छैटौं समुल्लास
राजा र प्रजाको धर्म एवं कर्तव्यको विषयमा वर्णन
राजधर्मको विषय (६.१)
राजधर्मान् प्रवक्ष्यामि यथावृत्तो भवेन्नृपः । संभवश्च यथा तस्य सिद्धिश्च परमा यथा ॥१॥
ब्राह्मं प्राप्तेन संस्कारं क्षत्रियेण यथाविधि । सर्वस्यास्य यथान्यायं कर्त्तव्यं परिरक्षणम् ॥२॥
—मनुस्मृति (अध्याय ७/श्लोक १-२) ॥
अब मनुजी ऋषिहरूसँग भन्नुहुन्छ कि चारै वर्ण र चारै आश्रमको व्यवहार कथनको पश्चात् राजधर्महरूलाई बताउनेछु कि जुन प्रकारले राजा हुनुपर्दछ, र जसरी यो हुन सम्भव छ तथा जसरी यसले परमसिद्ध प्राप्त गरोस्, त्यो सबै प्रकारले बताउँछु ॥१॥ कि जसरी परम विद्वान् ब्राह्मण हुन्छ, त्यसरी नै विद्वान् सुशिक्षित भएर क्षत्रियलाई योग्य यो हुन्छ कि यस सबै राज्यको रक्षा न्यायबाट यथावत् गरोस् ॥२॥ कसरी
त्रीणि॑ राजाना वि॒दथे॑ पु॒रूणि॒ परि॒ विश्वा॑नि भूषथः॒ सदां॑सि ॥
—ऋग्वेद (मण्डल ३/सूक्त ३८/मन्त्र ६) ॥
ईश्वरले उपदेश गर्दछ कि (राजाना) राजा र प्रजाका पुरुषहरू मिलेर (विदथे) सुख प्राप्ति र विज्ञानवृद्धिकारक राजा-प्रजाको सम्बन्धरूप व्यवहारमा (त्रीणि सदांसि) तीन सभा अर्थात् विद्यार्य्यसभा, धर्मार्य्यसभा र राजार्य्यसभा नियत गरेर (पुरूणि) धेरै प्रकारको (विश्वानि) समग्र प्रजासम्बन्धी मनुष्यादि प्राणीहरूको (परिभूषथः) सबैतिरबाट विद्या, स्वातन्त्र्य, धर्म, सुशिक्षा र धनादिले अलंकृत गरोस् ।
तीन सभाको बारेमा कथन (६.२)
तं स॒भा च॒ समि॑तिश्च॒ सेना॑ च॒ ॥१॥ —अथर्ववेद (काण्ड१५/सूक्त ९/मन्त्र २) ॥
सभ्यः॑ स॒भां मे॑ पाहि॒ ये च॒ सभ्याः॑ सभा॒सदः॑ ॥२॥
—अथर्ववेद (काण्ड१९/सूक्त ५५/मन्त्र ५) ॥
(तम्) त्यस राजधर्मको (सभा च) तीनै सभा (समितिश्च) संग्रामादिको व्यवस्था, र (सेना च) सेना मिलेर पालन गरोस् ॥१॥ सभासद् र राजालाई योग्य हो कि राजाले सबै सभासद्लाई आज्ञा देओस् कि— हे (सभ्य) सभाका योग्य मुख्य सभासद् ! तैंले (मे) मेरो (सभाम्) सभाको धर्मयुक्त व्यवस्थाको (पाहि) रक्षा गर्, र (ये च) जो (सभ्याः) सभाको योग्य (सभासदः) सभासद् छन्, तिनीहरूले पनि सभाको व्यवस्थाको पालन गरून् ॥२॥ यसको अभिप्राय यो हो कि एउटालाई स्वतन्त्र राज्यको अधिकार दिन हुँदैन किन्तु राजा जो सभापति तदधीन सभा, सभाधीन राजा, राजा र सभा प्रजाको आधीन, र प्रजा राजसभाको आधीनमा रहोस् । यदि यस्तो गरेनौ भने त—
राष्ट्रमेव विश्याहन्ति तस्माद्राष्ट्री विशं घातुकः ।
विशमेव राष्ट्रायाद्यां तस्माद्राष्ट्री विशमत्ति न पुष्टं पशुं मन्यत इति ॥
—शतपथ ब्राह्मण [कां. १३/प्रपा. २/ब्रा. ३/क. (७-८)] ॥
जो प्रजादेखि स्वतन्त्र स्वाधीन राजवर्ग रहे भने त राजपुरुष (राष्ट्रमेव विश्याहन्ति) राज्यमा प्रवेश गरेर प्रजाको नाश गर्ने गर्दछ । जस कारणले एक्लै राजा स्वाधीन वा उन्मत्त भएर (राष्ट्री विशं घातुकः) प्रजाको नाशक हुन्छ, अर्थात् ‘विशमेव राष्ट्रायाद्यां करोति’ त्यस राजाले प्रजालाई खाइदिन्छ गर्दछ (अत्यन्त पीडा दिन्छ), त्यसैले कुनै एकलाई राज्यमा स्वाधीन गर्न हुँदैन । जसरी— सिंह वा मांसाहारीले पुष्ट पशुलाई मारेर खान्छ, त्यसरी नै (राष्ट्री विशमत्ति) स्वतन्त्र राजाले प्रजाको नाश गर्दछ, अर्थात् कसैलाई आफू भन्दा अधिक अथवा माथि जान दिंदैन, श्रीमान्लाई लुटेर, आरोप लगाएर अन्यायले दण्ड दिंदै आफ्नो प्रयोजन सिद्ध गर्दछ । त्यसैले—
राजा एवं सभापतिको लक्षणहरू (६.३)
इन्द्रो॑ जयाति॒ न परा॑ जयाता अधिरा॒जो राज॑सु राजयातै ।
च॒र्कृत्य॒ ईड्यो॒ वन्द्य॑श्चोप॒सद्यो॑ नम॒स्यो भवे॒ह ॥
—अथर्ववेद (काण्ड ६/सूक्त ९८/मन्त्र १) ॥
हे मनुष्यहरू हो ! जो (इह) मनुष्यको समुदायमा (इन्द्रः) परम ऐश्वर्यका कर्ता, शत्रुहरूलाई (जयाति) जित्न सकोस् (न पराजयातै) जो शत्रुहरूदेखि पराजित हुँदैन (राजसु) राजाहरूमा (अधिराजः) सर्वोपरि विराजमान (राजयातै) प्रकाशमान होस् (चर्कृत्यः) सभापति हुनको लागि अत्यन्त योग्य (ईड्यः) प्रशंसनीय गुण-कर्म-स्वभावयुक्त (वन्द्यः) सत्करणीय (चोपसद्यः) समीप जान र शरण लिन योग्य (नमस्यः) सबैका माननीय (भव) होओस्, त्यसैलाई सभापति राजाले बनाओस् ।
इ॒मं दे॑वाऽअसप॒त्न सु॑वध्यं मह॒ते क्ष॒त्राय॑ मह॒ते ज्यैष्ठ्या॑य मह॒ते जान॑राज्या॒येन्द्रस्ये॒न्द्रि॒याय॑० ॥
—यजुर्वेद (अध्याय ९/मन्त्र ४०) ॥
हे (देवाः) विद्वान्हरू ! राजाप्रजाजनहरू ! तिमी (इमम्) यस प्रकारका पुरुषहरूलाई (महते क्षत्राय) विशाल चक्रवर्ती राज्य (महते ज्यैष्ठाय) सबै भन्दा ठूलो बनाउँन (महते जानराज्याय) ठूला-ठूला विद्वान्हरूले युक्त राज्य पालन गर्न, र (इन्द्रस्येन्द्रियाय) परम ऐश्वर्ययुक्त राज्य र धनको पालनको लागि (असपत्नसुवध्वम्) सम्मति गरेर सर्वत्र पक्षपातरहित, पूर्णविद्या-विनययुक्त, सबैको मित्र सभापति राजालाई सर्वाधीश मानेर सब भूगोललाई शत्रुरहित बनाओ । फेरि—
स्थि॒रा वः॑ स॒न्त्वायु॑धा परा॒णुदे॑ वी॒ळू उ॒त प्र॑ति॒ष्कभे॑ ।
यु॒ष्माक॑मस्तु॒ तवि॑षी॒ पनी॑यसी॒ मा मर्त्य॑स्य मा॒यिनः॑ ॥
—ऋग्वेद (मण्डल १/सूक्त ३९/मन्त्र २) ॥
ईश्वरले उपदेश गर्दछ कि हे राज पुरुषहरू हो ! (वः) तिम्रो (आयुधा) आग्नेयादि अस्त्र ‘शतघ्नी’ तोप, ‘भुशुण्डी’ बन्दूक, धनुष-बाण, ‘असि’ तलवार आदि शस्त्र; शत्रुहरूको (पराणुदे) पराजय गर्न (उत प्रतिष्कभे) र रोक्नको लागि (वीलू) प्रशंसित र (स्थिरा) दृढ (सन्तु) बनून् (युष्माकम्) र तिम्रो (तविषी) सेना (पनीयसी) प्रशंसनीय (अस्तु) हुँदै जसबाट तिमी सदा विजयी भैराख, परन्तु (मा मर्त्यस्य मायिनः) जसले निन्दित अन्यायरूपी काम गर्दछ, त्यसको लागि पूर्व चीजहरू नहून् । अर्थात् जबसम्म मनुष्य धार्मिक रहन्छन्, तबसम्म राज्य पनि बढ्दैराख्दछ र जब दुष्टाचारी हुन्छन् तब नष्ट-भ्रष्ट हुनजान्छ । महाविद्वान्हरूलाई विद्यासभाऽधिकारी, धार्मिक विद्वान्हरूलाई धर्मसभाका अधिष्ठाता र प्रशंसनीय धार्मिक पुरुषहरूलाई राजसभाका सभासद् र सबैको बीचमा जो उत्तम पुरुष हुन्छ, त्यसलाई राजा सभाको पतिरूपमा मानेर सबै प्रकारबाट उन्नति गरून् । तीनै सभाहरूको सम्मतिले राजनीतिको उत्तम नियम र नियमहरूको आधीन सबैजना चलून्, सबैको हितकारक कामहरूमा सम्मति गरोस् । सर्वहित गर्नको लागि परतन्त्र र धर्मयुक्त कामहरूमा जुन-जुन निजको काम होस्, त्यस-त्यसमा स्वतन्त्र रहोस् ।
पुनः त्यस सभापतिको गुण कस्तो होस्—
इन्द्राऽनिलयमार्काणामग्नेश्च वरुणस्य च । चन्द्रवित्तेशयोश्चैव मात्रा निर्हृत्य शाश्वतीः ॥१॥
तपत्यादित्यवच्चैष चक्षूंषि च मनांसि च । न चैनं भुवि शक्नोति कश्चिदप्यभिवीक्षितुम् ॥२॥
सोऽग्निर्भवति वायुश्च सोऽर्कः सोमः स धर्मराट् । स कुबेरः स वरुणः स महेन्द्रः प्रभावतः ॥३॥
—मनुस्मृति (अध्याय ७/श्लोक ४, ६, ७) ॥
त्यो सभेश राजा ‘इन्द्र’ विद्युत्को तुल्य शीघ्र ऐश्वर्यकर्ता, ‘वायु’ को समान सबैको प्राणवत् प्रिय र हृदयको कुरालाई जान्ने, ‘यम’ पक्षपातरहित-न्यायाधीशको समान चल्नेवाला, ‘सूर्य’ को समान न्याय, धर्म, विद्याको प्रकाशक, अन्धकार अर्थात् अविद्या-अन्यायको निरोधक, ‘अग्नि’ को समान दुष्टलाई भस्म गर्नेवाला, ‘वरुण’ अर्थात् बाँध्नेवालाकै सदृश दुष्टहरूलाई अनेक प्रकारबाट बाँध्नेवाला, ‘चन्द्र’ कै तुल्य श्रेष्ठ-पुरुषहरूको आनन्ददाता, ‘धनाध्यक्ष’ कै समान कोशरूलाई पूर्ण गराउनेवाला सभापति होओस् ॥१॥ जो सूर्यवत् प्रतापी सबैको बाह्य र भित्र मनलाई आफ्नो तेजले तपाउनेवाला, जसलाई पृथ्वीमा कडा नजरले हेर्नको लागि कोही पनि समर्थ नहोओस् ॥२॥ र जो आफ्नो प्रभावले अग्नि, वायु, सूर्य, सोम, धर्मप्रकाशक, धनवर्द्धक, दुष्टहरूको बन्धनकर्ता, बडो ऐश्वर्यशाली होओस्, त्यही ‘सभाध्यक्ष’ ‘सभेश’ बनोस् ॥३॥
दण्डको बारेमा व्याख्या (६.४)
साँचो राज कुन हो—
स राजा पुरुषो दण्डः स नेता शासिता च सः । चतुर्णामाश्रमाणां च धर्मस्य प्रतिभूः स्मृतः ॥१॥
दण्डः शास्ति प्रजाः सर्वा दण्ड एवाभिरक्षति । दण्डः सुप्तेषु जागर्ति दण्डं धर्मं विदुर्बुधाः ॥२॥
समीक्ष्य स धृतः सम्यक् सर्वा रञ्जयति प्रजाः । असमीक्ष्य प्रणीतस्तु विनाशयति सर्वतः ॥३॥
दुष्येयुः सर्ववर्णाश्च भिद्येरन्सर्वसेतवः । सर्वलोकप्रकोपश्च भवेद्दण्डस्य विभ्रमात् ॥४॥
यत्र श्यामो लोहिताक्षो दण्डश्चरति पापहा । प्रजास्तत्र न मुह्यन्ति नेता चेत्साधु पश्यति ॥५॥
तस्याहुः संप्रणेतारं राजानं सत्यवादिनम् । समीक्ष्यकारिणं प्राज्ञं धर्मकामार्थकोविदम् ॥६॥
तं राजा प्रणयन्सम्यक् त्रिवर्गेणाभिवर्द्धते । कामात्मा विषमः क्षुद्रो दण्डेनैव निहन्यते ॥७॥
दण्डो हि सुमहत्तेजो दुर्धरश्चाकृतात्मभिः । धर्माद्विचलितं हन्ति नृपमेव सबान्धवम् ॥८॥
सोऽसहायेन मूढेन लुब्धेनाकृतबुद्धिना । न शक्यो न्यायतो नेतुं सक्तेन विषयेषु च ॥९॥
शुचिना सत्यसन्धेन यथाशास्त्रानुसारिणा । प्रणेतुं शक्यते दण्डः सुसहायेन धीमता ॥१०॥
—मनुस्मृति (अध्याय ७/श्लोक १७-१९, २४-२८, ३०-३१) ॥
जुन दण्ड हो त्यही पुरुष, राजा, त्यही न्यायको प्रचारकर्ता, र सबैको शासनकर्ता, त्यही चार वर्ण र चारै आश्रमको धर्मको ‘प्रतिभू’ अर्थात् जमानत हो ॥१॥ त्यही प्रजाको शासनकर्ता, सबै प्रजाको रक्षक, सुतिराखेका प्रजास्थ मनुष्यहरूमा जाग्दछ, त्यसैले बुद्धिमानीहरू दण्डलाई नै धर्म भन्दछन् ॥२॥ जुन दण्ड राम्रो विचारसँग धारण गरियो भने त त्यसले सबै प्रजालाई आनन्दित तुल्याउँछ र यदि बिना विचार गरेर चलाइयो भने त सबैतिरबाट राजाको विनाश गर्दछ ॥३॥ बिना दण्डले सबै वर्ण दूषित र सबै मर्यादा छिन्न-भिन्न हुन जान्छ । दण्डको यथावत् व्यवस्था नहुनाले सबैजनहरूमा प्रकोप बढ्नेछ ॥४॥ जहाँ कृष्णवर्ण रक्तनेत्र भयङ्कर पुरुषको समान पापलाई नाश गर्नेवाला दण्ड विचर्दछ, त्यहाँ प्रजा मोहलाई प्राप्त नभएर आनन्दित हुन्छन्, परन्तु दण्डलाई चलाउनेवाला पक्षपातरहित विद्वान् हुन्छ भने मात्र ॥५॥ जो त्यस दण्डलाई चलाउनेवाला सत्यवादी; विचारक; बुद्धिमान्; धर्म, अर्थ र कामको सिद्धि गर्नमा पण्डित राजा छ भने, त्यही नै त्यस दण्डलाई चलाउनेवाला विद्वान्हरू भन्दछन् ॥६॥ जुन दण्डलाई राम्रो प्रकारसँग राजाले चलाउँछ; त्यो धर्म, अर्थ र कामको सिद्धिले बढ्दछ; र जो विषयमा लम्पट, टेढो, ईर्ष्या गर्ने, क्षुद्र, नीचबुद्धि न्यायाधीश, राजा हुन्छ; त्यो दण्डले नै मारिन्छ ॥७॥ जब दण्ड बडो तेजोमय हुन्छ भने, त्यसलाई अविद्वान्, अधर्मात्माले धारण गर्न सक्दैन, तब त्यो दण्डले धर्मदेखि रहित कुटुम्बसहित राजाको नै नाश गरिदिन्छ ॥८॥ किनभने जो आप्त पुरुषहरूका लागि सहाय, विद्या, सुशिक्षादेखि रहित, विषयमा आसक्त मूढ हुन्छ; त्यो न्यायले दण्डलाई चलाउनमा समर्थ कहिल्यै पनि हुन सक्दैन ॥९॥ र जो पवित्र आत्मा, सत्याचार र सत्पुरुषहरूको सङ्गी, यथावत् नीतिशास्त्रको अनुकूल चल्नेवाला, श्रेष्ठ पुरुषहरूका लागि सहायताले युक्त बुद्धिमान् हुन्छ, त्यही नै न्यायरूपी दण्डलाई चलाउनमा समर्थ हुन्छ ॥१०॥ त्यसैले—
राजाको कर्तव्य (६.५)
सैन्यापत्यं च राज्यं च दण्डनेतृत्वमेव च । सर्वलोकाधिपत्यं च वेदशास्त्रविदर्हति ॥१॥
