Posts

चौधौं समुल्लास

यवनमतको विषयमा व्याख्या यवनमतको समीक्षा (१४.१) यसको अगाडि मुसलमानहरूको मत-विषयमा लेख्नेछु— मूल-१— आरम्भ साथ नाम अल्लाहको । क्षमा गर्नेवाला र दयालु ॥                                   —मंजिल १/सिपारा १/सूरत १ ॥ समीक्षक — मुसलमानहरूले यस्तो भन्दछन् कि ‘यो कुरान खुदाले भनेको हो’, परन्तु यस वचनबाट विदित हुन्छ कि यसलाई बनाउनेवाला कोही दोस्रो छ, किनभने यदि परमेश्वरले बनाएको हुन्थ्यो भने त “आरम्भ साथ नाम अल्लाहको” यस्तो भन्नेथिएन किन्तु “आरम्भ उपदेश मनुष्यको लागि” यस्तो भन्नेथियो । यदि मनुष्यहरूलाई शिक्षा गर्दछ कि तिमी यस्तो भन तब पनि ठीक हुँदैन, किनभने यसबाट पापको आरम्भ पनि खुदाको नामबाट भएर उसको नाम पनि दूषित हुन जानेछ । यदि त्यो क्षमा र दया गर्नेवाला हो भने त आफ्नो सृष्टिमा मनुष्यको सुखार्थ अन्य प्राणीहरूलाई मारेर, दारुण पीडा दिएर मार्दै मासु खानको लागि आज्ञा किन दियो ? के ती प्राणी निरपराधी र परमेश्वरले बनाएका होइनन् ? र यो पनि भन्नु थियो कि “म परमेश्वरको नाममा राम्रा कुराहरूको आरम्भ गर्दछु, नराम्रा कुराको होइन ।” यस कथनमा गोलमाल छ । के चोरी, जारी, मिथ्याभाषणादि अध