दछ । ईश्वरको मान्नु व्यर्थ छ ।
    उत्तर— यदि केवल कर्म नै जन्म धारण गर्नमा कारण हो भने त त्यो जीव नराम्रो जन्म जहाँ कि दुःख हुन्छ त्यसलाई धारण नगरोस्, किन्तु राम्रो-राम्रो जन्म धारण गरोस् । यदि भन्दछौ कि कर्म प्रतिबन्धक हो, तर पनि कर्मको जड हुनाले निरोधक वा प्रवर्त्तक हुन सक्दैन । यसैले कर्मको फल प्रदाता परमेश्वरलाई मान्न तिमीले उचित छ । यदि भन्दछौ कि नशाकै समान कर्म स्वयं परिणामलाई प्राप्त हुन्छ भने त, बिना गरिएको कर्म परिणामलाई प्राप्त किन हुँदैन ? यदि भन्दछौ कि जसको जस्तो स्वभाव हुन्छ, त्यो त्यस्तै नै हुन जान्छ भने त विषले बिना खाए किन कसैलाई मार्दैन ? किनभने त्यसको परिणामी स्वभाव हुन्छ । यदि भन्दछौ कि संयोगको बिना कर्म-परिणाम प्राप्त हुँदैन भने त जीव र कर्मलाई संयुक्त गर्नेवाला कुनै तेस्रोलाई मान्न पर्नेछ । यदि मान्दैनौ भने त, जडको संयोग स्वतः हुन सक्दैन । यसबाट यही सिद्ध हुन्छ कि बिना ईश्वरको कर्मफल व्यवस्था हुन सक्दैन ।
    प्रश्न— जो कर्मदेखि मुक्त हुन्छ, त्यसैलाई ईश्वर भनिन्छ ।
    उत्तर— जब अनादि कालदेखि जीवको साथमा कर्म लागेको छ भने त, यो मुक्त कसरी हुन सक्दछ ? र जसलाई कर्म लाग्दछ त्यो ईश्वर नै होइन । र कर्म, कर्ताको ‘समवाय’ अर्थात् नित्य सम्बन्ध हुन्छ, यो कहिल्यै छुट्दैन; त्यसैले जस्तो ९औं समुल्लासमा लेखेर आएको छु, त्यसैलाई मान्न ठीक छ । जीवले चाहे जसरी आफ्नो ज्ञान र सामर्थ्य बढाओस् तर पनि उसमा परिमितज्ञान र ससीम सामर्थ्य रहनेछ । ईश्वरको समान कहिल्यै हुन सक्दैन । हो, जति सामर्थ्य बढाउन उचित हुन्छ, त्यति योगबाट बढाउन सक्दछ ।
    प्रश्न— कर्मको बन्ध सादि हो ।
उत्तर— यदि सादि हो भने त संयोगको आदिदेखि पूर्व जीव निष्कर्म थियो । जब निष्कर्मलाई कर्म लाग्यो भने त जति तिम्रा निष्कर्म मुक्त जीव छन् तिनीहरूलाई पनि कर्म लागेर संसारमा भकाभक गिर्नेछन् ।
    प्रश्न— यदि पशुलाई मारेर यज्ञमा होम गर्नाले पशु स्वर्गमा जान्छ भने त यजमानादि स्वयं अग्निमा आफ्नो शरीरको होम गरेर स्वर्गमा किन जाँदैन ?
    उत्तर— यो कुरो वेदहरूको होइन । अर्थात् पशुलाई मारेर होम गर्न आदि विधि वाममार्गीहरूले बनाएका हुन् । परन्तु यसलाई कुनै पनि सज्जनले मान्दैन । परन्तु उनै चारवाकका मतको नै यो कुरो हो । यसैले जैनीहरू पनि कहीं-कहीं चारवाकको मतसँग पनि मिल्दछन् ।
    प्रश्न— जसरी तूम्बीदेखि माटो थोरै निकाल्नाले त्यो माथि आउँछ, त्यस्तै जीवको कर्मबन्धन थोरै-थोरै हुनाले जीवको ऊर्ध्वगति भएर सिद्धशिलामा जान्छन् ।
    उत्तर— जैनीहरूले तल-माथिका कुरालाई गमनारूपका सम्झेका छन्, यदि विद्या हुन्थ्यो भने त यस्तो निर्मूल कुरो केको लागि मान्थे ! हेर ! जसलाई हामीले माथि भन्दछौं, त्यसैलाई त्यसदेखि पर भएकाहरूले त्यसलाई तल भन्दछन् र जसलाई हामीले तल भन्दछौं, त्यसैलाई त्यसदेखि तल रहनेहरूले त्यसलाई माथि भन्दछन् । यस्तै नै अगल-बगलमा रहनेवालाहरूको कुरो हो । यसैले सिद्धशिला र शिवपुरलाई मुक्तिको स्थान मान्नु अविद्याको कुरा हो ।
    प्रश्न— हाम्रो मतमा साधुहरूलाई रागद्वेष छैन ।
    उत्तर— हेर ! तिम्रो मूल आवश्यक सूत्रमा के लेखेको छ—
               अरिहन्ते सुयरागो सारीसुवं भयारीसु ॥—इत्यादि
अर्थात् अशुभलाई छोड्नमा द्वेष, श्रेष्ठ र शुभ कामहरूमा राग गर्नु राम्रो । यो रागद्वेष कसैको छुट्दैन । अर्थात् नराम्रा कामहरूमा द्वेष र राम्रा कामहरूमा प्रीति गर्नु अति राम्रो कुरा हो ।
    अब प्रकरणरत्नाकरको पहिलो भागमा जुन देवचन्द्रजी कृत नयचक्रसार छ, उसैको कुरा लेख्दछु । जसलाई सबै जैनीहरूले मान्दछन् ।
जीवको अनन्तसत्वको विषयमा समीक्षा (१२.१२)
तत्र द्रव्यभेदा यथा जीवा अनन्ताः; तत्रैकस्मिन् द्रव्ये प्रतिप्रदेशे स्वरूप एककार्य्यकरणसामर्थ्यरूपा अनन्ता अविभागरूपपर्याया एव गुणा अप्यनन्ता, प्रतिगुणं प्रतिदेशं पर्याया अप्यनन्ताः प्रति वस्तूनि अनन्तास्ततोऽनन्तगुणसामर्थ्यपर्यायाः ॥
—प्रकरणरत्नाकर भाग १ ॥
उत्तर— जीव अनन्त छ, उनका ज्ञान कुनै जीवको सामर्थ्य होइन, केवल अड्केर पच्चासीको कुरा हो । अनन्तको स्थानमा असंख्य भन्थ्यो भने त कुरो ठीक थियो । किनभने हामी जीवहरूले जीवको गणना गर्न सक्दैनौं । अब एक-एक द्रव्यमा आफ्ना-आफ्ना एक कार्यकरण सामर्थ्यको अविभाग पर्यायहरूबाट अनन्त मान्नु केवल अविद्याको कुरा हो । किनभने जब एक परमाणु द्रव्यको सीमा हुन्छ भने त उसमा अनन्त अविभाग रूप पर्याय कसरी रहन सक्दछ । र एक-एक द्रव्यमा अनन्त गुण र एक-एक गुण र प्रदेशदेखि अविभागरूप अनन्त पर्यायलाई मान्नु केवल बालकपनको कुरा हो । र एक-एक वस्तु पर्याय पनि अनन्त मान्नु केवल अविद्याको कुरो हो । किनभने जसको अधिकरणको अन्त छ, त्यसमा अनन्त कहिल्यै रहन सक्दैन । जसरी जैनीहरू भन्दछन् कि सानो कन्दमा अनन्त जीव हुन्छन् । जब कन्दको अन्त छ भने त जीवहरूको अन्त किन छैन ? जति विद्याशून्य मिथ्या कुराहरू छन् जैनका ग्रन्थहरूमा नै छन्, त्यति अन्यत्र छैन, र जहाँ कहीं छ, त्यसको मूल जैनमार्ग हो ।
जैनमतको समीक्षा (१२.१३)
उनीहरूका एउटा नवकार मन्त्र छ । त्यसको स्वरूप—
नमो अरिहन्ताणं नमो सिद्धाणं नमो आयरियाणं नमो उबज्झायाणं नमो लोए सब्बसाहूणं ।
एसो पंच नमुक्कारो सव्व पावप्पणासणो, मंगलाचरणं च सव्वेसिं पढमं हवइ मंगलम् ॥
यस मन्त्रको अर्थ यो हो—
(नमो अरिहन्ताणं) सबै तीर्थङ्करहरूलाई नमस्कार । (नमो सिद्धाणं) जैनमतका सबै सिद्धहरूलाई नमस्कार । (नमो आयरियाणं) जैनमतका सबै आचार्यहरूलाई नमस्कार । (नमो उवज्झायाणं) जैनमतका सबै उपाध्यायहरूलाई नमस्कार । (नमो लोए सब्बसाहूणं) जति जैनमतका साधु यस लोकमा छन्, ती सबैलाई नमस्कार छ ।
यद्यपि मन्त्रमा जैनपद छैन, तथापि जैनीहरूका अनेक ग्रन्थहरूमा सिवाय जैनमतका अन्य कसैलाई नमस्कार पनि नगर्न लेखिएको छ । यसैले यही अर्थ ठीक हो । यसको यस्तो माहात्म्य गरेका छन् कि तन्त्र, पुराणलाई र भाटहरूको कथालाई पनि मात गरिदिएका छन् । अर्थात् यस मन्त्रको जपले सबै पाप नष्ट हुन जान्छन् । श्राद्धदिनकृत्य र आत्मनिन्दाभावनामा यसको यस्तो फल लेखिएको छ—
नमुक्कारं तउ पढे ॥९॥
तउ कब्बं । मन्ताणमंतो परमो इमुत्ति धेयाणधेयं परमं इमुत्ति ।
तत्ताणतत्तं परमं पवित्तं । संसार सत्ताण दुहाइयाणं ॥१०॥
ताणं अंनंतु नो अत्थि जीवाणं भवसायरे ।
बुड्डं ताणं इमं मुत्तुं नमुक्कारं सुपोययम् ॥११॥
कब्बं । अणेगजम्मं तरसं चिआणं दुहाणं सारीरिअमाणुसाणु साणं ।
कत्तोय भब्बाणभविज्जनासो । न जावपत्तो नवकारमंतो ॥१२॥          —इत्यादि ॥
सबै मन्त्रहरूमा यो पवित्र र परम मन्त्र हो । ध्येयहरूको मध्येमा परम ध्येय, तत्त्वहरूमा परम तत्त्व, दुःखबाट पीडित संसारी जीवहरूका लागि यो नवकार मन्त्र जस्तो समुद्रको पार उतार्नमा डुँगा हुन्छ त्यस नौकाकै समान छ । संसारमा डुब्ने जीवहरूका लागि यही एक रक्षक हो । अनेक जन्मान्तर, शरीर र मन सम्बन्धी दुःख भव्यजीवहरूका नष्ट हुँदैनन्, जबसम्म नवकार मन्त्रको ग्रहण गर्दैनन् ।
अग्निप्रमुख आठ महाभय हुँदैनन् । भवसागरबाट तर्दछन् । जसरी वैदूर्य नामक मणि ग्रहण गर्नमा आउँछ अथवा शत्रुभयमा अमोघ शस्त्र ग्रहण गर्नमा आउँछ, त्यसरी नै श्रुतकेवलीको ग्रहण गर्ने र सबै द्वादशाङ्गीको नवकार मन्त्र रहस्य हो ।         —(श्राद्धदिनकृत्य पृष्ठ ३, सूत्र १३) ॥
जैनमतमा मूर्तिपूजाको प्रमाणहरू (१२.१४)
समीक्षक— यो गफौडा होइन त के हो ? जुन संसारमा पाषाणादि मूर्तिपूजा चलेको छ, त्यो सबै बौद्ध र जैनीहरूमा चलेको छ कि जसले सबै जगत्‌लाई भ्रममा पारेको छ । हेर ! श्राद्धदिनकृत्यको पहिलो पृष्ठमा लेखिएको छ— सन्ध्या समयको भोजनमा जिनबिम्ब अर्थात् उनका मूर्तिहरूलाई पूज्नु, द्वारपूजामा ठूला-ठूला बखेडा र नियम, मन्दिर बनाउने र पुरानो मन्दिरको मर्मत गर्नाले मुक्ति हुन जान्छ ।
यो बीसौ पृष्ठमा र तेईसौं पृष्ठमा— मन्दिरमा यस प्रकारले जाओस्, गएर बसोस्, बडो भाव, प्रीतिले पूजा गरोस् । “नमोः जिनेन्द्रेभ्यः” इत्यादि मन्त्रहरूले स्नानादि गराओस्, जल, चन्दनादि चढाओस् । त्यसै गरी रत्नसारभागको बाह्रौं पृष्ठमा मूर्तिपूजाको फल— पुजारीलाई राजा र प्रजा कसैले रोक्न सक्दैन । तेह्रों पृष्ठमा— मूर्तिपूजाबाट रोग, पीडा, महादोष छुटेर जानेछ । पाँच कौडीको फूल चढाएर, उसले १८ देशको राज पायो । त्यसको नाम कुमारपाल थियो, इत्यादि ।
समीक्षक— यदि यी कुराहरू साँचो हुन् भने त जैनीहरू मध्येबाट राजा र प्रजाको दण्ड, रोग, पीडा कसले भोग्ने ? र महादोषहरूमा किन फसिराखेका छन् । यदि मूर्तिपूजाले भवसागरबाट पार होइन्छ भने त ज्ञान, सम्यग्दर्शन र चरित्रको प्राप्तिमा किन गर्ने ? वाह ! पाँच कौडीको फूल चढाउनाले १८ देशको राज मिल्दछ भने त सय रुपैयाँको फूल चढाउनाले के मिल्दछ होला अर्थात् ब्रह्माण्डमा सबै लोक-लोकान्तरको पनि राजा हुन्छ होला ? र गौतमको औंलो धोएर पिएमा त अमृतको फल पाउँछ । यो बाह्रौं पृष्ठमा लेखिएको छ । त्यसो भए जैनीहरू गौतमको औलो धोएर पिएर अमर किन हुँदैनन् ?
अब यिनीहरूको मुक्तिको बारेमा थोरैमात्र वर्णन गर्दछु—
त्यसै रत्नसार भागको तेईसौं पृष्ठमा लेखिएको छ कि सिद्धशिला अर्थात् जसमा सिद्धपुरुष रहन्छन्, त्यो पैंतालीस लाख योजन लामो, गोलो र आठ योजन चौडा छ । एक करोड, अस्सी लाख कोस लामो र गोलाई अनि बत्तीस कोस चौडा छ । यो सिद्धशिला चौधौं लोकको शिखामाथि छ ।
समीक्षक— यो कुरो महावीर तीर्थङ्करको आफ्नै मुखको हो र यहीं शिवपुरको पनि वर्णन छ । भला ! यो कुरो कुनै बुद्धिमान्को मनमा आउन सक्दछ ? यदि यो मुक्तिको स्थान हो भने त बन्धन हुन जान्छ । किनभने यसको माथि र चारैतिर आकाश नै होला । फेरि त्यस धामबाट बाहिर जानमा डराउँछन् होला । र यतिका लामो चौडा एक शिला जैनीका तीर्थङ्करले नापेर हेरेर भन्न आए होलान् कि..? यदि यस्तै हो भने त अहिले किन भन्नको लागि आउँदैनन् ? यी जैनीहरू पनि मुक्तिविषयमा भ्रमले फसेका छन् । यो साँचो हो कि बिना वेदहरूको यथार्थ अर्थबोधले मुक्तिको स्वरूपलाई कहिल्यै जान्न सक्दैनन् ।
त्यसै रत्नसारको पृष्ठ २९ मा आबू, गिरनार, शत्रुञ्जय, शम्मेत शिखर आदि तीर्थ जसले गर्दछन्, तिनीहरू धन्य हुन्छन् । र कर्मको क्षय मुक्ति पर्यन्त मानेका छन् ।
समीक्षक— यो पनि बुद्धिमानीहरूको समझदेखि सबै प्रकारले विरुद्ध छ । र हेर ! बडो पक्षपात र अन्धाधुन्ध लेख विवेकसारको ५५ पृष्ठमा— गङ्गादि तीर्थ र काशी आदि क्षेत्रहरूको सेवन गर्नाले केही पनि परमार्थ सिद्ध हुँदैन ।
समीक्षक— वाह रे जैनीहरू ! आफ्ना जल, स्थल, पाषाणरूप मूर्ति आदिको सेवाले सबै पाप क्षय र मुक्तिपर्यन्त फल मान्ने र दोस्राका जल, स्थल, पाषाणमूर्तिको खण्डन गर्ने, यो आफ्नो मूर्खता, छल, झुट, मतलबसिन्धुको कुरो होइन भने त के हो ? साँचो त यो हो कि तिमी दुइटै झुट्टा हौ । जल, स्थल र पाषाणादि मूर्तिहरूबाट पापक्षय र मुक्ति कहिल्यै हुन सक्दैन ।
यो यिनीहरूको श्लोक हो, जल चन्दनादि चढाउनको लागि—
जलचन्दनधूपनैरथदीपाक्षतकैर्निवेद्यवस्त्रैः ।
उपचारवरैर्वयं जिनेन्द्रान् रुचिरैरद्य यजामहे ॥१॥                —विवेकसार पृष्ठ ५२ ॥
अर्थात् जल, चन्दन, अक्षता, पुष्प, धूप, दीप, नैवेद्य, वस्त्र, अतिरुचिकारक उत्तम उपचारबाट आनन्दपूर्वक जिनेन्द्रहरू अर्थात् तीर्थङ्करका मूर्तिहरूको पूजा गर्दछौं ॥१॥
समीक्षक— जति पनि यो पूजाको आडम्बर चेलेको छ, ती सबै जैनीहरूका घरबाट चलेको हो । यो श्लोक विवेकसारको पृष्ठ ५२ मा लेखिएको छ ।
जैनमतमा रहेका असम्भव कथाहरूको समीक्षा (१२.१५)
पृष्ठ १३६ विवेकसारमा दशार्णका राजा चौबीसौं तीर्थङ्कर महावीरको दर्शनको लागि गयो । वहाँ त्यसले केही अभिमान गर्दा त महावीरको दर्शनको लागि १६,७७,७२,१६००० यति इन्द्रका स्वरूप र १३,३७,०५,७२,८०,००००००० यति इन्द्राणी आएका थिए । राजाले देखेर आश्चर्यमा परे ।
समीक्षक— अब विचार गर्नुपर्दछ कि इन्द्र र इन्द्राणीहरू उभिनका लागि मात्र यस्ता-यस्ता कयौं भूगोल भएमा पनि अटाउन सक्दैनन् । परन्तु यसमा यस्तो होला कि कति त ग्रन्थाकारको घरमै बसे होलान् । अरू कति त यिनका चेलाको घरमा बसे होलान् र कति त यिनका काँधमा बसे होलान् र कतिले त पुकारिराखे होलान् ।
अब यिनीहरूका पक्षपातको कुराहरूलाई हेर ! आफ्ना तीर्थङ्करहरूको जसले गृहाश्रम गरे, पुत्रोत्पत्ति गरे, संसार भोगे, पश्चात् साधु बने, उनलाई मान गर्दछन् ।
र विवेकसार पृष्ठ १०३ मा— श्री स्थूलभद्र स्वामीको कथा ।
रत्नसारभाग, पृष्ठ ११० मा— ब्रह्मा, विष्णु, महादेव, स्त्रीका दास बताएका छन् ।
रत्नसारभाग, पृष्ठ १११ मा— कृष्णादि नव वासुदेव र प्रह्लादादि प्रतिवासुदेव नरकमा गए ।
रत्नसारभाग, पृष्ठ २० मा— ब्रह्मा, विष्णु, नारायण आदि सबै कामी हुन्, त्यसैले यिनलाई छोड्न योग्य बताइएको छ ।
समीक्षक— र जुन ऋषभदेव आदिले विवाह गरेर गृहाश्रम भोगे, ती त्यक्तव्य किन होइनन् ? यदि यी त्यक्तव्य छैनन् भने त नारायण आदि ठीक किन होइनन् ? ऋषभदेव संसारदुःखबाट तार्नको लागि काठको डुँगाको समान तार्नेवाला र महादेव, विष्णु आदि ढुङ्गाको डुँगाको समान डुबाउनेवाला हुन् । भला ! यो झुट, पक्षपातको कुरो जसरी कुञ्जरीले आफ्नो अमिला बयँरलाई मीठो बताउँछे, त्यस्तै के यो होइन र ?