दशावरा वा परिषद्यं धर्मं परिकल्पयेत् । त्र्यवरा वापि वृत्तस्था तं धर्मं न विचालयेत् ॥२॥
त्रैविद्यो हैतुकस्तर्की नैरुक्तो धर्मपाठकः । त्रयश्चाश्रमिणः पूर्वे परिषत्स्याद्दशावरा ॥३॥
ऋग्वेदविद्यजुर्विच्च सामवेदविदेव च । त्र्यवरा परिषज्ज्ञेया धर्मसंशयनिर्णये ॥४॥
एकोऽपि वेदविद्धर्मं यं व्यवस्येद् द्विजोत्तमः । स विज्ञेयः परो धर्मो नाज्ञानामुदितोऽयुतैः ॥५॥
अव्रतानाममन्त्राणां जातिमात्रोपजीविनाम् । सहस्रशः समेतानां परिषत्त्वं न विद्यते ॥६॥
यं वदन्ति तमोभूता मूर्खा धर्ममतद्विदः । तत्पापं शतधा भूत्वा तद्वक्तॄननुगच्छति ॥७॥
—मनुस्मृति (अध्याय १२/श्लोक १००, ११०-११५) ॥
सबै सेना, र सेनापतिहरूको माथि राज्याधिकार, दण्ड दिने व्यवस्थाको सबै कार्यहरूको आधिपत्य, र सबैमाथि वर्तमान सर्वाधीश राजाधिकार, यी चारै अधिकारीहरूमा सम्पूर्ण वेद-शास्त्रहरूमा प्रवीण, पूर्ण विद्यावाला, धर्मात्मा, जितेन्द्रिय, सुशील जनहरूलाई स्थापित गर्नुपर्दछ । अर्थात् मुख्य सेनापति, मुख्य राज्याधिकारी, मुख्य न्यायाधीश, प्रधान र राजा यी चार सबै विद्यामा पूर्ण विद्वान् हुनुपर्दछ ॥१॥ न्यून भन्दा न्यून दश विद्वान्हरू अथवा एकदमै न्यून छ भने तीन जना विद्वान्हरूको सभाजस्तो व्यवस्था गरोस्, त्यसरी बनाइएको ‘धर्म’ अथवा व्यवस्थाको कसैले पनि उल्लङ्घन नगरोस् ॥२॥ यस सभामा चारै वेद, न्यायशास्त्र, निरुक्त, धर्मशास्त्र आदिको वेत्ता विद्वान् सभासद होस् परन्तु त्यो ब्रह्मचारी, गृहस्थ र वानप्रस्थ होस् तब त्यो सभा कि जसमा दश विद्वान्हरू भन्दा न्यून हुनुहुँदैन ॥३॥ र जुन सभामा ऋग्वेद, यजुर्वेद, सामवेदलाई जान्ने तीन सभासदको व्यवस्था गरोस्, त्यस सभामा गरिएको व्यवस्थालाई पनि कसैले उल्लङ्घन नगरोस् ॥४॥ यदि एउटा एक्लै सबै वेदहरूलाई जान्ने द्विजहरूमा उत्तम संन्यासीले जुन धर्मको व्यवस्था गर्दछ, त्यही श्रेष्ठ धर्म हो, किनभने अज्ञानीहरूले हजारौं लाखौं र करोडौं मिलेर पनि जुन व्यवस्था गर्दछन्, त्यसलाई कहिल्यै पनि मान्न हुँदैन ॥५॥ जो ब्रह्मचर्य-सत्यभाषणादि व्रत, वेदविद्या वा विचारदेखि रहित, जन्ममात्रले शूद्रवत् वर्तमान छन् भने त्यस्ता हजारौं मनुष्य मिलेर पनि सभा भनिंदैन ॥६॥ अविद्यायुक्त मूर्ख, वेदलाई नजान्ने मनुष्यले जुन धर्मलाई भन्दछ, त्यसलाई कहिल्यै पनि हामीले मान्न हुँदैन । किनभने जो मूर्खले बताएको धर्ममा चल्दछन् भने त, तिनको पछाडि सयकडौं प्रकारको पाप लाग्दछ ॥७॥ त्यसैले तीनै अर्थात् विद्यासभा, धर्मसभा र राजसभाहरूमा मूर्खलाई कहिल्यै पनि भर्ती गर्न हुँदैन । किन्तु सदा विद्वान् र धार्मिक पुरुषहरूको स्थापन गरोस् । र अब सबै मान्छेहरू कस्ता हुनुपर्दछ—
अट्ठाह्र व्यसनहरूको निषेध (६.६)
त्रैविद्येभ्यस्त्रयीं विद्यां दण्डनीतिं च शाश्वतीम् । आन्वीक्षिकीं चात्मविद्यां वार्त्तारम्भाँश्च लोकतः ॥१॥
इन्द्रियाणां जये योगं समतिष्ठेद्दिवानिशम् । जितेन्द्रियो हि शक्नोति वशे स्थापयितुं प्रजाः ॥२॥
दश कामसमुत्थानि तथाष्टौ क्रोधजानि च । व्यसनानि दुरन्तानि प्रयत्नेन विवर्जयेत् ॥३॥
कामजेषु प्रसक्तो हि व्यसनेषु महीपतिः । वियुज्यतेऽर्थधर्माभ्यां क्रोधजेष्वात्मनैव तु ॥४॥
मृगयाक्षो दिवास्वप्नः परिवादः स्त्रियो मदः । तौर्य्यत्रिकं वृथाट्या च कामजो दशको गणः ॥५॥
पैशुन्यं साहसं द्रोह ईर्ष्यासूयार्थदूषणम् । वाग्दण्डजं च पारुष्यं क्रोधजोऽपि गणोऽष्टकः ॥६॥
द्वयोरप्येतयोर्मूलं यं सर्वे कवयो विदुः । तं यत्नेन जयेल्लोभं तज्जावेतावुभौ गणौ ॥७॥
पानमक्षाः स्त्रियश्चैव मृगया च यथाक्रमम् । एतत्कष्टतमं विद्याच्चतुष्कं कामजे गणे ॥८॥
दण्डस्य पातनं चैव वाक्पारुष्यार्थदूषणे । क्रोधजेऽपि गणे विद्यात्कष्टमेतत्त्रिकं सदा ॥९॥
सप्तकस्यास्य वर्गस्य सर्वत्रैवानुषङ्गिणः । पूर्वं पूर्वं गुरुतरं विद्याद्व्यसनमात्मवान् ॥१०॥
व्यसनस्य च मृत्योश्च व्यसनं कष्टमुच्यते । व्यसन्यधोऽधो व्रजति स्वर्यात्यव्यसनी मृतः ॥११॥
—मनुस्मृति (अध्याय ७/श्लोक ४३-५३) ॥
राजा र राजसभाका सभासद् तब हुनसक्दछन् कि जब चारै वेदहरूको कर्मोपासना-ज्ञान-विद्यालाई जान्नेहरूमा तीनै विद्या, सनातन दण्डनीति, न्यायविद्या, आत्मविद्या अर्थात् परमात्माको गुण-कर्म-स्वभाव-स्वरूपलाई यथावत् जान्नेरूप ब्रह्मविद्या र लोकहरूसँग वार्ताहरूको आरम्भ गर्नु र सोध्नु अनि सिकेर मात्र सभासद् वा सभापति हुन सक्दछ ॥१॥ सबै सभासद् र सभापति इन्द्रियलाई जित्ने अर्थात् आफ्नो वशमा राखेर सदा धर्ममा वर्त्तोस् र अधर्मदेखि हटोस्-हटाओस्, त्यसले रात-दिन नियत समयमा योगाभ्यास पनि गर्दैराखोस्, किनभने जो जितेन्द्रियको आफ्नो इन्द्रिय मन, प्राण र शरीर प्रजा हो, यसलाई जिते बिना बाहिरका प्रजालाई आफ्नो वशमा स्थापन गर्नको लागि समर्थ कहिल्यै पनि हुन सक्दैन ॥२॥ दृढोत्साही भएर कामले दश र क्रोधले आठ व्यसनमा फसेको मनुष्य कठिनताले निक्लन सक्दछ, तिनलाई प्रयत्नले छोडिदेओस् ॥३॥ किनभने जो राजा कामबाट उत्पन्न भएको दश दुष्ट व्यसनहरूमा फस्दछ, त्यो अर्थ अर्थात् राज्य, धनादि र धर्मदेखि रहित हुन जान्छ । र जो क्रोधबाट उत्पन्न भएका आठ नराम्रा व्यसनहरूमा फस्दछ, त्यो त शरीरदेखि पनि रहित हुन जान्छ ॥४॥ कामबाट उत्पन्न हुने व्यसन— मृगया (शिकार) गर्नु, चौसर खेल्नु, जूवा खेल्नु, दिनमा सुत्नु; कामकथा वा अर्काको निन्दा गर्नु; स्त्रीलम्पट हुनु, मादकद्रव्य मद्य, अफिम, भाँग, गाँजा आदिको सेवन गर्नु; गाउनु-बजाउनु, नाच्नु वा नचाउनु वा सुन्नु र हेर्नु, वृथामा यता-उता घुमिराख्नु यी दश कामोत्पन्न व्यसन हुन् ॥५॥ क्रोधबाट उत्पन्न हुने व्यसन— ‘पैशुन्यम्’ अर्थात् चुग्लीखोरी गर्नु; बिना विचारे बलत्कार कसैकी स्त्रीसँग कुकर्ममा लाग्नु; द्रोह राख्नु; ‘ईर्ष्या’ अर्थात् अर्काको उन्नति देखेर-सुनेर डाह गर्नु र भित्रभित्रै जल्नु, ‘असूया’ दोषहरूमा गुण लगाउनु र गुणमा दोषारोपण गर्नु; ‘अर्थदूषण’ अर्थात् अधर्मयुक्त नराम्रा काममा धनादिको व्यय गर्नु; कठोर वचन बोल्नु र बिना अपराध कडा वा अधिक दण्ड दिनु; यस्ता आठ दुर्गुण क्रोधबाट उत्पन्न हुन्छन् ॥६॥ जसलाई सबै विद्वान्हरूले कामज र क्रोधजको मूल जान्दछन् कि जसबाट यी सबै दुर्गुण मनुष्यलाई प्राप्त हुन्छन्, त्यस लोभलाइ प्रयत्नले छोडिदेओस् ॥७॥ काम व्यसनमा ठूलो दुर्गुण पहिलो मद्यादि मादक द्रव्यहरूको सेवन, दोस्रो पासा आदि खेल्नु, तेस्रो स्त्रीहरूको विशेष सङ्ग, चौथो मृगया (शिकार) गर्नु, यी चार महादुष्ट व्यसन हुन् र यही नै कामजहरूमा अत्यन्त दुःखदायक दोष हुन् ॥८॥ बिना अपराध दण्डको निपातन, कठोर वचन बोल्नु र धनादिको अन्यायमा खर्च गर्नु, यी तीन क्रोधबाट उत्पन्न हुने महादुःखदायक दोषहरू हुन् ॥९॥ जुन यी सात दुर्गुण दुइटै कामज र क्रोधज दोषरूमा गनिएका छन्, यी देखि पूर्व-पूर्व अर्थात् व्यर्थ व्ययले कठोर वचन, कठोर वचनबाट अन्यायले दण्ड दिनु, यसबाट मृगया खेल्नु, यसबाट स्त्रीहरूको अत्यन्त सङ्ग, यसबाट जुवा अर्थात् द्यूत गर्नु र यसभन्दा पनि मद्यादि सेवन गर्नु बडो भारी दुष्ट व्यसन हो ॥१०॥ यसमा यो निश्चय छ कि दुष्ट व्यसनमा फस्नु भन्दा मर्नु ठीक छ । किनभने जो दुष्टाचारी पुरुष हुन्छ, त्यो अधिक बाँच्यो भने त अधिक-अधिक पाप गरेर नीच-नीच गति अर्थात् अधिक-अधिक दुःखलाई प्राप्त गर्नेछ र जो कुनै व्यसनमा फस्दैन, त्यो मरे पनि सुखलाई प्राप्त हुन्छ । त्यसैले विशेष राजा र सबै मनुष्यलाई यो उचित हुन्छ कि मृगया र मद्यपानादि दुष्ट काममा न फसोस् र दुष्ट व्यसनदेखि पृथक् भएर, धर्मयुक्त गुण-कर्म-स्वभावहरूमा सदा वर्त्तेर राम्रो-राम्रो काम गरोस् ॥११॥
मन्त्री, दूत एवं राजपुरुषहरूको लक्षण (६.७)
राजसभासद् र मन्त्री कस्तो हुनु पर्दछ—
मौलान् शास्त्रविदः शूराँल्लब्धलक्ष्यान् कुलोद्गतान् । सचिवान्सप्त चाष्टौ वा प्रकुर्वीत परीक्षितान् ॥१॥
अपि यत्सुकरं कर्म तदप्येकेन दुष्करम् । विशेषतोऽसहायेन किन्तु राज्यं महोदयम् ॥२॥
तैः सार्द्धं चिन्तयेन्नित्यं सामान्यं सन्धिविग्रहम् । स्थानं समुदयं गुप्तिं लब्धप्रशमनानि च ॥३॥
तेषां स्वं स्वमभिप्रायमुपलभ्य पृथक् पृथक् । समस्तानाञ्च कार्य्येषु विदध्याद्धितमात्मनः ॥४॥
अन्यानपि प्रकुर्वीत शुचीन् प्राज्ञानवस्थितान् । सम्यगर्थसमाहर्तॄनमात्यान्सुपरीक्षितान् ॥५॥
निवर्त्तेतास्य यावद्भिरितिकर्तव्यता नृभिः । तावतोऽतन्द्रितान् दक्षान् प्रकुर्वीत विचक्षणान् ॥६॥
तेषामर्थे नियुञ्जीत शूरान् दक्षान् कुलोद्गतान् । शुचीनाकरकर्मान्ते भीरूनन्तर्निवेशने ॥७॥
दूतं चैव प्रकुर्वीत सर्वशास्त्रविशारदम् । इङ्गिताकारचेष्टज्ञं शुचिं दक्षं कुलोद्गतम् ॥८॥
अनुरक्तः शुचिर्दक्षः स्मृतिमान् देशकालवित् । वपुष्मान्वीतभीर्वाग्मी दूतो राज्ञः प्रशस्यते ॥९॥
—मनुस्मृति (अध्याय ७/श्लोक ५४-५७, ६०-६४) ॥
स्वराज्य स्वदेशमा उत्पन्न भएका, वेदादि शास्त्रहरूलाई जान्ने, शूरवीर, जसको लक्ष्य अर्थात् विचार निष्फल नहोस्, र कुलीन, राम्रोसँग परीक्षित, सात वा आठ उत्तम धार्मिक चतुर ‘सचिवान्’ अर्थात् मन्त्री बनाओस् ॥१॥ किनभने विशेष गरेर सहायको बिना जुन सुगम कर्म हो, त्यो पनि एकले गर्नमा कठिन हुन जान्छ, जब यस्तो हुन्छ भने त महान् राज्यकर्म एकबाट कसरी चल्न सक्दछ र ? त्यसैले एकलाई राजा र एउटैको बुद्धिमा राज्यको कार्यभार निर्भर राख्नु असाध्यै नराम्रो काम हो ॥२॥ त्यसैले सभापतिलाई यो उचित हुन्छ कि नित्यप्रति ती राज्यकर्ममा कुशल विद्वान् मन्त्रीहरूको साथमा सामान्य गरेर कसैसँग (सन्धि) मित्रता, कसैसँग (विग्रह) विरोध, (स्थान) स्थित समयलाई पर्खेर चुपचाप रहनु, आफ्नो राज्यको रक्षा गरेर बस्नु, (समुदयम्) जब आफ्नो उदय हुन्छ अर्थात् वृद्धि हुन्छ तब दुष्टमाथि चढाई गर्नु, (गुप्तिम्) मूल, राज, सेना, कोश आदिको संरक्षण, (लब्धप्रशमनानि) जुन-जुन देश प्राप्त हुन्छ, त्यस-त्यसमा शान्तिस्थापन उपद्रवरहित गर्नु, यी ६ गुणहरूको विचार नित्य गर्ने गर्नु ॥३॥ यस्तो विचार गर्नु कि ती सभासद्हरूको पृथक्-पृथक् आफ्नो-आफ्नो विचार र अभिप्रायलाई सुनेर बहुपक्षानुसार कार्यहरूमा आफ्नो र अन्यको हितकारक होस्, यस्तो कार्य गर्न लाग्नु ॥४॥ अन्य पनि पवित्रात्मा, बुद्धिमान्, निश्चितबुद्धि, पदार्थहरूको संग्रह गर्नमा अति चतुर, सुपरीक्षित मन्त्री बनाओस् ॥५॥ जति मनुष्यहरूबाट राजकार्य सिद्ध हुन सक्दछ, त्यति नै आलस्यरहित, बलवान् र बडा चतुर प्रधान पुरुषहरूको अधिकारी अर्थात् नोकर राख्नु ॥६॥ यिनीहरूको आधीनमा शूरवीर, बलवान्, कुलोत्पन्न, पवित्र भृत्यहरूलाई ठूला-ठूला कर्महरूमा नियुक्त गर्ने र भीरु डरपोकहरूलाई भित्री काममा नियुक्त गर्ने ॥७॥ प्रशंसित कुलमा उत्पन्न, चतुर, पवित्र, हाउभाउ र चेष्टाले भित्री हृदय, र भविष्यको कुराहरूलाई जान्नेवाला, सबै शास्त्रमा विशारद चतुर दूतलाई पनि राख्नु ॥८॥ त्यो यस्तो होस् कि— काम काजमा अत्यन्त उत्साह, प्रीतियुक्त, निष्कपटी, पवित्रात्मा, चतुर, पुरानो भन्दा पुरानो कुरालाई पनि नभुल्नेवाला अर्थात् तीव्र स्मरण शक्तिवाला, देश र कालानुकूलको वर्तमानको कर्ता, सुन्दर रूपयुक्त, निभर्य र प्रखर वक्ता होस्, त्यो राजाको ‘दूत’ हुनमा प्रशस्त हुन्छ ॥९॥
