आठौं समुल्लास





सृष्टि, उत्पत्ति, स्थिति र प्रलयको विषयमा व्याख्या
सृष्टि र उत्पत्तिको विषय (८.१)
इ॒यं विसृ॑ष्टि॒र्यत॑ आब॒भूव॒ यदि॑ वा द॒धे यदि॑ वा॒ न ।
यो अ॒स्याध्य॑क्षः पर॒मे व्यो॑म॒न्त्सो अ॒ङ्ग वे॑द॒ यदि॑ वा॒ न वेद॑ ॥१॥
—ऋग्वेद (मण्डल १०/सूक्त १२९/मन्त्र ७) ॥
तम॑ आसी॒त्त्म॑सा गू॒ळ्हमग्रे॑ऽप्रके॒तं स॑लि॒लं सर्व॑मा इ॒दम् ।
तुच्छ्येना॒भ्यपि॑हितं॒ यदासी॒त्तप॑स॒स्तन्म॑हि॒ना जा॑य॒तैक॑म् ॥२॥
—ऋग्वेद (मण्डल १०/सूक्त १२९/मन्त्र ३) ॥
हि॒रण्य॒ग॒र्भः सम॑वर्त्त॒ताग्रे॑ भू॒तस्य॑ जा॒तः पति॒रेक॑ आसीत् ।
स दा॑धार पृथि॒वीं द्यामु॒तेमां कस्मै॑ दे॒वाय॑ ह॒विषा॑ विधेम ॥३॥
—ऋग्वेद (मण्डल १०/सूक्त १२१/मन्त्र १) ॥
पुरु॑षऽए॒वेद सर्वं॒ यद्भू॒तं यच्च॑ भा॒व्य॒म् ।
उ॒तामृ॑त॒त्वस्येशा॑नो॒ यदन्ने॑नाति॒रोह॑ति ॥४॥ —यजुर्वेद (अध्याय ३१/ मन्त्र २) ॥
यतो वा इमानि भूतानि जायन्ते येन जातानि जीवन्ति ।
यत्प्रयन्त्यभिसंविशन्ति तद्विजिज्ञासस्व तद् ब्रह्मेति ॥५॥
                  —तैत्तिरीयोपनिषद् (भृगुवल्ली/अध्याय ३/अनुवाक १) ॥
हे (अङ्ग) मनुष्य ! जसबाट यो विविध सृष्टि प्रकाशित भएको छ, जसको धारण र प्रलयकर्ता हो । जो यस जगत्‌को स्वामी, जस् व्यापकमा यो सबै जगत् उत्पत्ति, स्थिति, प्रलयलाई प्राप्त हुन्छ, सोही परमात्मा हो, त्यसलाई तैंले जान्नू र दोस्रालाई सृष्किर्ता नमान्नू ॥१॥ यो सबै जगत् सृष्टिको पहिला अन्धकारले आवृत, रात्रिरूपमा जान्नको अयोग्य, आकाशरूप सबै जगत्, तथा ‘तुच्छ’ अर्थात् अनन्त परमेश्वरको सम्मुख एकदेशी र आच्छादित थियो, पश्चात् परमेश्वरले आफ्नो महिमा अर्थात् सामर्थ्यबाट कारणरूपदेखि कार्यरूप गरिदियो ॥२॥ हे मनुष्यहरू हो ! जुन सबै सूर्यादि तेजस्वी पदार्थहरूको आधार र जुन यो जगत् भएको थियो, छ र हुनेछ यसको एक अद्वितीय पति परमात्मा यस जगत्‌को उत्पत्तिको पूर्व विद्यमान थियो, र जसले पृथ्वीदेखि लिएर सूर्यपर्यन्त जगत्‌लाई उत्पन्न गरेको छ, उस परमात्मा देवको प्रेमले भक्ति गर्ने गर्नू ॥३॥ हे मनुष्यहरू हो ! जो सबैमा पूर्ण पुरुष र जो नाशरहित कारण र जीवको स्वामी, जो पृथिव्यादि जड र जीवदेखि अतिरिक्त छ, वही पुरुष यस सबै भूत, भविष्यत् र वर्त्तमानस्थ जगत्‌लाई बनाउनेवाला हो ॥४॥ जुन परमात्माको रचनादेखि यी सबै पृथिव्यादि भूत उत्पन्न हुन्छन्, जसबाट जिउँछन् र जसमा प्रलयलाई प्राप्त गर्दछन्, त्यो ‘ब्रह्म’ हो, उसलाई जान्नको लागि इच्छा गर ॥५॥
जन्माद्यस्य यतः ॥                   —शारीरक सूत्र (अध्याय १/पाद १/सूत्र २) ॥
जसबाट यस जगत्‌को जन्म, स्थिति र प्रलय हुन्छ, वही ‘ब्रह्म’ जान्नको योग्य छ ।
ईश्वरको भिन्नता, प्रकृति र उपादान-कारणको व्याख्या (८.२)
प्रश्न— यो जगत् परमेश्वरबाट उत्पन्न भएको हो कि अन्यदेखि ?
उत्तर— निमित्त कारण परमात्मादेखि उत्पन्न भएको हो, परन्तु यसको उपादान कारण चाहिं प्रकृति हो ।
प्रश्न— के प्रकृतिलाई परमेश्वरले उत्पन्न गरेको होइन ?
उत्तर— होइन । यो अनादि हो ।
प्रश्न— अनादि कसलाई भन्दछन् र कति पदार्थ अनादि छन् ?
उत्तर— ईश्वर, जीव र जगत्‌को कारण, यी तीनै ओटा ‘अनादि’ हुन् ।
प्रश्न— यसमा के प्रमाण छ ?
उत्तर— द्वा सु॑प॒र्णा स॒युजा॒ सखा॑या समा॒नं वृ॒क्षं परि॑ षस्वजाते ।
     तयो॑र॒न्यः पिप्प॑लं स्वा॒द्वत्त्यन॑श्न॒न्यो अ॒भि चा॑कशीति ॥१॥
—ऋग्वेद (मण्डल १/सूक्त १६४/मन्त्र २०) ॥
 शाश्व॒तीभ्यः॒ समा॑भ्यः ॥२॥           —यजुर्वेद (अध्याय ४०/मन्त्र ८) ॥
(द्वा) ब्रह्म र जीव दुइटै (सुपर्णा) चेतनता र पालनादि गुणहरूले केही सदृश (सयुजा) व्याप्य-व्यापक भाव सम्बन्धले संयुक्त (सखाया) आपसमा परस्पर मित्रतायुक्त, सनातन अनादि छन्; र (समानम्) त्यस्तै (वृक्षम्) अनादि मूलरूप कारण र शाखारूप कार्ययुक्त वृक्ष अर्थात् जुन स्थूल भएर प्रलयमा छिन्न-भिन्न हुन जान्छ, त्यो तेस्रो अनादि पदार्थ; यी तीनैको गुण, कर्म, स्वभाव पनि अनादि छन् । यी (तयोरन्यः) जीव र ब्रह्ममा एउटा चाहिं जुन जीव हो त्यो यस वृक्षरूपी संसारमा पापपुण्यरूपी फलहरूलाई (स्वाद्वत्ति) राम्रो प्रकारले भोग्दछ र दोस्रो परमात्मा भने कर्महरूको फललाई (अनश्नन्) नभोगी चारैतिर अर्थात् भित्र-बाहिर सर्वत्र प्रकाशमान भैरहन्छ । जीवभन्दा ईश्वर, ईश्वरभन्दा जीव र यी दुबैभन्दा प्रकृति भिन्न स्वरूप तीनै ‘अनादि’ छन् ॥१॥ (शाश्वतीभ्य०) अर्थात् अनादि सनातन जीवरूप प्रजाका लागि वेदद्वारा परमात्माले सबै विद्याहरूको बोध गराएको हो ॥२॥
अजामेकां लोहितशुक्लकृष्णां, बह्वीः प्रजाः सृजमानां स्वरूपाः ।
अजो ह्येको जुषमाणोऽनुशेते, जहात्येनां भुक्तभोगामजोऽन्यः ॥
                   —श्वेताश्वतरोपनिषद् (अध्याय ४/मन्त्र ५) ॥
प्रकृति, जीव र परमात्मा यी तीनै ओटा ‘अज’ हुन् अर्थात् जसको जन्म कहिल्यै हुँदैन, यिनले कहिल्यै जन्म लिंदैनन्, अर्थात् यी तीन ओटै सबजगत्‌का कारण हुन्, यिनको कुनै कारण छैन । यस अनादि प्रकृतिको भोग गर्दै  अनादि जीव त्यसमा फस्दछ र त्यसमा परमात्मा फस्दैन र त्यसको भोग पनि गर्दैन । ईश्वर र जीवको लक्षण ईश्वर-विषयमा बताएर आएको छु । अब प्रकृतिको लक्षण यो हो कि—
सत्त्वरजस्तमसां साम्यावस्था प्रकृतिः प्रकृतेर्महान् महतोऽहङ्कारोऽहङ्कारात् पञ्चतन्मात्राण्युभयमिन्द्रियं पञ्चतन्मात्रेभ्यः स्थूलभूतानि पुरुष इति पञ्चविंशतिर्गणः ॥      
—यो सांख्य सूत्र (१/६१) को वचन हो ॥
(सत्त्व) शुद्ध, (रजः) मध्य, (तमः) जाड्य अर्थात् जडता यी तीन वस्तु मिलेर जुन एक संघात हुन्छ, त्यसको नाम ‘प्रकृति’ हो । त्यसबाट ‘महत्तत्व’ बुद्धि, त्यसबाट ‘अहङ्कार’, अहङ्कारबाट पाँच ‘तन्मात्रा’= सूक्ष्म-भूत र दश इन्द्रियहरू तथा एघारौं मन, पाँच तन्मात्राबाट पृथ्वी आदि पाँच भूत, यी चौबीस र पच्चीसौं ‘पुरुष’ अर्थात् जीव र परमेश्वर हुन् । यिनीहरूमा प्रकृति अविकारिणी; र महत्तत्व, अहङ्कार तथा पाँच सूक्ष्मभूत प्रकृतिका कार्य हुन् भने इन्द्रियहरू चाहिं मन तथा स्थूलभूतहरूका कारण हुन् । फेरि पुरुष नत कुनै पदार्थको प्रकृति=उपादान कारण र न कसैको कार्य हो ।
प्रश्न— सदेव सोम्येदमग्र आसीत् ॥१॥     —छान्दोग्योपनिषद् (प्र.६/खं.२) ॥
असद्वा इदमग्र आसीत् ॥२॥            
—तैत्तिरीयोपनिषद् (ब्रह्म वल्ली/अनुवाक ७) ॥
आत्मा वा इदमग्र आसीत् ॥३॥
—तुलना [-बृहदारण्यकोपनिषद् (अ.१/ब्रा.४/कं.१)]॥
ब्रह्म वा इदमग्र आसीत् ॥४॥
—यी उपनिषद्का वचनहरू हुन् (शतपथ ११/१/११/१) ॥
    हे श्वेतकेतो; यो जगत् सृष्टि हुनु अघि—
सत् ॥१॥ असत् ॥२॥ आत्मा ॥३॥ र ब्रह्मरूप थियो ॥४॥ पश्चात्—
तदैक्षत बहु स्यां प्रजायेयेति ॥१॥         —छान्दोग्योपनिषद् (प्र.६/खं.२/मं.३) ॥
सोऽकामयत बहु स्यां प्रजायेयेति ॥२॥
—यो तैत्तिरीयोपनिषद् (ब्र.वल्ली/अनु.६) को वचन हो ॥
वही परमात्मा आफ्नो इच्छाद्वारा बहुरूप भएको हो ॥१-२॥
सर्वं खल्विदं ब्रह्म नेह नानास्ति किंचन ।               —यो उपनिषद्को वचन हो ॥
जुन यो समस्त जगत् हो, त्यो सबै निश्चितरूपमा ब्रह्म नै हो । त्यसमा दोस्रो नाना प्रकारको पदार्थ केही पनि छैन किन्तु सबै ब्रह्मरूप हो ।
उत्तर— किन यी वचनहरूको अनर्थ किन गर्दछौ ? किनकि उनै उपनिषद्हरूमा नै—
सोम्यान्नेन शुङ्गेनापो मूलमन्विच्छाद्भिस्सोम्य शुङ्गेन तेजोमूलमन्विच्छ तेजसा सोम्य शुङ्गेन सन्मूलमन्विच्छ सन्मूलाः सोम्येमाः सर्वाः प्रजाः सदायतनाः सत्प्रतिष्ठाः ॥
             —छान्दोग्योपनिषद् (अध्याय ६/खण्ड ८/मन्त्र ४) ॥
हे श्वेतकेतो ! अन्नरूप पृथ्वी कार्यबाट जलरूप मूल कारणलाई तैंले जान् । कार्यरूप जलबाट तेजोरूप मूल र तेजोरूप कार्यबाट सद्रूप कारण जुन नित्य प्रकृति हो उसलाई जान् । यही सत्यस्वरूप प्रकृति सबै जगत्‌को मूल घर र स्थितिको स्थान हो । यो सबै जगत् सृष्टिको पूर्व असत्को सदृश र जीवात्मा, ब्रह्म र प्रकृतिमा लीन भएर वर्तमान थियो, अभाव थिएन ।
र जुन (सर्वं खलु.) यो वचन ‘कहीं की र्इंट कहीं का रोडा, भानमती ने कुड्वां जोडा’ अर्थात् यो वचन यताउतिका कुरा जोडेर आफ्नो अनुकूल अर्थ गर्न गरिएको यस्तो लीलाको हो । किनभने—
सर्वं खल्विदं ब्रह्म तज्जलानिति शान्त उपासीत ॥
—छान्दोग्योपनिषद् (प्र.३/ख.१४/मं.१) ॥
    र—
नेह नानास्ति किंचन ॥                    —कठोपनिषद (अध्याय २/वल्ली १/मन्त्र ११) ॥
जसरी शरीरका अङ्ग जबसम्म शरीरको साथमा रहन्छन्, तबसम्म कामका र अलग हुनाले निकम्मा हुन जान्छन्, त्यसरी नै प्रकरणस्थ वाक्य सार्थक र प्रकरणदेखि अलग गर्नाले वा अन्य कुनैको साथमा जोड्नाले अनर्थक हुन जान्छ । सुन ! यसको अर्थ यो हो—
हे जीव ! तिमी उस ब्रह्मको उपासना गर, जुन ब्रह्मदेखि जगत्‌को उत्पत्ति, स्थिति र जीवन हुन्छ; जसले बनाउने र धारण गर्नाले यो जगत् विद्यमान भएको छ, वा ब्रह्मदेखि सहचरित छ, उसलाई छोडेर दोस्राको उपासना गर्नहुँदैन । यस चेतनमात्र अखण्डैकरस ब्रह्मस्वरूपमा नाना वस्तुहरूको मेल छैन, किन्तु यी सबै पृथक्-पृथक स्वरूपमा परमेश्वरको आधारमा स्थित छन् ।
प्रश्न— जगत्‌को कारण कति वटा हुन्छन् ?