विवेकसार पृष्ठ २१ मा— जिन मन्दिरमा मोह आउँदैन । यो भवसागरदेखि पारि तार्नेवाला हुन्छ ।
विवेकसार पृष्ठ ५१ र ५२ मा— मूर्तिपूजाबाट मुक्ति हुन्छ र जैन मन्दिरमा जानाले सद्गुण आउँछ । यदि जल चन्दनादिले जिन मूर्तिहरूको पूजा गरेमा त नरकबाट छुटेर स्वर्गमा जान्छ ।
विवेकसार पृष्ठ ५५ मा— जिन मन्दिरमा ऋषभदेव आदि मूर्तिहरूलाई पूज्नाले धर्म, अर्थ, काम र मोक्ष सिद्ध हुन्छ ।
विवेकसार पृष्ठ ६१ मा— जिन मूर्तिहरूको पूजाले सबै पाप छुटेर जान्छन् ।
विवेकसार पृष्ठ ६७ मा— जिन मूर्तिहरूको पूजा गरेमा त जगत्‌को क्लेश छुटेर जान्छ ।
विवेकसार पृष्ठ ८१ मा— श्री जिनको पूजाले सबै पाप छुटेर जान्छन् । इत्यादि बडा-बडा विचित्र, असम्भव कुराहरूको गफौडा उडाएका छन् । र यो पनि विवेकसारको तेस्रो पृष्ठमा लेखिएको छ कि— जसले ‘जिन’ को मूर्ति स्थापना गर्दछन्, ती आचार्यहरूले आफ्नो र आफ्ना कुटुम्बको लागि आजीविका चलाएका हुन्, यस्तो खण्डन पनि गर्दछन् ।
र त्यसै ग्रन्थको पृष्ठ २२५ मा— शिव, विष्णु आदि मूर्तिको पूजा गर्नु अति नराम्रो अर्थात् नरकको साधन हो ।
समीक्षक— भला ! यिनका ढुङ्गा र जैनीहरूका ढुङ्गामा केही भेद होला ? यदि भन्दछौ कि हाम्रा मूर्तिहरू त्यागी र शान्त छन् । भला ! यिनलाई सोध्नुपर्दछ कि तिम्रा मूर्ति त लाखौं रुपैयाँको मन्दिरमा रहन्छ र चन्दन पुष्पादि चढाउँछन्, यस भन्दा त अधिक त्यागी र तपस्वी पहाडहरू हुन् । र तिम्रा मूर्तिहरू नाङ्गा हुनाले मनुष्यहरू माझमा लज्जाकारक छ । भला ! उनीहरूले त आङ ढाकेर राखेका हुन्छन् । त्यसै कारणले तिमी दुइटैले मूर्तिपूजालाई छोड । सबै मतहरूका मूर्तिपूजा व्यर्थ छन् ।
अब अर्को हेर्नुहोस् बालकपनको कुरो । विवेकसार पृष्ठ १०१ मा— एक नन्दीषेणले दश पूर्वसम्म भोग गरे । एक मुनि वेश्याको घरमा रहेर भोग गरे, फेरि मुनिको दीक्षा लिएर उनी स्वर्गमा गए । र स्थूलभद्र मुनिले पनि यस्तै काम गरेर स्वर्गमा गए ।
विवेकसार पृष्ठ २२८ मा— एक पुरुषले कोशा नामवाली वेश्यालाई भोग गर्‍यो, पश्चात् त्यागी बनेर स्वर्गमा गयो ।
विवेकसार पृष्ठ १०१ मा— अर्णकमुनि चरित्रबाट चुकेर, कयौं वर्ष दत्त सेठको घरमा भोग गर्‍यो, पश्चात् देवलोकमा गयो ।
विवेकसार पृष्ठ १०६ मा— श्रीकृष्ण तेस्रो नरकमा गए ।
विवेकसार पृष्ठ १४५ मा— धन्वन्तरि वैद्य नरकमा गए ।
र हेर विचित्र लीला ! विवेकसार पृष्ठ १०६ मा— श्रीकृष्णको पुत्र ढण्ढण मुनिलाई स्यालले उठाएर लगेर खाइदियो, पश्चात् देवता भए । जैनीहरूका सबै तीर्थङ्कर र उनका गण तथा शिष्य र जैनमतस्थ मनुष्य करोडौं करोड कोही शिवपुर, कोही सिद्धशिला, कोही देवलोक र कोही स्वर्गमा गए, परन्तु श्रीकृष्णादि र अन्य पनि अनेक नरकमा गए र जानेछन् ।
समीक्षक— भला ! अब विचार गर्नुहोस् यी कुराहरूलाई ! के जैनीहरूका हातमा मात्रै स्वर्ग-नरकको चाबी छ । यिनीहरूलाई यस्तो महाझुट लेख्दा बोल्दा लाज पनि आएन कि श्रीकृष्णादि महात्मा नरकमा गए र यिनका रण्डीबाजले पनि स्वर्ग र मुक्तिलाई प्राप्त गरे । हामीले जान्दछौं कि जति झुटे, महामूर्ख, हठी र पक्षपाती जैनीहरूमा थिए र छन्, यस्ता अन्यहरूमा छैनन् । भला ! यी जैनीहरूका ऋषभदेवादि तीर्थङ्कर नरकमा गए, महापापी थिए र सबै यिनका चेलाहरू पनि त्यस्तै थिए र छन्, यस्तो कसैले लेखोस् वा भनोस् त उनीहरूलाई कत्तिको नराम्रो लाग्नेछ । त्यस्तै अरूको लागि पनि सम्झनुपर्दछ । किनभने यी महाहठी, दुराग्रही, मूर्खहरूको सङ्गतले सिवाय नराम्रोदेखि बाहेक अरू केही हात लाग्ने छैन । हो ! जति जैनीहरूमा उत्तम जन छन्, तिनीहरूसँग सत्सङ्गादि गर्नमा केही पनि दोष छैन ।
अरू पनि यिनका धर्मदेखि उल्टो कुराहरू सुन । विवेकसार पृष्ठ ७ मा— जो शुद्ध जिनवचन यथास्थितक हुन्छ, उसैलाई सुगुरु अर्थात् अन्यलाई कुगुरु मान्दछन् ।
विवेकसार पृष्ठ ४८ मा— योगी, जङ्गम, काजी, मुल्ला आदि कयौं जना अज्ञानले तप कष्ट गरेर कुगतिलाई पाउँछन् । रत्नसार भाग १ पृष्ठ १७०-१७१ मा लेखिएको छ कि नव वासुदेव अर्थात् त्रिपृष्ठ वासुदेव, द्विपृष्ठ वासुदेव, स्वयंभू वासुदेव, पुरुषोत्तम वासुदेव, सिंहपुरुष वासुदेव, पुरुषपुण्डरीक वासुदेव, दत्त वासुदेव, लक्ष्मण वासुदेव र ९ श्रीकृष्ण वासुदेव यी सबै एघारौं, बाह्रौं, चौधौं, पन्ध्रौं, अट्ठाह्रौ, बीसौं र बाईसौं तीर्थङ्करहरूको समयमा नरकमा गए । र नव प्रतिवासुदेव अर्थात् अश्वग्रीव प्रतिवासुदेव, तारक प्रतिवासुदेव, मोदक प्रतिवासुदेव, मधु प्रतिवासुदेव, निशुम्भ प्रतिवासुदेव, बली प्रतिवासुदेव, प्रह्लाद प्रतिवासुदेव, रावण प्रतिवासुदेव र जरासन्ध प्रतिवासुदेव यी सबै जना पनि नरकमा गए ।
विवेकसार पृष्ठ १५४ मा— अदेवा गुरवो धर्मेषु या देवगुरुधर्मधीः ।
यो श्री हेमचन्द सूरीले लेखेका हुन्— अर्थात् ब्रह्मादि अदेव, जैनदेखि भिन्न मार्गका उपदेश अगुरु र जैनधर्मदेखि भिन्न सबै अधर्म, यिनमा देवगुरु धर्मबुद्धि गर्नु मिथ्यादृष्टि, चौथो गुण ठान्नेवाला, असंयति, अविरति, रजोहरणादि साधुवेश रहित जीवहरूलाई सम्यग् दृष्टि भन्दछन् भने रजोहरणादि भगवान्‌को वेश तथा शुद्ध धर्मलाई, जैनमार्गको उपदेशक सम्यग् दृष्टि किन भन्दछ ?
विवेकसार पृष्ठ १५६ मा— लिङ्गधारी अर्थात् वेशधारी मात्रको पनि सत्कार श्रावकहरूले अवश्य गरून् । चाहे त्यो शुद्ध चरित्रको होस् वा अशुद्ध चरित्रको ।
विवेकसार पृष्ठ १६८ मा— जैन साधु जस्तै चरित्रहीन भए तापनि अन्य साधुहरू भन्दा श्रेष्ठ नै हुन्छ ।
विवेकसार पृष्ठ १७१ मा— श्रावकहरूले जैनका साधुहरूलाई धर्मरहित भ्रष्ट देखेर पनि निस्नेह हुनुहुँदैन ।
विवेकसार पृष्ठ १९४ मा— जिन मतमा स्थित हुनु सार, शेष सबै संसारको मत असार ।
विवेकसार पृष्ठ १९६ मा— अन्य मतको अभिलाषा जैनीहरूले गर्नहुँदैन । उनीहरूको कुरा सुन्नमा पनि दोष हुन्छ ।
विवेकसार पृष्ठ २१६ मा— एउटा चोरले पाँच मुठी रउँ लुछेर चारित्र ग्रहण गर्‍यो । बडो कष्ट र पश्चाताप गर्‍यो । छैटौं महिनामा केवलज्ञान पाएर सिद्ध भयो ।
विवेकसार पृष्ठ २२१ मा— अन्य मतवालाहरूलाई खाने-पिउने चीजहरू पनि दिन हुँदैन ।
विवेकसार पृष्ठ २२१ मा— १. ‘परमतिको स्तुति’ अर्थात् उनका गुणकीर्तन, २. ‘नमस्कार’ उनको वन्दना, ३. ‘आलपन’ अर्थात् उनीहरूसँग थोरै बोल्नु, ४. ‘संलपन’ अर्थात् उनीहरूसँग पटक-पटक बोल्नु, ५. ‘अन्नादिदान’ अर्थात् उनीहरूलाई खाने-पिउने चीज दिनु, ६. ‘गन्धपुष्पादिदान’ अर्थात् परमतिको प्रतिमालाई पूज्नको लागि गन्ध, पुष्प दिनु । यी ६ यतना अर्थात् यी ६ कर्महरूलाई जैनीहरूले गर्नहुँदैन । यस्तै कुरा यिनका सबै ग्रन्थहरूमा लेखिएका छन् ।
समीक्षक— अब बुद्धिमानीहरूले यहाँ विचार गर्नुपर्दछ कि जसरी जैनमती दोस्रा मतका विरोधी निन्दक, हानिकारक छन्, त्यसरी दोस्रा अरू मतका छैनन् । जहाँ हेर, त्यहाँ, आफ्नो मतको प्रशंसा, स्तुति र दोस्रा मतवालाको निन्दाहरूले यिनका ग्रन्थहरूका खजाना भरिएको छ । साँच्चै हो जो यस्ता-यस्ता जाल नरचेका भए त यस्ता विद्याविरुद्ध अज्ञानीहरू मतमा फसेर बन्धनमा परेर किन रहँन्थे । यसैले जैनी आदिले कुकुर आदिलाई लड्डु लप्सी ख्वाउँछन्, परन्तु दोस्रो मतको मनुष्यसँग प्रीति गर्नेवाला बिरलै पाइन्छ ।
अब हेर्नुहोस् ! यिनका साधु चाहे कस्तै भ्रष्ट-नष्ट होस् तर पनि उत्तम र दोस्राको चाहिं कति नै श्रेष्ठ होस् तर पनि केही सम्झदैनन् । यद्यपि विवेकसार पृष्ठ २१७ मा— अनुकम्पा अर्थात् दुःखीहरूको निष्कारण दुःख दूर गर्ने इच्छा अर्थात् केही प्रयोजन नविचारिकन मलाई स्वर्ग, देवलोक वा मुक्ति मिल्नेछ, यस्तै इच्छा गर्नु । यो यिनीहरूको भनाई मात्रै हो वा कोही कहिल्यै जैनमतमा आग्रह हुनेछैन वा कसैको दबावले गर्दछ भने त, त्यो जान्नु कि नगरे बराबरै हुन्छ । किनभने—
‘प्रयोजनमननुदिश्य मन्दोऽपि न प्रवर्त्तते’ इति न्यायात् ।
अर्थात् प्रयोजनको बिना कसैको पनि प्रवृत्ति हुँदैन । विवेकसार पृष्ठ १०८ मा— लेखिएको छ कि मथुराको राजाको नमुची नामक मन्त्रीलाई जैनमतीहरूले आफ्नो विरोधी सम्झेर मारे र आलोयणा गरेर शुद्ध हुन गए । यो पनि दया र क्षमाको नाशक कर्म हो । जब अन्य मतवालाहरूमाथि प्राण लिन पर्यन्त वैर बुद्धि राख्दछन् भने त यिनलाई दयालुको स्थानमा हिंसक हुन् भन्नु नै सार्थक हुन्छ ।

जैनमतमा रहेको काल र भूमिको परिमाण (१२.१६)
अरू पनि हेर्नुहोस् यिनका मिथ्या कुराहरू ! जिन तीर्थङ्करहरूलाई जैनीहरूले सम्यग्ज्ञानी र परमेश्वर मान्दछन्, तिनीहरूका यी मिथ्या कुराहरूको नमूना यस प्रकार छन्— रत्नसारभाग १ को पृष्ठ १४५ मा— यस ग्रन्थलाई जैनहरूले मान्दछन्, र यो विक्रम संवत् १९३६ वैशाख १७ गते बनारस जैन प्रभाकर प्रेसमा नानकचन्द जतीले छपाएर प्रसिद्ध गरेका छन्, त्यसको पूर्वोक्त पृष्ठ (एवं पृष्ठ १४६-१४७) मा कालको यस प्रकारको व्याख्या गरिएको छ—
‘समय’ को नाम सूक्ष्मकालको नाम हो । र असंख्यात समयलाई ‘आवलि’ भन्दछन् । एक करोड, सतसट्ठी लाख, सतत्तर हजार, दुई सय सोह्र आवलिहरूको एक ‘मुहूर्त्त’ हुन्छ । तीस मुहूर्त्तहरूको एक ‘दिवस’, त्यसरी नै पन्ध्र दिवसको एक ‘पक्ष’, त्यसरी नै दुई पक्षको एक ‘महिना’, त्यसरी नै बाह्र महिनाको एक ‘वर्ष’ हुन्छ । सत्तरी लाख करोड र छपन्न हजार करोड वर्षहरूको एक ‘पूर्व’, असंख्यात पूर्वहरूको एक ‘पल्योपम’ काल हुन्छ ।
असंख्यात त्यसलाई भन्दछन् कि— एक चार कोसको चौरस र गहिरो पनि चार कोसको खाल्डामा जुगलीय मान्छेको शरीरको निम्नलिखित रउँको टुक्राले भर्नु । अर्थात् वर्तमान मनुष्यको शरीरको रउँहरू भन्दा जुगुलीय मनुष्यको कपाल चार हजार छयान्नब्बे भाग सूक्ष्म हुन्छ । अर्थात् जुगुलीय मनुष्यको चार हजार छयान्नब्बे रउँहरूलाई जम्मा गर्दा मनुष्यको एउटा कपाल हुन्छ । यस्तै जुगलीय मनुष्यको एक कपालको एक औंलो जत्तिको भागलाई सात पटक टुक्रा गर्नु, फेरि त्यसलाई आठ-आठ टुक्रा पार्ने, तब २०९७१५२ अर्थात् बीस लाख, सन्तान्नब्बे हजार, एक सय बाउन्न एक कपालको तान्द्राको यति टुक्रा हुन्छन्, यस्ता टुक्राहरूले त्यो खाल्डोलाई भर्नु, त्यसबाट सय वर्षको अन्तरमा एक-एक टुक्रा निकाल्नु, जब सबै टुक्रा निक्लन्छ र खाल्डो खाली हुन्छ तब पनि त्यो ‘संख्यात’ काल हो । जब ती एक-एक टुक्रालाई असंख्यात टुक्रा पारेर ती टुक्राहरूलाई उसै खाल्डोमा यस्तरी ठोसेर भर्ने कि त्यसको माथिबाट चक्रवर्ती राजाको सेना हिंडोस् तापनि नदबियोस् । ती टुक्रालाई सय वर्षको अन्तरमा एक टुक्रा निकाल्ने, जब त्यो खाल्डो रित्तो हुन्छ तब त्यसको नाम ‘असंख्यात’ हुन्छ । असंख्यात पूर्व परेमा, तब एक ‘पल्योपम’ काल हुन्छ । यो पल्योपमलाई खाल्डाको दृष्टान्तबाट जान्नुहोला ।
जब दश करोडौं करोड पल्योपम काल बितेर जान्छ, तब एक ‘सागरोपम’ हुन्छ । जब दश करोडौं करोड सागरोपम काल व्यतीत हुन्छ, तब एक ‘उत्सर्पिणी’ काल हुन्छ । जब दश करोडौं करोड उत्सर्पिणीकाल व्यतीत हुन्छ तब एक ‘अवसर्पिणी’ काल हुन्छ । एक उत्सर्पिणी र अवसर्पिणी काल बित्दछ तब एक ‘कालचक्र’ हुन्छ । जब अनन्त कालचक्र बित्दछ तब एक ‘पुद्गलपरावर्त्त’ मान हुन्छ ।
अब अनन्तकाल कसलाई भन्दछन् कि जो सिद्धान्त पुस्तकहरूमा नव दृष्टान्तबाट कालको संख्या बताएका छन्, त्यसदेखि उपरान्त ‘अनन्तकाल’ भन्दछन् । त्यसरी नै अनन्त पुद्गलपरावर्त्त काल जीवले भ्रमण गर्दै बितेको छ ।
सुन भाइ ! गणितविद्यावालाहरू हो ! जैनीहरूका ग्रन्थका कालसंख्या कसैले गर्न सक्दछौ कि सक्दैनौ ? र तिमीले यसलाई साँचो मान्न सक्दछौ कि सक्दैनौ ? हेर ! यी तीर्थङ्करहरूले यस्तो गणित विद्या पढेका थिए । यस्ता-यस्ता त यिनका मतमा गुरु र शिष्य छन्, जसको अविद्याको कुनै पारावार छैन । अरू पनि यिनका अन्धेर सुन—
रत्नसारभाग १ पृष्ठ १३४ देखि लिएर जे-जति ‘बुट्टाबोल’ अर्थात् जैनीहरूका सिद्धान्त ग्रन्थ जुन कि उनका ‘तीर्थङ्कर’ अर्थात् ऋषभदेवदेखि लिएर महावीर पर्यन्त चौबीस भएका छन्, उनैका वचनहरूको सारसंग्रह हो, यस्तो रत्नसारभाग १ पृष्ठ १४८ मा लेखिएको छ कि— पृथ्वीकायका जीव माटो ढुङ्गादिलाई पृथ्वीको भेद जान्नु । उनमा रहनेवाला जीवहरूको शरीरको परिमाण एक औंलोको असंख्य भाग सम्झनुपर्दछ, अर्थात् अतीव सूक्ष्म हुन्छ, उनको आयुमान अर्थात् तिनीहरू अधिक भन्दा अधिक २२ हजार वर्ष पर्यन्त जीउँछन् ।
रत्नसार पृष्ठ १४९ मा— वनस्पतिको एक शरीरमा अनन्त जीव हुन्छन्, ती साधारण वनस्पति भनिन्छ । जुन कि कन्दमूलप्रमुख र अनन्तकायप्रमुख हुन्छन्, तिनलाई साधारण वनस्पतिका जीव भन्नु पर्दछ । तिनको आयुमान अनन्तमुहूर्त्त हुन्छ परन्तु यहाँ पूर्वोक्त यिनका मुहूर्त्त सम्झनु पर्दछ ।  
र एक शरीरमा जुन ‘एकेन्द्रिय’ अर्थात् स्पर्श इन्द्रिय यिनमा हुन्छन् र त्यसमा जीव एउटा रहन्छ, त्यसलाई प्रत्येक-वनस्पति भन्दछन्, त्यसको देहमान एक हजार योजन अर्थात् पुराणीहरूका योजन ४ कोसको परन्तु जैनीहरूको योजन १०००० दश हजार कोसहरूको हुन्छ, यस्ता चार हजार कोसको शरीर हुन्छ, त्यसको आयुमान अधिक भन्दा अधिक दश हजार वर्षको हुन्छ ।
अब दुई इन्द्रियवाला जीव अर्थात् एक उनको शरीर र एकमुख जुन शङ्ख, कौडी र जुम्रा आदि हुन्छन्, यिनका देहमान अधिक भन्दा अधिक अडचालीस कोसको स्थूल शरीर हुन्छ । र यिनको आयुमान अधिक भन्दा अधिक बाह्र वर्षको हुन्छ ।
यहाँ धेरै भुलेको छ किनभने यति ठूलो शरीरको आयु अधिक लेख्दछ, र अडचालीस कोसको स्थूल जुम्रा जैनीहरूको शरीरमा पर्दछ होला र उनैले देखे पनि होलान्, अरूको यस्तो भाग्य कहाँ, जो यति ठूलो जुम्रालाई देख्ने !!!