मन्त्रीहरूको कार्यनियोग एवं दुर्ग निर्माणको व्याख्या (६.८)
कस-कसलाई के-के अधिकार दिन योग्य हुन्छ—
अमात्ये दण्ड आयत्तो दण्डे वैनयिकी क्रिया । नृपतौ कोशराष्ट्रे च दूते सन्धिविपर्ययौ ॥१॥
दूत एव हि संधत्ते भिनत्त्येव च संहतान् । दूतस्तत्कुरुते कर्म भिद्यन्ते येन मानवाः ॥२॥
बुद्ध्वा च सर्वं तत्त्वेन परराजचिकीर्षितम् । तथा प्रयत्नमातिष्ठेद् यथात्मानं न पीडयेत् ॥३॥
धनुर्दुर्गं महीदुर्गमब्दुर्गं वार्क्षमेव वा । नृदुर्गं गिरिदुर्गं वा समाश्रित्य वसेत्पुरम् ॥४॥
एकः शतं योधयति प्राकारस्थो धनुर्धरः । शतं दशसहस्राणि तस्माद्दुर्गं विधीयते ॥५॥
तत्स्यादायुधसम्पन्नं धनधान्येन वाहनैः । ब्राह्मणैः शिल्पिभिर्यन्त्रैर्यवसेनोदकेन च ॥६॥
तस्य मध्ये सुपर्याप्तं कारयेद्गृहमात्मनः । गुप्तं सर्वर्त्तुकं शुभ्रं जलवृक्षसमन्वितम् ॥७॥
तदध्यास्योद्वहेद्भार्यां सवर्णां लक्षणान्विताम् । कुले महति सम्भूतां हृद्यां रूपगुणान्विताम् ॥८॥
पुरोहितं प्रकुर्वीत वृणुयादेव चर्त्विजम् । तेऽस्य गृह्याणि कर्माणि कुर्य्युर्वैतानिकानि च ॥९॥
—मनुस्मृति (अध्याय ७/श्लोक ६५, ६६, ६८, ७०, ७४-७८) ॥
अमात्यलाई दण्डाधिकार, दण्डमा विनय-क्रिया अर्थात् जसबाट अन्यायरूप दण्ड हुन नपाओस्, राजाको आधीन कोश र राजकार्य तथा सभाको आधीन सबै कार्य र दूतको आधीन कसैसँग मेल वा विरोध गर्ने अधिकार देओस् ॥१॥ दूत त्यसलाई भन्दछन् जसले फुटमा मेल र मिलेका दुष्टलाई तोड-फोड गराओस् । दूतले त्यस्तो काम गरोस् जसबाट शत्रुमा फुट परोस् ॥२॥ त्यो सभापति र सभासद् वा दूत आदिले यथार्थबाट अर्को विरोधी राजाको राज्यको अभिप्रायलाई जानेर त्यस्तै प्रयत्न गरोस् जसबाट आफूलाई पीडा नहोस् ॥३॥ यसको लागि सुन्दर वन धन-धान्ययुक्त देशमा (धनुर्दुर्गम्) धनुर्धारी पुरुषहरूदेखि गहन (महीदुर्गम्) माटोबाट बनाइएको (अब्दुर्गम्) पानीले घेरिएको (वार्क्षम्) अर्थात् चारैतिरबाट वन (नृदुर्गम्) चारैतिर सेना रहून् (गिरिदुर्गम्) अर्थात् चारैतिरबाट पहाडले घेरिएको बीचमा (दुर्ग) कोट बनाएर यसको मध्यमा नगर बसाओस् ॥४॥ र नगरको चारैतिर (प्राकार) प्रकोट बनाओस्, किनभने त्यसमा स्थित भएको एक वीर धनुर्धारी शस्क्रयुक्त पुरुष सय जनासँग, र सय दश हजार जनासँग युद्ध गर्न सक्दछन्, त्यसैले दुर्ग बनाउनु उत्तम हो ॥५॥ त्यो दुर्ग शस्त्रास्त्र, धन, धान्य, वाहन, ब्राह्मण जो पढाउने उपदेश गर्ने हुन् (शिल्पी) कारीगर, यन्त्र, नाना प्रकारको कला, (यवसेन) चारा, घाँस र जल आदिले सम्पन्न अर्थात् परिपूर्ण होस् ॥६॥ त्यसको मध्यमा जल वृक्ष पुष्पादियुक्त सबै प्रकारले रक्षित, सबै ऋतुहरूमा सुखकारक, श्वेतवर्ण आफ्नो लागि घर जसमा सबै राजकार्यको निर्वाह होस्, त्यस्तो बनाउनु ॥७॥ यति अर्थात् ब्रह्मचर्यले विद्या पढेर, यहाँसम्म राजकाम गरेर, रूप गुण सौन्दर्य युक्त, हृदयलाई प्रिय, अति उत्तम कुलमा उत्पन्न, सुन्दरलक्षणयुक्त, आफ्नो क्षत्रियकुलकी कन्या जुन कि आफू सदृश विद्यादि गुण-कर्म-स्वभाव भएकी होस्, त्यस्ती एउटी स्त्रीसँग मात्र विवाह गरोस् । दोस्री सबै स्त्रीहरूलाई अगम्य सम्झेर दृष्टिले पनि नहेरोस् ॥८॥ पुरोहित् र ऋत्विज्लाई स्वीकार यसको लागि गर्नु कि तिनीहरू अग्निहोत्र र पक्षेष्टि आदि सब राजघरको कर्म गर्ने गरून्, र आफू सदा राजकार्यमा लागिरहनु । अर्थात् यही नै राजाको सन्ध्योपासनादि कर्म हो, जो रात-दिन राजकार्यमा प्रवृत्त रहनु र कुनै पनि राजकाम बिग्रिन नदिनु ॥९॥
युद्धका प्रकार एवं तरिका (६.९)
साँवत्सरिकमाप्तैश्च राष्ट्रादाहारयेद् बलिम् । स्याच्चाम्नायपरो लोके वर्त्तेत पितृवन्नृषु ॥१॥
अध्यक्षान्विविधान्कुर्यात् तत्र तत्र विपश्चितः । तेऽस्य सर्वाण्यवेक्षेरन् नॄणां कार्याणि कुर्वताम् ॥२॥
आवृत्तानां गुरुकुलाद्विप्राणां पूजको भवेत् । नृपाणामक्षयो ह्येष निधिब्राह्मो विधीयते ॥३॥
समोत्तमाधमै राजा त्वाहूतः पालयन् प्रजाः । न निवर्तेत संग्रामात् क्षात्रं धर्ममनुस्मरन् ॥४॥
आहवेषु मिथोऽन्योन्यं जिघांसन्तो महीक्षितः । युध्यमानाः परं शक्त्या स्वर्गं यान्त्यपराङ्मुखाः ॥५॥
न च हन्यात्स्थलारूढं न क्लीवं न कृताञ्जलिम् । न मुक्तकेशं नासीनं न तवास्मीति वादिनम् ॥६॥
न सुप्तं न विसन्नाहं न नग्नं न निरायुधम् । नायुध्यमानं पश्यन्तं न परेण समागतम् ॥७॥
नायुधव्यसनं प्राप्तं नार्त्तं नातिपरिक्षतम् । न भीतं न परावृत्तं सतां धर्ममनुस्मरन् ॥८॥
यस्तु भीतः परावृत्तः संङ्ग्रामे हन्यते परैः । भर्त्तुर्यद्दुष्कृतं किञ्चित्तत्सर्वं प्रतिपद्यते ॥९॥
यच्चास्य सुकृतं किञ्चिदमुत्रार्थमुपार्जितम् । भर्त्ता तत्सर्वमादत्ते परावृत्तहतस्य तु ॥१०॥
रथास्वं हस्तिनं छत्रं धनं धान्यं पशून्स्त्रियः । सर्वद्रव्याणि कुप्यं च यो यज्जयति तस्य तत् ॥११॥
राज्ञश्च दद्यरुद्धारमित्येषा वैदिकी श्रुतिः । राज्ञा च सर्वयोधेभ्यो दातव्यमपृथग्जितम् ॥१२॥
—मनुस्मृति (अध्याय ७/श्लोक ८०-८२, ८७, ८९, ९१-९७) ॥
प्रजाबाट वार्षिक कर आप्तपुरुषहरूद्वारा ग्रहण गरोस् र जो सभापतिरूप राजा आदि प्रधान पुरुष छन् ती सबै, सभा वेदानुकूल भएर, प्रजाको साथमा पिताको समान व्यवहार गरोस् ॥१॥ त्यस राज्यकार्यमा विविध प्रकारका विद्वान् अध्यक्षहरूलाई सभा नियत गरोस् । यिनीहरूको यही काम हो कि जति-जति जुन-जुन काममा राजपुरुष हुन्छन्, तिनीहरू नियमानुसार वर्तेर यथावत् काम गर्दछन् कि गर्दैनन्; जो यथावत् गर्दछन् तिनलाई सत्कार र जो विरुद्ध गर्दछन् तिनलाई यथावत् दण्ड दिने गरोस् ॥२॥ सदा जुन राजाहरूको वेद प्रचाररूप अक्षय-कोश हुन्छ, यसको प्रचारको लागि जो कुनै यथावत् ब्रह्मचर्यबाट वेदादि शास्त्रहरूलाई पढेर गुरुकुलमा आउँछ, तिनको सत्कार राज सभाले यथावत् गरोस्, र तिनको पनि जसलाई पढाइएका विद्वान् हुन्छन् ॥३॥ यस कुरालाई गर्दामा राज्यमा विद्याको उन्नति भएर अत्यन्त उन्नति हुन्छ । जब कहिले प्रजाको पालन गर्नेवाला राजाले कुनै आफू भन्दा सानो, तुल्य र उत्तम संग्राममा आह्वान गरेमा त क्षत्रियहरूको धर्मलाई स्मरण गरेर, संग्रामबाट कहिल्यै पनि निवृत्त नहोस् । अर्थात् अति चतुराईको साथ तिनीहरूसित युद्ध गरोस्, जसबाट आफ्नो विजय होस् ॥४॥ जब संग्राममा एक अर्कालाई हनन गर्ने इच्छाले राजाहरू जति आफ्नो सामर्थ्य हुन्छ बिना डर, पीठ नदेखाएर, युद्ध गर्दछन्, तिनले सुखलाई प्राप्त गर्दछन्, यसबाट विमुख कहिल्यै नहून्, किन्तु कहिलेकाहिं शत्रुलाई जित्नको लागि तिनको सामुन्नेबाट लुक्नु पनि पर्दछ, किनभने जुन प्रकारले शत्रुलाई जित्न सकिन्छ, त्यस्तै काम गर्नु, जसरी सिंह क्रोधले सामुन्ने आएर शस्त्राग्निमा शीघ्र भस्म हुन जान्छ, त्यस्तो मूर्खताले नष्ट-भ्रष्ट नहुनू ॥५॥ युद्ध समयमा न यताउति उभिएका, न नपुंसक, न हात जोडिराखेकाको, न शिरको केश खुलिराखेकाको, न बसेकाको, न “म तेरो शरणमा छु” यस्तो भनेकाको ॥६॥ न सुतेकाको, न मूर्छालाई प्राप्त भएकाको, न नग्न भएकाको, न आयुधदेखि रहित भएकाको, न युद्धलाई देखिरहेकाहरूको, न युद्ध गरिहेकाहरूको, न शत्रुका साथीको ॥७॥ न आयुधको प्रहारबाट चोट खाएकाको, न दुःखी, न अत्यन्त घाइते, न डराइरहेको, न पलायन गरिरहेका पुरुषको सत्पुरुषहरूको धर्मको र्ममलाई जानेका योद्धाहरूले कहिल्यै नमारोस्; किन्तु तिनलाई समातेर जो राम्रा छन्, लगेर राम्रो बन्दीगृहमा राखेर खान-पान यथावत् देओस्, र घाइते भएकालाई औषधि उपचार विधिपूर्वक गरिदेओस् । तिनलाई नचिडाओस्, दुःख नदेओस् । यदि तिनको योग्य काम छ भने देओस् । विशेष यसमाथि ध्यान राखोस् कि स्त्री-बालक, वृद्ध र आतुर तथा शोकयुक्त पुरुषहरूमाथि शस्त्र कहिल्यै पनि नचलाओस् । तिनका छोराहरूलाई आफ्नै सन्तान सरह पालोस् र स्त्रीहरूलाई पनि पालोस् । तिनीहरूलाई आफ्नै स्वसन्तान आमा, बहिनी र कन्याकै समान सम्झियोस्, कहिल्यै पनि विषयासक्तिको दृष्टिले नहेरोस् । जब राज्य राम्रोसँग जमोस् र जसमा पुनः युद्ध गर्ने शङ्का नहोस्, तिनीहरूलाई सत्कारपूर्वक छोडेर आफ्नो-आफ्नो घर वा देशमा पठाइदेओस्, र जसबाट भविष्यत्कालमा विघ्न हुने सम्भव छ भने, तिनीहरूलाई सदा कारागारमा नै राखोस् ॥८॥ र जो पलायन अर्थात् भागेको र डराएको भृत्य शत्रुदेखि मारियो भने त, त्यो उसको स्वामीको अपराधलाई प्राप्त भएर दण्डनीय होस् ॥९॥ र जो उसको प्रतिष्ठा हो, जसबाट यस लोक र परलोकमा सुख हुने थियो त्यसलाई उसको स्वामी प्राप्त होओस्, जो भाग्दै गरेको मारिन्छ, त्यसको सबै पुण्यफल त्यसको स्वामीलाई प्राप्त हुन्छ, र भागेकाको सबै प्रतिष्ठा नष्ट हुन जान्छ, र उसले त्यस प्रतिष्ठालाई प्राप्त गरोस्, जसले धर्मसंगत यथावत् युद्ध गरेको छ भने त ॥१०॥ यस व्यवस्थालाई कहिल्यै पनि नतोडोस् कि जुन-जुन लडाईंमा जुन-जुन सैनिकले रथ, घोडा, हात्ती, छत्र, धन, धान्य, अन्न, गाई आदि पशु र स्त्रीहरू तथा अन्य प्रकारको सबैद्रव्य र घ्यू, तेल आदिको खजाना जितेका छन् भने, त्यसले नै तिनलाई ग्रहण गरोस् ॥११॥ परन्तु सेनास्थजन पनि त्यो जितेको पदार्थबाट सोह्रौं भाग राजालाई देओस् र राजाले पनि सेनास्थ योद्धाहरूलाई त्यस धनबाट जो कि सबै मिलेर जितेको होस्, सोह्रौं भाग सेनास्थ पुरुषहरूलाई अवश्य देओस्, र जो कोही युद्धमा मरेको छ, त्यसकी स्त्री र सन्तानहरूलाई त्यसको भाग देओस् र स्त्री तथा असमर्थ केटाहरूको यथावत् पालन गरोस् । जब त्यसको केटाहरू समर्थ हुनेछन् तब तिनलाई यथायोग्य अधिकार देओस् । जो कसैले आफ्नो राज्यको रक्षा, वृद्धि, प्रतिष्ठा, विजय र आनन्दवृद्धिको इच्छा राख्दछ भने, त्यसले यस मर्यादालाई कहिल्यै पनि उल्लङ्घन नगरोस् ॥१२॥
राज्यको लक्षणहरू एवं विधि (६.१०)
अलब्धं चैव लिप्सेत लब्धं रक्षेत्प्रयत्नतः । रक्षितं वर्द्धयेच्चैव वृद्धं पात्रेषु निःक्षिपेत् ॥१॥
एतच्चतुर्विधं विद्यात् पुरुषार्थप्रयोजनम् । अस्य नित्यमनुष्ठानं सम्यक्कुर्यादतन्द्रितः ॥२॥
अलब्धमिच्छेद्दण्डेन लब्धं रक्षेदवेक्षया । रक्षितं वर्द्धयेद्वृद्ध्या वृद्धं दानेन निःक्षिपेत् ॥३॥
अमाययैव वर्तेत न कथञ्चन मायया । बुध्येतारिप्रयुक्तां च मायां नित्यं स्वसंवृतः ॥४॥
नास्य छिद्रं परो विद्याच्छिद्रं विद्यात्परस्य तु । गूहेत्कूर्म इवाङ्गानि रक्षेद्विवरमात्मनः ॥५॥
बकवच्चिन्तयेदर्थान् सिंहवच्च पराक्रमेत् । वृकवच्चावलुम्पेत शशवच्च विनिष्पतेत् ॥६॥
एवं विजयमानस्य येऽस्य स्युः परिपन्थिनः । तानानयेद्वशं सर्वान् सामादिभिरुपक्रमैः ॥७॥
यदि ते तु न तिष्ठेयुरुपायैः प्रथमैस्त्रिभिः । दण्डेनैव प्रसह्यैताँश्छनकैर्वशमानयेत् ॥८॥
यथोद्धरति निर्दाता कक्षं धान्यं च रक्षति । तथा रक्षेन्नृपो राष्ट्रं हन्याच्च परिपन्थिनः ॥९॥
मोहाद्राजा स्वराष्ट्रं यः कर्षयत्यनवेक्षया । सोऽचिराद् भ्रश्यते राज्याज्जीविताच्च सबान्धवः ॥१०॥
शरीरकर्षणात्प्राणाः क्षीयन्ते प्राणिनां यथा । तथा राज्ञामपि प्राणाः क्षीयन्ते राष्ट्रकर्षणात् ॥११॥