उत्तरतीन वटा छन् । एक निमित्त, दोस्रो उपादान, तेस्रो साधारण । ‘निमित्त कारण’ त्यसलाई भन्दछन् कि जसलाई बनाउनाले केही बनोस्, नबनाउनाले नबनोस्, आफै स्वयं बन्दैन, दोस्राको प्रकारान्तर बनाओस् । दोस्रो ‘उपादन कारण’ त्यसलाई भन्दछन् जसको बिना केही बन्दैन, वही अवस्थान्तर रूप भएर बनोस् र बिग्रोस् पनि । तेस्रो ‘साधारण कारण’ त्यसलाई भन्दछन् कि जुन बनाउनमा साधन र साधारण निमित्त होस् ।    
निमित्त कारण दुइटा छन्— एक- सबै सृष्टिलाई कारणले बनाउने, धारण गर्ने र प्रलय गर्ने तथा सबैको व्यवस्था राख्नेवाला ‘मुख्य निमित्त कारण’ परमात्मा । दोस्रो- परमेश्वरको सृष्टिदेखि सबै पदार्थहरूलाई लिएर अनेकविध कार्यान्तर बनाउनेवाला ‘साधारण निमित्त कारण’ जीव ।
उपादानकारण—‘प्रकृति’ ‘परमाणु’ जसलाई सबै संसार बनाउने सामाग्री भन्दछन् । त्यो जड हुनाले आफै बन्न र बिग्रन सक्दैन किन्तु दोस्राले बनाउँदा बन्छ र बिगार्नाले बिग्रन्छ । कहीं-कहीं जडको निमित्तले जड पनि बन्ने र बिग्रने हुन्छ, जसरी परमेश्वरले रचित बीउ पृथ्वीमा खस्ने र जल पाउनाले वृक्षाकार हुन जान्छन् र अग्नि आदि जडको संयोगले बिग्रन पनि जान्छन् । परन्तु यिनको नियमपूर्वक बन्नु र बिग्रनुमा परमेश्वर र जीवका आधीन छन् ।
जब कुनै वस्तु बनाइन्छ, तब जुन-जुन साधनहरूबाट अर्थात् ज्ञान, दर्शन, बल, हात र नाना प्रकारको औजार र दिशा, काल र आकाश ‘साधारण कारण’ । जसरी घैंटो बनाउनेवाला कुमाले निमित्त, माटो उपादान; र दण्ड, चक्र आदि सामान्य निमित्त हुन्; दिशा, काल, आकाश, प्रकाश, आँखा, हात, ज्ञान, क्रिया आदि निमित्त साधारण र निमित्त कारण पनि हुन्छन् । यी तीन कारणहरूको बिना कुनै पनि वस्तु बन्न सक्दैन र बिग्रन पनि सक्दैन ।
प्रश्न— नवीन वेदान्ती केवल परमेश्वरलाई नै जगत्‌को ‘अभिन्ननिमित्तोपादानकारण’ मान्दछन्—
यथोर्णनाभिः सृजते गृह्णते च ॥          —मुण्डकोपनिषद् (मुण्डक १/खण्ड १/मन्त्र ७) ॥
जसरी माकुरोले बाहिरबाट कुनै पदार्थ लिंदैन, आफैबाट तन्तु निकालेर जालो बनाउँदै आफै त्यसमा खेल्दछ, त्यसरी नै ब्रह्म आफूमा जगत्‌लाई बनाएर, आफै जगदाकार बन्दै, आफै क्रीडा गरिरहेको छ । सो ब्रह्म इच्छा र कामना गर्दै कि म ‘बहुरूप’ अर्थात् जगदाकार होऊँ । सङ्कल्पमात्रले सबै जगद्रूप बन्यो । किनभने—
आदावन्ते च यन्नास्ति वर्त्तमानेऽपि तत्तथा ।     
—यो माण्डूक्योपनिषदमाथि गौडपादीय कारिका हो ॥
—वैतथ्याख्य प्रकरण २/६, अलातशान्ताख्य प्रकरण ४/३१ ॥
जुन प्रथम हुँदैन, अन्तमा रहँदैन, त्यो वर्तमानमा पनि छैन । किन्तु सृष्टिको आदिमा जगत् थिएन, ब्रह्म थियो । प्रलयको अन्तमा संसार रहने छैन । ब्रह्म रहेमा त वर्तमानमा सबै जगत् ब्रह्म किन होइन ?
उत्तर— यदि तिम्रो भनाइ अनुसार जगत्‌को उपादान कारण ब्रह्म हुन्छ भने त त्यो परिणामी, अवस्थान्तरयुक्त विकारी हुन जान्छ, र उपादान कारणको गुण-कर्म-स्वभाव कार्यमा पनि आउँछन्—
कारणगुणपूर्वकः कार्य्यगुणो दृष्टः ॥             —वैशेषिक सूत्र (अ.२/आ.१/सू.२४) ॥
उपादान कारणको सदृश कार्यमा पनि गुण हुन्छन् भने त ब्रह्म सच्चिदानन्दस्वरूप; जगत् कार्यरूपबाट असत्, जड र आनन्दरहित; ब्रह्म अज र जगत् उत्पन्न भएको छ, ब्रह्म अदृश्य र जगत् दृश्य छ, ब्रह्म अखण्ड र जगत् खण्डरूप छ, यदि ब्रह्मदेखि पृथिव्यादि कार्य उत्पन्न हुन्छ भने त पृथिव्यादि कार्यको जडादि गुण ब्रह्ममा पनि हुन्छ । अर्थात् जसरी पृथिव्यादि जड छन्, त्यसरी नै ब्रह्म पनि जड हुन जानेछ र जसरी परमेश्वर चेतन छ, त्यसरी नै पृथिव्यादि कार्य पनि चेतन हुनुपर्दछ, र जुन माकुराको दृष्टान्त दियौ, त्यो तिम्रो मतको साधक होइन, किन्तु बाधक हो । किनभने त्यो जडरूप-शरीर तन्तुको उपादान र जीवात्मा निमित्तकारण हो । फेरि यो पनि परमात्माको अद्भुत रचनाको प्रभाव हो किनभने अन्य जन्तुको शरीरबाट जीव तन्तु निकाल्न सक्दैन । त्यसरी नै व्यापक ब्रह्मले आफूभित्र व्याप्य प्रकृति र परमाणु कारणले स्थूल जगत्‌लाई बनाएर बाहिर स्थूलरूप गरेर, आफू उसैमा व्यापक रहेर साक्षीभूत आनन्दमय भैरहेको छ ।
र जुन परमात्माले ‘ईक्षण’ अर्थात् दर्शन, विचार र कामना गर्‍यो कि मैले सबै जगत्‌लाई बनाएर प्रसिद्ध होऊँ, अर्थात् जब जगत् उत्पन्न हुन्छ तब नै जीवहरूको विचार, ज्ञान, ध्यान, उपदेश श्रवणमा परमेश्वर प्रसिद्ध र धेरै स्थूल पदार्थहरूसँग सह वर्तमान हुन्छ । जब प्रलय हुन्छ तब बिना परमेश्वर र मुक्तजीवहरूको बाहेक उसलाई कसैले जान्दैनन्, र जुन त्यो कारिका हो त्यो भ्रममूलक छ । किनभने सृष्टिको आदि अर्थात् प्रलयमा जगत् प्रसिद्ध थिएन र सृष्टिको अन्त अर्थात् प्रलयको आरम्भदेखि जबसम्म दोस्रो पटक सृष्टि हुँदैन तबसम्म पनि जगत्‌को कारण सूक्ष्म भएर अप्रसिद्ध नै रहन्छ । किनभने—
तम॑ आसी॒त्तम॑सा गू॒ळ्हमग्रे॑ ॥१॥
—ऋग्वेद (मण्डल १०/सूक्त १२९/मन्त्र ३) को वचन हो ॥
आसीदिदं तमोभूतमप्रज्ञातमलक्षणम् । अप्रतर्क्यमविज्ञेयं प्रसुप्तमिव सर्वतः ॥२॥
                                 —मनुस्मृति (अध्याय १/श्लोक ५) ॥
यो समस्त जगत् सृष्टिको पहिला प्रलयमा अन्धकारले आवृत अर्थात् आच्छादित थियो र प्रलयारम्भको पश्चात् पनि त्यस्तै हुनेछ । उस समय न कसैले जान्ने, न तर्कमा ल्याउने, नत प्रसिद्ध चिह्नहरूले युक्त इन्द्रियहरूले जान्नयोग्य थियो, र नत हुनेछ, किन्तु वर्तमानमा जानिन्छ, प्रसिद्ध चिह्नहरूले युक्त जान्नको योग्य हुन्छ र यथावत् उपलब्ध छ ॥१-२॥ पुनः उस कारिकाकारले वर्तमानमा पनि जगत्‌को अभाव लेखे सो सर्वथा अप्रमाण हो, किनभने जसलाई प्रमाता प्रमाणहरूले जान्दछ र प्राप्त हुन्छ, त्यो अन्यथा कहिल्यै हुन सक्दैन ।
प्रश्न— जगत्‌लाई बनाउनमा परमेश्वरको के प्रयोजन छ ?
उत्तर— नबनाउनमा के प्रयोजन छ ?
प्रश्न— यदि नबनाएको भए त आनन्दमा बसिराख्ने थियो र जीवहरूलाई पनि सुख-दुःख प्राप्त हुने थिएन ।
उत्तर— यी अल्छी र दरिद्र व्यक्तिहरूका कुरा हुन्, पुरुषार्थीको होइन । फेरि जीवहरूलाई प्रलयमा के सुख वा दुःख हुन्छ ? जुन सृष्टिको सुख-दुःखको तुलना गर्ने हो भने त सुख कयौं गुणा अधिक हुन्छ र अनेक पवित्रात्मा जीव मुक्तिको साधन गरेर मोक्षको आनन्दलाई पनि प्राप्त गर्दछन् । प्रलयमा निकम्माहरू जसरी सुषुप्तिमा परिराख्दछन्, त्यसरी रहन्छन् र प्रलयको पूर्व सृष्टिमा जीवहरूले गरेका पाप-पुण्य कर्महरूको फल ईश्वरले कसरी दिन सक्दछ र जीवले के-कसरी भोग्न सक्दछन् ? यदि कसैले तिमीसँग सोध्यो कि आँखो हुनमा के प्रयोजन छ ? तिमीले यही भन्नेछौ कि हेर्नको लागि । तब त ईश्वरमा जगत्‌को रचना गर्न विज्ञान, बल र क्रिया छ, त्यसको के प्रयोजन ? बिना जगत्‌को उत्पत्ति गर्नको दोस्रो केही पनि भन्न सक्ने छैनौ । साथै परमात्माको न्याय, धारण, दया आदि गुण पनि तबै सार्थक हुन सक्दछन् कि जब जगत्‌लाई बनाओस् । उसको अनन्त सामर्थ्य जगत्‌को उत्पत्ति, स्थिति, प्रलय र व्यवस्था गर्नाले नै सफल हुन्छ । जस्तो नेत्रको स्वाभाविक गुण हेर्नु हो, त्यस्तै परमेश्वरको स्वाभाविक गुण जगत्‌को उत्पत्ति गरेर सबै जीवहरूलाई असंख्य पदार्थ दिएर परोपकार गर्नु हो ।
प्रश्न— बीउ पहिला हो कि वृक्ष ?
