समुल्लास ११ भाग १
आर्यावर्तीय मतको खण्डन-मण्डनको विषयमा वर्णन मण्डनको विषय (११.१) अब आर्य जनहरूको जुन कि आर्यावर्तमा बस्दछन्, उनीहरूका मतको खण्डन तथा मण्डनको विधान गर्दछु । यो आर्यावर्त देश यस्तो देश हो जसको सदृश भूगोलमा दोस्रो कुनै पनि देश छैन । त्यसैले यस भूमिको नाम सुवर्णभूमि हो, किनभने यसैले सुवर्णादि रत्नहरूलाई उत्पन्न गर्दछिन् । त्यसैले नै सृष्टिको आदिमा आर्यहरू यसै देशमा आएर बसे । त्यसैले हामीले सृष्टिविषयमा पनि भनेर आएका छौं कि ‘आर्य’ नाम उत्तम पुरुषहरूको हो र आर्यहरूदेखि भिन्न मनुष्यहरूको नाम ‘दस्यु’ हो । जति भूगोलमा देशहरू छन्, ती सबैले यसै देशको प्रशंसा गर्दछन् र आशा राख्दछन् । पारसमणि पत्थर हुने सुनिन्छ, त्यो कुरो त झुट्टो हो परन्तु आर्यावर्त देश नै साँच्चो पारसमणि हो कि जसलाई फलामरूपी दरिद्र विदेशीले छुनासाथ ‘सुवर्ण’ अर्थात् धनाढ्य हुन जान्छन् । चक्रवर्ती राजाहरूको नाम उल्लेख (११.२) एतद्देशप्रसूतस्य सकाशादग्रजन्मनः । स्वं स्वं चरित्रं शिक्षेरन् पृथिव्यां सर्वमानवाः ॥ —मनुस्...
Comments
Post a Comment