राष्ट्रस्य संग्रहे नित्यं विधानमिदमाचरेत् । सुसंगृहीतराष्ट्रो हि पार्थिवः सुखमेधते ॥१२॥
द्वयोस्त्रयाणां पञ्चानां मध्ये गुल्ममधिष्ठितम् । तथा ग्रामशतानां च कुर्य्याद्राष्ट्रस्य संग्रहम् ॥१३॥
ग्रामस्याधिपतिं कुर्य्याद्दशग्रामपतिं तथा । विंशतीशं शतेशं च सहस्रपतिमेव च ॥१४॥
ग्रामदोषान्त्समुत्पन्नान् ग्रामिकः शनकैः स्वयम् । शंसेद् ग्रामदशेशाय दशेशो विंशतीशिनम् ॥१५॥
विंशतीशस्तु तत्सर्वं शतेशाय निवेदयेत् । शंसेद् ग्रामशतेशस्तु सहस्रपतये स्वयम् ॥१६॥
तेषां ग्राम्याणि कार्याणि पृथक्कार्याणि चैव हि । राज्ञोऽन्यः सचिवः स्निग्धस्तानि पश्येदतन्द्रितः ॥१७॥
नगरे नगरे चैकं कुर्यात्सर्वार्थचिन्तकम् । उच्चैः स्थानं घोररूपं नक्षत्राणामिव ग्रहम् ॥१८॥
स ताननुपरिक्रामेत्सर्वानेव सदा स्वयम् । तेषां वृत्तं परिणयेत्सम्यग्राष्ट्रेषु तच्चरैः ॥१९॥
राज्ञो हि रक्षाधिकृताः परस्वादायिनः शठाः । भृत्या भवन्ति प्रायेण तेभ्यो रक्षेदिमाः प्रजाः॥२०॥
ये कार्यिकेभ्योऽर्थमेव गृह्णीयुः पापचेतसः । तेषां सर्वस्वमादाय राजा कुर्यात्प्रवासनम् ॥२१॥
—मनुस्मृति (अध्याय ७/श्लोक ९९-१०१, १०४-१०८, ११०-११७, १२०-१२४) ॥
राजा र राजसभा अलब्धको प्राप्तिको इच्छा, प्राप्तको प्रयत्नले रक्षा गरोस्; रक्षितलाई बढाओस् र बढेको धनलाई वेदविद्या, धर्मको प्रचार, विद्यार्थी, वेदमार्गोपदेशक तथा असमर्थ अनाथहरूको पालनमा लगाओस् ॥१॥ यी चार प्रकारका ‘पुरुषार्थ’ को प्रयोजनलाई जानेर आलस्यलाई छोड्दै यसलाई राम्रोसँग नित्य अनुष्ठान गरोस् ॥२॥ दण्डबाट अप्राप्तको प्राप्तिको इच्छा, नित्य देख्नाले प्राप्तको रक्षा, रक्षितको वृद्धि अर्थात् ब्याजबाट बढाओस र बढेको त्यो धनलाई पूर्वोक्त मार्गमा नित्य व्यय गरोस् ॥३॥ कदापि कसैसँग छल नगरोस् किन्तु निष्कपट भएर सबैसँग वर्त्ताव राखोस् र नित्यप्रति आफ्नो रक्षा गरेर शत्रुले गरेको छललाई जानेर निवृत्त गरोस् ॥४॥ कुनै शत्रुले आफ्नो छिद्र अर्थात् निर्बलतालाई जान्न नसकोस् र स्वयंले शत्रुको छिद्रहरूलाई जान्दैराखोस्, जसरी कछुवाले आफ्नो अङ्गलाई गुप्त राख्दछ, त्यसरी नै शत्रुहरू प्रवेश गर्ने छिद्रहरूलाई गुप्त राखोस् ॥५॥ जसरी बकुल्लोले माछो समाउनको लागि भनेर ध्यानावस्थित भएर ताक्दछ, त्यसरी नै अर्थसंग्रहको विचार गर्ने गर्नु । जुन प्रकारले द्रव्य र बलको वृद्धि होस्, शत्रुलाई जित्नको लागि सिंहकै समान पराक्रम गरोस्, चितुवाले झैं लुकेर शत्रुलाई समातोस् र समीपमा आएको बलवान् शत्रुसँग खरायोको झैं दूर भागोस् र पश्चात् तिनलाई छलले समातोस् ॥६॥ यस प्रकार विजय गर्नेवाला सभापतिको राज्यमा जो परिपन्थी अर्थात् डाँकू-लुटेरा हुन्छन्, तिनलाई (साम) अर्थात् मिलाउनु, (दाम) केही दिएर (भेद) फुट पारेर वशमा गर्नु ॥७॥ यदि यी कुराबाट वशमा हुँदैनन् भने त अतिकठिन दण्डले वशमा गर्नु ॥८॥ जसरी धानबाट टटहलो निकालेर धानको रक्षा गर्दछ अर्थात् टुट्न दिंदैन, त्यसरी नै राजा, डाँकू-चोरहरूलाई मारोस् र राज्यको रक्षा गरोस् ॥९॥ जो राजा मोहले, अविचारले आफ्नो राज्यलाई दुर्बल गर्दछ, त्यो राज्य र आफ्ना बन्धुसहित जीवनदेखि शीघ्र नष्ट-भ्रष्ट हुन जान्छ ॥१०॥ जसरी प्राणीहरूको प्राण शरीरलाई कृश गर्नाले क्षीण भएर जान्छ, त्यसरी नै प्रजालाई दुर्बल बनाउनाले राजाहरूको ‘प्राण’ अर्थात् बलादि, बन्धुसहित नष्ट हुन जान्छ ॥११॥ त्यसैले राजा र राजसभा राजकार्यको सिद्धिको लागि यो प्रयत्न गरोस् कि जसबाट राजकार्य यथावत् सिद्ध होस् । जुन राजा राज्यपालनमा तत्पर रहन्छ, त्यसका सुख सधैं बढिराख्दछन् ॥१२॥ यसैले दुई, तीन, पाँच र सय ग्रामहरूको बीचमा एक राज-स्थान राखोस्, जसमा यथायोग्य भृत्य अथवा कामदार राखेर सबै राज्यको कार्य पूरा गरोस् ॥१३॥ एक-एक ग्राममा एक-एक पुरुष राखोस्, उनै दश ग्रामहरूको माथि दोस्रो, उनै बीसग्रामहरूका माथि तेस्रो, उनै सय ग्रामहरूका माथि चौथो र उनै हजार ग्रामहरूका माथि पाँचौं पुरुष राखोस् । अर्थात् जसरी आजभोलि एक ग्राममा एक पटवारी (वडा), उनै दश ग्रामहरूमा एक थाना (चौकी), र उनै दुई थानामा एउटा ठूलो थाना र उनै पाँच थानामा एक तहसील र दश तहसीलमा एक जिल्ला नियत गरिएको छ, यी कुराहरू मनु आदि धर्मशास्त्रमा छन् बाँकी सबै यसैबाट बुझ्नुपर्दछ ॥१४॥ यस प्रकारले प्रबन्ध गरेर आज्ञा देओस् कि त्यो एक-एक ग्रामको पतिले ग्राममा नित्यप्रति जे-जे दोष उत्पन्न हुन्छन्, तिनलाई गुप्तताले दश ग्रामका पतिलाई विदित गराओस्, र ती दश ग्रामाधिपतिले उसै प्रकारबाट बीस ग्रामका स्वामीलाई दश ग्रामहरूको वर्तमान नित्यप्रति जनाइदेओस् ॥१५॥ र बीस ग्रामका अधिपतिले बीस ग्रामहरूको वर्तमानलाई शतग्रामाधिपतिलाई नित्यप्रति निवेदन गराओस्, त्यसरी नै सय ग्रामहरूका पतिले सय-सय ग्रामहरूको वर्तमानलाई सहस्राधिपतिलाई अर्थात् हजार ग्रामको स्वामीलाई बताइदेओस् । र दश-दश ग्रामका दुइटै अधिपति बीस ग्रामका स्वामीलाई र बीस-बीस ग्रामका पाँच अधिपति, सय ग्रामका अध्यक्षलाई, सय-सय ग्रामका दश अधिपति हजार ग्रामका अधिष्ठातालाई दिन-दिनैको वर्तमान बताइदिऊन् र ती हजार-हजारका दश अधिपति दश हजारका अधिपतिलाई र ती दश-दश हजारका दश अधिपति लक्षग्रामहरूका राजसभालाई प्रतिदिनको वर्तमान जनाइदिने गरून् र ती सबै राजसभा महाराजसभा अर्थात् सार्वभौमचक्रवर्ती-महाराजसभामा सबै भूगोलको वर्तमान बताइदिने गरून् ॥१६॥ र एक-एक दश-दश हजार ग्रामहरूमा दुई-दुई सभापति त्यसरी नै गरून् जसमा एक राजसभामा दोस्रो अध्यक्ष बनाओस् कि आलस्य छोडेर सबै न्यायाधीशादि राजपुरुषहरूको कामलाई सदा घुमेर हेर्दैराखून् ॥१७॥ ठूला-ठूला नगरहरूमा एक विचार गर्नको लागि सभाको सुन्दर उच्च र विशाल जस्तै कि चन्द्रमा छ, त्यस्तै एक-एक घर बनाओस्, त्यसमा ठूला-ठूला विद्यावृद्ध कि जसले विद्याबाट सबै प्रकारको परीक्षा गरेका छन्, तिनीहरूले बसेर विचार गरून् । जुन नियमबाट राजा र प्रजाको उन्नति होस्, त्यस्ता-त्यस्ता नियम र विद्या प्रकाशित गर्ने गरोस् ॥१८॥ जो नित्य विचरण गर्नेवाला सभापति हुन्छ, त्यसको आधीन सबै गुप्तचर अर्थात् दूतहरूलाई राख्नु, जो राजपुरुष र प्रजापुरुषहरूको साथमा नित्य सम्बन्ध राख्दछन् र तिनीहरू भिन्दा-भिन्दै जातिका हुनुपर्दछ । तिनीहरूबाट सबै राजा र प्रजापुरुषहरूको सबै दोष र गुण गुप्तरीतिले जान्ने गरोस्, जसको अपराध होस्, त्यसलाई दण्ड र जसको गुण होस्, त्यसको प्रतिष्ठा सदा गर्ने गरोस् ॥१९॥ राजाले जसलाई प्रजाको रक्षाको अधिकार दिन्छ, तिनीहरू धार्मिक, सुपरीक्षित, विद्वान्, कुलीन हुनुपर्दछ, तिनका आधीन प्रायः शठ र परपदार्थ हर्ने चोर-डाँकूहरूलाई पनि नोकर राखोस्, तिनलाई दुष्टकर्मदेखि बचाउनको लागि राजाका नोकर बनाएर, तिनैका रक्षा गर्ने विद्वान्हरूको स्वाधीन गरेर, तिनबाट आफ्ना प्रजाको रक्षा यथावत् गरोस् ॥२०॥ जुन राजपुरुषले अन्याय गरेर वादी-प्रतिवादीसँगबाट गुप्त धन लिएर पक्षपातले अन्याय गर्दछ, त्यसको सर्वस्व हरण गरेर यथायोग्य दण्ड दिएर यस्तो ठाउँमा लगेर राखोस् कि अरूलाई उदारहण बनोस् पुनः तिनलाई यस कुराको देखेर-सुनेर दोस्रा राजपुरुष पनि यस्तो दुष्ट काम गर्नबाट बचून् । किनभने यदि त्यसलाई दण्ड दिइएन भने त तिनका कार्यलाई देखेर अरूले पनि यस्तै दुष्ट काम गर्न लाग्नेछन्, परन्तु जतिले राजपुरुषहरूको योगक्षेम भलीभाँति होस् र जसबाट धनाढ्य पनि बन्न सकून् त्यति धन वा भूमि राजाको तर्फबाट मासिक वा वार्षिक अथवा एकैचोटि मिलोस् र जब वृद्ध हुन्छन् तिनलाई पनि आधा मिलोस् परन्तु यो ध्यानमा रहोस् कि जबसम्म ती बाँच्दछन् तबसम्म यो जीविका बनिरहोस्, पश्चात् पर्दैन, परन्तु यिनका सन्तान वा नोकरी तिनका गुणको अनुसार अवश्य दिनुपर्दछ र जसका बालक जबसम्म असमर्थ हुन्छन् उनकी स्त्री बाँचिराखेकी छ भने सबैको निर्वाहार्थ राजाको तर्फबाट यथायोग्य धन मिलोस् । परन्तु जसका स्त्री वा छोरा कुकर्मी छन् भने त केही पनि दिनहुँदैन, यस्तो नीति राजाले बराबर परख गरेर राखोस् ॥२१॥
ग्राम अधिपतिको वर्णन एवं कर लिने प्रकार (६.११)
यथा फलेन युज्येत राजा कर्त्ता च कर्मणाम् । तथाऽवेक्ष्य नृपो राष्ट्रे कल्पयेत्सततं करान् ॥१॥
यथाऽल्पाऽल्पमदन्त्याद्यं वार्य्योकोवत्सषट्पदाः । तथाऽल्पाऽल्पो ग्रहीतव्यो राष्ट्राद्राज्ञाब्दिकः करः ॥२॥
नोच्छिन्द्यादात्मनो मूलं परेषां चातितृष्णया । उच्छिन्दन्ह्यात्मनो मूलमात्मानं ताँश्च पीडयेत् ॥३॥
तीक्ष्णश्चैव मृदुश्च स्यात् कार्यं वीक्ष्य महीपतिः । तीक्ष्णश्चैव मृदृश्चैव राजा भवति सम्मतः ॥४॥
एवं सर्वं विधायेदमितिकर्त्तव्यमात्मनः । युक्तश्चैवाप्रमत्तश्च परिरक्षेदिमाः प्रजाः ॥५॥
विक्रोशन्त्यो यस्य राष्ट्राद् ध्रियन्ते दस्युभिः प्रजाः । सम्पश्यतः सभृत्यस्य मृतः स न तु जीवति ॥६॥
क्षत्रियस्य परो धर्मः प्रजानामेव पालनम् । निर्दिष्टफलभोक्ता हि राजा धर्मेण युज्यते ॥७॥
—मनुस्मृति (अध्याय ७/श्लोक १२८-१२९, १३९-१४०, १४२-१४४) ॥
जसरी राजा र कर्महरूको कर्ता राजपुरुष वा प्रजाजन सुखरूप फलले युक्त हुन्छन्, त्यसरी नै विचार गरेर राजा तथा राजसभा राज्यमा ‘कर’ स्थापन गरोस् ॥१॥ जसरी जुका, बाच्छो र भमराले थोरै-थोरै भोग्य पदार्थलाई ग्रहण गदर्छन्, त्यसरी नै राजाले थोरै-थोरै वार्षिक कर लेओस् ॥२॥ अति लोभले आफ्नो वा अर्काको सुखको मूललाई उच्छिन्न अर्थात् नष्ट कदापि नगरोस्, किनभने जसले व्यवहार र सुखको मूललाई छेदन गर्दछ, त्यसले आफूलाई र अरूलाई पीडा नै दिन्छ ॥३॥ जो महीपति कार्यलाई देखेर तीक्ष्ण र कमलो पनि होस्, त्यो दुष्टमाथि तीक्ष्ण र श्रेष्ठमाथि कमलो रहनाले राजा अतिमाननीय हुन्छ ॥४॥ यस प्रकार सबै राज्यको प्रबन्ध गरेर सदा यसमा युक्त र प्रमादरहित हुँदै आफ्नो प्रजाको पालन निरन्तर गरोस् ॥५॥ जुन भृत्यसहित देखिरहेका राजाको राज्यबाट डाँकूहरूले रुँदै विलाप गरेका प्रजाको पदार्थ र प्राणलाई हरण गर्दछन्, त्यो यो जान कि भृत्य, अमात्यसहित मृतक हो, जिउँदो होइन, र महादुःखलाई पाउनेवाला हुन्छ ॥६॥ त्यसैले राजाहरूले प्रजापालन गर्नु नै परमधर्म हो । र जुन यस मनुस्मृतिको सातौं अध्यायमा ‘कर’ लिन लेखिएको छ र जस्तो सभाले नियत गर्दछ, त्यसको भोक्ता राजा धर्मले युक्त भएर सुख प्राप्त गर्दछ, जसले यसको विपरीत गर्दछ दुःखलाई प्राप्त हुन्छ ॥७॥
मन्त्रणाको प्रकार (६.१२)
उत्थाय पश्चिमे यामे कृतशौचः समाहितः । हुताग्निर्ब्राह्मणाँश्चार्च्य प्रविशेत्स शुभां सभाम् ॥१॥
तत्र स्थितः प्रजाः सर्वाः प्रतिनन्द्य विसर्जयेत् । विसृज्य च प्रजाः सर्वा मन्त्रयेत्सह मन्त्रिभिः ॥२॥
गिरिपृष्ठं समारुह्य प्रासादं वा रहोगतः । अरण्ये निःशलाके वा मन्त्रयेदविभावितः ॥३॥
यस्य मन्त्रं न जानन्ति समागम्य पृथग्जनाः । स कृत्स्नां पृथिवीं भुङ्क्ते कोशहीनोऽपि पार्थिवः ॥४॥
—मनुस्मृति (अध्याय ७/श्लोक १४५-१४८) ॥