उत्तर— बीउ । किनभने बीउ, हेतु, निदान, निमित्त र कारण इत्यादि शब्द एकार्थवाचक हो भन्ने बुझ्नुपर्दछ । कारणको नाम बीउ हुनाले कार्यको प्रथम नै हुन्छ ।
प्रश्न— जब परमेश्वर सर्वशक्तिमान् छ भने त उसले कारण र जीवलाई पनि आफ्नो सामर्थ्यले उत्पन्न गर्नसक्दछ । यदि गर्न सक्दैन भने त सर्वशक्तिमान् पनि हुन सक्दैन ?
उत्तर— सर्वशक्तिमान् शब्दार्थ पूर्वमा लेखेर आएको छु । परन्तु के सर्वशक्तिमान् त्यसलाई भनिन्छ कि जो असम्भव कुरालाई पनि गर्न सकोस् ? जुन असम्भव कुरो अर्थात् जस्तो कारणको बिना कार्य गर्न सक्दछ भने त बिना कारण दोस्रो ईश्वरको उत्पत्ति गरेर र स्वयं मृत्युलाई प्राप्त, जड, दुःखी, अन्यायकारी, अपवित्र र कुकर्मी आदि हुन सक्दछ कि सक्दैन ? जुन स्वाभाविक नियम, अर्थात् जस्तो अग्नि उष्ण, जल शीतल र पृथिव्यादि सबै जडहरूलाई विपरीत गुणवाला बनाउन ईश्वरले पनि सक्दैन । जसरी आफू जड हुन सक्दैन, त्यसरी नै जडलाई चेतन गर्न पनि सक्दैन, र ईश्वरको नियम सत्य र पूरा छन्, त्यसैले परिवर्तन गर्न सक्दैन । त्यसैले ‘सर्वशक्तिमान्’ को अर्थ यतिमात्रै हो कि परमात्माले बिना कसैको सहायको आफ्नो सबै कार्य पूर्ण गर्न सक्दछ ।
प्रश्न— ईश्वर साकार हो कि निराकार ? यदि निराकार हो भने त बिना हात आदि साधनहरूको जगत्‌लाई बनाउन सक्दैन र यदि साकार हो भने त कुनै दोष आउँदैन ।
उत्तर— ईश्वर निराकार छ । जो साकार अर्थात् शरीरयुक्त हुन्छ, त्यो ईश्वर होइन । किनभने ऊ परिच्छिन्न, परिमित शक्तियुक्त, देश काल वस्तुहरूमा परिच्छिन्न, क्षुधा, तृषा, छेदन, भेदन, शीतोष्ण, ज्वर, पीडादि सहित हुन्छ । उसमा सिवाय जीवको, ईश्वरका गुण कहिल्यै पनि घट्न सक्दैनन् । जसरी तिमी र हामी ‘साकार’ अर्थात् शरीरधारी छौं, यसबाट त्रसरेणु, अणु, परमाणु र प्रकृतिलाई आफ्नो वशमा ल्याउन सक्दैनौं नत ती सूक्ष्म पदार्थलाई समातेर स्थूल बनाउन सक्दछौं, त्यसरी नै स्थूल देहधारी परमेश्वरले पनि ती सूक्ष्म पदार्थदेखि स्थूल जगत् बनाउन सक्दैन । जो परमेश्वर भौतिक-इन्द्रियगोलक हस्त-पादादि अवयवहरूदेखि रहित छ, परन्तु उसका अनन्त शक्ति बल पराक्रम छन्, तिनैबाट सबै काम गर्दछ, जुन चाहिं जीव र प्रकृतिदेखि कहिल्यै हुन सक्दैन । जब ऊ प्रकृति भन्दा पनि सूक्ष्म तिनमा व्यापक छ, तब नै तिनीहरूलाई समातेर जगदाकार गरिदिन्छ, साथै सर्वगत हुनाले सबैको धारण र प्रलय पनि गर्न सक्दछ ।
प्रश्न— जसरी मनुष्यादिका आमा-बुबा साकार हुन्छन्, उनका सन्तान पनि साकार हुन्छन्, यदि ती निराकार हुन्थे भने त तिनका सन्तान पनि निराकार हुने थिए, त्यसरी नै परमेश्वर निराकार हो भने त उसले बनाएको जगत् पनि निराकार हनुपर्ने थियो ?
उत्तर— यो तिम्रो प्रश्न अविद्याको=केटाको समान छ । किन कि भर्खरैमात्र मैले भनें कि परमेश्वर जगत्‌को उपादान कारण होइन, किन्तु निमित्त कारण हो; र जुन स्थूल हुन्छ त्यो प्रकृति र परमाणु जगत्‌को उपादान कारण हो । फेरि ती सर्वथा निराकार होइनन् किन्तु परमेश्वर भन्दा स्थूल र अन्य कार्यले सूक्ष्म आकार राख्दछ ।
प्रश्न— के कारणको बिना परमेश्वर कार्यलाई गर्न सक्दैन ?
उत्तर— सक्दैन । किनभने जसको ‘अभाव’ अर्थात् जो वर्तमान छैन, उसको ‘भाव’ वर्तमान हुनु सर्वथा असम्भव छ । जस्तै कुनै गफाडीले गफ हाँकिदियो कि “मैले बाँझीको पुत्र र बाँझीकी पुत्रीको विवाह देखें, त्यसले मानिसका सींगको धनुष र ती दुवैले आकाशमा फुलेको फूलको माला पहिरेका थिए, मृगतृष्णाको पानीमा स्नान गर्दै र गन्धर्वनगरमा रहन्थे, वहाँ “ बादलको बिना वर्षा, पृथ्वीको बिना सबै अन्नहरूको उत्पत्ति आदि हुन्थ्यो ।” त्यसरी नै कारणको बिना कार्यको हुनु असम्भव छ । जस्तै कसैले भनोस् कि “मम मातापितरौ न स्तोऽहमेवमेव जातः । मम मुखे जिह्वा नास्ति वदामि च” अर्थात् “मेरा माता-पिता थिएनन् यत्तिकै म उत्पन्न भएको हूँ । मेरो मुखमा जिब्रो छैन, परन्तु बोल्दछु ।” “देवलमा सर्प थिएन, निक्लिएर आयो ।” “म कहीं पनि थिइन, यी सबै कतै थिएनन् र हामी सबै जना आएका हौं ।” यस्तो असम्भव कुरो प्रमत्तगीत अर्थात् बहुलाहरूको हो ।
प्रश्न— जुन कारणको बिना कार्य हुँदैन भने त कारणको कारण को हो ?
उत्तर— जुन केवल कारणरूप मात्रै हो, ती कार्य कसैको हुँदैनन् र जो कसैको कारण र कसैको कार्य हुने वस्तु, त्यसलाई दोस्रै भनिन्छ । जसरी पृथ्वी घट र घर आदिको कारण र जल आदिको कार्य हुन्छ । परन्तु जो आदिकारण प्रकृति हो, त्यो अनादि हो ।
मूले मूलाभावादमूलं मूलम् ॥                           —सांख्यशास्त्र सूत्र (१/६७) ॥
मूलको मूल अर्थात् कारणको पनि कारण हुँदैन । यसबाट अकारण सबै कार्यहरूको कारण हुन्छ । किनभने कुनै कार्यको आरम्भ समयको पूर्व तीनै कारण अवश्य हुन्छन् । जस्तै लुगा बनाउन भन्दा पूर्व बुन्ने व्यक्ति, कपासको धागो र हतासो आदि पूर्व विद्यमान हुनाले बल्ल कपडा बन्दछ, त्यसरी नै जगत्‌को उत्पत्तिको पूर्व परमेश्वर, प्रकृति, काल र आकाश तथा जीवहरूको अनादि हुनाले यस जगत्‌को उत्पत्ति हुन्छ । यदि यिनमा एउटाको पनि उपस्थिति भएन भने त जगत् पनि हुँदैन ।
सृष्टि विषयमा नास्तिक मतको निराकरण (८.३)
अत्र नास्तिका आहुः
शून्यं तत्त्वं भावो विनश्यति वस्तुधर्मत्वाद्विनाशस्य ॥१॥      
—सांख्यशास्त्र सूत्र (अध्याय १/सूत्र४४) ॥
अभावाद् भावोत्पत्तिर्नानुपमृद्य प्रादुर्भावात् ॥२॥
ईश्वरः कारणं पुरुषकर्माफल्यदर्शनात् ॥३॥
अनिमित्ततो भावोत्पत्तिः कण्टकतैक्ष्ण्यादिदर्शनात् ॥४॥
सर्वमनित्यमुत्पत्तिविनाशधर्मकत्वात् ॥५॥
सर्वं नित्यं पञ्चभूतनित्यत्वात् ॥६॥ सर्वं पृथग् भावलक्षणपृथक्त्वात् ॥७॥
सर्वमभावो भावेष्वितरेतराभावसिद्धेः ॥८॥ न स्वभावसिद्धिरापेक्षिकत्वात् ॥९॥
—न्यायशास्त्र सूत्र (अध्याय ४/आह्निक १/सूत्र (१४, १९, २२, २५, २९, ३४, ३७, ३९) ॥
यहाँ नास्तिकहरू यस्तो भन्दछन् कि— ‘शून्य’ नै एक पदार्थ हो । सृष्टिको पूर्व शून्य थियो, अन्तमा शून्य हुनेछ, किनभने जो ‘भाव’ छ अर्थात् वर्तमान पदार्थ छ, त्यसको अभाव भएर शून्य हुन जानेछ ।
उत्तर— आकाश, अदृश्य, अवकाश र बिन्दुलाई पनि शून्य भन्दछन् । शून्य भनेको जड पदार्थ हो । यस शून्यमा सबै पदार्थ अदृश्य रहन्छन् । जसरी एउटा बिन्दुबाट रेखा, अनि रेखाहरूबाट बाटुलो आकार गर्नाले भूमि-पर्वतादि ईश्वरको रचनाबाट नै बन्दछन्, साथै शून्यलाई जान्नेवाला शून्य हुन सक्दैन ॥१॥
दोस्रो नास्तिक— अभावबाट भावको उत्पत्ति हुन्छ । जसरी बिउलाई भिजाए बिना अङ्कुर उत्पन्न हुँदैन र बिउलाई फुटालेर हेरेमा त अङ्कुर (टुसो) को अभाव देखिन्छ । जब प्रथम अङ्कुर देखिंदैन भने त अभावबाट उत्पत्ति भयो ।
उत्तर— जसले त्यो बिउलाई भिजाउँछ, त्यस बिउमा पहिलेदेखि नै सूक्ष्म अङ्कुर विद्यमान थियो । यदि हुन्थेन भने त उत्पन्न कहिल्यै हुने थिएन ॥२॥
तेस्रो नास्तिक भन्दछ— कर्महरूको फल पुरुषले कर्म गर्नाले मात्रै प्राप्त हुँदैन । कति कर्महरू त निष्फल भएको देखिनमा आएका छन् । त्यसैले अनुमान लगाउन सकिन्छ कि कर्महरूको फल प्राप्त हुनमा ईश्वरको आधीन छ । जुन कर्मको फल ईश्वरले दिन चाहेमा दिन्छ । जुन कर्मको फल दिन चाहँदैन भने दिंदैन । यस कुराबाट कर्मफल ईश्वराधीन छ ।
उत्तर— यदि कर्मको फल ईश्वराधीन हो भने त बिना कर्म नगरी ईश्वरले फल किन दिंदैन ? त्यसैले जस्तो कर्म मनुष्यले गर्दछ, त्यस्तै नै फल ईश्वरले दिन्छ । यसबाट ईश्वरले स्वतन्त्र पुरुषलाई कर्मको फल दिन सक्दैन । किन्तु जस्तो कर्म जीवले गर्दछ, त्यस्तै नै फल ईश्वरले दिन्छ ॥३॥
चौथो नास्तिक भन्दछ— बिना निमित्तको पदार्थहरूको उत्पत्ति हुन्छ । जस्तै बबूल (डम्मरू) आदि वृक्षहरूका काँडा तीखा टुप्पा भएका देखिनमा आउँछ । यसबाट विदित हुन्छ कि जब-जब सृष्टिको आरम्भ हुन्छ, तब-तब शरीरादि पदार्थ निमित्त बिना नै हुन्छन् भन्ने ज्ञात हुन्छ ।
उत्तर— जसबाट पदार्थ उत्पन्न हुन्छ, त्यही उसको निमित्त हो । बिना बीउ, कण्टकी वृक्षको काँडा किन उत्पन्न हुँदैनन् ? ॥४॥
पाँचौ नास्तिक भन्दछ— सबै पदार्थ उत्पत्ति र विनाशवाला छन्, त्यसैले सबै अनित्य हुन् ।
श्लोकार्धेन प्रवक्ष्यामि यदुक्तं ग्रन्थकोटिभिः । ब्रह्म सत्यं जगन्मिथ्या जीवो ब्रह्मैव नापरः ॥       