रत्नसार भाग १ पृष्ठ १५० मा— अरू पनि हेर अन्धाधुन्ध ! बिच्छी, फट्याङ्ग्रो, खजुरो र माखाको एक योजनको शरीर हुन्छ, यिनको आयुमान अधिक भन्दा अधिक ६ महिनाको हुन्छ ।
हेर भाइ ! चार-चार कोसको बिच्छी अन्य कसैले देखेका छैनन् होला । जो आठ मीलसम्मको शरीरवाला बिच्छी र माखो पनि जैनीहरूको मतमा हुन्छ, यस्ता बिच्छी र माखो यिनकै घरमा रहन्छन् होला र उनीहरूले देखे होलान् । अन्य कसैले संसारमा देखेका छैनन् होला । कहिलेकाहिं यस्ता बिच्छीले जैनीलाई टोकेमा त त्यसको के हालत हुन्छ होला ?
जलचर माछा आदिको शरीरको मान एक हजार योजन अर्थात् १०००० कोसको योजनको हिसाबले १,००,००,००० एक करोड कोसको शरीर हुन्छ र एक करोड पूर्व वर्षहरूको यिनको आयु हुन्छ ।
त्यस्तो स्थूल जलचर सिवाय जैनीहरू बाहेक अन्य कसैले देखेका छैनन् होला । र चतुष्पाद हात्ती आदिको देहमान पनि दुई कोसदेखि नौ कोस पर्यन्त र आयुमान चौरासी हजार वर्षहरूको इत्यादि ।
यस्ता ठूला-ठूला शरीरवाला जीव पनि जैनीहरूले देखे होलान् र मान्दछन्, अरू कुनै बुद्धिमान्ले मान्न सक्दैन ।
रत्नसार भाग १ पृष्ठ १५१ मा— जलचर गर्भज जीवहरूको देहमान उत्कृष्ट एक हजार योजन अर्थात् १,००,००,००० एक करोड कोसहरूको, र आयुमान एक करोड पूर्व वर्षहरूको हुन्छ । यति ठूला शरीर र आयुवाला जीवहरूलाई पनि यिनैका आचार्यहरूले स्वप्नमा देखे होलान् । के यो महा झुटको कुरो होइन कि जसको कदापि सम्भव हुन नसकोस् ?
अब सुन्नुहोस् भूमिको परिणामको बारेमा । रत्नसार भाग १ पृष्ठ १५२ मा— यस तेर्सो लोकमा असंख्यात द्वीप र असंख्यात समुद्र छन् । यी असंख्यातको प्रमाण अर्थात् जुन साढे दुई सागरोपम कालमा जति समय हुन्छ, उतिनै द्वीप तथा समुद्र जान्नु । अब यस पृथ्वीमा एक ‘जम्बूद्वीप’ प्रथम सबै द्वीपहरूको बीचमा छ । यसको प्रमाण एक लाख योजन अर्थात् चार लाख कोसको छ र यसको चारैतिरबाट ‘लवण’ समुद्र छ, त्यसको प्रमाण दुई लाख योजनको छ अर्थात् आठ लाख कोसको । यस जम्बूद्वीपको चारैतिर जुन ‘धातकीखण्ड’ नामको द्वीप छ, त्यसको चार लाख योजन अर्थात् सोह्र लाख कोसको प्रमाण छ र यसको पछाडि ‘कालोदधि’ समुद्र छ, यसको आठ लाख योजन अर्थात् बत्तीस लाख कोसको प्रमाण छ । त्यसको पछाडि ‘पुष्करावर्त्त’ द्वीप छ । यसको प्रमाण सोह्र लाख कोसको छ । यस द्वीपको भित्रपट्टिको भाग केही उठेको छ । यस द्वीपको आधा भागमा मनुष्य बस्दछन् र यसको उपरान्त असंख्यात द्वीप समुद्र छन्, त्यसमा तिर्यग् योनिका जीव रहन्छन् ।
रत्नसार भाग १ पृष्ठ १५३ मा— जम्बूद्वीपमा एक हिमवन्त, एक ऐरण्यवन्त, एक हरिवर्ष, एक रम्यक्, एक देवकुरु, एक उत्तरकुरु गरेर जम्मा यी ६ क्षेत्र छन् ।
समीक्षक— सुन भाइ ! भूगोलविद्यालाई बेस्सरी जान्नेवालाहरू हो ! भूगोलको परिमाण गर्नमा तिमीले भुल्यौ कि जैन ! यदि जैनले भुलेका हुन् भने त तिमीले उनीहरूलाई सम्झाऊ, यदि तिमीले भुलेका हौ भनेत उनीहरूबाट सम्झ । थोरैमात्र विचार गरेमा पनि यो निश्चय हुन्छ कि जैनीहरूका आचार्य र शिष्यले भूगोल, खगोल र गणितविद्या कत्ति पनि पढेका थिएनन् । यदि पढेका हुन्थे भने त यस्तो महा असम्भव गफौडा किन मार्थे ?
भला यस्ता अविद्वान् पुरुषले जगत्‌लाई अकर्तृक र ईश्वरलाई नमानेमा यसमा केनै आश्चर्य हुन्छ ? त्यसैले जैनीहरू आफ्ना पुस्तकलाई कुनै विद्वान् वा अन्य मतस्थलाई दिंदैनन् । किनभने जसलाई यिनीहरूले प्रमाणिक तीर्थङ्करहरूले बनाएका सिद्धान्त ग्रन्थ मान्दछन्, उनमा यसै प्रकारको अविद्यायुक्त कुराहरू भरिएर रहेको छ, यसैले हेर्न दिंदैनन् । यदि दिए भने त पोल खुल्ने भयो । यिनको बिना जो कोही मनुष्यले अलिकति पनि बुद्धि राख्दछ भने, त्यसले कदापि यस गफाडिध्यायलाई सत्य मान्न सक्नेछैन ।
यो सबै प्रपञ्च जैनीहरूले जगत्‌लाई अनादि मान्नको लागि ठड्याएका हुन्, परन्तु यो पूरा झुटो हो । हो ! जगत्‌को कारण अनादि हो, किनभने त्यो परमाणु आदितत्त्वरूप अकर्तृक हो परन्तु त्यसमा नियमपूर्वक बन्न र बिग्रनमा सामर्थ्य केही पनि छैन । किनभने जब एक परमाणु द्रव्य कसैको नाम हो र स्वभावदेखि पृथक्-पृथक्-रूप र जड रहन्छ, त्यो आफै यथायोग्य बन्न सक्दैन । त्यसैले यिनलाई बनाउनेवाला चेतन अवश्य छ र त्यो बनाउनेवाला ज्ञानस्वरूप हो । हेर ! पृथ्वी सूर्यादि सबै लोकहरूलाई नियममा राख्नु अनन्त, अनादि, चेतन परमात्माको काम हो । जसमा संयोग रचना विशेष देखिन्छ, त्यो स्थूल जगत् अनादि कहिल्यै हुन सक्दैन । यदि कार्य जगत्‌लाई नित्य मान्दछौ भने त त्यसको कारण कोही हुनेछैन, किन्तु वही कार्य कारणरूप हुन जाने छ । यदि यस्तो भन्यौ भने त आफ्नो कार्य र कारण आफै हुनाले ‘अन्योऽन्याश्रय’‘आत्माश्रय’ दोष आउनेछ, जस्तै आफ्नो काँधमा आफै चढ्न र आफ्नो पिता आफ्नै पुत्र हुन सक्दैन, त्यसैले जगत्‌को कर्ता अवश्य नै हामीले मान्नुपर्दछ ।
प्रश्न— यदि ईश्वरलाई जगत्‌को कर्ता मान्दछौ भने त ईश्वरको कर्ता को हो ?
उत्तर— कर्ताको कर्ता र कारणको कारण कोही पनि हुन सक्दैन । किनभने प्रथम कर्ता र कारणको हुनाले नै कार्य हुन्छ । जसमा संयोग-वियोग हुँदैन, जुन प्रथम संयोग-वियोगको कारण हो, त्यसको कर्ता वा कारण कुनै प्रकारले पनि हुन सक्दैन । यसको विशेष व्याख्या आठौं समुल्लासको सृष्टिको व्याख्यामा लेखिएको छ, त्यहाँ हेर्नुहोला ।
जैनमतमा रहेको जीव-अजीवको लक्षणहरू (१२.१७)
अब ‘जीव’‘अजीव’ यी दुई पदार्थहरूको विषयमा जैनीहरूको निश्चय यस्तो छ—
चेतनालक्षणो जीवः स्यादजीवस्तदन्यकः । सत्कर्मपुद्गलाः पुण्यं पापं तस्य विपर्ययः ॥
यो ‘जिनदत्तसूरि’ को वचन हो । र यही प्रकरणरत्नाकरको पहिलो भाग नयचक्रसारमा लेखिएको छ कि— चेतनालक्षण ‘जीव’ र चेतनारहित ‘अजीव’ अर्थात् जड हुन् । सत्कर्मरूप पुद्गलले पुण्य र पापकर्मरूप पुद्गलले पाप गराउँछन् ।
समीक्षक— जीव र जडको लक्षण त ठीक हो परन्तु जुन जडरूप पुद्गल हुन्, ती पापपुण्ययुक्त कहिल्यै हुन सक्दैनन । किनभने पाप-पुण्य गर्ने स्वभाव चेतनमा हुन्छ । हेर ! यी जति जड पदार्थ छन्, ती सबै पाप-पुण्यदेखि रहित छन् । जीवलाई जुन अनादि मान्दछन्, यो त ठीक हो परन्तु उसै अल्प र अल्पज्ञ जीवलाई मुक्ति दशामा सर्वज्ञ मान्नु झुट हो, किनभने जो अल्प र अल्पज्ञ हुन्छ, त्यसको सामर्थ्य पनि सदा ससीम रहनेछ ।
प्रश्न— जसरी धानको बोक्रा उतार्ने वा अग्निको संयोग हुन जानाले बीज पुनः अंकुरित हुन सक्दैन, यसै प्रकार मुक्तिमा गएको जीव पुनः जन्ममरणरूप संसारमा आउँदैन ।
उत्तर— जीव र कर्मको सम्बन्ध बोक्रा र बीजको समान होइन, किन्तु यिनका समवाय सम्बन्ध हुन्छ, यसैले अनादि कालदेखि जीव र त्यसमा कर्म र कर्तृत्वशक्तिको सम्बन्ध हुन्छ । यदि त्यसमा कर्म गर्ने शक्तिको पनि अभाव मान्यौ भने त सबै जीव पाषाणवत् हुन जानेछन् र मुक्तिलाई भोग्ने सामर्थ्य पनि रहने छैन । जसरी अनादि कालको कर्मबन्धन छुटेर जीव मुक्त हुन्छ भने त तिम्रो नित्य मुक्तिबाट पनि छुटेर बन्धनमा पर्नेछ । साधनहरूबाट सिद्ध भएको पदार्थ नित्य कहिल्यै हुन सक्दैन र यदि साधन-सिद्धको बिना मुक्ति मान्यौ भने त कर्महरूको बिना नै बन्ध प्राप्त हुनेछ ।
सम्यक्त्वादिको लक्षणहरू (१२.१८)
अब सम्यक्त्व दर्शनादिको लक्षणहरू ‘आर्हत प्रवचन-संग्रह’ ‘परमागमसार’ मा कथित छन् । सम्यक् श्रद्धान, सम्यक् दर्शन, ज्ञान र चरित्र यी चार मोक्ष मार्गका साधन हुन् । यसको व्याख्या योगदेवले गरेका छन् । जुन रूपले जीवादि द्रव्य अवस्थित छन्, त्यसै रूपले जिनप्रतिपादित ग्रन्थानुसार विपरीत अभिनिवेशादिरहित जुन ‘श्रद्धा’ अर्थात् जिनमतमा प्रीति हुन्छ, सो ‘सम्यक् श्रद्धान’ ‘सम्यक् दर्शन’ हो ।
रुचिर्जिनोक्ततत्त्वेषु सम्यक् श्रद्धानमुच्यते ।                    —आर्हतदर्शन ॥
जिनोक्त तत्त्वहरूमा सम्यक् श्रद्धा गर्नुपर्दछ, अर्थात् अन्यत्र कहीं पनि होइन ।
यथावस्थिततत्त्वानां संक्षेपाद्विस्तरेण वा । योऽवबोधस्तमत्राहुः सम्यग्ज्ञानं मनीषिणः ॥
                                          —आर्हतदर्शन ॥
जुन प्रकारका जीवादि तत्त्वहरू छन्, तिनको संक्षेप वा विस्तारले जे बोध हुन्छ, त्यसैलाई ‘सम्यग् ज्ञान’ बुद्धिमान्‌ले भन्दछन् ।
सर्वथाऽनवद्ययोगानां त्यागश्चारित्रमुच्यते । कीर्त्तितं तदहिंसादिव्रतभेदेन पञ्चधा ।
अहिंसासूनृतास्तेयब्रह्मचर्य्यापरिग्रहाः ॥                      —आर्हतदर्शन ॥
सबै प्रकारबाट निन्दनीय अन्य मतसम्बन्धको त्यागलाई ‘चारित्र’ भन्दछन् र अहिंसादि भेदले पाँच प्रकारको व्रत हुन्छ । एक (अहिंसा) अर्थात् कुनै पनि प्राणीमात्रलाई नमार्नु । दोस्रो (सूनृता) प्रिय वाणी बोल्नु । तेस्रो (अस्तेय) चोरी नगर्नु । चौथो (ब्रह्मचर्य) अर्थात् उपस्थ इन्द्रियको संयमन र पाँचौं (अपरिग्रह) सबै वस्तुहरूको त्याग गर्नु ।
यसमा धेरै कुराहरू राम्रा छन्, अर्थात् अहिंसा र चोरी आदि निन्दनीय कर्महरूको त्याग राम्रो कुरा हो परन्तु यी सबै अन्य मतहरूलाई निन्दा गर्नु आदि दोषहरूले सबै राम्रा कुराहरू पनि दोषयुक्त हुन गएको छ । जस्तो प्रथम सूत्रमा लेखिएको छ— ‘अन्य हरि हरादिको धर्म संसारबाट उद्धार गर्नेवाला होइन ।’ के यो सानो निन्दा हो कि जसको ग्रन्थ हेर्नाले नै पूर्ण विद्या र धार्मिकता पाइन्छ, त्यसलाई नराम्रो भन्नु ? र आफ्ना महा असम्भव जस्तो कि पूर्वमा लेखेर आएँ, त्यस्ता कुराहरूलाई भन्ने आफ्ना तीर्थङ्करहरूको स्तुति गर्नु ? केवल हठ र मूर्खताको कुरा हो । यस्तो कथन गर्नेवाला मनुष्यलाई भ्रान्त र बालबुद्धि नभने अरू के भन्ने ? यसमा यही विदित हुन्छ कि यिनका आचार्य बडो स्वार्थी थिए, पूर्ण विद्वान् होइनन् । किनभने यदि सबैको निन्दा गर्दैनथे भने त यस्तो झुटो कुरामा कोही फस्ने थिएन, न त उनको प्रयोजन नै सिद्ध हुन्थ्यो । हेर ! यो त सिद्ध हुन्छ कि जैनीहरूको मत डुबाउनेवाला र वेदमत सबैको उद्धार गर्नेवाला हो ।
प्रकरणरत्नाकर र जैनीहरूका सिद्धान्त ग्रन्थहरूबाट गरिएको संग्रह
प्रकरणरत्नाकर भाग २, पत्र ६२७ मा लेखिएको छ कि—
चाहे केही गर्न नसके पनि, एक अर्हन्तदेवलाई मान्नु अर्थात् जैन मतलाई नै मान्नु, किनभने जैनीहरूका वीतरागले बताएका धर्म, त्यही धर्म तार्नेवाला हो, अरू दोस्रो कसैले तार्दैन । जुन जैनीका देव छन्, उनै देव हुन्, अन्य हरिहरादि कुदेव हुन् ।
समीक्षक— हरिहरादि देव ‘सुदेव’ र यिनका ऋषभदेवादि सबै ‘कुदेव’ अरूले भनेमा त के यिनीहरूलाई नराम्रो लाग्दैन ।
प्रकरणरत्नाकर पृष्ठ ६२० मा— जिनमतको सिवाय न कोही तर्‍यो, न कोही सुन्नमा आयो र न आउनेछ ।
[समीक्षके]— वाह ! वाह !! के भन्नु !!!
प्रकरणरत्नाकर, भाग २, षष्ठीशतक मूलसूत्र—
जइ न कुणसि तव चरणं, न पढसि न गुणेसि देसि नो दाणम् ।
ता इत्तियं न सक्किसि जं देवो इक्क अरिहन्तो ॥२॥
अर्थ— हे मनुष्य ! जुन तैंले तप चारित्र गर्न सक्दैनस्, न सूत्र पढ्न सक्दछस्, न प्रकरणादिको विचार गर्न सक्दछस् र सुपात्रादिलाई दान दिन सक्दैनस् भने पनि तैंले एक देवता अरिहन्त नै हाम्रा आराधनाको योग्य सुगुरु, सुधर्म जैन-मतमा श्रद्धा राख्नु सर्वोत्तम कुरा र उद्धारको कारण हो ॥२॥
समीक्षक— भला, जुन जैनीले चारित्र गर्न सक्दैन, पढ्न सक्दैन, न त दान दिने सामर्थ्य नै छ तर पनि ‘जैन मत साँचो छ’, के यति मात्रै भने पनि त्यो उत्तम हुन जानेछ ? र अन्य मतवाला श्रेष्ठ पनि अश्रेष्ठ हुन जान्छ ?
रे जीव भव दुहाइं, इक्कं चिय हरइ जिणमयं धम्मं ।
इयराणं परमन्तो, सुह कøये मूढ मुसिओसि ॥३॥
—प्र.र.भा.२/षष्टीशतक ६१/सूत्राङ्क ३ ॥
संक्षेपमा अर्थ— रे जीव ! एउटै जिनमत श्रीवीतरागभाषित धर्म संसार-सम्बन्धी जन्म-जरा-मरणादि दुःखहरूको हरणकर्ता हो । यसै प्रकार सुदेव र सुगुरु पनि जैन मत-वालालाई जान्नु । इतर जुन वीतराग ऋषभदेवदेखि लिएर महावीर पर्यन्त वीतराग देवहरूदेखि भिन्न अन्य हरि, हर, ब्रह्मादि कुदेव हुन्, तिनीहरूको आफ्नो कल्यार्थ जुन जीवले पूजा गर्दछ, ती सबै मनुष्य ठगिएका हुन् । यसको यो भावार्थ हो कि जैनमतका सुदेव, सुगुरु तथा सुधर्मलाई छोडेर अन्य कुदेव, कुगुरु तथा कुधर्मको सेवनले केही पनि कल्याण हुँदैन ।
समीक्षक— अब विद्वान्‌हरूले विचार गर्नुपर्दछ कि कस्ता निन्दायुक्त यिनका धर्मको पुस्तक छन् ।
मूलअरिहं देवो सुगुरु, सुद्धं धम्मं च पंच नवकारो ।
    धन्नाणं कयच्छाणं, निरंतरं वसइ हिययम्मि ॥             
     —प्रकर.भाग. २/षष्टि. ६१/सूत्र १ ॥
जुन अरिहन् देवेन्द्रकृत पूजादिकनको योग्य, दोस्रो पदार्थ उत्तम कुनै छैन, यस्ता जुन देवहरूका देव शोभायमान अरिहन्त देव-ज्ञान क्रियावान्, शास्त्रहरूका उपदेष्टा; शुद्ध कषायमलरहित सम्यक्त्व विनय दयामूल श्रीजिनभाषित जुन धर्म हो, त्यही नै दुर्गतिमा पर्न लागेका प्राणीहरूको उद्धार गर्नेवाला हो र अन्य हरि-हरादिको धर्म संसारदेखि उद्धार गर्नेवाला होइन; र पञ्च अरिहन्तादिक परमेष्ठी तत्सम्बन्धी उनको नमस्कार; यी चार पदार्थ धन्य हुन्, अर्थात् श्रेष्ठ हुन् । अर्थात् दया, क्षमा, सम्यक्त्व ज्ञान, दर्शन र चारित्र यो जैनीहरूको धर्म हो ॥
समीक्षक— जब मनुष्यमात्रमाथि दया छैन त्यो दया न क्षमा, ज्ञानको बदला अज्ञान, दर्शन अन्धेर र चारित्रको बदलामा भोकै मर्नु कुनचाहिं राम्रो कुरा हो । यो केवल मूर्खहरूलाई प्रलोभन दिएर आफ्नो मतमा फसाउने कुरो हो, अर्थात् यदि यिनका आचार्यले यस्तो नलेखेमा त उनका मतमा को फस्ने र नफसेमा त यिनको प्रयोजन कसरी सिद्ध हुने । जैनीहरूका वीतरागोक्त दया, क्षमा, ज्ञान, दर्शन, चारित्र यही हुन् । यसमा दयाको नाश, क्षुद्र जीव र आफ्ना मतवालाको अतिरिक्त दोस्रो कसैलाई नमान्नु, निन्दा गर्नु, सुख नदिनु दया कहाँ ? र क्षमाशील हुन्थे भने त दोस्राको निन्दा र आफ्नो मुखको बडाइ किन गर्थे । तेस्रो ज्ञान जुन कि उनका जीव, अजीवादि नव तत्त्व छन्, तिनलाई जान्नु सो पनि ठीक-ठीक छैन । सम्यक् दर्शन उनका तीर्थङ्करहरूलाई हुन्थ्यो भने त हजारौं प्रकारका असम्भव कुराहरू किन लेख्थे ? जस्तै चारित्र— उपवास गर्नु, स्नान नगर्नु इत्यादिबाट पनि के हुन सक्दछ । यसैले जहाँ यति नै कुराहरूको नाम धर्म मानेर गमक्क परेर फुल्दै हिंड्नु बेसमझको काम हो । तार्नेवाला यिनको धर्म छैन किन्तु डुबाउनेवाला अवश्य हो । हेर ! हरि, हरादि श्रेष्ठ पुरुषहरूलाई कुदेव भन्नु र आफ्ना मलीनहरूलाई देव भन्नु, आफ्ना मतवालाको बिना संसारमा अरू कोही पनि तरेनन् । यो केवल असम्भव र झुटो कुरा हो ।
यद्यपि दया र क्षमा राम्रो वस्तु हो, तथापि पक्षपातमा फस्नाले दया अदया र क्षमा अक्षमामा बदलिन जान्छ । यसको प्रयोजन यो हो कि कुनै जीवलाई दुःख नदिनु; यो कुरो सर्वथा सम्भव हुन सक्दैन । किनभने दुष्टहरूलाई दण्ड दिनु पनि दयामा गणनीय हुन्छ । जहाँ एक दुष्टलाई दण्ड दिइँदैन भने त हजारौं मनुष्यलाई दुःख प्राप्त हुन्छ, यसैले त्यो दया अदया र क्षमा अक्षमा हुन जान्छ । यो त ठीक हो कि सबै प्राणीहरूको दुःखनाश र सुखको प्राप्तिको उपाय गर्नुलाई दया भनिन्छ । केवल जल छानेर पिउनु, क्षुद्र जन्तुहरूलाई बचाउनुलाई नै दया भनिदैन, किन्तु यस प्रकारको दया जैनीहरूको कथनमात्रै हो, किनभने त्यसरी चल्दैनन् । के मनुष्यादिमाथि चाहे कुनै पनि मतमा किन नहोस्, दया गरेर उसको अन्नपानादिले सत्कार गर्नु र दोस्रा मतका विद्वान्‌हरूको मान्य र सेवा गर्नु दया होइन ?
