तेस्रो समुल्लास
अध्ययन-अध्यापनको विषय (३.१)
अब तेस्रो समुल्लासमा पढ्न-पढाउनको लागि प्रकार लेखिन्छ । सन्तानहरूलाई उत्तम विद्या, शिक्षा, गुण, कर्म र स्वभावरूप आभूषणहरूलाई धारण गराउनु माता, पिता, आचार्य र सम्बन्धीहरूको मुख्य कर्म हो । सुन, चाँदी, हीरा, माणिक, मोती, मुंगा आदि रत्नहरूले युक्त आभूषणहरू धारण गर्नाले मनुष्यको आत्मा सुभूषित कहिल्यै हुन सक्दैन । किनभने आभूषण धारण गर्नाले केवल देहाभिमान, विषयासक्ति र चोर आदिको भय तथा मृत्युको पनि सम्भव हुन्छ । संसारमा देखिन आउँछ कि आभूषणको योगले बालकादिहरूको मृत्यु दुष्टहरूको हातबाट हुने गर्दछ ।
विद्याविलासमनसो धृतशीलशिक्षाः; सत्यव्रता रहितमानमलापहारः ।
संसारदुःखदलनेन सुभूषिता ये, धन्या नरा विहितकर्मपरोपकाराः ॥
जुन पुरुषहरूको मन विद्याको विलासमा तत्पर रहन्छ; सुन्दर शीलस्वभावयुक्त; सत्यभाषणादि नियमपालनयुक्त; र जो अभिमान, अपवित्रतादेखि रहित, अन्यको मलिनताको नाशक; सत्योपदेश, विद्यादानले संसारी-जनहरूको दुःख दूर गर्नाले सुभूषित, वेदविहित कर्मबाट पराईको उपकार गर्नमा तत्पर रहन्छन्, ती नर र नारी धन्य छन् । बिना यसले कसैको पनि शोभा हुँदैन ।
यसैले आठ वर्षका भएपछि केटालाई केटाहरूको र केटीलाई केटीहरूको पाठशालामा पठाइदिने गर्नु । जो अध्यापक, पुरुष वा स्त्री दुष्टाचारी छन् भने, तिनबाट शिक्षा नदिलाउनु । किन्तु जो पूर्णविद्यायुक्त धार्मिक छन् तिनैलाई पढाउने र शिक्षा दिनमा योग्य हुन्छन् । द्विज आफ्नो घरमा केटाहरूको यज्ञोपवीत र कन्याहरूको पनि यथायोग्य संस्कार गरेर यथोक्त आचार्यकुल अर्थात् आफ्नो-आफ्नो पाठशालामा पठाइदिनु । विद्या पढ्ने स्थान एकान्त देशमा हुनु पर्दछ र ती केटा र केटीहरूको पाठशाला दुई कोस एक-अर्काबाट टाढा हुनुपर्दछ । जो त्यहाँ अध्यापिका र अध्यापक पुरुष वा नोकर-चाकर हुन्छन् तिनीहरू कन्याहरूको पाठशालामा स्त्री र केटाहरूको पाठशालामा पुरुष रहनुपर्दछ । स्त्रीहरूको पाठशालामा पाँच वर्षको केटा र केटाहरूको पाठशालामा पाँच वर्षकी केटी पनि जान दिनुहुँदैन अर्थात् जबसम्म ब्रह्मचारी वा ब्रह्मचारिणी रहून्, तबसम्म स्त्री वा पुरुषको दर्शन, स्पर्शन, एकान्तसेवन, भाषण, विषयकथा, परस्परक्रीडा, विषयको ध्यान र सङ्ग यी आठै प्रकारको मैथुनहरूदेखि अलगै रहून् र अध्यापकहरूले तिनलाई यी कुराहरूबाट बचाउने गर्नु, जसबाट उत्तम विद्या, शिक्षा, शील-स्वभाव, शरीर र आत्मादेखि बलयुक्त हुनुको आनन्दलाई नित्य बढाउन सकून् । पाठशालादेखि एक योजन अर्थात् चार कोस दूर ग्राम वा नगर रहोस् । सबको तुल्य वस्त्र, खान, पान, आसन दिइयोस्, चाहे तिनीहरू राजकुमार र राजकुमारी नै किन नहून्, चाहे दुःखी-दरिद्रका सन्तान हुन्, सबै तपस्वी हुनुपर्दछ । तिनका माता-पिता आफ्ना सन्तानसँग वा सन्तान आफ्ना माता-पितासँग मिल्न नसकून् र कुनै प्रकारको पत्र व्यवहार नै एक-अर्काले चलाउन सकून्, जसबाट संसारी चिन्ताले रहित भएर केवल विद्या पढाउनमा नै तल्लिन रहून् । जब भ्रमण गर्न जान्छन् त साथमा अध्यापक रहून्, जसले गर्दा कुनै प्रकारको कुचेष्टा गर्न नसकून् न त आलस्य प्रमाद नै गर्न सकून् ।
कन्यानां सम्प्रदानं च कुमाराणां च रक्षणम् ॥ —मनुस्मृति (अध्याय ७/श्लोक १५२) ॥
यसको अभिप्राय यो हो कि यसमा राजनियम र जातिनियम हुनुपर्दछ कि पाँचौं अथवा आठौं वर्षदेखि अगाडि आफ्ना केटा-केटीलाई घरमा नराखिकन पाठशालामा अवश्य पठाइदिने गर्नु, जसले पठाउँदैनन् ती दण्डनीय हुन् । प्रथम केटाको यज्ञोपवीत घरमा होस् र दोस्रो पाठशालामा आचार्यकुलमा होस् । पिता, माता वा अध्यापकले आफ्ना केटा-केटीलाई अर्थसहित गायत्री मन्त्रको उपदेश गरिदिनु पर्दछ । मन्त्र यस प्रकार छ—
गुरुमन्त्रको व्याख्या (३.२)
ओ३म् भूर्भु॒वः स्वः॒ । तत्स॑वि॒तुर्वरे॑ण्यं॒ भर्गो॑ दे॒वस्य॑ धीमहि । धियो॒ यो नः॑ प्रचो॒दया॑त् ॥
—यजुर्वेद (अध्याय ३६/मन्त्र ३) ॥
यस मन्त्रमा जुन प्रथम ओङ्कार छ, यसको अर्थ प्रथमसमुल्लासमा गरिसकिएको छ, त्यहीं हेरेर बुझ्नुहोस् । अब तीन महाव्याहृतिहरूको अर्थ संक्षेपमा लेख्दछु— ‘भूरिति वै प्राणः’ ‘यः प्राणयति चराऽचरं जगत् स भूः स्वयम्भूरीश्वरः’ जुन सब जगत्को जीवनको आधार, प्राण भन्दा पनि प्रिय र स्वयम्भू हो उस प्राणको वाचक हुनाले ‘भूः’ परमेश्वरको नाम हो । ‘भुवरित्यपानः’ ‘यः सर्वं दुःखमपानयति सोऽपानः’ जो सबै दुःखदेखि रहित, जसको सङ्गले जीवको सबै दुःखहरू छुटेर जान्छन्, यसैले परमेश्वरको नाम ‘भुवः’ हो । ‘स्वरिति व्यानः’ ‘यो विविधं जगद् व्यानयति व्याप्नोति स व्यानः’ जो नानाविध जगत्मा व्यापक भएर सबैलाई धारण गरिरहेको छ, यसैले परमेश्वरको नाम ‘स्वः’ हो । यी तीनै वचन तैत्तिरीय आरण्यक (प्रपाठक ७/अनुवाक ५) का हुन् ।
(सवितुः) ‘यः सुनोत्युत्पादयति सर्वं जगत् स सविता तस्य’ जो सब जगत्का उत्पादक र सब ऐश्वर्यका दाता हुन् (देवस्य) ‘यो दीव्यति दीव्यते वा स देवः’ जसले सबै सुख दिन्छन् र जसको प्राप्तिको कामना सबैले गर्दछन् उनै परमात्माको जुन (वरेण्यम्) ‘वर्त्तुमर्हम्’ स्वीकार गर्न योग्य अतिश्रेष्ठ (भर्गः) ‘शुद्धस्वरूपम्’ शुद्धस्वरूप र पवित्र गराउने चेतन ब्रह्मस्वरूप हो (तत्) उनै परमात्माको स्वरूपको हामीहरू (धीमहि) ‘धरेमहि’ धारण गरौं । कुन प्रयोजनको लागि भने (यः) जो सविता देव परमात्मा (नः) हाम्रो (धियः) बुद्धिहरूलाई (प्रचोदयात्) प्रेरणा गरून् अर्थात् नराम्रो कामबाट छुटाएर राम्रा कामहरूमा प्रवृत्त गरून् ।
‘हे परमेश्वर ! हे सच्चिदानन्दानन्तस्वरूप ! हे नित्यशुद्धबुद्धमुक्तस्वभाव ! हे कृपानिधे न्यायकारिन् ! हे अज निरञ्जन निर्विकार ! हे सर्वान्तर्यामिन् ! हे सर्वाधार सर्व-जगत्पतिः सकलजगदुत्पादक ! हे अनादे विश्वम्भर सर्वव्यापिन् ! हे करुणामृतवारिधे ! सवितुर्देवस्य तव यदों भूर्भुवः स्वर्वरेण्यं भर्गोऽस्ति तद्वयं धीमहि दधीमहि धरमेहि ध्यायेम वा । कस्मै प्रयोजनायेत्यत्राह– हे भगवन् ! यः सविता देवः परमेश्वरो भवानस्माकं धियः प्रचोदयात्, स एवास्माकं पूज्य उपासनीय इष्टदेवो भवतु । नातोऽन्यद्वस्तु भवत्तुल्यं भवतोऽधिकं च कञ्चित् कदाचिन्मन्यामहे ।’
हे मनुष्यहरू हो ! सबै समर्थहरूमा समर्थ; सच्चिदानन्दानन्तस्वरूप; नित्य शुद्ध-नित्यबुद्ध-नित्यमुक्तस्वभाववाला; कृपासागर, ठीक-ठीक न्याय गराउनेवाला; जन्ममरणादि क्लेशरहित, आकार विकार रहित, सबैको घट-घटलाई जान्नेवाला, सबका धर्ता, पिता, उत्पादक; अनादि, विश्वको पोषण गर्नेवाला, सर्वव्यापक; सकल ऐश्वर्ययुक्त,जगत्का निर्माता, शुद्धस्वरूप र जुन प्राप्तिको कामना गर्न योग्य हुन्, उनै परमात्माको जुन शुद्ध चेतनस्वरूप हो, त्यसैलाई हामीले धारण गरौं । यस प्रयोजनको लागि उनै परमेश्वर हाम्रो आत्मा र बुद्धिलाई अन्तर्यामीस्वरूप हामीलाई दुष्टाचार अधर्मयुक्त मार्गदेखि हटाएर श्रेष्ठाचार सत्यमार्गमा हिंडाऊन्, उनलाई छोडेर दोस्रो कुनै वस्तुको ध्यान हामीहरूले कहिल्यै नगरौं । किनभने न कोही उनको तुल्य र अधिक छन् । उनै हाम्रा पिता, राजा, न्यायाधीश र सबै सुख प्रदान गर्नेवाला हुन् ।
यस प्रकार गायत्री मन्त्रको उपदेश गरेर सन्ध्योपासनाको जुन स्नान, आचमन, प्राणायाम आदि क्रिया छन्, सिकाउनु । प्रथम स्नान यसमानेमा हो कि जसबाट शरीरको बाह्य अवयवहरूको शुद्धि, आरोग्य आदि हुन्छ । यसमा प्रमाण—
अद्भिर्गात्राणि शुध्यन्ति, मनः सत्येन शुध्यति ।
विद्यातपोभ्यां भूतात्मा, बुद्धिर्ज्ञानेन शुध्यति ॥ —यो मनुस्मृतिको (५/१०९) वचन हो ॥
जलले शरीरको बाहिरी अवयव; सत्याचारले मन; विद्या र तप अर्थात् सबै प्रकारको कष्ट पनि सहेर, धर्मको नै अनुष्ठान गर्नाले जीवात्मा; ज्ञान अर्थात् पृथ्वीदेखि लिएर परमेश्वर पर्यन्त पदार्थहरूको विवेकले बुद्धि अर्थात् दृढनिश्चय पवित्र हुन्छ । यसैले स्नान भोजनको पूर्व अवश्य गर्नु पर्दछ ।
प्राणायामको बारेमा शिक्षा (३.३)
दोस्रो प्रणायाम, यसमा प्रमाण—
प्राणायामादशुद्धिक्षये ज्ञानदीप्तिराविवेकख्यातेः ॥ —योगशास्त्र सूत्र (२/२८)॥
जब मनुष्यले प्राणायाम गर्दछ तब प्रतिक्षण उत्तरोत्तर कालमा अशुद्धिको नाश र ज्ञानको प्रकाश हुँदै जान्छ । जबसम्म मुक्ति हुँदैन तबसम्म उसको आत्माको ज्ञान बराबर बढ्दै जान्छ ।
दह्यन्ते ध्मायमानानां धातूनां च यथा मलाः ।
तथेन्द्रियाणां दह्यन्ते दोषाः प्राणस्य निग्रहात् ॥ —यो मनुस्मृतिको (६/७१) श्लोक हो ॥
जसरी अग्निमा तपाउनाले सुवर्णादि धातुहरूको मल नष्ट भएर शुद्ध हुन्छन्, त्यसरी नै प्राणायाम गरेर मन आदि इन्द्रियहरूको दोष क्षीण भएर निर्मल हुन जान्छ ।
प्राणायामको विधि—
प्रच्छर्दनविधारणाभ्यां वा प्राणस्य । —यो योगशास्त्र सूत्र (१/३४) को वचन हो ॥
जसरी अत्यन्त वेगले वमन भएर अन्न बाहिर निस्कन्छ, त्यसैगरी प्राणलाई बाहिर फ्याँकेर बाहिर नै यथाशक्तिले रोकिदिनु । जब बाहिर निकाल्न चाहेमा, तब मूलेन्द्रियलाई माथि खिचेर, वायुलाई बाहिर फ्याँकिदिनु । जबसम्म मूलेन्द्रियलाई माथि खिचिराखिन्छ, तबसम्म प्राण बाहिर रहन्छ । एवं प्रकारले प्राण बाहिर अधिक रोकिन सक्दछ । जब घबराहट हुन्छ तब सुस्तरी-सुस्तरी भित्र वायुलाई लिंदै फेरि पनि त्यसै गर्दै जाने, जति सामर्थ्य र इच्छा हुन्छ, र मनमा ‘ओ३म्’ यसको जप गर्दै जाने । यस प्रकारले आत्मा र मनको, पवित्रता र स्थिरता हुन्छ ।
एक ‘बाह्यविषय’ अर्थात् बाहिर नै प्राणलाई अधिक रोक्नु । दोस्रो ‘आभ्यान्तर’ अर्थात् जति प्राणलाई भित्र रोक्न सकिन्छ त्यति नै रोक्ने । तेस्रो ‘स्तम्भवृत्ति’ अर्थात् एकदम जहाँ-को-तहीं प्राणलाई यथाशक्ति रोकिदिनु । ‘बाह्याभ्यन्तराक्षेपी’ अर्थात् जब प्राण भित्रबाट बाहिर निस्किन लाग्दछ तब त्यसको विरुद्ध त्यसलाई निक्लिन नदिइकन बाहिरबाट भित्र लिने र जब बाहिरबाट भित्र आउन लाग्दछ तब बाहिरतिर प्राणलाई धक्का दिएर रोक्दै जाने । यसरी एक-दोस्राको विरुद्ध क्रिया गर्दै गयौं भने त दुइटैको गति रोकिएर प्राण आफ्नो वशमा हुनाले मन र इन्द्रियहरू पनि स्वाधीन हुन्छन् । बल पुरुषार्थ बढेर बुद्धि तीव्र सूक्ष्मरूप हुन जान्छ कि जुन धेरै कठिन र सूक्ष्म विषयलाई पनि ग्रहण गर्दछ । यसबाट मनुष्य शरीरमा वीर्य वृद्धिको प्राप्त भएर स्थिर बल, पराक्रम, जितेन्द्रियता, सबै शास्त्रहरूलाई थोरै कालमा नै सम्झेर-बुझेर उपस्थित गर्दछ । स्त्रीले पनि यसै प्रकारले योगाभ्यास गर्ने गरून् । भोजन अर्थात् खान-पान, बस्ने-उठ्ने, बोल्ने-चाल्ने, ठूला-सानासित यथायोग्य व्यवहार गर्नेजस्ता कुराहरूको उपदेश गर्ने ।
सन्ध्या-अग्निहोत्रको विषयमा उपदेश (३.४)
पहिलो सन्ध्योपासन, जसलाई ब्रह्मयज्ञ पनि भन्दछन् । ‘आचमन’ त्यति नै जललाई हत्केलामा लिएर, पञ्जाको मूल र मध्यदेशमा ओष्ठ लगाएर गर्ने कि त्यो जल कण्ठको तल हृदयसम्म पुगोस्, न त्यसको अधिक, न न्यून । त्यसबाट कण्ठस्थ कफ र पित्तको निवृत्ति अलिकति हुन्छ । पश्चात् ‘मार्जन’ अर्थात् मध्यमा र अनामिका औंलाको अग्रभागले नेत्रादि अङ्गहरूमा जल छर्किने, त्यसबाट आलस्य दूर हुन्छ । जो आलस्य र जल प्राप्त नभएमा नगर्दा हुन्छ । पुनः समन्त्रक प्राणायाम, मनसापरिक्रमण, उपस्थान । पछि परमेश्वरको स्तुति, प्रार्थना र उपासनाको रीतिलाई सिकाउने । पश्चात् ‘अघमर्षण’ अर्थात् पाप गर्ने इच्छा पनि कहिल्यै नगरोस् । यो सन्ध्योपासन एकान्त देशमा एकाग्रचित्तले गरोस् ।
अपां समीपे नियतो नैत्यकं विधिमास्थितः । सावित्रीमप्यधीयीत गत्वारण्यं समाहितः ॥
—यो मनुस्मृति (अध्याय २/श्लोक १०४) को वचन हो ॥
वनमा अर्थात् एकान्त देशमा गएर, सावधान हुँदै, जलको समीप स्थित भएर, नित्य कर्मलाई गर्दै सावित्री अर्थात् गायत्री मन्त्रको उच्चारण, अर्थज्ञान र त्यसको अनुसार आफ्नो चाल-चलनलाई गरोस् । परन्तु यो जप मनले गर्नु उत्तम हो ।
यज्ञपात्र बनाउने विधि एवं होमनको फल (३.५)
दोस्रो देवयज्ञ— जो अग्निहोत्र, विद्वान्हरूको सङ्ग सेवादिबाट हुन्छ । सन्ध्या र अग्निहोत्र सायं-प्रातः दुइटै कालमा मात्र गरोस् । दुइटै मात्र रात-दिनका सन्धिवेला हुन्छन्, अन्य होइन । थोरैमा पनि एक घण्टा ध्यान अवश्य गरोस् । जसरी समाधिस्थ भएर योगीहरूले परमात्माको ध्यान गर्दछन्, त्यसरी नै सन्ध्योपासन पनि गर्ने गरोस् । दोस्रो अग्निहोत्र कर्म-दुवै सन्धिवेला अर्थात् सूर्योदयको पश्चात् र सूर्यास्तको पूर्व अग्निहोत्र गर्नको लागि समय हो । एउटा कुनै धातु वा माटोको, माथि १२ वा १६ अंगुल चौकोण, त्यति नै गहिरो र तल ३ वा ४ अंगुल परिमाणले वेदी यस प्रकारसँग बनाओस् कि अर्थात् माथि जति चौडा हुन्छ त्यसको चतुर्थांश तल चौडा होस् । त्यसमा चन्दन, पलाश वा आम्रादिको श्रेष्ठ काष्ठहरूको टुक्रा त्यसै वेदीको परिमाणले सानो-ठूलो गरेर राखोस्, त्यसको मध्यमा अग्नि राखेर पुनः त्यसमाथि समिधा अर्थात् पूर्वोक्त इन्धन राखिदेओस् । एक प्रोक्षणीपात्र हेर्दाखेरि आकारले यस्तो प्रकारको देखिने र तेस्रो प्रणीतापात्र चाहिं यस प्रकारको, र एक यस प्रकारको आज्यस्थाली अर्थात् घृत राख्नको लागि पात्र, र एक चमसा यस्तो खालको सुन, चाँदी वा काष्ठको बनाएर प्रणीता र प्रोक्षणीमा जल तथा घृतपात्रमा घृत राखेर, घृतलाई तपाओस् । प्रणीता जल राख्ने र प्रोक्षणी यसको लागि हो कि त्यसबाट हात धुने जल लिनको लागि सुगम हुन्छ । पश्चात् त्यस घृतलाई राम्रोसँग हेरोस्, हेरेपछि—




ओं भूरग्नये प्राणाय स्वाहा । भुवर्वायवेऽपानाय स्वाहा । स्वरादित्याय व्यानाय स्वाहा ।
भूर्भुवः स्वरग्निवाय्वादित्येभ्यः प्राणापानव्यानेभ्यः स्वाहा ॥
—तैत्तिरीयोपनिषत् (१/५) को आशयमा ॥
अग्निहोत्रका यी प्रत्येक मन्त्रले एक-एक आहुति देओस् र जो अधिक आहुति दिनु छ भने त—
विश्वा॑नि देव सवितर्दुरि॒तानि॒ परा॑ सुव । यद्भ॒द्रं तन्न॒ऽआ सु॑व ॥
—यजुर्वेद (अध्याय ३०/मन्त्र ३) ॥
यस मन्त्र र पूर्वोक्त गायत्री मन्त्रले आहुति देओस् । ‘ओं’ ‘भूः’ र ‘प्राण’ आदि यी सबै नाम परमेश्वरका हुन् । यिनको अर्थ अगाडि बताइसकिएको छ । ‘स्वाहा’ शब्दको अर्थ यो हो कि जस्तो ज्ञान आत्मामा हुन्छ त्यस्तै नै जिब्रोले बोलोस्, विपरीत होइन । जसरी परमेश्वरले सबै प्राणीहरूको सुखार्थ यस सबै जगत्को पदार्थ रचेको छ, त्यसरी नै मनुष्यले पनि परोपकार गर्नुपर्दछ ।
प्रश्न— होमले के उपकार हुन्छ र ?