   —यो कुनै ग्रन्थको श्लोक हो ॥
नवीन वेदान्तीहरू पाँचौं नास्तिकको कोटिमा छन्, किनभने उनीहरू यस्तो भन्दछन् कि करोडौं ग्रन्थहरूको यो सिद्धान्त हो— “ब्रह्म सत्य, जगत् मिथ्या र जीव ब्रह्मदेखि भिन्न छैन ।”
उत्तर— जो सबैको नित्यता नित्य छ भने त सबै अनित्य हुन सक्दैनन् ।
प्रश्न— सबैको नित्यता पनि अनित्य हो, जसरी आगो काठहरूलाई नष्ट गरेर आफै पनि नष्ट हुन जान्छ ।
उत्तर— जुन यथावत् उपलब्ध हुन्छ, त्यसलाई वर्तमानमा अनित्यत्व र परमसूक्ष्म कारणको अनित्य भन्नु कहिल्यै हुन सक्दैन । जुन वेदान्तीहरू ब्रह्मबाट जगत्‌को उत्पत्ति मान्दछन् भने ब्रह्मको सत्य हुनाले उसको कार्य असत्य कहिल्यै पनि हुन सक्दैन । जुन स्वप्न, रस्सी-सर्पादिवत् कल्पित भने तापनि ठीक बन्न सक्दैन । किनभने कल्पना गुण हो, गुणबाट द्रव्य कहिल्यै हुँदैन, र गुण द्रव्यदेखि पृथक् रहन सक्दैन । जब कल्पनाको कर्ता नित्य छ भने उसको कल्पना पनि नित्य हुनुपर्दछ, नत्र भने त्यसलाई पनि अनित्य मान । जसरी सपना बिना देखे-सुने कहिल्यै आउँदैन । जो जागृत अर्थात् वर्तमान समयमा सत्य पदार्थ छन् तिनको साक्षात् सम्बन्धले प्रत्यक्षादि ज्ञान भएपछि ‘संस्कार’ अर्थात् तिनको वासनारूप ज्ञान आत्मामा स्थित हुन जान्छ, स्वप्नमा तिनैलाई प्रत्यक्ष देख्दछ । जसरी सुषुप्ति हुनाले बाह्य पदार्थहरूको ज्ञानको अभावमा पनि बाह्य पदार्थ विद्यमान रहन्छन् । त्यसरी नै प्रलयमा पनि कारण द्रव्य वर्तमान रहन्छ । यदि संस्कारको बिना सपना हुन्छ भने त जन्मान्धलाई पनि रूपको सपना हुनेछ । त्यसैले वहाँ तिनीहरूको ज्ञानमात्रै हो र बाहिर सबै पदार्थ वर्तमान हुन्छन् ।
प्रश्न— जसरी जागृतको पदार्थ स्वप्न र दुइटैको सुषुप्तिमा अनित्य हुन जान्छन्, त्यसरी नै जागृतका पदार्थहरूलाई पनि स्वप्न तुल्य मान्नुपर्दछ ।
उत्तर— यस्तो कहिल्यै पनि मान्न सकिन्न । किनभने स्वप्न र सुषुप्तिमा बाह्य पदार्थहरूको अज्ञानमात्र हुन्छ, अभाव होइन । जस्तै कसैको पछाडितिर थुप्रै पदार्थ अदृष्ट रहन्छन्, उनको अभाव हुँदैन, त्यसरी नै स्वप्न र सुषुप्तिको कुरो हो । त्यसैले जुन पूर्वमा भनेर आएँ कि ब्रह्म, जीव र जगत्-कारण अनादि नित्य हुन्, वही सत्य हो ॥५॥
छैटौं नास्तिक भन्दछ कि— पञ्चभूतहरूको नित्य हुनाले सबै जगत् नित्य छ ।
उत्तर— यो कुरो सत्य होइन । किनभने जुन पदार्थहरूको उत्पत्ति र विनाशको कारण देखिन आउँछ त्यो सबै नित्य भयो भने त सबै स्थूल जगत् तथा शरीर घटपटादि पदार्थहरूको उत्पन्न र विनष्ट हुँदै गरेको देखिन्छ नै, यसबाट कार्यलाई नित्य मान्न सकिंदैन ॥६॥
सातौं नास्तिक भन्दछ कि— सबै पृथक्-पृथक् हुन्, कुनै एक पदार्थ छैन, जुन-जुन पदार्थलाई हामीले देख्दछौं कि उनमा दोस्रो एक पदार्थ कुनै पनि देखिंदैन ।
उत्तर— अवयवहरूमा अवयवी, वर्तमानकाल, आकाश, परमात्मा र जाति पृथक्-पृथक् पदार्थ-समूहहरूमा एक-एक छन् । तीदेखि पृथक् कुनै पदार्थ हुन सक्दैन । त्यसैले सबै पृथक् पदार्थ होइन, किन्तु स्वरूपले पृथक्-पृथक् हुन् र पृथक्-पृथक् पदार्थहरूमा एक पदार्थ पनि हुन्छ ॥७॥
आठौं नास्तिक भन्दछ कि— सबै पदार्थहरूमा इतरेतराभावको सिद्धि हुनाले सबै अभावरूप हुन् । जसरी ‘अनश्वो गौः । अगौरश्वः’ गाई घोडा होइन र घोडा गाई होइन, त्यसैले सबैलाई अभावरूप मान्नुपर्दछ ।
उत्तर— सबै पदार्थहरूमा इतरेतराभावको योग होस् परन्तु ‘गवि गौरश्वेऽश्वो भावरूपो वर्तत एव’ गाईमा गाई र घोडामा घोडाको भाव नै हुन्छ, अभाव कहिल्यै हुन सक्दैन । जुन पदार्थको भाव नहोस् त ‘इतरेतराभाव’ पनि कसमा भनिने छ ? ॥८॥
नवौं नास्तिक भन्दछ कि— स्वभावबाट सबै जगत्‌को उत्पत्ति हुन्छ । जसरी पानी, अन्न एकत्र भएर कुहिनाले कीरा उत्पन्न हुन्छन् अनि बिउ चाहिं माटो र पानीको संयोग मिल्नाले घाँस वृक्षादि र पाषाणादि उत्पन्न हुन्छन् । जसरी समुद्री वायुको योगले तरङ्ग; र तरङ्गले समुद्रफिंज; बेसार, चूना र कागतीको रस मिलाउनाले रोरी वा अबीर बन्दछ, त्यसरी नै सबै जगत् तत्त्वहरूको स्वभाव गुणहरूबाट उत्पन्न भएको छ । यसलाई बनाउनेवाला कोही पनि छैन ।
उत्तर— जुन स्वभावदेखि जगत्‌को उत्पत्ति हुन्छ भने त विनाश कहिल्यै हुँदैन । यदि विनाश पनि स्वभावदेखि मानेमा त उत्पत्ति हुनेछैन । फेरि दुइटै स्वभाव युगपत् (एकसाथ) द्रव्यहरूमा हुन्छ भन्ने मान्यौ भने त उत्पत्ति र विनाशको व्यवस्था कहिल्यै हुनसक्ने छैन । यदि निमित्तको हुनाले उत्पत्ति र नाश मान्यौ भने त ‘निमित्त’ बाट उत्पत्ति र विनाश हुनेवाला द्रव्यहरूदेखि पृथक् मान्नुपर्नेछ । यदि स्वभावले उत्पत्ति र विनाश हुन्थ्यो भने त एक समयमा नै उत्पत्ति र विनाशको हुनु सम्भव छैन ।
यदि स्वभावदेखि उत्पन्न हुन्थ्यो भने त, यस भूगोलको निकटमा दोस्रो भूगोल, चन्द्र-सूर्य आदि उत्पन्न किन हुँदैनन् ? र जस-जसको योगले जुन-जुन उत्पन्न हुन्छ, त्यो-त्यो ईश्वरले उत्पन्न गरेको बिउ, अन्न-जलादिको संयोगले घाँस-वृक्ष र कीरा आदि उत्पन्न हुन्छन्, बिना उनको होइन, जस्तै बेसार, चूना र कागतीको रस टाढा-टाडाबाट आएर आफै मिल्दैनन्, कसैले मिलाउनाले मात्रै मिल्दछन्, त्यसमा पनि यथायोग्य (बराबर मात्रामा) मिलाउनाले अबीर हुन्छ, अधिक, न्यून वा अन्यथा गर्नाले अबीर बन्दैन; त्यसरी नै प्रकृति, परमाणुहरूको ज्ञान र युक्तिबाट बिना परमेश्वरले नमिलाइकन जड पदार्थ स्वयं कुनै पनि कार्यसिद्धिको लागि विशेष पदार्थ बन्न सक्दैन । त्यसैले स्वभावादिदेखि सृष्टि हुँदैन, किन्तु परमेश्वरको रचनाबाटै हुन्छ ॥९॥
प्रश्न— यस जगत्‌को कर्ता थिएन, छैन र हुनेछैन किन्तु अनादि कालदेखि यो जस्ताको तस्तै बनेको छ । न कहिले यसको उत्पत्ति भयो, नत कहिल्यै विनाश हुनेछ ।
उत्तर— बिना कर्ताको कुनै पनि क्रिया या क्रियाजन्य पदार्थ बन्न सक्दैन । जुन पृथ्वी आदि पदार्थहरूमा संयोग-विशेषले रचना देखिन्छ, ती अनादि कहिल्यै पनि हुन सक्दैनन्, र जो संयोगबाट बन्छ, त्यो संयोग हुनु अघि हुँदैन र वियोगको अन्तमा रहँदैन । यदि तिमीले यसलाई मान्दैनौ भने त कठोर भन्दा कठोर पाषाण, हीरा र धातु आदिलाई फुटालेर, गलाएर वा भस्म बनाएर हेर कि तिनीहरूमा परमाणु पृथक्-पृथक् मिलेको छ कि छैन ? यदि मिलेको छ भने त ती समय पाएर अलग-अलग पनि अवश्य हुनेछन् ॥१०॥
प्रश्न— अनादि ईश्वर कोही छैन, किन्तु जो योगाभ्यासले अणिमादि ऐश्वर्यलाई प्राप्त गरेर सर्वज्ञादिगुणयुक्त केवल-ज्ञानी हुन्छ, त्यही जीव ‘ईश्वर’, ‘परमेश्वर’ भनेर चिनिन्छ ।
उत्तर— यदि अनादि ईश्वर जगत्‌को स्रष्टा नहोस् त, साधनहरूले सिद्ध हुनेवाला जीवहरूको आधार जीवनरूप जगत्, शरीर र इन्द्रियहरूका गोलक कसरी बन्थे ? बिना यिनको जीव साधन गर्न नै सक्दैन । जब साधन नै नहोस् त सिद्ध कहाँबाट हुने ? जीवले चाहे जस्तोसुकै साधन गरेर सिद्ध बनोस् तर पनि ‘ईश्वर’—  जो कि स्वयं सनातन अनादि सिद्ध छ, जसमा अनन्त सिद्धि छन्,—  उसको तुल्य कुनै पनि जीव हुन सक्दैन । किनभने जीवको परम अवधिसम्म ज्ञान बढे तापनि परिमित ज्ञान र सामर्थ्यवाला हुन्छ । अनन्त ज्ञान र अनन्त सामर्थ्यवाला कहिल्यै पनि हुन सक्दैन । हेर ! कुनै पनि योगी आजसम्म ईश्वरकृत सृष्टिक्रमलाई बदल्नसक्ने भएका छैनन्, नत हुने नै छन् । जसरी अनादि-सिद्ध परमेश्वरले आँखाले हेर्ने र कानहरूबाट सुन्नको लागि व्यवस्था गरेको छ, यसलाई कुनै पनि योगीले बदल्न सकेको छैन । जीव ‘ईश्वर’ कहिल्यै पनि हुन सक्दैन ।
प्रश्न— कल्प-कल्पान्तरमा ईश्वरले सृष्टि विलक्षण-विलक्षण बनाउँछ अथवा एउटै ? जस्तो अहिले छ, यस्तो पहिला थियो र अगाडि पनि हुनेछ, भेद गर्दैन ?
उत्तर— सू॒र्या॒च॒न्द्र॒मसौ॑ धा॒ता य॑थापू॒र्वम॑कल्पयत् । दिवं॑ च पृथि॒वी चा॒न्तरि॑क्ष॒मथो॒ स्वः॑ ॥
     —ऋग्वेद (मण्डल १०/सूक्त १९०/मन्त्र ३) ॥
(धाता) परमेश्वरले जसरी पूर्व-कल्पमा सूर्य, चन्द्र, विद्युत, पृथ्वी अन्तरिक्ष, आदित्य बनाएको थियो । त्यसरी नै अहिले बनाएको छ र अगाडि पनि त्यसरी नै बनाउने छ ॥ यसैले परमेश्वरको काम बिना भुल-चुकबाट हुनाले सदा एकजस्तै भैराख्दछ । जो अल्पज्ञ र जसको ज्ञान बुद्धि-क्षयलाई प्राप्त हुन्छ, त्यसको काममा भुल-चुक हुने गर्दछ, ईश्वरको काममा होइन ।
प्रश्न— सृष्टि-विषयमा वेदादि-शास्त्रको अविरोध छ कि विरोध ?