जब रातको पछिल्लो प्रहर होस् तब उठेर शौच र सावधान भएर परमेश्वरको ध्यान, अग्निहोत्र, धार्मिक विद्वान्हरूको सत्कार, भोजन गरेर भित्र सभामा प्रवेश गरोस् ॥१॥ त्यहाँ उभिएर जो प्रजाजन उपस्थित हुन्छन्, तिनलाई मान्यदिनु, अनि मुख्यमन्त्रीको साथ राज्यव्यवस्थाको विचार गरोस् ॥२॥ पश्चात् उसको साथमा घुम्नको लागि जानु, पर्वतको शिखर अथवा वन जसमा एक छेस्को पनि नहोस्, त्यस्तो एकान्त स्थान (चौरमा) मा बसेर विरुद्ध भावनालाई छोडेर मन्त्रीको साथमा विचार-विमर्श गरोस् ॥३॥ जुन राजाको गूढ विचारलाई अन्य जन मिलेर पनि जान्न सक्दैनन् अर्थात् जसको विचार गम्भीर शुद्ध परोपकारार्थ सदा गुप्त रहोस्, त्यो धनहीन पनि राजा सबै पृथ्वीको राज्य गर्नमा समर्थ हुन्छ, त्यसैले आफ्नो मनबाट एउटा पनि काम नगरोस् कि जबसम्म सभासद्हरूको अनुमति नहोस् ॥४॥
आसन आदि छ गुणहरूको व्याख्या (६.१३)
आसनं चैव यानं च सन्धिं विग्रहमेव च । कार्यं वीक्ष्य प्रयुञ्जीत द्वैधं संश्रयमेव च ॥१॥
सन्धिं तु द्विविधं विद्याद्राजा विग्रहमेव च । उभे यानासने चैव द्विविधः संश्रयः स्मृतः ॥२॥
समानयानकर्मा च विपरीतस्तथैव च । तथा त्वायतिसंयुक्तः सन्धिर्ज्ञेयोद्विलक्षणः ॥३॥
स्वयंकृतश्च कार्यार्थमकाले काल एव वा । मित्रस्य चैवापकृते द्विविधो विग्रहः स्मृतः ॥४॥
एकाकिनश्चात्ययिके कार्ये प्राप्ते यदृच्छया । संहतस्य च मित्रेण द्विविधं यानमुच्यते ॥५॥
क्षीणस्य चैव क्रमशो दैवात्पूर्वकृतेन वा । मित्रस्य चानुरोधेन द्विविधं स्मृतमासनम् ॥६॥
बलस्य स्वामिनश्चैव स्थितिः कार्यार्थसिद्धये । द्विविधं कीर्त्यते द्वैधं षाड्गुण्यगुणवेदिभिः ॥७॥
अर्थसम्पादनार्थं च पीड्यमानस्य शत्रुभिः । साधुषु व्यपदेशार्थं द्विविधः संश्रयः स्मृतः ॥८॥
यदावगच्छेदायत्यामाधिक्यं ध्रुवमात्मनः । तदात्वे चाल्पिकां पीडां तदा सन्धिं समाश्रयेत् ॥९॥
यदा प्रहृष्टा मन्येत सर्वास्तु प्रकृतीर्भृशम् । अत्युच्छ्रितं तथात्मानं तदा कुर्वीत विग्रहम् ॥१०॥
यदा मन्येत भावेन हृष्टं पुष्टं बलं स्वकम् । परस्य विपरीतं च तदा यायाद्रिपुं प्रति ॥११॥
यदा तु स्यात्परिक्षीणो वाहनेन बलेन च । तदासीत प्रयत्नेन शनकैः सान्त्वयन्नरीन् ॥१२॥
मन्येतारिं यदा राजा सर्वथा बलवत्तरम् । तदा द्विधा बलं कृत्वा साधयेत्कार्य्यमात्मनः ॥१३॥
यदा परबलानां तु गमनीयतमो भवेत् । तदा तु संश्रयेत् क्षिप्रं धार्मिकं बलिनं नृपम् ॥१४॥
निग्रहं प्रकृतीनां च कुर्याद् योऽरिबलस्य च । उपसेवेत तं नित्यं सर्वयत्नैर्गुरुं यथा ॥१५॥
यदि तत्रापि संपश्येद् दोषं संश्रयकारितम् । सुयुद्धमेव तत्राऽपि निर्विशङ्कः समाचरेत् ॥१६॥
—मनुस्मृति (अध्याय ७/श्लोक १६१-१७६) ॥
सबै राजादि राजपुरुषहरूले यो कुरो लक्ष्यमा राख्न योग्य छ कि— जो (आसन) स्थिरता, (यान) शत्रुसँग लड्नको लागि जानु, (सन्धि) तिनीहरूसँग मेल गर्नु, (विग्रह) दुष्ट शत्रुहरूसँग लडाईं गर्नु, (द्वैधम्) दुई प्रकारको सेना बनाएर स्वविजय गर्नु, (संश्रय) र निर्बलतामा दोस्रो प्रबल राजाको आश्रय लिनु, यी ६ प्रकारका कर्म यथायोग्य कार्यलाई विचार गरेर त्यसमा युक्त गर्नु पर्दछ ॥१॥ राजाले जुन सन्धि, विग्रह, यान, आसन, द्वैधीभाव र संश्रय दुई-दुई प्रकारका हुन्छन्, तिनलाई यथावत् जानोस् ॥२॥ जब (सन्धि) अर्थात् शत्रुसँग मेल गर्नु छ भने तब उसको तुल्य सवारी कर्म गरोस् अथवा त्यसदेखि विपरीतता गरोस्, परन्तु वर्तमान र भविष्यत्मा गर्नुपर्ने काम बराबर गर्दै जाओस्, यसैलाई दुई प्रकारको ‘मेल’ भनिन्छ ॥३॥ (विग्रह) जब कार्यसिद्धिको लागि उचित समय वा अनुचित समयमा स्वयंले गरेको वा मित्रलाई अपराध गर्ने शत्रुसँग, विरोध चाहिं दुई प्रकारबाट गर्नुपर्दछ ॥४॥ (यान) अकस्मात् कुनै कार्य प्राप्त हुँदामा एकाकी वा मित्रको साथमा मिलेर शत्रुतिर जानु, यसलाई दुई प्रकारको ‘गमन’ भनिन्छ ॥५॥ जब स्वयं कुनै कारणले क्षीण हुन गएमा अर्थात् निर्बल भएमा, अथवा मित्रले रोक्दामा आफ्नो स्थानमा बसिराख्नु, यसलाई दुई प्रकारको ‘आसन’ भनिन्छ ॥६॥ जब कार्यसिद्धिको लागि सेनापति र सेनालाई दुई भागमा गरेर विजय गराउनु, यसलाई दुई प्रकारको ‘द्वैध’ भनिन्छ ॥७॥ एक कुनै अर्थको सिद्धिको लागि कुनै बलवान् राजा वा कुनै महात्माको शरण लिनु, जसबाट शत्रुदेखि पीडित नहोस् त्यसैले दुई प्रकारको ‘आश्रय’ लिनु भनिएको हो ॥८॥ जब यो बुझोस् कि यति वेलै युद्ध गर्नाले थोरै पीडा हुन्छ, र पश्चात् गर्नाले आफ्नो वृद्धि र विजय अवश्य हुन्छ, तब शत्रुसँग मेल गरेर उचित समयको लागि धीरज राखोस् ॥९॥ जब आफ्ना सबै प्रजा वा सेना अत्यन्त प्रसन्न उन्नतिशील, र श्रेष्ठ जानोस्, त्यस्तै आफूलाई सम्झोस्, त्यतिखेरै शत्रुसँग विग्रह=युद्ध गरोस् ॥१०॥ जब आफ्नो बल अर्थात् सेनालाई हर्ष र पुष्टियुक्त प्रसन्न भावले जानोस्, र शत्रुको बल आफ्नो भन्दा विपरीत निर्बल भएको वेलामा, तब शत्रुतिर युद्ध गर्नको लागि जाओस् ॥११॥ जब सेना बल वाहनले क्षीण भयोभने तब शत्रुलाई विस्तारै-विस्तारै प्रयत्नले शान्त गर्दै आफ्नो स्थानमा बसिराखोस् ॥१२॥ जब राजा शत्रुलाई अत्यन्त बलवान् जानोस् तब द्विगुणा वा दुई प्रकारको सेना बनाएर आफ्नो कार्य सिद्ध गरोस् ॥१३॥ जब आफूलाई थाहा भयो कि शत्रुले आफूमाथि शीघ्र नै चढाई गर्नेवाला छ, त्यति बेला कुनै धार्मिक बलवान् राजाको आश्रय शीघ्र लेओस् ॥१४॥ जसले प्रजा, आफ्नो सेना र शत्रुको बललाई निग्रह अर्थात् रोक्दछ, त्यसको सेवा सबै यत्नले गुरुको सदृश नित्य गर्ने गरोस् ॥१५॥ जसको आश्रय लेओस्, त्यस सेवित पुरुषको कर्ममा दोष देखेमा त्यहाँ पनि राम्रोसँग युद्धलाई नै निःशङ्क, भएर गरोस् ॥१६॥ जो धार्मिक राजा हुन्छ त्यससँग विरोध कहिल्यै नगरोस् किन्तु उससँग सदा मेल राखोस् र जो दुष्ट प्रबल हुन्छ, त्यसैलाई जित्नको लागि पूर्वोक्त प्रयोग गर्नु उचित हुन्छ ।
राजा, उदासीन मित्र एवं शत्रुसँग चल्ने विधि (६.१४)
सर्वोपायस्तथा कुर्यान्नीतिज्ञः पृथिवीपतिः । यथास्याभ्यधिका न स्युर्मित्रोदासीनशत्रवः ॥१॥
आयतिं सर्वकार्याणां तदात्वं च विचारयेत् । अतीतानां च सर्वेषां गुणदोषौ च तत्त्वतः ॥२॥
आयत्यां गुणदोषज्ञस्तदात्वे क्षिप्रनिश्चयः । अतीते कार्य्यशेषज्ञः शत्रुभिर्नाभिभूयते ॥३॥
यथैनं नाभिसंदध्युर्मित्रोदासीनशत्रवः । तथा सर्वं संविदध्यादेष सामासिको नयः ॥४॥
—मनुस्मृति (अध्याय ७/श्लोक १७७-१८०) ॥
नीतिलाई जान्नेवाला पृथ्वीपति राजा जुन प्रकारले उसका मित्र उदासीन र शत्रु अधिक नहून्, यस्तो उपायले चलोस् ॥१॥ सबै कार्यहरूको वर्तमानमा कर्तव्य, र भविष्यत्मा जे-जे गर्नु छ, र जुन काम गरिसकियो ती सबैलाई यथार्थताले गुण-दोषलाई विचार गरोस् ॥२॥ पश्चात् दोषहरूको निवारण र गुणहरूको स्थिरतामा यत्न गरोस् । जो राजा भविष्यत् अर्थात् अगाडि गर्ने कर्ममा गुण-दोषहरूको ज्ञाता, वर्तमानमा तुरन्त निश्चयको कर्ता, र गरिएको कार्यको शेष कर्तव्यलाई जान्दछ, त्यो शत्रुदेखि कहिल्यै पनि पराजित हुँदैन ॥३॥ सबै प्रकारबाट राजपुरुष, विशेष सभापति राजाले यस्तो प्रयत्न गरोस् कि जुन प्रकार राजादि-जनहरूका मित्र उदासीन र शत्रु वशमा गरेर तिनलाई अन्यथा नगरोस्, यस्तो मोहमा कहिल्यै नफसोस्, यसैलाई संक्षेपले ‘विनय’ अर्थात् ‘राजनीति’ भनिन्छ ॥४॥
शत्रुसँग युद्ध गर्ने तरिका (६.१५)
कृत्वा विधानं मूले तू यात्रिकं च यथाविधि । उपगृह्यास्पदं चैव चारान् सम्यग्विधाय च ॥१॥
संशोध्य त्रिविधं मार्गं षड्विधं च बलं स्वकम् । सांपरायिककल्पेन यायादरिपुरं शनैः ॥२॥
शत्रुसेविनि मित्रे च गूढे युक्ततरो भवेत् । गतप्रत्यागते चैव स हि कष्टतरो रिपुः ॥३॥
दण्डव्यूहेन तन्मार्गं यायात्तु शकटेन वा । वराहमकराभ्यां वा सूच्या वा गरुडेन वा ॥४॥
यतश्च भयमाशङ्केत् ततो विस्तारयेद् बलम् । पद्मेन चैव व्यूहेन निविशेत सदा स्वयम् ॥५॥
सेनापतिबलाध्यक्षौ सर्वदिक्षु निवेशयेत् । यतश्च भयमाशङ्केत् प्राचीं तां कल्पयेद्दिशम् ॥६॥
गुल्मांश्च स्थापयेदाप्तान् कृतसंज्ञान् समन्ततः । स्थाने युद्धे कुशलानभीरूनविकारिणः ॥७॥
संहतान् योधयेदल्पान् कामं विस्तारयेद् बहून् । सूच्या वज्रेण चैवैतान् व्यूहेन व्यूह्य योधयेत् ॥८॥
स्यन्दनाश्वैः समे युध्येदनूपे नौद्विपैस्तथा । वृक्षगुल्मावृते चापैरसिचर्मायुधैः स्थले ॥९॥
प्रहर्षयेद् बलं व्यूह्य ताँश्च सम्यक् परीक्षयेत् । चेष्टाश्चैव विजानीयादरीन् योधयतामपि ॥१०॥
उपरुध्यारिमासीत राष्ट्रं चास्योपपीडयेत् । दूषयेच्चास्य सततं यवसान्नोदकेन्धनम् ॥११॥
भिन्द्याच्चैव तडागानि प्राकारपरिखास्तथा । समवस्कन्दयेच्चैनं रात्रौ वित्रासयेत्तथा ॥१२॥
प्रमाणानि च कुर्वीत तेषां धर्म्यान्यथोदितान् । रत्नैश्च पूजयेदेनं प्रधानपुरुषैः सह ॥१३॥
आदानमप्रियकरं दानञ्च प्रियकारकम् । अभीप्सितानामर्थानां काले युक्तं प्रशस्यते ॥१४॥
—मनुस्मृति (अध्याय ७/श्लोक १८४-१९२, १९४-१९६, २०३-२०४) ॥
जब राजा शत्रुसँग युद्ध गर्नको लागि जान्छ तब आफ्नो राज्यको रक्षाको प्रबन्ध र यात्राको सबै सामाग्री यथाविधि लिएर, सबै सेना, यान, वाहन, शस्त्रास्त्रादि पूर्ण रूपमा लिएर, सर्वत्र दूतहरू अर्थात् चारैतिरका समाचारहरू दिने पुरुषहरूलाई गुप्त स्थापन गरेर, शत्रुतिर युद्ध गर्नको लागि जाओस् ॥१॥ तीन प्रकारको मार्ग अर्थात् पहिलो स्थल (भूमि) मा, दोस्रो जल (समुद्र या नदी) मा, तेस्रो आकाशमार्गलाई शुद्ध बनाएर भूमिमार्गमा रथ, घोडा, हात्ती, जलमा नौका (डुँगा) र आकाशमा विमानादि यानबाट जाओस् । र पैदल, रथ, हात्ती, घोडा, शस्त्र, अस्त्र र खानपानादि सामाग्रीलाई यथावत् साथमा लिएर बलयुक्त पूर्ण गरेर कुनै निमित्तलाई प्रसिद्ध गरेर शत्रुको नगरको समीप विस्तारै-विस्तारै जाओस् ॥२॥ जो भित्रभित्रै शत्रुसित मिलेको छ, र आफूमाथि देखावटीरूपमा माथिबाट मित्रता राख्दछ, गुप्त तरिकाबाट त्यस्तो शत्रुलाई भेदिदिनु, त्यसलाई आउँदा-जाँदामा, त्यससँग अत्यन्त सावधानी राख्नु किनभने भित्र शत्रु र बाहिर मित्रु भएर देखिने पुरुषलाई ठूलो शत्रु मान्नुपर्दछ ॥३॥ सबै राजपुरुषहरूलाई युद्ध गर्ने विद्या सिकाओस् र आफूले पनि सिकोस्, तथा अन्य प्रजाजनलाई पनि सिकाओस् । जो पूर्व शिक्षित योद्धा हुन्छन्, तिनीहरूले नै राम्रोसँग लड्न-लडाउँन जान्दछन् । जब शिक्षा दिन्छ तब (दण्डव्यूह) दण्डको समान आफ्नो सेनालाई चलाओस्, (शकट०) जसरी शकट अर्थात् गाडीकै समान, (वराह०) जसरी सुँगुर एक अर्काको पछि दौडेर फेरि एकैसाथ मिल्दै झुण्ड बन्दछन्, त्यसरी नै, त्यस्तै गरेर (मकर०) जसरी गोही पानीमा चल्दछ, त्यसरी नै सेनालाई बनाओस् (सूचीव्यूह) जसरी सियोको अग्रभाग सूक्ष्म पश्चात् स्थूल र त्यसबाट सूत्र स्थूल हुन्छ, त्यस्तै शिक्षा दिएर सेनालाई बनाओस्, र जसरी नीलकण्ठ (मयूर) ले माथि र तल झपट मार्दछ, त्यसरी नै सेनालाई बनाएर लडाओस् ॥४॥ जतातिरबाट भय विदित हुन्छ त्यतातिरै सेनालाई फैलाओस्, सबै सेनाका पतिहरूलाई चारैतिर राखेर (पद्मव्यूह) अर्थात् पद्माकार चारैतिरबाट सेनालाई राखेर आफू मध्यमा रहोस् ॥५॥ सेनापति र बलाध्यक्ष अर्थात् आज्ञा दिने र सेनासँग लड्ने-लडाउँने वीरहरूलाई आठै दिशामा राख्नु । जतातिरबाट लडाईं भैरहेको छ त्यतैतिर सेनाको मुख फर्काउनु, परन्तु दोस्रोतिर पनि पक्का प्रबन्ध राख्नु, नत्र भने पछाडि अथवा पार्श्व भागबाट शत्रुले घात गर्न सम्भव हुन्छ ॥