उत्तर— सबैले जान्दछन् कि दुर्गन्धयुक्त वायु र जलबाट रोग, रोगले प्राणीहरूलाई दुःख, र सुगन्धित वायु तथा जलले आरोग्य, र रोगहरू नष्ट हुनाले सुख प्राप्ति हुन्छ ।
प्रश्न— चन्दनादि घसेर कसैलाई लगाइदियोस्, वा घृतादि खानलाई दियो भने त ठूलो उपकार हुन्छ नि । अग्निमा हालेर व्यर्थै नष्ट गर्नु बुद्धिमान्हरूको काम होइन ।
उत्तर— यदि तिमीले पदार्थविद्या जान्दथ्यौ भने त कहिल्यै पनि यस्तो कुरा भन्ने थिएनौ । किन भने कुनै द्रव्यको अभाव हुँदैन । हेर ! जहाँ होम गरिन्छ, त्यहाँदेखि दूर देशमा स्थित पुरुषको नासिकाले सुगन्धको ग्रहण गर्दछ, त्यसरी नै दुर्गन्धको पनि । यत्ति कुराले बुझ कि अग्निमा हालिएको पदार्थ सूक्ष्म भएर फैलँदै वायुको साथमा दूर देशमा गएर दुर्गन्ध निवृत्ति गर्दछ ।
प्रश्न— जब यस्तो नै हो भने त केशर, कस्तुरी, सुगन्धित पुष्प र अत्तर आदि घरमा राख्नाले सुगन्धित वायु भएर सुखकारक हुन्छ ।
उत्तर— त्यस सुगन्धको यो सामर्थ्य हुँदैन कि गृहस्थको वायुलाई बाहिर निकालेर शुद्ध वायुलाई प्रवेश गराउन सकोस्, किनभने उसमा भेदक-शक्ति हुँदैन र अग्निको मात्रै सामर्थ्य हुन्छ कि त्यस वायु र दुर्गन्धयुक्त पदार्थहरूलाई छिन्न-भिन्न र हल्का गरेर बाहिर निकाली पवित्र वायुलाई प्रवेश गराइदिन्छ ।
प्रश्न— त्यसो भए मन्त्र पढेर होम गर्नाको के प्रयोजन भयो त ?
उत्तर— मन्त्रमा त्यो व्याख्यान छ कि जसबाट होम गर्नाको लाभ विदित हुन जान्छ र मन्त्रहरूको आवृत्ति हुनाले कण्ठस्थ रहन्छ । वेदपुस्तकहरूको पठन-पाठन र रक्षा पनि हुन्छ ।
प्रश्न— के होम नगर्नाले पाप हुन्छ र ?
उत्तर— किनभने जुन मनुष्यको शरीरबाट जति दुर्गन्ध उत्पन्न भएर वायु र जललाई बिगारेर रोगोत्पत्तिको निमित्त हुन जानाको कारणले प्राणीहरूलाई दुःख प्राप्त गराउँदछ, त्यति नै पाप त्यस मनुष्यलाई हुन्छ । यसैले त्यस पापको निवारणार्थ त्यति नै सुगन्ध वा त्यस भन्दा अधिक; वायु र जलमा फैलाउनु पर्दछ र ख्वाउनु-पिलाउनाले त्यही एक व्यक्तिलाई सुखविशेष हुन्छ । जति घृत र सुगन्धादि पदार्थ एक मनुष्यले खान्छ, त्यति द्रव्यको होमले लाखौं मनुष्यको उपकार हुन्छ । परन्तु जुन मनुष्यले घृतादि उत्तम पदार्थ खाएन भने त उसको शरीर र आत्माको बलको उन्नति हुन सक्दैन, त्यसैले राम्रो पदार्थ ख्वाउनु-पिलाउनु पनि पर्दछ, परन्तु त्यसभन्दा होम अधिक गर्नु उचित छ, यसैले होम गर्नु अत्यावश्यक छ ।
प्रश्न— प्रत्येक मनुष्यले कति आहुति गर्नुपर्दछ र एक-एक आहुतिको कति परिमाण हो ?
उत्तर— प्रत्येक मनुष्यले सोह्र-सोह्र आहुति र ६-६ माशा घृतादि एक-एक आहुतिको परिमाण न्यून-भन्दा-न्यून चाहिन्छ र यस भन्दा अधिक गरेमा झनै राम्रो हो । यसैले आर्यवरशिरोमणि महाशय, ऋषि, महर्षि, राजा, महाराजाहरूले थुप्रै होम गर्दथे र गराउँथे । जबसम्म होमको प्रचार रह्यो, तबसम्म आर्यावर्त्त देश रोगदेखि रहित र सुखले पूरित थियो, यदि अहिले पनि प्रचार गरियो भने त त्यस्तै हुन जानेछ । यी दुई यज्ञ अर्थात् एक ‘ब्रह्मयज्ञ’ जुन पढ्नु-पढाउनु, सन्ध्योपासन, ईश्वरको स्तुति, प्रार्थना, उपासना गर्नु । दोस्रो ‘देवयज्ञ’ जुन अग्निहोत्रदेखि लिएर अश्वमेधपर्यन्त यज्ञ र विद्वान्हरूको सेवा सङ्ग गर्नु । परन्तु ब्रह्मचर्यमा केवल ब्रह्मयज्ञ र अग्निहोत्र मात्र गर्नुपर्ने हुन्छ ।
उपनयनको बारेमा समीक्षा (३.६)
ब्राह्मणस्त्रयाणां वर्णानामुपनयनं कर्त्तुमर्हति । राजन्यो द्वयस्य ।
वैश्यो वैश्यस्यैवेति । शूद्रमपि कुलगुणसम्पन्नं मन्त्रवर्जमनुपनीतमध्यापयेदित्येके ॥
—(सु.१/२/५) यो सुश्रुतको सूत्रस्थान दोस्रो अध्यायको वचन हो ॥
ब्राह्मण तीनै वर्ण ब्राह्मण, क्षत्रिय, वैश्य; क्षत्रिय क्षत्रिय र वैश्य; तथा वैश्य एक वैश्य वर्णलाई यज्ञोपवीत गराएर पढाउन सक्दछ । कुलीन शुभलक्षणयुक्त शूद्र हो भने त उसलाई मन्त्रसंहिता छोडेर सबै शास्त्र पढाइदिनु, शूद्रले पढोस्, परन्तु त्यसको उपनयन नगरून्, यो मत अनेक आचार्यहरूको हो । यस विधि पश्चात् पाँचौं या आठौं वर्षदेखि केटा-केटाको पाठशालामा र केटी-केटीको पाठशालामा जाऊन् र निम्नलिखित नियमपूर्वक अध्ययनको आरम्भ गरून् ।
ब्रह्मचर्यको विधिको बारेमा वर्णन (३.७)
षट्त्रिंशदाब्दिकं चर्य्यं गुरौ त्रैवैदिकं व्रतम् । तदर्धिकं पादिकं वा ग्रहणान्तिकमेव वा ॥
—मनुस्मृति (अध्याय ३/श्लोक १) ॥
अर्थ— आठौं वर्षदेखि अगाडि छत्तीसौं वर्ष पर्यन्त, अर्थात् एक-एक वेदको साङ्गोपाङ्ग पढ्नमा बाह्र-बाह्र वर्ष मिलाएर छत्तीस र आठ मिलाएर चवालीस, अथवा अट्ठाह्र वर्षको ब्रह्मचर्य र आठ पूर्वको मिलाएर जम्मा छब्बीस, वा नौ वर्ष तथा जबसम्म विद्या पूर्ण ग्रहण नगरोस् तबसम्म ब्रह्मचर्य राखोस् ।
पुरुषो वाव यज्ञस्तस्य यानि चतुर्विशतिवर्षाणि तत्प्रातःसवनं चतुर्विंशत्यक्षरा गायत्री गायत्रं प्रातःसवनं, तदस्य वसवोऽन्वायत्ताः प्राणा वाव वसव एते हीदसर्वं वासयन्ति ॥१॥ तञ्चेदेतस्मिन्वयसि किञ्चिदुपतपेत्स ब्रूयात्प्राणा वसव इदं मे प्रातःसवनं माध्यन्दिनसवनमनुसन्तनुतेति माहं प्राणानां वसूनां मध्ये यज्ञो विलोप्सीयेत्युद्धैव तत एत्यगदो ह भवति ॥२॥ अथ यानि चतुश्चत्वारिशद्वर्षाणि तन्माध्यन्दिनसवनं चतुश्चत्वारिशदक्षरा त्रिष्टुप्त्रैष्टुभं माध्यन्दिनसवनं तदस्य रुद्रा अन्वायत्ताः प्राणा वाव रुद्रा एते हीदसर्व रोदयन्ति ॥३॥ तं चेदेतस्मिन्वयसि किञ्चिदुपतपेत्स ब्रूयात्प्राणा रुद्रा इदं मे माध्यन्दिनसवनं तृतीयसवनमनुसन्तनुतेति माहं प्राणानारुद्राणां मध्ये यज्ञो विलोप्सीयेत्युद्धैव तत एत्यगदो ह भवति ॥४॥ अथ यान्यष्टाचत्वारिशद्वर्षाणि तत्तृतीयसवनमष्टाचत्वारिशदक्षरा जगती जागतं तृतीयसवनं तदस्यादित्याअन्वायत्ताः प्राणा वावादित्या एते हीदसर्वमाददते ॥५॥ तं चेदेतस्मिन्वयसि किञ्चिदुपतपेत्स ब्रूयात्प्राणा आदित्या इदं मे तृतीयसवनमायुरनुसन्तनुतेति माहं प्राणानामादित्यानां मध्ये यज्ञो विलोप्सीयेत्युद्धैव तत एत्यगदो हैव भवति ॥६॥
—यी सबै छान्दोग्योपनिषद् (३/१६/१-६) का वचन हुन् ॥
ब्रह्मचर्य तीन प्रकारबाट हुन्छ । कनिष्ठ, मध्यम र उत्तम । ती मध्येमा कनिष्ठ— जुन यो पुरुष अन्नरसमय देह र पुरि अर्थात् देहमा शयन गर्नेवाला जीवात्मा; यज्ञ अर्थात् अतीव शुभगुणले सङ्गत र सत्कर्तव्य हो । यसलाई अवश्य नै २४ वर्ष पर्यन्त जितेन्द्रिय ब्रह्मचारी रहेर वेदादि विद्या र सुशिक्षालाई ग्रहण गरोस् र विवाह गरेर पनि लम्पटता गरेन भने त उसको शरीरमा प्राण बलवान् भएर सबै शुभगुणहरूलाई वास गराउनेवाला हुन्छ ॥१॥
यस प्रथम वयमा जसले उसलाई विद्याभ्यासमा संतप्त गरोस् र त्यो आचार्यले पनि त्यस्तै उपदेश गरोस् र ब्रह्मचारीले यस्तो निश्चय गरोस् कि जो म प्रथम अवस्थामा ठीक-ठीक ब्रह्मचर्यसँग रहें भने मेरो शरीर र आत्मा आरोग्य, बलवान् भएर शुभगुणलाई बसाउने मेरो प्राण हुनेछ । हे मनुष्यहरू हो ! तिमीहरूले यस प्रकारसँग सुखलाई विस्तार गर, जहाँ मैले ब्रह्मचर्यको लोप नगरूँ । २४ वर्षपछि गृहाश्रम गरें भने त प्रसिद्ध नै छ कि रोगरहित रहनेछु र आयु पनि मेरो ७० वा ८० वर्षसम्म रहनेछ ॥२॥
मध्यम ब्रह्मचर्य यो हो— जो मनुष्य ४४ वर्ष पर्यन्त ब्रह्मचारी रहेर वेदाभ्यास गर्दछ, उसको प्राण, इन्द्रियहरू, अन्तःकरण र आत्मा बलयुक्त भएर सबै दुष्टहरूलाई रुवाउने र श्रेष्ठहरूको पालन गर्नेवाला हुन्छ ॥३॥
जो म यसै प्रथम वयमा जस्तो तपाईंले भन्नुहुन्छ केही तपस्या गरूँ, तब मेरो यो रुद्ररूप प्राणयुक्त यो मध्यम ब्रह्मचर्य सिद्ध हुनेछ । हे ब्रह्मचारीहरू हो ! तिमीहरूले यस ब्रह्मचर्यलाई बेस्सरी बढाओ । जसरी मैले यस ब्रह्मचर्यको लोप नगरिकन यज्ञस्वरूप हुन्छु र उसै आचार्यकुलमा आउँछु र रोगरहित हुन्छु । जसरी यो ब्रह्मचारीले राम्रो काम गर्दछ, त्यस्तै तिमीहरूले पनि गर्ने गर ॥४॥
उत्तम ब्रह्मचर्य ४८ वर्ष पर्यन्तको तेस्रो प्रकारको हुन्छ । जस्तो ४८ अक्षरको जगती छन्द, त्यस्तै जसले ४८ वर्ष पर्यन्त यथावत् ब्रह्मचर्य गर्दछ, उसको प्राण अनुकूल भएर सकल विद्याहरूलाई ग्रहण गर्दछ ॥५॥
जो आचार्य र माता-पिता आफ्ना सन्तानहरूलाई प्रथम वयमा विद्या गुणग्रहणको लागि तपस्वी गराएर र उसैको उपदेश गर्दछन् र ती सन्तान आफै नै अखण्डित ब्रह्मचर्य सेवनबाट तेस्रो उत्तम ब्रह्मचर्यको सेवन गरेर पूर्ण अर्थात् चार सय वर्ष पर्यन्त आयुलाई बढाओस्, त्यसरी नै तिमीले पनि बढाऊ । किनभने जो मनुष्य यस ब्रह्मचर्यमा प्राप्त भएर लोप गर्दैन, तिनीहरू सब प्रकारको रोगदेखि रहित भएर धर्म, अर्थ, काम र मोक्षलाई प्राप्त गर्दछन् ॥६॥
चतस्रोऽवस्थाः शरीरस्य वृद्धिर्यौवनं सम्पूर्णता किञ्चित्परिहाणिश्चेति । आषोडशाद्वृद्धिः ।
आपञ्चविंशतेर्यौवनम् । आचत्वारिंशतः सम्पूर्णता । ततः किञ्चित्परिहाणिश्चेति ॥
—तुलना [सुश्रुत (१/३५/२९)] ॥
पञ्चविंशे ततो वर्षे पुमान् नारी तु षोडशे । समत्वागतवीर्यौ तौ जानीयात्कुशलो भिषक् ॥ —(सू. १/३५/१३) यो सुश्रुतको सूत्र स्थानको वचन हो ॥
यस शरीरमा चार अवस्था हुन्छन् । एक वृद्धि, जुन जन्मेदेखि लिएर १६ वर्ष पर्यन्त, दोस्रो यौवन, जुन १६औं वर्षदेखि लिएर २५औं वर्ष पर्यन्त सबै धातुहरूको बढ्ने क्रम हुन्छ । तेस्रो सम्पूर्णता, जुन २५औं वर्षदेखि लिएर ४०औं वर्ष पर्यन्त सबै धातुहरूको पुष्टि हुन्छ । चौथो किञ्चित्परिहाणि, जब साङ्गोपाङ्ग शरीरस्थ सकल धातु पुष्ट भएर पूर्णतालाई प्राप्त हुन्छन्, तदनन्तर जुन धातु बढ्दछ, त्यो शरीरमा रहँदैन, किन्तु स्वप्न, प्रस्वेदादि द्वारबाट बाहिर निस्केर जान्छ । त्यही ४०औं वर्ष नै उत्तम समय विवाहको हो, अर्थात् उत्तमोत्तम त ४८औं वर्षमा विवाह गर्नु हो ।
प्रश्न— के यो ब्रह्मचर्यको नियम स्त्री वा पुरुष दुइटैको लागि बराबर हो त ?