उत्तर— अविरोध छ ।
प्रश्न— यदि अविरोध छ भने—
तस्माद्वा एतस्मादात्मन आकाशः सम्भूतः । आकाशाद्वायुः । वायोरग्निः । अग्नेरापः ।
अद्भ्यः पृथिवी । पृथिव्या ओषधयः । ओषधिभ्योऽन्नम् । अन्नाद्रेतः । रेतसः पुरुषः ।
स वा एष पुरुषोऽन्नरसमयः ॥      —यो तैत्तिरीय उपनिषद् (ब्र.व./अनु.१) को वचन हो ॥
उस परमेश्वर र प्रकृतिदेखि आकाश ‘अवकाश’ अर्थात् जुन कारणरूप द्रव्य सर्वत्र फैलिरहेको थियो, त्यसलाई समेट्दाखेरि आकाश उत्पन्न भएजस्तो हुन गयो, वास्तवमा आकाशको उत्पत्ति होइन । किनभने बिना आकाशको प्रकृति र परमाणु कहाँ रहन सक्दछन् ? आकाशको पश्चात् वायु, वायुको पश्चात् अग्नि, अग्निको पश्चात् जल, जलको पश्चात् पृथ्वी, पृथ्वीदेखि औषधि, औषधिदेखि अन्न, अन्नदेखि वीर्य, वीर्यदेखि पुरुष अर्थात् शरीर उत्पन्न हुन्छ ।
यहाँ आकाशादि क्रमबाट, र छान्दोग्यमा अग्न्यादि क्रमबाट, ऐतरेयमा जलादि क्रमले सृष्टि भयो । वेदहरूमा कहीं पुरुष, कहीं हिरण्यगर्भ आदिबाट, मीमांसामा कर्म, वैशेषिकमा काल, न्यायमा परमाणु, योगमा पुरुषार्थ, सांख्यमा प्रकृति र वेदान्तमा ब्रह्मबाट सृष्टिको उत्पत्ति मानिएको छ । अब कसलाई साँचो र कसलाई झुट्टो मान्ने ?
उत्तर— यसमा सबै साँचा छन्, कुनै पनि कुरा झुट्टा होइनन् । झुटो त त्यो हो जसले विपरीत सम्झन्छ । किनकि परमेश्वर निमित्त र प्रकृति जगत्‌को उपादान कारण हो । जब महाप्रलय हुन्छ, त्यसको पश्चात् आकाशादि क्रम, अर्थात् जब आकाश र वायुको प्रलय हुँदैन र अग्न्यादिको हुन्छ अग्न्यादि क्रमबाट, र जब विद्युत अग्निको पनि प्रलय हुँदैन त, तब जलादि क्रमले सृष्टि हुन्छ, अर्थात् जुन-जुन प्रलयमा जहाँ-जहाँसम्म प्रलय हुन्छ, त्यहाँ-त्यहाँदेखि सृष्टिको उत्पत्ति हुन्छ । पुरुष र हिरण्यगर्भादि सबै नाम ईश्वरका नै हुन्, ती प्रथम समुल्लासमा पनि लेखेर आएको छु । शास्त्रहरूको अविरोधको विषयमा पनि पूर्व लेखेर आएको छु ।
परन्तु विरोध त्यसलाई भन्दछन् कि एक कार्यमा एउटै विषयमाथि विरुद्ध वाद होओस् । यहाँ ६ शास्त्रहरूमा परस्पर अविरोध हेर यस प्रकारले छ— मीमांसामा— ‘यस्तो कुनै पनि कार्य जगत्‌मा हुँदैन कि जसलाई बनाउनमा कर्मचेष्टा गर्न नपरोस् ।’ वैशेषिकमा— ‘बिना समय नलागिकन बन्दै बन्दैन ।’ न्यायमा— ‘उपादान कारण नहुनाले केही पनि बन्न सक्दैन ।’ योगमा— ‘विद्या, ज्ञान, विचार गरिएन भने त बन्न सक्दैन ।’ सांख्यमा— ‘तत्त्वहरूको मेल नहुनाले बन्न सक्दैन ।’ र वेदान्तमा— ‘बनाउनेवालाले नबनाएमा त कुनै पनि पदार्थ उत्पन्न हुन सक्दैन ।’ त्यसैले सृष्टि ६ कारणहरूले बन्दछ । ती ६ कारणहरूका व्याख्या एक-एकको एक-एक शास्त्रमा छन् । यसैले उनमा विरोध केही पनि छैन । जसरी ६ पुरुष मिलेर एक छाप्राको लागि छानो उठाएर थाममाथि हाल्दछन्, त्यसरी नै सृष्टिरूप कार्यको व्याख्या ६ शास्त्रकाहरूले मिलेर पूरा गरेका छन् ।
परन्तु जसरी पाँच अन्धा र एक मन्ददृष्टि भएकोलाई कसैले हात्तीको एक-एक देश (अङ्ग) देखायो । उनीहरूसित सोध्यो कि हात्ती कस्तो छ ? ती मध्येको एउटाले भन्यो-खाँबोजस्तो, दोस्रोले भन्यो-नाङ्लोजस्तो, तेस्रोले भन्यो-मूसलजस्तो, चौथोले भन्यो-कुचोजस्तो, पाँचौंले भन्यो-चौतारोजस्तो र छैटौंले भन्यो-काला-काला चार खाँबोमाथि केही भैंसीजस्तो आकार भएको छ । यसै प्रकार आजभोलिका अनार्ष, नवीन ग्रन्थहरू पढ्ने र प्राकृत भाषावालाहरूले ऋषिप्रणीत ग्रन्थ नपढेर, नवीन क्षुद्रबुद्धिकल्पित संस्कृत र भाषाहरूको ग्रन्थ पढेर, एक दोस्राको निन्दामा तत्पर हुँदै झुटो कल-झगडा मच्चाएका छन् । यिनीहरूका कथनलाई बुद्धिमानीहरूले र अन्यहरूले मान्नयोग्य छैन । किनभने जुन अन्धाको पछाडि अन्धा नै चलेमा त दुःख किन नपाउने ? त्यसरी नै आज-भोलिका अल्प-विद्यायुक्त, स्वार्थी, इन्द्रियाराम पुरुषहरूका लीला संसारलाई नाश गराउनेवाला हुन्छ ।
प्रश्न— जब कारणको बिना कार्य हुँदैन भने त कारणको कारण किन हुँदैन ?
उत्तर— अरे सोझा भाइहरू ! केही त आफ्नो बुद्धिलाई काममा ल्याउने गर ? हेर ! संसारमा दुइटैमात्र पदार्थ हुन्छन्, एक- कारण दोस्रो- कार्य । जुन कारण हो, त्यो कार्य हुँदैन र जुन जतिखेर कार्य हुन्छ, त्यो कारण होइन । जबसम्म मनुष्यले सृष्टिलाई यथावत् बुझ्दैन तबसम्म त्यसलाई यथावत् ज्ञान प्राप्त हुँदैन—
नित्यायाः सत्वरजस्तमसां साम्यावस्थायाः प्रकृतेरुत्पन्नानां परमसूक्ष्माणां पृथक् पृथग्वर्त्तमानानां तत्त्वपरमाणूनां प्रथमः संयोगारम्भः संयोग-विशेषादवस्थान्तरस्य स्थूलाकारप्राप्तिः सृष्टिरुच्यते ।
अनादि नित्यस्वरूप सत्त्व, रजस् र तमगुणहरूको एकावस्थारूप प्रकृतिदेखि उत्पन्न जुन परमसूक्ष्म पृथक्-पृथक् वर्तमान तत्त्वावयव विद्यमान छ, तिनैको प्रथम जुन संयोगको आरम्भ हो, र संयोग विशेषहरूदेखि अवस्थान्तर दोस्रो-दोस्रो अवस्थाको सूक्ष्म स्थूल-स्थूल बन्दै-बनाउँदै विचित्ररूप बनेको छ, यसैले यो संसर्ग हुनाले ‘सृष्टि’ भनिन्छ ।
भला जुन प्रथम संयोगमा मिल्ने र मिलाउनेवाला पदार्थ हो, जुन संयोगको आदि र वियोगको अन्त अर्थात् जसको विभाग हुन सक्दैन, त्यसको ‘कारण’ र जुन संयोगको पछाडि बन्दछ र वियोगको पश्चात् त्यस्तो रहँदैन, त्यसलाई ‘कार्य’ भन्दछन् । जसले त्यस कारणको कारण, कार्यको कार्य, कर्ताको कर्ता, साधनको साधन र साध्यको साध्य भन्दछ, त्यो हेर्दो अन्धो, सुन्दो बहिरो र जान्दो मूढ हो । कहीं आँखाको आँखो, दीपकको दीपक र सूर्यको सूर्य कहिल्यै हुन सक्दछ ? जुन जसबाट उत्पन्न हुन्छ त्यो ‘कारण’, र जुन उत्पन्न हुन्छ त्यो ‘कार्य’, र जसले कारणलाई कार्यरूप बनाउनेवाला हो त्यो ‘कर्ता’ भनिन्छ ।
नासतो विद्यते भावो नाभावो विद्यते सतः ।
उभयोरपि दृष्टोऽन्तस्त्वनयोस्तत्त्वदर्शिभिः ॥         —भगवद्गीता (अध्याय २/श्लोक १६) ॥
कहिल्यै पनि ‘असत्’ को भाव वर्तमान र ‘सत्’ को अभाव अवर्तमान हुँदैन, यी दुइटैको निर्णय गर्न तत्त्वदर्शीहरूले जानेका छन् । अन्य पक्षपाती, आग्रही, मलीनात्मा, अविद्वान्‌हरूले यस कुरालाई सहजमा कसरी जान्न सक्दछन् ? किनभने जो मनुष्य विद्वान्, सत्सङ्गी बनेर पूरा विचार गर्दैन भने त्यो सदा भ्रमजालमा परिराख्दछ । ती पुरुषहरू धन्य हुन् कि जसले सबै विद्याहरूको सिद्धान्तलाई जान्दछन् र जान्नको लागि परिश्रम गर्दछन्, जानेर अन्यहरूलाई निष्कपटताले सिकाउँछन् । त्यसकारण जो कसैले कारणको बिना सृष्टि मान्दछ भने त, त्यसले केही पनि जान्दैन भन्ने कुरा पक्का छ ।
जब सृष्टिको समय आउँछ, तब परमात्मा ती परमसूक्ष्म पदार्थहरूलाई समेट्ने गर्दछ । त्यसको प्रथम अवस्थामा जुन परमसूक्ष्म प्रकृतिरूप कारणले केही स्थूल हुन्छ, त्यसको नाम महत्तत्व, र जुन त्यसदेखि केही स्थूल हुन्छ त्यसको नाम अहङ्कार, र अहङ्कारदेखि भिन्न-भिन्न पाँच सूक्ष्मभूत; कान, छाला, आँखा, जिब्रो, नाक, यी पाँच ज्ञानेन्द्रियहरू; वाणी, हात, खुट्टा, उपस्थ र गुदा यी पाँच कर्म इन्द्रियहरू हुन् र एघारौं मन केही स्थूल उत्पन्न हुन्छ; र ती पञ्चतन्मात्राहरूदेखि अनेक स्थूलावस्थाहरूमा प्राप्त हुँदै-हुँदै क्रमैले पाँच स्थूलभूत जसलाई हामीहरूले प्रत्यक्ष देख्दछौं, उत्पन्न हुन्छन् । त्यसबाट नाना प्रकारको औषधिहरू, वृक्ष आदि, तिनबाट अन्न, अन्नबाट वीर्य र वीर्यबाट शरीर बन्दछ । परन्तु आदिसृष्टि मैथुनीसृष्टि हुँदैन । किनभने जब स्त्री-पुरुषहरूको शरीर परमात्माले बनाएर तिनीहरूमा जीवहरूको संयोग गरिदिन्छ, तदनन्तर मैथुनी सृष्टि चल्दछ ।
हेर ! शरीरमा कुन प्रकारले ज्ञानपूर्वक सृष्टि रचेको छ कि जसलाई विद्वान्‌हरूले देखेर आश्चर्यमा पर्दछन् । भित्र हाडहरूको जोड, नाडीहरूको बन्धन, मासुको लेपन, छालाको ढक्कन, आन्द्राभुँडी, पित्त, कलेजो, फोक्सो=पङ्खा कलाको स्थापना, रक्तशोधन, प्रचालन, विद्युत्को स्थापना, जीवको संयोजन, शिररूपी मूलरचना, रौं नङ आदिको स्थापना, आँखाको अतीव सूक्ष्म तन्तुलाई तारले जस्तै गाँसेको, इन्द्रियहरूका मार्ग प्रकाशन, जीवले जागृत, स्वप्न, सुषुप्ति अवस्थालाई भोग्नको लागि स्थानविशेषहरूको निर्माण, सबै धातुहरूको विभागकरण कला-कौशल-स्थापनादि अद्भुत सृष्टिलाई बिना परमेश्वरको कसले गर्न सक्दछ ? यसको अतिरिक्त नाना प्रकारको रत्न धातुबाट जडित भूमि, विविध प्रकारको वटवृक्ष आदिको बिउहरूमा अति सूक्ष्मरचना, असंख्य रक्त, हरिया, सेता, पहेंला, काला, छिरबिरे, मध्यरूपदेखि युक्त पात्र, फूल, फल, जरो निर्माण, गुलियो, नुनिलो, तीतो, टर्रो, पीरो, अमिलो विविध रस, सुगन्धादियुक्त पत्र, पुष्प, फल, अन्न, कन्दमूलादि रचना, असंख्य करोडौं भूगोल, सूर्य, चन्द्रादि लोकहरूको निर्माण, धारण, भ्रमण गराउनु, नियमहरूमा राख्नु आदि परमेश्वर बाहेक अरू कसैले गर्न सक्दैन । जब कसैले कुनै पदार्थलाई हेर्दछ भने त दुई प्रकारको ज्ञान उत्पन्न हुन्छ । पहिलो-जस्तो त्यो पदार्थ छ, दोस्रो-त्यस पदार्थलाई देखेर बनाउनेवालाको ज्ञान हुन जान्छ । जस्तै कुनै पुरुषले सुन्दर आभूषण वनमा पायो, हेर्दाखेरि उसलाई विदित भयो कि त्यो सुवर्णको हो र कुनै बुद्धिमान् कालीगडले बनाएको हो । यसै प्रकार यो नाना किसिमको सृष्टिमा विविध रचनाले, बनाउनेवाला परमेश्वरको सिद्ध गर्दछ ।
मनुष्यहरूको आदिसृष्टि एवं स्थानको निर्णय (८.४)
प्रश्न— मनुष्यको सृष्टि अघि भयो कि पृथ्वी आदिको ?