अरू पनि यिनका आचार्य र मान्नेवालाहरूको भुललाई हेर्नुहोस् ।
प्रकरणरत्नाकर, भाग २, षष्ठीशतक, मूलसूत्र—
जिणवर आणा भंगं, उमग्ग उस्सुत्त लेसदेसणउ ।
आणा भंगे पावंता जिणमय दुक्करं धम्मम् ॥११॥
                             —प्रकर.भाग २/षष्ठी श. ६१/सूत्र ११ (पृ.६३१) ॥
संक्षेपमा अर्थ— जैनका धर्मलाई मिथ्यात्वी प्राप्त हुन सक्दैन, किनभने बडो कठिन छ । जुन प्रकारले जिनाज्ञा भंग नहोस्, त्यसै प्रकारले गर्नुपर्दछ । जो जैन मार्गदेखि उल्टो चल्दछ, त्यसको नाम उन्मार्ग, जिन वचनदेखि उल्टो बोल्नु उत्सूत्र, जिन आज्ञारहित जुन धर्म छन्, ती सबै पापफल दिनेवाला छन् र ती सबैलाई मिथ्यात्वी भन्दछन् ॥१॥
समीक्षक— जुन आफ्नै मुखबाट आफ्नो प्रशंसा र आफ्नै धर्मलाई ठूलो भन्नु र अरूको निन्दा गर्नु हो, त्यो मूर्खताको कुरा हो । किनभने प्रशंसा उसैको ठीक हुन्छ जसलाई अरू विद्वान्‌ले पनि गर्दछन् । आफ्नो मुखबाट आफ्नै प्रशंसा त चोरले पनि गर्दछन् भने, के ती प्रशंसनीय हुन सक्दछन्  र ? यसै प्रकारका यिनका कुराहरू छन् ।
बहुगुणविज्झा निलओ, उस्सुत्त भासी तहावि मुत्तवो ।
जह वरमणिजुत्तो विहु, विग्घ करो विसहरो लोए ॥१८॥
                      —प्रकर.भाग २/षष्ठी श. १/सूत्र १८ (पृ. ६३४) ॥
जसरी विषधर सर्पमा मणि त्याग्न योग्न हुन्छ, त्यसरी नै उत्सूत्रभाषी, द्रव्यलिङ्गी अर्थात् अन्यमार्गी जो जैनमतमा छैन, त्यो चाहे कति नै ठूलो पण्डित किन नहोस्, त्यसलाई त्यागिदिनु नै जैनीहरूलाई उचित हुन्छ ॥१८॥
समीक्षक— हेर ! कति ठूलो मूढताको कुरा छ कि आफ्नो मतको कस्तै नै दुराचारी होस्, त्यसलाई मान्नु, अन्य मतको अति नै श्रेष्ठ विद्वान् किन नहोस् त्यसलाई जैनीहरू कहिल्यै नमान्ने । यसभन्दा बढी मूर्खता र पक्षपातको कुरा कुन हुन्छ ? के सुवर्णलाई मल अथवा धुलोमा पर्‍यो भने कसैले त्याग्न सक्दछ ?
यसै प्रकारका थुप्रै सूत्र रत्नासार भाग २, षष्ठीशतकमा लेखेका छन् । अर्थात् २९ औं सूत्रमा—
मूल— अइसय पाविय पावा, धम्मिअ पब्बेसु तोवि पावरया ।
न चलंति सुद्ध धम्मा, धन्ना किविपाव पव्वेसु ॥२९॥
    —प्रकर.भाग.२/षष्ठी.सू.२९ (पृष्ठ ६३९ पं. २४-२५) ॥
अन्य दर्शनी कुलिङ्गी अर्थात् जैनमत विरोधी अन्यमार्गी अर्थात् जो जैनी होइन त्यसको पनि दर्शन गर्न हुँदैन ॥२९॥
समीक्षक— यो कुरो कति पामरपनको छ । किनभने यदि अर्काको दर्शन गरे त यिनको पोल खुल्नेछ ॥२९॥
र त्यसैको सत्ताईसौं सूत्रमा—
मूल— नामंपि तस्स असुहं, जेण निदिट्ठाइ मिच्च पव्वाइ ।
जेसिं अणुसंगाउ, धम्मीणवि होई पाव मइ ॥२७॥
जैन धर्मदेखि विरुद्ध सबै धर्म मनुष्यलाई पापी बनाउनेवाला हुन्, त्यसैले अन्य कसैको धर्मलाई नमान्नु ॥२७॥
समीक्षक— यसैबाट यही सिद्ध हुन्छ कि— सबैलाई डुबाउनेवाला जैन नै मार्ग हो । किनभने सबैको हर प्रकारले निन्दा गर्दछन् । त्यसैले जसले यस्तो लेखे तिनीहरू नै महा अधर्मी थिए । हो ! यदि यस्तो लेख्थे कि— सबैको साँचो मान्ने र आफ्नो झुटो कुरा छोडिदिने तब नै धर्मात्माको गणनामा गनिन्थे ॥२७॥
र ३५ औं सूत्रमा—
मूल— हा हा गुरुअ अकज्झं, सामी न हु अच्छि कस्स पुक्करिमो ।
कह जिण वयण कह सुगुरु, सावया कहइय अकज्झं ॥३५॥
सर्वज्ञभाषित जिन वचन जैनका सुगुरु कहाँ ? अरू कहाँ उनीदेखि विरुद्ध कुगुरु अर्थात् अन्य मार्गीका भाषित र उपदेशक अर्थात् हाम्रा सबै कुरा राम्रा, अन्यका सबै नराम्रा ॥३५॥
समीक्षक— हो ! कुंजरीले पनि आफ्नो बयँरलाई अमिला भन्दिन । अर्थात् आफ्नो मार्गदेखि भिन्न मार्गीको सेवामा बडो अकार्य अर्थात् पाप गन्दछन् ॥३५॥
र हेर ! प्रकरणरत्नाकर भाग २, मूल सूत्र—
सप्पो इक्कं मरणं, कुगुरु अणंताइ देइ मरणाइ ।
तो वरिसप्पं गहियुं, मा कुगुरुसेवणं भद्दम् ॥३७॥
                  —प्रकर.भाग २/षष्ठी श./सूत्र ३७ (पृ. ६४३) ॥
यस सूत्रमा लेखिएको छ कि जैनदेखि भिन्न कुगुरु सर्प भन्दा पनि नराम्रा हुन्छन् । तिनलाई कहिल्यै पनि सेवा पूजा गर्नुहुँदैन । जसले अन्यमार्गीको सेवा गर्दछ त्यसलाई अवश्य ठूलो दुःख पर्नेछ ॥३७॥
समीक्षक— हेर्नुहोस् ! कति दुराग्रही छन् कि यिनका सदृश कठोर, भ्रान्त, निन्दक, मूर्ख अरू मतवाला छैनन् । यी सबै स्वार्थका कुरा हुन् कि हाम्रो नै मान्यता होस्, हाम्रो नै सेवा होस् र हाम्रो नै प्रतिष्ठा होस्, अन्य कसैको नहोस् । तब नै यिनका चेला महामूढतामा फसेका छन् कि कोही असल महात्मा पुरुषको सेवा, दर्शन र सङ्ग पनि गर्दैनन् । यो यिनीहरूको दौर्भाग्यको कुरो हो । यदि सबै मतवालाहरूमा योग्य पुरुषहरूको सेवा गर्दथे, उनका मार्गको कुरा सुन्थे र आफ्नो पनि बताउँथे भने त उनीहरूका गुण ग्रहण र आफ्नो भुललाई छोडेर, सत्यमार्गलाई चिनेर आफ्नो मनुष्य जन्मको फल प्राप्त गर्ने थिए ॥३७॥
प्रकरणरत्नाकर भाग २, मूल सूत्र—
किं भणिमो किं करिमो, ताण हयासाण धिट्ठ दुट्ठाणं ।
जे दंसिऊण लिंगं, खिवंति न रयम्मि मुद्ध जणम् ॥४०॥
                 —प्रकर.भाग २/षष्ठी श./सूत्र ४० (पृ. ६४५) ॥
संक्षेपमा अर्थ— अन्य मार्गीका कुगुरु मुनिको वेष धारण गरेर मान्छेहरूका लागि यस्ता हुन् कि जस्तो अन्धो सिंहको आँखा खोल्न जाँदा उल्टो सिंहले नै झम्टेर आहारा बनाइदिन्छ । त्यस्तै अन्य मार्गी कुगुरुहरूको उपकार गर्नु आफ्नो नाश गर्नु हो । त्यसैले उनीहरूको उपकार कहिल्यै गर्न हुँदैन ॥४०॥
समीक्षक— जस्तो जैनीहरूले विचार्दछन्, त्यस्तै अन्य मतवालाले पनि विचारेमा त जैनीहरूको कति दुर्दशा हुन्छ होला ? र उनीहरूलाई कुनै प्रकारको उपकार नगरे त उनीहरूको कति कामहरू नष्ट भएर दुःख हुन्छ, त्यस्तै अन्यको लागि किन जैनीहरूले विचार्दैनन् ? ॥४०॥
प्रकरणरत्नाकर भाग २, मूलसूत्र—
जह जह तुट्टह धम्मो, जह जह दुट्ठाण होइ अइ उदउ ।
समदिट्ठि जियाणं, तह तह उल्लसइ समत्तं ॥४२॥
                 —प्रकर.भाग २/षष्ठी श./सूत्र ४२ (पृ. ६४६) ॥
संक्षेपमा अर्थ— जसै-जसै अन्य दर्शनी, त्रिदण्डी, परिव्राजक तथा विप्रादिक दुष्टहरूको अति उदय हुन्छ, तसै-तसै जैनधर्मको सम्यक् दृष्टि जीवहरूको सम्यक्त्व विशेष प्रकाशित हुन्छ ॥४२॥
समीक्षक— यो बडो आश्चर्य छ अर्थात् जैनका साधु पनि आपसमा लडेर मर्दछन् । अब हेर यिनको चाला ! यी जैनहरू भन्दा अधिक ईर्ष्याद्वेषयुक्त, निन्दक अरू दोस्रो को होला ? र द्वेष नै पापको मूल हो, यसैले जैनीहरूमा पापाचार किन नहोस् ? ॥४२॥
प्रकरणरत्नाकर, भाग २, शतक ६०, मूलसूत्र—
संगोवि जाण अहिउ, तेसिं धम्माइजे पकुव्वन्ति ।
मुत्तूण चोरसंगं, करन्ति ते चोरियं पावा ॥७५॥
                   —प्रकर.भाग २/षष्ठी श./सूत्र ७५ (पृ. ६६१) ॥
यसको मुख्य आशय यति नै हो कि जसरी मूढजन चोरको सङ्गबाट नासिका छेदादि दण्डले भय मान्दैनन्, त्यस्तै जैन भिन्न चोर धर्महरूमा स्थित जन भय मान्दैनन् ॥७५॥
समीक्षक— यहाँ यति नै वक्तव्य छ कि जो स्वयं चोर धर्मवाला छन्, दोस्राको साथ अतीव ईर्ष्या, द्वेष आदि दुष्टताले युक्त जस्तो जैनमत छ, त्यस्ता अरू छैनन् ॥७५॥
जच्छ पसुमहिसलरका, पव्वं होमंति पाव नवमीए ।
पूअंति तंपि सढ्डा, हा हीला वीयरायस्स ॥७६॥
                   —प्रकर.भाग २/षष्ठी श./सूत्र ७६ (पृ. ६६१) ॥
समीक्षक— हेर नवमीको नाम पापनवमी र गणेश चतुर्थी आदि व्रतहरूको निन्दा गर्नु र आफ्ना पञ्चखाण आदि व्रतहरूलाई श्रेष्ठ भन्नु मूढपुरुषहरूको काम हो । के जैनीहरूका पजूसण आदि व्रतहरू नराम्रा छैनन्, जसबाट महाकष्ट हुन्छ ? यी दुइटैका झुटा र जुन सत्यभाषणादि व्रत छन्, ती दुइटैका सत्य ॥७६॥
प्रकरणरत्नाकर भाग २, शतक ६०—
किं सोपि जणणि जाओ जाणो जगणीइं किं अगो विद्धिं ।
जइं मिच्छरओ जाओ, गुणेसु तह मच्छरं वहइ ॥८१॥
                  —प्रकर.भाग २/षष्ठी श./सूत्र ८१ (पृ. ६६८) ॥
वेसाण बंदियाणय, माहण डुंबाण जरकसिरकाणं ।
भत्ता भरकट्ठाणं, विरयाणं जंति दूरेणं ॥८२॥
                 —प्रकर.भाग २/षष्ठी श./सूत्र ८२ (पृ. ६६४) ॥
हेर यिनको न्याय !