उत्तर— होइन । जो २५ वर्ष पर्यन्त पुरुषले ब्रह्मचर्य गरे त १६ वर्ष पर्यन्त कन्या, जो पुरुष ३० वर्षसम्म ब्रह्मचारी रहेमा त स्त्री १७ वर्ष, जो पुरुष ३६ वर्ष पर्यन्त ब्रह्मचारी रहेमा त स्त्री १८ वर्ष, जो पुरुष ४० वर्ष पर्यन्त ब्रह्मचर्य गरेमा त स्त्री २० वर्ष, जो पुरुष ४४ वर्ष पर्यन्त ब्रह्मचर्यमा रहेमा त स्त्री २२ वर्ष, जो पुरुष ४८ वर्ष पर्यन्त ब्रह्मचर्यमा रहेमा त स्त्री २४ वर्ष पर्यन्त ब्रह्मचर्य सेवन राखोस्, अर्थात् ४८औं वर्षभन्दा अगाडि पुरुष र २४औं वर्षभन्दा अगाडि स्त्रीले ब्रह्मचर्य राख्न हुँदैन । परन्तु यो नियम विवाह गर्ने पुरुष र स्त्रीहरूका लागि हो । जसले विवाह गर्न चाहँदैन, त्यसले मरणपर्यन्त ब्रह्मचारी रहन चाहन्छ भने त रहोस्, परन्तु यो काम पूर्ण विद्यावाला, जितेन्द्रिय र निर्दोष योगी स्त्री र पुरुषको लागि हो । यो एकदम कठिन काम हो कि जुन काम वेगलाई थामेर इन्द्रियहरूलाई आफ्नो वशमा राख्नु ।
ऋतं च स्वाध्यायप्रवचने च । सत्यं च स्वाध्यायप्रवचने च । तपश्च स्वाध्यायप्रवचने च । दमश्च स्वाध्यायप्रवचने च । शमश्च स्वाध्यायप्रवचने च । अग्नयश्च स्वाध्यायप्रवचने च । अग्निहोत्रं च स्वाध्यायप्रवचने च । अतिथयश्च स्वाध्यायप्रवचने च । मानुषं च स्वाध्यायप्रवचने च । प्रजा च स्वाध्यायप्रवचने च । प्रजनश्च स्वाध्यायप्रवचने च । प्रजातिश्च स्वाध्यायप्रवचने च ॥
—यो तैत्तिरीयोपनिषद् ( शीक्षावल्ली १/अनुवाक ९) को वचन हो ॥
यो पढ्ने-पढाउनेवालाहरूका लागि नियम हो । (ऋतं.) यथार्थ उच्चारणले पढोस् र पढाओस् (सत्यं.) सत्याचारले सत्यविद्यालाई पढोस् र पढाओस् (तप.) तपस्वी अर्थात् धर्मानुष्ठान गर्दै वेदादि शास्त्रहरू पढोस् र पढाओस् (दम.) बाह्य इन्द्रियहरूलाई नराम्रो कामबाट रोकेर पढ्दै-पढाउँदै जाओस् (शम.) अर्थात् मनको वृत्तिलाई सबै प्रकारको दोषहरूदेखि हटाएर पढ्दै-पढाउँदै जाओस् (अग्नय.) आहवनीयादि अग्नि र विद्युत् आदिलाई जानेर पढ्दै-पढाउँदै जाओस् र (अग्निहोत्रं.) अग्निहोत्र गर्दै पठन र पाठन गरोस्-गराओस् (अतिथयः) अतिथिहरूको सेवा गर्दै पढोस् र पढाओस् (मानुषं.) मनुष्य सम्बन्धी व्यवहारहरूलाई यथायोग्य गरेर पढ्दै र पढाउँदै रहोस् (प्रजा.) अर्थात् सन्तान र राज्यको पालन गर्दै पढ्दै र पढाउँदै जाओस् (प्रजन.) वीर्यको रक्षा र वृद्धि गर्दै पढ्दै-पढाउँदै जाओस् (प्रजाति.) अर्थात् आफ्नो सन्तान र शिष्यको पालन गर्दै पढोस्-पढाओस् ।
यमान् सेवेत सततं न नियमान् केवलान् बुधः ।
यमान्पतत्यकुर्वाणो नियमान् केवलान् भजन् ॥ —मनुस्मृति (अध्याय ४/श्लोक २०४) ॥
यम पाँच प्रकारका हुन्छन्—
तत्राहिंसासत्यास्तेयब्रह्मचर्यापरिग्रहा यमाः ॥ —योगदर्शन सूत्र (२/३०) को वचन हो ॥
अर्थात् (अहिंसा) वैरत्याग, (सत्य) सत्य नै मान्नु, सत्य नै बोल्नु र सत्य नै गर्नु, (अस्तेय) अर्थात् मन, कर्म, वचनले चोरी त्याग, (ब्रह्मचर्य) अर्थात् उपस्थेन्द्रियको संयम (अपरिग्रह) अत्यन्त लोलुपता स्वत्वाभिमानरहित हुनु, यी पाँच यमहरूको सेवन सदा गरून् ।
नियम पनि पाँच प्रकारका छन्—
शौचसन्तोषतपः स्वाध्यायेश्वरप्रणिधानानि नियमाः ॥
—यो योगशास्त्र सूत्र (२/३२) को वचन हो ॥
अर्थ— (शौच) अर्थात् स्नानादिबाट पवित्रता, (सन्तोष) सम्यक् प्रसन्न भएर निरुद्यम रहनु सन्तोष होइन, किन्तु पुरुषार्थ जति हुनसक्दछ त्यति नै गर्नु, हानि-लाभमा हर्ष वा शोक नगर्नु, (तपः) अर्थात् कष्टसेवनले पनि धर्मयुक्त कर्महरूको अनुष्ठान, (स्वाध्याय) पढ्नु-पढाउनु (ईश्वरप्रणिधान) ईश्वरको भक्तिविशेषले आत्मालाई अर्पित राख्नु, यी पाँच नियम बताइएको छ । यमहरूको बिना यी नियमहरूको सेवन नगर्नु, किन्तु यी दुइटैको सेवन गर्ने गर्नु । जसले यमको सेवनलाई छोडेर केवल नियमको सेवन गर्दछ, त्यसले उन्नति प्राप्त गर्दैन । किन्तु अधोगति अर्थात् संसारमा गिरिराख्दछ—
कामात्मता न प्रशस्ता न चैवेहास्त्यकामता । काम्यो हि वेदाधिगमः कर्मयोगश्च वैदिकः ॥ —मनुस्मृति (अध्याय २/श्लोक २) ॥
अर्थ— अत्यन्त कामातुरता र निष्कामता कसैको लागि पनि श्रेष्ठ हुँदैन, किनभने यदि कामना गरेन भने त वेदहरूको ज्ञान र वेदविहित कर्मादि उत्तम कर्म कसैबाट हुन सक्दैन । यसैले—
स्वाध्यायेन व्रतैर्होमैस्त्रैविद्येनेज्यया सुतैः । महायज्ञैश्च यज्ञैश्च ब्राह्मीयं क्रियते तनुः ॥
—मनुस्मृति (अध्याय २/श्लोक २८) ॥
अर्थ— (स्वाध्याय) सकल विद्या पढ्ने-पढाउने, (व्रत) ब्रह्मचर्य सत्यभाषणादि नियम पालन गर्ने, (होम) अग्निहोत्रादि होम, सत्यको ग्रहण, असत्यको त्याग र सत्य विद्याहरूको दान दिने, (त्रैविद्येन) वेदस्थ कर्मोपासना ज्ञान विद्याको ग्रहण, (इज्यया) पक्षेष्ट्यादि गर्नु, (सुतैः) सुसन्तानोत्पत्ति, (महायज्ञैः) ब्रह्म, देव, पितृ, वैश्वदेव र अतिथिहरूको सेवनरूप पञ्चमहायज्ञ र (यज्ञैः) अग्निष्टोमादि तथा शिल्पविद्याविज्ञानादि यज्ञहरूको सेवनले यस शरीरको ‘ब्राह्मी’ अर्थात् वेद र परमेश्वरको भक्तिको आधाररूप ब्राह्मणको शरीर बनाउनुपर्दछ । यति साधनहरूको बिना ब्राह्मण-शरीर बन्न सक्दैन ।
इन्द्रियाणां विचरतां विषयेष्वपहारिषु । संयमे यत्नमातिष्ठेद् विद्वान् यन्तेव वाजिनाम् ॥
—मनुस्मृति (अध्याय २/श्लोक ८८) ॥
अर्थ— जसरी विद्वान् सारथिले घोडालाई नियममा राख्दछ, त्यसरी नै मन र आत्मालाई खोटा काममा खिच्नेवाला विषयहरूमा विचरण गरिरहेको इन्द्रियहरूको निग्रहमा प्रयत्न सब प्रकारले गर्ने । किनभने—
इन्द्रियाणां प्रसङ्गेन दोषमृच्छत्यसंशयम् । सन्नियम्य तु तान्येव ततः सिद्धिं नियच्छति ॥
—मनुस्मृति (अध्याय २/श्लोक ९३) ॥
अर्थ— जीवात्मा इन्द्रियहरूको वशमा भएर निश्चित ठूला-ठूला दोषहरूलाई प्राप्त गर्दछ; र जब इन्द्रियहरूलाई आफ्नो वशमा गर्दछ, तबै सिद्धिलाई प्राप्त हुन्छ ।
वेदास्त्यागश्च यज्ञाश्च नियमाश्च तपांसि च । न विप्रदुष्टभावस्य सिद्धिं गच्छन्ति कर्हिचित् ॥
—मनुस्मृति (अध्याय २/श्लोक ९७) ॥
जो दुष्टाचारी, अजितेन्द्रिय पुरुष हुन्छ, त्यसको वेद, त्याग, यज्ञ, नियम र तप तथा अन्य राम्रा कामहरूले कहिल्यै पनि सिद्धिलाई प्राप्त गर्दैनन् ।
वेदोपकरणे चैव स्वाध्याये चैव नैत्यके । नानुरोधोऽस्त्यनध्याये होममन्त्रेषु चैव हि ॥१॥
नैत्यके नास्त्यनध्यायो ब्रह्मसत्रं हि तत्स्मृतम् । ब्रह्माहुतिहुतं पुण्यमनध्यायवषट्कृतम् ॥२॥
—मनुस्मृति (अध्याय २/श्लोक १०५-१०६) ॥
वेदादि शास्त्रहरूलाई पढ्ने-पढाउने, सन्ध्योपासनादि पञ्चमहायज्ञलाई गर्ने र होममन्त्रमा अनध्याय र निरोध अर्थात् अनुष्ठान=रोकावट हुँदैन, किनभने नित्यकर्ममा अनध्याय हुँदैन ॥१॥ जसरी श्वास-प्रश्वास सदा लिइन्छ, बन्ध गर्न सकिन्न, त्यसरी नै नित्यकर्म प्रतिदिन गर्नुपर्दछ, न कुनै दिन छोड्नु, किनभने अनध्यायमा पनि अग्निहोत्रादि उत्तम कर्म गरेका पुण्यरूप हुन्छ । जस्तै झुटो बोल्दा सदा पाप र सत्य बोल्दा सदा पुण्य हुन्छ, त्यसरी नै नराम्रो काम गर्नमा अनध्याय र राम्रो काम गर्नाले सदा स्वाध्याय नै हुने गर्दछ ॥२॥
अभिवादनशीलस्य नित्यं वृद्धोपसेविनः । चत्वारि तस्य वर्द्धन्त आयुर्विद्या यशो बलम् ॥
—मनुस्मृति (अध्याय २/श्लोक १२१) ॥
जसले सदा नम्र, सुशील, विद्वान् र वृद्धहरूको सेवा गर्दछ; त्यसको आयु, विद्या, कीर्ति र बल; यी चार सदा बढिराख्दछन् र जसले यस्तो गर्दैन, त्यसको आयु आदि चार बढ्दैनन् ।
अहिंसयैव भूतानां कार्यं श्रेयोऽनुशासनम् । वाक् चैव मधुरा श्लक्ष्णा प्रयोज्या धर्ममिच्छता ॥१॥
यस्य वाङ्मनसे शुद्धे सम्यग्गुप्ते च सर्वदा । स वै सर्वमवाप्नोति वेदान्तपोगतं फलम् ॥२॥
—मनुस्मृति (अध्याय २/श्लोक १५९-१६०) ॥
विद्वान् र विद्यार्थीहरूलाई योग्य छ कि वैरबुद्धि छोडेर सबै मनुष्यको लागि कल्याणको मार्गको उपदेश गरून्; र उपदेष्टाले सदा मधुर, सुशीलतायुक्त वाणी बोलोस् । जसले धर्मको उन्नति चाहन्छ, त्यो सधैं सत्यमा चलोस् र सत्यको नै उपदेश गर्ने गरोस् ॥१॥ जुन मनुष्यको वाणी र मन शुद्ध तथा सुरक्षित सदा रहन्छ; त्यसैले सबै वेदान्त अर्थात् सबै वेद संहिताहरूको सिद्धान्तरूप फललाई प्राप्त गर्दछ ॥२॥
संमानाद् ब्राह्मणो नित्यमुद्विजेत विषादिव । अमृतस्येव चाकाङ्क्षेदवमानस्य सर्वदा ॥
—मनुस्मृति (अध्याय २/श्लोक १६२) ॥
त्यही ब्राह्मणले समग्र वेद र परमेश्वरलाई जान्दछ, जो प्रतिष्ठादेखि विषतुल्य सदा डराउँछ; र अपमानको इच्छा अमृतकै समान गर्ने गर्दछ ।
अनेन क्रमयोगेन संस्कृतात्मा द्विजः शनैः । गुरौ वसन् सञ्चिनुयाद् ब्रह्माधिगमिकं तपः ॥ —मनुस्मृति (अध्याय २/श्लोक १६४) ॥
यसै प्रकारले कृतोपनयन द्विज ब्रह्मचारी कुमार र ब्रह्मचारिणी कन्या विस्तारै-विस्तारै वेदार्थको ज्ञानरूप उत्तम तपलाई बढाउँदै लैजाऊन् ।
योऽनधीत्य द्विजो वेदमन्यत्र कुरुते श्रमम् । स जीवन्नेव शूद्रत्वमाशु गच्छति सान्वयः ॥
—मनुस्मृति (अध्याय २/श्लोक १६८) ॥
जसले वेदलाई नपढिकन अन्यत्र श्रम गर्ने गर्दछ, त्यो आफ्नो पुत्र-पौत्रसहित शूद्रभावलाई शीघ्र नै प्राप्त हुन जान्छ ।
वर्जयेन्मधुमांसञ्च गन्धं माल्यं रसान् स्त्रियः । शुक्तानि यानि सर्वाणि प्राणिनां चैव हिंसनम् ॥१॥
अभ्यङ्गमञ्जनं चाक्ष्णोरुपानच्छत्रधारणम् । कामं क्रोधं च लोभं च नर्त्तनं गीतवादनम् ॥२॥
द्यूतं च जनवादं च परिवादं तथाऽनृतम् । स्त्रीणां च प्रेक्षणालम्भमुपघातं परस्य च ॥३॥
एकः शयीत सर्वत्र न रेतः स्कन्दयेत्क्वचित् । कामाद्धि स्कन्दयन् रेतो हिनस्ति व्रतमात्मनः ॥४॥
—मनुस्मृति (अध्याय २/श्लोक १७७-१८०) ॥
ब्रह्मचारी र ब्रह्मचारिणी मद्य, मांस, गन्ध, माला, रस, स्त्री र पुरुषको सङ्ग, सबै प्रकारका अमिलो, प्राणीहरूको हिंसा ॥१॥ अङ्गहरूको मर्दन, बिना निमित्त उपस्थेन्द्रियको स्पर्श, आँखामा अञ्जन, जुत्ता र छत्रको धारण, काम, क्रोध, लोभ, मोह, भय, शोक, ईर्ष्या, द्वेष र नाच, गान, बाजा बजाउनु ॥२॥ द्यूत, जुनसुकैको कथा, निन्दा, मिथ्याभाषण, स्त्रीहरूको दर्शन, आश्रय, दोस्राको हानि आदि कुकर्महरूलाई सदा छोडिदेओस् ॥३॥ सर्वत्र एक्लै सुतोस्, वीर्य स्खलित कहिल्यै नगरोस् । जसले कामनाले वीर्य स्खलित गर्यो भने त जान कि त्यसले आफ्नो ब्रह्मचर्य-व्रतको नै सर्वनाश गर्यो ॥४॥
वेदमनूच्याचार्योऽन्तेवासिनमनुशास्ति । सत्यं वद । धर्मं चर । स्वाध्यायान्मा प्रमदः । आचार्य्याय प्रियं धनमाहृत्य प्रजातन्तुं मा व्यवच्छेत्सीः । सत्यान्न प्रमदितव्यम् । धर्मान्न प्रमदितव्यम् । कुशलान्न प्रमदितव्यम् । भूत्यै न प्रमदितव्यम् । स्वाध्यायप्रवचनाभ्यां न प्रमदितव्यम् ॥१॥ देवपितृकार्य्याभ्यां न प्रमदितव्यम् । मातृदेवो भव । पितृदेवो भव । आचार्य्यादेवो भव । अतिथिदेवो भव । यान्यनवद्यानि कर्माणि तानि सेवितव्यानि नो इतराणि । यान्यस्माकसुचरितानि तानि त्वयोपास्यानि ॥२॥ नो इतराणि । ये के चास्मच्छ्रेयांसो ब्राह्मणास्तेषां त्वयासनेन प्रश्वसितव्यम् । श्रद्धया देयम् । अश्रद्धया देयम् । श्रिया देयम् । ह्रिया देयम् । भिया देयम् । संविदा देयम् । अथ यदि ते कर्मविचिकित्सा वा वृत्तविचिकित्सा वा स्यात् ॥३॥ ये तत्र ब्राह्मणाः समदर्शिनो युक्ता अयुक्ता अलूक्षा धर्मकामाः स्युर्यथा ते तत्र वर्त्तेरन् । तथा तत्र वर्त्तेथाः । (अथाभ्याख्यातेषु । ये तत्र ब्राह्मणाः संमर्शिनः । युक्ता आयुक्ताः । अलूक्षा धर्मकामाः स्युः । यथा ते तेषु वर्त्तेरन् । तथा तेषु वर्त्तेथाः ॥) एष आदेश एष उपदेश एषा वेदोपनिषत् । एतदनुशासनम् । एवमुपासितव्यम् । एवमु चैतदुपास्यम् ॥४॥ —यो तैत्तिरीयोपनिषद् (१/११) को वचन हो ॥