उत्तर— पृथ्वी आदिको सृष्टि अघि भयो । किनभने पृथिव्यादिको बिना मनुष्यको स्थिति र पालन हुन सक्दैन ।
प्रश्न— सृष्टिको आदिमा एक वा अनेक मनुष्य उत्पन्न गरेका थिए कि अथवा के हो ?
उत्तर— अनेक, किनभने जुन जीवहरूको कर्म ऐश्वरी सृष्टिमा उत्पन्न हुनपर्ने थियो, तिनको जन्म सृष्टिको आदिमा ईश्वरले दिन्छ । किनभने—
‘मनुष्या ऋषयश्च ये’         —तुलना [(यजुर्वेद अध्याय ३१); मुण्डकोपनिषद् (२/७/१)]
‘ततो मनुष्या अजायन्त’ —यो यजुर्वेद [शत.ब्रा.(कां.१४/प्रपा.३/ब्रा.२/कं.५)] मा लेखिएको छ ।
यस प्रमाणबाट यही निश्चय हुन्छ कि आदिमा अनेक अर्थात् सयकडौं हजारौं मनुष्य उत्पन्न भए । फेरि सृष्टिमा देख्नाले पनि यो निश्चित हुन्छ कि मनुष्य अनेक आमा-बुबाका सन्तान हुन् ।
प्रश्न— आदि सृष्टिमा मनुष्य आदिको बाल्य, युवा वा वृद्धावस्थामा सृष्टि भएको थियो अथवा तीनै अवस्थामा ?
उत्तर— युवावस्थामा । किनभने यदि बालक उत्पन्न गर्थे भने त तिनीहरूको पालनको लागि दोस्रो मनुष्य आवश्यक हुन्थ्यो । यदि वृद्धावस्थामा बनाउँथ्यो भने त मैथुनी-सृष्टि हुन्थेन, त्यसैले युवावस्थामा सृष्टि गरेका हुन् ।
प्रश्न— कहिल्यै सृष्टिको प्रारम्भ हुन्छ कि हुँदैन ?
उत्तर— हुँदैन । जसरी दिनको पूर्व रात र रातको पूर्व दिन तथा दिनको पछि रात र रातको पछि दिन बराबर चलेर आउँछ, यसै प्रकार सृष्टिको पूर्व प्रलय र प्रलयको पूर्व सृष्टि तथा सृष्टिको पछि प्रलय र प्रलयको अगाडि सृष्टि अनादिकालदेखि चक्र चलेर आइरहेको छ । यसको आदि वा अन्त छैन । किन्तु जसरी दिन वा रातको आरम्भ र अन्त देखिनमा आउँछ, त्यसरी नै सृष्टि र प्रलयको आदि-अन्त भैराख्दछ किनभने जसरी परमात्मा, जीव, जगत्‌को कारण तीन स्वरूपबाट अनादि छन्, त्यसरी नै जगत्‌को उत्पत्ति, स्थिति र प्रलय प्रवाहदेखि अनादि छन् । जस्तै नदीको प्रवाह त्यस्तै देखिन्छ, कहिले सुक्न जान्छ, कहिले देखिंदैन, फेरि वर्षामा देखिन्छ र उष्णकालमा देखिंदैन, यस्तो व्यवहारहरूलाई प्रवाह रूप जान्नुपर्दछ । जसरी परमेश्वरको गुण, कर्म, स्वभाव अनादि छन्, त्यसरी नै उसले जगत्‌को उत्पत्ति, स्थिति र प्रलय गर्नु पनि अनादि हो । जसरी कहिल्यै ईश्वरको गुण, कर्म, स्वभावको आरम्भ र अन्त हुँदैन, यसै प्रकार उसका कर्तव्य-कर्महरूको पनि आरम्भ र अन्त छैन ।
प्रश्न— ईश्वरले कुनै जीवहरूलाई मनुष्य जन्म, कुनैलाई सिंहादि क्रूर जन्म, कुनैलाई हरिण, गाई आदि पशु, कुनैलाई वृक्षादि, कुनैलाई कृमि कीट पतङ्गादि जन्म दिएको छ, यसबाट परमात्मामा पक्षपात देखिन आउँछ ।
उत्तर— पक्षपात आउँदैन, किनभने ती जीवहरूको पूर्व सृष्टिमा गरिएको कर्मानुसार व्यवस्था गर्नाले । यदि कर्मको बिना जन्म दिन्थ्यो भने मात्रै पक्षपात हुन्थ्यो ।
प्रश्न— मनुष्यहरूको आदि-सृष्टि कुन स्थलबाट भयो ?
उत्तर‘त्रिविष्टप्’ अर्थात् जसलाई ‘तिब्बत’ भन्दछन् ।
प्रश्न— आदि सृष्टिमा एक जाति थियो कि अनेक ?
उत्तर— एक मनुष्य जाति थियो । पश्चात्—
विजा॑नी॒ह्यार्य्या॒न् ये च॒ दस्य॑वः ॥            —यो ऋग्वेद (१/५१/८) को वचन हो ॥
श्रेष्ठहरूको नाम ‘आर्य, विद्वान्, देव’ र दुष्टहरूको नाम ‘दस्यु’ अर्थात् डाँकू, मूर्ख र अनाडी नाम हुनाले ‘आर्य’‘दस्यु’ दुई नाम भए ।
उ॒त शू॒द्र उ॒तार्ये॑ ॥                —यो अथर्ववेद (१९/६२/१) को वचन हो ॥
आर्यहरूमा पूर्वोक्त प्रकारबाट ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र चार भेद भए । द्विज विद्वान्‌हरूको नाम ‘आर्य’ र मूर्खहरूको नाम ‘शूद्र’‘अनार्य’ अर्थात् ‘अनाडी’ भयो ।
प्रश्न— फेरि उनीहरू यहाँ कसरी आए ?
उत्तर— जब आर्य र दस्युहरूमा अर्थात् विद्वान् जो देव, अविद्वान् जो असुर, उनीहरूमा सदा लडाईं-झगडा-बखेडा भैराख्यो । जब धेरै उपद्रव मच्चिन लाग्यो, तब आर्य जनहरू सम्पूर्ण भूगोलभरिमा यस उत्तम भूमिको खण्डलाई जानेर यहीं आएर बसे । यसै कारणले यस देशको नाम ‘आर्यावर्त’ हुन गयो ।
प्रश्न— आर्यावर्तको अवधि (सीमा) कहाँसम्म पर्दछ ?
उत्तरआसमुद्रात्तु वै पूर्वादासमुद्रात्तु पश्चिमात् । तयोरेवान्तरं गिर्योरार्य्यावर्त्तं विदुर्बुधाः ॥१॥
      सरस्वतीदृषद्वत्योर्देवनद्योर्यदन्तरम् । तं देवनिर्मितं देशमार्यावर्तं प्रचक्षते ॥२॥
        —मनुस्मृति (अध्याय २/श्लोक २२, तु.-२२/१७) ॥
उत्तरमा हिमालय, दक्षिणमा विन्ध्याचल, पूर्व र पश्चिममा समुद्र ॥१॥ तथा सरस्वती पश्चिममा ‘अटक’ नदी; जुन उत्तरतर्फको पहाडबाट निस्केर दक्षिणको समुद्रको खाडीमा गएर मिलेको छ । पूर्वमा ‘दृषद्वती’ जुन नेपालको पूर्व भाग पहाडदेखि निक्लेर, बङ्गालको आसामको पूर्व र बर्मा (ब्रह्मा) को पश्चिम हुँदै दक्षिणको समुद्रमा गएर मिलेको छ, जसलाई ‘ब्रह्मपुत्र’ भन्दछन् । हिमालयको मध्यरेखादेखि दक्षिण र पहाडहरूको भित्र र रामेश्वर-पर्यन्त विन्ध्याचलको भित्र जति देश छन, ती सबैलाई ‘आर्यावर्त’ भन्दछन् । यो देश देवनिर्मित आर्यावर्त यसैले भनिएको हो कि ‘देव’ नाम विद्वान्‌हरूले राखे र आर्यजनहरूले निवास गर्नाले ‘आर्यावर्त’ भनियो ।
प्रश्न— पहिला यस देशको नाम के थियो र यसमा को बस्दथे ?