संक्षेपमा अर्थ— जैनमत विरोधी सबै मिथ्यात्वी अर्थात् मिथ्या धर्मवाला हुन् । ती किन जन्मने र जन्मे त बढ्ने किन ? अर्थात् शीघ्र नै नष्ट भैदिए त राम्रो हुन्थ्यो ॥८१॥
यसको प्रयोजन यो हो कि जो वेश्या, चारण, भाटादिहरू, ब्राह्मण, यक्ष, गणेशादिक मिथ्यादृष्टि देवी आदि देवताहरूका भक्त हुन्छन्, जसले यिनलाई मान्दछन्, ती सबै डुब्ने र डुबाउनेवाला हुन् । जसले देव देवी आदिलाई मान्दछन् तिनले दुःख दिन्छन् । किनभने उनीहरूसित नै ती सबै वस्तु माग्दछन् र बलिदान गर्दछन् । वीतरागीहरूकहाँ आउँदैनन् ॥८२॥
समीक्षक— हेर ! जैनमतको दयाको लहरो, कि आफ्नो मतदेखि भिन्न मनुष्यको जन्म हुनु र बढ्नु राम्रो मान्दैनन्, किन्तु उनका नाश हुनु नै राम्रो मान्दछन् भने दया र क्षमा कहाँ रह्यो । जब अन्यका देव-देवीहरूलाई मान्दैनन् भने त आफ्ना शासनदेवी आदि हिंसक जसले थप्पड मारेर मनुष्यको आँखा निकालिदिई, त्यसको बदलामा बाख्राको आँखो निकालेर त्यस मनुष्यलाई लगाइदिई, त्यसलाई किन मान्दछन् ? के यो दुर्गा र कालीकी सानी बहिनी होइन ? ॥८१-८२॥
रत्नसार भाग १ को पृष्ठ ६७ मा हेर के लेखेको छ— मरुतदेवी पथिकहरूलाई ढुङ्गाको मूर्ति बनेर सहायता गर्दथी । यसलाई पनि साँचो मान्नु हुँदैन ।
प्रकरणरत्नाकर, भाग २, षष्ठीशतक, मूलसूत्र—
सुद्धे मग्गे जाया, सुहेण गच्छत्ति सुद्ध मग्गंमि ।
जे पुण अमग्गजाया, मग्गे गच्छन्ति ते चुय्यं ॥८३॥
                  —प्रकर.भाग २/षष्ठी श./सूत्र ८३ (पृ. ६६४) ॥
संक्षेपमा अर्थ— जसले जैनकुलमा जन्म लिएर मुक्ति पाउँछ भने कुनै आश्चर्य होइन । परन्तु जैनभिन्न कुलमा जन्मेका मिथ्यात्वी अन्यमार्गी मुक्तिलाई प्राप्त गर्दछन् भने बडो आश्चर्य हुन्छ । अर्थात् मुक्ति नै हुँदैन, र कुमार्ग अर्थात् जैनभिन्न सम्प्रदायमा उत्पन्न भएर अर्थात् चेला-सेला बनेर सुमार्गमा चलेमा त यो बडो आश्चर्य हो । किनभने जो उन्मार्गी अर्थात् जैनभिन्न मार्गमा छन् ती सबै नरकमा पर्नेछन् । यस्तो जानेर पनि जैनमतमा नआओस् ॥८३॥
समीक्षक— के जैनकुलमा कोही पनि दुष्ट हुँदैनन् र सबैले मुक्ति प्राप्त गर्नेछन् ? र अन्य कुलहरूमा कोही पनि श्रेष्ठ नहुनाले मुक्तिमा जानेछैनन् ? कति बहुलाहपनको कुरा छ ? यस्तो कुरालाई महामूढ मनुष्यको बिना अरू कसले मान्न सक्दछ ? ॥८३॥
प्रकरणरत्नाकर, भाग २, शतक ६०—
तिच्छयराणं पूआ, सम्मत्त गुणाणकारिणी भणिया ।
साविय मिच्छत्तयरी, जिण समये देसिया पूआ ॥९०॥
                 —प्रकर.भाग २/षष्ठी श./सूत्र ९० (पृ. ६६७) ॥
संक्षिप्तमा अर्थ— जिन मूर्तिहरूको पूजा सार, यसदेखि भिन्न अन्य मार्गीहरूको मूर्तिपूजा असार हो । जसले जिन आज्ञा पालन गर्दछ, त्यो तत्त्वज्ञानी, र जसले पालन गर्दैन त्यो तत्त्वज्ञानी होइन ॥९०॥
समीक्षक— वाह ! के भन्नु !! तिम्रा मूर्ति पाषाणादि जड पदार्थहरूको होइन ? जस्तो वैष्णवादिहरूको हो ? त्यस्तै नै तिम्रा पाषाणादिपूजा हो । जस्तो तिम्रो मिथ्या हो त्यस्तै वैष्णवादिहरूका पनि मिथ्या हो । जसरी तिमी जैनी तत्त्वज्ञानी बन्दछौ र अन्यलाई अतत्त्वज्ञानी बनाउँछौ । यसैबाट विदित हुन्छ कि तिम्रा मतमा तत्त्वज्ञान छैन ॥९०॥
प्रकरणरत्नाकर, भाग २, शतक ६०, मूलसूत्र—
जिण आणाए धम्मो, आणारहि आण फुडं अहमुत्ति ।
इय मुणिऊणय तत्तं, जिण आणाए कुणहु धम्मं ॥९२॥
                  —प्रकर.भाग २/षष्ठी श./सूत्र ९२ (पृ. ६६८) ॥
संक्षेपमा अर्थ— जिनदेवको आज्ञा, क्षमा, दयादि रूप धर्म हो, अन्य सबै अधर्म हो ॥९२॥
समीक्षक— के जैनमतदेखि भिन्न पुरुषले सत्य आज्ञा गरे त्यसलाई धर्म मान्न हुँदैन । हो ! जो जैनमतस्थ पुरुषको मुख-जिब्रो छाला र हाडको होइन होला, बेग्लैखालको हाड-छालाले बनेको होला । यसैले उनैको मुखको वचनको बढाई गर्नु जान्नु कि भाँडहरूका दाजुको कुरो हो ॥९२॥
प्रकरणरत्नाकर, भाग २, शतक ६०, मूलसूत्र—
वन्नेमि नारयाउवि, जेसिं दुरकाइ सम्भरं ताणम् ।
भव्वाण जणइ हरिहर, रिद्धि समिद्धी वि उद्घोसं ॥९५॥
इअराण ठक्कुराणवि, आणाभंगेण होइ मरण दुहं ।
किं पुण तिलोअ पहुणों, जिणिंद देवाइ देवस्स ॥९८॥
                —प्रकर.भाग २/षष्ठी श./सूत्र ९५,९८ (पृ. ६६९) ॥
संक्षिप्तमा अर्थ— यसको मुख्य तात्पर्य यो हो कि जुन हरि हरादिका विभूति छन्, ती नरकका हेतु हुन्, त्यसलाई देखेर जैनीहरूको शरीरमा काँडा उम्रन्छन् । जसरी राजाज्ञा भङ्ग गर्नाले मरणसम्म दुःख पाउँछ भने त जिनेन्द्र आज्ञा भङ्ग गर्नाले किन जन्ममरणको नुःख नपाउने ॥९५, ९८॥
समीक्षक— हेर्नुहोस् ! जैनीहरूले अर्काको उन्नति देख्न सक्दैनन् । देखेर भित्रभित्रै जल्दछन् अर्थात् चाहन्छन् होलाकि यो विभूति हामीलाई मिलोस् । बहुधा त्यस्तै व्यवहार पनि यिनले गर्दछन् होला । यो फोक्कट राजाभङ्गको दृष्टान्तले मूर्खहरूलाई भय देखाएर मुडाउने कुरो हो । के झुटो कुरा पनि राजाको मान्ने ? जति पनि ईर्ष्याद्वेषी छन्, ती सबै जैनीहरू भन्दा बाहेक अरू कोही पनि छैनन् होला ॥९५, ९८॥
प्रकरणरत्नाकर, भाग २, शतक ६०, मूलसूत्र—
जो देइ सुद्ध धम्मं, सो परमप्पा जयम्मि न हु अन्नो ।
किं कप्पद्दुम सरिसो, इयर तरू होइ कइयावि ॥१०१॥
                    —प्रक.भा.२/षष्टी.सू.१०१ (पृ. ६७२) ॥
संक्षिप्तमा अर्थ— ती मूर्खहरू हुन् जो जैनधर्मदेखि विरुद्ध छन् र जो जिनेन्द्रभाषित धर्मोपदेष्टा छन्, उनीहरू तीर्थङ्करकै तुल्य हुन् । उनको तुल्य अरूका कोही पनि छैनन् ॥१०१॥
समीक्षक— किन नहुन् ! यदि जैनीहरू छोकरबुद्धि हुँदैनथे भने त यस्तो कुरो किन मान्थे र किन गर्थे ? जसरी जैनमार्गका उपदेष्टालाई राम्रो मान्दछौ, त्यसै गरी दोस्राका उपदेष्टालाई किन मान्दैनौ ? यो सबै तिम्रा अज्ञानका माहात्म्य हुन् ॥१०१॥
प्रकरणरत्नाकर भाग २, शतक ६०, मूल सूत्र—
मूल— जे अमुणिअ गुणदोषा ते कहअ वुहाण हंतिम सच्छा ।
अहते विहुमझच्छा ता विस अमिआण तुल्लत्तं ॥१०२॥
मूल— मूल जिणिदं देवो, तव्वयणं गुरुजणं महासयाणं ।
सेसं पापट्ठाणं, परमप्पाणं च वज्जेमि ॥१०३॥    
—प्रक.भा.२/षष्टी.सू.१०२, १०३ (पृ. ६७१) ॥
संक्षिप्तमा अर्थ— जिनेन्द्र देव, तदुक्त सिद्धान्त र उपदेष्टा ग्राह्य र सबै अन्य मतका वचन, सिद्धान्त र उपदेष्टाहहरूको त्याग गर्नु पर्दछ ॥१०२-१०३॥
समीक्षक— यो तिम्रो हठ, पक्षपात र अविद्याको फल हो । किनभने तिम्रा थोरै कुरा छोडेर बाँकी सबै कुरा त्यक्तव्य छन् । जोसँग थोरैमात्र बुद्धि भए पनि जैनीहरूका देव, सिद्धान्तग्रन्थ र उपदेष्टाहरूलाई हेरेर, सुनेर, विचार गर्‍यो भने तत्कालै निःसन्देह छोडिदिनेछ ॥१०२-१०३॥
वयणे वि सुगुरू जिणवल्लहस्स केसिं न उल्लसइ सम्मं ।
अह कह दिणमणि तेयं, उलुआणं हरइ अन्धत्तं ॥१०८॥      
—प्रक.भा.२/षष्टी.सू.१०८ (पृ. ६७५) ॥
संक्षिप्तमा अर्थ— जति जिन वचनको अनुकूल चल्दछन्, ती पूजनीय र जो विरुद्ध चल्दछन्, ती अपूजनीय छन् । जैन गुरुहरूलाई मान्नुपर्ने अर्थात् अन्यमार्गीहरूकालाई मान्नहुँदैन ॥१०८॥
समीक्षक— भला, यदि जैनीहरूले अन्य अज्ञानीहरूलाई पशुवत् चेला बनाएर नबाँधेमा त छुटेर आफ्नो मुक्तिको साधन गरेर जन्म सफल गर्नेछन् । यदि तिमीलाई कुनै अर्कोले कुमार्गी, कुगुरु, मिथ्यात्वी र कुपदेष्टा भनेमा त कति दुःख लाग्ला ? त्यसरी नै तिमी दोस्राको दुःखदायक हौ, यसैले तिम्रा मतमा असार कुराहरू थुप्रै भरिएका छन् ॥१०८॥
मूल— जे रज्ज धणाईणं कारणभूया हवंति वावारा ।
तेवि हु अइपावजुया, धन्ना छड्डंति भवभीया ॥११९॥   
—प्रक.भा.२/षष्टी.सू.११९ (पृ. ६७५) ॥
संक्षिप्तमा अर्थ— यदि मृत्युपर्यन्त दुःख परे तापनि कृषि-व्यापारादि कर्म जैनीहरूले नगर्ने, किनभने यी कर्म नरकमा लैजानेवाला हुन् ॥११९॥
समीक्षक— यदि जैनीहरूलाई कसैले सोधोस् कि तिमी व्यापारादि कर्म किन गर्दछौ ? यी कर्महरूलाई किन छोड्दैनौ ? र यदि छोडिदिन्छौ भने त तिम्रो शरीरको पालन-पोषण पनि हुन सक्नेछैन र तिम्रा भनाइमा लागेर सबैले छोडिदिने हो भने त के तिमीले ढुङ्गो खाएर बाँच्दछौ ? यस्तो अत्याचारको उपदेश गर्नु सर्वथा व्यर्थ छ । के गरून् बिचरा ! विद्या, सत्सङ्गको बिना जे मनमा आयो सो बकिदिए ॥११९॥
मूल— तइया हमाण अहमा, कारणरहिया अनाणगव्वेण ।
जे जपंति उस्सुत्तं, तेसिं धिद्धिच्छ पंडिच्चं ॥१२१॥     
—प्रक.भा.२/षष्टी.सू.१२१ (पृ. ६८०) ॥
संक्षिप्तमा अर्थ— जति जैनागमदेखि विरुद्ध शास्त्रलाई मान्नेवालाहरू छन्, ती अधमाऽधम हुन् । चाहे कुनै प्रयोजन सिद्ध हुन्छ भने पनि जैन मतदेखि विरुद्ध नबोल्ने, नमान्ने । चाहे कुनै पनि प्रयोजन सिद्ध हुने भए पनि अन्य मतलाई त्यागिदिनु ॥१२१॥
समीक्षक— तिम्रा मूलपूर्खादेखि लिएर आजसम्म जति भए र हुनेछन्, ती बिना दोस्रो मतलाई गालीप्रधान नगरी रहेनन् र रहने छैनन् पनि । भला, जहाँ-जहाँ जैनीहरू आफ्नो प्रयोजन सिद्ध हुने भएको देख्दछन्, वहाँ चेलाका पनि चेला बन्दछन् भने यस्तो मिथ्या लम्बा-चौडा कुरा हाँक्नमा थोरै पनि लाज लाग्दैन, यो बडो शोकको कुरा छ ॥१२१॥
मूल— जं वीरजिणस्य जिओ, मिरई उस्सुत्त लेसदेसणओ ।
सागर कोडाकोडिं, हिंडइ अइ भीमभवरण्णे ॥१२२॥
  —प्रक.भा.२/षष्टी.सू.१२२ (पृ. ६८०) ॥
संक्षिप्तमा अर्थ— यदि कसैले भन्दछ कि जैन साधुहरूमा धर्म हुन्छ, हाम्रो र अन्यमा पनि धर्म छ भने त त्यो मनुष्य करोडौंकरोड वर्षसम्म नरकमा रहेर फेरि पनि नीचमा जन्म लिन्छ ॥१२२॥
समीक्षक— वाह रे ! वाह !! विद्याका शत्रुहरू ! तिमीले यही विचार गर्‍यौ होला कि हाम्रो मिथ्या वचनलाई कसैले खण्डन नगरोस्, त्यसैले यो भयङ्कर वचन लेख्यौ, सो असम्भव छ । अब कहाँसम्म तिमीलाई सम्झाउने । तिमीले त झुट, निन्दा र अन्य मतहरूसित वैर-विरोध गर्नमा नै कम्मर कसेर आफ्नो प्रयोजन सिद्ध गर्न मोहनभोगकै समान सम्झेका छौ ॥१२२॥
मूल— दूरे करणं दूरम्मि, साहणं तह पभावणा दूरे ।
जिण धम्म सद्दहाणं, पि तिरकदुरकाइ निट्ठवइ ॥१२७॥
—प्रक.भा.२/षष्टी.सू.१२७ (पृ. ६८२) ॥
संक्षेपमा अर्थ— जुन मनुष्यले जैन धर्मको केही पनि अनुष्ठान गर्न सकेन तर पनि ‘जैन धर्म साँचो हो, अरूका होइन’ यति मात्रै श्रद्धा गर्नाले पनि दुःखदेखि तर्दछ ॥१२७॥
समीक्षक— भला ! यस भन्दा अधिक मूर्खहरूलाई आफ्नो मतजालमा फसाउने दोस्रो कुनचाहिं कुरो होला ? किनभने केही कर्म पनि गर्न नपर्ने र मुक्ति पनि हुने, यस्तो भूंदू मत कुनचाहिं होला ? ॥१२७॥
मूल— कइया होही दिवसो, जइया सुगुरूण पायमूलम्मि ।
उस्सुत्त लेसविसलव, रहिओ निसुणेसु जिणधम्मं ॥१२८॥        
—प्रक.भा.२/षष्टी.सू.१२८ ॥
संक्षेपमा अर्थ— जुन मनुष्यले ‘जिनागम’ अर्थात् ‘जैनहरूको शास्त्रलाई मात्रै सुन्नेछु, उत्सूत्र अर्थात् अन्य मतको ग्रन्थहरूलाई कहिल्यै सुन्नेछैन’ यति इच्छामात्रले पनि दुःखसागरबाट तरेर जान्छ ॥१२८॥
समीक्षक— यो कुरो पनि मूर्खहरूलाई फसाउनको लागि हो । किनभने यस पूर्वोक्त इच्छाबाट पनि यहाँको दुःखसागरबाट पनि तर्दैन र पूर्वजन्मको पनि संचित पापहरूको दुःखरूपी फल भोगे बिना छुट्न सक्दैन । जुन यस्तो झुट्टो विद्याविरुद्ध कुरा नलेखेको भए त यिनका अविद्यारूपी ग्रन्थहरूलाई वेदादि शास्त्र देखेर सुनेर सत्याऽसत्य जानेर यिनका पोकल ग्रन्थहरूलाई छोडिदिन्थे । परन्तु यस्तरी कसेर यी अविद्वान्‌हरूलाई बाँधेका छन् कि यस जालबाट कोही एक बुद्धिमान् सत्सङ्गी चाहे छुट्न सकेमा त सम्भव छ, परन्तु अन्य जडबुद्धिहरू छुट्नलाई त अति कठिन छ ॥१२८॥
मूल— जह्मा जेणहिं भणियं, सुय ववहारं विसोहियं तस्स ।
जायइ विसुद्ध बोही, जिणआणा राहगत्ताओ ॥१३८॥  
—प्रक.भा.२/षष्टी.सू.१३८ (पृ. ६८७) ॥
संक्षिप्तमा अर्थ— जसले जिनाचार्यहरूले बताएका सूत्र, निरुक्ति, वृत्ति, भाष्य, चूर्णी मान्दछन्, तिनीहरूले नै शुभ व्यवहार र दुःसह व्यवहारलाई गर्नाले चारित्रयुक्त भएर सुखलाई प्राप्त गर्दछन्, अन्य मतका ग्रन्थहरू देख्नाले होइन ॥१३८॥
समीक्षक— के अत्यन्त भोको मर्न आदि कष्ट सहनलाई ‘चारित्र’ भन्दछन् ? यदि भोक-तीर्खाले मर्नु आदि नै चारित्र हो भने त थुप्रै मनुष्य अकाल वा जसलाई अन्नादि मिल्दैन, भोकै मर्दछन्, तिनीहरू शुद्ध भएर शुभ फललाई प्राप्त गर्नुपर्ने हो । सो न यिनीहरू शुद्ध हुन्छन् न त तिमी, किन्तु पित्तादिको प्रकोपले रोगी भएर सुखको बदला दुःख प्राप्त गर्दछन् । ‘धर्म’ त न्यायाचरण, ब्रह्मचर्य, सत्यभाषणादि हो र असत्यभाषण अन्यायाचरणादि ‘पाप’ हो । र सबैसँग प्रीतिपूर्वक परोपकारार्थ चल्नुलाई ‘शुभ चरित्र’ भन्दछन्, जैनमतस्थहरूका भोक-तीर्खामा रहनु आदि धर्म होइन । यी सूत्रादिलाई मान्नाले अलिकति सत्य र अधिक झुटलाई प्राप्त गरेर दुःखसागरमा डुब्दछन् ॥१३८॥
मूल— जंचिअ लोओ मन्नइ, तंचिअ मन्नंति सयल लोआवि ।
जं मन्नइ जिणनाहो, तंचिअ मन्नंति किवि विरला ॥१४६॥
मूल— साहंमि आउ अहिओ, बंधसुआईसु जाण अणुराओ ।
तेसिं नहु सम्मत्तं, विन्नेयं समयनीईये ॥१४७॥
मूल— जइ जाणिसि जिण नाहो, लोयायारा विपरकए भूओ ।
ता तं तं मन्नंतो, कह मन्नसि लोअ आयारं ॥१४८॥
मूल— जे मन्नेवि जिणिदं, पुणोवि पणमन्ति इअर देवाणं ।
मिच्छत्त सन्निवायग, गच्छाणं ताण कोविज्जो ॥१४९॥   
        —प्रक.भा.२/षष्टी.सू.१४६, १४७, १४८, १४९ (पृ. ६९१-६९२) ॥
संक्षेपमा अर्थ— जो उत्तम प्रारब्धवान् मनुष्य हुन्छन्, तिनीहरूले नै जिन-धर्मलाई ग्रहण गर्दछन् । अर्थात् जसले जिनधर्मको ग्रहण गर्दैनन्, तिनीहरूका प्रारब्ध नष्ट हुन्छन् ॥१४६॥
समीक्षक— के यो कुरो मूर्खताको र झुटो होइन ? के अन्य मतमा श्रेष्ठ-प्रारब्धी र जैन मतमा नष्ट-प्रारब्धी कोही पनि छैनन् ?
र जुन यो कुरा कि— “साधर्मी अर्थात् जैन धर्मवाले आपसमा क्लेश नगर्ने किन्तु प्रीतिपूर्वक चल्ने”, यसबाट यो कुरा सिद्ध हुन्छ कि दोस्रोसँग कलह गर्नमा नराम्रो जैनहरूले मान्दैनन् होला । यो पनि यिनको कुरा अयुक्त देखिन्छ, किनभने सज्जन पुरुष सज्जनको साथमा प्रेम र दुष्टलाई शिक्षा दिएर सुशिक्षित गर्दछन् ॥१४७॥
र जुन यो लेखे कि— “ब्राह्मण’, ‘त्रिदण्डी’, ‘परिव्राजकाचार्य’ अर्थात् ‘संन्यासी’ र ‘तापसादि’ अर्थात् ‘वैरागि’ आदि सबै जैनमतका शत्रु हुन् ।” अब हेर्नुहोस् कि सबैलाई शत्रुभावले हेर्दछन् र निन्दा गर्दछन् भने जैनीहरूका दया र क्षमारूप धर्म कहाँ रह्यो ? किनभने दोस्रोमाथि द्वेष राख्नु दया क्षमाको नाश र यसको समान अर्को कुनै दोस्रो हिंसारूप दोष छैन । जस्ता द्वेषमूर्तिहरू जैनीहरू हुन् त्यस्ता अरूमा कतै हुन्छन् ॥१४८॥
ऋषभदेवदेखि लिएर महावीरपर्यन्त २४ तीर्थङ्करहरूलाई रागी, द्वेषी, मिथ्यात्वी भनौं र जैनमत मान्नेवालालाई सन्निपातज्वरले फसेका मानेमा र उनको धर्म नरक र विषकै समान सम्झेमा त जैनीहरूलाई कति नराम्रो लाग्ला ? ॥१४९॥
त्यसैले जैनीहरू निन्दा र परमतद्वेषरूप नरकमा डुबेर महाक्लेश भोगिराखेका छन्, यस कुरालाई छोडिदिएमा त धेरै राम्रो हुनेछ ।
मूल— एगो अगुरू एगो वि सावगो चेईआणि विवहाणि ।
तच्छयजं जिणदव्वं, परुप्परं तं न विच्चन्ति ॥१५०॥   
—प्रक.भा.२/षष्टी.सू.१५० (पृ. ६९२) ॥
संक्षेपमा अर्थ— सबै श्रावकहरूका देव गुरु धर्म एक हो, ‘चैत्यवन्दन’ अर्थात् जिन-प्रतिबिम्ब मूर्ति देवल र जिन-द्रव्यको रक्षा र मूर्तिको पूजा गर्नु धर्म हो ॥१५०॥
समीक्षक— अब हेर ! जति पनि मूर्तिपूजाको झगडा चलेको छ, त्यो सबै जैनीहरूका घरबाट र पाखण्डको मूल पनि जैनमत नै हो ॥१५०॥
जैनमतमा मूर्तिपूजाको प्रमाणहरू (१२.१९)
(विक्रम संवत् १९३३ मा बनारस जैनप्रभाकर प्रेसमा मुद्रित) श्राद्धदिनकृत्य पृष्ठ १ मा मूर्तिपूजाको प्रमाण—
नवकारेण विवोहो ॥१॥ अणुसरणं सावउ ॥२॥ वयाइं इमे ॥३॥
जोगो ॥४॥ चिय वन्दणगो ॥५॥ यच्चरखाणं तु विहि पुब्बं ॥६॥          —इत्यादि ॥
श्रावकहरूले पहिला द्वारमा नवकारको जप गरेर जाग्नु ॥१॥ दोस्रो नवकार जपे पछाडि “म श्रावक हूँ” स्मरण गर्नु ॥२॥ तेस्रो ‘अणुव्रतादिक’ हाम्रा कति छन् ॥३॥ चौथो द्वारका चार वर्गमा अग्रगामी मोक्ष छन्, त्यसको कारण ज्ञानादिक हो सो ‘योग’, त्यसको सबै अतीचार निर्मल गर्नाले ६ आवश्यक कारणले पनि त्यसलाई पनि उपचारबाट योग भनिन्छ, सो योग भन्नेछु ॥४॥ पाँचौं ‘चैत्यवन्दन’ अर्थात् मूर्तिलाई नमस्कार द्रव्यभाव पूजा भन्नेछु ॥५॥ छैटौं प्रत्याख्यान द्वार नवकारसीप्रमुख विधिपूर्वक भन्नेछु इत्यादि ॥६॥
तत्त्वविवेक पृष्ठ १६९ मा— जुन मनुष्यले काठ-ढुङ्गालाई देवबुद्धि गरेर पूज्दछ, त्यसले राम्रो फल प्राप्त गर्दछ ।
समीक्षक— यदि यस्तै हो भने सबैले दर्शन गरेर सुखरूप फलहरू किन प्राप्त गर्दैनन् ?