६॥ जो गुल्म अर्थात् दृढ स्तम्भहरूको तुल्य युद्धविद्याले सुशिक्षित धार्मिक स्थित हुन र युद्ध गर्नमा चतुर, भयरहित, र जसको मनमा कुनै प्रकारको विकार नहोस्, उनलाई चारैतिर राखोस् ॥७॥ थोरै पुरुषहरूले धेरैसँग युद्ध गर्नु छ भने मिलाएर लडाओस् र जरुरत परेको खण्डमा तिनैलाई फैलाइदेओस् । जब नगर दुर्ग वा शत्रुको सेनामा प्रविष्ट भएर युद्ध गर्नु छ भने तब ‘सूचीव्यूह’ अथवा ‘वज्रव्यूह’ जस्तो दुई धार भएको खड्ग, दुवैतिरबाट युद्ध गर्दै जाने र प्रविष्ट पनि हुँदै जाने त्यस्तै अनेक प्रकारका व्यूह अर्थात् सेनालाई बनाएर लडाओस् । जो सामुन्ने (शतघ्नी) तोप, वा (भुशुण्डी) बन्दूक छुटिराखेका छन् भने त ‘सर्पव्यूह’ अर्थात् सर्पको तुल्य सुतेर जाओस्, जब तोपहरूको नजिक पुगोस् तब तिनलाई समाउँदै तोपको मुख शत्रुहरूतिरै फर्काएर तिनै तोप वा बन्दूक आदिले उनै शत्रुलाई मार्नु अथवा वृद्ध पुरुषहरूलाई तोपहरूको मुखको सामुन्ने घोडामाथि सवारी गराएर दौडाउने र बीचमा राम्रा-राम्रा सवार रहनुपर्दछ । एक पटक धावा बोलेर शत्रुको सेनालाई छिन्न-भिन्न पारेर पक्डने अथवा लखेट्ने ॥८॥ यदि समभूमिमा युद्ध गर्नु छ भने त रथ, घोडा र पदातीहरूसँग; र समुद्रमा युद्ध गर्नु छ भने त नौका; अथवा थोरै पानी भएको ठाउँमा हात्तीमा सवार भएर; वृक्ष र झाडीमा बाण; तथा स्थल बालुवामा तलवार र ढालले युद्ध गरोस्-गराओस् ॥९॥ जति वेला युद्ध हुन्छ, त्यो समयमा लडाकाहरूलाई उत्साहित र हर्षित पारोस् । जब युद्ध बन्ध हुन्छ तब जसको शौर्य र युद्धमा उत्साह हुन्छ, त्यस्तो वक्तृत्वले सबैको चित्तलाई बढाओस् । आफू भन्दा पनि अधिक लड्नेवालाहरूलाई खान-पान, अस्त्र-शस्त्र-सहाय र औषधिहरूले प्रसन्न राखोस् । बिना व्यूहको लडाईं नगरोस्, नगराओस्, लडिराखेका आफ्ना सेनाहरूको चेष्टालाई हेर्दैराखोस् कि ठीक-ठीकसँग लड्दैछन् कि कपटले लड्दैछन् ॥१०॥ कुनै वेला उचित सम्झियो भने त शत्रुलाई चारैतिरबाट घेरा हालेर राख्ने र त्यसको राज्यलाई पीडित गर्ने, शत्रुको दाना-पानी र इन्धनलाई दूषित पारेर नष्ट गरिदिने ॥११॥ शत्रुको तलाउ, नगरको प्रकोट र खाल्टाहरूलाई तोड-फोड गरिदिने, रात्रिमा तिनलाई (त्रास) भय दिएर जित्ने उपाय गर्ने ॥१२॥ जितेर तिनीहरूको साथ प्रमाण अर्थात् प्रतिज्ञादि लेखाओस् र उचित समय सम्झियौ भने त त्यसकै वंशस्थ कुनै धार्मिक पुरुषलाई राजा बनाइदेओस् र लेखाओस् कि तिमीले हाम्रो आज्ञाको अनुकूल जसरी धर्मयुक्त राजनीति हुन्छ, त्यसकै अनुसार न्यायले प्रजाको पालन गर्नुपर्ने छ, यस्तो उपदेश गरोस् र यस्ता पुरुष तिनको साथमा राखोस् कि जसबाट फेरि उपद्रव नहोस्, र जसले हार्दछ त्यसको सत्कार प्रधान पुरुषहरूको साथमा मिलेर रत्नादि उत्तम पदार्थहरू दान दिएर गरोस्, यस्तो हुन नजाओस् कि जसबाट त्यसको योगक्षेम पनि नहोस् । बन्दीगृहमा राखिएको राजा भए पनि त्यसको यथायोग्य सत्कार गरियोस् । जसबाट उसले हारेको शोकदेखि रहित भएर आनन्दले रहोस् ॥१३॥ किनभने संसारमा अर्काको पदार्थ ग्रहण गर्नु अप्रीति र दिनु प्रीतिको कारण हो । साथै विशेष गरेर समयमा उचित क्रिया गर्नु र त्यस पराजितलाई मनोवांछित पदार्थहरू दिनु असाध्यै उत्तम हो र त्यसलाई चिढाउनु हुँदैन, न त हँस्सी र ठट्टा नै गरोस्, सामुन्नेबाट “हामीले तिमीलाई पराजित गरेका हौं” यस्तो भनोस् किन्तु तपाईं हाम्रो भाइ हुनुहुन्छ इत्यादि मान्य प्रतिष्ठा पनि सदा गरोस् ॥१४॥
हिरण्यभूमिसंप्राप्त्या पार्थिवो न तथैधते । यथा मित्रं ध्रुवं लब्ध्वा कृशमप्यायतिक्षमम् ॥१॥
धर्मज्ञं च कृतज्ञं च तुष्टप्रकृतिमेव च । अनुरक्तं स्थिरारम्भं लघुमित्रं प्रशस्यते ॥२॥
प्राज्ञं कुलीनं शूरं च दातारमेव च । कृतज्ञं धृतिमन्तञ्च कष्टमाहुररिं बुधाः ॥३॥
आर्यता पुरुषज्ञानं शौर्य्यं करुणवेदिता । स्थौललक्ष्यं च सततमुदासीनगुणोदयः ॥४॥
—मनुस्मृति (अध्याय ७/श्लोक २०८-२११) ॥
मित्रको लक्षण— राजा सुवर्ण र भूमिको प्राप्तिले त्यसरी बढ्दैन कि जसरी निश्चल प्रेमयुक्त भविष्यत्को कुरालाई सोच्ने र कार्य सिद्ध गर्ने समर्थ मित्र अथवा दुर्बल मित्रलाई पनि प्राप्त गरेर अगाडि बढ्दछ ॥१॥ धर्मलाई जान्ने, ‘कृतज्ञ’ गरिएको उपकारलाई सदा मान्ने, प्रसन्नस्वभाव, अनुरागी, स्थिरारम्भी, लघु सानो मित्रलाई पनि प्राप्त गरेर, प्रशंसित हुन्छ ॥२॥ सदा यस कुराको हेक्का राखोस् कि बुद्धिमान्, कुलीन्, शूरवीर, चतुर, दाता, गरिएको कुरालाई जान्ने र धैर्यवान् पुरुषलाई कहिल्यै पनि शत्रु नबनाओस्; र यस्तालाई जसले शत्रु बनाउँछ, त्यसले दुःख पाउँछ ॥३॥ उदासीनको लक्षण— जसमा प्रशंसित गुणयुक्त, राम्रा-नराम्रा मनुष्यको ज्ञान, शूरवीरता र करुणा पनि; स्थूललक्ष्य अर्थात् माथि-माथिको कुरालाई निरन्तर सुनाउने गरोस्, त्यसलाई ‘उदासीन’ भनिन्छ ॥४॥
एवं सर्वमिदं राजा सह सम्मन्त्र्य मन्त्रिभिः । व्यायाम्याप्लुत्य मध्याह्ने भोक्तुमन्तःपुरं विशेत् ॥
—मनुस्मृति (अध्याय ७/श्लोक २१६) ॥
पूर्वोक्त प्रातःकालको समयमा उठेर, शौचादि सन्ध्योपासन गरेर वा गराएर, सबै मन्त्रीहरूसँग विचार-विमर्श गरेर, सैनिकहरूलाई भेट्दै, सबै भृत्य र सेनाध्यक्षहरूसँग मिलेर, तिनलाई हर्षित गराउँदै, नानाप्रकारको व्यूहशिक्षा अर्थात् कवाज आदि गराएर, सबै घोडा, हात्ती, गाई आदिको स्थान, शस्त्र र अस्त्रको कोश तथा वैद्यालय, धनको कोशलाई हेरेर, सबैप्रति नित्यदृष्टि राखेर जे-जति तिनमा खोट छ भने निकालेर, व्यायामशालामा गएर व्यायाम गर्ने, भोजनको लागि अन्तःपुरमा अर्थात् पत्नी आदिको निवासस्थानमा प्रवेश गरोस् र भोजन सुपरीक्षित, बुद्धिबलपराक्रमवर्द्धक, रोगविनाशक, अनेक प्रकारको अन्न-व्यञ्जन पान आदि सुगन्धित मिष्टादि अनेक रसयुक्त उत्तम गरोस् कि जसबाट सदा सुखी रहन सकियोस् । यस प्रकारबाट राज्यको सबै उन्नति गर्ने गर्नू ।
व्यापार आदि तथा राजभागको कथन (६.१६)
प्रजासँग राजाले कसरी कर लिनुपर्दछ यसको प्रकार—
पञ्चाशद्भाग आदेयो राज्ञा पशुहिरण्ययोः । धान्यानामष्टमो भागः षष्ठो द्वादश एव वा ॥
—मनुस्मृति (अध्याय ७/श्लोक १३०) ॥
व्यापार गर्ने व्यापारी वा शिल्पीलाई सुवर्ण र चाँदीको जति लाभ हुन्छ त्यसमा पाँचौं भाग, चामल आदि अन्नमा छैटौं, आठौं वा बाह्रौं भाग लिने गरोस् र जुन धन लिइन्छ त्यो पनि यस प्रकारले लियोस् कि जसबाट किसान आदि खान-पिन र धनले रहित भएर दुःख नपाऊन् । किनभने प्रजा धनाढ्य, आरोग्य खान-पान आदिले सम्पन्न रहेमा नै राजाको ठूलो उन्नति हुन्छ । प्रजालाई आफ्नै सन्तान सदृश सुख देओस् र प्रजाले आफ्नो पिता सदृश राजा र महापुरुषहरूलाई जानोस् । यो कुरो ठीक हो कि राजाहरूका राजा किसान आदि परिश्रम गर्नेहरू हुन् र राजा तिनको रक्षक हो । यदि प्रजा नै भएन भने त राजा के कामको ? र राजा नै भएन भने त प्रजा कसको भन्ने ? दुइटै आफ्नो काममा स्वतन्त्र र मिलेर गर्ने काममा परतन्त्र रहून् । प्रजाको साधारण सम्मतिको विरुद्धमा राजा वा राजपुरुष नहून्, राजाको आज्ञाको विरुद्ध राजपुरुष वा प्रजा नबनून्, यो राजाको राजकीय निज काम अर्थात् जसलाई ‘राजनीति’ भन्दछन्, संक्षेपमा यहाँ बताइयो । अब यस भन्दा विशेष हेर्न चाहेमा चारैवेद र मनुस्मृति, शास्त्रहरूलाई हेरेर निश्चय गर्नू ।
र जसले प्रजालाई न्याय गर्न चाहन्छ, त्यसले मनुस्मृतिको अष्टमाध्याय आदिलाई रीतिपूर्वक हेरेर मनन गर्नुपर्दछ । परन्तु यहाँ पनि संक्षेपले लेखिन्छ—
अट्ठाह्र विवादास्पद मार्गहरूमा धर्म एवं न्यायले चल्ने रीति (६.१७)
प्रत्यहं देशदृष्टैश्च शास्त्रदृष्टैश्च हेतुभिः । अष्टादशसु मार्गेषु निबद्धानि पृथक् पृथक् ॥१॥
तेषामाद्यमृणादानं निक्षेपोऽस्वामिविक्रयः । संभूय च समुत्थानं दत्तस्यानपकर्म च ॥२॥
वेतनस्यैव चादानं संविदश्च व्यतिक्रमः । क्रयविक्रयानुशयो विवादः स्वामिपालयोः ॥३॥
सीमाविवादधर्मश्च पारुष्ये दण्डवाचिके । स्तेयं च साहसं चैव स्त्रीसङ्ग्रहणमेव च ॥४॥
स्त्रीपुंधर्मो विभागश्च द्यूतमाह्वय एव च । पदान्यष्टादशैतानि व्यवहारस्थिताविह ॥५॥
तेषु स्थानेषु भूयिष्ठं विवादं चरतां नॄणाम् । धर्मं शाश्वतमाश्रित्य कुर्यात्कार्यविनिर्णयम् ॥६॥
धर्मो विद्धस्त्वधर्मेण सभां यत्रोपतिष्ठते । शल्यं चास्य न कृन्तन्ति विद्धास्तत्र सभासदः ॥७॥
सभा वा न प्रवेष्टव्या वक्तव्यं वा समञ्जसम् । अब्रुवन्विब्रुवन्वापि नरो भवति किल्विषी ॥८॥
यत्र धर्मो ह्यधर्मेण सत्यं यत्रानृतेन च । हन्यते प्रेक्षमाणानां हतास्तत्र सभासदः ॥९॥
धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षितः । तस्माद्धर्मो न हन्तव्यो मा नो धर्मो हतोऽवधीत् ॥१०॥
वृषो हि भगवान्धर्मस्तस्य यः कुरुते ह्यलम् । वृषं तं विदुर्देवास्तस्माद्धर्मं न लोपयेत् ॥११॥
एक एव सुहृद्धर्मो निधनेऽप्यनुयाति यः । शरीरेण समं नाशं सर्वमन्यद्धि गच्छति ॥१२॥
पादोऽधर्मस्य कर्त्तारं पादः साक्षिणमृच्छति । पादः सभासदः सर्वान् पादो राजानमृच्छति ॥१३॥
राजा भवत्यन्नेनास्तु मुच्यन्ते च सभासदः । एनो गच्छति कर्त्तारं निन्दार्हो यत्र निन्द्यते ॥१४॥
—मनुस्मृति (अध्याय ८/श्लोक ३-८, १२-१९) ॥
सभा, राजा र राजपुरुष सबैजना देशाचार र शास्त्रव्यवहार हेतुहरूदेखि निम्नलिखित अट्ठाह्र विवादास्पद मार्गहरूमा विवादयुक्त कर्महरूको निर्णय प्रतिदिन गर्ने गर्नु । र जुन-जुन नियम शास्क्रोत्त नपाइएमा र तिनको हुनुपर्ने आवश्यकता ठहरिएमा त उत्तमोत्तम नियम बाँधेर चलाउनु जसबाट राजा र प्रजाको उन्नति होस् ॥१॥ अट्ठाह्र मार्ग यी हुन्— तिनमा १– (ऋणादान) कसैसँग ऋण लेन-देनमा विवाद हुने । २– (निक्षेप) धरौटि अर्थात् कसैले कसैसँग पदार्थ धरौटि राखेको छ र माग्दा दिंदैन । ३– (अस्वामिविक्रयः) अर्काको पदार्थलाई दोस्रै मान्छेले बेचिदिने । ४– (संभूय च समुत्थानम्) मिलेमतो गरेर कसैमाथि अत्याचार गर्नु । ५– (दत्तस्यानपकर्म च) दिएको पदार्थलाई नदिनु ॥२॥ ६– (वेतनस्यैव चादानम्) वेतन अर्थात् कुनै पनि नोकरीबाट लिनु वा थोरै दिनु अथवा दिंदै नदिनु । ७– (संविदश्च व्यतिक्रमः) प्रतिज्ञादेखि विरुद्ध वर्त्तिनु । ८– (क्रयविक्रयानुशय) अर्थात् लेन–देनमा झगडा हुनु । ९–(विवादः स्वामिपालयोः) पशुको स्वामी र वस्तु पाल्नेवालासँगको झै-झगडा ॥३॥ १०–सीमाको विवाद । ११–कसैलाई कठोर दण्ड दिनु । १२–कठोर वाणी बोल्नु । १३–चोरी वा डकैती मार्नु । १४–कुनै काम बलात्कारले गर्नु । १५–कसैकी स्त्री वा पुरुषमा व्यभिचार हुनु ॥४॥ १६–स्त्री र पुरुषको धर्ममा व्यतिक्रम हुनु । १७–विभाग (अंशबण्डा) दायभागमा वाद-विवाद उठ्नु । १८–द्यूत अर्थात् जड पदार्थ र समाह्वय अर्थात् चेतनलाई दाउमा राखेर जुवा खेल्नु । यी अट्ठाह्र प्रकारका परस्पर विरुद्ध व्यवहारहरूका स्थान हुन् ॥५॥ यी व्यवहारहरूमा धेरै विवाद गर्ने पुरुषहरूलाई न्यायको सनातनधर्मको आश्रय अर्थात् तराजुबाट निर्णय गर्ने गर्नु, अर्थात् कसैलाई पनि पक्षपात कहिल्यै नगर्नु ॥६॥ जुन सभामा अधर्मले घाइते भएर धर्म उपस्थित हुन्छ; यदि त्यसको शल्य अर्थात् तीरवत् धर्मको कलङ्कलाई निकालेर अधर्मको छेदन गर्दैन भने, अर्थात् धर्मीलाई मानेर अधर्मीलाई दण्ड दिंदैनभने, त्यस सभामा जति सभासद छन् ती सबै घाइतेकै समान भएको सम्झिइन्छ ॥७॥ धार्मिक मनुष्यलाई यो योग्य हुन्छ कि सभामा कहिल्यै प्रवेश नगरोस्, यदि प्रवेश गर्नै परेमा पनि प्रवेश गरेर सत्य नै बोलोस्; जो कुनै सभामा अन्याय भैरहेको देखेर पनि चुप रहन्छ, अथवा सत्य न्यायको विरुद्ध बोल्दछ भने, त्यो महापापी हुन्छ ॥८॥ जुन सभामा अधर्मले धर्म, असत्यले सत्य सबै सभासदहरूले हेर्दाहेर्दैमा मारिन्छ भने, त्यस सभामा उपस्थित भएका जति सबै मृतकका समान हुन्, तिनीहरूमा जिउँदो कोही पनि हुँदैन ॥९॥ मरेको धर्मले मार्नेवालाको नाश र रक्षित गरिएको धर्मले रक्षकको रक्षा गर्दछ, त्यसैले धर्मको हनन गहिल्यै पनि नगर्नु, कारण कि मारिएको धर्मले कहिल्यै पनि आफूलाई नमारोस् ॥१०॥ जो सबै ऐश्वर्यहरूलाई दिने र सुखको वर्षा गराउनेवाला धर्म हो, त्यसको लोप गर्दछ भने त्यसलाई मान्छेहरूले ‘वृषल’ अर्थात् शूद्र र नीच भन्दछन् । त्यसैले कुनै पनि मनुष्यले धर्मको लोप गर्न उचित हुँदैन ॥११॥ यस संसारमा एउटै मात्र धर्म सुहृद् हो, जुन मृत्यु पश्चात् पनि साथ चल्दछ; र सबै पदार्थ वा सङ्गी, शरीरको नाश हुनासाथ नै नाशलाई प्राप्त हुन्छन्, अर्थात् सबैको सङ्ग छुट्दछ परन्तु धर्मको सङ्ग कहिल्यै पनि छुट्दैन ॥१२॥ जब राजसभामा पक्षपातबाट अन्याय गरिन्छ भने त्यहाँ अधर्मको चार विभाग हुन जान्छ, त्यसमा पहिलो अधर्मको कर्ता, दोस्रो साक्षी, तेस्रो सभासदहरू र चौथो पाद चाहिं अधर्मी सभाको सभापति राजालाई प्राप्त हुन्छ ॥१३॥ जुन सभामा निन्दाका योग्यहरूको निन्दा, स्तुतिका योग्यहरूको स्तुति, दण्डका योग्यहरूलाई दण्ड र मान्यका योग्यहरूलाई मान्यता प्राप्त हुन्छ, त्यहाँ राजा र सभासद् पापदेखि रहित र पवित्र हुन्छन्, पापको कर्तालाई नै पाप प्राप्त हुन्छ ॥१४॥
साक्षीको लागि कर्तव्य र उपदेश (६.१८)
अब साक्षी कस्तो हुनुपर्दछ—
आप्ताः सर्वेषु वर्णेषु कार्य्या कार्येषु साक्षिणः । सर्वधर्मविदोऽलुब्धा विपरीतांस्तु वर्जयेत् ॥१॥
स्त्रीणां साक्ष्यं स्त्रियः कुर्युर्द्विजानां सदृशा द्विजाः । शूद्राश्च सन्तः शूद्राणामन्त्यानामन्त्ययोनयः ॥१॥
साहसेषु च सर्वेषु स्तेयसङ्ग्रहणेषु च । वाग्दण्डयोश्च पारुष्ये न परीक्षेत साक्षिणः ॥३॥
बहुत्वं परिगृह्णीयात् साक्षिद्वैधे नराधिपः । समेषु तु गुणोत्कृष्टान् गुणिद्वैधे द्विजोत्तमान् ॥४॥
समक्षदर्शनात्साक्ष्यं श्रवणाच्चैव सिध्यति । तत्र सत्यं ब्रुवन्साक्षी धर्मार्थाभ्यां न हीयते ॥५॥
साक्षी दृष्टश्रुतादन्यद्विब्रुवन्नार्य्यसंसदि । अवाङ्नरकमभ्येति प्रेत्य स्वर्गाच्च हीयते ॥६॥
स्वभावेनैव यद् ब्रूयुस्तद् ग्राह्यं व्यावहारिकम् । अतो यदन्यद्विब्रूयुधर्मर्मार्थं तदपार्थकम् ॥७॥
सभान्तः साक्षिणः प्राप्तानर्थिप्रत्यर्थिसन्निधौ । प्राड्विवाकोऽनुयुञ्जीत विधिनाऽनेन सान्त्वयन् ॥८॥
यद् द्वयोरनयोर्वेत्थ कार्येऽस्मिँश्चेष्टितं मिथः । तद् ब्रूत सर्वं सत्येन युष्माकं ह्यत्र साक्षिता ॥९॥
सत्यं साक्ष्ये ब्रुवन्साक्षी लोकानाप्नोति पुष्कलान् । इह चानुत्तमां कीर्तिं वागेषा ब्रह्मपूजिता ॥१०॥
सत्येन पूयते साक्षी धर्मः सत्येन वर्द्धते । तस्मात्सत्यं हि वक्तव्यं सर्ववर्णेषु साक्षिभिः ॥११॥
आत्मैव ह्यात्मनः साक्षी गतिरात्मा तथात्मनः । मावमंस्थाः स्वमात्मानं नॄणां साक्षिणमुत्तमम् ॥१२॥
यस्य विद्वान् हि वदतः क्षेत्रज्ञो नाभिशङ्कते । तस्मान्न देवाः श्रेयांसं लोकेऽन्यं पुरुषं विदुः ॥१३॥
एकोऽहमस्मीत्यात्मानं यत्त्वं कल्याण मन्यसे । नित्यं स्थितस्ते हृद्येषः पुण्यपापेक्षिता मुनिः ॥१४॥
—मनुस्मृति अध्याय (८/श्लोक ६३, ६८, ७२-७५, ७८-८१, ८३, ८४, ९६, ९१) ॥
सबै वर्णहरूमा धार्मिक, विद्वान्, निष्कपटी, सबै प्रकारबाट धर्मलाई जान्ने, लोभरहित, सत्यवादीहरूलाई न्यायव्यवस्थामा साक्षी राख्नु, सत्यवादीदेखि विपरीतहरूलाई कहिल्यै नराख्नु ॥१॥ स्त्रीहरूका साक्षी स्त्री, द्विजहरूका साक्षी द्विज; शूद्रहरूका शूद्र र अन्त्यजहरूका अन्त्यज नै साक्षीमा राख्नु ॥२॥ जति बलात्कारको काम, चोरी, व्यभिचार; कठोर वचन, दण्डनिपातन रूप अपराध छन्, यिनमा साक्षीको परीक्षा नलिनु र अत्यावश्यक पनि नसम्झनु, किनभने यी काम सबै गुप्त रूपमा हुने गर्दछन् ॥३॥ दुवैतिरका साक्षीहरूमा बहुपक्षानुसार, तुल्य साक्षीमा उत्तम गुणी पुरुषलाई साक्षीको अनुकूल, र दुइटैका साक्षी उत्तम गुणी र तुल्य छन् भने ‘द्विजोत्तम’ अर्थात् ऋषि, महर्षि र यतिहरूको साक्षीको अनुसार न्याय गर्ने गर्नु ॥४॥ दुई प्रकारबाट साक्षी हुनको लागि सिद्ध हुन्छ— एक साक्षात् देख्नाले र दोस्रो सुन्नाले; जब सभामा सोधिन्छ तब साक्षीले सत्य बोलोस्, त्यो धर्महीन र दण्डको योग्य नहोस् र जुन साक्षीले मिथ्या बोल्दछ, त्यो यथायोग्य दण्डनीय होस् ॥५॥ जसले राजसभा वा कुनै उत्तम पुरुषहरूको सभामा देखेको र सुनेको भन्दा विपरीत साक्षी बकेमा त त्यो (अवाङ्नरक) अर्थात् जिह्वाको छेदनबाट दुःखरूप नरकलाई वर्तमान समयमा प्राप्त होस्, र मरेपश्चात् सुखदेखि हीन बनोस् ॥६॥ साक्षीको त्यस वचनलाई मान्नु जुन स्वभावैले त्यस व्यवहार-सम्बन्धी सत्य वचन बोल्दछ र यसदेखि भिन्न सिकाइएको जुन-जुन वचन बोल्दछ, त्यस-त्यसलाई न्यायाधीशले व्यर्थ सम्झियोस् ॥७॥ जब अर्थी (वादी) र प्रत्यर्थी (प्रतिवादी) को सामुन्ने सभाको समीपमा प्राप्त भएका साक्षीहरूलाई शान्तिपूर्वक न्यायाधीश र प्राड्विपाक अर्थात् वकिल वा बैरिस्टरले यस प्रकारले सोधोस् कि ॥८॥ —हे साक्षीहरू हो ! यस कार्यमा यी दुइटाको परस्पर कर्ममा जे तिमीले जान्दछौ; त्यसलाई सत्यको साथमा भन, किनभने तिमी त्यस कार्यमा साक्षिता छौ ॥९॥ किनभने जुन साक्षीले सत्य बोल्दछ, त्यो जन्मान्तरमा उत्तम जन्म र उत्तम लोकान्तरहरूमा जन्म प्राप्त गरेर सुख भोग्दछ । यस जन्म वा परजन्ममा उत्तम कीर्तिलाई प्राप्त गर्दछ, किनभने जुन यो वाणी हो त्यही वेदहरूमा सत्कार र तिरस्कारको कारण लेखिएको छ । जसले सत्य बोल्दछ त्यो प्रतिष्ठित र जो मिथ्यावादी हुन्छ त्यो निन्दित हुन्छ ॥१०॥ सत्य बोल्नाले साक्षी पवित्र हुन्छ, र सत्य नै बोल्नाले धर्म बढ्दछ; त्यसैले सबै वर्णहरूमा साक्षीहरूले सत्य नै बोल्ने गर्नुपर्दछ ॥११॥ आत्माको साक्षी आत्मा, र आत्माको गति आत्मा हो; यसलाई जानेर हे पुरुष ! तँ सबै मनुष्यको उत्तम साक्षी आफ्नो आत्माको अपमान नगर अर्थात् यही सत्यभाषण हो कि जुन तेरो आत्मा, मन र वाणीमा एउटै छ त्यो सत्य र यसदेखि विपरीत त्यो मिथ्याभाषण हो ॥१२॥ जुन बोल्दै गरेको पुरुषको विद्वान् ‘क्षेत्रज्ञ’ अर्थात् शरीरलाई जान्ने आत्माले भित्रभित्रै कत्ति पनि शङ्का प्राप्त गर्दैन; त्यसदेखि भिन्न विद्वान्हरू कसैलाई उत्तम पुरुष जान्दैनन् ॥१३॥ हे कल्याणको इच्छा गर्ने पुरुष ! जो तँ “म एक्लै छु” यस्तो आफ्नो आत्मामा जानेर मिथ्या बोल्दछस् त्यो ठीक होइन किन्तु जुन दोस्रो तेरो हृदयमा अन्तर्यामीरूपबाट परमेश्वर पुण्य-पापलाई हेर्नेवाला मुनि स्थित छ, त्यस परमात्मादेखि डराएर सधैं सत्य बोल्ने गर्नु ॥१४॥
झुटा साक्षीको लागि दण्ड विधि (६.१९)
लोभान्मोहाद्भयान्मैत्रात्कामात्त्रोधात्तथैव च । अज्ञानाद् बालभावाच्च साक्ष्यं वितथमुच्यते ॥१॥
एषामन्यतमे स्थाने यः साक्ष्यमनृतं वदेत् । तस्य दण्डविशेषाँस्तु प्रवक्ष्याम्यनुपूर्वशः ॥२॥
लोभात्सहस्रं दण्ड्यस्तु मोहात्पूर्वन्तु साहसम् । भयाद् द्वौ मध्यमौ दण्ड्यौ मैत्रात्पूर्वं चतुर्गुणम् ॥३॥
कामाद्दशगुणं पूर्वं क्रोधात्तु त्रिगुणं परम् । अज्ञानाद् द्वे शते पूर्णे बालिश्याच्छतमेव तु ॥४॥
उपस्थमुदरं जिह्वा हस्तौ पादौ च पञ्चमम् । चक्षुर्नासा च कर्णौ च धनं देहस्तथैव च ॥५॥
अनुबन्धं परिज्ञाय देशकालौ च तत्त्वतः । साराऽपराधौ चालोक्य दण्डं दण्ड्येषु पातयेत् ॥६॥
अधर्मदण्डनं लोके यशोघ्नं कीर्त्तिनाशनम् । अस्वर्ग्यञ्च परत्रापि तस्मात्तत्परिवर्जयेत् ॥७॥
अदण्ड्यान्दण्डयन् राजा दण्ड्यांश्चैवाप्यदण्डयन् । अयशो महदाप्नोति नरकं चैव गच्छति ॥८॥
वाग्दण्डं प्रथमं कुर्याद्धिग्दण्डं तदनन्तरम् । तृतीयं धनदण्डं तु वधदण्डमतः परम् ॥९॥
—मनुस्मृति (अध्याय ८/श्लोक ११८-१२१, १२५-१२९)॥
द्रष्टव्यः यसमा दण्डको रकम अहिलेको विनिमय अनुसार मिलाएर राखिएको छ ।
जसले लोभ, मोह, भय, मित्रता, काम, क्रोध, अज्ञान र बालकपनबाट साक्षी दिन्छ भने त्यो सबैलाई मिथ्या सम्झनु ॥१॥ यी मध्येका कुनै स्थानमा साक्षीले झुट बोले त्यसलाई वक्ष्यमाण (तल लेखिए अनुसार) अनेकविध दण्ड दिने गर्नु ॥२॥ जो लोभले झुटो साक्षी दिन्छ भने त्यसलाई २५ रुपैयाँ दण्ड लेओस्, जसले मोहबाट झुटो साक्षी दिन्छ ५ रुपैयाँ, जसले भयबाट मिथ्या साक्षी दिन्छ १० रुपैयाँ, जसले मित्रताको कारणले झुटो साक्षी दिन्छ त्यसलाई २० रुपैयाँ ॥३॥ जसले कामनाबाट प्रेरित भएर झुटो साक्षी दिन्छ त्यसलाई ४० रुपैयाँ, जसले क्रोधबाट साक्षी दिन्छ त्यसलाई ७४ रुपैयाँ, जसले अज्ञानबाट साक्षी दिन्छ १० रुपैयाँ, जसले बालकपनबाट मिथ्या साक्षी दिन्छ ३ रुपैयाँ दण्ड लगाउनुपर्दछ ॥४॥ दण्डका उपस्थेन्द्रिय, उदर, जिह्वा, हात, खुट्टा, आँखा, नाक, कान, धन र देह यी दश स्थान हुन् जसमा दण्ड दिने गरिन्छ ॥५॥ परन्तु जति-जति दण्ड लेखिएको छ र लेखिनेछ जस्तै लोभले झुटो साक्षी दिंदामा २५ रुपैयाँ लेखिएको छ परन्तु त्यो यदि अत्यन्त निर्धन छ भने त त्यसभन्दा थोरै र यदि धनाढ्य छ भने त त्यस भन्दा दुईगुणा, तीनगुणा, चौगुणा सम्म पनि लेओस् अर्थात् जस्तो देश, काल, पुरुष र अपराधको प्रकृति हेरेर त्यसलाई त्यस्तै किसिमको दण्ड-सजायँ लगाउनु ॥६॥ किनभने यस संसारमा जुन अधर्मले दण्ड गराइन्छ, त्यसले पूर्व प्रतिष्ठा, वर्तमान र भविष्यत्मा हुने कीर्तिलाई नाश गर्दछ र परजन्ममा पनि दुःखदायक हुन्छ, त्यसैले अधर्मयुक्त दण्ड कसैमाथि नगर्नु ॥७॥ जो राजा दण्डनीयलाई दण्ड नदिने र अदण्डनीयलाई दण्ड दिने गर्दछ अर्थात् दण्ड दिन योग्यलाई छोडिदिन्छ त्यसले जिउँदैमा घोर निन्दा र मरेपछि ठूलो दुःखलाई प्राप्त गर्दछ, त्यसैले जसले अपराध गर्दछ त्यसलाई सदा दण्ड र अनपराधीलाई दण्ड कहिल्यै पनि नदेओस् ॥८॥ प्रथम वाणीको दण्ड अर्थात् त्यसको ‘निन्दा’, दोस्रो ‘धिक्’ अर्थात् तँलाई धिक्कार छ कि तैंले यस्तो नराम्रो काम गरिस्, तेस्रो ‘धनदण्ड’ अर्थात् ‘धन लिनु’ र ‘वध’ दण्ड अर्थात् त्यसलाई कोर्रा वा बेतको लाठीले हान्नु वा शिर काटिदिनु ॥९॥
चोरको लागि दण्डको व्याख्या (६.२०)
येन येन यथाङ्गेन स्तेनो नृषु विचेष्टते । तत्तदेव हरेदस्य प्रत्यादेशाय पार्थिवः ॥१॥
पिताचार्य्याः सुहृन्माता भार्य्या पुत्रः पुरोहितः । नादण्ड्यो नाम राज्ञोऽस्ति यः स्वधर्मे न तिष्ठति ॥२॥
कार्षापणं भवेद्दण्ड्यो यत्रान्यः प्राकृतो जनः । तत्र राजा भवेद्दण्ड्यः सहस्रमिति धारणा ॥३॥
अष्टापाद्यन्तु शूद्रस्य स्तेये भवति किल्विषम् । षोडशैव तु वैश्यस्य द्वात्रिंशत्क्षत्रियस्य च ॥४॥