आचार्य अन्तेवासी, अर्थात् आफ्ना शिष्य र शिष्याहरूलाई यस प्रकारले उपदेश गरोस् कि तैंले सधैं सत्य बोल्नू, धर्माचार गर्नू, प्रमादरहित भएर पढ्नू-पढाउँनू, पूर्ण ब्रह्मचर्यले समस्त विद्याहरूको ग्रहण र आचार्यको लागि प्रिय-धन दिएर, विवाह गरेर सन्तानोत्पत्ति गर्नू । प्रमादले सत्यलाई कहिल्यै पनि नछोड्नू, प्रमादले धर्मको कहिल्यै पनि त्याग नगर्नू, प्रमादले आरोग्य र चतुराईलाई नछोड्नू, प्रमादले उत्तम ऐश्वर्यको वृद्धिलाई नछोड्नू, प्रमादले पढ्न र पढाउन पनि कहिल्यै नछोड्नू । देव, विद्वान् र माता-पितादिको सेवामा प्रमाद नगर । जसरी विद्वान्को सत्कार गर्दछस्, त्यसरी नै माता, पिता, आचार्य र अतिथिको सेवा सदा गर्ने गरेस् । जुन अनिन्दित धर्मयुक्त कर्म छन्, ती सत्यभाषणादिलाई गर्ने गरेस्, तिदेखि भिन्न मिथ्याभाषणादि कहिल्यै पनि नगर्नू । जुन हाम्रा सुचरित्र अर्थात् धर्मयुक्त कर्म छन्, तिनको ग्रहण गर्नू र जुन हाम्रा पापाचरण हुन् तिनलाई कहिल्यै पनि नगर्नू । जो कोही हाम्रा मध्यमा उत्तम विद्वान् धर्मात्मा ब्राह्मण छन्, उनैको समीपमा बसेर उनैलाई विश्वास गर्ने गर्नू । श्रद्धाले दिनू, अश्रद्धाले दिनू, शोभाले दिनू, लज्जाले दिनू, भयले दिनू र प्रतिज्ञाले पनि दिनुपर्दछ । जब कुनै वेला तँलाई कर्म वा शील तथा उपासना ज्ञानमा कुनै प्रकारको संशय उत्पन्न भएमा; त्यतिखेर जुन ती समदर्शी पक्षपातरहित, योगी, अयोगी, आर्द्रचित्त, धर्मको कामना गर्ने धर्मात्माजन छन्, जसरी ती धर्ममार्गमा लाग्दछन् त्यसरी नै तँ पनि लाग्ने गर् । यही आदेश आज्ञा, यही उपदेश, यही वेदको उपनिषत् र यही शिक्षा हो । यसै प्रकार चल्नु र आफ्नो चाल-चलनलाई सुधार्नु पर्दछ ।
अकामस्य क्रिया काचिद् दृश्यते नेह कर्हिचित् ।
यद्यद्धि कुरुते किञ्चित् तत्तत्कामस्य चेष्टितम् ॥ —मनुस्मृति (अध्याय २/श्लोक ४) ॥
मनुष्यले निश्चय गर्नुपर्दछ कि निष्काम पुरुषमा नेत्रको संकोच-विकास हुन पनि सर्वथा असम्भव हुन्छ, यसबाट यो सिद्ध हुन्छ कि जे-जे कुराहरू पनि गर्दछ, त्यो-त्यो चेष्टा कामनाको बिना हुँदैन ।
आचारः प्रथमो धर्मः श्रुत्युक्तः स्मार्त्त एव च । तस्मादस्मिन्त्सदा युक्तो नित्यं स्यादात्मवान् द्विजः ॥१॥
आचाराद्विच्युतो विप्रो न वेदफलमश्नुते । आचारेण तु संयुक्तः सम्पूर्णफलभाग्भवेत् ॥२॥
—मनुस्मृति (अध्याय १/श्लोक १०८-१०९) ॥
भन्ने, सुन्ने-सुनाउने, पढ्ने-पढाउनेको फल यही हो कि वेद र वेदानुकूल स्मृतिहरूमा प्रतिपादित धर्मको आचरण गर्नु । यसैले धर्माचरमा सदा युक्त रहौं ॥१॥ किनभने जो धर्माचरणले रहित हुन्छ, त्यसले वेदप्रतिपादित धर्मजन्य सुखरूप फललाई प्राप्त गर्न सक्दैन र जसले विद्या पढेर धर्माचरण गर्दछ, त्यसैले सम्पूर्ण सुखलाई प्राप्त गर्दछ ॥२॥
योऽवमन्येत ते मूले हेतुशास्त्राश्रयाद् द्विजः । स साधुभिर्बहिष्कार्यो नास्तिको वेदनिन्दकः ॥
—मनुस्मृति (अध्याय २/श्लोक ११) ॥
जसले वेद र वेदानुकूल आप्त पुरुषहरूले गरेका शास्त्रहरूको अपमान गर्दछ, त्यस वेदनिन्दक नास्तिकलाई जाति, पङ्क्ति र देशबाट बाह्य गरिदिनु पर्दछ । किनभने—
श्रुतिः स्मृतिः सदाचारः स्वस्य च प्रियमात्मनः । एतच्चतुर्विधं प्राहुः साक्षाद्धर्मस्य लक्षणम् ॥
—मनुस्मृति (अध्याय २/श्लोक १२) ॥
श्रुति=वेद; स्मृति=वेदानुकूल आप्तोक्त मनुस्मृत्यादि शास्त्र; सत्पुरुषहरूको आचार जो सनातन अर्थात् वेदद्वारा परमेश्वरोक्त-प्रतिपादित कर्म; र आफ्नो आत्मामा प्रिय, अर्थात् जसलाई आत्माले चाहन्छ, जस्तो कि सत्यभाषण; यी चार धर्मका लक्षण हुन् अर्थात् यिनैबाट धर्माऽधर्मको निश्चय हुन्छ । जो पक्षपातरहित न्याय, सत्यको ग्रहण, असत्यको सर्वथा परित्यागरूप आचार हो, यसैको नाम ‘धर्म’ हो र यसदेखि विपरीत जो पक्षपातसहित अन्यायाचरण, सत्यको त्याग र असत्यको ग्रहणरूप कर्म हो, यसलाई ‘अधर्म’ भन्दछन् ।
अर्थकामेष्वसक्तानां धर्मज्ञानं विधीयते । धर्मं जिज्ञासमानानां प्रमाणं परमं श्रुतिः ॥
—मनुस्मृति (अध्याय २/श्लोक १३) ॥
जुन पुरुष (अर्थ) सुवर्णादि रत्न र (काम) स्त्रीसेवनादिमा फस्दैनन्, तिनैलाई धर्मको ज्ञान प्राप्त हुन्छ । जसले धर्मको ज्ञानको इच्छा गर्दछ, त्यसले वेदद्वारा धर्मको निश्चय गरोस्, किनभने धर्माऽधर्मको निश्चय बिना वेदको ठीक-ठीकसँग ज्ञान हुन सक्दैन ।
यस प्रकार आचार्यले आफ्ना शिष्यहरूलाई उपदेश गरोस् र विशेष गरेर राजा इतर क्षत्रिय, वैश्य र उत्तम शूद्र जनहरूलाई पनि विद्याको अभ्यास अवश्य गराओस् । किनभने जुन ब्राह्मण हुन् तिनैले नै केवल विद्याभ्यास गरून् र क्षत्रियादिले नगरून् त विद्या, धर्म, राज्य र धनादिको वृद्धि कहिल्यै हुन सक्दैन । किनभने ब्राह्मण त केवल पढ्न-पढाउन र क्षत्रियादिबाट जीविकालाई प्राप्त भएर जीवन धारण गर्न सक्दछन् । जीविकाको आधीन र क्षत्रियादिको आज्ञादाता र यथावत् परीक्षक दण्डदाता नहुनाले ब्राह्मणादि सबै वर्ण पाखण्ड छल-कपटमा फसेर, विद्याभ्यास धर्मलाई छोडेर पाखण्डमा नै फस्न जान्छन् ।
र जब क्षत्रियादि विद्वान् हुन्छन् तब ब्राह्मण पनि अधिक विद्याभ्यास र धर्मपथमा चल्दछन् र ती क्षत्रियादि विद्वान्हरूको सामुन्ने पाखण्ड, झुटो व्यवहार पनि गर्न सक्दैनन्, र जब क्षत्रियादि अविद्वान् भएमा त तिनले जस्तो आफ्नो मनमा आउँछ, त्यस्तै नै गर्दछन्-गराउँदछन् । यसैले ब्राह्मण पनि आफ्नो कल्याण चाहन्छ भने त क्षत्रियादिलाई वेदादि सत्यशास्त्रको अभ्यास अधिक प्रयत्नले गराओस् । किनभने क्षत्रियादि नै विद्या, धर्म, राज्य र लक्ष्मीको वृद्धि गराउनेवाला हुन्, ती कहिल्यै भिक्षावृत्ति गर्दैनन्, यसैले तिनीहरू पक्षपाती पनि विद्याव्यवहारमा हुन सक्दैनन् र जब सबै वर्णमा विद्या सुशिक्षा हुन्छ तब कसैले पनि पाखण्डरूप अधर्मयुक्त मिथ्याव्यवहारलाई चलाउन सक्दैन । यसबाट के सिद्ध हुन्छ भने कि क्षत्रियादिलाई नियममा चलाउने ब्राह्मण र संन्यासी तथा ब्राह्मण र संन्यासीलाई सुनियममा चलाउने क्षत्रियादि नै हुन्छन् । यसैले सबै वर्णका स्त्री-पुरुषहरूमा विद्या र धर्मको प्रचार अवश्य हुनुपर्दछ ।
पाँच प्रकारको परीक्षा एवं अध्ययन-अध्यापन (३.८)
अब जे-जे विषय पढ्नु-पढाउनु छ, त्यो-त्यो राम्रोसँग परीक्षा गरेर हेर्नु योग्य छ । परीक्षा पाँच प्रकारको हुन्छ—
एक— जे-जे ईश्वरको गुण, कर्म, स्वभाव र वेददेखि अनुकूल छन्, त्यही-त्यही ‘सत्य’ र त्यसदेखि विरुद्ध ‘असत्य’ हो ।
दोस्रो— जे-जे सृष्टिक्रमसित अनुकूल त्यही-त्यही ‘सत्य’ र जुन-जुन विरुद्ध हो, त्यो सबै ‘असत्य’ हो । जो कसैले भन्दछ— “बिना माता-पिताको योगले छोरो उत्पन्न भयो”, यो सृष्टिक्रमको विरुद्ध हुनाले असत्य हो ।
तेस्रो— “आप्त” अर्थात् जुन धार्मिक, विद्वान्, सत्यवादी, निष्कपटीहरूको सङ्ग उपदेशको अनुकूल हुन्छ, त्यो ग्राह्य र जुन-जुन विरुद्ध हुन्छ त्यो-त्यो ‘अग्राह्य’ हो ।
चौथो— आफ्नो आत्माको पवित्रता, विद्याको अनुकूल अर्थात् जस्तो आफूलाई सुख प्रिय र दुःख अप्रिय लाग्दछ, यस्तै सर्वत्र बुझ्नु कि मैले पनि कसैलाई दुःख वा सुख दिएँ भने त त्यो पनि अप्रसन्न वा प्रसन्न हुन्छ ।
र पाँचौं— आठै प्रमाण अर्थात् प्रत्यक्ष, अनुमान, उपमान, शब्द, ऐतिह्य, अर्थापत्ति, सम्भव र अभाव ।
यी मध्येमा प्रत्यक्षको लक्षणादिमा जुन-जुन तल सूत्र लेख्नेछु, त्यो-त्यो सबै न्यायशास्त्रको प्रथम र द्वितीय अध्यायको हो भनेर जान्नु—
इन्द्रियार्थसन्निकर्षोत्पन्नं ज्ञानमव्यपदेश्यमव्यभिचारि व्यवसायात्मकं प्रत्यक्षम् ॥
—न्यायशास्त्र (अध्याय १/आह्निक १/सूत्र ४) ॥
जुन श्रोत्र, त्वचा, चक्षु, जिह्वा र घ्राणको शब्द, स्पर्श, रूप, रस र गन्धको साथ अव्यवहित अर्थात् आवरणरहित सम्बन्ध हुन्छ, इन्द्रियको साथ मनको र मनको साथ आत्माको संयोगले ज्ञान उत्पन्न हुन्छ, यसलाई प्रत्यक्ष भन्दछन् । परन्तु जुन व्यपदेश्य अर्थात् संज्ञासंज्ञीको सम्बन्धले उत्पन्न हुन्छ, त्यो-त्यो ज्ञान होइन । जस्तै कसैले कसैसँग भन्यो कि “तँ पानी लिएर आइज” उसले पानी ल्याएर थमाउँदै भन्यो कि “यो पानी हो” परन्तु वहाँ ‘जल’ यी दुई अक्षरको संज्ञालाई, न ल्याउने वा मगाउनेवालाले देख्न सक्दछ । किन्तु जुन पदार्थको नाम ‘जल’ हो, त्यही प्रत्यक्ष हुन्छ, र जुन शब्ददेखि ज्ञान उत्पन्न हुन्छ त्यो शब्दप्रमाणको विषय हो । ‘अव्यभिचारि’ जस्तो कि कसैले रात्रिमा खाँबोलाई देखेर पुरुषको निश्चय गर्यो, जब दिनमा त्यसलाई देख्यो तब रात्रिको पुरुषज्ञान नष्ट भएर स्तम्भज्ञान रह्यो, यस्तो विनाशी ज्ञानको नाम व्यभिचारी हो । ‘व्यवसायात्मक’ कसैले टाढाबाट नदीको बालुवा देखेर भन्यो कि “वहाँ वस्त्र सुकिराखेका छन्, जल हो वा अरू कुनै चीज हो ? ” “त्यो देवदत्त उभिएको हो वा यज्ञदत्त ?” जबसम्म एक निश्चय हुँदैन, तबसम्म यो प्रत्यक्ष ज्ञान हुँदैन । किन्तु जुन अव्यपदेश्य, अव्यभिचारि र निश्चयात्मक ज्ञान हो, त्यसैलाई प्रत्यक्ष भन्दछन् ।
दोस्रो अनुमान—
अथ तत्पूर्वकं त्रिविधमनुमानं पूर्ववच्छेषवत्सामान्यतोदृष्टञ्च ॥
—न्यायशास्त्र (अध्याय १/आह्निक १/सूत्र ५) ॥
जुन प्रत्यक्षपूर्वक अर्थात् जसको कुनै एकदेश वा सम्पूर्ण द्रव्य कुनै स्थान वा कालमा प्रत्यक्ष भएको हो, त्यसको दूर देशबाट सहचारी एक देशको प्रत्यक्ष हुनाले अदृष्ट अवयवीको ज्ञान हुनुलाई ‘अनुमान’ भन्दछन् । जस्तै पुत्रलाई देखेर पिता, पर्वतादिमा धुवाँलाई देखेर अग्नि, जगत्मा सुख-दुःखलाई देखेर पूर्वजन्मको ज्ञान हुन्छ ।
त्यो अनुमान तीन प्रकारको हुन्छ । एक ‘पूर्ववत्’ जस्तै बादललाई देखेर वर्षा, विवाहलाई देखेर सन्तानोत्पत्ति, पढिराखेको विद्यार्थीलाई देखेर विद्या हुने निश्चय हुन्छ— इत्यादि । जहाँ-जहाँ कारणलाई देखेर कार्यको ज्ञान हुन्छ, त्यो ‘पूर्ववत्’ । दोस्रो ‘शेषवत्’ अर्थात् जहाँ कार्यलाई देखेर कारणको ज्ञान होस् । जस्तै नदीको प्रवाहको बढोत्तरीलाई देखेर माथितिर भएको वर्षाको, पुत्रलाई देखेर पिताको, सृष्टिलाई देखेर अनादि कारणको, सृष्टिमा रचनाविशेषलाई देखेर कर्ता ईश्वरको, पाप-पुण्यको आचरणलाई देखेर सुख-दुःखको ज्ञान हुन्छ, यसैलाई ‘शेषवत्’ भन्दछन् । तेस्रो ‘सामान्यतोदृष्ट’ जसमा कुनै कसैको कार्य कारण नहोस् परन्तु कुनै प्रकारको साधर्म्य एक दोस्राको साथ होस्, जस्तै कोही पनि बिना नहिंडि दोस्रो स्थानमा जान सक्दैन, त्यसरी नै अरूको पनि स्थानान्तरणमा जानु; बिना गमनको कहिल्यै हुन सक्दैन । अनुमान शब्दको अर्थ यही हो कि अनु अर्थात् ‘प्रत्यक्षस्य पश्चान्मीयते ज्ञायते येन तदनुमानम्’ जुन प्रत्यक्षको पश्चात् उत्पन्न होस्, जस्तो धूम्रको प्रत्यक्ष देखे बिना अदृष्ट अग्निको ज्ञान कहिल्यै पनि हुन सक्दैन ।
तेस्रो उपमान—
प्रसिद्धसाधर्म्यात्साध्यसाधनमुपमानम् ॥
—न्यायशास्त्र (अध्याय १/आह्निक १/सूत्र ६) ॥
जुन प्रसिद्ध अर्थात् प्रत्यक्ष साधर्म्यबाट साध्य अर्थात् सिद्ध गर्न योग्य ज्ञानको सिद्धि गर्नको लागि साधन हो, त्यसलाई ‘उपमान’ भन्दछन् । ‘उपमीयते येन तदुपमानम्’ जस्तै कसैले कुनै भृत्यसँग भन्यो कि “तँ देवदत्तको सदृश विष्णुमित्रलाई बोलाएर ले” उसले भन्यो कि “मैले उसलाई कहिल्यै पनि देखेको छैन” ।
उसको स्वामीले उसलाई भन्यो कि “जस्तो यो देवदत्त छ, त्यस्तै नै त्यो विष्णुमित्र छ;” “वा जस्तो यो गाई छ, त्यस्तै गवय अर्थात् नीलगाई हुन्छिन्” । जब त्यो वहाँ गएर देवदत्तकै सदृश देख्यो, निश्चय जान्यो कि यही विष्णुमित्र हो, उसलाई लिएर आयो । अथवा कुनै वनमा जुन पशुलाई गाईको सदृश देख्यो, त्यसलाई जान्यो कि यसैको नाम गवय हो ।
चौथो शब्दप्रमाण—
आप्तोपदेशः शब्दः ॥ —न्यायशास्त्र (अध्याय १/आह्निक १/सूत्र ७) ॥