रत्नसार भाग १ पृष्ठ १०मा— पार्श्वनाथको मूर्तिको दर्शनले पाप नष्ट भएर जान्छन् ।
कल्पभाष्य पृष्ठ ५१मा लेखिएको छ कि— “सवा लाख मन्दिरहरूको जीर्णोद्धार गरियो” इत्यादि मूर्तिपूजाको विषयमा थुप्रै लेख छ, यसैबाट सम्झन सकिन्छ कि मूर्तिपूजाको मूलकारण जैनमत नै हो ।
र कल्पभाष्यमा लेखिएको छ कि— “ऋषभदेवदेखि लिएर महावीर पर्यन्त २४ तीर्थङ्कर सबैले मोक्षलाई प्राप्त गरे ।”
जैनमतमा रहेको असम्भव कथाहरूको समीक्षा (१२.२०)
अब अरू थोरै यिनका असम्भव कुराहरू सुन्नुहोस्—
विवेकसार पृष्ठ ७८ मा— एक करोड साठी लाख कलशहरूले महावीरको जन्म समयमा स्नान गराए ।
श्राद्धदिनकृत्य आत्मनिन्दा भावना पृष्ठ ३१ मा लेखिएको छ कि— पँधेरो, कुवा, इनार र पोखरी बनाउनु हुँदैन ।
समीक्षक— भला, यदि सबै मनुष्य जैनमतमा हुन जाने र कुवा, पोखरी, पँधेरो आदि कसैले पनि नबनाउने हो भने त मान्छेहरूले जल कहाँबाट पिउने ?
प्रश्न— पोखरी आदि बनाउनाले जीव पर्दछन्, त्यसबाट बनाउनेवालालाई पाप लाग्दछ, यसैले हामी जैनीहरूले यस कामलाई गर्दैनौं ।
उत्तर— तिम्रो बुद्धि किन नष्ट हुन गयो ? किनभने जसरी साना-साना जीवहरू मर्नाले पाप गन्दछौ भने त ठूला-ठूला गाई आदि पशु र मनुष्यादि प्राणीहरूले जल पिउने आदिबाट महापुण्य हुनेछ, यसलाई किन गन्दैनौ ?
तत्त्वविवेक पृष्ठ १९६ मा— यस नगरीमा एक नन्दमणिकार सेठले पँधेरो बनायो, त्यसबाट धर्मभ्रष्ट भएर त्यसलाई सोह्र महारोग लाग्यो, मरेर त्यसै पँधेरामा भ्यागुतो बन्यो, महावीरको दर्शनबाट त्यसलाई जातिस्मरण हुन गयो । महावीर भन्दछन् कि म आउने थाहा पाएर त्यसले पूर्व जन्मको धर्माचार्य जान्दै वन्दना आउन लाग्यो । मार्गमा श्रेणिकको घोडाको टापले किचिएर मरेर शुभ ध्यानको योगले दर्दुराङ्क नाम महर्द्धिक देवता भयो । अवधिज्ञानबाट मलाई यहाँ आएको जानेर वन्दनापूर्वक ऋद्धि देखाएर गयो ।
समीक्षक— इत्यादि विद्याविरुद्ध असम्भव मिथ्या कुरा भन्ने महावीरलाई सर्वोत्तम मान्नु महाभ्रान्तिको कुरा हो ।
श्राद्धदिनकृत्य. पृष्ठ ३६ मा लेखिएको छ कि— मृतकवस्त्र साधुले लेओस् ।
समीक्षक— हेर्नुहोस् ! यिनका साधु पनि महाब्राह्मणका समान हुन गए । वस्त्र त साधुले लिने परन्तु मृतकको आभूषण कसले लिने ? बहुमुल्य हुनाले घरमा राखेहोलान् भने त तिमी को भयौ ?
रत्नसार पृष्ठ १०५ मा— भुट्न, पिस्न, कुट्न, अन्न पकाउन आदिमा पाप हुन्छ ।
समीक्षक— अब हेर्नुहोस् यिनको विद्याहीनता ! भला यी कर्म नगरे त मनुष्यादि प्राणी बाँच्ने कसरी ? र जैनीहरू पनि पीडित भएर मर्नेछन् ।
रत्नसार पृष्ठ १०४ मा— बगैंचा लगाउनाले मालीलाई एक लाख पाप लाग्दछ ।
समीक्षक— यदि मालीलाई लक्ष पाप लाग्छ भने त अनेक जीव, पुष्प, फल र छायाँले आनन्दित भएर करोडौं गुणा पुण्य पनि हुन जान्छ । यसमाथि कत्ति पनि ध्यान गएन, यो कति अन्धेर हो ?
तत्त्वविवेक पृष्ठ २०२ मा— एक दिन लब्धि साधु भुलेर वेश्याको घरमा गयो र धर्मले भिक्षा माग्यो । वेश्याले भनी कि यहाँ धर्मको काम छैन, किन्तु अर्थको काम छ, तब त्यस लब्धि साधुले साढे बाह्र लाख अशर्फीको-वर्षा, त्यसको घरमा गरिदियो ।
समीक्षक— यस कुरालाई सत्य, बिना नष्टबुद्धिको कसले मान्न सक्दछ ?
रत्नसार भाग १ पृष्ठ ६७ मा लेखिएको छ कि— एक पाषाणको मूर्ति घोडामा चढेको, त्यसको जहाँ-कहीं स्मरण गर्दा, त्यहाँ उपस्थित भएर रक्षा गर्दछ ।
समीक्षक— भन जैनी जी ! आजभोलि तिम्रा यहाँ चोरी, डाँका आदि र शत्रुबाट भय हुन्छ नै त्यसो भए त्यसको स्मरण गरेर आफ्नो रक्षा किन गर्दैनौ ? किन जहाँ-तहाँ पुलिस आदि राज-स्थानमा मरी-मरी गुहार्दछौ ?
कल्पसूत्रभाष्य पृष्ठ १०८ मा— केशवलुञ्चन गर्ने, गाईको रउँ तुल्य राख्ने ।
समीक्षक— अब भन्नुहोस् जैनीहरू हो ! तिम्रो दया धर्म कहाँ रह्यो ? के यो हिंसा चाहे आफ्नो हातले लुञ्चन गरोस्, उसको गुरुले गरोस् वा अन्य कोहीले, परन्तु कति ठूलो कष्ट त्यस जीवलाई हुन्छ होला ? जीवलाई कष्ट दिनुलाई नै हिंसा भन्दछन् ।
विवेकसार पृष्ठ ७ मा— विक्रम संवत् १९३३ सालमा श्वेताम्बरहरूबाट ढूंढिया र ढूंढियाहरूबाट तरेहपन्थी आदि ढोंगी निक्लेका छन् । ढूंढियाहरूले पाषाणादि मूर्तिलाई मान्दैनन् र यिनीहरूले भोजन स्नानलाई छोडेर सर्वदा मुखमा पट्टी बाँधिराख्दछन् र जती आदिले पनि जब पुस्तक वाँच्दछन् तब मुखमा पट्टी बाँध्छन, अन्य समय होइन ।
प्रश्न— मुखपट्टी अवश्य बाँध्नुपर्दछ, किनभने ‘वायुकाय’ अर्थात् जो वायुमा सूक्ष्म शरीरवाले जीव रहन्छन्, ती मुखको बाफको उष्णताले गर्दा मर्दछन् र त्यसको पाप मुखमा पट्टी नबाँध्नेलाई लाग्दछ, यसैले हामीहरू मुखमा पट्टी बाध्नु राम्रो सम्झन्छौं ।
उत्तर— यो कुरो विद्या र प्रत्यक्षादि प्रमाणादिको रीतिबाट अयुक्त छ । किनभने जीव अजर-अमर छन्, फेरि तिनीहरू मुखको बाफले कहिल्यै पनि मर्न सक्दैनन् । यिनलाई तिमीले पनि अजर-अमर मान्दछौ ।
प्रश्न— जीव त मर्दैन, परन्तु जुन मुखको उष्ण वायुले उनीहरूलाई पीडा पुग्दछ, त्यस पीडा पुर्‍याउनेवालालाई पाप हुन्छ, यसैले मुखमा पट्टी बाँध्नु राम्रो हुन्छ ।
उत्तर— यो पनि तिम्रो कुरा सर्वथा असम्भव हो, किनभने पीडा दिए बिना कुनै जीवको पनि किञ्चित् पनि निर्वाह हुन सक्दैन । जब मुखको वायुबाट तिम्रो मतमा जीवहरूलाई पीडा पुग्दछ भने हिंड्डुल गर्दा, फिर्दा, बस्दा, हात उठाउँदा र नेत्रादि चलाउँदा पनि पीडा अवश्य पुग्दछ होला, त्यसैले तिमी पनि जीवहरूलाई पीडा पुर्‍याउनबाट पृथक् रहन सक्दैनौ ।
प्रश्न— हो, जहाँसम्म बन्न सक्दछ, त्यहाँसम्म जीवहरूको रक्षा गर्नुपर्दछ र जहाँ हामीले बचाउन सक्दैनौं वहाँ अशक्त छौं, किनभने सबै वायु आदि पदार्थहरूमा जीव भरिएर रहेका छन् । यदि हामीले मुखमा लुगा बाँधेनौ भने त धेरै जीव मर्नेछन्, लुगा बाँधेमा थोरै मर्नेछन् ।
उत्तर— यो तिम्रो कथन पनि युक्तिशून्य छ, किनभने लुगा बाँध्नाले जीवहरूलाई अधिक दुःख हुन्छ । जब कसैले मुखमा लुगा बाँध्छ भने मुखको वायु रोकिएर तलतिरबाट वा पार्श्व र मौन समयमा नाकद्वारा एकत्र भएर वेगले वायु निस्कन्छ, यसले गर्दा उष्णता अधिक भएर जीवहरूलाई विशेष पीडा तिम्रो मताऽनुसार पुर्‍याउँछ होला ।
हेर ! जसरी घर वा कोठाको सबै झ्याल-ढोका बन्ध गरेर पर्दा लगाइदियो भने त त्यसमा उष्णता विशेष हुन्छ, खुला राख्दा त्यति हुँदैन, त्यसरी नै मुखमा कपडा बाँध्नाले उष्णता अधिक हुन्छ र खुला हुँदामा न्यून, त्यस्तै तिम्रो मतानुसार जीवहरूलाई अधिक दुःखदायक छौ । र जब मुख बन्ध गरिन्छ तब नासिकाको छिद्रबाट वायु रोकिएर जम्मा हुँदै वेगसित निक्लँदा, जीवहरूलाई अधिक धक्का र पीडा गर्दछ होला ।
हेर ! जसरी कुनै मनुष्य आगो बाल्नको लागि ढुङ्ग्राले आगोलाई फुक्दा बढी जोड परेर आगो छिटो बल्दछ भने मुखले मात्रै फुक्दा हावा फैलने हुनाले झट्टै बल्दैन । त्यसरी नै मुखमा पट्टी बाँध्नाले नासिकाबाट वेगसँग हावा निस्कने हुनाले जीवलाई अधिक दुःख हुन्छ, त्यसकारण मुखपट्टी बाँध्नेहरू धर्मात्मा होइनन् ।
र मुखमा पट्टी बाँध्नाले अक्षरहरूको यथास्थान प्रयत्नको साथ उच्चारण पनि हुँदैन । निरनुनासिक अक्षरहरूको सानुनासिक बोल्नाले तिमीलाई दोष लाग्दछ । तथा मुखपट्टी बाँध्नाले दुर्गन्ध पनि अधिक हुन्छ, किनभने शरीरको भित्र दुर्गन्ध भरिएको छ । शरीरबाट जति वायु बाहिर निस्कन्छ, त्यो प्रश्वासित वायु दुर्गन्धयुक्त प्रत्यक्ष हुन्छ, यदि त्यसलाई रोकिदिएमा दुर्गन्ध पनि अधिक बढ्न जान्छ । जसरी बन्ध पाइखानामा अधिक दुर्गन्ध र खुलामा न्यून दुर्गन्ध हुने गर्दछ, त्यसरी नै मुख-पट्टी बाँध्नाले दन्तधावन, मुखप्रक्षालन, स्नान, राम्रोसँग वस्त्र नधोइनाले तिम्रो शरीरबाट अधिक दुर्गन्ध उत्पन्न भएर संसारमा धेरै रोग निस्कन जानाले जीवहरूलाई जति पीडा पुग्दछ, त्यति नै तिमीलाई अधिक पाप लाग्दछ ।
जसरी मेला आदिमा अधिक दुर्गन्ध हुनाले— ‘विसूचिका’ अर्थात् हैजा आदि थुप्रै प्रकारका रोग उत्पन्न भएर जीवहरूलाई दुःखदायक हुन्छन्, र न्यून दुर्गन्ध हुनाले रोग पनि न्यून भएर जीवहरूलाई धेरै दुःख हुँदैन । यसैले तिमी अधिक दुर्गन्ध बढाउनमा अधिक अपराधी र यदि मुख-पट्टी नबाँध्ने, दन्तधावन, मुखप्रक्षालन, स्नान गरेर स्थान-वस्त्रलाई शुद्ध राख्दछन्, ती धेरै असल हुन् ।
जसरी अन्त्यजहरूको दुर्गन्धको सहवासले निर्मल बुद्धि हुँदैन, त्यस्तै तिमी र तिम्रा सङ्गीहरूको बुद्धि पनि बढ्दैन ।
जसरी रोग र बुद्धिको स्वल्प हुनाले धर्माऽनुष्ठानमा बाधा हुन्छ, त्यसै गरी नै दुर्गन्धयुक्त तिम्रो र तिम्रा सङ्गीहरूको पनि वर्तमान हुन्छ होला ।
प्रश्न—जसरी बन्ध घरमा जलाएको अग्निको ज्वाला बाहिर निस्केर बाहिरका जीवहरूलाई दुःख पुर्‍याउन सक्दैन, त्यसरी नै हामी मुखपट्टी बाँधेर वायुलाई रोकेर बाहिरका जीवहरूलाई न्यून दुःख पुर्‍याउनेवाला हुन्छौं । मुखपट्टी बाँध्नाले बाहिरका वायुका जीवहरूलाई पीडा पुग्दैन, र जसरी सामुन्ने आगो बलिरहेको ज्वालामा हातले छेक्दामा आँच कम लाग्दछ । र वायुका जीव शरीरवाला हुनाले उनीहरूलाई पीडा अवश्य पुग्दछ ।
उत्तर— यो तिम्रो कुरो बालकपनको हो । प्रथम त हेर, जहाँ छिद्र र भित्रको वायुको योग बाहिरको वायुको साथ हुँदैन भने त वहाँ आगो बल्न नै सक्दैन । यदि यसलाई प्रत्यक्ष देख्न चाहन्छौ भने त पानसमा दीप जलाएर सबै छिद्र बन्ध गरेर हेर त दीप उत्तिवेलै निभ्दछ । जसरी पृथ्वीमा रहनेवाला मनुष्यादि प्राणी बाहिरका वायुको योगको बिना बाँच्न सक्दैन, त्यसै गरी अग्नि पनि जल्न सक्दैन । जब एकातिरबाट अग्निको वेग रोक्यौं भने त अर्कोतिरबाट अधिक वेगसँग निस्कनेछ र हातले छेक्दामा मुखमा आँच कम लाग्छ, परन्तु त्यो आँच हातमा अधिक लागिराखेको हुन्छ । त्यसैले तिम्रो कुरो ठीक होइन ।
प्रश्न— यसलाई सबैले जान्दछन् कि कुनै ठूलो मनुष्यले सानो मनुष्यको कानमा वा निकटमा भएर कुरा गर्दछ तब मुखमा हातले छेकेर गर्दछ, यसको लागि कि मुखको थुक उडेर वा दुर्गन्ध उसलाई नलागोस् र जब पुस्तक वाँच्दछन् तब अवश्य थुक उडेर किताबमा पर्दछ र बिग्रन्छ, यसैले मुखमा पट्टी बाँध्न राम्रो हुन्छ ।
उत्तर— यसबाट यो सिद्ध भयो कि जीवरक्षार्थ मुखपट्टी बाँध्नु व्यर्थ छ । र जब कोही ठूलो मान्छेसँग कुरा गर्दछ तब मुखमा हात राखेर यसकारणले गर्दछ कि उसको कुरा दोस्रो मान्छेले नसुनोस् । किनभने जब कसैले प्रसिद्ध कुरा गर्दछ, तब कसैले पनि मुखमा हात राख्दैन, यसबाट के विदित हुन्छ भने कि गुप्त कुराको लागि हो । दन्तधावनादि नगर्नाले तिम्रो मुखादि अवयवहरूबाट अत्यन्त दुर्गन्ध निस्कन्छ र जब तिमी कसैको नजिकमा गएर बस्दछौ वा कोही तिम्रो पासमा आएर बस्दछ होला, तब बिना दुर्गन्धको अन्य के आउँछ होला ? इत्यादि ।
मुखको आडमा हात राख्नुको प्रयोजन अन्य धेरै छन् । जस्तै धेरै मान्छेहरूको सामुन्ने गुप्त कुरा गर्नको लागि हातले छेकिएन भने त दोस्रोतिर वायु फैलनाले कुरो पनि फैलन्छ । जब ती दुई एकान्तमा कुरा गर्दछन् तब मुखमा हात वा रूमाल यस कारणले लगाउँदैनन् कि त्यहाँ तेस्रो सुन्ने मान्छे कोही हुँदैन ।
यदि ठूलामाथि मात्रै थुक नपरे, यसबाट के साना माथि नै पर्ने त ? र त्यस थुकबाट बच्न पनि सक्दैन । किनभने हामी दूरस्थ कुरा गरौं वायु हामीतिरबाट हुँदै दोस्रोतिर जाँदैरहेछ भने त सूक्ष्म भएर उसको शरीरमा वायुको साथ त्रसरेणु अवश्य खस्दछ, त्यसको दोष गन्नु अविद्याको कुरा हो ।
किनभने यदि मुखको उष्णताले जीव मर्दछन् वा उनलाई पीडा हुन्छ भने त, वैशाख वा ज्येष्ठ महिनामा सूर्यको महा उष्णताले वायुकायको जीवहरू मरे बिना एउटा पनि बँच्न सक्दैनन् । सो उष्णताबाट पनि ती जीव मर्न सक्दैनन्, यसैले यो तिम्रो सिद्धान्त झुटो छ, किनभने यदि तिम्रा तीर्थङ्कर पनि पूर्ण विद्वान् हुन्थे भने त यस्तो व्यर्थको कुरा किन गर्थे ?
हेर ! पीडा त्यसै जीवलाई पुग्दछ, जसको वृत्ति सबै अवयवहरूको साथमा विद्यमान हुन्छ, यसमा प्रमाण—
पञ्चावयवयोगात्सुखसंवित्तिः ॥          
—यो सांख्यशास्त्र सूत्र (आह्निक ५/सूत्र २७) को वचन हो ॥
जब पाँचै इन्द्रियहरूको पाँचै विषयहरूको साथमा सम्बन्ध हुन्छ, तब नै सुख वा दुःखको प्राप्ति जीवलाई हुन्छ । जसरी बहिरोलाई गाली प्रदान, अन्धोलाई रूप वा अगाडिबाट सर्प— व्याघ्रादि भयदायक जीवहरूको आउनु, शून्य बहिरोवालेलाई शब्द र स्पर्श, पिनासको रोगवालालाई गन्ध र शून्य जिब्रोवालालाई रस प्राप्त हुनसक्दैन । यसै प्रकार ती जीवहरूको पनि व्यवस्था छ ।
हेर ! जब मनुष्यको जीव सुषुप्ति दशामा रहन्छ, तब उसलाई सुख वा दुःखको प्राप्ति केही पनि हुँदैन, किनभने त्यो शरीरको भित्र त हुन्छ, परन्तु त्यसको बाहिरका अवयवहरूको साथमा त्यस समय सम्बन्ध नरहनाले सुख-दुःखको प्राप्ति गर्न सक्दैन ।
र जसरी आजकालका डाक्टरहरू नशाको वस्तु ख्वाएर वा सुँघाएर रोगी पुरुषको शरीरको अवयवलाई काट्दछन् वा चिर्दछन्, रोगीलाई त्यत्ति वेला केही पनि विदित हुँदैन, त्यस्तै वायुकाय अथवा अन्य स्थावर शरीरवाला जीवहरूलाई सुख वा दुःख प्राप्त कहिल्यै हुन सक्दैन ।
जसरी मूर्छित प्राणी सुख-दुःखलाई प्राप्त हुन सक्दैन, त्यसै गरी वायुकायादिका जीवहरू पनि अत्यन्त मूर्छित हुनाले सुख-दुःखलाई प्राप्त हुन सक्दैनन् । फेरि यिनलाई पीडाबाट बचाउने कुरा सिद्ध कसरी हुन सक्दछ ? जब तिनीहरूलाई सुख-दुःखको प्राप्ति नै प्रत्यक्ष हुँदैन भने त अनुमानादि यहाँ कसरी युक्त हुनसक्दछन् ?