उत्तर— यसको पूर्व यस देशको नाम केही पनि थिएन र न कुनै आर्यहरूदेखि पूर्व यस देशमा बस्दथे । किनभने आर्यहरू सृष्टिको आदिमा केही काल पश्चात् तिब्बतबाट सीधै यस देशमा आएर बसे ।
प्रश्न— कसैले भन्दछन् कि यिनीहरू त ईरानबाट आएका हुन् । यसैले गर्दा यिनीहरूको नाम ‘आर्य’ भएको हो । यिनीहरू भन्दा पूर्व यहाँ जङ्गली-मान्छेहरू बस्दथे कि जसलाई ‘असुर’‘राक्षस’ भन्दथे । आर्य-जनहरू आफूलाई देवता बताउँथे र उनीहरूको जब संग्राम भयो, त्यसको नाम ‘देवासुरसंग्राम’ भनेर कथामा लेखियो ।
उत्तर— यो कुरो सर्वथा झुट्टो हो । किनभने—
वि जा॑नी॒ह्यार्या॒न् ये च॒ दस्य॑वो ब॒र्हिष्म॑ते रन्धया॒ शास॑दव्र॒तान् ॥       
—ऋग्वेद (मण्डल १/सूक्त ५१/मन्त्र ८) ॥
उ॒त शू॒द्र उ॒तार्ये॑ ॥        —अथर्ववेद (काण्ड १९/सूक्त ६२/मन्त्र १) को प्रमाण हो ॥
मैले लेखिसकेको छु कि ‘आर्य’ नाम धार्मिक, विद्वान्, आप्त पुरुषहरूको र यीदेखि विपरीत जनहरूको नाम ‘दस्यु’ अर्थात् डाँकू, दुष्ट, अधार्मिक र अविद्वान् हो । तथा ब्राह्मण, क्षत्रिय, वैश्य द्विजहरूको नाम ‘आर्य’ र शूद्रको नाम ‘अनार्य’ अर्थात् ‘अनाडी’ हो । जब वेदले यसरी भन्दछ भने त अरू विदेशीहरूको कपोलकल्पितलाई बुद्धिमानीहरूले कहिल्यै पनि मान्न सक्दैनन् । रह्यो देवासुर-संग्रामको कुरा यसमा आर्यावर्तीय अर्जुन तथा महाराजा दशरथ आदि जुन कि हिमालय पहाडमा आर्य विद्वान् र दस्यु, म्लेच्छ असुरहरूको जुन युद्ध भएको थियो, त्यसमा ‘देव’ अर्थात् आर्यहरूको रक्षा र असुरहरूको पराजय गर्नको लागि सहायक भएका थिए । यसबाट यही सिद्ध हुन्छ कि आर्यावर्तको बाहिर चारैतिर जुन हिमालयको पूर्व, आग्नेय, दक्षिण, नैर्ऋत, पश्चिम, वायव्य, उत्तर, ईशान देशमा मनुष्य रहन्छन् उनैको नाम ‘असुर’ सिद्ध हुन्छ । किनभने जब-जब हिमालय-प्रदेशस्थ आर्यहरूमाथि लड्नलाई चढाई गर्दथे, तब-तब यहाँका राजा-महाराजाहरू उनै उत्तर आदि देशहरूमा आर्यहरूको सहायक हुने गर्दथे । फेरि जुन श्रीरामचन्द्रसँग दक्षिणमा युद्ध भएको थियो, त्यसको नाम ‘देवासुर-संग्राम’ होइन, किन्तु त्यसलाई राम-रावण अथवा आर्य र राक्षसहरूको संग्राम भन्दछन् । कुनै पनि संस्कृत ग्रन्थमा वा इतिहासमा लेखिएको छैन कि आर्यहरू ईरानबाट आए र यहाँका जङ्गलीहरूसित लडेर, जय पाएर, उनीहरूलाई निकालेर यस देशका राजा भए, पुनः विदेशीहरूका लेख माननीय कसरी हुन सक्दछ ? र—
आर्य र म्लेच्छहरूको विषयमा व्याख्या (८.५)
आर्यवाचो म्लेच्छवाचः सर्वे ते दस्यवः स्मृताः ॥१॥ म्लेच्छदेशस्त्वतः परः ॥२॥
        —मनुस्मृति [तुलना-(अध्याय १०/श्लोक ४५, अध्याय २/श्लोक २३)] ॥
जुन आर्यावर्त देशहरूको सीमादेखि भिन्न देश छन्, तिनीहरूलाई ‘दस्युदेश’‘म्लेच्छदेश’ भनिन्छ ॥१-२॥ यसबाट पनि यो सिद्ध हुन्छ कि आर्यावर्तदेखि भिन्न पूर्वदेशदेखि लिएर ईशान, उत्तर, वायव्य र पश्चिम देशहरूमा रहनेवालाहरूको नाम ‘दस्यु’‘म्लेच्छ’ तथा ‘असुर’ हो । साथै नैर्ऋत, दक्षिण तथा आग्नेय दिशाहरूमा आर्यावर्त देश भन्दा भिन्न रहनेवालाहरूको नाम ‘राक्षस’ हो । अहिले पनि हेर ! हब्शी र निग्रोहरूको स्वरूप भयङ्कर जस्तो कि राक्षहरूको वर्णन बारेमा गरिएको छ, त्यस्तै नै देखिन्छ । फेरि आर्यावर्तको सीधा तल रहनेहरूको नाम ‘नाग’ र त्यस देशको नाम ‘पाताल’ यस कारण भन्दछन् कि ती देशहरू आर्यावर्तीय मनुष्यहरूको ‘पाद’ (पाउ) अर्थात् पैतालामुनि खुट्टादेखि तल पर्दछ । तिनीहरूलाई ‘नागवंशी’ अर्थात् नाग नाम भएका पुरुषहरूका वंशका राजाहरू हुने गर्दथे । त्यसैकी उलुपी राजकन्यासँग अर्जुनको विवाह भएको थियो, अर्थात् इक्ष्वाकुदेखि लिएर कौरव-पाण्डवसम्म सर्व-भूगोलमा आर्यहरूको राज्य र वेदहरूको थोरै-थोरै प्रचार आर्यावर्तदेखि भिन्न देशहरूमा पनि हुने गर्दथ्यो । यसमा यो प्रमाण छ कि ब्रह्माको पुत्र विराट्, विराट्को मनु, मनुको मरीच्यादि दश, यिनका स्वायंभवादि सात राजा र उनका सन्तान इक्ष्वाकु आदि राजा जो आर्यावर्तका प्रथम राजा भए, जसले यो आर्यावर्त बसाएका हुन् ।
अब अभाग्योदयले र आर्यहरूको आलस्य, प्रमाद, परस्परको विरोधले गर्दा अन्य देशको राज्यलाई गाभ्ने त कुरै भएन यसको कथा के भनौं, किन्तु आर्यावर्तमा पनि आर्यहरूको अखण्ड, स्वतन्त्र, स्वाधीन, निभर्य राज्य यति वेला छैन । जे-जति छन् त्यसमा पनि विदेशीहरूको पादाक्रान्त भैरहेको छ । केही-केही नगन्य मात्रामा राजाहरू स्वतन्त्र छन् । दुर्दिन जब आउँछ तब देशवासीहरूले अनेक दुःख भोग्नु पर्दछ । कसैले कति नै किन नगरोस्, परन्तु जुन स्वदेशीय राज्य हुन्छ, त्यो सर्वोपरि उत्तम हुन्छ । अथवा मतमतान्तरको आग्रहरहित, आफ्नो र परायको पक्षपातशून्य, प्रजामाथि माता-पिताको समान कृपा, न्याय र दयाको साथमा रहेको विदेशीहरूको राज्य पनि कहिल्यै पूर्ण सुखदायक हुँदैन । परन्तु भिन्न-भिन्न भाषा, पृथक्-पृथक् शिक्षा, अलग-अलग व्यवहारको विरोध छुट्न अति दुष्कर छ । बिना यसलाई नछोडिकन परस्परको पूरा उपकार र अभिप्राय सिद्ध हुन कठिन छ । त्यसैले जे-जति वेदशास्त्रहरूमा व्यवस्था वा इतिहास लेखिएका छन्, त्यसैलाई मान्य गर्नु भद्रपुरुषहरूको काम हो ।
प्रश्न— जगत्‌को उत्पत्तिमा कति समय व्यतीत भयो ?
उत्तर— एक अर्ब, छयान्नब्बे करोड, कयौं लाख र कयौं हजार वर्ष जगत्‌को उत्पत्ति र वेदहरूको प्रकाश हुनमा लागेको छ । यसको स्पष्ट व्याख्या हेर्न चाहेमा मैले बनाएको ‘ऋग्वेदादिभाष्यभूमिका’ हेर्नुहोला ।
इत्यादि प्रकार सृष्टिको बनाउनमा र बन्नमा रह्यो र यो पनि छ कि सबै भन्दा सूक्ष्म टुक्रा अर्थात् जसलाई काट्न सकिंदैन, त्यसको नाम परमाणु, साठी परमाणुहरू मिलेर एक अणु, यसलाई अंग्रेजीमा ‘एटम’ भन्दछन्, दुई अणु मिलेर एक द्व्यणुक जुन कि स्थूल वायु हो, तीन द्व्यणुकको अग्नि, चार द्वयणुकको जल, पाँच द्व्यणुकको पृथ्वी अर्थात् तीन द्व्यणुकको त्रसरेणु र त्यसको दुई गुणा हुनाले पृथ्वी आदि दृश्य पदार्थ हुन्छन् । यसै प्रकार क्रमैले मिलाएर भूगोलादि परमात्माले बनाएका हुन् ।
ईश्वरले जगत्‌लाई धारण गर्ने विषयमा व्याख्या (८.६)
प्रश्न— यसको धारण कसले गर्दछ ? कोही भन्दछन्— ‘शेष’ अर्थात् हजार फणवाले सर्पको शिरमा पृथ्वी छ । दोस्राले भन्दछ कि— गोरुको सींगमाथि छ । तेस्रो भन्दछ कि— कसैमाथि पनि छैन । चौथोले भन्दछ कि— वायुको आधारमा । पाँचौंले भन्दछ कि— सूर्यको आकर्षणले खिचिएर आफ्नो ठेगानामा स्थित छ । छैटौंले भन्दछ कि— पृथ्वी भारी हुनाले तल-तल आकाशमा धसिएर गैरहेको छ, इत्यादिमा कसको कुरालाई सत्य मान्ने ?
उत्तर— जसले “शेष सर्पको फणमा र गोरुको सींगमा अडिएर पृथ्वी स्थित छ” भन्दछ, त्यसलाई सोध्नुपर्दछ कि सर्प र गोरुका आमा-बाउको जन्म समयमा के माथि थियो ? तथा सर्प र गोरु आदि के माथि छन् ? गोरुवाला मुसलमान त चुप हुन जानेछन्, परन्तु सर्पवाले भन्नेछन् कि सर्प कूर्ममाथि, कूर्म जलमा, जल अग्निमा, अग्नि वायुमा र वायु आकाशमा अडिएको छ । तिनीहरूसित सोध्नुपर्दछ कि ती सबै के माथि छन् ? अवश्य भन्नेछन् कि परमेश्वरमा स्थित छन् । जब उनीहरूसँग कसैले सोधोस् कि शेष र गोरु कसको छोरो हो ? तब भन्ने छन् कि कश्यप कद्रू, र गोरु गाईको । कश्यप मरीची, मरीची मनु, मनु विराट् र विराट् ब्रह्माको पुत्र, ब्रह्मा चाहिं आदि सृष्टिको थियो । जब शेषको जन्म नै भएको थिएन, त्यसको भन्दा पहिला पाँच पुस्ता भैसकेको छ, तब कसले धारण गरेको थियो ? अर्थात् कश्यपको जन्म-समयमा पृथ्वी कसमाथि अडिएको थियो ? तब ‘तैं चुप मै चुप’ र लड्न लाग्नेछन् । यसको साँचो अभिप्राय यो हो कि जुन ‘बाँकी’ रहन्छ त्यसलाई ‘शेष’ भन्दछन् । सो कुनै कविले ‘शेषधारा पृथिवीत्युक्तम्’ पृथ्वी ‘शेषको आधारमा छ ।’— यस्तो भन्यो दोस्राले उसको अभिप्रायलाई बुझेन र सर्पको मिथ्या कल्पना गर्‍यो । परन्तु जसको लागि परमेश्वर उत्पत्ति र प्रलयदेखि बाँकी अर्थात् पृथक् रहन्छ, त्यसै कारणले उसलाई ‘शेष’ भन्दछन् र उसैको आधारमा पृथ्वी छ—
स॒त्येनोत्त॑भिता॒ भूमिः॒ ॥    
—ऋग्वेद (मं.१०/सू.८५/मं.१), अथर्ववेद (कां.१४/सू.१/मं.१) ॥
(सत्य) अर्थात् जो त्रैकाल्याबाध्य, जसको कहिल्यै नाश हुँदैन, उसै परमेश्वरले भूमि आदि सबै लोकहरूलाई धारण गरेको छ ।
उ॒क्षा दा॑धार पृथि॒वीमु॒त द्याम् ॥
—यो पनि (ऋग्वेद १०/३१/८; अथर्व.४/११/१) मन्त्रको भाग हो ॥
यसै ‘उक्षा’ शब्दलाई देखेर कसैले गोरुको ग्रहण गर्‍यो होला, किनभने उक्षा गोरुको पनि नाम हो । परन्तु त्यस मूढलाई यो विदित पनि भएन कि यति ठूलो भूगोललाई धारण गर्ने सामर्थ्य गोरुमा कहाँबाट आओस् ! यसैले ‘उक्षा’ वर्षाद्वारा भूगोललाई सेचन गर्नाले ‘सूर्य’ को नाम हो । उसले आफ्नो आकर्षणबाट पृथ्वीलाई धारण गरेको छ । परन्तु सूर्यादिलाई धारण गर्नेवाला बिना परमेश्वरको दोस्रो कोही पनि छैन ।
प्रश्न— यति ठूला-ठूला भूगोलहरूलाई परमेश्वरले कसरी धारण गर्न सक्दछ होला ?
उत्तर— जसरी अनन्त आकाशको सामुन्ने ठूला-ठूला भूगोल केही पनि होइन अर्थात् समुद्रको अगाडि जलको सानो-सानो कणको तुल्य पनि होइन, त्यसरी नै अनन्त परमेश्वरको सामुन्ने असंख्य लोक एक परमाणुको तुल्य पनि होइन भन्न सकिन्छ । ऊ बाहिर-भित्र सर्वत्र व्यापक छ अर्थात्—
वि॒भूः प्र॒जासु॑ ॥                   —यो यजुर्वेद (अध्याय ३२/मन्त्र ८) को वचन हो ॥
त्यो परमात्मा सबै प्रजाहरूमा व्यापक हुँदै सबैलाई धारण गरिरहेको छ । यदि त्यो ईसाई, मुसलमान र पुराणीहरूको कथनानुसार, विभू=व्यापक हुन्थेन भने त यो सबै सृष्टिको धारण कहिल्यै गर्न सक्ने थिएन । किनभने बिना प्राप्तिको कसैलाई कुनैले धारण गर्न सक्दैन । कसैले भन्दछ कि यी सबै लोक परस्परको आकर्षणले धारण भएका छन्, पुनः परमेश्वरले धारण गर्नको के अपेक्षा छ ? तिनीहरूलाई यो उत्तर दिनुपर्दछ कि यो सृष्टि अनन्त छ, वा सान्त ? जसले अनन्त भन्दछ भने त आकारवाला वस्तु अनन्त हुन सक्दैन र यदि सान्त भन्दछ भने त उसको पर-भाग ‘सीमा’ अर्थात् जसदेखि पर कुनै पनि दोस्रो लोक छैन, वहाँ कसको आकर्षणले धारण हुनेछ ? जसरी समष्टि र व्यष्टि अर्थात् जब-जब समुदायको नाम वन राख्दछौं तब ‘समष्टि’ भनिन्छ, र एक-एक वृक्षादिलाई भिन्न-भिन्न गणना गर्‍यौं भने त ‘व्यष्टि’ भनिन्छ, त्यसरी नै सबै भूगोलहरूलाई समष्टिमा गनेर जगत् भन्यौं भने त जगत्‌को धारण र आकर्षणको कर्ता बिना परमेश्वरको दोस्रो कोही पनि छैन । यसैले जसले सबै जगत्‌लाई रच्दछ, वही—
    स दा॑धार पृथि॒वीं द्यामुतेमाम् ॥     —यो यजुर्वेद (अध्याय १३/मन्त्र ४) को वचन हो ॥
पृथिव्यादि प्रकाशरहित लोक-लोकान्तर र पदार्थ तथा सूर्यादि प्रकाशसहित लोक र पदार्थहरूको रचन-धारण वही परमात्मा गर्दछ, जो सबैमा व्यापक भैरहेको छ ।
प्रश्न— पृथिव्यादि लोक घुम्दछन् कि स्थिर छन् ?