जो आप्त अर्थात् पूर्ण विद्वान्, धर्मात्मा, परोपकारप्रिय, सत्यावादी, पुरुषार्थी, जितेन्द्रिय पुरुष जस्तो आफ्नो आत्मामा जान्दछ र जसबाट सुख पाएको छ, उसैको कथनको इच्छाबाट प्रेरित सबै मनुष्यको कल्याणार्थ उपदेष्टा होस् । अर्थात् जति पृथ्वीदेखि लिएर परमेश्वर पर्यन्त पदार्थहरूको ज्ञान प्राप्त भएर उपदेष्टा हुन्छ जुन यस्तो पुरुष र पूर्ण आप्त परमेश्वरको उपदेश वेद हो, त्यसैलाई ‘शब्दप्रमाण’ जान ।
पाँचौ ऐतिह्य—
न चतुष्ट्वमैतिह्यार्थापत्तिसम्भवाभावप्रामाण्यात् ॥
—न्यायशास्त्र (अध्याय २/आह्निक २/सूत्र १) ॥
जुन इति ह अर्थात् यस प्रकार थियो; उसले यस प्रकार गर्यो । अर्थात् कसैको जीवन-चरित्रको नाम ‘ऐतिह्य’ हो ।
छैटौं अर्थापत्ति—
‘अर्थादापद्यते सा अर्थापत्तिः’ केनचिदुच्यते— ‘सत्सु घनेषु वृष्टिः, सति कारणे कार्य्यं भवतीति’ किमत्र प्रसज्यते— ‘असत्सु घनेषु वृष्टिरसति कारणे च कार्य्यं न भवतीति’ जसरी कसैले कसैसँग भन्यो कि “बादलको हुनाले वर्षा र कारणको हुनाले कार्य उत्पन्न हुन्छ” यसबाट नभनिकनै यो दोस्रो कुरा सिद्ध हुन्छ कि “बिना बादल वर्षा र बिना कारण कार्य कहिल्यै हुन सक्दैन ।”
सातौं सम्भव—
‘सम्भवति यस्मिन् स सम्भवः’ कसैले भन्दछ कि “माता-पिताको सङ्गको बिना सन्तानोत्पत्ति, कसैले मृतक ब्युँताए, पहाड उठाए, समुद्रमा ढुङ्गा तैराए, चन्द्रमाको टुक्रा पारे, परमेश्वरको अवतार भयो, मनुष्यको सींग देखियो र बन्ध्याको पुत्र र पुत्रीको विवाह गरियो” इत्यादि सबै असम्भव हुन् । किनभने यी सबै कुराहरू सृष्टिक्रमको विरुद्ध छन् र जुन कुरो सृष्टिक्रमको अनुकूल होस्, त्यही ‘सम्भव’ हो ।
आठौं अभाव—
‘न भवन्ति यस्मिन् सोऽभावः’ जस्तो कसैले कसैसँग भन्यो कि “हात्ती लिएर आइज” उसले उहाँ हात्तीको अभाव देखेर जहाँ हात्ती थियो, त्यहाँबाट लिएर आयो ।
यी आठ प्रमाण । यिनीहरूमा जुन शब्दमा ऐतिह्य र अनुमानमा अर्थापत्ति, सम्भव र अभावको गणना गरेमा, त चार प्रमाण रहन जान्छन् । यस पाँच प्रकारको परीक्षाले सत्याऽसत्यको निश्चय मनुष्यले गर्न सक्दछ, अन्यथा सक्दैन ।
धर्मविशेषप्रसूताद् द्रव्यगुणकर्मसामान्यविशेषसमवायानां पदार्थानां साधर्म्यवैधर्म्याभ्यां तत्त्वज्ञानान्निःश्रेयसम् ॥ —वैशेषिक (अध्याय १/आह्निक १/सूत्र ४) ॥
जब मनुष्यले धर्मको यथायोग्य अनुष्ठान गर्नाले पवित्र भएर ‘साधर्म्य’ अर्थात् जुन तुल्य धर्म, जस्तै पृथ्वी जड र जल पनि जड; ‘वैधर्म्य’ अर्थात् पृथ्वी कठोर र जल कोमल; यसै प्रकारले द्रव्य, गुण, कर्म, सामान्य, विशेष र समवाय ६ पदार्थहरूको तत्वज्ञान अर्थात् स्वरूपज्ञानदेखि ‘निःश्रेयसम्’ मोक्षलाई प्राप्त गर्दछ ।
पृथिव्यापस्तेजोवायुराकाशं कालो दिगात्मा मन इति द्रव्याणि ॥
—वैशेषिक (अ.१/आ.१/सू.५) ॥
पृथ्वी, जल, तेज, वायु, आकाश, काल, दिशा, आत्मा र मन यी नव द्रव्य हुन् ।
क्रियागुणवत्समवायिकारणमितिद्रव्यलक्षणम् ॥ —वैशेषिक (अ.१/आ.१/सू.१५) ॥
‘क्रियाश्च गुणाश्च विद्यन्ते यस्मिँस्तत् क्रियागुणवत्’ जसमा क्रिया, गुण र केवल गुण नै रहोस्, त्यसलाई ‘द्रव्य’ भन्दछन् । तिदेखि पृथ्वी, जल, तेज, वायु, मन र आत्मा यी ६ द्रव्य क्रिया र गुणवाला हुन् । तथा आकाश, काल र दिशा यी तीन गुणवाला त हुन् किन्तु क्रियावाला होइनन् । (समवायि) ‘समवेतुं शीलं यस्य तत् समवायि, प्राग्वृत्तित्त्वं कारणं, समवायि च तत्कारणं च समवायिकारणम्, लक्ष्यते येन तल्लक्षणम्’ जुन मिल्नको स्वभावयुक्त, कार्यले कारण पूर्वकालस्थ हुन्छ, जसबाट क्रियागुणयुक्त हुन्छ, त्यसलाई द्रव्य भन्दछन् । जसबाट लक्ष्य जानिन्छ, जसरी आँखाले रूप जानिन्छ, त्यसलाई लक्षण भन्दछन् ।
रूपरसगन्धस्पर्शवती पृथिवी ॥ —वैशेषिक (अ.२/आ.१/सू.१) ॥
जसमा रूप, रस, गन्ध र स्पर्श हुन्छ त्यसलाई ‘पृथ्वी’ भनिन्छ ।
व्यवस्थितः पृथिव्यां गन्धः ॥ —वैशेषिक (अ.२/आ.२/सू.२) ॥
पृथ्वीमा गन्ध, गुण स्वभाविक छ । रूप, रस र स्पर्श अग्नि, जल र वायुको योगले हो, जलमा रस, अग्निमा रूप, वायुमा स्पर्श र आकाशमा शब्द स्वभाविक छ ।
रूपरसस्पर्शवत्य आपो द्रवाः स्निग्धाः ॥ —वैशेषिक (अ.२/आ.१/सू.२) ॥
रूप, रस र स्पर्शवान्, द्रवीभूत र कोमल हुन्छ, त्यसलाई ‘जल’ भन्दछन् । परन्तु स्वाभाविक गुण, जलको रस हो, तथा रूप-स्पर्श अग्नि र वायुको योगले हुन्छ ।
अप्सु शीतता ॥ —वैशेषिक (अ.२/आ.२/सू.५) ॥
र जलमा शीतलत्व पनि गुण स्वाभाविक हो ।
तेजो रूपस्पर्शवत् ॥ —वैशेषिक (अ.२/आ.१/सू.३) ॥
जो रूपवाला र स्पर्शवाला छ, त्यो ‘तेज’ हो । परन्तु यसमा रूप स्वाभाविक र स्पर्श वायुको योगले गर्दा हुन्छ ।
स्पर्शवान् वायुः ॥ —वैशेषिक (अ.२/आ.१/सू.४) ॥
स्पर्श गुणवाला ‘वायु’ हो । परन्तु यसमा पनि उष्णता, शीतता, तेज र जलको योगले गर्दा हुन्छ ।
त आकाशे न विद्यन्ते ॥ —वैशेषिक (अ.२/आ.१/सू.५) ॥
रूप, रस, गन्ध र स्पर्श आकाशमा छैन । किन्तु‘ शब्द’ नै आकाशको गुण हो ।
निष्क्रमणं प्रवेशनमित्याकाशस्य लिङ्गम् ॥ —वैशेषिक (अ.२/आ.१/सू.२०) ॥
जसमा प्रवेश र निस्कने हुन्छ, त्यो ‘आकाश’ को लिङ्ग हो ।
कार्य्यान्तराप्रादुर्भावाच्च शब्दः स्पर्शवतामगुणः ॥ —वैशेषिक (अ.२/आ.१/सू.२५) ॥
अन्य पृथ्वी आदि कार्यहरूदेखि प्रकट नहुनाले शब्द; स्पर्शगुणवाला भूमि आदिको चाहिं गुण हुँदैन । किन्तु शब्द आकाशको नै गुण हो ।
अपरस्मन्नपरं युगपच्चिरं क्षिप्रमिति काललिङ्गानि ॥ —वैशेषिक (अ.२/आ.२/सू.६) ॥
जसमा अपर, पर, (युगपत्) एकैपटक, (चिरम्) विलम्ब, (क्षिप्रम्) शीघ्र इत्यादि प्रयोग हुन्छन्, त्यसलाई ‘काल’ भन्दछन् ।
नित्येष्वभावादनित्येषु भावात्कारणे कालाख्येति ॥ —वैशेषिक (अ.२/आ.२/सू.९) ॥
जो नित्य पदार्थहरूमा छैन र अनित्यमा छ, यसैले कारणमा नै काल संज्ञा हो ।
इत इदमिति यतस्तद्दिश्यं लिङ्गम् ॥ —वैशेषिक (अ.२/आ.२/सू.१०) ॥
यहाँदेखि यो पूर्व, दक्षिण, पश्चिम, उत्तर, माथि, तल, जसमा यो व्यवहार हुन्छ, उसैलाई ‘दिशा’ भन्दछन् ।
आदित्यसंयोगाद् भूतपूर्वाद् भविष्यतो भूताच्च प्राची ॥ —वैशेषिक (अ.२/आ.२/सू.१४) ॥
जसबाट प्रथम आदित्यको संयोग भएको हो, छ, हुनेछ, त्यसलाई ‘पूर्व’ दिशा भन्दछन्, र जहाँ अस्त हुन्छ, उसलाई ‘पश्चिम’, पूर्वाभिमुख मनुष्यको दाहिनेतिर ‘दक्षिण’ र बायाँतिरलाई ‘उत्तर’ दिशा भनिन्छ ।
एतेन दिगन्तरालानि व्याख्यातानि ॥ —वैशेषिक (अ.२/आ.२/सू.१६) ॥
यसदेखि जुन पूर्व-दक्षिणको बीचमा दिशा छ त्यसलाई ‘आग्नेयी’, दक्षिण-पश्चिमको बीचलाई ‘नैर्ऋति’ पश्चिम-उत्तरको बीचको लागि ‘वायवी’ र उत्तर-पूर्वको बीचको लागि ‘ऐशानी’ दिशा भन्दछन् ।
इच्छाद्वेषप्रयत्नसुखदुःखज्ञानान्यात्मनो लिङ्गमिति ॥ —न्यायशास्त्र (अ.१/आ.१/सू.१०) ॥
जसमा (इच्छा) राग, (द्वेष) वैर, (प्रयत्न) पुरुषार्थ; सुख; दुःख; (ज्ञान) जान्नु गुण हो, त्यो जीवात्मा । वैशेषिकमा यति विशेष छ—
प्राणाऽपाननिमेषोन्मेषजीवनमनोगतीन्द्रियान्तरविकाराः सुखदुःखेच्छाद्वेषप्रयत्नाश्चात्मनो लिङ्गानि ॥ —वैशेषिक (अध्याय ३/आह्निक २/सूत्र ४) ॥
(प्राण) भित्रबाट वायुलाई निकाल्नु, (अपान) बाहिरबाट वायुलाई भित्र लिनु, (निमेष) आँखालाई तल पार्नु, (उन्मेष) आँखालाई माथि उठाउनु, (जीवन) प्राणलाई धारण गर्नु, (मनः) मनन विचार अर्थात् ज्ञान, (गति) यथेष्ट गमन गर्नु, (इन्द्रिय) इन्द्रियहरूलाई विषयहरूमा चलाउनु, तिनबाट विषयहरूको ग्रहण गर्नु, (अन्तर्विकार) क्षुधा, तृषा, ज्वर, पीडा आदि विकारहरू हुनु, सुख, दुःख, इच्छा, द्वेष र प्रयत्न यी सबै आत्माका लिङ्ग अर्थात् कर्म र गुण हुन् ।
युगपज्ज्ञानानुत्पत्तिर्मनसो लिङ्गम् ॥ —न्यायशास्त्र (अध्याय १/आह्निक १/सूत्र १६) ॥
जसबाट एक कालमा दुइटा पदार्थको ग्रहण, ज्ञान हुँदैन, त्यसलाई ‘मन’ भन्दछन् । यो द्रव्यको स्वरूप र लक्षण भनियो । अब गुणको बारेमा बताइन्छ—
रूपरसगन्धस्पर्शाः संख्याः परिमाणानि पृथक्त्वं संयोग-विभागौ परत्वाऽपरत्वे बुद्धयः सुखदुःखेच्छाद्वेषौ प्रयत्नाश्च गुणाः ॥ —वैशेषिक (अ.१/आ.१/सू.६) ॥
रूप, रस, गन्ध, स्पर्श, संख्या, परिमाण, पृथक्त्व, संयोग, विभाग, परत्व, अपरत्व, बुद्धि, सुख, दुःख, इच्छा, द्वेष, प्रयत्न, गुरुत्व, द्रवत्व, स्नेह, संस्कार, धर्म, अधर्म र शब्द, यी २४ कुरालाई गुण भन्दछन् ।
द्रव्याश्रय्यगुणवान् संयोगविभागेष्वकारणमनपेक्ष इति गुणलक्षणम् ॥
—वैशेषिक (अ.१/आ.१/सू.१६) ॥
गुण त्यसलाई भन्दछन् कि जो सदैव द्रव्यको आश्रयमा रहन्छ, अन्य गुणलाई धारण गर्दैन, संयोग र विभागहरूमा कारण नहोस्, (अनपेक्ष) अर्थात् एक दोस्राको अपेक्षा नहोस्, तिनको नाम ‘गुण’ हो ।
श्रोत्रोपलब्धिर्बुद्धिनिर्ग्राह्यः प्रयोगेणाऽभिज्वलित आकाशदेशः शब्दः ॥
—महाभाष्य (१/१/२/२) ॥
जसको श्रोत्रबाट प्राप्ति हुन्छ त्यो शब्द, र जसलाई बुद्धिले ग्रहण गर्दछ त्यो शब्द, र जुन प्रयोगले प्रकाशित हुन्छ त्यो शब्द, र आकाश जसको देश हो, त्यसलाई पनि ‘शब्द’ भनिन्छ । नेत्रबाट जसको ग्रहण हुन्छ त्यो रूप, जिब्रोबाट जुन मिष्टादि अनेक प्रकारको ग्रहण हुन्छ त्यो रस, नासिकाबाट जसको ग्रहण हुन्छ त्यो गन्ध, त्वचाबाट जसको ग्रहण हुन्छ त्यो स्पर्श, एक-द्वि इत्यादि संख्या=जसबाट पदार्थहरूको गणना हुन्छ, (परिमाण) जसबाट तौल अर्थात् हलुको वा भारी विदित हुन्छ, (पृथक्त्व) एक दोस्राबाट अलग, (संयोग) एक दोस्रोसँग मिल्नु, (विभाग) एक मिलेकाको अनेक टुक्रा हुनु, (परत्व) यसदेखि यो पर छ (अपर) उसदेखि यो वर छ, (बुद्धि) ज्ञान, (सुख) आनन्द, (दुःख) क्लेश, (इच्छा) राग, (द्वेष) विरोध, वैर, (प्रयत्न) अनेक प्रकारको बल पुरुषार्थ, (गुरुत्व) भारीपन, (द्रवत्व) पग्लिनु, (स्नेह) प्रीति र चिप्लोपना, (संस्कार) दोस्राको योगदेखि वासना हुनु, (धर्म) न्यायाचरण र कठिनत्वादि, (अधर्म) अन्यायाचरण र कठिनतादेखि विरुद्ध कोमलता, यी २४ कुराहरू गुण हुन् ।
उत्क्षेपणमवक्षेपणमाकुञ्चनं प्रसारणं गमनमिति कर्माणि ॥
—वैशेषिक (अ.१/आ.१/सू.७) ॥
(उत्क्षेपण) माथितिर चेष्टा गर्नु, (अवक्षेपण) तलतिर चेष्टा गर्नु, (आकुञ्चन) सङ्कोच गर्नु-खुम्चिनु, (प्रसारण) फैलनु, (गमन) समभागमा गति गर्नु अर्थात् चल्नु, आउनु-जानु, घुम्नु आदि हुन्छन्, यिनलाई कर्म भन्दछन् । यिनको लक्षण—
एकद्रव्यमगुणं संयोगविभागेष्वनपेक्षकारणमिति कर्मलक्षणम् ॥
—वैशेषिक (अ.१/आ.१/सू.१७) ॥
‘एकं द्रव्यमाश्रय आधारो यस्य तदेकद्रव्यम्, न विद्यते गुणो यस्य यस्मिंस्तदगुणम्, संयोगेषु विभागेषु चाऽपेक्षारहितं कारणं तत्कर्मलक्षणम्’ अथवा ‘यत् क्रियते तत्कर्म, लक्ष्यते येन तल्लक्षणम् कर्मणो लक्षणं कर्मलक्षणम्’ एक द्रव्यको आश्रित, गुणदेखि रहित, संयोग र विभाग हुनमा अपेक्षारहित कारण हो, त्यसलाई ‘कर्म’ भन्दछन् ।
द्रव्यगुणकर्मणां द्रव्यं कारणं सामान्यम् ॥ —वैशेषिक (अ.१/आ.१/सू.१८) ॥
जुन कार्य-द्रव्य, गुण र कर्मको कारण द्रव्य हो, त्यो सामान्य द्रव्य हो ।
द्रव्याणां द्रव्यं कार्य्यं सामान्यम् ॥ —वैशेषिक (अ.१/आ.१/सू.२३) ॥
जुन द्रव्यहरूको कार्य द्रव्य नै हो, त्यो कार्यपनदेखि सबै कार्यहरू सामान्य हुन् ।
द्रव्यत्वं गुणत्वं कर्मत्वञ्च सामान्यानि विशेषाश्च ॥ —वैशेषिक (अ.१/आ.२/सू.५) ॥
द्रव्यहरूमा द्रव्यपन, गुणहरूमा गुणपन, कर्महरूमा कर्मपन यी सबै ‘सामान्य’ र ‘विशेष’ भनिन्छन् । किनभने द्रव्यहरूमा द्रव्यत्व सामान्य, र गुणत्व कर्मत्वदेखि द्रव्यत्व विशेष हो, यसै प्रकारले सर्वत्र जान्नु ।
सामान्यं विशेष इति बुद्ध्यपेक्षम् ॥ —वैशेषिक (अ.१/आ.२/सू.३) ॥
सामान्य र विशेष, बुद्धिको अपेक्षाले सिद्ध हुन्छन् । जस्तै— मनुष्य व्यक्तिहरूमा मनुष्यत्व सामान्य र पशुत्वादिदेखि विशेष तथा स्त्रीत्व र पुरुषत्व यिनमा ब्राह्मणत्व, क्षत्रियत्व, वैश्यत्व, शूद्रत्व पनि विशेष हुन् । ब्राह्मण व्यक्तिहरूमा ब्राह्मणत्व सामान्य र क्षत्रियादिदेखि विशेष हो, यसै प्रकारले सर्वत्र जान्नु ।