प्रश्न— जब तिनीहरू जीव हुन् भने त तिनीहरूलाई सुख-दुःख किन हुँदैन होला ?
उत्तर— सुन भोले भाइहरू ! जब तिमी सुषुप्तिमा हुन्छौ तब तिमीलाई सुख-दुःख प्राप्त किन हुँदैन ? सुख-दुःखको प्राप्तिको हेतु प्रसिद्ध सम्बन्ध छ, अहिले हामीले यसको उत्तर दिएर आयौं कि नशा सुँघाएर डाक्टरहरूले अङ्गलाई चिर-फार गर्ने र काट्ने गर्दछन्, जसरी रोगीलाई दुःख विदित हुँदैन, यसै प्रकार अतिमूर्छित जीवहरूलाई सुख-दुःख कसरी प्राप्त हुन सक्ने ? किनभने वहाँ प्राप्ति हुने साधन कोही पनि छैन ।
प्रश्न— हेर ! सागपात अर्थात् जति हरिया साग, पात र कन्दमूल छन्, तिनलाई हामीले खाँदैनौं, किनभने सागपातमा धेरै र कन्दमूलमा अनन्त जीव हुन्छन् । यदि हामीले तिनलाई खायौं भने त जीवहरूलाई मार्ने र पीडा पुर्‍याउनाले हामीहरू पापी हुन्छौं ।
उत्तर— यो तिम्रो बडो अविद्याको कुरो हो, किनभने हरित सागलाई खाँदामा जीवहरू मर्ने, उनीहरूलाई पीडा पुग्नु आदि के कारणले मान्दछौ ? भला, जब तिमीलाई पीडा प्राप्त भएको प्रत्यक्ष देखिंदैन, र यदि देख्छौ भने त हामीलाई पनि देखाऊ । तिमीले कहिल्यै पनि प्रत्यक्ष देख्न वा हामीलाई देखाउन सक्ने छैनौ । जब प्रत्यक्ष छैन त अनुमान, उपमान र शब्दप्रमाण पनि कहिल्यै त्यहा घट्न सक्दैन ।
फेरि जुन हामीले माथि उत्तर दिएर आयौं त्यो यस कुराको पनि उत्तर हो । किनभने जो अत्यन्त अन्धकार, महासुषुप्ति र महानशामा जीव हुन्छन्, यिनलाई सुख-दुःखको प्राप्ति मान्नु तिम्रा तीर्थङ्करहरूको भुल विदित हुन्छ, जसले तिमीलाई यस्ता युक्ति र विद्याविरुद्ध उपदेश दिए । भला ! जब घरको अन्त छ भने त्यसमा बस्नेहरू अनन्त कसरी हुन सक्दछन् ? जब कन्दको अन्त हामीले देख्दछौं भने त उसमा रहने जीवहरूको अन्त किन हुँदैन ? यसैले यो तिम्रो कुरो बडो भुलको हो ।
प्रश्न— हेर ! तिमीहरू बिना उष्ण गरेर काँचो पानी पिउँछौ, त्यो बडो पाप गर्दछौ । जसरी हामीले तताएर पानी पिउँछौ, त्यसरी नै तिमीहरूले पनि पिउने गर ।
उत्तर— यो पनि तिम्रो कुरो भ्रमजालको छ । किनभने जब तिमी पानीलाई तताउँछौ, तब पानीका सबै जीव मर्दछन् होला र उनका शरीर पनि जलमा घोलिएर पानीमा सोंफको अर्ककै तुल्य हुनाले जान्नु कि उनका शरीरहरूको ‘तेजाब’ पिउँछौ, यसमा तिमी बडो पापी हुन्छौ । र जसले चीसो पानी पिउँछन् तिनीहरू हुँदैनन् । किनभने जब चीसो पानी पिउनेछौं तब उदरमा जानाले किञ्चित् उष्णता पाएर श्वासको साथमा जीव पनि बाहिर निस्कन्छन् । जलकाय जीवहरूको सुख-दुःख प्राप्ति विषयक पूर्वोक्त रीतिले हुन सक्दैन, पुनः पाप यसमा कसैलाई हुँदैन ।
प्रश्न— जसरी जाठराग्निको उष्णता पाएर श्वासको साथ जीव बाहिर निक्लन्छ, त्यसै गरी अग्निको उष्णता पाएर जलदेखि बाहिर जीव किन निक्लने छैन ?
उत्तर— हो, निस्कन त निस्कन्छन् परन्तु जब तिमी मुखको वायुको उष्णताले जीवको मर्नु मान्दछौ भने त, जल उष्ण गर्नाले तिम्रो मतानुसार जीव मर्नेछन् वा अधिक पीडा पाएर निक्लनेछन् र तिनको शरीर त्यस जलमा घोलिन जानेछ, यसबाट तिमी अधिक पापी हुन्छौ कि हुँदैनौ ?
प्रश्न— हामी आफ्नो हातले पानी तताउँदैनौं र न कुनै गृहस्थलाई जल उष्ण गर्नको लागि आज्ञा दिन्छौं, यसैले हामीलाई पाप छैन ।
उत्तर— यदि तिमीले उष्ण जल नलिने, नपिउने हो भने त गृहस्थले किन तताउँथे ? यसैले त्यो पापको भागी तिमी नै हौ, प्रत्युत अधिक पापी हौ । किनभने यदि तिमीले कुनै एक गृहस्थलाई तताउनको लागि भन्थ्यो भने त एकै ठेगानमा तात्ने थियो । जब ती गृहस्थ यस भ्रममा रहन्छन् कि नजाने साधुजी कसको घर आउनेछन्, यसैले प्रत्येक गृहस्थका आफ्नो-आफ्नो घरमा पानी तताएर राख्दछन्, यसको पापको भागी मुख्य गरेर तिमी नै हौ ।
दोस्रो— अधिक काष्ठ र अग्नि जल्ने-जलाउने गर्नाले पनि माथि लेखिएका प्रमाणहरू भान्छा, खेती र व्यापारादिमा अधिक पापी र नरकगामी हुन्छौ । फेरि जब तिमी उष्ण गराउने मुख्य निमित्त र तिमी उष्ण जल पिउने र चीसो पानी नपिउने उपदेश गर्नाले तिमी नै मुख्य पापका भागी हौ । र जसले तिम्रो उपदेश मानेर यस्तो कुरा गर्दछन् । ती पनि पापी हुन् ।
अब हेर ! कि तिमी बडो अविद्यामा छौ कि छैनौ ? कि— साना-साना जीवहरूमाथि दया गर्ने तर अन्य मतवालाहरूको निन्दा गर्ने, अनुपकार गर्ने के यो सानो पाप हो त ? यदि तिम्रा तीर्थङ्करहरूका मत साँचो हुन्थ्यो भने त सृष्टिमा यति वर्ष, नदीहरू चल्नु र यति जल किन उत्पन्न ईश्वरले गर्‍यो ? र सूर्यलाई पनि उत्पन्न गर्ने थिएन, किनभने करोडौं करोड जीव तिम्रो मताऽनुसार मरिराख्दछन् होला । जब ती विद्यमान थिए र तिमी जसलाई ईश्वर मान्दछौ, उनीहरूले दया गरेर सूर्यको ताप र मेघलाई किन बन्ध गरेनन् ? र पूर्वोक्त प्रकारबाट बिना विद्यमान साधनहरूले प्राणीहरूलाई सुख-दुःखको प्राप्ति, कन्दमूलादि पदार्थहरूमा रहने जीवहरूलाई हुँदैन ।
सर्वथा सबै जीवहरूमाथि दया गर्नु पनि दुःखको कारण हुन्छ । किनभने यदि तिम्रो मताऽनुसार सबै मनुष्य हुन जाने, चोर-डाँकूहरूलाई कसैले पनि दण्ड नदिने हो भने त कति ठूलो पाप ठडिनेछ ? यसैले दुष्टहरूलाई यथावत् दण्ड दिने र श्रेष्ठहरूको पालन गर्नमा दया र यसदेखि विपरीत गर्नमा क्षमारूप धर्मको नाश हुन्छ ।  
कति जैनीहरूले दोकान गर्दछन्, ती व्यवहारहरूमा झुट बोल्दछन्, पराय धन मार्दछन् र दीनहरूलाई छल्ने आदि कुकर्म गर्दछन्, त्यसको निवारणमा विशेष उपदेश किन गर्दैनौ ? र मुखपट्टी बाँध्ने आदि ढोंगमा किन रहन्छौ ? जति तिमी चेला-चेली बनाउँछौ तब केशलुञ्चन र धेरै दिनसम्म भोकै रहँनमा पराय वा आफ्नो आत्मालाई पीडा दिएर अर्कालाई पनि दुःख दिने र ‘आत्माहत्या’ अर्थात् आत्मालाई दुःख दिनेवाला भएर हिंसक किन बन्दछौ ? जब हात्ती, घोडा, गोरु, ऊँटमाथि चढ्ने र मनुष्यलाई मजदूरी गराउनमा पाप जैनीहरूले किन मान्दैनन् ? जब तिम्रा चेला ऊटपटाङ्ग कुराहरूलाई सत्य गर्न सक्दैनन् भने त तिम्रा तीर्थङ्कर पनि सत्य गर्न सक्दैनन् । जब तिमी कथा वाँच्दछौ, तब मार्गमा श्रोताहरूको र तिम्रो मतानुसार जीव मर्दछन् नै होला, यसैले तिमी यस पापको मुख्य कारण किन होइनौ ?
यस थोरै कथनबाट धेरै बुझिलिनु कि ती जल, स्थल, वायुका स्थावर शरीरवाले अत्यन्त मूर्छित जीवलाई दुःख वा सुख कहिल्यै पनि पुग्न सक्दैन ।
जैनमतका २४ तीर्थङ्करहरूको व्याख्या (१२.२१)
अब जैनीहरूका अरू पनि थोरै असम्भव कथा लेखिन्छ, सुन्नुपर्दछ । र यो पनि ध्यानमा राख्नु कि आफ्नो हातको साढे तीन हातको एक धनुष हुन्छ र कालको संख्या जसरी पूर्वमा लेखेर आइएको छ, त्यसरी नै सम्झनु ।
रत्नसार भाग १, पृष्ठ १६६-१६७ सम्म लेखिएको छ—
१. ऋषभदेवको शरीर ५०० पाँच शय धनुष लामो र ८४००००० (चौरासी लाख) पूर्वको आयु ।
२. अजितनाथको ४५० धनुष परिमाणको शरीर र ७२००००० (बहत्तर लाख) पूर्व वर्षको आयु ।
३. संभवनाथको ४०० धनुष परिमाणको शरीर र ६०००००० (साठी लाख) पूर्व वर्षको आयु ।
४. अभिनन्दनको ३५० धनुष परिमाणको शरीर र ५०००००० (पचास लाख) पूर्व वर्षको आयु ।
५. सुमतिनाथको ३०० धनुष परिमाणको शरीर र ४०००००० (चालीस लाख) पूर्व वर्षको आयु ।
६. पद्मप्रभको १४० धनुषको शरीर ३०००००० (तीस लाख) पूर्व वर्षको आयु ।
७. सुपार्श्वनाथको २०० धनुषको शरीर र २०००००० (बीस लाख) पूर्व वर्षको आयु ।
८. चन्द्रप्रभको १५० धनुषको शरीर र १०००००० (दश लाख) पूर्व वर्षको आयु ।
९. सुविधिनाथको १०० धनुष परिमाणको शरीर र २००००० (दुई लाख) पूर्व वर्षको आयु ।
१०. शीतलनाथको ९० धनुषको शरीर र १००००० (एक लाख) पूर्व वर्षको आयु ।
११. श्रेयांसनाथको ८० धनुषको शरीर र ८४००००० (चौरासी लाख) वर्षको आयु ।
१२. वासुपूज्य स्वामीको ७० धनुषको शरीर ७२००००० (बहत्तर लाख) वर्षको आयु ।
१३. विमलनाथको ६० धनुषको शरीर र ६०००००० (साठी लाख) वर्षको आयु ।
१४. अनन्तनाथको ५० धनुषको शरीर र ३०००००० (तीस लाख) वर्षको आयु ।
१५. धर्मनाथको ४५ धनुषको शरीर र १०००००० (दश लाख) वर्षको आयु ।
१६. शान्तिनाथको ४० धनुषको शरीर र १००००० (एक लाख) वर्षको आयु ।
१७. कुन्थुनाथको ३५ धनुषको शरीर र ९५००० (पञ्चान्नब्बे हजार) वर्षको आयु ।
१८. अमरनाथको ३० धनुषको शरीर र ८४००० (चौरासी हजार) वर्षको आयु ।
१९. मल्लीनाथको २५ धनुषको शरीर र ५५००० (पचपन्न हजार) वर्षको आयु ।
२०. मुनि सुव्रतको २० धनुषको शरीर र ३०००० (तीस हजार) वर्षको आयु ।
२१. नमिनाथको १४ धनुषको शरीर र १०००० (दश हजार) वर्षको आयु ।
२२. नेमिनाथको १० धनुषको शरीर र १००० (एक हजार) वर्षको आयु ।
२३. पार्श्वनाथको ९ हातको शरीर र १०० (एक शय) वर्षको आयु ।
२४. महावीर स्वामीको ७ हातको शरीर र ७२ (बहत्तर) वर्षको आयु ।
यी चौबीस तीर्थङ्कर जैनीहरूका मत चलाउनेवाला आचार्य र गुरु हुन्, यिनैलाई जैनीहरूले परमेश्वर मान्दछन् र यी सबै मोक्षमा गए । यसमा बुद्धिमानीहरूले विचार गर्नुहोस् कि यति ठूला शरीर यतिको आयु मनुष्यदेहको हुनु कहिल्यै सम्भव छ ? यस भूगोलमा अति थोरै मनुष्य रहनसक्दछन् । यिनै जैनीहरूका गफौडा लिएर जुन पुराणीहरूले एक लाख, दश हजार र एक हजार वर्षको आयु लेखेका छन् सो पनि सम्भव हुन सक्दैन भने जैनीहरूको कथनको त झन सम्भव कसरी हुन सक्दछ ?
अब अरू पनि सुन—
कल्पभाष्य पृष्ठ ४– नागकेतले ग्रामको बराबर एक शिला औंलामाथि उचालेर अड्यायो ।
कल्पभाष्य पृष्ठ ३५– महावीरले बुढी औंलाले पृथ्वीलाई दबाए, यसबाट शेषनाग काँप्यो ।
कल्पभाष्य पृष्ठ ४६– महावीरलाई सर्पले टोक्यो, रक्तको ठाउँमा दूध आयो र त्यो सर्प ८ औं स्वर्गमा गयो ।
कल्पभाष्य पृष्ठ ४७– महावीरको खुट्टामा खीर पकाए तर खुट्टा जलेन ।
कल्पभाष्य पृष्ठ १६– सानो भाँडामा ऊँटलाई बोलाए ।
रत्नसार भाग १, प्रथम पृष्ठ १४– शरीरको मैललाई नपखाल्ने र नकन्याउने ।
विवेकसार भाग १, पृष्ठ १५– जैनीहरूका एक दमदार साधुले क्रोधित भएर उद्वेगजनक सूत्र पढेर एक शहरमा आगो लगाइदियो र महावीर तीर्थङ्करको अति प्रिय थियो ।
विवेकसार भाग १, पृष्ठ १२७– राजाको आज्ञा अवश्य मान्नुपर्दछ ।
विवेकसार भाग १, पृष्ठ २२७– एउटी कोशा नामकी वेश्याले थालीमा तोरीका गेडा भरेर त्यसमाथिबाट फूलले ढाकिएको सियोहरूमा सजिलै नाची परन्तु खुट्टामा सियो गडेन र तोरीका गेडा पनि हल्लिएनन् ।
तत्वविवेक पृष्ठ २२८– यसै कोशा वेश्याको साथ एक स्थूलमुनिले १२ वर्षसम्म भोग गरे र पश्चात् दीक्षा लिएर सद्गति प्राप्त गरे र कोशा वेश्या पनि जैन धर्मलाई पाल्दै सद्गति प्राप्त गरी ।
विवेकसार भाग १, पृष्ठ १८४– एक सिद्धको कन्था जुन घाँटीमा लगाइन्छ त्यो ५०० अशर्फी एक वैश्यलाई नित्य दिंदैरहे ।
विवेकसार भाग १, पृष्ठ २२८– बलवान् पुरुषको आज्ञा, देवको आज्ञा, घोर वनमा कष्टले निर्वाह, गुरुलाई रोक्ने, माता, पिता, कुलाचार्य, ज्ञातीयहरू र धर्मोपदेष्टा यी ६ लाई रोक्नाले धर्ममा न्यूनता हुनाले धर्मको हानि हुँदैन ।
समीक्षक— अब हेर्नुहोस् यिनका मिथ्या कुराहरू ! एक मनुष्यले गाउँ बराबरको पाषाणको शिलालाई औंलोमा कहीं उठाउन सक्दछ ? ॥१॥ र पृथ्वीमाथि कहीं बुढी औंलाले दबाउनाले पृथ्वी दबिन्छ ? र जब शेषनाग नै छैन भने काँप्ने को ? ॥२॥ कतै शरीरमा टोक्दा दूध निस्किएको कसैले देखिएको छ, सिवाय इन्द्रजालको अर्को कुरो होइन, उसलाई टोक्ने सर्प त स्वर्गमा गयो र महात्मा श्रीकृष्ण आदि तेस्रो नरकमा गए, यो कति मिथ्या कुरो हो ? ॥३-४॥
जब महावीरको खुट्टामा खीर पकाए तब उसको खुट्टो किन जलेन ? कतै सानो भाँडोमा ऊँट आउन सक्दछ ? ॥५॥ जसले शरीरको मैल नधुने र नकन्याउने गर्दछन्, ती दुर्गन्धरूप महा नरक भोग्दछन् होला ॥६॥
जुन साधुले नगर जलायो त्यसको दया र क्षमा कहाँ गयो ? जब महावीरको सङ्गले पनि त्यसको आत्मा पवित्र भएन भने त अब महावीर मरेपश्चात् उसको आश्रयले जैनहरू पनि कहिल्यै पवित्र हुनेछैनन् ॥७॥ राजाको आज्ञा मान्नु पर्दछ परन्तु जैनहरू बनिया हुन्, यसैले राजासँग डराएर यो कुरो लेखिदिए होलान् ॥८॥ कोशा वेश्या चाहे त्यसको शरीर जतिनै हलुका भए पनि तोरीको गेडाको थुप्रोमा सियो ठड्याएर त्यसमा नाच्नु, सियोले नकोप्नु र गेडा नबिग्रनु अतिव झुटो होइन भने त के हो ? ॥९-१०॥
भला, कन्था त वस्त्रबाट बनेको हुन्छ त्यसले नित्यप्रति ५०० अशर्फी कुन प्रकारले दिन सक्दछ होला ? ॥११॥ धर्म कसैले कुनै अवस्थामा पनि छोड्नुहुँदैन, चाहे जेसुकै होओस् ? ॥१२॥ अब यस्ता-यस्ता असम्भव कथाहरू यिनका लेखिराख्ने हो भने त जैनीहरूको सदृश पार पाइनसक्नु छ यसैले धेरै लेखिन । अर्थात् थोरै मात्र यी जैनीहरूको कुरा छोडेर बाँकी शेष सबै मिथ्या-जाल भरिएको छ । हेर्नुहोस्—
जैनमतमा रहेको जम्बूद्वीपादिको विस्तार (१२.२२)
दो ससि दो रवि पढमे । दुगुणा लवणंमि धायई संमे ।
बारस ससि बारस रवि । तप्पमिइ निदिट्ठ ससि रविणो ॥७७॥
तिगुणा पुब्बिल्ल जुया । अणंतराणंतरं मिखित्तंमि ।
कालो ए बायाला । बिसत्तरी पुस्कर द्वंमि ॥७८॥          
—प्रकरण. भा.४/संग्रहणी सूत्र ७७-७८ ॥