ब्राह्मणस्य चतुःषष्टिः पूर्णं वापि शतं भवेत् । द्विगुणा वा चतुःषष्टिस्तद्दोषगुणविद्धि सः ॥५॥
ऐन्द्रं स्थानमभिप्रेप्सुर्यशश्चाक्षयमव्ययम् । नोपेक्षेत क्षणमपि राजा साहसिकं नरम् ॥६॥
वाग्दुष्टात्तस्कराच्चैव दण्डेनैव च हिंसतः । साहसस्य नरः कर्त्ता विज्ञेयः पापकृत्तमः ॥७॥
साहसे वर्त्तमानं तु यो मर्षयति पार्थिवः । स विनाशं व्रजत्याशु विद्वेषं चाधिगच्छति ॥८॥
न मित्रकारणाद्राजा विपुलाद्वा धनागमात् । समुत्सृजेत् साहसिकान् सर्वभूतभयावहान् ॥९॥
गुरुं वा बालवृद्धौ वा ब्राह्मणं वा बहुश्रुतम् । आततायिनमायान्तं हन्यादेवाविचारयन् ॥१०॥
नाततायिवधे दोषो हन्तुर्भवति कश्चन । प्रकाशं वाऽप्रकाशं वा मन्युस्तन्मन्युमृच्छति ॥११॥
यस्य स्तेनः पुरे नास्ति नान्यस्त्रीगो न दुष्टवाक् । न साहसिकदण्डघ्नौ स राजा शक्रलोकभाक् ॥१२॥
—मनुस्मृति (अध्याय ८/श्लोक ३३४-३३८, ३४४-३४७, ३५०-३५१, ३८६) ॥
चोर जुन प्रकारले जुन-जुन अङ्गद्वारा मनुष्यको विरुद्ध चेष्टा गर्दछ; त्यस-त्यस अङ्गलाई मनुष्यको शिक्षाको लागि राजाले हरण अर्थात् छेदन गरिदेओस् ॥१॥ चाहे पिता, आचार्य, मित्र, माता, स्त्री, पुत्र र पुरोहित नै किन नहोस्; जो स्वधर्ममा स्थित रहँदैन, त्यो राजाको अदण्ड्य हुँदैन । अर्थात् जब राजा न्यायासनमा बसेर न्याय गर्दछ तब कसैको पक्षपात नगरोस् किन्तु यथोचित दण्ड देओस् ॥२॥ जुन अपराधमा साधारण मनुष्यलाई एक पैसा दण्ड हुन्छ; त्यसै अपराधमा राजालाई हजार पैसा दण्ड होओस् अर्थात् साधारण मनुष्यको भन्दा राजालाई हजार गुणा दण्ड हुनुपर्दछ । दिवान अर्थात् राजाका मन्त्रीलाई आठ सय गुणा, त्यस भन्दा न्यूनलाई सात सय गुणा र त्यस भन्दा पनि न्यूनलाई ६ सय गुणा, यसै प्रकार उत्तर-उत्तर अर्थात् जुन एक सानो भन्दा सानो भृत्य अर्थात् चपरासी हो, त्यसलाई आठ गुणा भन्दा कम्ती हुनुहुँदैन । किनभने यदि प्रजापुरुषहरू भन्दा राजपुरुषहरूलाई अधिक दण्ड हुँदैन भने त राजपुरुषहरूले प्रजापुरुषहरूको नाश गरिदिन्छन् । जसरी सिंह अधिक र बाख्रा थोरै हुँदामा वशमा परिहाल्दछ । त्यसैले राजादेखि लिएर साना भन्दा साना भृत्य पर्यन्त राजपुरुषहरूलाई अपराधमा प्रजापुरुषहरूको भन्दा अधिक दण्ड हुनुपर्दछ ॥३॥ त्यसरी नै जो विवेकी हुँदै चोरी गर्दछ, त्यस शूद्रको चोरीमा आठ गुणा, वैश्यलाई सोह्र गुणा, क्षत्रियलाई बत्तीस गुणा ॥४॥ ब्राह्मणलाई चौसट्ठी गुणा वा सय गुणा अथवा एक सय अट्ठाईस गुणा दण्ड दिनुपर्दछ । अर्थात् जसको जति ज्ञान र प्रतिष्ठा अधिक हुन्छ, त्यसको अपराधमा उतिनै अधिक दण्ड हुनुपर्दछ ॥५॥ राज्यको अधिकारी, धर्म र ऐश्वर्यलाई चाहने राजाले बलात्कार काम गर्ने डाँकूहरूलाई दण्ड दिनमा एक क्षण पनि विलम्ब गर्नुहुँदैन ॥६॥
साहसिक पुरुषको लक्षण यस्तो हुन्छ—
जसले दुष्ट वचन बोल्दछ, चोरी गर्दछ, बिना अपराध दण्ड दिनेसँग पनि हिम्मतगरी जबर्जस्ती काम गर्छ, त्यो अतीव पापी दुष्ट हो ॥७॥ जुन राजा साहसगर्ने वर्तमान पुरुषलाई दण्ड नदिएर सहन गर्दछ, त्यो राजा शीघ्र नै नाशलाई प्राप्त हुन्छ र राज्यमा द्वेष बड्दछ ॥८॥ न मित्रता, न पुष्कल धनको प्राप्तिले पनि, राजा सबै प्राणीहरूलाई दुःख दिने साहसिक मनुष्यलाई बन्धन-छेदन गरे बिना कहिल्यै नछोड्नु ॥९॥ चाहे गुरु होस्, चाहे पुत्रादि बालक होस्, चाहे पिता आदि वृद्ध होस्, चाहे ब्राह्मण र चाहे धेरै शास्त्रहरूको श्रोता किन नहोस्; जसले धर्मलाई छोडेर अधर्मलाई वर्तमान बिना अपराध अर्कालाई मार्नेवाला, यस्ता अपराधीलाई बिना विचार मारिहाल्नुपर्दछ र मारेपछि मात्रै विचार गर्नुपर्दछ ॥१०॥ दुष्ट पुरुषहरूलाई मार्दामा हन्तालाई पाप लाग्दैन; चाहे प्रसिद्ध मारोस् चाहे अप्रसिद्ध, किनभने क्रोधीलाई क्रोधले नै मार्नुपर्दछ अर्थात् क्रोधसँग क्रोधको नै लडाईं हुन्छ ॥११॥ जुन राजाको राज्यमा न चोर, न परस्त्रीगामी, न दुष्ट वचन बोल्नेवाला, न साहसिक डाँकू र नदण्डघ्न अर्थात् राजाको आज्ञालाई भङ्ग गर्नेवाला हुँदैन, त्यो राजा अतीव श्रेष्ठ हो ॥१२॥
भर्त्तारं लङ्घयेद्या स्त्री स्वज्ञातिगुणदर्पिता । तां श्वभिः खादयेद्राजा संस्थाने बहुसंस्थिते ॥१॥
पुमांसं दाहयेत्पापं शयने तप्त आयसे । अभ्यादध्युश्च काष्ठानि तत्र दह्येत पापकृत् ॥२॥
दीर्घाध्वनि यथादेशं यथाकालं तरो भवेत् । नदीतीरेषु तद्विद्यात् समुद्रे नास्ति लक्षणम् ॥३॥
अहन्यहन्यवेक्षेत कर्मान्तान्वाहनानि च । आयव्ययौ च नियतावाकरान्कोषमेव च ॥४॥
एवं सर्वानिमान् राजा व्यवहारान्समापयन् । व्यपोह्य किल्विषं सर्वं प्राप्नोति परमां गतिम् ॥५॥
—मनुस्मृति (अध्याय ८/श्लोक ३७१-३७२, ४०६, ४१९-४२०) ॥
जुन स्त्री आफ्नो जाति गुणको घमण्डले पतिलाई छोडेर व्यभिचार गर्दछे, त्यसलाई धेरै मान्छेहरूको माझमा तालिम प्राप्त कुकुरहरूबाट टोकाएर मार्नु ॥१॥ त्यसरी नै आफ्नी स्त्रीलाई छोडेर परस्त्री वा वेश्यागमन गर्दछ भने, त्यस पापीलाई तातो फलामको पलंगमा सुताएर सबैको सामुन्ने भस्म गरिदिनु ॥२॥
प्रश्न— यदि राजा वा रानी अथवा न्यायाधीश वा उसकी स्त्रीले व्यभिचारादि कुकर्म गरे भने त तिनलाई कसले दण्ड दिने त ?
उत्तर— सभाले, अर्थात् तिनलाई प्रजापुरुषहरूको भन्दा पनि अधिक दण्ड मिल्नुपर्दछ ।
प्रश्न— राजादिले तिनीहरूबाट दण्ड किन ग्रहण गर्ने ?
उत्तर— राजा पनि एउटा पुण्यात्मा भाग्यशाली मनुष्य हो । जब उसलाई दण्ड नदिने र उसले दण्ड ग्रहण नगरे त अरू मान्छेले किन मान्ने ? र जब सबै प्रजा र प्रधान राज्याधिकारी र सभा धार्मिकताले दण्ड दिन चाहन्छन् भने त एक्लो राजाले के गर्न सक्दछ र ? यदि यस्तो व्यवस्था भएन भने त राजा प्रधान र सबै समर्थ पुरुष अन्यायमा डुबेर न्यायधर्मलाई डुबाउँदै सबै प्रजाको नाश गर्दछ र आफू पनि नष्ट हुन जान्छ अर्थात् श्लोकको अर्थलाई स्मरण गर कि न्याययुक्त दण्डको नै नाम राजा र धर्म हो, जसले यसको लोप गर्दछ, त्यो भन्दा नीच अरू को हुन सक्दछ र ?
प्रश्न— यस्तो कडा दण्ड हुनु उचित भएन, किनभने मनुष्यले कुनै अङ्गलाई बनाउन वा जिलाउन सक्दैन, त्यसैले यस्तो दण्ड दिनुहुँदैन ।
उत्तर— जसले यसलाई कडा दण्ड मान्दछन्, तिनीहरूले राजनीतिलाई बुझ्दैनन्, किनभने एक पुरुषलाई यस प्रकारको दण्ड मिल्नाले सबै जना नराम्रो काम गर्नदेखि पछि हट्नेछन्, घटिया काम गर्ने छैनन् । नराम्रो कामलाई छोडेर धर्ममार्गमा स्थित रहनेछन् । यसबाट साँच्चो कुरा के भने एउटा तोरीको गेडाजत्ति पनि यो दण्ड सबैको भागमा पर्नेछैन र यदि सुगम दण्ड दिइयो भने त दुष्ट काम बढेर जानेछ । जसलाई तिमीले सुगम दण्ड भन्दछौ, त्यो करोडौं गुणा अधिक हुनाले करोडौं गुणा कठिन हुन्छ, किनभने जब धेरै मान्छेले दुष्ट कर्म गर्नेछन् तब थोरै-थोरै दण्ड पनि दिनुपर्दछ । अर्थात् जस्तै एउटालाई मनभरी दण्ड भयो भने अर्कोलाई पाउभरी त पाउभरी भन्दा अधिक, एक मन दण्ड हुन्छ भने त प्रत्येक मनुष्यको भागमा आधापाउ बीससेर दण्ड पर्यो, सुगम दण्डलाई दुष्टहरूले के सम्झन्छन् ? जसरी एउटालाई एक मन १००० र हजार मनुष्यलाई पाउ-पाउ दण्ड भयो भने त ६ सवा ६ मनुष्य जातिमा दण्ड हुनाले अधिक र यही कडा तथा यो एक मन दण्ड न्यून र सुगम हुन्छ ।
जुन लामो मार्गमा समुद्रको खाडीहरू वा नदी तथा ठूला नदमा जति लामो देश पर्दछ, त्यतिमा ‘कर’ स्थापन गर्ने र महासमुद्रमा निश्चित ‘कर’ स्थापन गर्न सकिन्न किन्तु जस्तो अनुकूल देखिन्छ कि जसबाट राजा र ठूला-ठूला डुँगालाई चलाउनमा दुइटै लाभयुक्त होऊन्, त्यस्तो व्यवस्था गर्नु । परन्तु यो ख्याल राख्नुपर्दछ कि जो यस्तो भन्दछन् कि प्रथम जहाज चल्दैनथे, तिनीहरू झुटा हुन् र देश-देशान्तर, द्वीप-द्वीपान्तरमा डुँगाबाट यात्रा गर्ने आफ्ना प्रजास्थ पुरुषहरूको सर्वत्र रक्षा गरेर तिनीहरूलाई कुनै प्रकारको दुःख हुन नपाओस् यस्तो व्यवस्था गर्ने ॥३॥ राजाले (प्रतिदिनका कर्महरूको समाप्तिको, हात्ती-घोडा आदि वाहनहरूको, नियत लाभ र खर्चको) आएर रत्नादिकहरूको खानी र कोष (भण्डार) लाई हेर्ने गरोस् ॥४॥ राजाले यस प्रकारका सबै व्यवहारहरूको यथावत् समाप्ति गर्दै-गर्दै सबै पापलाई छोडेर परमगतिको मोक्षसुखलाई प्राप्त गर्दछ ॥५॥
प्रश्न— संस्कृत विद्यामा पूरा-पूरा राजनीति छ कि अधूरो ?
उत्तर— पूरा छ, किनभने भूगोलमा जुन-जुन राजनीति चल्यो र चल्नेछ त्यो सबै संस्कृत विद्याबाटै लिएका हुन्, र जसको प्रत्यक्ष लेख छैन, यसको लागि—
प्रत्यहं लोकदृष्टैश्च शास्त्रदृष्टैश्च हेतुभिः ॥ —मनुस्मृति (अध्याय ८/श्लोक ३) ॥
जुन-जुन नियम राजा र प्रजाहरूको लागि सुखकारक र धर्मयुक्त देखिन्छ ती-ती नियमहरूलाई पूर्ण विद्वान्हरूको राजसभामा प्रयोगमा ल्याउनको लागि बनाउनु । परन्तु यसमाथि नित्य ध्यान रहोस् कि जहाँसम्म बन्न सक्दछ, त्यहाँसम्म बाल्यवस्थामा विवाह गर्न र हुन नदिनु । युवावस्थामा पनि बिना प्रसन्नताले नगर्नु, नगराउनु र गर्न नदिनु । ब्रह्मचर्यको यथावत् सेवन गर्नु-गराउनु । व्यभिचार र बहुविवाहलाई बन्ध गरोस् कि जसबाट शरीर र आत्मामा पूर्ण बल सदा रहिरहोस् । किनभने जसले केवल आत्माको बल अर्थात् विद्या ज्ञान बढाउँदै जान्छ र शरीरको बल बढाएन भने त एक बलवान् शरीरबाट सयकडौं विद्वान्हरूलाई जित्नसक्दछ । फेरि यदि शरीरको मात्रै बल बढाइयो, आत्माको होइन, तब पनि राज्य पुरुष र पालनको उत्तम व्यवस्था बिना विद्याले कहिल्यै पनि हुन सक्दैन । बिना व्यवस्थाबाट एक-आपसमा नै फुट परेर विरोध र लडाईं गरेर झै-झगडाले नष्ट-भ्रष्ट हुन जान्छन् । त्यसैले शरीर र आत्माको बललाई सदा बढाउँदै राख्नुपर्दछ । जस्तै बल र बुद्धिको नाशक व्यवहार, व्यभिचार र अतिविषयासक्ति हुन्छ, त्यस्तो अरू कुनै छैन । विशेष गरेर क्षत्रियहरू दृढाङ्ग र बलयुक्त हुनुपर्दछ । किनभने जब तिनीहरू नै विषयासक्त भए भने त राजधर्म नै नष्ट हुन जानेछ ।
र यसमाथि ध्यान राख्नुपर्दछ कि ‘यथा राजा तथा प्रजाः’ (चाणक्यनीति दर्पण १३/८) जस्तो राजा हुन्छ त्यस्तै प्रजा हुन्छन् । त्यसैले राजा र राजपुरुषहरूलाई यो उचित हुन्छ कि कहिल्यै पनि दुष्टाचार नगरोस्, किन्तु सबै दिनहरूमा धर्म न्यायले वर्त्तेर सबैको सुधारको लागि दृष्टान्त बनोस् ।
यो संक्षेपले राजधर्मको यहाँ वर्णन गरियो । विशेष वेद, मनुस्मृतिको सप्तम, अष्टम र नवम अध्याय, शुक्रनीति तथा विदुरप्रजागर र महाभारत शान्तिपर्वको राजधर्म र आपद्धर्म आदि पुस्तकहरूमा अध्ययन गरेर पूर्ण राजनीतिलाई धारण गर्दै माण्डलिक अथवा सार्वभौम चक्रवर्ती राज्य गरोस् र यही सम्झोस् कि—
‘वयं प्र॒जाप॑तेः प्र॒जाऽअ॑भूम॒०’ —यो यजुर्वेद (अध्याय १८/मन्त्र २९) को वचन हो ॥
हामी ‘प्रजापति’ अर्थात् परमेश्वरका प्रजा र परमात्मा हाम्रा राजा अनि हामी उनका किङ्कर भृत्यवत् हौं । परमेश्वरले कृपा गरेर आफ्नो सृष्टिमा हामीलाई राज्याधिकारी बनाओस् र हाम्रो हातबाट आफ्नो सत्य न्यायको प्रवृत्ति गराओस् ।
अब यस भन्दा अगाडि ईश्वर र वेदको विषयमा लेखिने छ ।
इति श्रीमद्दयानन्दसरस्वतीस्वामिकृते सत्यार्थप्रकाशे
सुभाषाविभूषिते राजधर्मविषये
षष्ठः समुल्लासः सम्पूर्णः ॥६॥
•
Comments
Post a Comment