इहेदमिति यतः कार्यकारणयोः स समवायः ॥ —वैशेषिक (अ.७/आ.२/सू.२६) ॥
यसमा यो, जस्तै द्रव्यमा क्रिया, गुणीमा गुण, व्यक्तिमा जाति, अवयवमा अवयवी, कार्यमा कारण अर्थात् क्रिया-क्रियावान्, गुण-गुणी, जाति-व्यक्ति, कार्य-कारण, अवयव-अवयवी, यिनको नित्य सम्बन्ध हुनाले ‘समवाय’ भनिन्छ, र जुन द्रव्यहरूको परस्पर सम्बन्ध हुन्छ, त्यो संयोग अर्थात् अनित्य सम्बन्ध हो ।
द्रव्यगुणयोः सजातीयारम्भकत्वं साधर्म्यम् ॥ —वैशेषिक (अ.१/आ.१/सू.९) ॥
जुन समानजातीयक द्रव्य र गुणको कार्यको आरम्भ हुन्छ, त्यसलाई ‘साधर्म्य’ भन्दछन् । जस्तै पृथ्वीमा जडत्व धर्म र घटादिकार्योत्पादकत्व स्वसदृश धर्म हो, त्यस्तै जलमा पनि जडत्व र हिम आदि स्वसदृश कार्यको आरम्भ, पृथ्वीको साथ जलको र जलको साथ पृथ्वीको तुल्य धर्म हो । अर्थात् द्रव्यगुणयोर्विजातीयारम्भकत्वं वैधर्म्यम् यो विदित भयो कि जुन द्रव्य र गुणको विरुद्ध धर्म र कार्यको आरम्भ हो, त्यसैलाई ‘वैधर्म्य’ भन्दछन्, जसरी पृथ्वीमा कठिनत्व, शुष्कत्व र गन्धत्त्व धर्म जलदेखि विरुद्ध र जलको द्रवत्व, कोमलता र रसगुणयुक्तपन पृथ्वीदेखि विरुद्ध छ ।
कारणाऽभावात्कार्याऽभावः ॥ —वैशेषिक (अ.१/आ.२/सू.१) ॥
कारणको नहुनाले, कार्य कहिल्यै पनि हुँदैन ।
कारणभावात्कार्यभावः ॥ —वैशेषिक (अ.४/आ.१/सू.३) ॥
कारण भएमा मात्रै कार्य हुन्छ ।
न तु कार्याभावात्कारणाभावः ॥ —वैशेषिक (अ.१/आ.२/सू.२) ॥
कार्यको अभावले कारणको अभाव हुँदैन ।
कारणगुणपूर्वकः कार्यगुणो दृष्टः ॥ —वैशेषिक (अ.२/आ.१/सू.२४) ॥
जसरी कारणमा गुण हुन्छन्, त्यसरी नै कार्यमा पनि हुन्छन् । परिमाण दुई प्रकारको हुन्छ—
अणुमहदिति तस्मिन्विशेषभावाद्विशेषाभावाच्च ॥ —वैशेषिक (अ.७/आ.१/सू.११) ॥
(अणु) सूक्ष्म, (महत्) ठूलो, सापेक्ष हो । जस्तै त्रसरेणु सिन्का भन्दा सानो र द्व्यणुक भन्दा ठूलो हो, तथा पहाड पृथ्वी भन्दा सानो, वृक्षहरू भन्दा ठूलो हो ।
सदिति यतो द्रव्यगुणकर्मसु सा सत्ता ॥ —वैशेषिक (अ.१/आ.२/सू.७) ॥
जुन द्रव्य, गुण र कर्महरूमा सत् शब्द अन्वित रहन्छ, अर्थात् (सद् द्रव्यम्-सन् गुणः—सत्कर्म) सत् द्रव्य, सत् गुण, सत् कर्म । अर्थात् वर्तमान कालवाची शब्दको अन्वय सबैको साथमा रहन्छ ।
भावोऽनुवृत्तेरेव हेतुत्वात्सामान्यमेव ॥ —वैशेषिक (अ.१/आ.२/सू.४) ॥
जुन सबैको साथ अनुवर्तमान हुनाले सत्तारूप भाव हो, त्यसलाई ‘महासामान्य’ भनिन्छ । यो क्रम भावरूप द्रव्यहरूको हो, र जुन अभाव हो त्यो पाँच प्रकारको हुन्छ ।
क्रियागुणव्यपदेशाभावात्प्रागसत् ॥ —वैशेषिक (अ.९/आ.१/सू.१) ॥
क्रिया र गुणको विशेष निमित्तको अभावले प्राक् अर्थात् पूर्व (असत्) थिएन । जस्तै घट, वस्त्रादि उत्पत्तिको पूर्व थिएनन्, यसको नाम ‘प्रागभाव’ हो । दोस्रो—
सदसत् ॥ —वैशेषिक (अ.९/आ.१/सू.२) ॥
जुन भएर रहँदैन । जस्तै घट उत्पन्न भएर नष्ट हुन्छ, यो ‘प्रध्वंसाभाव’ भनिन्छ । तेस्रो—
सच्चासत् ॥ —वैशेषिक (अ.९/आ.१/सू.४) ॥
जुन हुन्छ र हुँदैन पनि । जस्तै ‘अगौरश्वोऽनश्वो गौः’ यो घोडा गाई होइन र यो गाई घोडा होइन । अर्थात् घोडामा गाईको र गाईमा घोडाको अभाव र गाईमा गाई र घोडामा घोडाको भाव भएको छ । यसलाई अन्योऽन्याभाव भनिन्छ । चौथो—
यच्चान्यदसदतस्तदसत् ॥ —वैशेषिक (अ.९/आ.१/सू.५) ॥
जुन पूर्वोक्त तीनै अभावदेखि भिन्न छ, त्यसलाई ‘अत्यन्ताभाव’ भन्दछन् । जस्तै—‘नरशृङ्ग’ अर्थात् मनुष्यको सींग, ‘खपुष्प’ आकाशको फूल र ‘बन्ध्यापुत्र’ को पुत्र इत्यादि । पाँचौं—
नास्ति घटो गेह इति सतो घटस्य गेहसंसर्गप्रतिषेधः ॥—वैशेषिक (अ.९/आ.१/सू.१०) ॥
घरमा घडा छैन अर्थात् अन्यत्र छ, घरको साथ घडाको सम्बन्ध छैन । यिनीहरूलाई पाँचौं अभाव भनिन्छ ।
इन्द्रियदोषात्संस्कारदोषाच्चाविद्या ॥ —वैशेषिक (अ.९/आ.२/सू.१०) ॥
इन्द्रियहरूको र संस्कारको दोषबाट अविद्या उत्पन्न हुन्छ ।
तद्दुष्टं ज्ञानम् ॥ —वैशेषिक (अ.९/आ.२/सू.११) ॥
जुन दुष्ट ज्ञान हो अर्थात् विपरीत ज्ञान हो, त्यसैलाई ‘अविद्या’ भन्दछन् ।
अदुष्टं विद्या ॥ —वैशेषिक (अ.९/आ.२/सू.१२) ॥
जुन अदुष्ट अर्थात् यथार्थ ज्ञान हो, त्यसलाई ‘विद्या’ भन्दछन् ।
पृथिव्यादिरूपरसगन्धस्पर्शा द्रव्यानित्यत्वादनित्याश्च ॥ —वैशेषिक (अ.७/आ.१/सू.२) ॥
एतेन नित्येषु नित्यत्वमुक्तम् ॥ —वैशेषिक (अ.७/आ.१/सू.३) ॥
जुन कार्यरूप पृथिव्यादि पदार्थ र उनमा रूप, रस, गन्ध, स्पर्श गुण छन्, यी सबै द्रव्यहरूको अनित्य हुनाले अनित्य हुन्, र जुन यसबाट कारणरूप पृथिव्यादि नित्य द्रव्यहरूमा गन्धादि गुण छन्, ती नित्य हुन् ।
सदकारणवन्नित्यम् ॥ —वैशेषिक (अ.४/आ.१/सू.१) ॥
जुन विद्यमान छ र जसको कारण कुनै पनि छैन, त्यो नित्य हो । अर्थात् ‘सत्कारणवदनित्यम्’ जुन कारणवाला कार्यरूप द्रव्य गुण हो, त्यसलाई अनित्य भनिन्छ ।
अस्येदं कार्यं कारणं संयोगि विरोधि समवायि चेति लैङ्गिकम् ॥
—वैशेषिक (अ.९/आ.२/सू.१) ॥
यसको यो, कार्य वा कारण हो, इत्यादि समवायि, संयोगि, एकार्थसमवायि र विरोधि यो चार प्रकारको लैङ्गिक अर्थात् लिङ्ग-लिङ्गीको सम्बन्धले ज्ञान हुन्छ । ‘समवायि’ जस्तो आकाश परिमाणवाला हो, ‘संयोगि’ जस्तो शरीर त्वचावाला हो, इत्यादिको नित्य संयोग हुन्छ, ‘एकार्थसमवायि’ एक अर्थमा दुइटा रहनु, जस्तो कार्यरूप— स्पर्श कार्यको लिङ्ग अर्थात् जान्नेवाला हो, ‘विरोधि’— जस्तो भैसकेको वृष्टि हुनेवाला वृष्टिको विरोधी लिङ्ग हो ।
‘व्याप्ति’—
नियतधर्मसाहित्यमुभयोरेकतरस्य वा व्याप्तिः ॥ —सांख्यशास्त्र-२९॥
निजशक्त्युद्भवमित्याचार्याः ॥ —सांख्यशास्त्र-३१॥
आधेयशक्तियोग इति पञ्चशिखः ॥ —सांख्यशास्त्र-३२॥
जुन दुइटै साध्य साधन अर्थात् सिद्ध गर्न योग्य र जसबाट सिद्ध गरिन्छ ती दुइटै अथवा एक, साधनमात्रको निश्चित धर्मको सहचार हो, त्यसैलाई ‘व्याप्ति’ भन्दछन् । जस्तो धुवाँ र अग्निको सहचार्या हुन्छ ॥२९॥ तथा व्याप्त जुन धुवाँ उसको निज शक्तिले उत्पन्न हुन्छ अर्थात् जब देशान्तरमा दूर धुवाँ जान्छ तब बिना अग्निको योगले पनि धुवाँ स्वयं रहन्छ, त्यसैको नाम व्याप्ति हो, अर्थात् अग्निको छेदन, भेदन, सामर्थ्यले जलादि पदार्थ धूमरूपमा प्रकट हुन्छ ॥३१॥ जस्तै महत्तत्त्वादिमा प्रकृत्यादिको व्यापकता र बुद्ध्यादिमा व्याप्यता धर्मको सम्बन्धको नाम व्याप्ति हो, जसरी शक्ति आधेयरूप र शक्तिमान् आधाररूपको सम्बन्ध हो ॥३२॥ इत्यादि शास्त्रहरूको प्रमाणादिबाट परीक्षा गरेर पढोस् र पढाओस् । अन्यथा विद्यार्थीहरूलाई सत्यको बोध कहिल्यै पनि हुन सक्दैन । जुन-जुन ग्रन्थलाई पढाउँछ, त्यस-त्यसको पूर्वोक्त प्रकारले परीक्षा गरेर जुन सत्य ठहरिन्छ, त्यही-त्यही ग्रन्थ पढाओस् । जुन-जुन यी परीक्षाहरूदेखि विरुद्ध हुन्छन्, ती-ती ग्रन्थहरूलाई नपढोस् र नपढाओस् । किनभने—
लक्षणप्रमाणाभ्यां वस्तुसिद्धिः ॥ —न्यायशास्त्र वात्स्यायन भाष्य (३/१/२८) ॥
लक्षण जस्तो कि गन्धवती पृथ्वी जुन पृथ्वी हो त्यो गन्धवाली हो । यस्ता लक्षण र प्रत्यक्षादि प्रमाण, यिदेखि सबै सत्याऽसत्य र पदार्थको निर्णय हुन जान्छ । यसको बिना केही पनि हुँदैन ।
पठन-पाठनको बारेमा विशेष विधि (३.९)
अब पढ्न-पढाउनको लागि प्रकार लेखिन्छ— प्रथम पाणिनिमुनिकृतशिक्षा जुन कि सूत्ररूप हो, यसको रीति अर्थात् यस अक्षरको यो स्थान, यो प्रयत्न, यो करण हो । जस्तै ‘प’ यसको ओष्ठ स्थान, स्पृष्ट प्रयत्न र प्राण तथा जिब्रोको क्रिया गर्नुलाई ‘करण’ भन्दछन् । यस प्रकार यथायोग्य सबै अक्षरहरूको उच्चारण माता, पिता, आचार्यले सिकाइदिनु । तदनन्तर व्याकरण अर्थात् प्रथम अष्टाध्यायीको सूत्रहरूको पाठ, जस्तै ‘वृद्धिरादैच्’ (अष्टाध्यायी अध्याय १/पाद १/सूत्र १) फेरि पदच्छेद जस्तै ‘वृद्धिः, आत्, ऐच्’, पश्चात् समास ‘आच्च ऐच्च आदैच्’, फेरि अर्थ— ‘आदैचां वृद्धिसंज्ञा क्रियते’ आ, ऐ, औ को वृद्धि संज्ञा हो । ‘तः परो यस्मात्स तपरस्तादपि परस्तपरः’ तकार जसदेखि पर र जुन तकारदेखि पनि पर होस्, त्यसलाई ‘तपर’ भनिन्छ । यसबाट सिद्ध भयो कि जुन ‘आ’ कारदेखि पर ‘त्’ र ‘त’ कारदेखि पर ऐच् दुइटै अर्थात् आ र ऐच् तपर हुन् । ह्रस्व र प्लुतको वृद्धिसंज्ञा भएन भन्नु नै तपरको प्रयोजन हो ।
उदारहण ‘भागः’ यहाँ ‘भज्’ धातु भन्दा पर ‘घ्’ ‘ञ्’ को इत्संज्ञा भएर लोप भएको छ । त्यसपछि ‘भज् अ’ मा जकार भन्दा पूर्व भकारपछिको अकार वृद्धिसंज्ञक आकार वृद्धिसंज्ञक ‘आ’ भएको छ । अनि ‘भाज् अ’ भयो । पुनः ‘ज्’ लाई ‘ग्’ भई आकारको साथमा मिलेर ‘भागः’ यस्तो प्रयोग भयो ।
‘अध्यायः’ यहाँ अधिपूर्वक ‘इङ्’ धातुको ह्रस्व ‘इ’ कारको स्थानमा ‘घञ्’ प्रत्ययको पर ‘ऐ’ वृद्धि होस्, र ऐलाई‘आय्’ भई मिलेर ‘अध्यायः’ हुन्छ ।
‘नायकः’ यहाँ ‘नीञ्’ धातुको दीर्घ ‘ई’ कारको स्थानमा ‘ण्वुल’ प्रत्ययको पर ‘ऐ’ वृद्धि हन्छ, र त्यसलाई ‘आय्’ भई मिलेर ‘नायकः’ हुन्छ ।
र ‘स्तावकः’ यहाँ ‘स्तु’ धातुबाट ‘ण्वुल’ प्रत्यय भई ह्रस्व ‘उ’ कारको ठाउँमा ‘औ’ वृद्धि ‘आव्’ आदेश भएर आकारमा मिलेर ‘स्तावकः’ बन्दछ ।
‘कृञ्’ धातुदेखि अगाडि ‘ण्वुल’ प्रत्यय उसको ‘ल्’ को इत्संज्ञा भएर लोप, ‘वु’ को स्थानमा ‘अक्’ आदेश र ऋकारको स्थानमा ‘आर्’ वृद्धि भएर ‘कारकः’ सिद्ध हुन्छ, र जुन-जुन सूत्र अगाडि पछाडिको, प्रयोगमा लाग्दछ, त्यसको कार्य सबै बताइयोस् र खरीपाटी अथवा काठको पाटीमा देखाउँदै-देखाउँदै काँचो रूप लेख्दै जस्तै ‘भज्+घञ्+सु’ यसरी लेखेर पहिला धातुको अकारको लोपको पश्चात् घ्कारको, फेरि ‘ञ्’ को लोप भएर भ् ‘भज्+अ+सु’ यस्तो भयो, फेरि ‘भ्’ कारपछि ‘ज’ कार अघिको ‘अ’ लाई ‘आ’ वृद्धि, ‘ज’ को ठाउँमा ग हुनाले ‘भाग्+अ+सु’, ‘भाग+सु’ पुनः ‘ग्’ र ‘अ’, मिल्दा ‘भाग+सु’ हुन्छ । अब ‘उ’ कारको इत्संज्ञा, ‘स’ को ठाउँमा ‘रूँ’ भएर पुनः इत्संज्ञा लोप भएर ‘भागर्’ हुन्छ । अन्तमा । रेफको ठाउँमा () विसर्जनीय भएर ‘भागः’ यो रूप सिद्ध हुन्छ । जुन-जुन सूत्रबाट जे-जे कार्य हुन्छ, त्यस-त्यसलाई पढेर र लेख्ने-लेखाउने गर्दै कार्य गर्दै-गर्दै जानु । यस प्रकारले पढ्ने-पढाउने गर्नाले राम्रोसँग दृढ बोध हुन जान्छ ।
एक पटक यसै प्रकारले अष्टाध्यायी पढाएर धातुपाठ, अर्थ र दश लकारहरूको रूप तथा प्रक्रिया सहित सूत्रहरूको उत्सर्ग अर्थात् सामान्यसूत्र जस्तै— ‘कर्मण्यण्’ (अष्टा.३/२/१) कर्म उपपद लागेको छ भने त सबै धातुले मात्रै अण् प्रत्यय होस्, जसरी ‘कुम्भकारः’ । पश्चात् अपवाद सूत्र जस्तै ‘आतोऽनुपसर्गे कः’ (अष्टा.३/२/३) उपसर्ग भिन्न कर्म उपपद लागेको छ भने त आकारान्त धातुबाट ‘क’ प्रत्यय हुन्छ । अर्थात् जुन बहुव्यापक जस्तो कि कर्मोपपद लागेको छ भने त सबै धातुबाट ‘अण्’ प्रत्यय प्राप्त हुन्छ । त्यसदेखि विशेष अर्थात् अल्प विषय उसै पूर्व सूत्रको विषयदेखि आकारान्त धातुको ‘क’ प्रत्ययले ग्रहण गरेर लिन्छ, जसरी उत्सर्गको विषयमा अपवाद सूत्रको प्रवृत्ति हुन्छ, त्यसरी अपवादको विषयमा उत्सर्गको प्रवृत्ति हुँदैन । जस्तै चक्रवर्ती राजाको राज्यमा माण्डलिक र भूमिपालहरूको प्रवृत्ति हुन्छ, त्यस्तो माण्डलिक राजादिको राज्यमा चक्रवर्तीको प्रवृत्ति हुँदैन । यसै प्रकार पाणिनि महर्षिले हजारौं श्लोकहरूको बीचमा अखिल शब्द, अर्थ र सम्बन्धहरूको विद्या प्रतिपादित गरिदिएका छन् ।