जुन जम्बूद्वीप लाख योजन अर्थात् ४ लाख कोस लेखिएको छ, उनमा यो पहिलो द्वीपले चिनिन्छ । यसमा दुई चन्द्र र दुई सूर्य छन् र त्यसरी नै लवण समुद्रमा उसको दुई गुणा अर्थात् ४ चन्द्रमा र ४ सूर्य छन् तथा धातकीखण्डमा बाह्र चन्द्रमा र बाह्र सूर्य छन् ॥७७॥ र यिनलाई तीनगुणा गर्नाले ३६ हुन्छ, यिनको साथ दुई जम्बूद्वीपको र चार लवण समुद्रको मिलाएर बयालीस चन्द्रमा र बयालीस सूर्य कालोदधि समुद्रमा छन् र यसै प्रकारले अघिल्ला-अघिल्ला द्वीप र समुद्रमा पूर्वोक्त बयालीसको तीनगुणा गरेमा त एक सय छब्बीस हुन्छन्, उनमा धातकीखण्डको बाह्र, लवण समुद्रको ४ र जम्बूद्वीपको दुई, यसै रीतिले मिलाएर १४४ चन्द्र, १४४ सूर्य पुष्करद्वीपमा छन् । यो पनि आधा मनुष्यक्षेत्रको गणना हो । परन्तु जहाँ मनुष्य रहँदैनन्, वहाँ थुप्रै चन्द्र र थुप्रै सूर्य छन् । र जुन पछिल्लो अर्ध पुष्करद्वीपमा थुप्रै चन्द्र र सूर्य छन्, ती स्थिर छन्, पूर्वोक्त एक सय चवालीसलाई तीनगुणा गर्नाले ४३२ र उनमा पूर्वोक्त जम्बूद्वीपका दुई चन्द्रमा र दुई सूर्य, चार-चार लवण समुद्रका र बाह्र-बाह्र धातकीखण्डका र बयालीस कालोदधिका मिलाउनाले ४९२ चन्द्रमा तथा ४९२ सूर्य पुष्कर समुद्रमा छन् ॥७८॥
यी सबै कुरा श्रीजिनभद्रगणीक्षमाश्रमणले ठूलो ‘संघयणी’ मा तथा ‘ज्योतीषकरण्डकपयन्ना मध्ये’ र ‘चन्दपन्नति’ तथा ‘सूरपन्नति’ प्रमुख सिद्धान्तग्रन्थहरूमा यसै प्रकार बताइएको छ ।
समीक्षक— अब सुन्नुहोस्-भूगोल खगोललाई जान्नेवालाहरू ! यस एक भूगोलमा एक प्रकार ४९२ र दोस्रो प्रकार असंख्य चन्द्र र सूर्य जैनीहरूले मान्दछन् । तपाईंहरूको ठूलो भाग्य हो कि वेदमतानुयायी सूर्यसिद्धान्तादि ज्योतिष ग्रन्थहरूको अध्ययनबाट ठीक-ठीक भूगोल-खगोल विदित भयो । यदि जैनका महा अन्धकार मतमा हुन्थे भने त जन्मभर अध्याँरोमा रहन पर्दथ्यो, जस्तै कि जैनहरू आजभोलि छन् । यी अविद्वान्‌हरूलाई यो शङ्का भयो कि जम्बूद्वीपमा एक सूर्य र एक चन्द्रबाट काम चल्दैन, किनभने यति ठूलो पृथ्वीको तीस घडीमा दोस्रो भागमा चन्द्र-सूर्य कसरी आउन सक्दछन् ? किनभने पृथ्वीलाई यिनीहरूले सूर्यादि भन्दा पनि ठूलो र स्थिर मान्दछन्, यही यिनको ठूलो भुल हो ।
दो ससि दो रवि पंती । एगंतरिया छसट्ठि संखाया ।
मेरुं पयाहिणंता । माणुसखित्ते परिअंडति ॥७९॥      
—प्रकरणरत्नाकर भाग ४/संग्रहणी सूत्र ७९ ॥
अर्थ— मनुष्यलोकमा चन्द्रमा र सूर्यको पंक्तिको संख्या गर्दछन् । दुई चन्द्रमा र दुई सूर्यको पंक्ति (श्रेणी) छन्, तिनीहरू एक-एक लाख-लाख योजन अर्थात् चार-चार लाख कोसको अन्तरले चल्दछन् । जसरी एक सूर्यको पंक्तिको अन्तर एक पंक्ति चन्द्रमाको हुन्छ, यसै प्रकार चन्द्रमाको पंक्तिको अन्तर सूर्यको पंक्ति छ, यसै रीतिबाट चार पंक्ति छन् । ती एक-एक चन्द्र पंक्तिमा ६६ चन्द्रमा र एक सूर्यको पंक्तिमा ६६ सूर्य छन् । ती चारै पंक्ति जम्बूद्वीपको मेरु पर्वतको प्रदक्षिणा गर्दै मनुष्यक्षेत्रमा परिभ्रमण गर्दछ । अर्थात् जुन समय जम्बूद्वीपको मेरुबाट एक सूर्य दक्षिण दिशामा विहर्दछ, त्यस समय दोस्रो सूर्य उत्तर दिशामा घुम्दछ, त्यसरी नै लवण समुद्रको एक-एक दिशामा दुई-दुई चल्ने-फिर्ने गर्दछन्, धातकीखण्डका ६, कालोदधिका २१, पुष्करार्द्धका ३६, यस प्रकार मिलेर ६६ सूर्य दक्षिण दिशा र ६६ उत्तर दिशामा आफ्नो-आफ्नो क्रमले फिर्दछन् । र दुइटै दिशाहरूको पंक्तिलाई मिलाउने हो भने त १३२ सूर्य, यसरी नै छैसट्ठी-छैसट्ठी चन्द्रमाको दुवै दिशाका पंक्तिलाई मिलाउँदा १३२ चन्द्रमा मनुष्यलोकमा चाल चल्दछन् । यसै प्रकार चन्द्रमाको साथ नक्षत्रादिको पनि पंक्तिहरू थुप्रै जान्नु ॥७९॥
समीक्षक— अब हेर भाइ ! यस भूगोलमा १३२ सूर्य र १३२ चन्द्रमा जैनीहरूका घरमा तप्दैराख्दछन् होला ! भला तप्दछन् भने कसरी बाँच्दछन् होला ? र रात्रिमा पनि शीतको मारे जैनीहरू कठांग्रिदा होलान् ? यस्ता असम्भव कुरामा भूगोल-खगोललाई नजान्नेहरू फस्दछन्, अन्य होइनन् । जब एक सूर्य यस भूगोलको सदृश अन्य अनेक भूगोलहरूलाई प्रकाश गर्दछ भने त यस सानो भूगोलको कथा नै के भन्नु ? र यदि पृथ्वी नघुम्ने र सूर्य पृथ्वीको चारैतिर घुमेमा त कयौं एक वर्षको दिन र रात हुन जान्छ । र सुमेरु बिना हिमालयको दोस्रो केही होइन । यो सूर्यको सामुन्ने एउटा घैंटोको सामुन्ने तिलको दाना जत्तिको पनि होइन । यी कुराहरूलाई जैनीहरू, जबसम्म त्यस मतमा रहन्छन् तबसम्म जान्न सक्दैनन्, किन्तु सदा अँधेरोमा नै रहनेछन् ।
सम्मत्तचरण सहिया । सव्वं लोगं फुसे निरवसेसं ।
सत्तय च उदसभाए । पंचय सुय देस विरईए ॥१३५॥
—प्रकरणरत्नाकर भाग ४/संग्रहणी सूत्र १३५ ॥
अर्थ— सम्यक्चारित्र सहित जो केवली, तिनीहरू केवल समुद्घात अवस्थाबाट सर्व चौध-राज्यलोक आफ्नो आत्मप्रदेश गरेर फिर्नेछन् ॥१३५॥
समीक्षक— जैनीहरू १४ चौध राज्य मान्दछन्, त्यस मध्येमा चौधौंको शीखामा सर्वार्थसिद्धि विमानको ध्वजादेखि थोरै माथि दूरीमा सिद्धशिला तथा दिव्य आकाशलाई शिवपुर भन्दछन् । त्यसमा ‘केवली’ अर्थात् जसलाई केवलज्ञान, सर्वज्ञता, पूर्ण पवित्रता प्राप्त भएको छ, तिनीहरू यस लोकमा जान्छन् । र आफ्नो आत्मप्रदेशले सर्वज्ञ रहन्छन् । जसको प्रदेश हुन्छ त्यो विभू होइन, जो विभू होइन, त्यो सर्वज्ञ केवलज्ञानी कहिल्यै हुनसक्दैन । किनभने जसको आत्मा एकदेशी हुन्छ, त्यही जाने-आउने गर्दछ र बद्ध, मुक्त, ज्ञानी, अज्ञानी हुन्छ, सर्वव्यापी सर्वज्ञ त्यस्तो कहिल्यै हुन सक्दैन । जो जैनीहरूका तीर्थङ्कर जीवरूप अल्प-अल्पज्ञ भएर स्थित थएि, ती सर्वव्यापक-सर्वज्ञ कहिल्ये हुन सक्दैनन् । किन्तु जो परमात्मा अनाद्यनन्त, सर्वव्यापक, पवित्र, ज्ञानस्वरूप हो, त्यसलाई जैनीहरूले मान्दैनन् कि जसमा सर्वज्ञतादि गुण याथातथ्य घट्दछन् ।
गब्भनर ति पलियाऊ । तिगाउ उक्कोस ते जहन्नेणं ।
मुच्छिम दुहावि अन्त मुहु । अंगुल असंख भागतणू ॥२४१॥    
—प्रक. भाग ४/संग्रहणी सूत्र २४१ ॥
अर्थ— यहाँ मनुष्य दुई प्रकारका छन् । एक गर्भज, दोस्रा गर्भको बिना उत्पन्न भएका, उनीहरूमा गर्भज मनुष्यको उत्कृष्ट तीन पल्योपमको आयुष जान्नु र तीन कोसको शरीर ॥२४१॥
समीक्षक— भला, तीन पल्योपमको आयु र तीन कोसको शरीर भएको मनुष्य यस भूगोलमा थोरैमात्र अटाउन सक्नेछन् र फेरि तीन पल्योपमको जसरी माथि लेखेर आइयो, त्यति समयसम्म बाँचे भने त त्यसरी नै उनका सन्तान पनि तीन-तीन कोसको शरीरवाला हुनुपर्‍यो, जस्तै मुम्बईमा एक वा दुई, कलकत्तामा तीन वा चार मनुष्य मात्र निवास गर्नसक्दछन् । जैनीहरूले त नगरमा लाखौं मनुष्यको कुरा लेखेका छन् त्यसो हो भने त तिनीहरू रहनको लागि पनि लाखौं कोसहरूको नगर हुनुपर्दछ यस्तै हो भने त भूगोलमा एउटा पनि नगर बस्न सक्दैन ।
पणयाल लरकजोयण । विरकंभा सिद्धिसिल फलिह विमला ।
तदुवरिगजोयणंते । लोगंतो तच्छ सिद्धठिई ॥२५८॥
—प्रकरणरत्नाकर भाग ४/संग्रहणी सूत्र २५८ ॥
अर्थ— जुन सर्वार्थसिद्धि विमानको ध्वजादेखि माथि १२ योजनको सिद्धशिला छ, त्यो बाटुलो र लामोपन र गोलाईमा ४५ पैंतालीस लाख योजन प्रमाण छ, त्यो सबै धवला अर्जुन सुवर्णमय स्फटिककै समान निर्मल सिद्धशिलाको सिद्धभूमि हो । यसलाई कसैले ‘ईषत्’ ‘प्राग्भारा’ यस्तो नाम पनि भन्दछन् । यो सर्वार्थसिद्धशिला विमानदेखि १२ योजन अलोक पनि छ । यो परमार्थ केवली बहुश्रुतले जान्दछ । यो सिद्धशिला सर्वथा मध्य भागमा ८ योजन स्थूल छ । वहाँदेखि ४ दिशा र ४ उपदिशामा घट्दो-घट्दो माखाको प्वाँखको सदृश पातलो उत्तानछत्र र आकार गरेर सिद्धशिलाको स्थापना छ । त्यस शिलादेखि माथि एक योजनको अन्तरमा लोकान्त छन्, त्यहाँ सिद्धहरूको स्थिति अर्थात् निवास हुन्छ ॥२५८॥
समीक्षक— अब विचार गर्नुपर्दछ कि जैनीहरूको मुक्तिको स्थान सर्वार्थसिद्धि विमानको ध्वजाको माथि पैंतालीस लाख योजनको शिला अर्थात् चाहे यस्तो राम्रो र निर्मल होस् तथापि त्यसमा रहनेवाले मुक्त जीव एक प्रकारले बद्ध छन्, किनभने त्यस शिलादेखि बाहिर निस्कनमा मुक्तिको सुखदेखि छुट्नजाने भए । र जो भित्र रहन्छन् होला तिनीहरूलाई वायु पनि लाग्दैन होला, यो केवल कल्पनामात्र अविद्वान्‌हरूलाई फसाउनको लागि भ्रमजाल हो ।
जोयणसहस्स महियं । एगिंदियदेह मुक्कोसं ॥२६६॥
वि ति चउरिंदिय सरीरं । बारस जोयण तिकोस चउकोसं ।
जोयण सहस पणिंदिय । उहें वुच्छं विसेसंतु ॥२६७॥
               —प्रकरणरत्नाकर भाग ४/संग्रहणी सूत्र २६६-२६७ ॥
सामान्यपनदेखि एकेन्द्रियको शरीर १ सहस्र योजनको शरीरवाला उत्कृष्ट जान्नु ॥२६६॥ र दुई इन्द्रियवाला जो शंखादि उसको शरीर १२ योजनको जान्नु । त्यसरी नै किरा-माकुराको शरीर ३ कोसको जान्नु । र चतुरिन्द्रिय भ्रमरादिको शरीर ४ कोसको र पञ्चेन्द्रिय एक सहस्र योजन अर्थात् ४ सहस्र कोसको शरीरवाला जान्नु ॥२६७॥
समीक्षक— चार-चार सहस्र कोसको प्रमाणवाला शरीर भए भने त भूगोलमा एकदम थोरै मनुष्य अर्थात् सयकडौं मनुष्यले मात्रै ठसाठस भूगोल भरिनेछ, कोही हिंड्डुल गर्न पनि मिल्ने छैन, फेरि ती जैनीहरूसँग रहनको लागि ठेगाना र मार्ग सोधेमा त यिनले लेखेको भए त आफ्नो घरमा राख्लान् । परन्तु चार सहस्र कोसको शरीरवालाको निवासार्थ कुनै एउटाको लागि ३२ हजार कोसको घर त चाहियो । यस्ता एउटा घर बनाउनमा जैनीहरूको सबै धन लगाउँदा पनि बनेर तयार हुँदैन, यति ठूलो गाह्रो हजार कोसको छत बनाउनको लागि लट्ठा कहाँबाट ल्याउने ? र यदि त्यसमा खाँबो लगाउने हो भने त भित्र प्रवेश गर्न पनि सक्दैन, त्यसैले यस्ता झुट्टा हुने गर्दछन् ।
ते थूला पल्ले विहु । संखिज्जाचेवहुंति सव्वेवि ।
ते इक्किक्क असंखे । सुहुमे खंडे पकप्पेह ॥
                —प्रकरणरत्नाकर भाग ४/लघुक्षेत्रसमासप्रकरण सूत्र ४ ॥
अर्थ— पूर्वोक्त एक औंलो लोम (कपाल) को खण्डबाट ४ कोसको चौरस र उतिनै गहिरो खाल्डो होस्, औंलो प्रमाण लोमको खण्ड सबै मिलेर बीस लाख सन्ताउन्न हजार एक सय बाउन्न हुन्छन् र अधिक भन्दा अधिक (३३०७६२१०४, २४६५६२५, ४२१९९६०, ९७५३६००, ०००००००) तेत्तीस करोड, सात लाख बैसट्ठी हजार एक सय चार करोड, चौबीस लाख पैंसट्ठी हजार ६ सय पच्चीस यति करोड तथा बयालीस लाख उन्नाईस हजार नौ सय साठी यति करोड तथा सन्तानब्बे लाख त्रिपन्न हजार र ६ सय करोड, यति बाटुलो घन योजन पल्योपममा सर्व स्थूल रोम खण्डको संख्या होओस्, यो पनि संख्यातकाल हुन्छ । पूर्वोक्त एक लोम खण्डको असंख्यात खण्ड मनमा कल्पे तब असंख्यात सूक्ष्म रोमाणु हुन्छ ॥४॥
समीक्षक— अब हेर्नुहोस् यिनका गन्तीको रीति ! एक औंलो प्रमाण लोमलाई कति खण्ड गरे त । यो कहिल्यै कसैको गन्तीमा आउन सक्दछ ? र त्यसको उपरान्त मनले असंख्य खण्ड कल्पन्छन्, यसैले पूर्वोक्त खण्ड, जैनीहरूले हातैले बनाए होलान् । यस्तै विदित हुन्छ । यो कुरो कहिल्यै सम्भव छैन ।
जम्बूद्वीपपमाणं गुलजोयणलरक वट्ट विरकंभो ।
लवणाई यासेसा । वलयाभा दुगुण दुगुणाय ॥१२॥
—प्रकरणरत्नाकर भाग ४/लघुक्षेत्रसमासप्रकरण सूत्र १२ ॥
प्रथम जम्बूद्वीपको लाख योजनको प्रमाण र गोलाई छ । र बाँकी लवणादि सात समुद्र, सात द्वीप, जम्बूद्वीपको प्रमाण दुईगुणा-दुईगुणा छन् । यस एक पृथ्वीमा जम्बूद्वीपादि सात द्वीप र सात समुद्र छन् । जसरी कि पूर्व लेखेर आएँ ॥१२॥
समीक्षक— अब जम्बूद्वीपदेखि दोस्रो द्वीप दुई लाख योजन, तेस्रो चार लाख योजन, चौथो आठ लाख योजन, पाँचौ सोह्र लाख योजन, छैटौं बत्तीस लाख योजन र सातौं चौसट्ठी लाख योजन र उतिनै प्रमाण वा ती भन्दा पनि अधिक समुद्रको प्रमाणले यस पन्ध्र हजार कोस परिधिवाला भूगोलमा कसरी अटाउन सक्दछ ? यसैले यो कुरो केवल झुट्टो हो ।
कुरु नइ चुलसी सहसा । छच्चेवन्तरनईउ पइ विजयं ।
दो दो महा नईउ । चन्द दस सहसाउ पत्तेयं ॥६३॥
               —प्रकरणरत्नाकर भाग ४/लघुक्षेत्रसमासप्रकरण सूत्र ६३ ॥
    कुरुक्षेत्रमा ८४ चौरासी हजार नदी छन् ॥६३॥
समीक्षक— भला, कुरुक्षेत्र अति सानो देश हो, त्यसलाई नहेरेर मिथ्या कुरो लेख्नमा यिनलाई लज्जा पनि आएन ।
जामुत्तराउ ताउ । इगेगसिंहासणाउ अइपुव्वं ।
    चउसुवि तासु नियासण, दिसि भवजिण मज्जणं होई ॥११९॥
                 —प्रकरणरत्नाकर भाग ४/लघुक्षेत्रसमासप्रकरण सूत्र ११९ ॥
त्यस शिलाको विशेष दक्षिण र उत्तर दिशामा एक-एक सिंहासन जान्नुपर्दछ । ती शिलाहरूको नाम दक्षिण दिशामा अति-पाण्डु-कम्बला, उत्तर दिशामा अति-रक्त कम्बला शिला छ । ती सिंहासनहरूमा तीर्थङ्कर बस्दछन् ॥११९॥
    समीक्षक— हेर्नुहोस् यिनका तीर्थङ्करको जन्मोत्सवादि गर्ने शिलाहरूलाई ! यस्तै नै मुक्तिका सिद्धशिला छन् । यस्ता यिनका कुराहरूमा गोलमाल र पोलपाल थुप्रै छन्, कहाँसम्म लेखूँ ? किन्तु जल छानेर पिउने र सूक्ष्म जीवहरूमाथि नामात्रको दया गर्ने, रात्रिमा भोजन नगर्ने यी तीन कुरा मात्र असल छन् । बाँकी जति यिनका कथन छन् सबै असम्भवग्रस्त छन् ।
    यति लेखबाटै बुद्धिमानीहरूले धेरै बुझ्नेछन्, थोरै यो दृष्टान्तमात्र लेखेको छु । यदि यिनका सबै असम्भव कुराहरू लेख्न थाल्ने हो भने त यति पुस्तक बन्नजाने छ कि एक पुरुषले आयु भरी पनि पढेर सक्नेछैन ।
यसैले एउटा कसौंडीमा पाक्दै गरेको भातबाट एउटा सितो चामललाई परीक्षा गरेर हेर्दामा कसौंडीको सबै भात पाके नपाकेको थाहा हुन्छ, त्यसरी नै यस थोरै लेखबाट सज्जनहरूले धेरै कुरा बुझ्नेछन् । बुद्धिमान्‌हरूको सामुन्ने धेरै लेख्नु आवश्यकता छैन । किनभने दिग्दर्शनवत् सम्पूर्ण आशयलाई बुद्धिमान्हरूले जानिहाल्दछन् ।
यस भन्दा अगाडि ईसाईहरूको मतको विषयमा लेखिनेछ ।
           
इति श्रीमद्दयानन्दसरस्वतीस्वामिनिर्मिते सत्यार्थप्रकाशे
सुभाषाविभूषिते नास्तिकमतान्तर्गतचार्वाक-
बौद्धजैनमतखण्डनमण्डनविषये
द्वादशः समुल्लासः सम्पूर्णः ॥१२॥

Comments

Popular posts from this blog

सातौं समुल्लास

चौथो समुल्लास