उत्तर— घुम्दछन् ।
प्रश्न— कति मान्छेले त भन्दछन् कि सूर्य घुम्दछ र पृथ्वी घुम्दैन । फेरि कसैले भन्दछन् कि पृथ्वी घुम्दछ, सूर्य घुम्दैन । यसमा सत्य कुनलाई मान्ने हो ?
उत्तर— यी दुइटै आधा झुट्टा हुन्, किनभने वेदमा लेखिएको छ—
    आयं गौः पृश्नि॑रक्रमी॒दस॑दन्मा॒तरं॑ पु॒रः । पित॒रं॑ च प्र॒यन्त्स्वः॑ ॥
  —यजुर्वेद (अध्याय ३/मन्त्र ६) ॥
अर्थात् यो पृथ्वी जलको सहित आफ्नो अक्षमा घुम्दै फन्को मारेर आकाशमा सौर्यमण्डलको परिधिको कक्षभित्र रहेर सूर्यको परिक्रमा गर्दछ । अर्थात् सूर्यको वरिपरि रहेर पृथ्वी घुम्ने गर्दछ ।
आ कृ॒ष्णेन॒ रज॑सा॒ वर्त्त॑मानो निवे॒शय॑न्न॒मृतं॒ मर्त्यं॑ च ।
हि॒रण्यये॑न सवि॒ता रथे॒ना दे॒वो या॑ति॒ भुव॑नानि॒ पश्य॑न् ॥
—यजुर्वेद (अध्याय ३३/मन्त्र ४३) ॥
जो ‘सविता’ अर्थात् सूर्य वर्षादिको कर्ता, प्रकाशस्वरूप, तेजोमय, रमणीयस्वरूपको साथ वर्तमान, सबै प्राणी-अप्राणीहरूमा अमृतरूप वृष्टि वा किरणद्वारा अमृतको प्रवेश गराएर सबै मूर्तिमान् द्रव्यहरूलाई देखाउँदै, सबै लोकहरूको साथ केन्द्रमा रहेर आकर्षण गुणले सह वर्तमान हुँदै आफ्नो अक्षमा घुमिराख्दछ, किन्तु कुनै लोकको चारैतिर घुम्दैन । त्यसरी नै ब्रह्माण्डमा रहेका एक-एक सौर्यमण्डलमा एक सूर्य प्रकाशक र दोस्रा सबै लोक-लोकान्तर प्रकाश्य छन्, जस्तै—
दि॒वि सोमो॒ अधि॑ श्रि॒तः ॥                —अथर्ववेद (काण्ड १४/अनुवाक १/मन्त्र १) ॥
जसरी यो चन्द्रलोक सूर्यबाट प्रकाशित हुन्छ, त्यसरी नै पृथिव्यादि लोक पनि सूर्यको प्रकाशबाटै प्रकाशित हुन्छन् । परन्तु रात र दिन सर्वदा वर्तमान रहन्छन्, किनभने पृथिव्यादि लोक घुमेर जति भाग सूर्यको सामुन्ने आउँछ, त्यतिमा दिन र जति पृष्ठमा अर्थात् छेकिन्छ, त्यतिमा रात हुन्छ । अर्थात् उदय, अस्त, संध्या, मध्याह्न, मध्यरात्रि आदि जति कालावयव छन्, ती देशदेशान्तरहरूमा सदा वर्तमान रहन्छन् । अर्थात् जब आर्यावर्तमा सूर्योदय हुन्छ, त्यति वेला ‘पाताल’ अर्थात् ‘अमेरिका’ मा अस्त हुन्छ र जब आर्यावर्तमा अस्त हुन्छ, तब पाताल-देशमा उदय हुन्छ । जब आर्यावर्तमा मध्य दिन वा मध्य रात हुँदा, त्यही समयमा पाताल-देशमा मध्य रात वा मध्य दिन हुन्छ ।
जसले भन्दछन् कि सूर्य घुम्दछ र पृथ्वी घुम्दैन, ती सबै जना अज्ञ हुन्, किनभने यदि यस्तो हुन्थ्यो भने त कयौं हजार वर्षको दिन र रात हुन्थ्यो । अर्थात् सूर्यको नाम (ब्रध्नः) पृथ्वी भन्दा लाखौं गुणा ठूलो र करोडौं कोस दूर छ । जस्तै तोरीको गेडाको सामुन्ने पहाड घुमेमा धेरै बेर लाग्नेछ तर पहाडको सामुन्ने तोरीको गेडा घुमेमा धेरै समय लाग्दैन, त्यसरी नै पृथ्वी घुम्नाले यथायोग्य रात-दिन हुन्छन्, सूर्य घुम्नाले हुँदैन । फेरि जसले सूर्य स्थिर छ भन्दछन्, ती पनि ज्योतिर्विद्यावित् होइनन् । किनभने यदि सूर्य घुम्दैनथ्यो भने त एक राशि स्थानदेखि दोस्रो ‘राशि’ अर्थात् स्थानलाई प्राप्त हुन्थेन, र गुरु पदार्थ बिना नघुमिकन आकाशमा नियत स्थानमा कहिल्यै पनि रहन सक्दैन । साथै जुन जैन आदि भन्दछन् कि पृथ्वी घुम्दैन किन्तु तल जान्छ र दुई सूर्य र चन्द्र केवल जम्बूद्वीपमा छन्, ती त बाह्र लोहोटा गहिरो भाङ्गको नशामा निमग्न छन्, किनभने यदि तल-तल जान्थ्यो भने त चारैतिरबाट वायुको चक्र नबन्नाले पृथ्वी छिन्न-भिन्न हुन्थ्यो र निम्न-स्थल पृथ्वीमा रहनेहरूलाई वायुको स्पर्श हुनेथिएन, तलतिरपट्टिकालाई अधिक र एकैनासको वायुको गति हुन्थ्यो । दुइटा सूर्य र चन्द्र हुन्थे भने त रात र कृष्णपक्षको हुनु नै नष्ट-भ्रष्ट हुन्थ्यो । त्यसैले एक भूमिको नजिक एक चन्द्र र अनेक चन्द्र, अनेक भूमिहरूको मध्यमा एक सूर्य रहने गर्दछ ।
प्रश्न— सूर्य, चन्द्र र ताराहरू के वस्तु हुन् र तिनमा मनुष्यादि सृष्टि छ कि छैन ?
उत्तर— यी सबै भूगोल लोक हुन् र जीवन सम्भव भएकामा मनुष्यादि प्रजा पनि रहन्छन्, किनभने—
एतेषु हीद सर्वं वसु हितमेते हीद सर्वं वासयन्ते
तद्यदिद सर्वं वासयन्ते तस्माद्वसव इति ॥                               
—शतपथ ब्राह्मण काण्ड १४ (प्रपा.६/ब्रा.७/कं.४) ॥
पृथ्वी, जल, अग्नि, वायु, आकाश, चन्द्र, नक्षत्र र सूर्य यिनीहरूको वसु नाम यसै कारणले भएको हो कि यिनीहरूमा नै पदार्थ र जीवन सम्भाव्यता भएकामा प्रजा बस्दछन् र यिनैले सबै पदार्थलाई आफूमा बसाउँदछन् । जस कारण वासको निवास गर्नको लागि घर भएकाले यिनैको नाम ‘वसु’ हो । जब यस हाम्रो एक सौरमण्डलमा स्थित सूर्य, पृथ्वी, चन्द्र, मंगल, बुध, शनि, राहु, केतु र नक्षत्र आदि वसु छन् भने, पश्चात् यस विशाल ब्रह्माण्डमा रहेका अन्य सौरमण्डलस्थ आदिका पृथिव्यादि लोकमा पनि यसै प्रकारका प्रजा हुनमा केको सन्देह ? र जसरी परमेश्वरको यो सानो पृथ्वीलोक मनुष्यादि सृष्टिले भरिएको छ भने त, के ती सबै मण्डलस्थ भित्रका पृथिव्यादि लोक शून्य छन् होला ? परमेश्वरको कुनै पनि काम निष्प्रयोजन हुँदैन भने त, के यतिका असंख्य लोक भित्रमा जीवन सम्भाव्यता रहेका पृथिव्यादि लोकमा मनुष्यादि सृष्टि नहोस् त सफल कहिल्यै हुन सक्दछ ? यसैले सर्वत्र मण्डलस्थ भित्रका पृथिव्यादि लोकमा पनि मनुष्यादि सृष्टि छ ।
प्रश्न— जस्तो यस देशमा मनुष्यादि सृष्टिको आकृति अवयव छ, त्यस्तै नै अन्य लोकहरूमा छ कि विपरीत ?
उत्तर— कुनै-कुनै आकृतिमा भेद हुन सम्भव छ, जस्तै यस देशमा चीनी, हब्शीआर्यावर्त, यूरोपमा अवयव अनि रङ्ग-रूप र आकृतिमा पनि थोरै-थोरै भेद देखिन्छ, यसै प्रकारले लोक-लोकान्तरहरूमा पनि भेद हुन्छन् । परन्तु जुन जातिको जस्तो सृष्टि यस देशमा छ, त्यस्तो जातिकै नै सृष्टि अन्य लोकहरूमा पनि हुन सक्दछ । जुन-जुन शरीरको प्रदेशमा नेत्रादि अङ्ग छन्, उसै-उसै प्रदेश र लोकान्तरहरूमा पनि उसै जातिको अवयव पनि त्यस्तै नै हुन्छन् । किनभने—
सू॒र्या॒च॒न्द्र॒मसौ॑ धा॒ता य॑थापू॒र्वम॑कल्पयत् । दिवं॑ च पृथि॒वीं चा॒न्तरि॑क्ष॒मथो॒ स्वः॑ ॥
—ऋग्वेद (मण्डल १०/सूक्त १९०/मन्त्र ३) ॥
‘धाता’ परमात्माले जुन प्रकारको सूर्य, चन्द्र, द्यौ, भूमि, अन्तरिक्ष र तत्रस्थ सुख विशेष पदार्थ पूर्वकल्पमा रचेको थियो, त्यस्तै नै यस कल्प अर्थात् यस सृष्टिमा रचेको छ, तथा सबै लोक-लोकान्तरहरूमा पनि बनाएको छ । भेद किंचित्-मात्र पनि हुँदैन ।
प्रश्न— जुन वेदहरूको यस लोकमा प्रकाश छ, उनै वेदहरूको ती लोकहरूमा पनि प्रकाश छ कि छैन ?
उत्तर— उनै वेदहरूको अवश्य छ । जसरी एक राजाको राज्यव्यवस्थाको नीति देशभरि सबैमा समान हुन्छ, त्यसरी नै परमात्मा राजराजेश्वरको वेदोक्त नीति आफ्नो सृष्टिरूप सबै राज्यमा एकैनास हुन्छ ।
प्रश्न— जब यी जीव र प्रकृतिस्थ तत्त्व अनादि र ईश्वरले बनाएको होइन भने त, ईश्वरको अधिकार पनि यी माथि नहुनुपर्ने, किनभने सबै स्वतन्त्र भए ?
उत्तर— जसरी राजा र प्रजा समकालमा हुन्छन् र राजाको आधीन प्रजा हुन्छन्, त्यसरी नै परमेश्वरको आधीन जीव र जड पदार्थ छन् । जब परमेश्वर सबै सृष्टिलाई बनाउने, जीवहरूलाई कर्मफलहरू दिने, सबैको यथावत् रक्षक र अनन्त सामर्थ्यवाला हुनाले, अल्प सामर्थ्य जीव पनि र जड पदार्थ उसको आधीन किन नहुने ? यसैले जीव कर्म गर्नमा स्वतन्त्र, परन्तु कर्मको फल भोग्नमा ईश्वरको व्यवस्थाले परतन्त्र छ, त्यसरी नै सर्वशक्तिमान् सृष्टि, संहार र पालन सबै विश्वको गरिरहेको छ ।
यस भन्दा अगाडि विद्या, अविद्या, बन्ध र मोक्ष-विषयमा लेखिनेछ । यो आठौं समुल्लास पूरा भयो ।

इति श्रीमद्दयानन्दसरस्वतीस्वामिकृते सत्यार्थप्रकाशे सुभाषाविभूषिते
सृष्ट्यिुत्पत्तिस्थितिप्रलयविषयेऽष्टमः समुल्लासः सम्पूर्णः ॥८॥







Comments

Popular posts from this blog

समुल्लास ११ भाग १

चौधौं समुल्लास

समुल्लास ११ भाग २