धातुपाठको पश्चात् उणादिगणलाई पढाउनमा सर्व सुबन्तको विषय राम्रोसँग पढाएर पुनः दोस्रो पटक शङ्का, समाधान, वार्त्तिक, कारिका, परिभाषाको घटनापूर्वक अष्टाध्यायीको द्वितीयानुवृत्ति पढाओस् । तदनन्तर महाभाष्य पढाओस् । अर्थात् जो बुद्धिमान्, पुरुषार्थी, निष्कपटी, विद्यावृद्धिलाई चाहनेवाला नित्य पढोस्-पढाओस् त डेढ वर्षमा अष्टाध्यायी र डेढ वर्षमा महाभाष्य पढेर तीन वर्षमा पूर्ण वैयाकरण भएर वैदिक र लौकिक शब्दहरूको व्याकरणदेखि बोध हुँदै पुनः अन्य शास्त्रहरूलाई शीघ्र पढ्न-पढाउन सक्दछ । किन्तु जस्तो ठूलो परिश्रम व्याकरणमा हुने गर्दछ, त्यस्तो श्रम अन्य शास्त्रहरूमा गर्न पर्दैन, र जति बोध यिनलाई पढ्नाले तीन वर्षमा हुन्छ, त्यति बोध कुग्रन्थ सारस्वत, चन्द्रिका, कौमुदी, मनोरमादिलाई पढ्नाले पचास वर्षमा पनि हुन सक्दैन । किनभने जो महाशय महर्षि जनहरूले सहजतासँग महान् विषय आफ्नो ग्रन्थमा प्रकाशित गरेका छन्, त्यस्तो यी क्षुद्राशय, मनुष्यको कल्पित ग्रन्थहरूमा कसरी हुन सक्दछ र ! महर्षि जनहरूको आशय, जहाँसम्म हुन सक्दछ वहाँसम्म सुगम र जसको ग्रहणमा समय थोरै लाग्दछ, यस प्रकारको हुन्छ र क्षुद्राशय जनहरूको मनसा यस्तो हुन्छ कि जहाँसम्म बन्न सक्दछ त्यहाँ सम्म कठिन रचना गर्ने, जसलाई बडो परिश्रमले अल्प लाभ उठाउन सकून्, जस्तै पहाडलाई खन्नु, कौडीको लाभ पाउनु । आर्ष ग्रन्थहरूलाई पढ्नु यस्तो हो कि एक गोता लगाउनु, बहुमूल्य मोतिलाई पाउनु ।
व्याकरणलाई पढेर यास्कमुनिकृत निघण्टु र निरुक्त ६ वा आठ महिनामा सार्थक पढोस् र पढाओस् । अन्य नास्तिककृत अमरकोशादिमा अनेक वर्ष व्यर्थ नगुमाउनु । तदनन्तर पिङ्गलाचार्यकृत छन्दोग्रन्थ जसबाट वैदिक लौकिक छन्दहरूको परिज्ञान, नवीन रचना र श्लोक बनाउने रीति पनि यथावत् सिकोस् । यस ग्रन्थ र श्लोकहरूको रचना तथा प्रस्तारलाई चार महिनामा सिकेर पढ्न-पढाउन सकिन्छ, र वृत्तरत्नाकर आदि अल्पबुद्धिप्रकल्पित ग्रन्थहरूमा अनेक वर्ष न बिताउनु । तत्पश्चात् मनुस्मृति, वाल्मीकि रामायण र महाभारतको उद्योगपर्वान्तर्गत विदुरनीति आदि राम्रा प्रकरण जसबाट दुष्ट व्यसन दूर होस् र उत्तम सभ्यता प्राप्ति होस्, त्यस्तै काव्यरीति अर्थात् पदच्छेद, पदार्थोक्ति, अन्वय, विशेष्य, विशेषण र भावार्थलाई अध्यापकले जनाइदिनु र विद्यार्थीहरूले जान्दै जानु । यिनलाई एक वर्ष भित्रै पढेर सकून् ।
तदनन्तर पूर्वमीमांसा, वैशेषिक, न्याय, योग, सांख्य र वेदान्त अर्थात् जहाँसम्म बन्न सक्दछ, वहाँसम्म ऋषिकृत व्याख्यासहित अथवा उत्तम विद्वान्हरूको सरल व्याख्यायुक्त ६ शास्त्रहरूलाई पढोस्-पढाओस् । परन्तु वेदान्तको सूत्रलाई पढ्न भन्दा पूर्व ईश, केन, कठ, प्रश्न, मुण्डक, माण्डूक्य, ऐतरेयी, तैत्तिरेयी, छान्दोग्य र बृहदारण्यक यी दश उपनिषद्हरूलाई पढेर ६ शास्त्रहरूको भाष्य वृत्तिसहित सूत्रहरूलाई दुई वर्षभित्रमा पढोस् र पढाओस् । पश्चात् ६ वर्षहरूको भित्रमा चारै ब्राह्मण अर्थात् ऐतरेय, शतपथ, साम र गोपथ ब्राह्मणहरूको सहित चारै वेदहरूका स्वर, शब्द, अर्थ, सम्बन्ध तथा क्रियासहित पढ्न योग्य छ । यसमा प्रमाण—
स्था॒णुरयं॒ भार॑हा॒रः कि॒लाभू॑दधी॒त्य॒ वेदं॒ न वि॑जा॒नाति॒ योऽथं॑म् ।
योऽर्थं॑ज्ञ॒ इत्स॒क॑लं भ॒द्रम॑श्नुते॒ नाक॑मेति॒ ज्ञान॑विधूतपाप्मा ॥
—यो निरुक्त (१/१८) को मन्त्र हो ॥
जसले वेदको स्वर र पाठमात्र पढेर अर्थलाई जान्दैन, त्यो जस्तो वृक्ष-डाली, पात, फल, फूल र अन्य पशु-धान्य आदिको भार उठाउँछ, त्यस्तै भारवाह अर्थात् भारलाई उठाउनेवाला हो, र जसले वेदलाई पढ्छ र उनका यथावत् अर्थ जान्दछ, त्यही सम्पूर्ण आनन्दलाई प्राप्त भएर देहान्तको पश्चात् ज्ञानले पापहरूलाई छोडेर, पवित्र धर्माचरणको प्रतापले सर्वानन्दलाई प्राप्त हुन्छ ।
उ॒त त्वः॒ पश्य॒न्न द॑दर्श॒ वाच॑मु॒त त्वः॑ शृ॒ण्वन्न शृ॑णोत्येनाम् ।
उ॒तो त्व॑स्मै त॒न्वं विस॑स्रे जा॒येव॒ पत्य॒ उश॒ती सु॒वासाः॑ ॥—ऋग्वेद (मं.१०/सू.७१/मं.४) ॥
जो अविद्वान् छन् तिनले सुन्दासुन्दै पनि सुन्दैनन्, देख्दादेख्दै पनि देख्दैनन्, बोल्दाबोल्दै पनि बोल्दैनन् अर्थात् अविद्वान् जनहरूले यस विद्या वाणीको रहस्यलाई जान्न सक्दैनन् र जसले शब्द, अर्थ र सम्बन्धलाई जान्दछ उसको लागि विद्या— जसरी सुन्दर वस्त्र आभूषण धारण गरेकी, आफ्नो पतिको कामना गर्दी स्त्री आफ्नो शरीर स्वरूपको प्रकाश पतिको सामुन्ने गर्दछे— त्यस्तै विद्या विद्वान्को लागि आफ्नो स्वरूप प्रकाश गर्दछ, अविद्वान्हरूको लागि होइन ।
ऋ॒चो अ॒क्षरे॑ पर॒मे व्यो॑म॒न्यस्मि॑न्दे॒वा अधि॒ विश्वे॑ निषे॒दुः ।
यस्तन्न वेद॒ किमृ॒चा क॑रिष्यति॒ य इत्तद्वि॒दुस्त इ॒मे समा॑सते ॥
—ऋग्वेद (मं.१/सू.१६४/मं.३९) ॥
जुन व्यापक अविनाशी सर्वोत्कृष्ट परमेश्वरमा सबै विद्वान् र पृथ्वी सूर्य आदि सबै लोक स्थित छन्, कि जसमा सबै वेदहरूको मुख्य तात्पर्य हो, उस ब्रह्मलाई जसले जान्दैन, त्यसले ऋग्वेदादिदेखि के सुखलाई प्राप्त गर्न नै सक्दछ र ? होइन-होइन किन्तु जसले वेदलाई पढेर धर्मात्मा, योगी भएर ब्रह्मलाई जान्दछन्, ती सबै परमेश्वरमा स्थित भएर मुक्तिरूपी परमानन्दलाई प्राप्त हुन्छन् । यसैले जे-जति पढ्नु-पढाउनु छ, त्यो अर्थज्ञानसहित हुनुपर्दछ । यस प्रकारले सबै वेदहरूलाई पढेर, ‘आयुर्वेद’ अर्थात् जुन चरक, सुश्रुत आदि ऋषि मुनि-प्रणीत वैद्यक शास्त्र छन्, तिनको अर्थ, क्रिया, शस्त्र-छेदन-भेदन, लेप, चिकित्सा, निदान, औषध, पथ्य, शारीर, देश, काल र वस्तुको गुण ज्ञानपूर्वक ४ वर्षको भित्रमा पढोस्-पढाओस् ।
तदनन्तर ‘धनुर्वेद’ अर्थात् जुन राज्य सम्बन्धी काम गर्नु छ, यसका दुई भेद छन्— एक निज राजपुरुषसम्बन्धी र अर्को प्रजासम्बन्धी हो । राजकार्यमा सबै सभा, सेनाको अध्यक्ष, शस्त्रास्त्रविद्या, नाना प्रकारको व्यूहहरूको अभ्यास अर्थात् जसलाई आजभोलि ‘कवाज’ भन्दछन् जुन कि शत्रुसँगको लडाईंको समयमा क्रिया गर्नुपर्ने हुन्छ, त्यसलाई यथावत् सिकोस् र जुन-जुन प्रजाको पालन र वृद्धि गराउने प्रकार हुन्, तिनलाई सिकेर न्याय पूर्वक सबै प्रजालाई प्रसन्न राखोस्, दुष्टलाई यथायोग्य दण्ड र श्रेष्ठहरूको पालनको प्रकार सब प्रकारले सिकोस् । यस राजविद्यालाई दुई-दुई वर्षमा सिकेर ‘गान्धर्ववेद’ कि जसलाई गानविद्या पनि भन्दछन्, त्यसमा स्वर, राग, रागिणी, समय, ताल, ग्राम, तान, वादित्र, नृत्य, गीत आदिलाई यथावत् सिकोस्, परन्तु मुख्य गरेर सामवेदको गान वादित्रवादनपूर्वक सिकोस् र नारदसंहिता आदि जुन-जुन आर्ष ग्रन्थ छन्, तिनलाई पढोस् परन्तु भँडुवा, वेश्या र विषयासक्तिकारक वैरागीहरूको गदर्भशब्दवत् व्यर्थ आलाप कहिल्यै पनि नगरोस्, ‘अथर्ववेद’ कि जसलाई शिल्पविद्या भन्दछन् त्यसको पदार्थ, गुण-विज्ञान-क्रियाकौशल, नानाविध पदार्थहरूको निर्माण, पृथ्वीदेखि लिएर आकाश-पर्यन्तको विद्यालाई यथावत् सिकेर अर्थ अर्थात् जसले ऐश्वर्यलाई बढाउँछ, त्यस विद्यालाई सिकेर दुई वर्षमा ‘ज्योतिषशास्त्र’ सूर्यसिद्धान्तादि जसमा बीजगणित, अङ्क, भूगोल, खगोल र भूगर्भविद्या पर्दछ, त्यसलाई यथावत् सिकोस् । तत्पश्चात् सबै प्रकारको हस्तक्रिया, यन्त्रकला आदिलाई सिकोस् । परन्तु जति ग्रह, नक्षत्र, जन्मपत्र, राशि, मुहूर्त आदिको फलको विधायक ग्रन्थहरू छन्, तिनलाई झुटो सम्झेर कहिल्यै पनि नपढोस् र नपढाओस् । यस्तो प्रयत्न पढ्ने र पढाउनेवालाले गरोस् कि जसमा बीस वा एक्काईस वर्षको भित्र समग्र विद्या उत्तम शिक्षा प्राप्त गरेर मनुष्यहरू कृतकृत्य हुँदै सदा आनन्दमा रहून् । जति विद्या यस रीतिबाट बीस वा एक्काईस वर्षहरूमा हुन सक्दछ, त्यति अन्य प्रकारले शतवर्षमा पनि हुन सक्दैन ।
प्रामाण्य-अप्रामाण्य ग्रन्थहरूको विषय (३.१०)
ऋषिप्रणीत ग्रन्थहरूलाई यस कारण पढ्नुपर्दछ कि उनीहरू ठूला विद्वान्, सर्वशास्त्रवित् र धर्मात्मा थिए र जो अनृषि अर्थात् जसले अल्प शास्त्र पढेका छन् र जसको आत्मा पक्षपातसहित छ, तिनीहरूले बनाएका ग्रन्थहरू पनि त्यस्तैखाले हुन् भनेर जान्नू ।
पूर्वमीमांसामाथि व्यासमुनिकृत व्याख्या, वैशेषिकमाथि गौतममुनिकृत प्रशस्तपादभाष्य, गौतममुनिकृत न्यायसूत्रमाथि वात्स्यायनमुनिकृत भाष्य, पतञ्जलिमुनिकृत सूत्रमाथि व्यासमुनिकृत भाष्य, कपिलमुनिकृत सांख्यसूत्रमाथि भागुरिमुनिकृत भाष्य, व्यासमुनिकृत वेदान्तसूत्रमाथि वात्स्यायनकृत भाष्य अथवा बौधायनमुनिकृत भाष्य वृत्तिसहित पढोस्-पढाओस्, इत्यादि सूत्रहरूलाई कल्प अङ्गमा पनि गन्नुपर्दछ । जस्तै ऋग्, यजुः, साम, अथर्व चारै वेद ईश्वरकृत हुन् त्यस्तै ऐतरेय, शतपथ, साम र गोपथ चारै ब्राह्मण; शिक्षा, कल्प, व्याकरण, निघण्टु-निरुक्त, छन्द र ज्योतिष ६ वेदहरूको अङ्ग; मीमांसादि ६ शास्त्र वेदहरूका उपाङ्ग; आयुर्वेद, धनुर्वेद, गान्धर्ववेद र अथर्ववेद यी चारै वेदहरूका उपवेद इत्यादि सबै ऋषि-मुनिले बनाएका ग्रन्थहरू हुन् । यिनमा पनि जुन-जुन वेदविरुद्ध प्रतीत हुन्छ, तिन-तिनलाई छोडिदिनु, किनभने वेद ईश्वरकृत हुनाले निर्भ्रान्त, ‘स्वतःप्रमाण’ अर्थात् वेदको प्रमाण वेद नै हुन्छ । ब्राह्मणादि सबै ग्रन्थ ‘परतःप्रमाण’ अर्थात् यिनको प्रमाण वेदाधीन हो । वेदको विशेष व्याख्या ‘ऋग्वेदादिभाष्यभूमिका’ मा हेर्नुहोस् र यस ग्रन्थमा पनि अगाडि लेख्नेछु ।
अब जुन परित्यागका योग्य ग्रन्थहरू छन्, तिनको परिगणन संक्षेपले गरिन्छ । अर्थात् जुन-जुन तल ग्रन्थ लेख्नेछु, ती-ती जालग्रन्थ सम्झनुपर्दछ । व्याकरणमा कातन्त्र, सारस्वत, चन्द्रिका, मुग्धबोध, कौमुदी, शेखर, मनोरमादि । कोशमा अमरकोशादि । छन्दग्रन्थहरूमा वृत्तरत्नाकरादि । शिक्षामा ‘अथ शिक्षां प्रवक्ष्यामि पाणिनीयं मतं यथा’ इत्यादि । ज्योतिषमा शीघ्रबोध, मुहूर्तचिन्तामणि आदि । काव्यमा नायिकाभेद, कुवलयानन्द, रघुवंश, माघ । किरातार्जुनीयादि । मीमांसामा धर्मसिन्धु, व्रतार्कादि । वैशेषिकमा तर्कसंग्रहादि । न्यायमा जागदीशी आदि । योगमा हठप्रदीपिकादिहरू । सांख्यमा सांख्यतत्त्वकौमुद्यादि । वेदान्तमा योगवासिष्ठ, पञ्चदश्यादि । वैद्यकमा शार्ङ्गधरादि । स्मृतिहरूमा एक मनुस्मृति यसमा पनि प्रक्षिप्त (पछि थपिएका) श्लोकहरूलाई छोडेर अन्य सबै स्मृति, सबै तन्त्र ग्रन्थ, सबै पुराण, सबै उपपुराण, तुलसीदासकृत भाषा रामायण, रुक्मिणीमङ्गलादि र सर्वभाषाग्रन्थ, यी सबै कपोलकल्पित मिथ्याग्रन्थ हुन् ।
प्रश्न— के यी ग्रन्थहरूमा केही पनि सत्य छैन त ?
उत्तर— थोरै सत्य त छ परन्तु यसको साथमा थुप्रै असत्य पनि छ । यसबाट ‘विषसम्पृक्तान्नवत् त्याज्याः’ जसरी अत्युत्तम अन्न विषले युक्त हुनाले छोड्नयोग्य हुन्छ, त्यस्तै यी ग्रन्थहरू हुन् ।
प्रश्न— के तपाईंले पुराण इतिहासलाई मान्नुहुँदैन ?
उत्तर— हो मान्दछु, परन्तु सत्यलाई मान्दछु, मिथ्यालाई होइन ।
प्रश्न— कुन सत्य र कुन मिथ्या हो त ?
उत्तर— ब्राह्मणानीतिहासान् पुराणानि कल्पान् गाथा नाराशंसीरिति ॥
—यो गृह्यसूत्रादिको वचन हो ॥
तुलना—आश्वलायन (गृ. सू. अ.३/कं.३/मं.१-२); तैत्तिरीय आरण्यक (प्रपा.२/अनु.९) ॥
जुन ऐतरेयादि, शतपथादि, ब्राह्मण लेखियो उनैका इतिहास, पुराण, कल्प, गाथा र नाराशंसी पाँच नाम हुन्, श्रीमद्भागवतादिको नाम पुराण होइन ।
प्रश्न— जुन त्याज्य ग्रन्थहरूमा सत्य छ, तिनलाई ग्रहण किन गर्दैनौ ?
उत्तर— जे-जति तिनमा सत्य छ, सो-सो वेदादि सत्य शास्त्रहरूका हुन्, र मिथ्या जति सबै उनैका घरका हुन् । वेदादि सत्य शास्त्रहरूलाई स्वीकार गर्नासाथ सबै सत्यको ग्रहण भैहाल्दछ । जो कसैले यी मिथ्या ग्रन्थहरूबाट सत्यको ग्रहण गर्न चाहन्छन् भने त मिथ्या पनि घाँटीमा टाँसिएर बेरिने छ । यसैले ‘असत्यमिश्रं सत्यं दूरतस्त्याज्यमिति’ असत्यले युक्त ग्रन्थस्थ सत्यलाई पनि छोडिदिनु पर्दछ, जसरी विषयुक्त अन्नलाई ।
प्रश्न— तिम्रो मत के हो ?
