Posts

बाह्रौं समुल्लास

नास्तिकमत अन्तर्गत चारवाक, बौद्ध र जैनमतको खण्डन-मण्डन विषयको बारेमा व्याख्या नास्तिकमतको समीक्षा (१२.१) कुनै एक ‘बृहस्पति’ नामा पुरुष भएको थियो जसले वेद, ईश्वर र यज्ञादि उत्तम कर्महरूलाई पनि मान्दैनथ्यो । हेर्नुहोस् ! उसको मत— यावज्जीवं सुखं जीवेन्नास्ति मृत्योरगोचरः । भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः ॥  —सर्वदर्शनसंग्रह चारवाकदर्शन ॥     कोई मनुष्यादि प्राणी मृत्युको अगोचर छैन अर्थात् सबैले मर्नुपर्दछ, त्यसैले जबसम्म शरीरमा जीव रहन्छ, तबसम्म सुखसित रहोस् । जो कसैले भन्दछ कि “धर्माचरणबाट कष्ट हुन्छ, यदि धर्म छोड्यो भने त पुनर्जन्ममा बडो दुःख पाउनेछ ।” त्यसलाई ‘चारवाक’ ले उत्तर दिन्छ कि— “हे भोले भाइ ! जब मरेपश्चात् शरीर भस्म हुन जान्छ भने जसले खाए-पिएको छ, त्यो पुनः संसारमा आउनेछैन, त्यसैले जसरी हुन सक्दछ त्यसरी नै आनन्दमा बस, लोकमा नीतिबाट चल, ऐश्वर्यलाई बढाऊ र त्यसबाट इच्छित भोग गर । यसैलाई लोक सम्झ परलोक केही पनि छैन ।”     हेर ! पृथ्वी, जल, अग्नि, वायु यी चार भूतहरूको परिणामबाट यो शरीर बनेको छ, यसमा यिनीहरूको योगले चैतन्य उत्प...