उत्तर— वेद अर्थात् जे-जे वेदमा गर्न र छोड्नको लागि शिक्षा गरिएको छ, त्यसैलाई हामीले यथावत् गर्न-छोड्न मान्दछौं । जस कारणले वेद हामीलाई मान्य छ, यसैले हाम्रो मत वेद हो । यस्तो मानेर नै सबै मनुष्यले, विशेष गरेर आर्यहरूले ऐकमत्य भएर रहनुपर्दछ ।
प्रश्न— जस्तो सत्याऽसत्य र एक-दोस्राका ग्रन्थहरूको परस्पर विरोध छ, त्यस्तै अन्य शास्त्रहरूमा पनि छ । जस्तो सृष्टि विषयमा ६ शास्त्रको विरोध छ— मीमांसा कर्म, वैशेषिक काल, न्याय परमाणु, योग पुरुषार्थ, सांख्य प्रकृति र वेदान्तशास्त्र ब्रह्मबाट सृष्टिको उत्पत्ति मान्दछ, के यो विरोध होइन ?
उत्तर— होइन, प्रथम त बिना सांख्य र वेदान्तको अर्का चार शास्त्रहरूमा सृष्टिको उत्पत्ति प्रसिद्ध लेखेको छैन र यिनमा विरोध पनि छैन, किनभने तिमीलाई विरोधाविरोधको ज्ञान छैन । म तिमीसँग सोध्छु कि विरोध कुन स्थलमा हुन्छ ? के एक विषयमा अथवा भिन्न-भिन्न विषयमा ?
प्रश्न— एक विषयमा अनेकौंको परस्पर विरुद्ध कथन होस्, त्यसलाई बल्ल विरोध भन्दछन् । यहाँ पनि सृष्टि एउटै विषय हो ।
उत्तर— के विद्या एउटा छ वा दुइटा ? एउटा हो । यदि एक छ भने त व्याकरण, वैद्यक, ज्योतिष आदिका भिन्न-भिन्न विषय किन छन् ? जस्तो कि एक विद्यामा अनेक विद्याको अवयवहरूको, एक-अर्कासँग भिन्न प्रतिपादन हुन्छ, त्यसरी नै सृष्टि विद्याको भिन्न-भिन्न ६ अवयवहरूको ६ शास्त्रहरूमा प्रतिपादन गर्नाले यिनमा केही पनि विरोध छैन । जस्तो घैंटो बनाउनमा कर्म, समय, माटो, विचार, संयोग-वियोगादिको पुरुषार्थ, प्रकृतिको गुण र कुमालेको कारण हो, त्यसरी नै सृष्टिको जुन कर्म कारण हो, त्यसको व्याख्या मीमांसामा, समयको व्याख्या वैशेषिकमा, उपादान कारणको व्याख्या न्यायमा, पुरुषार्थको व्याख्या योगमा, तत्त्वहरूको अनुक्रमबाट परिगणनको व्याख्या सांख्यमा र निमित्तकारण जो परमेश्वर हो, त्यसको व्याख्या वेदान्तशास्त्रमा छ, यसमा कुनै पनि विरोध छैन । जस्तो वैद्यकशास्त्रमा निदान, चिकित्सा, औषधि-दान र पथ्यको प्रकरण भिन्न-भिन्न कथित छन् परन्तु सबैको सिद्धान्त रोगको निवृत्ति गर्ने हो, त्यसरी नै सृष्टिका ६ कारण छन्, यिनमा एक-एक कारणको व्याख्या एक-एक शास्त्रकारले गरे, यसैले यिनीहरूमा केही पनि विरोध छैन । यसको विशेष व्याख्या सृष्टिप्रकरणमा गर्नेछु ।
जुन विद्या पढ्न-पढाउनको लागि विघ्न पार्दछ, तिनलाई छोडिदिनु । जस्तै कुसङ्ग अर्थात् दुष्ट विषयी जनहरूको सङ्ग; दुष्टव्यसन जस्तै मद्यादि सेवन र वेश्यागमनादि; बाल्यावस्थामा विवाह अर्थात् २५ वर्षदेखि पूर्व पुरुष र १६ वर्षदेखि पूर्व स्त्रीको विवाह हुन जानु, पूर्ण ब्रह्मचर्य नहुनु; राजा, माता, पिता र विद्वान्हरूको प्रेम वेदादि शास्त्रहरूको प्रचारमा नहुनु; अतिभोजन, अतिजागरण गर्नु, पढ्न-पढाउन परीक्षा लिन वा दिनमा आलस्य वा कपट गर्नु; सर्वोपरि विद्याको लाभ नसम्झनु; ब्रह्मचर्यले वीर्य, बल, बुद्धि, पराक्रम, आरोग्य, राज्य, धनको वृद्धि नमान्नु; ईश्वरको ध्यानलाई छोडेर अन्य पाषाणादि जड-मूर्तिको दर्शनमा व्यर्थ समय नष्ट गर्नु; माता, पिता, अतिथि र आचार्य, विद्वान् यिनलाई सत्यमूर्तिमान् मानेर सेवा र सत्सङ्ग नगर्नु; वर्णाश्रमको धर्म छोडेर ऊर्ध्वपुण्ड्र, त्रिपुण्ड्र, तिलक, कण्ठी, मालाधारण, एकादशी, त्रयोदशी आदिको व्रत गर्नु; गयाकाशी आदि तीर्थ र राम, कृष्ण, नारायण, शिव, भगवती, गणेशादिको नामस्मरणले पाप दूर हुने विश्वास गर्नु; पाखण्डीहरूको उपदेशले विद्या पढ्नमा अश्रद्धा हुनु; विद्या, धर्म, योग परमेश्वरको उपासनाको बिना, मिथ्या-पुराणनामक भागवतादिको कथादिबाट मुक्तिलाई मान्नु; लोभले धनादिमा प्रवृत्त भएर, विद्यामा प्रीति नराख्नु; यता-उता व्यर्थै घुम्दैराख्नु; इत्यादि मिथ्या व्यवहारहरूमा फसेर ब्रह्मचर्य र विद्याको लाभदेखि रहित हुँदै रोगी र मूर्ख बन्दछन् ।
आजभोलिका सम्प्रदायी र स्वार्थी ब्राह्मण आदि जसले अरूलाई विद्या र सत्संगबाट हटाएर आफ्नो जालमा फसाउँदै उनीहरूको तन, मन, धन नष्ट गरिदिन्छन्, र चाहन्छन् कि जो क्षत्रियादि वर्ण पढेर विद्वान् भए भने त हाम्रो पाखण्डजालबाट छुटेर सबै जनाले हाम्रो छललाई चिन्दै, हाम्रो अपमान गर्नेछन् । इत्यादि विघ्नहरूलाई राजा र प्रजाले दूर गरेर आफ्ना छोरा र छोरीहरूलाई विद्वान् बनाउनको लागि तन, मन, धनले प्रयत्न गर्ने गर्नु ।
स्त्री एवं शूद्रको लागि अध्ययन विधि (३.११)
प्रश्न— के स्त्री र शूद्रले पनि वेद पढ्न थाल्ने त ? यदि यिनीहरूले पढे भने त फेरि हामीले के गर्ने नि ? र यिनीहरूले पढ्नको लागि प्रमाण पनि त छैन, जस्तो यहाँ निषेध छ—
स्त्रीशूद्रौ नाधीयातामिति श्रुतेः ॥
—वेदान्तदर्शन शांकरभाष्य (अध्याय २/पाद ३/सूत्र ४) ॥
स्त्री र शूद्रले नपढून् यो— श्रुति हो ।
उत्तर— सबै स्त्री र पुरुष अर्थात् मनुष्यमात्रको पढ्ने अधिकार हो, र तिमी कुवामा परिराख र यो श्रुति पनि तिम्रै कपोलकल्पनाबाट भएको हो । कुनै प्रामाणिक ग्रन्थको होइन, र सबै मनुष्यलाई वेदादि पढ्न-सुन्नको लागि अधिकारको प्रमाण यजुर्वेदको छब्बीसौं अध्यायमा दोस्रो मन्त्र छ—
यथे॒माँवाच॑ङ्कल्या॒णीमा॒वदा॑नि॒ जने॑भ्यः ।
ब्र॑ह्मराज॒न्या॑भ्यां शू॒द्राय॒ चार्या॑य च॒ स्वाय॒ चार॑णाय ॥ —यजुर्वेद (अध्याय २६/मन्त्र २) ॥
परमेश्वरले भन्दछ कि (यथा) जसरी म (जनेभ्यः) सबै मनुष्यहरूको लागि, (इमाम्) यस, (कल्याणीम्) कल्याण अर्थात् संसार र मुक्तिको सुखलाई दिने, (वाचम्) ऋग्वेदादि चारै वेदहरूको वाणीको (आ, वदानि) उपदेश गर्दछु, त्यसरी नै तिमीले पनि गर ।
यहाँ कसैले प्रश्न गरोस् कि ‘जन’ शब्दले द्विजहरूको ग्रहण गर्नुपर्दछ किनभने स्मृत्यादि ग्रन्थहरूमा ब्राह्मण, क्षत्रिय, वैश्यलाई नै वेदहरू पढ्ने अधिकार प्रष्टसँग लेखेको छ, स्त्री र शूद्रादिलाई होइन ।
उत्तर— (ब्रह्मराजन्याभ्यां) इत्यादि । हेर ! परमेश्वर स्वयं भन्दछ कि मैले ब्राह्मण, क्षत्रिय (अर्य्याय) वैश्य (शूद्राय) शूद्र र (स्वाय) आफ्नो भृत्य वा स्त्रीयादि (अरणाय) र अतिशूद्रादिको लागि पनि वेदहरूको प्रकाश गरेको छु, अर्थात् सबै मनुष्य वेदलाई पढ्ने-पढाउने र सुन्ने-सुनाउने गरेर विज्ञानलाई बढाउँदै राम्रो कुराको ग्रहण र नराम्रो कुराको त्याग गरेर दुःखबाट छुट्दै आनन्दलाई प्राप्त गरून् । भन ! अब तिम्रो कुरा मान्ने कि ईश्वरको ? परमेश्वरको कुरा अवश्य माननीय छ । यतिले पनि जो कुनै यसलाई मान्दैन भने, त्यसलाई नास्तिक भनिन्छ । किनभने ‘नास्तिको वेदनिन्दकः’ (मनुस्मृति २/११) वेदहरूको निन्दक र नमान्नेलाई नास्तिक भन्दछन् । के परमेश्वरले शूद्रको भलाइ चाहँदैन र ? के ईश्वर पक्षपाती हो र वेदलाई पढ्न-सुन्नलाई शूद्रको लागि निषेध र द्विजहरूको लागि विधि गर्ने ? यदि परमेश्वरको अभिप्राय शूद्रादिको लागि पढाउने सुनाउने हुन्थेन भने त यिनको शरीरमा वाक् र श्रोत्र-इन्द्रिय किन रच्थ्यो ? जसरी परमात्माले पृथ्वी, जल, अग्नि, वायु, चन्द्र, सूर्य र अन्नादि पदार्थ सबैको लागि बनाएको हो, त्यसरी नै वेद पनि सबैका लागि प्रकाशित गरेको हो, र जहाँ कतै निषेध गरेको छ, त्यसको यो अभिप्राय हो कि जसलाई पढ्ने-पढाउनाले केही पनि आउँदैन, त्यो अत्यन्त निर्बुद्धि र मूर्ख हुनाले शूद्र कहिन्छ । त्यसलाई पढ्न-पढाउन व्यर्थ छ, र जुन स्त्रीहरूका लागि निषेध गर्दछौ, त्यो तिम्रो मूर्खता, स्वार्थता र निर्बुद्धिताको प्रभाव हो । हेर ! वेदमा कन्याहरूले पढ्नको लागि प्रमाण—
ब्र॒ह्म॒चर्य्ये॑ण क॒न्या॒ युवा॑नं विन्दते॒ पति॑म् ॥
—अथर्ववेद (काण्ड ११/अनु.३/प्र.२४/सू.५/मं.१८) ॥
जसरी केटो ब्रह्मचर्यसेवनले पूर्ण विद्या र सुशिक्षालाई प्राप्त गरेर युवती, विदुषी, आफ्नो अनुकूल प्रिय सदृश स्त्रीहरूको साथमा विवाह गर्दछ, त्यस्तै (कन्या) कुमारी (ब्रह्मचर्येण) ब्रह्मचर्य सेवनले वेदादि-शास्त्रलाई पढेर पूर्णविद्या र उत्तम शिक्षालाई प्राप्त गरेर युवती हुँदै पूर्ण युवावस्थामा आफ्नो सदृश प्रिय विद्वान् (युवानम्) पूर्ण युवावस्थायुक्त पुरुषलाई (विन्दते) प्राप्त गरोस् । यसैले स्त्रीहरूले पनि ब्रह्मचर्य र विद्यालाई ग्रहण अवश्य गर्नुपर्दछ ।
प्रश्न— के स्त्रीहरूले पनि वेदलाई पढ्ने त ?
उत्तर— अवश्य; हेर ! श्रौतसूत्रादिमा—
इमं मन्त्रं पत्नी पठेत् ॥
अर्थात् स्त्री यज्ञमा यस मन्त्रलाई पढोस् । जसले वेदादि शास्त्रलाई पढेकी नै छैन भने त यज्ञमा स्वरसहित मन्त्रहरूको उच्चारण र संस्कृतभाषण कसरी गर्न सक्दछे ? भारतवर्षकी स्त्रीहरूमा भूषणरूप गार्गी आदि वेदादि शास्त्रहरूलाई पढेर पूर्ण विदुषी भएकी थिइन्, यो शतपथब्राह्मण (काण्ड १४) मा स्पष्ट लेखिएको छ । यदि जुन पुरुष विद्वान् र स्त्री अविदुषी र स्त्री विदुषी र पुरुष अविद्वान् भए भने त नित्यप्रति देवासुर-संग्राम घरमा मच्चिइराख्दछ, फेरि सुख कहाँ ? यसैले जो स्त्री नपढ्ने भए त कन्याहरूको पाठशालामा अध्यापिका कसरी हुन्थे तथा राजकार्य न्यायाधीशत्वादि, गृहाश्रमको कार्य जुन पतिले स्त्री र स्त्रीले पतिलाई प्रसन्न राख्ने, घरको सबै काम स्त्रीको आधीन रहनु, इत्यादि काम बिना विद्याको राम्रोसँग कहिल्यै पनि हुन सक्दैन ।
हेर ! आर्यावर्त्तका राजपुरुषहरूका स्त्रीहरू धनुर्वेद अर्थात् युद्धविद्या पनि राम्रोसँग जान्दथे । किनभने यदि जानेका हुन्थेनन् भने त कैकेयी आदि दशरथ आदिका साथमा युद्धमा कसरी जान सक्थे र युद्ध गर्न सक्थे ? यसैले ब्राह्मणीलाई सबै विद्या, क्षत्रियालाई सबै विद्या र युद्ध तथा राजविद्याविशेष, वैश्यालाई व्यवहार विद्या र शूद्रालाई पाकादि सेवाको विद्या अवश्य पढ्नुपर्दछ । जसरी पुरुषले व्याकरण, धर्म र आफ्नो व्यवहारको विद्या थोरैमा पनि अवश्य पढ्नुपर्दछ, त्यसरी नै स्त्रीहरूले पनि व्याकरण, धर्म, वैद्यक, गणित, शिल्पविद्या त अवश्य सिक्नुपर्दछ । किनभने यिनलाई सिके बिना सत्याऽसत्यको निर्णय, पत्यादिदेखि अनुकूल वर्तमान, यथायोग्य सन्तानोत्पत्ति, तिनको लालन-पालन, वर्द्धन र सुशिक्षा गर्नु, घरको सबै कार्यमा जस्तो चाहिन्छ त्यस्तै गर्नु । वैद्यक विद्याले औषधवत् अन्नपान बनाउने । जसबाट घरमा रोग कहिल्यै नआओस् र सबै जना सदा आनन्दित रहून् । शिल्पविद्यालाई नजानिकन घर बनाउनु, वस्त्र आभूषण आदिको बनाउनु-बनाउन लगाउनु, गणित विद्याको बिना सबैको हिसाब सम्झिनु-सम्झाउनु, वेदादि शास्त्रविद्याको बिना ईश्वर र धर्मलाई नजानेर अधर्मदेखि कहिल्यै बच्न सक्ने थिएनन् । यसैले उनीहरू नै धन्य र कृतकृत्य हुन् कि जसले आफ्ना सन्तानलाई ब्रह्मचर्य, उत्तम शिक्षा र विद्याले शरीर र आत्मालाई पूर्ण बल दिन सकून्, जसबाट ती सन्तान मातृ, पितृ, पति, सासू, श्वसुर, राजा, प्रजा, छिमेकी, इष्ट मित्र र सन्तानादिसँग यथायोग्य धर्मले चलून् । यही कोश अक्षय हो, यसलाई जति व्यय गर्यो उति बढ्दै जान्छ, अन्य सबै कोश व्यय गर्नाले घट्दै जान्छ र भागबण्डामा पनि निजभाग लिन्छन्, र विद्याकोशलाई चोरले चोर्न सक्दैन न त भागबण्डा नै लगाउनुपर्छ । यस कोशलाई, रक्षा र वृद्धि गराउनको लागि विशेष राजा र प्रजा नै हुन् ।
कन्यानां सम्प्रदानं च कुमाराणां च रक्षणम् ॥ —मनुस्मृति (अध्याय ७/श्लोक १५२) ॥
राजाको काम हो कि सबै कन्या र कुमारहरूलाई उक्त समयदेखि उक्त समयसम्म ब्रह्मचर्यमा राखेर विद्वान् गराउनु । जो कसैले यस आज्ञालाई नमानेमा त उसका माता-पितालाई दण्ड दिनु अर्थात् राजाको आज्ञादेखि आठ वर्षको पश्चात् केटा वा केटी कसैको घरमा रहँन नदिनु किन्तु आचार्यकुलमा रहून् । जबसम्म समावर्त्तनको समय नआओस् तबसम्म विवाह हुन नपाओस् ।
सर्वेषामेव दानानां ब्रह्मदानं विशिष्यते । वार्यन्नगोमहीवासस्तिलकाञ्चनसर्पिषाम् ॥
—मनुस्मृति (अध्याय ४/श्लोक २३३) ॥
संसारमा जति पनि दान छन् । अर्थात् जल, अन्न, गौ, पृथ्वी, वस्त्र, तिल, सुवर्ण र घृतादि यी सबै दानहरू भन्दा वेदविद्याको दान अतिश्रेष्ठ हो । यसैले जोसँगबाट जति बन्न सक्दछ त्यति नै प्रयत्न तन, मन, धनले विद्याको वृद्धिमा व्यय गर्ने गरौं । जुन देशमा यथायोग्य ब्रह्मचर्य, विद्या र वेदोक्त धर्मको प्रचार हुन्छ, त्यही देश सौभाग्यवान् हुन्छ । यो ब्रह्मचर्याश्रमको शिक्षा संक्षेपले लेखियो । यस भन्दा अगाडि चौथो समुल्लासमा समावर्त्तन, विवाह र गृहाश्रमको शिक्षाको बारेमा लेखिनेछ ।
इति श्रीमद्दयानन्दसरस्वतीस्वामिकृते सत्यार्थप्रकाशे
सुभाषाविभूषिते शिक्षाविषये
तृतीयः समुल्लासः सम्पूर्णः ॥३॥
Comments
Post a Comment